कालीको सुसेलीको नियाल्दा

- सदानन्द अभागी

परिचय
पर्वत साहित्य सङ्गमले मोफसलमा भएर पनि नेपाली साहित्य क्षेत्रमा पु¥याएको योगदानको गौरवमय इतिहासलाई केलाउँदा अहिले १७ बर्ष चलिरहेको देखिन्छ । साहित्यिक क्षेत्रमा विशेष योगदान पु¥याएका साहित्यकारहरूलाई यस संस्थाले कालीको सुसेली मार्फत आवरण पृष्ठमा तस्विरलाई सजाएर होस् या साहित्यकार विशेष अङ्क निकालेर होस् तथा कृति विमोचन कृति प्रकाशन, अक्षरयात्रा जस्ता महत्वपूर्ण कार्यको साथै साहित्यक कार्यक्रममा सम्मान ÷ अभिनन्दन गर्दै स्रष्टालाई उच्चकदर गर्दै आएको यथार्थतालाई अनुकरणीय रूपमा लिनु पर्छ । मोफसलमा रहेर एउटा स्तरीय पत्रिका निरन्तर निकाली रहनु चानचुन कुरा होइन र यस्तो गहन कार्यको लागि निरन्तर लागि रहनुहुने सम्पादक इन्द्रकुमार विकल्प सह–सम्पादक इन्द्रमान खत्री÷राजेन्द्र पहाडी÷डी.आर. शर्मा लगायत सम्पूर्ण पत्रिका परिबार धन्यवादका पात्र हुनु हुन्छ । अब म कालीको सुसेली बर्ष १६, त्रैमासिक अङ्क २५ पूर्णाङ्क ४५, वैशाख, जेठ, असार २०७१ को भानुभक्त आचार्य द्विशतवार्षिकी विशेषलाई अध्ययन गरी यसमा समेटिएका विविध पक्षहरूलाई सङ्क्षिप्तरूपमा नियाल्ने अनुमति चाहान्छु । यस अङ्कमा भानु विशेष भएकाले प्राय सबै लेख कविताहरू भानुभक्तकै बारेमा लेखिएका छन् । साहित्यिक समाचार पनि समावेश भएको पाइन्छ । त्यसो हुँदा यस अङ्कलाई लेख, कविता र समाचार गरी तीन पक्षमा अध्ययन गर्न सकिन्छ ।
लेखहरू–
यस अङ्कमा प्रा.डा. ब्रतराज आचार्यले भानुभक्तको सङ्क्षिप्त जीवनीमा, भानुभक्तको जन्म १८७१ अषाढ २९ गते आर्थिक तथा सामाजिक स्थिति उच्च रहेका बाजे श्रीकृष्ण आचार्यको नाती, धनञ्जय आचार्य र धर्मावती देवीको पुत्ररत्नको रूपमा जन्मेको देखिन्छ । उनको शिक्षा दिक्षा बाजेबाटै ५ बर्षको उमेरबाटै थालनी भएको थियो, बाजे काशी जाँदा उनी पनि काशी गएर साँझ विहान बाजेसँग पढ्ने र दिउसो विद्वतसभाहरूमा गई शास्त्रीय ज्ञान आर्जन गरेको, कविता लेख्न कार्यमा पारङ्गत भएको, उनको पहिलो विवाह १० बर्षको उमेरमा, परशुराम खनालकी छोरी चन्द्राकान्तासँग भएको र उनी बिते पछि दोस्रो विवाह भएको, बाजेको मृत्युपछि १८÷१९ बर्षको उमेरमा गृहस्थी जीवन बिताउनु परेको, मामा घर भोर्लेटारमा भागवत बाचन गरेको, ससुराली जाँदा बाटोमा चामुनारायण पन्तसँग भेट हुनु र उनैबाट भानुले घाँसीले नाम राख्न कुवा खनाएको जनाकारी पाएर प्रभावित भएको, लोकको हीतको सोच पलाएको र घाँसीको नाममा कविता लेखेको, शङ्कराचार्य कृत मणिरत्नमालालाई नेपालीमा प्रश्नोत्तरमालाको (१९९५अगावै पुरा भएको) नाममा अनुवाद गरेको, रामायण बालकाण्ड (वि.