न्यूयोर्क शहर दुई वर्षपछि पुग्दा

- डीग बहादुर तामाङ्ग

न्युर्योक शहर नपुगेको पनि दुई बर्ष भइसकेछ । यसअघि सन् २०१३ को अक्टोबर ११ तारिखमा तत्कालिन अर्थ मन्त्री शंकर प्रसाद कोइराला र उहाँकी श्रीमतीको साथ न्युयोर्क पुगेको थिएँ ।

दिनभर न्युयोर्कका विभिन्न ठाँउ घुमेपछि, साँझ न्युयोर्कस्थित स्थायी नियोगका लागि आवासीय प्रतिनिधि राजदूत दूर्गा प्रसाद भट्टराईद्धारा मन्त्रीको सम्मानमा आयोजन गर्नु भएकोे रात्री भोज सकेर पौने चार घण्टाको पुनः यात्रापछि करिब राती १२ बजेतिर वासिंङटन फर्केको स्मरण ताजैछ ।

यो पटक फेरी मित्र चन्द्र लामा मोक्तानको सौजन्यताबाट गएको जनवरी ३१ तारिख फेरी न्युयोर्क जाने मौका मिल्यो ।

आनन्द लामाथिङ, रोजी घिसिङ, तेजमान थोकर, ल्हमु तामाङ र ह्योल्मोहरुको साथ लागेर न्यूयोर्क शहर घुम्ने मौका जुराएकोमा मित्र चन्द्र लामालाई धन्यवाद दिँदै करिब १२ बजेर ४५ मिनेटमा हामी मेरिल्याण्ड राज्यको गेथेसबर्गबाट आई ४९५ सिल्भरस्प्रिङ हुँदै करिब ४५ मिनेटपछि, मोन्ट्रेल, प्रोभिन्स, क्यानाडादेखि फ्लोरिडा राज्यको मायामी शहरलाइै जोड्ने आई ९५ अथवा हाइवे ९५ प्रवेश ग¥यौं, रोजि बहिनीको डिसिमा सम्पन्न ल्होछारको मिठामिठा कुराहरु सुन्दै जाँदा झण्डै डेलावार राज्यको आकाशेपुल पुगेपछि चन्द्रले सबैलाई सोध्दै भने, कसैलाई बाथरुम तिर जानपर्छ कि ? लामाले त्यसो भनेपछि यसो घडितिर आँखा पु¥याँउदा थाहा भयो दिनको पौने चार बजिसकेको रहेछ । त्यसपछि, दाँहिनेपट्टिको खाँजाखाने ठाँउतिर लाग्यौं । जब पार्किङ स्पेस (बिसौनी)मा पुगेर ध्याच्च ब्रेक लगाएपछि, सबैभन्दा पछिल्लो सिटमा सुतिरहेका आनन्दु आँखा मिच्दै हाई काढ्दै “कहाँ आइ पग्यौँ हामी ? न्युजर्सी टर्नपाइकमा ? आनन्दुले भने । “ओहो धेरै सुतिए छ कि के हो ?” उता रोजि बहिनीले भनिन् ।

रोजीले फेरी थपिन्, “आनन्दु भाइले त निन्द्रा पु¥याउनु भयो नि मज्जाले”। आनन्दुले थपे, हो दिदी मज्जाले निदाएँछु । स्टारबक्सको तातोतातो कफिको सुर्किसँगै चिकेन स्याण्डविच खाएर हामी पुनः गन्तव्यतिर लाग्यौं, पौने पाँचबजेतिर लिंकन टनेल(अथवा हडसन नदीको सुरुङ) मित्र पस्ने बाटोतिर पुग्यौं । दुई बर्षको अन्तरालमा करिब ५० प्रतिशत मुद्रास्फिती भएको मैले पाएँ २०१३ सालको अक्टोबर महिनामा टोलको दाम थियो ६ डलर अहिले टोल महसुल वृद्धि भएर १२ डलर ५५ सेन्ट पुगेको रहेछ ।

