एउटा अर्को अमरसिंह

- इन्द्रकुमार श्रेष्र्ठ सरित्

साँझपख विराटनगरबाट आएको बसबाट प्रतीक इटहरीमा ओर्लंदा बसस्टयान्डमा मान्छेहरूको भीड देखेर उसले पनि त्यसतर्फ दृष्टि दौडायो । हेर्दा भलाद्मी नै देखिने करीब पैतीस ¬¬¬¬¬¬– छत्तीस वर्षको एउटा व्यक्ति मधपानले लट्ठ भएर रमिताको पात्र बनिरहेको रहेछ । प्रतीकले त्यहाँबाट आफूलाई घरतिर डो¥यायो । तैपनि त्यस व्यक्तिको अनुहार र उपस्थितिले उसको मनलाई उद्वेलित बनाइरहेको थियो – कताकता उसको मन र मस्तिष्कलाई अतीतको पिङमा लगेर झुलाइरहेको थियो । हो त नि ! प्रतीकले हाफैसँग भन्यो – धत् ! म पनि कस्तो हुस्सु । यो मान्छेको र ज्वालाको अनुहार कस्तो मिलेको । तर उसको मनले खुसुक्क दृढतापूर्वक भन्यो – तर यो मतुवा मान्छे ज्वाला चाहिं पक्कै होइन । किनभने कुनै समयमा ज्वाला भन्नु नै इमान्दारी, साहस, सच्चरित्रता र स्वाभिमानको प्रतीक थियो । त्यसैले ज्वाला र यस्तो मतुवाबीच पनि के सामञ्जस्य खोज्नु ?

बुढीखोला काटेर प्रतीक घर पुग्यो । श्रीमतीले दिएको भात यन्त्रवत् खाएर ऊ ओछ्यानमा पल्ट्यो ।तैपनि इटहरी चोकको मातेको मान्छेको अनुहारले प्रतीकको मस्तिष्कलाइ्र्र पछ्याउन छाडेन । फलस्वरूप उसको स्मृतिको रङ्गमञ्चमा आजभन्दा करीव पन्ध्र वर्ष अगाडिका दृश्यहरूको मञ्चन हुन थाल्यो ।
त्यसबेला प्रतीक, ज्वाला, राकेश, प्रवेश, प्रकाशहरूको एस. एल.सी बाट फुर्सद पाएको एउटा युवा जमात थियो । स्वभावत केही गरौँ भन्ने अल्लारे उमेरले भरिएका युवाहरूको जमातमा ज्वाला भीडमा पनि पृथक थियो । जनमत सङ्ग्रहको घोषणासँगै आएको दल र निर्दलको भेलमा उनीहरू पनि हेलिइरहेका थिए । सानै उमेरदेखि निःस्वार्थ र निडर स्वभावको धनी ज्वाला कसैको कसैमाथि गरेको अन्याय र अत्याचार देखिसहँदैनथ्यो । त्यसैले कुनै निश्चित कार्यक्रम वा निर्देशन विना ६–७ जनाको जमातले इटहरीको त्यो सानो गाउँमा छ्ुट्टै अस्तित्व कायम गरेको थियो । मराउ–पराउ आदिमा सघाउनु, कुनै पनि रचनात्मक कार्यको सहयोगी बनेको र अन्याय अत्याचारको विरोध गर्नेहरूको अग्रपंक्तिमा उभिएको त्यस जमातमा ज्वालाका सपनाहरू अर्कै थिए । ऊ आफ्नो सम्पूर्ण जीवन जनताको लागि बाँच्न चाहन्थ्यो र जनताकै लागि मर्न चाहन्थ्यो । ऊ भन्ने गथ्र्यो –प्रतीक पार्टीको सम्पर्कमा नआउन्जेल मलाई बाँच्नुको उद्देश्य नै थाहा थिएन । तर जुन दिन मैले आपूmलाई चिनेँ, लाग्छ– त्यसै दिनदेखि म निरन्तर सगरमाथा उक्लिरहेछु ।

जनमत सङ्ग्रहको सँघारमा पार्टीको कामले कहिले कहाँ पुग्ने त कहिले कहाँ पुग्ने तर रातिराति बैचारिक छलफलहरूमा भाग लिने क्रमसँगै जनमत सङ्ग्रहको निर्णायक घडी पनि आयो । तर तत्कालिक सुधारिएको पञ्चायती व्यवस्थाको जीतले साँच्चै भन्ने हो भने ज्वालाको मन मस्तिष्कमा नराम्रो झट्का लागेको थियो ।
एक हप्ताजतिको अस्वस्थतालाई पराजित गरी ज्वालाका दिनचर्याहरू आदर्शको परित्याग गरेर यथार्थलाई अंगीकार गर्दै वितिरहेका थिए । तैपनि ज्वालाको मन सन्तुष्ट थिएन । एक व्यक्ति बराबर एकको लक्ष्य राख्ने उसको चेतनाले यो षड्यन्त्र पचाउनै सकेको थिएन । परिवर्तनका तिव्राकाङ्क्षी जनताका सुन्दर सपनाहरूमाथिको यो थिचोमिचो उसलाई मासा बराबर पनि स्वीकार्य थिएन । लोभी र भ्रष्टाचारी षड्यन्त्रकारीहरूको यो धाँधलीले उसलाई अझै विद्रोही बनाइरहेको थियो, दृढ संकलपको धनी बनाइरहेको थियो । तैपनि वैचारिक छलफलका कक्षाहरूमा ऊ अनुपस्थित रहेको थिएन, आफ्नो क्षेत्रको कन्भिन्सिङको कार्यलाई उसले रोकेको थिएन । त्यस्तै पार्टीलाई सहायोग गर्ने भनेर गाउँकै इतिहासमा प्रथम पटक नौलो चेतना र जागरणले भरिएका गीत र सङ्गीतहरूले भरिएको सांस्कृतिक कार्यक्रम पनि ज्वालाकै सक्रियतामा भव्यताका साथ सम्पन्न भयो । कार्यक्रमबाट उठेको रकम थाप्दै कमरेड साथीहरूले दिएको धन्यावादको औपचारीकतालाई उसले यसरी जवाफ दिएको थियो ।
“साथीहरू जनताले आफ्नो अधिकार भन्ने कुरा के हो भनेर बुझिसकेका छैनन् र न्याय अन्यायको परिभाषालाई उनीहरूले केलाउन पनि सकेका छैनन् । त्यसैले सोझा र निमुखा जनतालाई चेतनशील बनाई आफ्नो हक, हित र अधिकारको लागि लड्न र अन्याय अत्याचारको विरोधमा जाइलाग्ने बनाउन हामीले एकापसमा धन्यावादको औपचारिकता मात्र होइन लक्ष्यमा पुग्ने दृढता साटौँ र कहिल्यै नभाचिने विश्वासका सगरमाथाहरू साटौँ ।”

