डायस्पोरिक समालोचना सङ्ग्रह

- डा. खगेन्द्रप्रसाद लुइटेल

यतिखेर स्वदेश तथा विदेशबाट नेपाली साहित्य र समालोचनाका क्षेत्रमा पुस्तक प्रकाशित हुने क्रम बढ्दो छ । एकल पुस्तकका साथै विभिन्नका सम्पादनमा सामूहिक सङ्कलन गरिएका पुस्तकहरू पनि प्रकाशित हु“दा छन् । यसरी प्रकाशित धेरजसो पुस्तकहरूको कागज, छपाइ, आवरण, साजसज्जा आदि निकै आकर्षक देखिन्छ । झट्ट हेर्दा कृतिको बा≈य स्वरूप पनि एउटा महŒवपूर्ण पक्ष भएकाले सुन्दर साजसज्जामा पुस्तक छाप्नु राम्रो कुरा हो । हालसालै गीता खत्री प्रधान सम्पादक तथा होमनाथ सुवेदी र प्रकाश नेपाल सम्पादक अनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज प्रकाशक रहेको अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन (समीक्षा सङ्ग्रह) प्रकाशित भएको छ । नामबाटै अर्थ स्पष्ट हुने यो कृति डायस्पोराका अध्येताका लागि समर्पण गरिएको छ । यस पुस्तकमा आठवटा नेपाली माध्यममा तथा दुईवटा अङ्ग्रेजी माध्यममा लेखिएका डायस्पोरास“ग सम्बद्ध नाम चलेका लेखकहरूका लेखहरू सङ्कलित छन् । यसमा सङ्कलित सबै लेखहरू विषयवस्तुगत प्रस्तुतिका दृष्टिले भिन्न भए पनि ती मूलतः डायस्पोरामा केन्द्रित छन् । पुस्तकमा प्रस्तुतिकै क्रममा यी सबैको सङ्क्षिप्त चर्चा तल गरिन्छ ।
कार्यपत्रको सङ्कलनका रूपमा रहेको यसको पहिलो लेख डा. खगेन्द्रप्रसाद लुइटेलको ‘नेपाली साहित्यमा डायस्पोराको योगदान’ रहेको छ । डायस्पोराको सैद्धान्तिक स्वरूपका साथ प्रस्तुत गरिएको पहिलो कार्यपत्र भनी उल्लेख गरिएको यस लेखमा डायस्पोराको प्रारम्भिक अर्थ र ऐतिहासिक सन्दर्भ, डायस्पोराको वर्तमान अर्थ र सन्दर्भ, नेपाली डायस्पोराको वर्तमान अवस्था आदिको विस्तृत चर्चा गरी कतिपय डायस्पोरिक रचनाको सूचीसमेत दिइएको छ । यो लेख अनुसन्धानमूलक कार्यपत्रका ढा“चामा प्रस्तुत गरिएको छ । विजय थापाद्वारा लेखिएको ‘नेपाली शब्दकोश र प्रवासमा यसको अवस्था’ शीर्षक दोस्रो लेखमा वर्तमान नेपाली भाषाको अवस्थाबारे चिन्ता व्यक्त गरिएको छ । होमनाथ सुवेदीद्वारा लिखित ‘अनेसासका प्रकाशन र अन्य प्रकाशनहरू अनेक डायस्पोरामा’ शीर्षक लेखमा नेपाली डायस्पोरिक साहित्यका अनेक सन्दर्भहरू समावेश गरिएको छ । व्यक्तिविशेषलाई विशेष महŒव दिएर लेखिएको यस आलेखमा देशविदेशका विविध सन्दर्भहरूको वर्णन पाइन्छ । यसपछि वसन्त श्रेष्ठको ‘यथार्थवादी तथा क्रान्तिकारी साहित्यकार महाकवि देवकोटा आजको सन्दर्भमा’ शीर्षक लेखमा देवकोटाको साहित्यिक योगदानको मुक्तकण्ठले प्रशंसा गरिएको छ । गीता खत्रीको ’उत्तर अमेरिकामा नेपाली साहित्य र महिला साहित्यकार’ शीर्षककै वृत्तमा घुमेको खोजमूलक लेख हो । वासु श्रेष्ठको ‘डायस्पोरिक नेपाली साहित्यमा वेभ पत्रकारिता’ शीर्षक लेखमा इन्टरनेटको प्रभावकारिता तथा साहित्यिक पत्रकारिताका सकारात्मक–नकारात्मक पक्षहरूसमेत केलाएर आवश्यक सुझाव दिइएको छ । गोविन्द गिरी प्रेरणाको ‘डायस्पोरा लेखनमा पत्रपत्रिकाको योगदान’ शीर्षक छोटो लेखमा पत्रपत्रिकासम्बन्धी सामान्य जानकारी प्रस्तुत गरिएको छ । विमला निरौलाको ‘अन्तर्राष्ट्रिय नेपाली डायस्पोरामा भाषाशिक्षण’ शीर्षक लेखमा विदेशमा जन्मिहुर्किएका नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउने तरिका र त्यसका समस्याहरू प्रस्तुत गरिएको छ । यसपछि प्रकाश नेपाल र पुरुषोत्तम सुवेदीका अङ्ग्रेजी माध्यममा प्रस्तुत लेखमा पनि खोजमूलक ढङ्गले डायस्पोरासम्बन्धी विषयवस्तु नै प्रस्तुत गरिएको छ । यी सबै सन्दर्भलाई हेर्दा प्रस्तुत पुस्तकमा मूलतः शीर्षकअनुसारकै विषयवस्तुमा केन्द्रित रचना सङ्कलन गरिएका छन् ।
यस पुस्तकको अर्काे उल्लेख्य पाटो ‘नेपाली डायस्पोरा अध्ययनमा यस प्रथम ऐतिहासिक उपलब्धिको स्वागत गर्दछु’ शीर्षक डा. गोविन्दराज भट्टराईको चवालीस पृष्ठ लामो भूमिका रहेको छ । यो भूमिका आधाभन्दा धेर आत्मप्रशंसामा र केही भाग व्यक्ति प्रशंसामा अनि केही भाग व्यक्ति निन्दामा केन्द्रित छ । भूमिकामा यहा“ समाविष्ट सबैका लेखमाथि टिप्पणी गरिएको छ । आपूmले छोएजति सबैलाई प्रथम भन्न बानी परेका डा. भट्टराईले त्यस बानीलाई भूमिकाको शीर्षकमा निरन्तरता दिएका छन् भने यसमा समाविष्ट डा. खगेन्द्रप्रसाद लुइटेलको पहिलो रचनालाई भने अन्त्यमा पु¥याई सबै रचनाको क्रम भङ्ग गरेर आपूmलाई यसो पनि गर्नसक्ने प्रथम व्यक्तिकै रूपमा उभ्याएका छन् ।
यस पुस्तकमा समाविष्ट पहिलो लेख डा. खगेन्द्रप्रसाद लुइटेलको भए पनि डा. भट्टराईले प्रथम रचना विजय थापाको भएको उल्लेख गरेका छन् र यसमा उनको लेखनलाई निम्नस्तरीय देखाउ“दै यस्तो लेख्नुपर्छ भन्ने कुरासमेत बताएका छन् । यसपछि होमनाथ सुवेदीका लेखको प्रशंसामूलक टिप्पणी गरिएको छ । होमनाथ सुवेदीले पनि गोविन्दराजको प्रशंसा गर्न बा“की राखेका छैनन् । यसपछि डा. भट्टराईले क्रमशः वसन्त श्रेष्ठ, गीता खत्री, वासु श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, विमला निरौला, प्रकाश नेपाल र पुरुषोत्तम सुवेदीका कार्यपत्रको यथोचित आलोचना गरिसकेपछि अन्त्यमा डा. खगेन्द्रप्रसाद लुइटेलको कार्यपत्रस“ग असान्दर्भिक संरचनावाद आदि प्रसङ्ग जोडेर आलोचना गरेका छन् । यस कार्यपत्रमा ‘डायस्पोराको वर्तमान सन्दर्भ’ भन्ने कुरालाई वर्तमानले कहिलेसम्म जनाउ“छ भन्ने कुरासम्म पनि डा. भट्टराईले बुझेनछन् । २०६४ सालमा लेखिएको कार्यपत्रले २०७० साललाई अवश्यै बुझाउ“दैन भन्ने कुरा त बुझ्नै पर्ने हो ∕ समग्रमा यो भूमिका व्यक्तिविशेषको आलोचना र आत्मप्रशंसामै केन्द्रित छ । यसमा हरेक कोणबाट घुमाइफिराइ आपूmलाई डायस्पोराको प्रथम प्रयोक्ता र आधिकारिक व्याख्याता पुष्टि गर्न खोजिएको छ । यससम्बन्धी थप जानकारीका लागि डा. भट्टराईकै कतिपय अभिव्यक्तिलाई तल प्रस्तुत गरी त्यसको विश्लेषण गरिएको छ ।