सं १९९८) लेखेको, ३२ बर्षको उमेरमा (१९०२मा) पुत्रलाभ भएको, गजाधर सोतीकी पत्नीले (१९०१) बासबस्न नदिएको र अलच्छिनकी बूढी भनेर कविता लेखेको, १९०६मा जग्गाको काममा काठमाण्डौ गएर बालाजु र कान्तिपुरीको कविता लेखेको, भानुभक्तका बाबु धनञ्जयको मृत्यु (१९०९)मा काँसीको मणिनिकर्णिणिका ब्रह्मनालमा देहत्याग गरेका,े बाबुको बहाल छँदै मृत्यु भएकोले हरहिसाब भानुभक्तले मिलान गर्नुपर्ने गर्न नसकी पाँच महिनाजति कुमारी चोकमा थुनिएको,यस अवस्थामा उनले अयोध्या काण्ड, आरण्यकाण्ड, किष्किन्धा काण्ड र सुन्दर काण्डको रचना गरे,, जेलमा बस्दा लामखुट्टे सम्बन्धी कविता लेखेको, कृष्ण बहादुर राणालाई कवितैबाट छोराको ब्रतबन्धको लागि जान पाउँ भनि पत्र लेखेको, र छुटकार पाएर छोराको ब्रतबन्ध गरी पुनः काठमाण्डौ गएको, १९१३÷१४ सालतिर गिरिधारी भाटसँग जग्गाको खिचलो परेको र कवितै बाट कर्मचारीको भोली भोली भन्दैमा सब दिन बितेको कविता लेखेको, भानुभक्तले तुलसी पूजा विधि (वि.सं (१९१४) प्रतिलिपी उतार गरेको सूर्यविक्रम ज्ञावलीको सङ्ग्रहमा पाइने कुरा, वि.सं १९१७ फाल्गुनमा कालु जैसीलाई १२÷–मो.रु. ऋण दिएर आँफै तमसुक लेखेको, वि.सं. १९१८ मा साधुराम नेवारलाई २०÷–मो.रु. ऋण दिएर तमसुक लेखेको र १९१९मा तारापतिको घरमा बास बस्दा सासू बुहारी झगडा गरेर सुत्न नसक्दा बधुशिक्षा लेखेको आदि विवरण सहित यो लेखले भानुभक्तको जीवनीमा प्रकाश पार्न प्रयास गरिएको देखिन्छ ।
दोस्रो लेख निर्मल श्रेष्ठले पाल्पा र भानुभक्त शीर्षकमा लेखिएको लेखमा माथि पस्केजस्तै जीवनीका घटनाकर्मको साथै बुटवलको भानुपार्कमा रहेको भानुको शालिकको कुरा, हिन्दी साहित्यका तुलसीदासले रामायण लेख्नको लागि आधिरातमा श्रीमती भेटन ससुराली जाँदा एउटा छालामा लगाउने प्रेम राममा लगाउँदा राम्रो हुने भन्ने कुराबाट प्रभावित भएर रामायण लेखन गरेझै भानुभक्त घाँसीको प्रेरणाले रामायण लेखेको कुरा, भानुभक्त पनि इतिहास भएको र नेपाली भाषाको ऐतिहासिक विन्दु पनि हो भन्ने धारणा, उजुरसिंहको पालादेखि धनञ्जय पाल्पामा रहेको, भानुभक्तले राइटर पदमा जागिर खाएका कुरा १९०७मा श्री३ जङ्गका भतिजा बद्रिनरसिंहका छोरा केदार नरसिंह पाल्पाको तैनाथवाला भएको बखत बुटवल टप्पा तराईमा भानुभक्त जागिरे भएको यसै बेला तराईमा उठेको राजस्व सम्बन्धमा कुमारीचोमा बन्दी हुन परेका कुरा तानसेनका भवानन्द नेपालका नाती दिननाथ नेपाल भानुभक्तका मीत भएका कुराहरू यस लेखमा पस्किएको छ ।
तेस्रो लेख यम ढुङ्गाना के.सी.ले भानुभक्त रामायण शीर्षकमा रामायणलाई केलाउँदै, त्यसमा लेखिएका श्लोकलाई बीच बीचमा पस्कदै, छोटो तर मीठो रूपमा विश्लेषण गर्दै,‘‘भाषिक सुधारको कामले भानुभक्त आदि कविका नामले विभुषित हुनुभयो र अमर हुनुभयो ’’ भन्ने धारणा राख्नु भएको छ ।
चौथो लेख रुद्र ज्ञावलीको भाषिक एकताका सूत्रधार–भानुभक्त शीर्षकमा लेखिएको छ । यस लेखमा ज्ञावलीजीले भानुभक्तप्रति आजको सन्दर्भमा देखिएका सकरात्मक तथा नकारात्मक दुबै पक्षमा विश्लेषण गर्दै नकरात्मक पक्षधरहरूको धारणामा स्पष्ट उदाहरण सहित तीखो व्यङ्ग कसेका छन् । स्तरीय लेख धेरै चाँहिदैनन् भन्दै एक मात्र उपन्यास रूपमतिका लेखक रुद्रराज पाण्डे आख्यानकारका नामावलीमा अग्रपङ्मिा आउँछ भन्नु हुन्छ । भानुभक्तलाई सामन्तवादको पृष्ठपोषक, पुरातन, जडसूत्रवादीका पगरी गुताउने, भानुभक्त भन्दा जेठा स्रष्टाका कृतिहरूको लगत पेश गर्दै भानुलाई