देशलाइ उठाऊ

- ॠतु आसीक

म देशलाइ जोडने कुरा गरिरहेको छु
तिमी अश बण्डा गर्ने कुरा गरिरहेका छैा
पसिना रगत पुर्खाहरुको बगिरहेको थियो |
कति दुखले अर्जयाको मुलुक हो|
तिमीलाइ थाहा छैन?
नघटी नबढी जस्ताको तस्तै
पुस्तालााइ सुपुर्दगी गर्नु पर्छ भनेर-
यो मुलुक सबै नेपालीको हो
कुनै जातियता ,साम्प्रदायिकता
बिश बमन गर्नेको हुदै होइन|

मुलुकलााइ जोडि राख्ने कोशिसमा भर पर
जातीयतामा बाडने र भाडने कुरा गर्दै नगर
मुलुकको बिबिधता,
बुद्दको सन्देश
हिमालयको ऊचाइ
हामी गर्ब गरोै
हाम्रो धरोहर नासोलाइ
आऊ सबै मिलेर यसलाइ जोगाऊ
आऊ सबैै मिलेर देश ऊठाऊ
१७कार्तिक २०७१ बिराटनगर

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 18 पौष, 2071

लेखकका अन्य रचनाहरु