सडक नाटक र रङ्गमञ्चबारेको आधिकारिक शोधग्रन्थ

- डा. खगेन्द्रप्रसाद लुइटेल

नेपाली अनुसन्धान परम्परामा उपाधि प्राप्तिको प्रयोजनका लागि गरिने विद्यँवारिधि स्तरीय शोधकार्य पनि अब त थुप्रै सम्पन्न भइसकेका छन् । तिनमा कतिपय विशिष्ट महŒव राख्ने खालका छन् भने कतिपय अति सामान्य खालका पनि छन् । नेपालीमा पहिले विद्यावारिधि शोधलाई अति नियन्त्रण गर्ने गरिएको थियो भने अहिले अति सामान्यलाई पनि स्वीकृति प्रदान गर्ने गरिएको पाइन्छ । यी दुवै परिपाटी उपयुक्त होइनन् र यस्ता कार्यबाट अनुसन्धान परम्पराको विकास पनि हु“दैन । उपाधि प्राप्तिपछि थोरै मात्र शोधप्रबन्ध पुस्तकाकार रूपमा छापिएका छन् भने धेरजसो पुस्तकालयको दराजमै थन्किएका देखिन्छन् । गहन अध्ययन गरी तयार गरिएका शोधप्रबन्धलाई पुस्तकालयको दराजमै सीमित नराखी पुस्तकाकार रूपमा प्रकाशित गरेर सर्वसुलभ तुल्याउनु ज्यादै महŒवपूर्ण काम हो ।
नेपाली साहित्यका कविता, कथा, उपन्यास, नाटक, निबन्ध आदि सबैजसो विधामा कुनै न कुनै ढङ्गबाट विद्यँवारिधि स्तरीय शोधकार्य सम्पन्न गरिएका छन् । नेपालीमा भएका यसप्रकारका शोध धेरजसो व्यक्तिविशेषमा केन्द्रित छन् भने केही प्रवृत्तिविशेषमा केन्द्रित छन् । कतिपय शोधप्रबन्धकै माध्यमबाट सिद्धान्तविशेषको प्रतिपादनसमेत भएको देखिन्छ । यति हु“दाहु“दै पनि नेपालीमा गहन शोधकार्य उति धेरै भएका छैनन् ।
साहित्यका विविध विधामध्ये एउटा प्राचीन विधाका रूपमा रहेको नाटकको उत्पत्तिसम्बन्धी दैविक, वैदिक आदि विभिन्न मत रहेका छन् । पूर्वमा रूपकका दसमध्येको एक भेदका रूपमा लिइने तथा पश्चिममा ड्रामा वा प्ले भनिने नाटकको सैद्धान्तिक स्वरूपबारेको चर्चा पूर्वमा भरतमुनि र पश्चिममा एरिस्टोटलदेखि नै भएको पाइन्छ । नाटकको सैद्धान्तिक स्वरूपबारे चर्चा गरिएका प्राचीन ग्रन्थहरूमा भरतमुनिको नाट्यशास्त्र र एरिस्टोटलको काव्यशास्त्र विशेष महŒवपूर्ण छन् । यी दुवै विद्वान्ले नाटकसम्बन्धी गहन विवेचना प्रस्तुत गरेका छन् ।
साहित्यका प्रमुख दुई भेद श्रव्य र दृश्य भेदमध्ये दृश्य भेदअन्तर्गत राखिने नाटकलाई अभिनेय काव्य पनि मानिएको छ । दृश्य गुणको प्रबलता रहे पनि पाठ्य गुणसमेत रहेको एउटा महŒवपूर्ण साहित्यिक विधाका रूपमा नाटकलाई लिइन्छ । नाटकको सम्बन्ध अभिनयस“ग र अभिनयको सम्बन्ध रङ्गमञ्चस“ग हुने हु“दा यिनका बीचमा अभेद्य सम्बन्ध छ । प्रकृति वा लोकव्यवहारको अनुकरणका रूपमा लिइएको नाटकलाई उहिलदेखि अहिलेसम्म नै विशेष महŒव दिइएको छ । ऋग्वेदबाट पाठ्य, सामवेदबाट सङ्गीत, यजुर्वेदबाट अभिनय र अथर्ववेदबाट रस ग्रहण गरी एउटा छुट्टै वेदका रूपमा नाट्यवेदको निर्माण गरिएको भन्ने अभिमत पनि रहेको छ । नाटकमा कथावस्तु, सहभागी, परिवेश आदि विभिन्न संरचक घटकहरूको संयोजन भए पनि यसमा द्वन्द्वको सर्वाधिक महŒव रहन्छ । यसर्थ द्वन्द्वात्मकता र संवादात्मकतालाई नाटकका प्राण भने पनि हुन्छ ।
