षड्यन्त्रको जालो

- उज्ज्वल जी.सी.

“उहॉं आज अफिसको हर्ताकर्ता बन्नु भएको छ, भोलि हजुरको कुर्सी नै नउडाउनु होला भन्न के बेर ? बेलैमा सोचिबक्सनु पर्छ सर ! उहॉंको कृयाकलाप त मलाई कत्ति ठीक लाग्दैन आजकाल । फेरि मैले भन्या भनेर कुरा ओकलिबक्सेला नि !”

“हैन किन त्यस्तो कुरा गर्नु भएको बिमलजी ! भन्नुस् न के हो ? मैले त दिनेशजीलाई विश्वासिलो, इमानदार हुनुहुन्छ भन्ने ठानेर पो सम्पूर्ण कामकाज निर्धक्कपूर्वक सुम्पेको । त्यस्तो कुनै कुरा छ भने भोलि नै उनकोे ठाउ‘ंमा तपाईंलाई राखू‘ंला नि !
षड्यन्त्रको पहिलो चालमै हाकिमबाट गतिलो आश्वासन प्राप्त भएकोले पुनः अर्को जाल फि‘ंजायो – एक इमानदार मित्र दिनेशको विरोधमा बिमलले । हो, उसलाई सधै‘ं त्रास र शंका छ –‘ अफिसका अर्का ठूला हाकिम शम्भु थापाका नातेदार दिनेशले बढुवा भएर आपूmलाई उछिन्छ कि’ भन्ने ।

त्यसैले यो प्रबल सम्भावनालाई निस्कृय बनाउने सपना बोक्दै भन्न थाल्यो–“अस्तिको पालो हजुर विदेश गइबक्सेको बेलामा दिनेशजीले बडो कुटिल चाल खेल्नु भयो नि ! सायद हजुरलाई विश्वासै लाग्दैन होला । मैले त भन्दै थिए‘ं ‘सरको खिलाफमा माथि–माथि गएर नबोल्नुस्’ भनेर । तर माने पो त ! मेरो कुरालाई नसुनेर उहॉंले त झन् शम्भु सरकहॉं खुसुक्क गएर–“ हजुर काम गर्नु पर्ने मैले, अधिकार जति थापा सरको हातमा । एकदिन अफिसको टेबुलमा बसेर काम गरेको हैन । सधै‘ं बाहिर, सधै‘ं बाहिर । कतिञ्जेल चल्छ यसरी हजुर ! बरु मलाई नै पदोन्नति गराइदिबक्से हाम्रा आफन्तहरूलाई जागिर त खुवाउन पाइन्थ्यो ! ” भन्दै उचाल्नुसम्म उचाल्नु भएको छ ।

हो, बिमलले शम्भु थापा र धर्मबहादुरको एक आपसमा मतभिन्नता छ भन्ने कुरा पत्ता लगाइसकेको थियो । अफिसमा धर्मबहादुरभन्दा शम्भु थापा माथिल्लो पदमै भए पनि बिभिन्न ठाउ‘ंमा नातेदारहरु ठूलठूला पदमा रहेकाले धर्मबहादुरलाई दायॉंबायॉं हल्लाउने शम्भु थापाको सामथ्र्य थिएन ।
यिनीहरुको एक–आपसमा व्यक्तित्वको होडवाजी छ भन्ने तथ्य बुझेकोले नै मिथ्या कुराहरुलाई सत्यताको पर्दा हालेर हाकिमको मस्तिष्कभित्र सजिलै घुसाउन सफल भयो– बिमलप्रसाद ।

“तपाईंले समयमै ब्यू‘ंझाइ दिनुभयो बिमलजी ! ”

“तर हजुर मैले भनेको भनेर दिनेशजीलाई थाहा नहोस् है ! फेरि उहॉंले मलाई कुनबेला गुमुक्र्याई दिनुहुन्छ थाहा हु‘ंदैन ।”
“तपाईं कुनै पीर नमान्नुस् न बिमलजी ! म छ‘ंदैछु नि । तपाईंले मलाई आफ्नो सम्झि भनेका कुराहरु त्यस पाजीलाई भन्न के मेरो बुद्धि बिग्रेको छ र ? हेर्दै जानुस् न अब !”

हाकिमले प्रतिशोधको बदला लिन खोजेकोले बिमल एकातिर दंगदास बन्यो भने अर्कोतिर कतै कुरा खुस्किन्छ कि भन्ने त्रासले चिन्तित पनि ।
तर षड्यन्त्रका पाइला अगाडि बढाइसकेपछि पुनः पछाडि फर्काउ‘ंदा झन् नराम्रो परिस्थितिसंग जुध्नुपर्ने भएकोले अझ अर्को चाल खेल्ने उद्धेश्यले ऊ एकदिन बिहानै दिनेशको घर पुग्यो । दिनेशको मनोविज्ञानलाई राम्ररी विश्लेषण गरिसकेकोले आफ्नो वशमा राख्न बिमलप्रसादलाई कुनै समस्या पर्दैन ।

“नमस्कार दिनेशजी !”
“ओ हो आउनुस् बिमलजी ! क्या हो बिहान–बिहानै ? कतै गएर आउनु भा’को हो कि ?”