होच्याउनेहरूलाई, राष्ट्रिय कवि होइनन् भन्नेहरूलाई , भानुभक्तको आदिकवि पदप्रति प्रश्न राख्नेहरूलाई आदि आदिमा ज्ञावलीजीले सत्यतथ्य र सभ्यरूपले जवाफ दिनु भएको छ । भानुभक्तका कृतिहरू लोक प्रिय भएको र जनजनको जिब्रोमा भिज्न सकेको, ‘आदि कविको उपाधी भानुभक्तले कतै बिन्तिपत्र हालेर प्राप्त गरेका होइनन् । यो उपाधि भाषाप्रेमी, उनका अनुयायीले स्वतस्पूmर्तरूपमा प्रदान गरेका हुन् र नेपाली जनताले त्यसलाई अनुमोदन गरि आएका हुन्् ’। यसरी नै भानुभक्त राष्ट्रिय कवि नै हुन् । कुतर्कको कुनै औचित्य नै हुँदैन । तत्कालिन संस्कृतको दवदवालाई भानुभक्तले चिर्ने काम गरेका हुन् भन्दै ज्ञावलीजीले ‘बिचारले मान्छे जन्माउँदैन मान्छेले बिचार जन्माउने हो ’ भन्दै तत्कालिन समाजको स्थितिलाई समातेर समयानुकुलका बिचारलाई भानुभक्तले लेखेका हुन् साथै भानुभक्त आदिकवि मात्र नभएर भाषिक एकताका सूत्रधार पनि हुन् र अंगे्रजी भाषाको बढ्दो दबदबाले देशको बौद्धिक सम्पदाहरूको संरक्षणमा ठूलै चुनौती सिर्जना गरेकोले नेपाली भाषा र प्रचलनमा रहेका अरु मातृभाषाहरूलाई निमिट्यान्न हुन के बेर यसबारे गम्भिर भएर सोच्ने हो कि भन्ने तर्क ज्ञावलीजीले पेश गर्नु भएको छ । बास्तवमा साहित्य समाजको दर्पण हो । भानुभक्तले समाजको यथार्थतालाई पस्किदिएका हुन् । भानुभक्तले दिएको महान उपलब्धीलाई सबै पक्षबाट सकरात्मक सोचमा सत्यतथ्यको आधारमा रही टिका टिप्पणी गर्नु पर्दछ, भन्ने मेरो ठहर छ ।
पाँचौं लेख नेपाली भाषामा भानुभक्तको स्थान शीर्षक दिएर कृष्णादेवी शर्मा श्रेष्ठले भानुभक्त भन्दा पहिला पनि नेपाली साहित्यमा विद्यारण्य केशरी, गुमानी पन्त, बसन्त शर्मा, सुवासानन्द दास र रघुनाथ जस्ता कविहरूले पनि नेपालीमा लेख्ने कवि भए पनि लेखमा संस्कृत र हिन्दी मिसिएको र सबैले बुझ्ने खालको भाषा नभएको तर भानुभक्त आचार्य नेपाली साहित्यको क्षेत्रमा यसरी उदाए जस्ले नेपालीरूको मुखामुख चल्ने सरल, सहज र प्रिय भाषामा नेपाली कविता लेखे, रामायण लेखे र आदिकवि कहलाए भन्दै यस लेखमा भानुका विविध पक्षमा आफ्ना धारणा राख्नु भएको छ ।
छैटौं लेख बद्री पालिखेको धरानको भानुचोक भानुको शालिक र भानुवाचनालय शीर्षमा लेखिएको र यसमा धरान बजारको विस्तार बारे, कवि राजा स्व. श्री ५ महेन्द्रबाट २०२४ साल पुस १गते आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्टलाई राष्ट्रिय विभूतिको घोषणा गरिएको, स्व.बालकृष्णा समको कला निर्देशनमा ज्वाला सम द्वारा भानुभक्तको चित्र र डिजाइन तयार र सोही आधारमा दश पैसाको हुलाक टिकट जारी भएको । २०२५ सालमा धरानमा भानुचोक नामाकरण, २०३३ साल माघको अन्तिम साता ्स्व. श्री ५ वीरेन्द्रबाट मोती स्मृतिभवनको समुद्घाटन र मोतीराम भट्टको प्रतिमाको अनावरण, २०३३ साल असार २९ गते महानन्द सापकोटाबाट भानुभक्तको शालिकको शिलान्यास भै २०३४ साल चैत्र ३ गते प्रधानमन्त्री कृतिनिधि विष्टबाट युगकवि सिद्धिचरण श्रेष्ठको उपस्थितिमा अनावरण भएको, स्व.राजा महेन्द्रको प्रतिमा (२०३३), महाकवि लक्ष्मी प्रसाद देवकोटाको प्रतिमा (२०५४), स्वामी प्रपन्नाचार्यको प्रतिमा (२०५६) र धरान नगरपालिका –१६ मा कविशिरोमणि लेखनाथ पौड्यालको प्रतिमा निर्माणाधिन अवस्थामा रहेको र यी निर्मामा ककस्को योगदान छ भन्ने विवरणले भरिएको छ यो लेख ।