मन मनै सोच्न थालें आफ्नो तलब घटेर कहाँ पुगिसक्यो झन ६ सय डलर सोसियल सेक्युरिटीको चेकले त के भरोसा नै छ र, अब अमेरिकामा गरिबका बाँच्ने दिन गए छ जस्तो लाग्यो । न्युयोर्क शहरमा एम्पाएर स्टेट भवन, त्यो बेलाको बिश्वमै अग्लो बिश्व व्यापार केन्द्रका दुई वटा भवनहरु जुन दुर्भाग्यबस सन् २००१ को सेप्टेम्बर ११ मा आतंककारीहरुले हवाइ जहाज ठोकाएर ध्वस्त पारे, यहि ठाउँमा सन् १६०७ भन्दा पहिले युरोपियनहरु धार्मिक स्वतन्त्रताको लागि, अनिकाल परेर खान नपाएर आउँथे भन्ने इतिहास छ ।

म्यानहाटन अथवा न्युर्योक अमेरिकी आदीवासीहरुको भाषामा म्यानहाटनको मतलब हो रे गरगरहरुको ढाँड थियो रे, आजको न्युयोर्क शहर सन १६२६ मा खरिद गरेको बेला । त्यसबेला खरिद गरेको रकम थियो रे २४ डलर मात्रै, यो खबर ऐन मौकामा पढन पाँउदा मलाई मेरा एक जना आफन्तलाई मोहन शम्शेर राणाले भुगोल पार्क नजिकको घर तिमीलाई दिएं “खडग बहादुर” भनेर हुकूम भएको थियो रे भनेर मलाई २०३४ २०३५ बेला उहाँले भन्नु भएको याद आयो, कारण रु ३५। चाँदीका डबल दिनु भएको थियो रे, तर उहाँले त्यो रकम नक्साल भगवाती बाहलनिरको मिठा पान बेच्ने राम्री साउनीलाइ हेर्न पान खाने निउले सक्नु भयो रे, भन्नुु हुन्थ्यो उहाँ । आज न्यूयोर्क शहरले संसार भरिका आर्थिक कारोबारको केन्द्र बनेको छ भने भूपाल पार्क पनि नेपालको आर्थिक कोरोबारको केन्द्र बनेको छ । हाम्रो एउटा चर्चित उखान छ, बगेको पानीले, समयको बेगले, कहिले पनि पर्खदैन । युरोपियनहरु व्यापारी थिए, आदीवासी जनजातीहरु दूरदर्शी पनि थिएनन्, खाली एक पेट खाना पाए पुग्थ्यो । आज आएर डलर २४ को मूल्य करिब पाँच टिलिएन डलर भयो होला ।

अमेरिकामा मुद्रास्फिती साथसाथै बाटोको टोल (डाट) त्यति महंगो भइसकेको रहेछ, दुई डलरको ठाँउमा ४ डलर पुगेछ, चारको ठाँउमा १० डलर पुगेछ । यसरी झण्डै ६५ प्रतिशतले यहाँका हाइवे करमा मूल्य बृद्धि भएको रहेछ । त्यसैले मैले पाउने तलब ६५ प्रतिशले घटेकोे रहेछ भने खाद्यपदार्थ भने ६० प्रतिशतले मुद्रास्फिति भएको मैले पाएँ उदारणका लागि सन् १९८० ताका ९ डलर ९९ सेन्ट पर्ने २० पाउण्डको चामल अहिले आएर २१ डलर ९९ सेन्ट पुगेपछि अमेरिकामा बाँच्न दुइ जनाको परिवारलाई बाँच्न करिब ४ हजार डलर नभै नहुने भइसकेको अवस्था छ ।
१९८० दशक ताका यो पंक्तिकार फ्लोरिडा आउँदा, एक सय डलर खल्तीमा राखेर हिँड्यो भने करिब महिना दिनको राशनपानी चल्थ्यो, आजकल, एक सय डलरले दुइचार दिन पनि नपुग्ने भइसकेको छ । पेट्रोलियम पदार्थमा भएको वृद्धि होस् वा अन्य खाद्य सामाग्री लगायतका हरेक क्षेत्रमा भएका मूल्य वृद्धिका कारण अब अमेरिकामा पनि जीन्दगी जिउन त्यति सहज छैन ।

गेथेसबर्ग, मेरिल्याण्ड

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 25 फागुन, 2071

लेखकका अन्य रचनाहरु