माझी नियति

- पेशल आचार्य

दस गाउँ डुब्दा
माझी सल्लाह नमिल्ने
यो देशका नेताहरू अब लेता भएका छन्
सबै थोक लिने
नेपाल लिने, त्रिपाल लिने
राहत लिने, आहत लिने,
विपत्तिले न कहिल्यै बाजा बजाउँछ
प्रलयले न सँधै विगुल फुक्छ
विपतको पूर्व तयारी नभएको देश
महा विपत्तिमा
सोत्तर भयो, सखाप भयो
भैँचालोले यहाँ मानिस मात्र मरेनन्
मारिए कैँयौँ सपनाका बुँदहरू
थिचिएनन् यहाँ जीवनहरू मात्र खण्डहरमा
आसा र इच्छा पनि थिचिएका छन्
सर्कार सल्लाहमा तल्लीन छ
ठूलो आवाजनगर जनाद्र्धनहरू
उसलाई योजना बनाउन र बैठक बस्न वाधा पर्छ
बरू खोस्र
धुलिसात भएका टाउका र छाती घर अनि मटानका
काटेर बाँस, सँगालेर मुसे खरूकी
अनि बाटेर बाबियो
अब टाउको लुकाउने ओत बनाऊ
अब भुरा पढाउने स्कुल बनाऊ
भो छाड
ती आश्वासनका गुलिया पुरिया खोलेर मनको सर्बतमा घोल्न
फेरि एउटा बाख्राको पठेक्री स्याहार
फेरि एउटा गाईको बाछी बाँध किला ठोकेर
फेरि धाराको मुहान सफा गर
अनि जीवन सुरू हुन्छ
क्रमशः
तर माझी सल्लाहमा नलाग काम थाल ।

सहायक प्राचार्य
मन्थली उमावि, मन्थली, रामेछाप ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 श्रावण, 2072

लेखकका अन्य रचनाहरु