सातौं लेख इन्द्रमान खत्रीजीको छ । नेपाली भाषा र राष्ट्रियताका प्रथम सारथी भानुभक्त आचार्य शीर्षमा इन्द्रमान खत्रीले ‘ हामीलाई नेतृत्व गर्ने साझा नेता भनेको समय हो’, ‘समयको झोका बाट हुत्तिएर पछारिदैनन् र संघर्ष गरिरहन्छन् तिनको चर्चा भई नै रहन्छ र तिनीहरू युगान्तर सम्म बाँची रहँदा रहेछन् र तिनै मध्येका एक हुन् हाम्रा आदिकवि भानुभक्त आचार्य’ भन्दै भानुभक्तका अमुक गुरु घाँसी भएको, घाँसीको कुवाबाट जन्मेका भानुभक्त आज संसारभर फैलिएका, हाम्रो भाषिक र जातिय राष्ट्रवादले भौगोलिक सीमाना नाघ्न सफल भएकोले यसको श्रेय भानुभक्तको यो प्रथम पाइललाई जानु पर्छ’, भानुभक्त भन्दा पहिलेको नेपाली समाज खस र खाम भाषाको रूपमा अलिखित रूपमा रहेको र भानुभक्त पछि यस खसभाषाले भाषित एकताको महासागर बन्न पुगेको, भाषिक राष्ट्रियताको नदी प्रवाह हुन पुगेको धर्म र समाजिक सम्बन्ध अझ तीब्र बन्न गएको , भाषा जाति र धर्मको त्रिभुजीय सम्बन्धमा भानुभक्तको रामायण एउटा विशाल सेतु बन्न गएको, बास्तवमा समाजमा नैतिक सन्देश दिने, धर्मादेशनाका अभियन्ता समाजसेवीका रूपमा कामगरेको देखिएकोले उनका सबै कृति र चरित्रबाट भौतिकवाद, साहित्यिक सम्बद्र्धन, समाज हित, भाषिक रूपान्तरण, अर्ति उपदेशलाई प्राप्त गरेको धारणा खत्रीजीले राख्नु भएको छ । खत्रीजी लेख्नुहुन्छ –‘भानुभक्तको साहित्यिक योगदानले आन्तरिक राष्ट्रवादको धरोहर बन्न पुगेको र ‘उनको जन्म र समयले उनलाई साहित्यिक विभूति बनायो र आदिकविका रूपमा पूजिए सारथि मानिए’ । लेख गहन छ । यथार्थ तथा सत्यतथ्यलाई यस लेखले समेटेको देखिन्छ ।
आठौ लेखमा ऋतु पराजुलीले पनि भानुभक्तका कृतिहरूले नेपाली समाजलाई भाषागत रूपमा एकतामा बाँधेको, भारतमा उनको जन्मजयन्ती राष्ट्रिय पर्वकै रूपमा मनाइने, शालिकहरू स्थापना गरिएका, बाबुले जागिरे अवस्थामा विगारेको हिसावलाई विगारेकोमा ५महिनाजति कुमारी चोकमा थुनिन परेको, रामायण लेखनका कुरा आदिलाई प्रष्ट्याउने प्रयास गरिएको छ ।
नवौं लेखमा मुस्कान झाले भक्तिधाराका कवि भानुभक्त आचार्य शीर्षकमा लेख्छन् –भानुभक्त प्राथमिक कालका रामभक्तिधाराका सर्बश्रेष्ठ कवि भएको, भानुको जीवन दर्शन आध्यात्मवाद रहेको यो दर्शन शंकराचार्यको अद्वैत वेदान्तमा आधारित रहेको, रामायण सगुण भक्तिका रूपमा देखा पर्ने, प्रश्नोत्तरमाला र रामगीता निर्गुण रूपमा देखा पर्ने, आध्यात्मिक भावना, ईश्वरीय दृष्टिकोण, धार्मिक आस्था, कवि आचार्यका काव्यात्मक बिचार भएको, भाषिक सरलता, मिठास, भानुभक्तका रचनामा पाइने, नेपाली साहित्यका बलिया जग, जातीय एकताका सुत्रधार, राष्ट्रिय संस्कृतिका संवाहक, भाषि एकताका प्रतिक, साहित्य सर्जकका अजस्त्र प्रेरणा स्रोत, हास्यव्यङ्ग कवि, भाषिक सहजता, छन्दको विविधता, शब्दको सुकोमलता, वैचारिक सरलता जस्ता काव्यात्मक विशेषता आदिको कारणले आदिकवि गनिएका आदि, विविधताले भानुको साहित्यिक, सामाजिक र धार्मिकतालाई प्रष्ट्याउने प्रयास गरिएको छ लेखमा ।
दशौं लेखमा भाषा एकीकरणका प्रणेता भानुभक्तशीर्षकमा नमिता गौतमले, भानुभक्तको साहित्यिक लेखनमा प्रकाश पार्दै, नेपालीत्व जगाउने, जातीय भेदभाव हटाउने, नेपाली भाषालाई सशक्त राष्ट्र भषाका रूपमा दह्रो पार्ने साथै निख्खर भावमयरूप दिने, नेपाली वाङ्मयकै विराट पुरुष, भन्दै उनको योगदानको स्मरण र सम्मान गर्दामात्र अन्य भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान हुने धारणा राख्नु भएको छ
एघारौं लेखमा मिलन समीरले आदिकवि भानुभक्त आचार्य र नेपाली भाषा साहित्य शीर्षकमा राष्ट्रिय विभूति आदिककविको भानुभक्तको द्विशतवार्षिकीमा भानुभक्तको अद्वितीय योगदानको उचित मूल्याङ्कन सहित कदर–गरिएको धारणा राख्दै भानुभक्तका विविध पक्षमा आफ्ना धारणलाई प्रष्ट्याउँदै विश्लेषणात्मक रूपमा लेख लेखिएको देखिन्छ । समीरजीले भन्नु हुन्छ–‘भानुभक्तको बारेमा सही, सार्थक, निश्पक्ष एवम् बास्तविक मूल्यांकन गरिएको त्यतिवेलामात्र ठहरिने छ जतिबेला हामीले उनको मूल्यांकन उनी श्वयमकै पाश्र्वभूमि र तत्कालिन समय र परि।स्थितिको सन्दर्भलाई मूख्य केन्द्र विन्दुमा राखेर गरिरहेका हुने छौं’ । समीरजीको यो धारणालाई ती व्याक्तिहरूले गहिरो रूपमा मनन् चिन्तन् गर्नु आवश्यक देखिन्छ जस्ले भानुको समयको सामाजिक, राजनीतिक, आर्थिक र धार्मिक धरातललाई मनन् चिन्तन् नगरी सकरात्मक पक्षलाई छाडेर नकरात्मक पक्षमा लाग्दै भानुभक्तलाई होच्याउने प्रयास गरिरहेका छन् ।
भानुप्रति लेखिएका कविता
कवितालाई केलाउँदा हामीले दुई थरी कविता पाउँछौ ं। सर्बप्रथम भानुका सिर्जनाहरू समावेश गरिएका छन् । जस्ले भानुभक्तका कविता सबैले पढ्न पाउँछन् र पुनर्ताजकी हुन जान्छन् । माथीका भानुभक्तप्रति यी विविध खाले लेख पछि भानुभक्तका स्वरचित कविताहरूलाई समावेश गरिएको देखिन्छ । भानुभक्त आचार्य पहिलो पल्ट काठमाडौ आउँदा महावौद्ध स्थित आफ्नो घरमा बसी कान्तिपुरीको वर्णन गर्दै लेखेको श्लोक, रामायण महात्म्य, बधु शिक्षा, रामगीता, भानुभक्तका फुटकर कविताहरु समावेश गरिएको पाइन्छ । यो एउटा महत्वपूर्ण हो भन्ने लाग्छ मलाई । यस पछि विभिन्न साहित्यकार तथा कविहरूका भानुभक्तप्रति लेखिएका कविताहरूले सजिएको छ विशेष । भानुका सिर्जना पछि विभिन्न कविका कविताहरू समावेश गरिएका छन् । अब म यी कविहरूको भानुभक्तप्रतिको धारणाहरूलाई यहाँ प्रकट गर्ने अनुमति चाहान्छु । भानुभक्त आचार्य वर्णनम् शीर्षकमा मोतीराम भट्टको कविताले स्थान पाएको छ । मोतीराम जस्ले भानुभक्तलाई चिनाए यहाँ पनि पूर्ण वर्णन सहित लेख्नुहुन्छ –भानुभक्तले, सरल भाषामा वैराग्य रसमा रामायण लेखेका यसमा करुण र वीर रसको मजापाइने, यसलाई सबैले मन पराउने भन्दै भानुका बारेमा बर्णन गरेका छन् । धरणीधर कोइरालाले कवि भानुभक्तलाई कवि शिरोमणि भन्दै आजको आचार बिचारमा शुद्धता