झट्ट हेर्दा खासै प्रभाव पार्ने व्यक्तित्व नभएको, सामान्य उचाइ र शरीर भएको र सधैँ पावरको चस्मा लगाउने तर बहुमुखी प्रतिभाको धनी ज्वाला कविता लेख्ने, गीत गाउने, नाच्ने जस्ता प्रत्येक कलामा निष्णात थियो र आफ्नो यो कला सिकाउन ऊ तरहरा, बैका, आँपगाछी, मधेसा, गछिया आदि ठाउँहरूमा पुग्थ्यो । सधैँ नयाँ कुरा सिक्न र सिकेको कुरा कार्यान्वित गर्न लालायित रहने ज्वाला गाउँलेहरूको दृष्टिमा इमानदारी, मिहिनेत, सच्चरित्रता र स्वाभिमानको ज्यूँदो नमुना थियो । उसको उद्देश्य नै पार्टीको विचार अनुसार काम गरेर आपूmलाई समर्पित गर्नु थियो । तर पार्टी भित्रकै कतिपय ईष्र्यालु साथीहरूलाई उसको हक्की स्वभाव, नेतृत्व गर्न सक्ने जुझारु व्यतिmत्व सह्य भइरहेको थिएन र उनीहरू मौकाको प्रतीक्षामा रहन थालेका थिए । फलस्वरूप निर्धारित कार्यक्रमहरूमा अनुपस्थित रहेर र सोझो कुरामा पनि विवाद झिकेर उनीहरूले ज्वालाको विरोधमा अभियान नै चलाए । तैपनि ज्वाला अलिकति पनि विचलित भएन । यसबारे प्रतीकले ज्वालाई सचेत गराउन नखोजेको हैन ।
“देश र जनताको लागि केही असल केही काम गरुँ भनेर शीरमा कात्रो बाँधेर निस्केको मलाई यस्ता बाधा–अड्चनहरूले जँघार तर्न रोक्न सक्ने छैनन्, मित्र । तपाईँ विश्वस्त हुनुहोस् – म मलाई विर्सेर केवल नेपालका असङ्ख्य शोषित र पीडित जनताहरूलाई मात्र देख्छु । देशघातीहरूले दुखाएको मन नेपाल आमाको घाउ मात्र देखिरहेछु । त्यसैले ती घाउहरूमा मलम लगाउँदै बाँँच्नु र मर्नु नै मेरो जीवनको लक्ष्य हो र त्यो भन्दा अर्थोक म केही देख्दिनँ, मान्दिनँ र बुझ्दिनँ पनि । किनभने मर्न त यसै पनि मरिन्छ उसै पनि मरिन्छ भने यस मृत्यु्लाई सार्थक मृत्युको परिभाषाभित्र हुलेर किन नमर्ने ?”

व्यक्तिगत वादविवाद र स्वार्थबाट टाढै रहेर ज्वाला माक्र्स र लेनिनका दर्शनमा डुविरहेको हुन्थ्यो र माओको विचारधारामा पौडिरहेको हुन्थ्यो । त्यसपछिका दिनहरूमा पनि ऊ सोचिरहेको हुन्थ्यो – पार्टीलाई आर्थिक सहयोग कसरी जुटाउने ? जनतालाई कसरी कन्भिन्स गराउने ? जनताको निम्ति के के काम गर्दा उचित होला ? यस्तै सोचेर जनतालाई सचेत पार्ने मौका पनि पाइने पार्टीको निम्ति केही आर्थिक स्रोत पनि जुट्ने भनेर उसले द्यौसी खेल्ने कार्यक्रम बनायो ।
तर समय सधैँ एकनासको रहेन । तात्कालिक शासन–व्यवस्था र तानाशाहहरूलाई धराशायी पार्न चलाइएको विद्यार्थी आन्दोलनलाई समर्थन गर्न गरिएको विशाल प्रगतीशील कवि गोष्ठीको संयोजक भएको नाताले ज्वालालाई स्थानीय प्रहरीले गिरफ्तार ग¥यो । हत्कडी लगाइएको ज्वालाको शरीरभरि माओत्सेतुङ, लेनिन र माक्र्सका तस्वीरहरू टाँसेर उसलाई इटहरी वरपरका गाउँहरूमा घुमाइयो । व्यवस्थाको आतङ्क फैलाउँदै सार्वजानिक रूपमा उसलाई प्रहरीहरूले निर्घात रूपले पिटे र तात्कालिक व्यवस्थाको जय भन्न लगाए । तर ज्वाला डगेन । उसले हिम्मत हारेन । बरु उसले एउटै नारा लगाइरह्यो ।
‘तानाशाही व्यवस्था मुर्दाबाद । जनताको जीत हुन्छ – हुन्छ ।’
प्रतीक, प्रवेश र प्रकाशहरूले ज्वालालाई छुटाउने यथासम्भव प्रंयत्न नगरेका होइनन् तर यो काम फत्ते गर्न उनीहरूको बुताले भ्याएन भने यस मामलामा पार्टी चाहिं कानमा तेल हालेर मौन रह्यो । अन्याय र अत्याचारको विरोध गर्ने, समानताको पक्षपाती र आपूmलाई साम्यवादको पक्षधर ठान्ने पार्टीले ज्वाला जस्तो समर्पित कार्यकर्ताको लागि केही नगरेको देख्दा ज्वालाका साथीहरू पनि चकित नपरेका होइनन् । तर छ महिना पछि अप्रत्याशित रूपमा मैले गल्ती गरेँ, म राजा मान्छु, व्यवस्था मान्छु – जस्तो भूmठो बयानमा सहीछाप गराएर प्रशासनले ज्वालालाई छाड्यो र व्यवस्थाको उदारताको ढ्वाङ फुक्यो । त्यसपछिका दिनहरूमा मानसिक र हार्दिक रूपले ज्वाला शान्त र स्वस्थ्य रहन सकेन । उ साह्रै दुःखी थियो । आपूmलाई हिंड्न बाटो देखाउने कमरेडहरूबाट पार्टीको यस्तो असहयोगपूर्ण व्यवहार देखेर पार्टीको माध्यमबाट देश र जनताको लागि जे गर्छु भन्ने ज्वालाले सोचेको थियो त्यसै सोचाइमा यसरी घाऊ लाग्नाले ऊ साह्रै मर्माहत भएको थियो । ऊ मुटुको भित्री तहदेखि नै टुक्रिसकेको थियो । त्यसैले ऊ भीडबाट अलग्गिँदै गयो । यहाँसम्म कि त्यसपछिका दिनहरूमा ज्वालाले आफ्नो अभिन्न मित्र प्रतीकलाई पनि विर्सिदियो । तर अचानक पन्ध्र वर्षपछाडि आज प्रतीकको सामु ज्वालाकै जस्तो अनुहार भएको मान्छे ... ।

“हैन किन टोलाइरहनु भाको ?” श्रीमतीको स्वर सुनेर प्रतीक झस्क्यो । उसको मनले ऊसँगै सुटुक्क सोध्यो – प्रतीक ! कतै त्यही मतुवा ब्यक्ति नै त ज्वाला हैन ... ?


अभिव्यक्ति÷पू. ८०÷वि.सं. २०५२

हाँगाबाट खसेका पहेँला पातहरू


पुष्कर हडबडाउँदै उठ्यो र घडी हे¥यो । विहानको छ बजिसकेको रहेछ । ऊ हतार हतार तयार भएर होटल बाहिर निस्क्यो । उसको काँधमा एउटा झोला र क्यामेरा झुण्डिरहेको थियो । नयाँ सडकबाट गौशाला आइपुगे पछि ऊ साइकलबाट उत्रियो र साइकल डो¥याउँदै हिड्न थाल्यो । उसको ध्यान बाटोमा माग्न बसेका मगन्तेहरू मध्ये ख्याउटे अनुहार परेका, झुत्रोझाम्रो बेरेका दम्पती र सन्ततितिर आकृष्ट भयो ।
“काल्या’ बाउ हाम्रो पनि एउटा नचुने डेक्ची भ’ को भे त्यसमा पका’को भात खाँदा कति मीठो हुन्थ्यो होला हगि ?” स्वास्नी चाहिं लोग्नेलाई भन्दै थिई । पुष्करले देख्यो, उनीहरू एउटा टिनको डिब्बामा खोलेजस्तो केही पकाइरहेका थिए । तर त्यो टिनको डिब्बा पनि चुहेर बलेको भिंmजालाई भिजाइरहेको थियो ।
“आमा ! आमा ! त्यो कुइरेनी कति मिठो पाउरोटी खाँदैछ, मलाई पनि मागिदेन ।” छोराचाहिं अमेरीकी पर्यटक महिलातिर हेर्दै चिच्यायो । दौडिन लागेको छोरालाई आमाले तानी । पुष्करले देख्यो यो दम्पती जस्तै अरु पनि मगन्तेहरूको त्यहाँ ताँती थियो । उनीहरूको तस्वीर खिच्दै पुष्कर पशुपतीको मूल ढोकामा पुग्यो । दर्शन गर्न आउने मान्छेहरूको हुलमा अल्लारे केटाहरूको एउटा हुल पनि बाटै छेक्ने गरी उभिएको थियो । पूजा गर्न ठाँटिएर आएका नव यौवनाहरूलाई जिस्काउँदै बसिरहेको ठिटाहरू मानौँ आधुनिक उर्वशी र रम्भाका अनुपमेय रुचि र सौन्दर्यको आज धीत मरुन्जेल रसास्वादन गरिरहेका थिए ।
“आहा ! क्या च्वाँक रै’छे मैयाँ त, लोभैलाग्दी !” – एउटा अल्लारे केटाले ठिटीहरूको हुलतिर आँखा गाड्दै टिप्पणी ग¥यो । – “ल ल, पशु्पतिनाथसँग बरदान मलाई नै माग्नू मैयाँ !” – केटीहरू मध्ये केहीले साँच्चीकै लाजले र केहीले बनावटी नै भए पनि लजाएको अभिनय गर्दै मुन्टो निहुराए । केटाहरू अझ भालेले कोर्कराएको पोथी छेकेझैँ केटीहरूका अघिपछि गरेर केटीहरू गएतिरै लम्किए । तिनीहरूको यो उच्छृङ्खतला देखेर पुष्करले मनमनै भन्यो – मन्दिर पनि अव धर्म र आस्थाको अर्चना हुने पवित्रस्थल नभएर प्रेमीहरूको मिलन केन्द्र बन्न लाग्यो । अहो ! कतिविघ्न उच्छृङ्खल भएको युवा पिंढी ?
“आज त दूध र भात सुर्काइयो ... ।” यस बेलासम्म पेटमा बासी भात समेत पस्न नपाएको बेलामा एउटी मगन्ते बौलाही बडो लय हालेर गाइरहेकी थिई । मानौँ यो उसको हृदयको सुषुप्त चाहना हो र उसले त्यो गाउनु उसको परम कर्तव्य हो । पुष्करले आफ्नो नोटकापीमा उपर्युक्त विवरणहरू लेख्दै र उपयुक्त लागेका तस्वीरहरू खिच्दैँ त्यहाँबाट फर्कियो ।