यतिखेर अरूका खोजपूर्ण लेखनलाई चर्चासम्म नगरी आना सामान्य अखबारी लेखनलाई पहिलो कार्यपत्र एवं आधिकारिक लेखसमेत भन्न बा“की नराखी आत्मश्लाघामा रमाउने प्रवृत्ति बढ्दो छ । यसको ज्वलन्त उदाहरणका रूपमा अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन नामक पुस्तकमा लेखिएको डा. गोविन्दराज भट्टराईको भूमिका मात्र हेरे पुग्छ । ‘प्रामाणिक इतिहासको स्थापना गर्ने भन्ने होमनाथ सुवेदीको अनुरोधमा लेखिएको’ भनिएको यस पुस्तकको भूमिकामा डा. गोविन्दराज भट्टराईले ‘नेपाली भाषासाहित्यको कृतिमा त्यसको (डायस्पोरा) प्रयोग भएको प्रथम साहित्यिक कृति मुगलान देखिएको छ । मेरो अध्ययनले अरू साहित्यिक प्रकाशनमा भेटेको छुइन“ । त्यसले गोविन्दराज भट्टराईलाई डायस्पोराको प्रथम प्रयोक्ता र परिचायक व्यक्तिका रूपमा स्वीकार्नु पर्ने इतिहासले देखाएको छ’ भन्ने कुरा उल्लेख गरेका छन् । मुगलान र डायस्पोराको कुनै सम्बन्ध नभएको स्पष्ट हु“दाहु“दै पनि यस्ता अनावश्यक कुरा जोडेर स्वघोषित प्रथम हुने प्रयत्न गर्ने डा. भट्टराईले नेपालीमा मुगलान शब्दको निर्माण र प्रथम प्रयोग पनि मैले नै गरेको भन्नसमेत बा“की नराख्ने स्थिति देखापरेको छ । यसै भूमिकामा भट्टराईले ‘मुगलानको चौथो संस्करणको भूमिका (२०६०) मा मैले पहिलोपल्ट डायस्पोरा शब्दको प्रयोग नेपाली भाषामा गरे“’ भनेका छन् । प्राचीन कालदेखि प्रचलित शब्दलाई नेपाली रूपान्तरणसम्म नगरी जस्ताको तस्तै प्रयोग गरी मपाइ“त्व प्रदर्शन गर्नु कुन पुरुषार्थ हो र ? आÇनाबाहेक अरूको अध्ययन नगर्ने आत्मश्लाघीले भन्ने कुरा यहा“भन्दा बढी के नै हुन्छ र ? यसरी नै आत्मप्रशंसा गर्दै जाने हो भने त त्यसको कुनै औषधी छैन तर यथार्थवादी हुने हो भनेचाहि“ यस्ता कुराको कुनै अर्थ पनि छैन । यस्तैगरी भदौमा आ“खा फुटेका डि“गाले सधै“ हरियो देख्छ भनेभैm“ जताततै उत्तरआधुनिकता देख्ने भट्टराईले ‘डायस्पोरालाई उत्तरआधुनिकताको हा“गो’ भन्ने उल्लेख गरेका छन् । एकातिर ‘मुगलानलाई डायस्पोराको आरम्भ बिन्दु’ भन्ने अनि अर्कातिर डायस्पोरालाई उत्तरआधुनिकतास“ग जोड्ने ? उसो भए मुगलान पनि उत्तरआधुनिक कृति हो त ? ईसापूर्वदेखिका सन्दर्भको विस्तारित रूप डायस्पोरा पनि उत्तरआधुनिकता हो भने अब उत्तरआधुनिकताको पनि पुनव्र्याख्या गर्नुपर्ने भयो । यस्ता चरम हास्यास्पद कुराको कुनै औचित्य छैन ।