नभएको समाजमा विविध खाले विकृति देखिएका छन् र नष्ट मतिले समाजलाई निलेको छ , छिटो आएर यो अंधेरो दुनियाका मानिसलाई तथा यिनका सन्ततीलाई तार्नको लागि आह्वान गरेका छन् । चक्रपाणि शर्मा चालिसेले भानुभक्तलाई सर्ब गुणले व्याप्त भएका कविजीमा कुसुमाञ्जलि अर्पण गर्नु भएको छ । दीननाथ सापकोटाले शिव भक्त, राम भक्त, अज्ञान अन्धकार हटाउने सिर्जना कर्ता, देश रत्न, कविरत्न, द्विजरत्नलाई प्रति वर्ष जय जय मनाउने धारणा राख्दछन् । बालकृष्ण शमशेर जङ्ग बहादुर राणाले भानुभक्तलाई हृदयको भावको सिन्धु मेरो अश्रुविन्दुप्रति टलपल भै नाच्छ तिम्रो प्रकाश भनेका छन् । पारसमणि प्रधानले –
नेपालीहरूलाई भानुसरि भै बाटो बताइदिए
भाषा, राष्ट्र राम भक्त कवि यी साह्रै रसिला थिए ।
सिद्धिचरण श्रेष्ठले भानुका कृतिले डाँकाँडा ढाकेको, कविताले नव जीवनको स्रोत बनाएको, नेपालमा राम दिएको त्यसो हुँदा ‘‘ कविजी हाम्रो, हामी कविको’’ यही गीतले व्योम गरौंं भन्नुहुन्छ । अच्युतनाथ शर्माले अन्धकारले लिप्त भएको नेपालमा भानुले ज्योति दिएको जेलमा कोचिएर पनि अमृत दिएको र तिम्रा सरल कविताहरू सबैले सहजै पढ्न र बुझ्न सकिने भन्दै भानुको योगदानको बर्णन गरेका छन् । चूडानाथ सर्वदर्शनाचार्यले भानुलाई नवमुना भएर आऊ, आँखा चिम्लेर नबस, डुङ्गा डुब्नै लागेको छ, हे कर्णधार राष्ट्र समाल्न आऊ भनि आग्रह गरेका छन् । धर्मरत्न यमीले भानुभक्तजन दिन आउँछ, आपूmलाई हीन ठान्न हुन्न, भन्दै भानुलाई सम्झेका छन् । नीरविक्रम ‘‘प्यासी’’ले हिमालको किरण झैं भानु संसारमा झुल्किएर मणि भै विश्वमा चम्केको, नूतन जीवन दिएको भन्दै भानुको साहित्यिक योगदानको बारेमा प्रशंसा गर्दै गीत रचिएको छ । पद्यराज मिश्र भानु झुल्के पछि तिमिर पनि गयो ,उनको कीर्ति पनि फैलिएको छ । भानुले लगाएको ऋण कहिल्यै तिर्न सकिदैन भन्दै भानुको स्मरण गरिएको छ । माधवप्रसाद घिमिरेज्यूले आदि कविको अर्चना शीर्षकमा नेपालको प्राकृतिक, ऐतिहासिक, रामयणका श्लोक र भावनालाई अङ्गाल्दै कविले रामराज्य नै सिर्जना गरेको धारणा पस्केको देखिन्छ । लक्ष्मीराज शर्मा पौडेलले हे भानु हे भाष्कर शीर्षकमा प्रशान्त युगका भाष्कर, हिरामणि, मुगा, मोती रत्नाकर आदि उपनामबाट विभूषित गर्दै नेपाल नभमा नवभानु उदाएर सत्साहित्य प्रभा थपिकन राष्ट्रका विभूति बनेर सूर्यमा मिले भन्दै भुरी भुरी प्रशंसा गरिएको छ । अंगुर कुमार दाहलले भानुलाई प्रणाम गर्दै रामायण लगायतका कीर्तिहरू रचना गर्ने मीठा तीता कविता रच्ने, साहित्यका प्रज्वल दीपज्योति, नेपालका उर्वरकाव्य मोती भन्दै प्रशंसा गरेकाछन् ।
