म बिक्न बाध्य भए

- डा. खलु

यतिखेर म बिलखबन्दमा परेको छु
जताततै भागबन्डै भागबन्डा देखेर
पद र पैसा त भागबन्डा गरेगरे
तर
अब त देश नै भागबन्डा गर्ने हुन् कि भन्ने
पिरले म पिरोलिएको छु
यिनका चर्तिकला देख्दा
यसो नगर्लान् कि भन्न पनि सकिन्न
त्यसैले
म वाक्क भइसके“ प्रभु
सायद भीमसेन थापा पनि
यसरी नै वाक्क भएका थिए होला
उनले आÇनो स्वाभिमान बेचेनन्
बरु आत्महत्याको बाटो रोजे
मैले पनि त्यसो गर्न नसोचेको होइन
तर परिस्थितिले मैले त्यसो गर्न सकिन
साथीभाइ इष्टमित्रका अगि
नकमाउने पत्रुमा गनिए“
निकै प्रयत्न गर्दा पनि केही लागेन
बा“च्नै नसक्ने अवस्था भयो
त्यसैले म आÇनो स्वाभिमान
बेच्न बाध्य भए“
मलाई माफ गरिदेऊ आमा
मैले तिम्रो रक्षा गर्न सकिन
परिस्थितिले म बिक्न बाध्य भए“ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 22 मङ्गसीर, 2071

लेखकका अन्य रचनाहरु