“आयो पैसा आ’ने दिन । आयो पैसा आ’ने दिन । शिवरात्रिदेखि तिहारसम्म त भोकले मर्दैन, मर्दैन यो भोटेको छोरा ? ” एकजना मगन्ते उफ्रिँदै पुष्करसामु भाँडो थाप्न आइपुग्यो । केही पैसा त्यो मगन्तेको भाँडोमा हालिदिएर ऊ साइकल हुइक्याँउदै त्यहाँबाट होटलमा आइपुग्यो । पुष्कर प्रधानाङ्ग वीरगन्जबाट निस्कने साप्ताहिक पत्रिका ‘तस्वीर’ को मुख्य उपसम्पादक । साप्ताहिक ‘तस्वीर’ निष्पक्ष, निर्भीक र स्वतन्त्र पत्रकारिताको क्षेत्रमा परिचित नाम थियो भने ‘तस्वीर’ ले सधैँ नै नौलो, आश्चर्यजनक किन्तु सत्य र अप्रत्यासित जानकारी पाठकहरू समक्ष ल्याउने सिलसिलामा पुष्कर काठमाडौँमा मागिखाने मगन्तेहरूको विषयमा विविध समाचारहरू सङ्कलन गर्न हाल काठमाडौ आएको थियो । उक्त विषयसँग सम्बन्धित अन्य कुराहरूको चासो लिन पनि पत्रिकाको तर्फबाट पुष्करलाई छुट थियो । पत्रकारिता विषय लिएर स्नातक उतीर्ण गर्ने बित्तिकै एउटा ख्यातिप्राप्त समाचारपत्रमा उपसम्पादकको पदबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने पुष्करले थोरै समयमा नै आफ्नो लगनशीलता, कार्यक्षमता र योग्यताको आधारमा मुख्य उपसम्पादक पदमा पदोन्नति पाउन पनि सफल भयो । त्यस्तै पुष्पाले पनि पत्रकारिता विषय लिएर स्नातक उतीर्ण गरेपछि तस्वीरको उपसम्पादकको रूपमा पुष्करको सहायक भएर काम गरेको पनि एक वर्ष बितिसकेको थियो ।

बिहानको खाना खाएर ऊ ओछ्यानमा डङ्ग्रङ्ग पल्टेर सोचिरहेको थियो । उसको आँखा आगाडि मीठो पाउरोटी खान लालायित ख्याउटे अनुहारको त्यो मगन्ते बालक र एउटा नचुुहुने डेक्चीमा भात पकाएर खाने सपना बोकेको मगन्ते स्त्रीको रुग्ण आकृति नाचिरहेको थियो । पहिलो नजरमा नै ती निरीह उपेक्षित जिन्दगी देखेर उसको छातीभरि दुखेको थियो । तर त्यो संवेदनशीलतालाई किन किन उसले सुम्सुम्याउनै सकेन । केवल उसको मस्तिष्कभरि एउटै प्रश्नले उसलाई घचघच्याइरहेको थियो । किन यसरी उपेक्षित छन् यी जिन्दगीहरू ? के यिनको केही मूल्य छैन अथवा सम्वन्धित निकायसँग ती हाँगाबाट खसेका पातहरूलाई सोहोरेर उनीहरूको उचित संरक्षण दिने क्षमता छैन ? प्रत्युत्तरमा मुटु अझै दुखी नै रह्यो ।
“ जसले देला उसको गर्नेछ भगवानले भला ।” – नयाँ सडकको पेटीमा फ्यात्त कुहेर बसेको कुष्ठरोगीहरूको ताँतीले भट्याइरहेको थियो । पुष्करले देख्यो एउटा बाह््र तेह््र वर्षको मरन्च्याँसे केटो विदेशी युगल जोडीको पछि पछि हात थाप्दै हिंडिरहेको थियो । थुप्रै बेरपछि ती पर्यटकहरूबाट केही पाउन नसक्दा त्यो केटाले महिला पर्यटकलाई कोट्यायो । ऊ त्यो फोहोरी र कुष्ठरोगी केटो देखेर आत्तिई र आफुलाई त्यस केटाले छोएको कल्पनाले मात्रै पनि ऊ जुजुप्साबोधलाई खप्न नसकेर चिच्याउँदै त्यो केटालाई अंग्रेजीमा गाली गर्न थाली । केटो जिल्लियो, उसलाई पत्तो नै भएन, उसले के त्यस्तो भयङ्कर भुल ग¥यो जसले गर्दा त्यो महिला ऊसँग त्यसरी रिसाई ? त्यो केटा भयभीत अनुहार लिएर सडकको पेटीमा उभिरह्यो । बाटो हिँडे्ने मान्छेहरू त्यस केटाप्रति घृणा र उपेक्षाको नजर लगाउँदै अघि बढ्थे । पुष्करले हेरिरह्यो शहरका यतिविघ्न मानिसहरू मध्ये कसै न कसैले त त्यो केटातिर सहानुभूतिपूर्वक दुई पैसा बढाउलान् भनेर । तर परिणाम चाहिं हात लाग्यो शून्य नै भयो । अन्ततोगत्वा पुष्करले नै त्यो केटाको हातमा एक रुपियाँ थमाइदियो र त्यहाँबाट हिंडेपछि हनुमान ढोका हुँदै स्वम्भू जाने बाटोतिर लाग्यो । स्वम्भूको डाँडाबाट उत्रिंदा देब्रे तिरको अलि अँध्यारो कुनामा उसले देख्यो एउटा ठिटो र एउटी ठिटी स्म्याकको नशामा चुर्लुम्म डुवेर कुनै अलौकिक संसारमा विचरण गरिरहेका थिए ।
“म तिमीलाई मेरो मुतुको पर्तेक ढुकढुकीसँग प्रेम गर्छु निक्की डार्लिङ !”
“ ओ फेम्फा डार्लिङ्ग । तिमी के भन्छ हाय । म तिमीलाई यति लभ गार्छ कि तिमी र तिमं्रो फ्रेन्ड्सको लागि आफ्नो देशबाट ढेरै स्म्याक मगाएको छु ।”
पुष्करले अड्कल काट्यो, केटो भोटे र केटीचाहिं सके अमेरिकन होली । देशका सम्पूर्ण युवापिँढीलाई नै विर्गान खोज्ने त्यो विदेशी केटीको अहिले नै गएर घाँटी थिचिदिने उत्तेजना उसको छातीभरि पलायो । तर ती विचारहरूलाई उसले पूरा हुन दिएन । ऊ स्वयम्भूबाट हनुमानढोका आइपुग्दा रातको आठ बजिसकेको थियो । ऊ त्यहाँबाट झोँछे जाने गल्लीतिर मोडियो ।

“वि.पी. ... वि.पी. ... स्वयगु डाई ?”अश्लील चलचित्र हेर्ने हो दाइ ।” आफू स्वयमं नेवार भए तापनि पुष्करले त्यो फुच्चे केटाले नेवारीमा सोधेको बुझेन र नेपालीमा सोध्यो । कौतुहलवस ऊ पनि भित्र पस्यो । अल्लारे ठिटाहरू स्म्याकको नसामा झुलेका अनि बूढा, अधवैंसेहरूजति सबै दत्तचित्त भएर अश्लील चलचित्र हेरिरहेका थिए । उसलाई वान्ता होला जस्तो भयो – ती सबै दृश्यहरू देखेर । ऊ घृणाले थुक्दै त्यहाँबाट बाहिर निस्कियो । ऊ त्यसरी निस्केको देखेर त्यहाँ बस्ने अरु व्यक्तिहरूले उसलाई ‘पाखे’ भनेर खिज्याउँदै हाँसेको हाँसोले पुष्करलाई धेरैबेरसम्म
पछ्याइरह्यो ।
यस बेला उसको मन खिन्न भएर आयो र उसलाई खानामा त्यति रुचि लागेन । ऊ सरासर आफ्नो कोठामा आएर ओछ्यानमा पल्टियो । तर उसको थकित शरीरलाई कर्तव्यले झक्झकाइरह्यो , ‘म त यहाँ कामले पो आएको’ भन्ने भावनाले प्रेरित ग¥यो । उसको थाकेको शरीरमा स्फूर्तिको नयाँ सञ्चार भयो । उसले कलिङ बेल थिच्यो ।
“हजुरको के सेवा गरुँ ?” होटलको वेटर गुप्ता आइपुग्यो । ऊ हेर्दा नै चलाख छ भन्ने कुरा प्रष्ट बुझिन्थ्यो । अधवैँसे गुप्ताका आँखाहरू देख्दा ऊ चलाख मात्रै होइन धूर्त पनि छ भन्ने कुराको अड्कल काट्न मुस्किल पर्दैनथ्यो ।
“तिमी यस्तो ल्याउन सक्छौ ?” –पुष्करले मनले नचाहे पनि ओठमा मुस्कान ल्याउँदै सोध्यो । उसको इशारा बुझेर वेटर अकमकायो । उसले तुरुन्तै केही जवाफ दिन सकेन ।
“ तिमीले डराउनु पर्दैन ।” – पुष्करले सम्झायो– “तिमीलाई तिम्रो दुःख सास्ती बापत दिए पुगेन ?” पुष्करको कुरा सुनेर बेटरको अनुहार उज्यालियो ।
“हस् हजुर ! म मिलाउँछु ।” गुप्ताले निकै फुर्तिलो पाराले भन्यो र तुरुन्तै त्यहाँबाट आफ्नो खुट्टा बाहिर घुमायो ।

“तिम्रो नाम के नि ?” उसले त्यो केटीको अनुहारमा हेर्दै सोध्यो ।
“आजको रातको लागि तपाइँले जे नाम दिनुहुन्छ, त्यै हो मेरो नाम ।” केटीले हाउभाउकटाक्षसाथ भनी– “ भन्नुस्, कुन नाम दिनुहुन्छ मलाई ? राधा, सीता, सोफिया, लिली, डोल्मा ?”
“हेर बहिनी ! तिम्रो नाम जेसुकै भएपनि मलाई केही आपत्ति छैन किनकी म एउटा पत्रकार हुँ र तिम्रो ठाउँमा अरु कोही भए पनि मलाई केही फरक पर्ने थे’न । त्यसैले प्लीज, मलाई आफ्नो दाजुजस्तो ठानेर यो नखरा गर्न छाडिदेऊ ।” पुष्करले आफ्नो भनाइ जारी राख्यो र आफू ऊ जस्ता केटीहरूको बारेमा तथ्य कुरा बुझेर जस्ताको तस्तै पत्रिकामा छपाउने कुरा बतायो । पहिला त उसले सशङ्कित नजरले पुष्करलाई हेरी । तर पुष्करको न्यानो आश्वासन पाएपछि उसको छातीभरि पहिलेदेखि गुम्सिएका दुःखको बादल उसको रोदनसँगै पुष्करको आँखा अगाडि छाँटिदै थियो ।
“मैले एस. एल. सी. उत्तीर्ण गरेको बेलामा म मुनिका छ जना भाइबैनीहरू पनि स्कूल जान तैयार थिए । तर बुबाको सहायक स्तरको जागिरले हामीलाई खान पनि धौधौ परिरहेको बेलामा सबैलाई स्कूल पठाउनु हाम्रो लागि फलामको च्यूरा चपाउनु सरह थियो । त्यसमा फेरि रातो दिन घर मालिकको कचकच । कहिले बत्ती काटिने, कहिले धारा बन्द हुने त कहिले भाडा बढाउँछु भन्ने । तैपनि भेडाको ऊन कातेर आमाले घरको गाडी केही सजिलो गरी तान्ने प्रयत्न गरिन् । तर पेट्रोल विनाको गाडी कसरी चल्न सक्छ र ?... र नियतिलाई पनि यतिमै सन्तोष थिएन । सानो भाइ त्यसैवेला विरामी भयो । बुबाले कार्यलयबाट पेश्की लिन सक्नु भएन । भाइलाई झन् साह्रो भैरहेको थियो । अनि त्यो ... त्यही रात ...” केटीको आँखाबाट फेरी आँसुको बलिन्द्र धारा छुट्यो ।
“त्यो कालो रातमा हाम्रो परिवार पहिलो पटक पतनको खाल्डोमा गाडियो । त्यस कालो रातमा आमाले आपूmलाई पनि बुबाकै कार्यालयको हाकिमको हातमा बेचिदिनुभयो । भाइको औषधी उपचार भयो । अनि मैले पनि कैलेदेखि आमाले हिड्ने बाटो पैल्याएँ, पत्तो नै पाइन । तर यो पेसामा आउनुअघि इज्जतसाथ नोकरी गर्न नखोजेकी त कहाँ हो र मैले । तर सबै पुरुषले नोकरी दिने बहानामा पहिले मेरो शैक्षिक योग्यता, कार्यक्षमता होइन मेरो शरीर नै हेरे । अब तपाइँ नै भन्नुस, पानीमाथि बसेर कतिदिन ओभानो रहन सकिन्छ ?” ऊ धेरैबेर रोइरही मनको मैलो पखालिउन्जेल । उसले नमाने तापनि पुष्करले उसको हातमा एक सयको नोट थमाइदियो र उसलाई पु¥याउन सडकसम्म आयो । पुष्करलाई थाहा थियो त्यो केटीको ब्यथा समाचार बनाएर लेख्दा एकपटक फेरि त्यस केटीको व्यथा र कथाले उसलाई अवश्य पिरोल्नेछ ।