सरोजराज पन्तले भानुको स्मृतिमा भानुले सिर्जना गरेका सबै कृतिको बर्णन गदै, भानु इतिहास भएको र प्रेरणाको स्रोत भएकोले कहिल्यै पनि भुल्ने छैनौ भनेका छन् । सागर तमु प्रञ्ज्वलले भानुले सिर्जना गरेक साहित्यलाई पढेर राम्रो मानिस बन्ने धार।ण राखिएको छ । विमल भुषालले भानुभक्त पूर्वी ज्ञान सभ्यताका आधारस्तम्भ, अभियन्ता, आदर्श कवि, रामयण विजारोपण गर्ने पथप्रदर्शक आदि उपनाम बाट विभूषित गर्दै, चन्द्र सूर्य रहुन्जेल भानुका कीर्ति रहने धारणा पोखेका छन् । आशिका सुवेदीको जन्मदेखि लिएर उनको अक्षरारम्भ, धार्मिक अनि आध्यात्मिक चेतनाका धरोहर भन्दै उनका अर्ति अविष्मरणीय बन्ने धारणा आएको छ । उपहार सापकोटाले रम्घाबाट साहित्यको मूल फुटाएर, अविरल सिर्जनामा नारयणी बगाएको र आज सबैको नसा नसामा डेरा जमायौ भन्दै भानुको सम्झना गर्नु भएको छ । आमोल सापकोटाले भानुको सम्झना गर्दै ‘जस्को हुन्छ आदि त्यसको हुन्छ अन्त्य, मरण होस् त भानुको जस्तो सदा जीवन्त’ भन्ने धारणा राखेका छन् । दिलिप कुमार यादवले भानुको जीवनकर्मलाई प्रष्ट्याउँदै कुरीति, अन्धविश्वास समाप्त पार्न उनका कीर्तिले चेतनाको दियो बनेर सबैलाई प्रशिक्षण दिने धारणा राखेका छन् । डि. आर. शर्माले गजलबाट आफ्नो धारणा राखेका छन् । पढौं उनको एक शेरलाई–
रङगीचङ्गी किताब भित्र धेरै थरि बिचार होलान्
किताबको नाम जुराउने मुख्य बाहिरी पानु तिमी
सदानन्द अभागीले आदिकविमा भावपूर्ण श्रद्धाञ्जलि चढाउँदै लेखेका छन् –
प्रकृतिका प्रेमी तिमी सदृश्यका लोचन
ब्रह्मदृश्यवाणी तिम्रा गर्ने संकट मोचन
सुन्दरप्रसाद ‘‘वादल’’ले भानुको महिमा तथा उनको जीवन यात्रमा घटेका घटना तथा गरेका कामको विवरणलाई प्रष्टयाउँदै भानुले दिएका बचन र सत्मार्गको ख्याल गर्नुपर्छ भन्दै पस्केको एक लाइन्लाई अध्ययन गरौं –‘‘ धिर भै रहनु विपत्ति सहनु कष्टै परुन ता पनि’’ ।
अनिल शर्माले भानु भक्तलाई गहकिला ताराको नामले सम्बोधन गरेका छन् र भानुले राम्रो बन्नलाई प्रेरणा दिएको, असलमार्ग चुन्न सिकाएको, साहस गर्र्न र संघर्ष गर्न सिकाएको धारणा पोखेका छन् । सपना सेन्चुरीले धार्मिक तथा नैतिक चेतनाका प्रखर कवि भानुभक्त शीर्षमा मानवताको वास्तविकता भानुभक्तले प्रष्ट पारेको र जीवन यथार्थलाई कृतिमा समेटेर जनप्रिय बनेको धारणा पस्केको देखिन्छ । अरमान क्षेत्रीले भानुभक्तलाई नेपाली साहित्यका ज्योतिको रूपमा स्मरण गर्दै सुगौली सन्धिबाट पीडित नेपालीलाई रामायणको भावानुवादबाट पीडा दूर गराएको धारणा राखेका छन् । विमला पौडेलले भानुजस्तै बनौं अनि अघि अघि बढौं र साहित्यको शिखरमा हातेमालो गरौं भन्ने धारणा राख्नु भएको छ । शम्भू अर्यालले आठ ओटा कविता मार्फत विवादहरू निरर्थक भएको धारणा राख्दै लेख्छन् –भानुभक्त आदि कवि हुन् आदि कवि होइनन् ,नारीवादी होइनन्, मौलिक कवि होइनन् सारगर्भित प्रश्न राख्दै चौथो श्लोकमा आँफै जवाफ दिन्छन् –‘‘विवादहरू निरर्थक छन्, पहरामा गुराँस फुल्छ ’’।
साहित्यिक समाचार
यस विशेषमा साहित्यिक समाचारहरू पनि समावेश गरिएका छन् । राजेन्द्र पहाडी द्वारा सङ्कलित तथा सम्पादित तीन समाचार मध्ये बालस्रष्टा शिव सङ्कल्पको मुक्तकसङ्ग्रह ‘परिवेश’को विश्व रेडक्रस दिवस २०१४ को अवसरमा, प्रमुख अतिथि तथा पर्वत साहित्य सङ्गमका अध्यक्ष इन्द्रमान खत्री र साहित्यकार इन्द्रकुमार विकल्पले संयुक्तरूपमा जनक माध्यमिक विद्यालय, थुम ज्ञादीमा विमोचन गरिएको । उक्त कृति प्रकाशनको जिम्मा पर्वत साहित्य सङ्गमले लिएको, साथै कृतिको समीक्षा साहित्यकार राजेन्द्र पहाडीले गर्नु भएको र कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक भिमराज सापकोटाले गर्नुका साथै विभन्न बक्ता तथा साहित्यकार विद्यार्थीको सहभागितामा कार्यक्रम भव्यतामा सम्पन्न भएको समाचार यस विशेषाङ्मा समावेश गरिएको छ ।