मुग्लानबाट डायस्पोरा थालिएको भए त्यसअगिका जङ्गबहादुरको बेलाइत यात्रा (१९०७ तिर), मुनामदन (१९९१), मुलुकबाहिर (२००४) आदिलाई के भन्ने नि ? विदेशी सन्दर्भको वर्णन गरिएकै कृतिलाई डायस्पोरिक भन्नु पर्ने भए यस्तो वर्णन जङ्गबहादुरको बेलाइत यात्रामै पाइन्छ । अहिलेसम्म यसका लेखक अज्ञात छन् । यो कृति त गोविन्दराजको होइन होला ? जङ्गबहादुर आÇनो शासनकालमा बेलायत गएका थिए र त्यसै विषयमा केन्द्रित रहेर कसैद्वारा जङ्गबहादुरको बेलाइत यात्रा नामक कृति लेखियो तर डा. गोविन्दराज भट्टराई त मुगलान लेख्न भुटान त गएका थिएनन् । यस्तै देवकोटाको मुनामदन, लैनसिंह बाङ्देलको मुलुकबाहिरमा पनि मुगलानमा भन्दा बढी नै विदेशी प्रसङ्ग आएका छन् । ती कृति मुगलान (२०३१) भन्दा निकै पहिलेका हुन् भन्नु नपर्ला । आÇनो अध्ययनले नभेटेको भन्ने भट्टराईले सायद यी कृति पनि पढेका छैनन् कि ? यीबाहेक अन्य कतिपय साहित्यकारले पनि विदेशी विषयवस्तुमा आधारित कृति लेखेका छन् । यस्तै लोकसाहित्यतर्पm हेर्ने हो भने चन्द्रशमशेरको कर्खामा पनि चन्द्रशमशेरको बेलायत यात्राकै वर्णन पाइन्छ । यी कतिपय शासकीय सन्दर्भका अतिरिक्त भोटको लडाइ“को सवाइजस्ता सामान्य नागरिकस“ग गा“सिएका विदेशी विषयवस्तु वर्णित साहित्यिक संरचनाहरू पनि केही मात्रामा भेटिन्छन् । साहित्यिक दृष्टिले यी सबै महŒवपूर्ण भए पनि यी कुनै पनि कृति र यसखाले साहित्यलाई डायस्पोरिक साहित्य भन्न मिल्दैन । विदेशको वर्णन नै डायस्पोराको परिचायक अभिलक्षण पनि होइन । यसर्थ जे पायो र जुन पायो त्यसैलाई डायस्पोरिक नभनी सैद्धान्तिक स्पष्टताका साथ जिम्मेवारीपूर्वक भन्नु राम्रो हुन्छ, निरर्थक मनगढन्ते कुरा कथुरेर पाठकलाई दिग्भ्रमित पार्ने र इतिहासको अपव्याख्या गर्ने प्रयत्न गर्नु हु“दैन । तथाकथित मै हु“ भन्ने अल्पज्ञानीले धेरैलाई भुलाउने प्रयत्न गरेकाले नजान्नेले नलेख्दा हुन्छ, सबैलाई सबै विषयमा ज्ञान हुनैपर्छ भन्ने छैन तर मान्छे भुलाउने ढा“चाले निरर्थक गन्थन लेख्नुचाहि“ उपयुक्त हु“दैन भन्ने कुरा बोध गराउनै पर्ने भइसकेकाले यी सबै कुरा उल्लेख गरिएको हो ।
यसै पुस्तकको भूमिकामा डा. भट्टराईले ‘२०६२ चैत्रमा प्रकाशित मेरो तेस्रो समालोचना कृति उत्तरआधुनिक ऐना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको २००५ र २००६ को उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत भयो । त्यो नै डायस्पोरिक साहित्यलाई, त्यसको नया“ दिशालाई संस्थागत गर्ने प्रथम प्रयत्न हो’ भन्दै ‘२००९ को अगस्टमा अमेरिकाको न्युयोर्कले डायस्पोरिक नेपाली साहित्यको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आयोजना ग¥यो । त्यस्तो महासम्मेलनको प्रमुख आतिथ्य ग्रहण गर्ने अवसर पाउनु मेरो निम्ति ठूलो सौभाग्यको कुरा थियो । त्यति मात्र होइन त्यही अवसरमा नेपाली साहित्यको अनुसन्धातालाई प्रदान गरिने ई.