गजल

- बद्री अधिकारी

अनुकूलको खोजि गर्न सकिन्छ
माथिका तल झर्न सकिन्छ ।
हैरानी सबै चाहले हटाई
साहसको उज्यालो छर्न सकिन्छ ।

के छ र ! यहाँ असम्भव भन्ने
अभावको भण्डार भर्न सकिन्छ ।
ज्यानको वाजी थापर पनिग
देशको लागी मर्न सकिन्छ ।

सहयोगी हात अगाडी बढ़ाई
अरुको दुःख हर्न सकिन्छ ।
घृणालाई नित्य प्रेमले बढ़ारी
तलका माथि पर्न सकिन्छ ।

कमजोर छैन 'बद्री'नि अब
बिशाल खोला तर्न सकिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 25 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु