आशक्त

- शेरबहादुर कार्की

उ सँधै आउने गर्थ्यो-मेरो भट्टी पसलमा| एउचा रमाइलो सॉंझ हुन्थ्यो| पसलको कुनाबाट पुरानो टेप रेकडरले गीतहरू पनि सुनाइ रहन्थ्यो| सॉंझमा मेरो भट्टी पसल रमाइलो संसार बनी दिन्थ्यो, वास्तवमै त्यो पसल थियो| धेरै रमाइला कुरा हुन्थे- पुरुष दम्भ हृदयका| मलाई लागदथियो थरिथरीका पुरुषहरू हुन् यी| थरिथरीका अनुहार भएका मांसपिण्ड हुन् यी|

कोदोको जॉंड र सुङ्गुरको सेकुवासित कसैले राजनीति चबाई रहन्थे| कसैले अर्थनीति तोकिरहन्थे| अझ कसैले त साहित्य सिगरेटसित उडाई रहन्थे| तर, त्यो पुरुष- कुनाको बेञ्चीमा एकलै बसीरहन्थ्यो| कस्तो अचम्भको स्वभाव! मान्छेदेखि उ किन मान्छे परबस्न चहान्थ्यो? मैले उसको नाम जानेकी थिइन| अरू जानेकी हुँदीहुँ त स्त्रीप्रति आशक्त जन्माउने पुरुष|

‘रोजी डार्लिङ! अझै सेकुवा भएन?’

झस्किएँ| विथोलिएँ| आफै लाजले रातो भएँ| अनि अनयासै भनिदिए - सेकुवा सकियो|

गल-ललल हासेका थिए - ति पुरुषहरू|

हास्न पाएको थियो त्यो पुरुष संसारले ‘अनि त्यो भारको चैं के हो त नी’, एउटा पुरुषले व्याङ्ग्या प्रहार गरेको थियो| मैले सोचेकी थिएँ - यी पुरुषहरू यस्तै हुन्छन्| व्याङ्ग्य कस्छन्| छेड हान्छन्| इत्रन्छन्| जिल्ल पर्दै पानी पानी बन्छन्| वास्तवमा ती पुरुषहरू मेरो पसलमा जाड-रक्सी र सेकुवादेखि पर्तिर केही सोच्न र आनन्द लिन पनि आएको मैले बुझ्न गरेकी थिए| तर म दिन्थे - उनीहरू जीब्रो पडकाई पडकाई खान्थे, हल्ला गर्थे अनि जान्थे|

उ मान्छे खुब सजिएर आउँने गर्थ्यो| तर पसलमा केही खॉंदैनथियो| प्रायः आउँथ्यो| निशब्द रहन्थ्यो| उसले कहिल्यै मलाई आँखा उठार हेर्दैनथियो| मेरो छाती, आँखा, बक्षस्थल अँ हँ केही पनि हेरेन उसले| उसले कहिले पनि मेरो आँखालाई नियालेन| उसले कहिले आँखा उठाएर मलाई हेरेन|

जब उ मेरो पसलमा प्रवेश गर्थ्यो - मेरो मनको शान्त पोखरीमा उसको उपस्थिति ढुङ्गा खसेजै हुन्थ्यो| म पनि केही अत्तालिएकी झै हुन्थ्ये| उसले मलाई कहिले पनि बोलाएन| मैले पनि उसलाई कहिलै केही सोधिन|

‘के खान्छौं? जाड! रक्सी! सेकुवा!’

अँ हँ मैले सॉंच्चै केही सोधेकी थिइन|

किन? आखिर किन? के तेस्तो पर्खाल थियो?

जो एउटा पसलेले ग्रहाकलाई गर्नुपर्ने - सोध्नु पर्ने धर्मलाई मैले किन लत्त्याएकी थिए| के तेस्तो शक्तिथियो उसमा| त्यो मान्छेमा किन मेरो आवाज बन्द हुन्थ्यो| त्यो मान्छे अरू पुरुषजस्तो म सित किन पुरुष हुन सकेन| म प्रति उ पुरुषै हुन चाहेन कि? प्रत्येक-केटामान्छे पुरुष बन्न सक्दैन? आफै झस्किए, डराए आफैसँग, चिसो पस्यो मेरो अन्तरतहमा|

आज पनि त्यो मान्छे गएछ| अरूहरू पनि गई सकेछन्| काली भन्दै थिइ - रोजी आण्टी महिनाको अन्तिम दिन रे भोली, आजको पैसा पनि भोलि नै दिनेअरे भन्दै थिए दाजुहरू|

झर्को मान्दै मैले पनि भनिदिए - हुन दे न त आखिर मेरै ग्राहक त हुन्, दिहाल्छन्| त्यो मान्छे पनि गएछ त्यो भीडसितै| मलाई कोनी के भयो ‘भॉंडा सफा गरिस ए काली’ अस्वस्थ प्रश्‍न गरिदिएछु| उ पनि डराई| कटक्क हातका औला काटिने पानीले भॉंडा सफा गर्न थाली| मैले पनि सामानहरू मिलाए - पसल बन्द गर्‍यौं|

हामीले भित्ताभरी हिन्दी सिनेमाका नायिकाहरूको अर्धनग्न तस्वीर टागेका थियौं| देवलमा एउटा पुरानो घडी, टेबलमा आधी जल्ने ल्याम्प, एउटा खाट त्यसमा रातो पलङ्गच्यादर, कालो सिरक, दुइवटा सिरानी, एउटा टेबल त्यती थिए मेरो कोठे संसार| बिश्रामको निम्ति सँधै झै सजिलो अनुभव भएको थिएन त्यो कोठा| सँधैझै फुर्ती एवं जोश पनि थिएन ममा| केही थकित थिएँ| निशब्द थिएँ| लज्जीत थिएँ| तरपनि म भीत्र एउटा जोशले कहॉंबाट प्रवेश गर्‍यो, फेरी त्यही मान्छे स्मृतिको पटमा दोहोरिन्छ पल पल किन?

त्यो मान्छे! कस्तो भीडदेखि बाहिर देखिन्छ? किन? कस्तो मान्छे? किन पुरुषझै देखिन्दैन? किन अरू पुरुषले झै सोझै हेर्दैनन्? कतै म नराम्री त छुइन| एउटा अत्याशिलो पिडाले समाउँछ| त्यो पिडाको बेगसम्म धेरैबेर बेगिन्छु - बहन्छु| तर मन हो, कही कतैबाट बुझेजस्तो पनि गरिदिन्छु| र आफैलाई बुझाउने पनि गर्छ यो मनले| किन उ मसँग इत्रेन, हासेन, बोलेन, मलाई छडके आँखाले हेरेन| उसको अनुहारमा म किन पुरुष रूप देख्दैन| कि उसको पुरुषत्व मरिसक्यो|

डर! कस्तो पस्यो अन्तःकरणमा चिसो हिउँ भएर| हिउँ हुन्छ जीजिविषाहरू| एउटा आशक्त जन्मिन्छ|

पुनः एउटा वेरमाइलो दिन शुरूवात| त्यही भट्टीपसल, त्यही अनुहार बोकेर आएका मान्छे भनिनुपर्ने ग्राहकहरू| केही खिन्न केही उत्साहित|

फेरी सॉंझ पर्‍यो| सबैले आ-आफ्नो ठाउँमा बसेर जाड, सेकुवा खाइरहेछन्| तर यो सॉंझमा त्यो मान्छे आएन| कतै विमार त भएन! मलाई च्वस्स घोच्यो - उसको अनुपस्थितिले| निक्कै समयसम्म दक्षिणतिर आँखा टोहोलाई रहे| तर अँ हँ आएन त्यो मान्छे| सँधै दिनहरू वेरमाइलो लाग्थ्यो| आज त सॉंझ पनि उस्तै भयो| किन मलाई आज उसको अनुपस्थिति यस्तो पीडामय भयो? किन म यसरी दुखिरहेछु| काम सकिएछ, कालीले पसलको दैलोको आग्लो लगाउँदा थाहा भयो| वेरमाइला क्षणहरू सितै निक्कै बगेछु| जानु पर्ने उही कोठा थियो| काली र म लाग्यौं| फेरी त्यही सडकमा पाइलाहरू दोहोर्‍याउँदै| केही उत्साह थिएन र जोश पनि| तर मनको भारी विसाउनै पर्ने हुनाले टेबलमा फ्याकिएको एउटा पेन र सेतो कागज उठाएँ|

प्रिय मान्छे,

केही लेख्न बाध्य बने| अन्यार्थ नबुझिदिने| सायद हासो उठ्दो होला| म छुन यस्तो| सधै केही गर्न मन लागिरहन्छ| पत्र लेख्नुको औचित्य र अविष्ट यति मात्र होइन, तर ....धेरै कुरा भन्छु-सोंच्छु| सँधै गुलामी अव्यक्त बनीदिन्छु| मान्छे के तिमीलाई विश्‍वास लाग्छ? आशक्ति, स्वास्वत पनि रहेछ| आशक्ति? तिम्रो आशक्ति| तिमीप्रतिको आशक्ति| तिम्रोमा के जादु टुनाछ, भन्दिन, तथापि केही त अवश्यै हुनुपर्छ-भन्छु|

तिमी मसँग बोल्दैनौं, हास्दैनौं| आशक्ति! नबोल्ने र नहास्ने तिम्रोपनको म भित्र व्यप्त छ| हरेक सॉंझ त्यो भीडसितै तिमी पनि हराउँछौं - डर लागि रहन्छ| तर तिमीलाई त के को सरोकार? तिम्रो आगमनले सँधै गुनासोको सॉंझ लिएर आउँछ - मेरो अङ्गालोमा ताराहिन रात बनेर| के म तिम्रो भावुक जीवनमा व्यवधान खडा हुन पनि चहान्न| अँ हिजो सपनामा देखेकी थिए तिमीले रातो गुलाबको कोपिला दियौं| तर जीवन संघर्षको प्रतीकका रूपमा की प्रेमको? म त प्रेम गर्न जान्दिन| तर पनि एउटा आशक्ति म भित्र छ| एक पल्टमात्र हॉंसेर मलाई नाम सोधी देऊ|

अस्तु

उही भट्टीपसलनी|

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 श्रावण, 2072

लेखकका अन्य रचनाहरु