उसलाई अझै पनि घिन लागेर आउँछ, गुह्ेश्वरीको त्यो घृणित दृश्य सम्झिँदा । भारतीय साधु र नेपाली साधुनीहरूका बीच ती अश्लील हाउभाउ कटाक्षको आदनप्रदान उसले हेर्नै सकेन । हुन त त्यो भन्दा पर अरु पनि केही हुन्थ्यो – हुदैँनथ्यो वा हुन्छ–हुँदैन त्यो उसलाई थाहा छैन । तर पनि एउटा पवित्र स्थलमा बस्ने, त्यसमाथि संसारको मोहमाया, लोभलालचबाट टाढिएका छन्, कामवासनाले मैमत्त भएका ती पाखण्डीहरूलाई मुखभरि थुकिदिने इच्छा पुष्करको नभएको त कहाँ
हो र ?
के अव संसारबाट नैतिकता, मर्यादा, मानवता सामाजिकताको भावना विल्कुलै मरेर गयो त ? नत्र यो शहरले किन प्रत्येक पल मेरो श्वास थुनिदिन्छ ? पुष्कर चिन्तनमा रुमलिन्छ । के अव मानवता र नैतिकताको शाब्दिक अर्थ खोज्न पनि शब्दकोषको सहारा लिनुपर्ने बेला भइसक्यो त वीर गोर्खालीले ? त्यसो भए स्वाभिमानी भनेर कहलिएका हामी नेपालीले हाम्रा पूर्खाको रुधिरले रङ्गिएको इतिहास र सगरमाथाको उच्चता पनि के चूल्होमाथि न्यानो भारमा सुकाएर राख्नुप¥यो त अब ? नत्र खोई, हामीले पूर्खाको त्याग र तपस्याबाट केही सिक्न सकेको ? खोई, सगरमाथाको उच्चतालाई आत्मसात् गरेर हामीले हाम्रो नैतिकता, इमानदारिता र स्वाभिमानलाई सगरमाथाको शिखरमा पु¥याउन सकेको ?
लङ्गडो, बहिरो वा अन्धो हुँदैमा सडकमै कुहिएर अरुका आँखाहरूलाई विझाएर जिन्दगी विताउनु पर्छ भन्ने के त्यस्तो कुनै प्रावधान छ त ? हामीले विकासको नारा फलाक्दा देशजत्रो विकास शब्दमा गाउँको विकासको टुक्रा ती निरिह जिन्दगीको पोल्टामा पनि किन फालिदिन सक्दैनौँ ? पुण्य कमाउने धुनमा लाखौँ मन चामल पोलेर सिध्याउन सक्छौँ । तर भोको पेटलाई एक मुट्ठी चामल दिन भने हामी आफ्नै आमा मरेर जालिन् कि झैँ गछौँ ।

कृष्ण मन्दिरको अगाडि जम्मा भइरहेको भीडमा उसले पनि नजर पु¥यायो । एउटी बैँसालु मगन्ते केटी एउटा पसलेलाई धारेहात लगाउँदै सत्तोसराप गर्दै थिई ।
“मैले एक मोहरको खाने तेल माग्दा त्यो पसले बजिया त मलाई मसँग सुते सित्तैमा एक लिटर नै दिन्छु, भन्दो रै’छ । चेपारे बजियालाई जीउभरि कोर निस्केर पटपटी फुटेर मरिहालोस्, राँडीको छोरो ।” मान्छेहरू चाख मानेर बडो ध्यानपूर्वक त्यो मगन्ते केटीको भाषण सुनिरहेका थिए । काठमाडौँ चार किल्लाभित्र बस्ने यी संवेदना शून्य व्यक्तिहरूका लागि जे पनि नौलो र अप्रत्यासित नै हुँदो रहेछ भन्ने पुष्करले सोच्यो र आफ्नो साइकल त्यहाँबाट हुइँक्यायो । मान्छेले मान्छेलाई नै किन्न चाहने त्यो नरभक्षी पसलेको अनुहार पनि हेर्न मन लागेन उसलाई । पाटीमा, मन्दिरमा, सडकका पेटीमा जिन्दगी निर्वासित भइरहेछ, मूल्यवान् जिन्दगीको अवमूल्यन भइरहेछ । सामाजिक मूल्य र मान्यतादेखि टाढिएर जिन्दगीहरू ठाउँ न ठहर आश्रयहीन भएका छन् – बाँच्नुको नाममा गड्यौला झैँ भएर पराइ आँखाहरूलाई रिझाइरहेका छन् । उसको छातीभरि विचारहरूको मल्लयुद्व हुन्छ । साँच्चै मान्छेले मान्छेजस्तो भएर बाँच्न पाउने दिन कहिले आउँछ होला ?
दिनभरि शहरका गल्लीगल्ली, मन्दिर, पाटी, पौवा डुलेर लखतरान भएर ऊ ब्रह्मटोलको एउटा गल्लीबाट आइरहेको बेलामा एउटा झ्यालबाट ऊमाथि कोपरा खनियो । वरपरका भलाद्मीहरू गललल हाँसे । उसलाई बान्ता नगरुँ भन्दा पनि जुगुप्साबोधले बान्ता भयो । उसले आफ्ना सर्ट र पेन्ट खोलेर तिनै भलाद्मीहरू नजिक फालिदियो । दुर्गन्ध र अपमानबोधले गर्दा घृणा र क्षोभको लहर कणकण भएर उसको शरीर भरि फैलियो । अघि खुलेको झ्याल अघि नै बन्द भइसकेको थियो । त्यहाँबाट खिन्न मन र क्रोधले भरिएको मस्तिस्क लिएर ऊ होटल आइपुग्यो तैपनि उसको मन शान्त भएको थिएन । गाउँले भन्दा शहरवासी शिक्षित र सभ्य भएको अनुपम उदारहण यही हो त ? उसलाई वीच बजारमा उभिएर यी असभ्य शहरियाहरूलाई कोर्रा लगाउँदै सभ्यता र मानवताको पाठ सिकाउन मन लाग्यो ।