“हैन सरासर तपाईंलाई नै भेट्न आ’को । के गर्ने हेर्नुस् न ! अब अफिसमा त राम्रो काम नगरे पनि भो । इमानदारी र बफादारी भन्ने शब्दलाई शब्दकोशबाटै हटाइदिनुप¥यो जस्तो लाग्छ मलाई ।”

बिमलप्रसादको कूटनीति बुझ्न नसकेर दिनेशले भन्यो–“किन ? के भयो र ? यसरी भावुकता पोख्नुभएको ।”
“तर नभन्नुस् नि दिनेशजी अरुलाई ! म तपाईंको आत्मीय मित्र ! तपाईंले जे भन्नुहुन्छ त्यही गर्छु । तर म तपाईंको विरोधमा कोही गएको हेर्न कदापि सक्दिन ।”

“हैन भन्नुस् न के कुरा प¥यो त्यस्तो ?”

“हेर्नुस् न तपाईंले धर्मप्रसाद सर विदेश जानु हु‘ंदा उहॉंका सबै जिम्मेवारी सम्हाल्नु भयो । उहॉंको इज्जतमा कुनै दाग लगाउने काम गर्नु भएन । त्यो बापत के पाउनु भएको छ र तपाईंले ? हैन त ? त्यो निर्दयी हाकिमले न तपाईंलाई एक ग्रेड थप गरिदिएको छ न राम्रो काम गर्ने कर्मचारी सम्झेर बढुवाको कुरा नै चलाएको छ ! हिजो त उल्टै सुवर्ण सरको कोठाभित्र पसेर तपाईंका नाना कुराहरु काट्दै थियो– त्यो लुच्चा । ’बिमलले मेरो अनुपस्थितिमा घूस खान्छ रे !, बिमलले अफिसमा हाकिमी पोज देखायो रे !, मैले भर्ना गरेको पियनलाई सतायो रे !’ भन्दै आदिइत्यादि कुराहरु लगाउ‘ंदैथ्यो । मैले बाहिरबाट सुनेको ।”

बिमलप्रसादका कुराहरुले दिनेशको मनभित्र खिन्नताका भावनाहरु सल्बलाउन थाले । तैपनि क्रोधको ज्वालालाई धैर्यताले छोप्दै उसले भन्यो– “त्यसो भए बाहिर जाने बेलामा अख्तियारी नदिएरै गए पनि हुन्थ्यो नि त ! काम पनि गर्नु छ उल्टै खोइरो खन्ने ! कहिले खा’छु मैले घूस ? कहिले देखाएको छु हाकिमी पोज ? के कुरा गर्नु भएको धर्मप्रसाद सरले ?”

“हेर्नुस् दिनेशजी ! मैले त आफ्नो साथी भनेर मात्र भनेको । अरुलाई भए के भन्थे‘ं ? यस्ता कुराहरु अरुलाई खोल्दै हि‘ंड्नु उचित हु‘ंदैन पनि । आफ्नो मनभित्र राखेर त्यसै बमोजिम आपूmले पनि देखाउ‘ंदै जानु पर्छ ।
अब त्यो उल्लु हाकिमको कोठामा किन नमस्कार गर्न जानु हुन्छ ? जति तपाईं नजिकिन हुन्छ उति नै उसले नीच सम्झन्छ । देख्या बेलामा नमस्कार गर्दिनै प¥यो, अरुबेला किन उसको कोठाभित्र छिर्नु हुन्छ ? उखानै छ नि ‘नबिराउनु नडराउनु’ भन्ने ।” भन्दै बिमलप्रसादले षड्यन्त्रको जालो पूरा फैलायो ।

“हो ! तपाईंले सही भन्नु भयो । भोलिदेखि म त्यस विश्वासधाती धर्मप्रसादको कोठामा पाइला पनि टेक्दिन । अब हेर्दै जाउ‘ं न एकदिन सत्यको जित त पक्कै होला नि ! ”
दिनेशले देखाएको अडानबाट आफ्नो चाल सफल हुने सपना बोक्दै ऊ त्यहॉंबाट बिदा भएर सरासर फेरि हाकिमकै घरतिर लाग्यो ।
शनिवारको दिन थियो । त्यसैले एक किलो खसीको मासुसहित हाकिमको दर्शन गरेपछि आफ्ना सपनाहरू विपनामा अनुवाद हुन सक्छन् भन्ने कुरामा विश्वस्त थियो ऊ ।

