आँसुको मूल्य कति ?

- आन्ना ढुङ्गेल

आँशुको मूल्याङ्कन कसरी गर्ने ? आँशु सधैं दुःखमा मात्र खस्ने होइन नि । यो त सुखमा पनि खस्दो रहेछ । मूल्याङ्कन न ैगर्ने हो भने यसको मूल्य कति पर्न जान्थ्यो होला त ? कस्तो कस्तो परिवेश र परिस्थितिमा मानिसका आँखाबाट आँसु खस्छन् त ? आँशुका प्रवृत्तिहरु के कस्ता हुन्छन् ? यिनै प्रवृत्तिका आधारमा आँशलुाई वर्गीकरण गर्ने हो भने कतिवटा वर्ग छुट्टिएलान् ? म कानले उनैका शब्दहरुलाई सुन्दै थिएँ, आँखाले तिनैका आँशुलाई नियाल्दै थिएँ त मेरो मनमा यि र यस्ता प्रश्नहरुले तडाछमछाड पनि गरिरहेका थिएँ । विगतमा खसेका आँसुले कस्ता ेमूल्याङ्कन पायो होला ? जीवनमा बिताएका कतिपय कठोर र कष्टकर दिनहरुलाई सम्झदा अहिले पनि आँशुले छाडेको छैन उनलाई । यसलाई संगालेर राख्दा ताल बनाउन पनि नसकिने र रित्याउँछु भन्दा पनि मरुभूमि बन्न नसक्न ेयो आँशु भन्ने चीज कस्तो रहेछ ? जब म एकान्तमा टोलाइरहन्थे उनका यस्तै यस्तै वाक्यांशहरुले मलाई घचघच्याइरहन्थ्यो ।
एक्लोपनको पट्यारलाग्दो बसाइमा कसैसँगको बिछोड, मानसिक तनाव अनि कयैौं पटक भोगेको शारीरिक पिडामा धेरै पटक आँशु खसालेकी थिइन् उनले । आफ्नो बिबसतामा कैयौं पटक खसको आँशुलाई स्वाभाविकै मानेर सहजै पचाइन् ्र जसरी समुद्रबाट दुई–चार गाग्री पानी निकाल्दा कुनै असर पर्दैन या समदु्र रित्तिएको अनुभूति हुँदैन त्यस्तै उनका आँखाबाट झर्ने आँशु पनि कहिल्यै सकिएन । आँशुसँग खशुी साटेर जीवनका उत्तराद्र्धमा सुखी जीवन बिताउने कैयौं कल्पनाहरुलाई मुटुभरी सजाएर निरन्तर अगाडि बढिरहिन् ।
जुनदिनदेखि मेरो प्रेममायासँग भटे भयो त्यसै बेलादेखि उनी आफ्ना मनका भावनाहरु साट्न आतँुर रहिछिन् । उनी भन्दै गइन्– कतिदिनदेखि म आफ्ना मनमा उकुसमुकुस भएका भावनाहरुलाई तपाईं सामु पोखुँ भन्ने लागि रहेको थियो आज भने समय राम्रै रहेछ ।
उनको रुवाइमा एकनासको निरन्तरता छ । शरीरमा लगाएका कपडाहरु पनि बेढंगले लपेटीएका छन् । एक छिन अक्क न बक्क भएर म त्यो दृश्य हेरिरहें । रुवाइसँगसँगै भन्दै गइन्– आफूले बाँचेको जीवनलाई नियतिको खेल सम्झेर स्वीकार्न पनि सकिनँ अनि भोगेको कष्टसँगसँगै जीवनको अन्त्य गर्न पनि सकिनँ । मेरा श्रीमानले दिएको कष्ट सम्झेर ल्याउँदा एक मनले भन्थ्यो मलाई यस्तो कष्ट दिने पुरुषलाई कानुनी सजाय दिलाउँ र यसबाट छुटकारा पाउँ तर अर्को मनले भन्थ्यो दुनियाँको अगाडि त उ मेरो साहारा हो उसलाई मैले सही मार्गमा ल्याएर जीवनका ेअर्थसँग परिचित गराउन सक्नु पर्छ । सबैलाई त नभनौं कतिपय पुरुषवर्गले महिलालार्इ किनेको सामान झै आफ्नो मुठ्ठीमा कस्न चाहने रहेछन् । म पनि कुनै बेला बेचिएको सामन झैं भएकी थिएँ ।
उनले यसो भनिरहँदा मेरा मनभरी पुरुषवर्गप्रति नकारात्मक सोचहरु घम्ुन थाल्यो । सकारात्मक भन्दा नकारात्मक सोचेले मानवीय मस्तिष्कलाई बढी गिजोल्छ यस्तो मानवीय प्रवृित म मा पनि थियो ्र त्यसैले होला त्यहि सोचले मेरो मनलाई निकै बेर गिजोलिरह्यो ।
यतिबेलासम्म प्रेममायाले चिया बनाइसकेकी थिइन्– चिया पिउँदासम्मको सामिप्यताले उनीसँग कुरा अगाडि बढाउन मलाई झन बढी सहज भएको थियो । अपनत्व र प्रेम जीवनका भावहरु अनुहारभरि स्पष्ट काेिरएका थिए । रंग फेरिएका आँखाका नानीहरुमा बादल फाटिसककेो थियो । आफ्नो जीवन भोगाइको हिसाबकिताब गर्न आतुर थिइन् भन्ने अनुभूति मैले राम्रैसँग गरें ।
चिया चिसो भयो कि ? उनको आवाजले म झस्किएँ यति बेलासम्म मेरा आँखाबाट बगेका आँसुहरु लाजमा आफैं रोकिए । उनी आफ्नो कुरालाई निरन्तरता दिँदै जान थालिन्– उमेर सानै थियो विवाहको अर्थसँग राम्रो सँग परिचित