सं. २००९ को (प्रथम) डायस्पोरा खेमलाल हरिकला लामिछाने पुरस्कार तथा सम्मान ग्रहण गर्ने सौभाग्य मलाई प्राप्त भएको थियो ... यसले एउटा इतिहासको आरम्भ ग¥यो’ भन्नाका साथै कतिपय लाहुरे साहित्यकारहरूका कृतिमा भूमिका लेखेर डायस्पोराको एकलौटी विकास गरेको र यसबारे लेख्ने आपूmबाहेक अरू कोही नभएको भन्ने खालका कुरा पनि उल्लेख गरेका छन् । डा. भट्टराईको उत्तरआधुनिक ऐनामा डायस्पोराबारे के लेखिएको छ र र त्यसले डायस्पोरिक साहित्यको नया“ दिशालाई संस्थागत ग¥यो ? निबन्धात्मक ढा“चाका आत्मप्रशंसाकेन्द्री चरम प्रभाववादी विमोचकीय मन्तव्य र अखबारी लेखनलाई बटुलेर छापिएको यस पुस्तकबारे पाठकहरू विज्ञ भएकाले यस्तो अनावश्यक फुर्ती गर्नुको कुनै औचित्य छैन । यस्तै भट्टराईले नै उल्लेख गरेभैm“ यी र यस्तै कतिपय प्रायोजित पुरस्कार हत्याउनु, केही लाहुरेहरूका भूमिका लेख्नु अनि कुनै कार्यक्रमको प्रमुख अतिथि हुनु नै डायस्पोराको प्रवर्तक र डायस्पोरिक लेखनको आधिकारिक व्याख्याताको मापदण्ड हो भने त त्यसमा केही भन्नु छैन । यदि यसैलाई मापदण्ड मान्ने हो भने पनि यस्तो निजले मात्र नभएर अरूले पनि प्राप्त गरेका छन् । यसर्थ यस्ता हास्यास्पद बकम्फुसे कुरा कथुरेर डायस्पोराको स्वघोषित प्रवर्तक र आधिकारिक व्याख्याता बन्न खोज्नुको अर्थ सपनामा लड्डु खानु जत्तिको पनि छैन ।
यसै पुस्तकको भूमिकामा डा. भट्टराईले आनो एउटा अखबारी लेखनलाई पनि उत्पातको बताउ“दै अनि अरूको गहन अध्ययन–अनुसन्धानमा आधारित बहुप्रशंसित रचनालाई ‘बहुप्रचारित कार्यपत्र’ भन्नसमेत बा“की राखेका छैनन् । यसरी आपूmलाई नै सर्वेसर्वा ठान्ने र आपूmबाहेक अर्काको लेखनको चर्चै नगर्ने वृत्तिबाट डायस्पोरिक साहित्यको विकास हु“दैन । डा. भट्टराईलाई प्रायोजित पुरस्कार ग्रहण गर्ने, लाहुरेलाई फुक्र्याउने र कतैका समारोहमा प्रमुख अतिथि हुने छुट भए पनि डायस्पोराको आधिकारिक व्याख्याता म मात्रै हु“, अरू कोही छैनन् र अरूले गर्न पनि पाउ“दैनन् अनि कसको कुन कृति डायस्पोरिक हो वा होइन भनी मैले नै अनुमोदन गर्नुपर्छ भन्नेजस्ता अहंकारी एकाधिकारवादी र निषेधकारी अभिव्यक्ति दिने छुटचाहि“ पटक्कै छैन । यसै भूमिकामा डा. भट्टराईले डायस्पोराको चर्चाका सन्दर्भमा संरचनावादलाई ऐतिहासिक भन्दै गाली गरेका छन् । आधुनिकता भन्ने कुरो कहिल्यै ऐतिहासिक हु“दैन भन्ने तथ्यलाई भुलेर संरचनावादलाई ऐतिहासिक भन्नु कति हास्यास्पद छ ? डायस्पोरा र संरचनावाद भिन्न प्रवृत्तिका विषय भएकाले यहा“ तिनको उल्लेख किन आवश्यक भयो ? संरचनावादका नामबाट यस पङ्क्तिकारलाई गाली गर्नु परेको भए अन्यत्रै गरेको भइहाल्थ्यो नि । संरचनावाद नै नबुझ्नेले त्यसबारेमा टिप्पणी गर्नु निरर्थक कार्य हो । आत्मरतिमा रमाउने छुट सबैलाई भए पनि नभएका कुरा गरेर अनि भएका कुरा नगरेर अरूलाई होच्च्याउने छुटचाहि“ कसैलाई नभएकोतर्पm सम्बद्ध सबै सचेत हुनुपर्छ ।
यी विभिन्न सन्दर्भ कोट्ट्याएर यहा“ व्यक्ति डा. गोविन्दराज भट्टराईको आलोचना गरिएको नभई उनका निकृष्ट वृत्तिको चर्चा गरिएको मात्र हो । यस्तैयस्ता अनावश्यक चर्चा गर्दै–सुन्दै जाने अनि डायस्पोरा र डायस्पोरिक साहित्यबारे सैद्धान्तिक, व्यावहारिक र प्रायोगिक निष्कर्ष ननिकाल्ने हो भने भोलि भद्रगोलको स्थिति आउन सक्छ भन्नेतर्पm सचेत र क्रियाशील हुनु अपरिहार्य भइसकेकाले यहा“ यस्ता केही सन्दर्भ कोट्ट्याइएको हो । यी सबै भनाइको तात्पर्य के हो भने अब डायस्पोराबारे विद्यमान भ्रान्तिहरूको निराकरण गर्नुपर्ने बेला भइसकेकाले यसतर्पm ढिलो नगरी जिम्मेवारीपूर्वक लाग्नुपर्छ भन्ने हो ।
केही समय यतादेखि नेपाली साहित्यका क्षेत्रमा डायस्पोरा शब्दको प्रयोग निकै हुन थालेको देखिए पनि यो कुनै नौलो र नवनिर्मित शब्द नभई उहिलेदेखि विभिन्न सन्दर्भार्थमा प्रयोग हु“दै आएको शब्द हो । ईसाको पा“चौ“ शताब्दीतिरदेखि प्रचलित डायस्पोरा शब्द कुनै नया“ शब्द नभएर प्राचीन शब्द भएकाले नेपालीमा यसको पहिलो पटक प्रयोग कहिले, कसले र कहा“बाट ग¥यो भन्ने कुरा महŒवपूर्ण हु“दैन । कुनै नया“ शब्द निर्माण गरी प्रयोग गर्दा मात्र त्यसको प्रयोग कहिले, कसले र कहा“बाट ग¥यो भन्ने कुरा महŒवपूर्ण हुन्छ । नेपालीमा यतिखेर केहीले अल्पज्ञान वा अनभिज्ञताका कारण डायस्पोरा शब्दको जथाभावी प्रयोग गरेकाले यसबारेमा निकै गम्भीर प्रश्न उठाउनसमेत थालिएको हु“दा यसको ऐतिहासिक र वर्तमान दुवै सन्दर्भ केलाई वास्तविक अर्थ ठम्याउनु आवश्यक छ । यसरी चासो राख्नु यसको विकासका लागि सराहनीय कार्य भए पनि सर्वत्र आनो मात्र बखान गर्ने अरूको चर्चै नगर्ने निन्दनीय कार्यबाट नेपाली डायस्पोरा पिल्सिएको देखिन्छ ।
डायस्पोराबारेमा यसै पङ्क्तिकारद्वारा २०६४ सालमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित गोष्ठीमा प्रस्तुत ‘नेपाली साहित्यमा डायस्पोराको योगदान’ शीर्षक कार्यपत्रलाई डायस्पोराको सैद्धान्तिक सन्दर्भसहितको प्रथम कार्यपत्र मानिएको छ । त्यसमा डायस्पोराका बारेमा अनेकौ“ सैद्धान्तिक र प्रायोगिक समस्या र समाधानका उपायसमेत सुझाइएको थियो । त्यस कार्यपत्रलाई त्यस वर्षकै सर्वाेत्कृष्ट रचना ठहराई विशेष