नभन्दै कोसेली बोक्दै आफ्नो घरमा चाकडी गर्न आएको बिमललाई देखेर धर्मप्रसाद दङ्ग पर्दै दिनेशका बारे अझ नयॉं कुरा सुन्न पाउने आशमा अचानक बर्वराउन थाले– “ओ हो बिमलजी ! म त तपाईंलाई जिन्दगीभर टाढा राख्न चाहन्न । तपाईंलाई अब बढुवा गरेर त्यो बेवकुफ दिनेशलाई जागिर खाउ‘ं कि ओकलू‘ं पारिदिन्छु ।”

मौकामा चौका हान्न सिपालु बिमलले पुनः अर्को चाल खेल्ने अठोट गर्दै भन्नथाल्यो– “के गर्ने हजुर अफिसमा कुरा गरौ‘ं भने अरुले शंका गर्लान् कि भन्ने डर, नभनौ‘ं भने हजुरजस्तो हाकिमलाई अपशब्दले गाली गरेको कदापि सुन्न सक्दिन म । ”

“त्यो लन्ठु दिनेशले फेरि के भन्यो र बिमलजी ?”

“के भनेन भनि सोधिबक्सियोस् न मलाई ! हिजो त मस‘ंग ‘त्यो घुस्याहा हाकिम आपूmमात्र पैसा खान्छ । उसको तेत्रो काम गर्दा पनि खै ! हामीलाई न कहिले राम्रो सम्झन्छ । त्यस्तोलाई मान्नु भन्दा त बरु नोकरी छोडेर जानु नै बेश ।’ भन्दै हजुरस‘ंग टक्कर लिने कुरा पो गर्दैथ्यो । तर हजुर यस्तो परिस्थितिको सिर्जना हुन्छ भनेर मैले त पहिले नै सोचेको थिए‘ं । तर के गर्नु ? त्यो बेला हजुरले दिनेशजीलाई गरेको विश्वास काट्न मेरो के बल पुग्थ्यो र ?”
बिमलप्रसादका कुराहरु सुन्दासुन्दै धर्मप्रसादले आफ्नो क्रोधलाई थाम्न सकेन र्। जसलाई मैले विश्वास गरे‘ं, उसैबाट यत्रो धोका ? ठीक छ सालेलाई अब म देखाइदिन्छु शक्तिको चमत्कार ! ” भन्दै चुरोटको सर्को लामो–लामो तान्न थाल्यो ।

“तर हजुर ! हजुरले चालिबक्सने कदमहरु पनि सुस्त–सुस्त हुनुपर्छ । अर्थात् एकैपटक आवेगमा आइबक्सेर दिनेशलाई केही भनिबक्स्यो या पावरलेस बनाइबक्स्यो भने फेरि उसले मलाई शंका गर्नसक्छ । त्यसैले केही महिनाभित्र उसलाई अफिसमा सबैका सामु काम र व्यवहारबाट झार्नुपर्छ हजुरले । ”

“त्यस्तै गर्नुपर्ला । काखमा राखी छुरी हान्ने भन्छन् नि ! हो त्यसरी नै त्यो सालेलाई ठीक पार्नुपर्छ ।”
धर्मप्रसादका यस्ता कुरा सुनेर अब षड्यन्त्र बल्ल सफल भयो भन्दै नब्बे डिग्रीको धनुष्टङ्कार चढाएर बिदा भयो बिमलप्रसाद ।

यसको केही दिनपछि नै अफिसमा ठूलो परिर्वन देखाप¥यो । धर्मप्रसादले दिनेशलाई आफ्नो कोठामा बोलाउन छोडे, दिनेश पनि बिना बोलाहट हाकिमको कोठाभित्र छिर्न छोड्यो । अफिसका प्रायः कर्मचारीहरु दिनेशकै पक्षमा भए पनि बिमलले हाकिमबाट पाएको अन्धो शक्तिको तुजुकमा भयभीत हु‘ंदै तटस्थ बस्न बाध्य भए ।
असमञ्जसका क्रमहरु लम्बिदै गए । मनमुटावको धरातल फराकिलो हु‘ंदै गयो । केही महिनाभित्रै दिनेशले गरिआएका धेरैजसो कामहरु धर्मप्रसादले बिमललाई जिम्मा लगाए ।
अन्ततः तिरष्कार र अविश्वासको भारी बोकेर दिनेश आपूmले देखाएको इमानदारीता र बफादारीतालाई झल्झली सम्झ‘ंदै अफिस जान–आउन वाध्य बन्यो । यद्यपि षड्यन्त्रको जालोभित्र आफ्नो वर्चश्व जोगाउने प्रयत्न गर्दैछ ऊ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 22 मङ्गसीर, 2071

लेखकका अन्य रचनाहरु