नाटकको प्रदर्शनका लागि रङ्गमञ्च अपरिहार्य रहन्छ । रङ्मञ्च पनि बन्द र खुला दुवै खालका हुन्छन् । नाटकको मञ्चन विशेषतः बन्द रङ्गमञ्चमा गरिन्छ भने सडक नाटकको मञ्चन खुला रङ्गमञ्चमा गरिन्छ । खुला सडक, चोक, डबली, चौतारा आदि जुनसुकै ठाउ“मा पनि मञ्चन गरी लोकमनोरञ्जन प्रदान गर्न सकिने हु“दा पछिल्लो समयमा सडक नाटकलाई सर्वत्र विशेष महŒव दिइएको छ । संसारका विभिन्न मुलुकमा आआÇनै पाराका अनेक सडक नाटक मञ्चन गरिएको पाइन्छ । नेपालीमा पनि उहिलेदेखि अहिलेसम्म प्रशस्तै सडक नाटकहरू मञ्चित भइसकेका छन् । ती सबैको यकिन विवरण प्राप्त गर्न पनि सहज छैन ।
मेरा निर्देशनमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट गोविन्दसिंह रावतले नेपालीमा सडक नाटकको विकास प्रक्रिया शीर्षकमा सम्पन्न गरेको नेपाली विषयको विद्यावारिधि स्तरीय शोधप्रबन्धलाई आवश्यक संशोधन–परिमार्जन गरी विश्वरङ्मञ्चमा सडक नाटक परम्परा शीर्षक राखेर शोधप्रबन्धमा भएका कतिपय औपचारिक सन्दर्भहरूलाई हटाई पुस्तकाकार ढा“चा प्रदान गरिएको यो शोधग्रन्थ मूलतः विश्वसाहित्यको सडक नाटक परम्परामा केन्द्रित छ ।
कतिपयले विद्यँवारिधि शोधकार्य गर्ने भनी लामो समयसम्म बिदा लिएर शोधकार्य नै नगरी निर्लज्ज रूपमा जागिरमा फर्किएको स्थिति पनि नेपालीमा रहेको छ । एउटा शोधप्रबन्धलाई अनेक टुक्रामा बा“डी ससाना पुस्तिकाका रूपमा केही प्रति छापेर ठुलै काम गरे“ भन्ठान्नेहरूको पनि यहा“ कमी छैन । यस प्रकारको प्रकाशन बढुवा प्रयोजनका लागि उपयोग गर्ने गरिएको पाइन्छ । विद्यावारिधि शोधप्रबन्धमा आधारित शोधकार्यलाई पुस्तकाकार रूपमा गरिएको प्रकाशनलाई विश्वविद्यालयको नियमानुसार नै बढुवा प्रयोजनका लागि प्रयोग गर्न नपाइने भन्ने भए पनि कनिकुथी सामान्य खालको शोधकार्य गरी उपाधि हत्याए पनि अरू अनुसन्धान गर्न वा पुस्तक लेख्न सक्ने ल्याकत नभएकाहरूले आÇनै शोधप्रबन्ध टुक्राटुक्रामा छापेर बढुवा लिएको अवस्था पनि छ । यो बढुवा लिने र दिने दुवैका लागि लज्जाजनक काम हो । डा.गोविन्दसिंह रावतको प्रस्तुत कृति भने कुनै बढुवा प्रयोजनका लागि नभई आवश्यक थपघट र परिमार्जनसमेत गरी छापिएको महŒवपूर्ण शोधग्रन्थ हो ।
लामो समयसम्म प्राध्यापन पेसा गरी त्यस क्षेत्रको विशेष अनुभव हासिल गरेका डा.गोविन्दसिंह रावत कवि, नाटककार र कलाकार पनि हुन् । नेपालीमा सर्वनाम नाट्य समूहको संस्थापक सदस्य रहेका डा. रावत सडक नाटक लेखन र मञ्चनमा समेत प्रत्यक्ष संलग्न रहेका व्यक्ति हुन् । यिनका नाटक र नाटकसम्बन्धी विभिन्न पुस्तकहरू पनि प्रकाशित छन् । यस्ता अनुभवी व्यक्तिबाट तयार पारिएको शोधग्रन्थ प्रकाशित हुनु नेपाली शोध परम्परामै एउटा उल्लेख्य उपलब्धि हो ।