ढङ्गबाट पुरस्कृतसमेत गरिएको कुरा ज्ञातव्य नै छ । यस्तै डा. तारानाथ शर्मा, गोविन्दसिंह रावत, वसन्त श्रेष्ठ, वासु श्रेष्ठ र हेमन्त श्रेष्ठद्वारा सम्पादित आधा सय कविका सयजति कविताको स“गालो उत्तर अमेरिकाका नेपाली कवि र कविता (२०६६) नामक पुस्तकमा यसै पङ्क्तिकारबाट लेखिएको ‘उत्तर अमेरिकाली डायस्पोरामा नेपाली कविता’ शीर्षक भूमिकामा डायस्पोराको सैद्धान्तिक स्वरूपका साथै नेपाली सन्दर्भमा डायस्पोराबारे कतिपय गम्भीर समस्याहरू उठाउनाका साथै तिनका समाधानको बाटो पनि सुझाइएको थियो र त्यो भूमिका सम्बद्ध क्षेत्रमा निकै चर्चित रहेको कुरा सर्वविदितै छ । डायस्पोराको सैद्धान्तिक र प्रायोगिक पक्षबारे यस पङ्क्तिकारका अन्य थुप्रै लेखहरू विभिन्न पत्रपत्रिकाका साथै अनलाइनमा समेत प्रकाशित भइसकेको कुरा पनि सार्वजनिक नै छ । डायस्पोराबारेका यस पङ्क्तिकारका यी विभिन्न लेखनपछि यताका कतिपयले तिनैलाई सामान्य भाषान्तर गरेर वा नगरेरै पनि विनासन्दर्भ सारसुर गरी डायस्पोराबारेको पहिलो लेखक आपैm“ भएको भन्दै कतिपय लेख छापेको र कार्यपत्रसमेत प्रस्तुत गरेको देखिन्छ तर... त्यस्ताप्रति दया गर्नुभन्दा अर्काे विकल्प छैन । यसरी अर्काले गरेको कामलाई आÇनो बनाउने प्रयत्न यतिखेरका कतिपय तथाकथित समालोचक भनाउ“दा टिप्पणीकारहरूको पेसाजस्तै भएको छ । कसले पहिले लेख्यो, कहिले लेख्यो, के लेख्यो, कस्तो लेख्यो आदिबारेमा इतिहासले मूल्याङ्कन गर्ने हु“दा त्यसमा चिन्ता लिनु आवश्यक नभए पनि यो प्रसङ्ग यहा“ उठाउनाको तात्पर्य आत्मप्रशंसा नभएर कतिपयले डायस्पोराको प्रवर्तक र आधिकारिक व्याख्याता आपूm नै भएको भनी सामान्य पाठकमा भ्रम फि“जाउने अभिव्यक्ति दिन थालेकाले अरूको नपढ्ने र आत्मरतिमै मख्ख पर्नेहरूलाई जानकारी दिने उद्देश्य मात्र हो ।
समग्रमा अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन नामक यो पुस्तक विद्वान् लेखक डा. गोविन्दराज भट्टराईलाई आत्मश्लाघामा रमाउने उत्तम साधन बनेको छ । अर्काको किताबको भूमिकामा आत्मप्रशंसाको चाङ लगाउने र अरूलाई गाली गर्ने कार्यमा पनि डा. भट्टराई प्रथम नै भएका छन् । डा. भट्टराईले जतिसुकै आलोचना गरे पनि सम्बद्ध विषयक्षेत्रमा अध्ययन गर्न चाहने जोसुकैका लागि पनि यो कृति निकै उपयोगी हुने कुरामा कुनै सन्देह छैन ।
पुस्तक ः अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन
सम्पादक ः गीता खत्री र अन्य
प्रकाशक ः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
प्रकाशन वर्ष ः वि. सं. २०६८ सन् २०१२
मूल्य ः रु ३००।– युएस् डलर १०

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 9 माघ, 2071

लेखकका अन्य रचनाहरु