करिव एक घण्टाजति लगाएर नुहाएपछि ऐना अगाडि उभिएर उसले शरीर पुछ्यो । शीतलताको अनुभूतिले केही बेर अघिको घृणा र क्षोभले उसको मन मस्तिस्कबाट कुलेलाम ठोकिसकेको थियो । ऐनामा आफ्नो अठ्ठाइस बर्षे बलिष्ठ शरीर र सुन्दर अनुहार हेर्दै ऊ मुसुक्क हाँस्यो पुष्पालाई सम्झेर । यतिका दिनसम्म पनि पुष्पाले ऊबाट चिठी नपाउँदा ऊ निकै रिसाइहोली भन्ने कल्पनाले ऊ एकपटक फेरि एक्लै मुसुक्क हाँस्यो । उसको आँखाअगाडि पुष्पाको हिस्सी परेको अनुहार नाचिरह्यो ।
उसले देख्यो गुठीबाट हण्डी प्राप्त भएको ठाउँमा विहारी साधुहरूको रजाइँ थियो । टोक्ने बाँदर र कुुकुरहरू पालेकाले उनीहरूछेउ जान हम्मेसि कोही पनि आँट गर्दैनथे । तिनै जोगीहरू मध्ये एउटा जोगीले चाहिं शिवजीलाई आफ्नो एउटा हात चढाएको थियो र त्यो चढाएको हात विल्कुलै सुकिसकेको थियो । रातको करिव आठ बजेको थियो । साधुहरूले बेलुकी खाना खाइरहेको त्यही नचुहिने डेक्चीमा पकाएको खाना खाने सपना देख्ने मगन्ते आइमाईले बडो लालायित नजरले हरिरहेकी थिई – छोराको औंला समातेर, त्यही छेउमा उभिएर ।
“ऐ बुढिया ! खानेको मन छओ त इदर आ । के तरुणीको माफिक लाज मानेको छस् ?” मधिसे जोगीले हिकारतले त्यो मगन्ते महिलालाई हेर्दै भन्यो । ऊ उठी र खान बसी । भोक मीठो कि भोजन मीठो ? आमाछोराले खानु अघि अलिकति भात आपूmले ल्याएको बटुकोमा लुकाई– लोग्नेको लागि ।
“पुजारीजी ! इधर एक जोडी दिनोस् ।”
“दुई सय नेपाली हैन, दुई सय भा.रु. दिनुस्, एक जोडीको ।” – रुखो स्वरमा पुजारीले जवाफ दियो ।
“पुजारी जी ! हमको पाँच जोडी दिजिए ।”
“ऐ छोकरा ! दर्शन करनेको मन छयो त लाइनमा लाग् । यो तेरो बाबुको घर हैन, व्यर्थै होल्ला कोर्ने ।” – एउटा साधु केटाकेटीलाई हर्कादै थियो । पुष्कर छक्क प¥यो, पवित्र देवस्थलमा पूजा अर्चना सँगसँगै रुद्राक्षमालाको यो खरिद विक्री देखेर । मारवाडी र विहारीहरू झुम्मिरहेका थिए ।रुद्राक्षको माला किन्न । माला किन्न त पसलमा पनि पाइन्छ तर पसलमा नकिनेर मन्दिरमै किन किन्नुप¥यो ? पुष्करले बुझ्न सकेन । फेरि पूmलटीका दिनुपर्दा पनि भेदभावपूर्ण व्यवहार गरेको देख्दा उक्त विरोधाभासपूर्ण स्थिति पुष्करलाई पचिरहेको थिएन ।
उसले चिठी पठाएको दश दिनपछि पुष्पाको जवाफ साथै ‘तस्वीर’को तर्फबाट एक प्रति पत्रिका र चिठी पनि उसले पायो । प्रथमतः उसले पत्रिका हे¥यो । उसले पठाएको सामग्रीलाई चार भिन्दाभिन्दै प्रमुख शीर्षक दिएर समाचार र तस्वीर समेत उस्तै आकर्षक ढङ्गले छापिएको रहेछ । कार्यललयको पत्रमा उसको कार्यगतिलाई अझ बढाउन अनुरोध गरिएको थियो । त्यसपछि उसले पुष्पाको पत्र निकालेर पढ्न थाल्यो । पेज नं. ६७ को बीचसम्म पुगेको छ ।
“... तिमीलाई नसम्झेको कुनै क्षण छैन । सोच्छु, यो नोकरी छोडेर तिम्रोसामु उडेर आउँ । तर कर्तव्यले भावुकतालाई सुम्सुम्याउँछ । तिमी त्यहाँ घामपानी नभनी खटिरहेका होलाउ, प्रिय ! तिमीलाई आफ्नो काममा सफलता मिलोस् । शुभकामना सहित तिम्रो पत्र अनि स्वयम् तिम्रो प्रतीक्षामा ।”
उही तिम्री
पुष्पा
चिठी पढिसकेर उ गजक्क परेर मुसुक्क हाँस्यो – के पुष्पाले मलाई यति विघ्न माया गर्छिन् ? सुखानुभूतिले उसको मनभरि लालुपाते ढकमक्क भएर फुलिरहेको थियो । भक्तपुरको न्यातपोल मन्दिर र देश मरुःझ्याको कला कौशलले उसलाई विशेषरूपमा प्रभावित ग¥यो । अनि पूर्खाको कला कौशलको प्रशंशा नगरिरहन सकेन उसले । तर यी माग्नेहरूको लहर देख्दा भने उसको मन खिन्न भएर आउँछ । यसरी झरीमा उम्रेका च्याउ झैँ यी माग्नेहरू बढ्नु कारण के हो त ? किन सम्वन्धित निकायले यो समस्याबाट आँखा चिम्लेर बसेको छ । के यो समस्याको कुनै समाधान छैन । चाहने नै हो भने के यी व्यक्तिहरूलाई श्रम र सीपबाट आफ्नो पेट पाल्ने स्थितिमा ल्याउन नसकिएला त । कि यसो गर्दा देशको गरिवी र मगन्ते समस्या हल होला भन्ने भयले समाउँछ कसैलाई ? सडकको जताततै फोहर छ, शहर फोहरग्रष्त छ । देशका मन्त्री, समाजसेजी र सचिवहरूलाई सेमिनार उद्घाटन, पुस्तक विमोचन र कागजी योजना तयार गर्दैमा फुर्सद छैन । देशका वास्तविक समस्याहरू कसले बुझिदिने प्रबुद्व वर्गले नै आँखा चिम्लिएपछि ? किनकि उनान्सय प्रतिशत हामी नेपालीहरू अल्छी छौँ र थालको भात पनि हातले नठेली मुखमा परोस् भन्ने चाहन्छौँ । तब कामै नगरी नारा मात्र फलाकेर नौलो आस्था अनि विश्वासको चाहना राखेर मात्रै के गर्नु ?

‘तस्वीर’ को प्रत्येक अङ्क चालीस हजारप्रति भन्दा बढी बिक्री हुन थाल्यो । ‘तस्वीर’ र पुष्कर प्रधानाङ्गको चारैतिर व्यापक चर्चा हुन थालेपछि यो असमयको घण्टी किन बज्यो ? कसरी बज्यो ? यो कस्तो होहल्ला हो ? भनेर घुम्ने मेचहरू आत्तिए । टेलिफोनका घण्टीहरू घन्किन थाले । मानौँ कसैले कुम्भकर्णको निद्रामा खलल पु¥याउने अक्षम्य अपराध गरिरहेको छ । डोकामा दूध दुहेर कहिले पो अडिन्थ्यो र । एउटा न एउटा सक्कली पुरुष निस्कनु नै प¥यो नि मुसा खाने विरालोको घाँटीमा घण्टी बाँध्ने शूरो । तीनै शहरहरूमा दिनदिनै विदेशीहरूको सङ्ख्या बढ्दै गइरहेको छ । तर नेपालीहरूलाई पनि त उनीहरूले साइकलमा घुमाएकै तरकारी सस्तो र मीठो लाग्छ । पुष्करले सोच्यो – यी तरकारीवाला, हजाम र सूचीकारको भेषमा दिनदिनै भित्रिरहेका विदेशीहरू हाम्रा लागि हानिकारक तत्व नहोलान् भनेर शान्तिजनक स्थितिमा विस्फोट नहुन्जेलसम्म कानमा तेल हालेर बस्नु उचित होला त?
‘तस्वीर’ को यो अङ्क झन् मार्मिक र हृदयस्पर्सी थियो । यस अङ्गमा एकजना समाजसेवीको हातबाट लुटिएर आत्महत्या गरेकी पुण्यप्रभाको सचित्र विवरण छापिएको थियो । जागिर लगाइदिने प्रलोभन दिएर कसरी उक्त समाजसेवीले पुण्यप्रभालाई अबेरसम्म झुलाइरह्यो र चियामा बेहोसीको दवाई मिलाई खान दिएपछि कसरी एउटी अबलाको इज्जतसँग एउटा समाजसेवीले खेलेको थियो भन्ने विवरण पुष्करको लेखनीद्वारा स्पष्ट रूपमा छापिएको थियो ‘तस्वीर’ मा । पुष्कर बसेको होटलको फोन तारन्तार घन्किन थाल्यो । उसले कहाँबाट र कसरी यी समाचारहरू सङ्कलन ग¥यो । तुरुन्त यो समाचारको खण्डन गर होइन भने परिणाम राम्रो हुनेछैन भनेर धम्कीसमेत आयो पुष्करलाई माथिवाट । तर ऊ विचलित भएन किनकि उसलाई थाहा थियो पत्रकारिताको क्षेत्रमा यस्ता सामान्य बाधाअड्चन आउन सक्छन् । यदि त्यस्ता बाधा र अड्चनको सामना गर्न सकिएन भने केको पत्रकारिता ? कस्तो पत्रकारिता ? यदि यी गिद्वे धम्कीबाट नै डराउने हो भने हातमा शुद्व तोरीको तेलले भरिएको कचौरा लिएर हिंडे भएन त बाँच्नका लागि स्वाभिमानलाई बाग्मतीमा दागबत्ती दिएर ?