डा. गोविन्दसिंह रावतको प्रस्तुत शोधग्रन्थलाई आवश्यकताअनुसार विभिन्न परिच्छेद, शीर्षक, उपशीर्षक आदिमा विभाजन गरिएको छ । यस शोधग्रन्थमा विश्वसाहित्यमा रङ्गमञ्चको विकास प्रक्रियाको अध्ययन विस्तृत रूपमा गरिएको छ । यसमा पुनर्जागरण कालपूर्वको रङ्गमञ्चीय परम्परालाई इजिप्टेली, मेसोपोटामियाली, ग्रिसेली, रोमनेली, बेलायती, फ्रान्सेली, जर्मनेली, भियानेली, अमेरिकाली, क्यानेडाली आदिमा विभाजन गरी अध्ययन गरिएको छ भने यसपछि पुनर्जागरण कालीन, एसियाली, दक्षिण एसियाली र मध्यपूर्वको रङ्गमञ्चीय परम्पराको विस्तृत चर्चा गरिएको छ । आधुनिक रङ्गमञ्चीय परम्परालाई नाट्यप्रस्तुतिमा सचेतताको थालनी, प्रयोगधर्मी नाटकको सिर्जना र रङ्गमञ्चीय प्रयोगको थालनीका रूपमा उल्लेख गरिएको छ । विश्वसाहित्यमा रङ्गमञ्चको विकास प्रक्रियाबारे चर्चापश्चात् नेपाली रङ्गमञ्चको विकास प्रक्रियाबारे पनि सविस्तार चर्चा गरिएको यस शोधग्रंन्थमा मल्लकालपूर्वको, मल्लकालीन, मल्लकालपछिको, राणाकालीन र आधुनिक नेपाली रङ्गमञ्चको विस्तृत चर्चा गरिएको छ ।
यस शोधग्रन्थमा सडक नाटकको सैद्धान्तिक स्वरूपको चर्चाका क्रममा सडक नाटकको परिभाषा, सडक नाटकका तŒव, सडक नाटकको रङ्गशिल्प र सडक नाटकका विशेषतामाथि प्रकाश पार्दै सडक नाटकलाई विभिन्न आधारमा वर्गीकरण गरी सडक नाटक र मञ्च नाटकका बीचको भिन्नतासमेत केलाइएको छ । विश्वसाहित्यमा सडक नाटकको विकास प्रक्रिया तथा नेपालमा सडक नाटकको विकास प्रक्रियाबारे पनि विशद चर्चा गरिएको यस शोधग्रन्थमा नेपालमा सडक नाटकको विकासक्रम केलाउ“दै सडक नाटक मञ्चनमा सक्रिय नाट्य संस्थाहरूको पनि चर्चा गरिएको छ । नाटक र सडक नाटकको साहित्यिक पक्षका विविध सन्दर्भहरू पनि केलाइएको यस शोधग्रन्थका विभिन्न ठाउ“मा आवश्यक पादटिप्पणी दिई शोधलाई आधिकारिकता प्रदान गरिएको र अन्त्यमा विस्तृत सन्दर्भसामग्री सूची दिएर शोधलाई प्रामाणिक तुल्याइएको छ । यसरी सैद्धान्तिक पक्षका साथै विश्व परिप्रेक्ष्यमा सडक नाटकको विकास प्रक्रिया तथा नेपाली सडक नाटकको विकास प्रक्रियासमेतको व्यापक ढङ्गमा शोधखोज गरी तयार पारिएको यो यस क्षेत्रको आधारग्रन्थ हो ।
नेपालीमा सडक नाटकको परम्परा लामै भए पनि यस विषयमा सामान्य चर्चा परिचर्चाबाहेक समग्र अध्ययन नभएका परिप्रेक्ष्यमा विश्वसन्दर्भलाई समेत जोडेर गरिएको प्रस्तुत शोधकार्यको विशिष्ट महŒव रहेको छ । सडक नाटकमा केन्द्रित भएर गहन अध्ययनका साथ तयार पारिएको पहिलो शोधप्रबन्ध भएकाले यसको विशेष महŒव छ । नेपालीको मात्र नभएर संसारका सडक नाटक र रङ्गमञ्चको विस्तृत अध्ययन गरिएको यो पहिलो आधिकारिक शोधग्रन्थ हो । सडक नाटकस“ग सम्बद्ध कुनै पनि शोध गर्दा जोसुकैले पनि यसलाई आधार सामग्रीका रूपमा लिनैपर्ने हुन्छ । यस्तो महŒवपूर्ण शोधग्रन्थ तयार गर्ने डा.गोविन्दसिंह रावतको यस पुण्यकार्यलाई मुक्तकण्ठले प्रशंसा नगर्नु कृतघ्नता हुनेछ ।
त्रिभुवन विश्वविद्यालय
कीर्तिपुर, काठमाडौं, नेपाल

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 20 फागुन, 2071

लेखकका अन्य रचनाहरु