यौवनको कथा

- होमनाथ सुवेदी

                   १
को हो त्यो नेत्र छोपेको  किन आँखा लगाउने 
मेरो शौन्दर्य देखेर त्यो मोरो किन धाउने  
                   २
षोडषी छु बलेकी छु कुचकुम्भ वनै भरी
गाएका चरीले गाना नाचेकी छु मनैपरी ।
                    ३
आएको छैन गाएको नाचेको सही देख्दिन
तर आँखा ममा मात्रै लाएको त्यही भुल्दिन । 
                    ४
ठन्किएर हिडेकी छु मेरा यौवनका दिन
सर्प जस्ता परेला छन् तन्किएको छ यो मन । 
                     ५
जति आए पनि हेर्छन् मैलाई किन हेर्नु हाँ ?
आँखा छोपी हिडे हुन्थ्यो अन्धो त्यो किन हुन्न हाँ ?
                      ६
हानें लठ्ठी ठिठालाई थाप्लो फुट्यो स्वयम् ढलें 
उ थियो सिर्जना मेरो यौवनैको कथा बुनें । 

वुडब्रिज, भर्जिनिया

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 20 बैशाख, 2065

लेखकका अन्य रचनाहरु