“काल्या’ बाउ ! हाम्रो पनि सानो पानी ओतिने एउटा झुप्रो भ’ को भे’ हामी झरीमा यसरी रुझ्नुपर्ने थे’न हगि ? यस्तरी बर्खामा रुझेर, दिनदिनै भोकभोकै बाँच्नुभन्दा त हामी मरेकै जाती । तर मर्नु पनि कसोरी र, कालेको माया लाग्छ, हैन काल्या’ बाउ ?” – त्यो मगन्ते महिलाको कथन सम्झिँदा पनि पुष्करको मुटुमा सियोले घोचेको पीडानुभूति हुन्छ । यी असहायहरू प्रति उसको हृदयमा यथेष्ट सहानुभूति हुँदाहुँदै पनि उसले उनीहरूका लागि केही गर्न सकिरहेको हुन्न । तर उसले सन्तोषको सास फेर्छ, डोमा र पेम्वाको जोडीलाई सम्झिँदा । ती दुई अशिक्षित दम्पतीको सङ्घर्ष देखेर ऊ अति नै प्रभावित भएको थियो र उनीहरूको उदाहरण अरु समक्ष राख्न चाहन्थ्यो । फुटपाथमा चना, भुजा बेचेर छोराछोरी पाल्नु अनि उनीहरूलाई व्यवस्थित ढङ्गले स्कूल पढाउन सक्नु पनि चानचुने कुरा कहाँ हो र ? – महङ्गीले निम्न वर्गको ढाडै भाँचिन लागेको समयमा । छोराछोरीलाई पढाउन सके आमाबाबुको बुढेसकाल सुध्रिन्छ भन्ने मीठो सपना पालेका ती दम्पतीको सफलताको ऊ मनमनै कामना गर्छ । तर पश्चिमी सभ्यताको अन्धानुकरण गरेर केवल आफ्नै शरीर सजाउन मात्र सौखिन आजका युवा पिढीको उच्छृङ्खलता र ढर्रा भने उसलाई पटक्कै मन पर्दैन ।
“ओ, मेरी पुष्पा ! तिमी याँ ?” – आश्चर्य र हर्षमिश्रित ध्वनि निकाल्दै पुष्करले भन्यो – “ओ पुष्पा ! मैले त सपनामा पनि सोचेको थिइन तिमीसँग याँँ’ भेट होला भनेर ।” – ऊ आफ्नी मायालुको आशाविपरीत सन्निधि पाएर अति उत्फुल्ल भइरहेको थियो ।
“पुष्कर ! तिमीलाई थाहा छ ?” — पुष्पाले पुष्करको बलिष्ठ बाहुको न्यानो अँगालोमा आफूलाई सुरक्षित महसूस गर्दै भनिन् –“ तिमीसँग भेट हुनुअघि म कति चिन्तित थिएँ । तिमीमाथि आइपरेका काल्पनिक खतराहरूको उडन्ते खबर सुन्दा म कति पटक मर्दै बौरिंदै गरेको छु । तिमीलाई के था’ ! म तिमीलाई कति माया गर्छु । अब यस्तो ‘रिस्की’ काम छोडिदेऊ, पुष्कर ! रातोदिनको खटाइ, त्यसमा फेरि सबैको आँखाको कसिङ्गर बनेर कति दिन काम गर्न सकिन्छ ?”
“होइन पुष्पा ! मायाले गर्दा मात्रै तिमी मलाई कर्तव्यपथदेखि टाढा लान खोज्दैछ्यौ नत्र तिमी स्वयम् पत्रकार, तिमीलाइ पनि था’छ, रिस्क भन्ने कुरा जीवनको कुन क्षेत्रमा हुँदैन ? फेरि पत्रकार भैसकेपछि उसको कर्तव्य हो – व्यक्ति, समाज र देशको यथार्थ तस्वीर जनतासमक्ष पु¥याउनु । यदि देश र जनताको भलाई हुने काम गर्दा तुच्छ व्यक्तिहरूलाई हानी पु¥याउँछ भने पनि होइरहोस् तिमीले बुझिदिनु पर्छ, पुष्पा ! देश र जनताको भलाईका लागि केही असल काम गर्दागर्दै म मरेँ भने पनि मेरो मृत्यु त्यति सस्तो हुने छैन, मेरो मृत्यु एउटा देशभक्तको मृत्यु हुनेछ ।” – पुष्पाले पुष्करलाई आँसुले भरिएका लोचनहरूले एकोहोरो हेरिरहिन् । कति महान छ यो मान्छे ! व्यक्ति स्वार्थले त यसलाई छुनसम्म पनि सकेको छैन । देश र जनता भनेपछि कति हुरुक्क हुन्छ । तिनले पुष्करलाई नियालिन्– अहा ! कति निश्चलपना छ उसको अनुहारमा, अवोध शिशुको झैँ । तिनको मुटुभरि ऊप्रतिको मायामा अझै बृद्वि भएको तिनले महसूस गरिन् ।
“हो पुष्पा ! तिमीले बुझिदिनु पर्छ । एउटा टाउकोमा दुइटा नाम्लो अड्न सक्दैन । दापमा खुकुरी राखेको नै स्वाउँछ, कर्द खुकुरी भ’र बसेको सुहाउन्न । मलाई विश्वास छ म कर्तव्यको बेदीमा वलिदान भए पनि तिमीले हरेस खाने छैनौ र समाजमा भेडाका छालमा लुकेका ब्वाँसाहरूलाई अझ तीव्र गतिले भण्डाफोर गर्नेछौ । श्रमजीवीहरूको हकमा योगदान दिने छौ ।” – पुष्पा केही बोलिनन् । निर्निमेष पुष्करको देदिप्यमान अनुहारमा एकोहोरो हेरिरहिन् । तिनको मुटु जोडले ढुकढुक गरिरहेको थियो – मानौँ अवश्यंभावी दुर्घटनाको त्यही ढुकढुकीले पूर्व सङ्केत अहिले नै गरिरहेछ ।

‘तस्वीर’ को कार्यलयमा र पुष्करमाथि पनि अज्ञात व्यक्तिहरूबाट निकै पटक हमला भइसकेको थियो । तर पुष्कर झैँ ‘तस्वीर’ का प्रधान सम्पादक एवम् प्रकाशक हरिहर खवास पनि आफ्नो विचार र कर्तव्यप्रति अझ दृढ भई उनले पुष्करलाई त्यही मितिदेखि तस्वीरको सम्पादकमा पदोन्नति गरिदिए र आफ्नो कर्तव्यप्रति अझ लगनशील र दृढ भई कार्य गर्न पुष्करलाई हौसला पनि दिए ।

यस पटकको ‘तस्वीर’ मा रामबहादुर र बिर्खेको अन्तर्वार्ता छापिएको थियो । विगत अठार वर्षदेखि मूखिया टाइपिष्ट पदमा जागिर खाँदै आएको इमान्दार, कर्तव्यनिष्ठ र स्वाभिमानी चालीस बर्षीय रामबहादुर अझै पनि भविष्यप्रति आशावान् थियो । एक न एक दिन उसको पदोन्नति हुनेछ कसैको आशिर्वाद नभए तापनि भनेर । त्यस्तै दुवै खुट्टा नभएको स्वाभिमानी विर्खेले पाउरोटी बेच्न थालेको पाँच वर्ष भइसक्यो । उसलाई आफू विकलाङ्ग भएर पनि कसैमाथि आश्रित नभई आत्मनिर्भर भएकोमा गर्व छ । भ्रष्टाचार, अनियमितता, असमानता र विरोधाभासपूर्ण झ्यालहरू ‘तस्वीर’ ले खोल्ने क्रममा गगनचुम्वी अट्टालिका तर्सन्थे र उनीहरू हरिहर र पुष्करसँग तीस माना भन्दा बढी मुर्मुरिन्थे । एकातिर बहुसङ्ख्यक जनताले साँझ विहान हातमुख जोर्न पाइरहेका छैनन्, शिर ओताउने ठाउँ पाइरहेका छैनन भने अर्कातिर महल र महँगा रेष्टुराँमा मोज र भोजको नाममा एक गाँस खाएर एक माना मिल्किरहेको हुन्छ । अट्टालिकाहरू मात्तिइरहेछन्, पात्तिइरहेछन् । तर श्रमजिवीहरू जति महँगाई र शोषणको जाँतोमुनि पिसिइरहेका छन् । यो किन भइरहेछ ? कसरी भइरहेछ ? यी समस्याहरू समाधान हुनुपर्छ र समान अधिकार पाएका जनताले समान रूपले जीवन बाँच्न पाउनुपर्छ जस्ता अभिव्यक्तिले गर्दा पुष्कर दुई वर्गमध्ये एक वर्गको लागि आँखाको तारो र अर्को वर्गको लागि आँखाको कसिङ्गर भइरहेको थियो । अर्को वर्गको निम्ति ऊ खतरा बन्न सक्छ भन्ने तथ्य त्यो वर्गले महसूस गरिसकेको थियो र पुष्करको हाँसो आफ्नो हत्केलामा लिने उनीहरूको मनसुवा थियो ।