भइनसक्दै विवाह भएको थियो । विवाह पश्चात् लोग्नेको माया हाइेन, शारीरिक यातना पाउनु पर्ने रहेछ भन्ने झैं लाग्थ्यो । धेरै कुरा त म बुझन् र सोच्न सक्दैनथें तर पनि दानवीय विचारले मात्र ठाउँ ओगट्न खोज्ने मेरो लोग्नेको मनमा मानवीय विचार आइदिए कति राम्रो हुन्थ्यो होला भन्ने लाग्थ्यो । दिनहुँ रक्सी पिएर आएर मनपरी बोल्दथे । यसो किन भन्नुहुन्छ भन्यो भने निल डाम हुने गरी कुटाइ खानु पर्दथ्यो । पाइला पाइलामा कुविचार बोकेर हिंड्ने मेरा श्रीमान न कसैसँग बाल्ेन दिन्थे न त घरबाट निस्कन नै । कसैसँग बोल्यो भने सम्बन्धको कुरा लगेर जोड्दथे ।
कहाली लाग्छ ती दिनहरु सम्झँदा अझै पनि । कुविचारले घेरिएको बन्दीलाई कसरी घेरा तोडेर बाहिर निकाल्न सकुँला भनेर । तर लाग्थ्यो जीन्दगी जस्तासेुकै भए पनि बाँच्ने रफ्तार त तेज हुनुपर्छ भनेर । मुखले भन्न नसकेका कतिपय कुराले मनभित्रै स्थान पाइरहको छन् । ती सबै कुराहरुलाई बाहिर पोखेर मन बिटुल्याउनु पनि बेकार हुन्छ । उनी भन्द ैगइन्– छोरी जन्मिीसक्दा पनि उनी सुध्रिएनन् । अझै पनि ममा धैर्यताको बाँध टुटिसककेो थिएन । उनलाई सही मार्गमा ल्याउन सक्छु भन्ने आशा मरिसकेको थिएन । माइतीमा बुवा आमा दुवै हुनुहुन्थ्यो । दाजुभाइ पनि नभएका होइनन् । जति दुःख पाए पनि धर्यैधारण गर्ने शक्ति ममा थियो । बुवा आमालाई आफ्नो दुःख सुनाएर झन ् दुखी बनाउनु हुँदैन भन्ने ठानेर जे जस्तो भए पनि माइती पक्षलाई जानकारीसमेत दिएको थिइनँ । सुत्केरी भएर माइतीमा बस्दा पनि उनल ेत्यो हर्कत छाडेनन् । २२ दिनको सुत्केरी थिएँ । टन्न रक्सी खाएर मलाई माइतीमै बुवा आमाका अगाडि पिटेर आफ्नो पुरुषार्थ देखाए ।
हेर्नुस् बहिनी, आफ्नो जीवनसाथीसँग सामिप्यताको भिख मागी रहँदा दिनेले दिन्छ वा दिँदैन त्यसलाई बिचार गर्नु पर्दोरहेछ । आफू रोएर उसले दिएको पीडालाई चारैतिर फैलाउँदै हिडं्नुभन्दा आफूलाई सम्हालेर समाधानका ेबाटो खोज्नु पर्ने रहेछ ।
यति भनिरहँदा प्रेममायाको मुहारमा केही चमक देखिएको थियो । अहिलकेो उनको जीवन खुशी देखिन्थ्यो । उनी भन्दै गइन्– तीन वर्षको अन्तरालमा मेरा श्रीमानमा एकाएक परिवर्तन देखियो । उनले चुरोट पिउन छाडे । आजभोलि त उनी समयमै घर आउँछन् बेला बेला पारिवारिक जमघट गरेर खुशी साट्छन् । सातामा एक दिन आउने छुटीको दिनलाई पनि भाग बण्डा लगाउँछन् । मनले चाहेर कुनै काम सफल पार्न अघि बढियो भने सकिन ेरहेछ भन्ने मलाई पूर्ण विश्वास लाग्यो । आवेशमा आएर आफ्नो घरबार बिगार्नुभन्दा उसको चाहना, इच्छा र विवशतालाई बुझेर समस्याको निराकरण गर्न तिर लागियो भने जस्तोसुकै गलत बाटोमा लागेको व्यक्तिलार्इ पनि सही मार्गमा ल्याउन सकिँदो रहेछ भन्नेमा म विश्वस्त छु ।
यसो पछाडि फर्केर हेरेको त उनका श्रीमान नजिकै बसेर हामी दुईवीचको सबै कुरा सुनिरहेका रहेछन् । उनका आँखामा पनि आँसु टलपल टलपल देखियो । म अक्मकिएँ, उनी आफैंले भने यो सब साँचो हो बहिनी, मलाई आज तपाईंहरुले जुन स्थानमा देख्नुभएको छ त्यो सबै प्रेममायाकै देन हा े।
जीवनका अनगिन्ती अत्यासलाग्दा भागोइलाई सम्झँदा होस् या अप्रत्याशित खुशीलाई पाउँदा होस अनि आफैंले पश्चाताप गरिरहँदा होस् आँसु झरिरहन्छ । क ेफरक फरक अवस्थामा झर्ने आँसु फरक फरक प्रकृतिको हुनुपर्ने होइन र ? रुवाइको प्रकृति अनुसार आँसुको वर्गीकरण हुने हो भने कस्ता ेअवस्थामा झरेको आँसुको मुल्य कति हुँनु पर्ने हो

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 पौष, 2071

लेखकका अन्य रचनाहरु