पर्बतमा रहेको सशस्त्र प्रहरी बल चण्डिका गण परिसरमा पर्वत साहित्य सङ्गमको आयोजनामा साहित्य कार्यक्रम सञ्चालन गरिएको । यसकार्यक्रमको गणका गणपति चित्रबहादुर खत्रीको प्रमुख आतिथ्य, विशिष्ट अतिथिमा प्रहरी नायव उपरीक्षक हर्कबहादुर शाही र इन्द्रमान खत्रीको सभापतित्व साहित्यकार इन्द्रकुमार विकल्प, लक्ष्मीप्रसाद शर्मा पौडेल, बाबुराम सुवेदी, डी आर शर्मा, माधबप्रसाद पाण्डे, गोकुल शर्मा, अन्तिम गुरुङ, कस्मिक सुवेदीको साथै सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीमा सञ्जय रेग्मी, इन्द्रबहादुर कुमाल, नारायण कार्की र यज्ञराज गिरी लगायतका साहित्यकारले कविता, गीत, गजल, मुक्तक आदि पाठ गरिएको साथै नवबर्षको शुभकामना आदान प्रदान गरिएको कुरा गणका पुस्तकालयलाई तीनदर्जन पुस्तक प्रदान गरेको र कार्यक्रमको सञ्चालकमा सचिव राजेन्द्र पहाडीले गरेको विवरण विशेषमा समावेश गरिएको छ ।
पर्वत साहित्य सङ्गमको आयोजनामा २०७१ सालको नयाँ बर्षको शुभकामना आदान प्रदान, रचना वाचन तथा बाल प्रतिभा विमल सुवेदीको कृति ‘म कसरी हाँसु’को विमोचन कार्यक्रममा प्रमुख आतिथि सम्विधानसभाका सदस्य कल्पना चापागाईले गर्नु भएको, पर्वत साहित्य सङ्गमका अध्यक्ष इन्द्रमान खत्रीको अध्यक्षतामा सञ्चालन गरिएको उक्तकार्यक्रमको सञ्चालन साहित्यकार राजेन्द्र पहाडीले गरेको, साहित्यकार इन्द्र कुमार विकल्प, डी. आर.शर्मा, पवित्र खत्री, सागर तमु, गोकुल शर्मा, जलन केसी लगायतको सहभागीता रहेको समाचार यस विशेषमा समावेश गरिएको छ । समाचारहरू राम्रोसँग सम्पादित गरिएका छन् ।
भानु विशेषमा आएका अवधारणाहरू प्राय सबैको मिल्दो जुल्दो देखिन्छन् । भानुभक्तले जागीर खाएको भन्ने कुरामा दुई मत देखिन्छ । प्रा.डा.ब्रतराज आचार्य र ऋतु पराजुलीको लेखमा भानुभक्तले आफ्नो बाबुको हिसाव दिन नसकी कुमारी चोकमा थुनिएको भनिएको पाइन्छ तर निर्मल श्रेष्ठले भने भानुभक्तले जागिर खाएको भन्ने कुरा दर्शाएका छन् । यस विशेषमा घाँसीले दिएको प्रेरणाकै कारण लोककल्याणकारी काममा भानुभक्त लागेर रामायण लेखेको कुरा भने सबैजसो लेख कवितामा दर्शिएको छ । यस विशेषले भानुभक्तको साहित्यिक क्षेत्रको विविध पक्षका धारणालाई सहजरूपमा दर्शाएको छ । भानुभक्त आदिकवि नै हुन् नेपाली समाजलाई भाषागत एकताको सूत्रमा बाध्ने बलियो सुथरी हुन् र कुनै किसिमको विवाद निरर्थक छ भन्ने धारणा पनि आएका छन् ।
अन्त्यमा कालीको सुसेलीका सम्पादक तथा कालीको सुसेली परिवार सबैलाई धन्यवाद दिंदै विदा चाहान्छु ।

कावासोती न. पा शान्तिचोक नवलपरासी

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 श्रावण, 2072

लेखकका अन्य रचनाहरु