पुष्करको निकै अघिको योजना यसपाली पुष्पाको मद्दतले सफल भयो र त्यो ‘तस्वीर’ मा समेत प्रकाशित भयो । देशका विविध क्षेत्रका गरी विविध सेवामा संलग्न रहेका करिव सैतीस जना सहायक स्तरका कर्मचारीहरूको अन्तर्वार्ता पुष्कर र पुष्पा दुवै मिलेर लिएका थिए । पन्ध्र वर्ष भन्दा बढी नोकरी अवधी पुगेका कर्तव्यनिष्ठ, इमान्दार र स्वाभिमानी ती व्यक्तिहरू अन्य व्यक्तिहरूको सम्मानमा सुनको गजुर लगाउन नजानेर नै विगत पन्ध्र वर्षदेखि एउटै पदमा बस्न बाध्य भएका थिए । योग्यता, कार्यक्षमता र अनुभव हुँदाहुँदै पनि आज पर्यन्त प्रेरणा, प्रोत्साहन र सफलता भन्ने कुन चराको नाम हो उनीहरूलाई थाहा नै थिएन । ती कर्मचारीहरूको अन्तर्वार्ताबाट पुष्करले चाकरीवाज र चमेरो हुन सक्नुपर्ने आजको भ्रष्टाचारी समयमा स्वाभिमानी र कर्तव्यनिष्ठ भएर त्यही पनि सहायक स्तरको जागिरे हुनुको अनुभव र अनुभूति कति पीडादायक हुन्छ भनेर ती कर्मचारीहरूको व्यथासँगै आफ्नो टिप्पणी जोडेको थियो ।

“पुष्कर !” – पुष्पा आत्तिँदै चिच्याइन्, पुष्करको रगताम्य अनुहार देखेर– “यो के भयो तिमीलाई ? कसरी भयो ?”
“डन्ट वरि पुष्पा !” पुष्करले मुस्कुराउने प्रयत्न गर्दै भन्यो – “केवल सानोतिनो लडाइँ मच्चिएको थियो । अरु केही भा’ होइन । आज मलाई ज्यापूज्यापूनीहरूले खेतमा रोपाइँ गरेको र उनीहरूले गीत गाएको हेर्न र सुन्न मन लाग्यो । अनि ती श्रमजिवीहरूका बारेमा एउटा लेख पनि तैयार गर्ने विचारले उनीहरूसँग केही सोधपुछ गरिरहेको बेलामा अचानक आठ–दश जना गुण्डाजस्ता देखिने व्यक्तिहरूले लट्ठी र छुरा लिएर ममाथि हमला गरे । तर ती किसान ज्यापूज्यापूनीहरूका मद्दतले ती बदमासहरूलाई भगाउन सफल भइयो नत्र आज ज्यानकै खतरा थियो, पुष्पा !”
“पख, म पहिला डाक्टरलाई फोन गर्छु है ।” – पुष्पाले भनिन् र हतपताउँदै तल काउन्टरमा गएर कुनै डाक्टरलाई तुरुन्तै बोलाइदिन आग्रह गरिन् ।
एउटा सफा कपडाले पुष्करको अनुहारको रगत पुछिदिदै सोधिन् – “अनि ती व्यक्तिहरू को रहेछन् चिन्न सकेनौ ?”
“ काँ’ चिन्नु ! तर उनीहरूको उद्देश्य भने मलाई मार्नु नै थियो, पुष्पा । निर्माण नै नभएको स्वास्थ्य चौकीको समेत रकम खाएको र नशालु पदार्थको तस्करीमा पहुँचवाला व्यतिmहरूको समेत हात हुन सक्छ भन्ने मेरो लेख ‘तस्वीर’मा छापिएपछि त्यो लेख मन नपराउने व्यक्तिहरू मदेखि अझ क्रुद्व– आऽऽऽ ।” पुष्कर चिच्यायो । पुष्पाले देखिन्, पुष्करको निधारदेखि माथि करिब चार इन्चजति लामो घाउ रहेछ । पुष्पा आत्तिइन्, तिनको मुटुमा ढ्याङ्ग्रो बज्यो । आत्तिँदै तिनले बगिरहेको रगत बन्द गर्नको लागि शिरमा बाँध्न उपयुक्त कपडा खोज्न थालिन् । कुनै उपयुक्त कपडा नभेटेपछि तिनले पुष्करको गलबन्धीले नै पुष्करको शिरको घाउ बाँधिन् । रगत बग्न केही कम भयो ।
“पुष्पा ! मलाई निन्द्रा लागेजस्तो हुँदैछ । कतै म मर्न लागेको त होइन, पुष्पा ?” – क्षीण स्वरमा पुष्करले सोध्यो ।
“प्लीज पुष्कर ! धेरै नबोल । डाक्टर आउने बेला भैहाल्यो नि ।” पुष्पा स्वयम् आत्तिए तापनि पुष्करलाई सान्त्वना दिँदै भनिन् ।
“होइन पुष्पा ! मलाई बोल्न देऊ । म मरिहालेँ भने पनि तिमीले मेरो जिम्मेवारी सम्हाल्नुपर्छ, देशमा विद्यमान समाजघाती किटाणुहरूलाई जरैदेखि निमिट्यान्न पार्नुपर्छ । सबैले एक मुठी सुखको सास फेर्ने दिन ल्याउनको लागि थोरै मात्रै भए पनि तिमीले योगदान गर्नुपर्छ । तर होसियार रहनु, पुष्पा । ती नरभक्षी राक्षसहरूले यसरी नै पिठ्यूँपछाडि घातक हमला गर्न सक्छन् । अहो ! पुष्पा, मेरो टाउको दुखेर आयो । तिमी कहाँ छौ, पुष्पा ? मेरो नजिक आऊन ।”
“पुष्कर, तिमीलाई केही हुँदैन ! तिमीलाई केही हुँदैन । म यैँ’ तिम्रै छेउमा त छु नि ।” पुष्पाले आफ्नो भावनालाई नियन्त्रण गर्ने प्रयत्न गर्दै भनिन् । तर तिनको हृदय भने पुष्करको चिन्ताजनक अवस्था देखेर छियाछिया भइरहेको थियो । व्यथाले तिनको हृदय पोलिरहेको थियो ।
“तर पुष्पा ! तिमीले चैँ मलाई माफ गरिदिनु । देशलाई अनि देशका जनताहरूको भलाईका लागि अलिकति मात्रै भए पनि ध्यान दिने क्रममा मैले तिमी र तिम्रो भावनाप्रति यथेष्ट ध्यान दिन सकिनँ ।” उसको आवाज टाढाबाट आए झैँ सुनिन्थ्यो ।
“भो, पुष्कर भो ! मलाई तिमीसँग केही गुनासो छैन । तिम्रो प्रेम पाएर त म धन्य भएकी छु । पुष्कर ! तिमी धेरै नबोल घाउ दुख्छ ।” पुष्पाले रुँदै भनिन् । यसबेलासम्म पुष्कर बेहोसको स्थितिमा पुगिसकेको थियो । पुष्पाको हृदयमा हाहाकार मच्चियो । आँधीबेहरी चल्न थाल्यो । कहीँ पुष्करलाई केही भयो भने ? यो डरलाग्दो कल्पनाले नै पुष्पा खङ्ग्रङ्ग भइन् । होइन, पुष्करलाई केही भयो भने मात्रै पनि मेरो के होला ? उनको सर्वाङ्ग काम्यो । हेरिन् त्यो बेहोस भएको देवपुरुषलाई जसले देश, जनता र मानवता अनि कर्तव्यलाई पूजा सम्झँदाको खातिर कुतŒवसँग सङ्घर्ष गर्दा अहिले यो स्थितिमा आइपुगेको थियो । पुष्पाको मुटुभरि तीव्र पीडाको लहर उर्लियो पुष्करको स्थिति देखेर । तर मन र मस्तिष्कमा भने पुष्करका भनाइहरू पूmल बनेर फक्रिँदै गए । तिनका मुटुभरि विचारको पालुवा झ्याङ्गिंदै गयो कर्तव्यको सुवास छरेर । तिनले सुनिन् बाहिर डाक्टर आइपुगेकोले ढोका ढक्ढक्याइँदै रहेछ । तिनी ढोका खोल्न उठिन् । अहो ! तिनी झस्किन, केही बेर अघि गएको विजुली पुनः आइसकेछ । पुष्पाले एकपटक पुष्करतिर मायालु नजर लगाइन र ढोका खोल्न अघि बढिन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 श्रावण, 2072

लेखकका अन्य रचनाहरु