माला ! म तिम्रो राजकुमार हुन सकिनँ

- नारायण तिवारी

घर छोडेर बसेको छु । बारम्बार श्रीमतीको याद आइरहेको छ । छोराछोरीको याद आइरहेको छ । श्रीमतीको याद आउँदा उसको मायालु अनुहार आँखामा उत्रिन्छ । कहिले मलिन अनुहार, कहिले हँसिलो अनुहार आँखामा उत्रिन्छ । मलिन अनुहार, आँखाबाट आँसु खस्दै गरेका अनि मसित कल्पीकल्पी रोएका— सम्झनेबित्तिकै मलाई आफ्नो हृदय भारी हुन्छ । मन रुन थाल्छ । कोठामा एक्लै छु । कसैले देख्नेवाला छैनन्, रुँदै छु कि हाँस्दै छु । आवाज ननिकालेर बररर आँसु चुहाउँछु ।
त्यस्तो माया लाग्ने स्वास्नीलाई चटक्क छोडेर कसरी हिँड्न सकेको होला ! अहिले खुबै पस्ताएको छु । रीतासित के कुरामा मेरो झगडा परेको थियो— त्यो पनि सम्झन सकेको छुइन । सम्झन पनि लायक नरहेको अत्यन्त झीनामसिना कुराहरूले पनि मैले कसरी घर छोडेर सरुवा लिने निर्णय गरेँ । घरव्यवहारमा सानातिना समस्याहरू भइ नै रहन्छन्— तिनलाई मैले कसरी सहन गर्न सकिनँ ? यसरी सोच्दा त झन् क्वाँक्वाँ रुन मन लाग्दछ ।
“रीता ! माफ गरिदेऊ मलाई । मैले तिमीलाई ढाँटे । अहिले पश्चात्ताप भइरहेछ । मेरो सरुवा अफिसले आपैmँ गरेको होइन, मैले नै मागेको । अफिसले मलाई तिमीहरूबाट अलग्याएको होइन आपैmँ म भागेकोÓ !” मैले चिठीमा आफ्नो हृदय पोखेर उसलाई पठाइसकेको थिएँ ।
“हाम्रो झगडा अझै पनि म सम्झन सकिरहेको छुइन के थियो ? उही अभाव र विपन्नता त थियो होला नि झगडाको विषय, होइन त ?” मैले लेखेको थिएँ ।
ऊ चिठी पढेर कति रोइहोली ! सोच्दै छु— ऊ पनि घरमा मलाई नै सम्झीसम्झी रुँदै होली !
“माड्साब त एक्लै कोठामा बसिरहनुहुन्छ क्या हो ? घरको साह्रै याद आउँछ जस्तो छ निÓ !” बद्री प्रायजसो मेरो कोठामा आइरहन्छ र मलाई जिस्क्याउँछ ।
“होइन भाउजूको याद आयो कि क्या हो साह्रैÓ ! यसो मन भुलाउन घुमफिर पनि गर्नुपर्छ नि !” एक दिन बद्रीले साँझपख घुमाउन लिएर गयो ।
“हेर्नुस्, म तपाईंंलाई कहाँ लिएर जान्छुÓ !”
यो कसको घरमा लिएर जाँदै छ उसले मलाई भन्ने सोच्न नपाई एक अत्यन्त सुन्दरी युवतीका समीपमा हामी पुगिहाल्यौँ ।
“ओहो बद्री सर ! आज कताबाट घाम झुल्क्यो नि ?” सुन्दरीले मतर्पm चियाएर नजर गाड्दै मुस्कान फालीÓ !
“माला ! उहाँ हाम्रा नयाँ माड्साब— राघव सरÓ !” अभिवादनमा दुई हात उठे उसका । नशालु थिए आँखा, अझै नशालु पारी । म मधेसको मान्छे ! पहाडको यो रूपसित यति नजिकबाट साक्षात्कार हुन सकेको थिइनँ । कताकता काउकुती लागेर आयो ।
“माला ! ल छिटो दुईवटा तोङ्बा लिएर आऊÓ !” मैले बद्रीको आँखामा हेरेँ !
“हुन्छ सर ! हुन्छ । कहिलेकाहीँ खाए हुन्छ ।” म त्यसो त खाँदै नखाने होइन तर आक्कलझुक्कल यसो पार्टीसार्टीमा मात्रÓ !
“फेरि, यो बियरजस्तै त हो नि !” बद्री बोल्छ । माला मुस्कुराउँदै तोङ्बा तयार गर्न गइसकी ।
“माला ! सुकुटी पनि है ।” कोठाबाट पनि अर्को कोठामा पसेकी मालालाई कराउँछ बद्री ।
सानोसानो घरमा मालाबाहेक अरू कसैको चहलपहल देख्दिनँ म । बद्रीले बतायो— माला एक्लै बसेकी छे । उसको लोग्ने भारतीय फौजमा थियो, कारगिलको लडाइँमा म¥यो । खोलापारि गाउँमा लोग्नेको घर थियो । लोग्ने मरेपछि ‘बाँझी आइमाई’ को वचन असह्य भएपछि ऊ बजार पसी ।
“यस्ती राम्री युवती, फेरि अरूसित बिहे नगरी किन बसेकी नि ?”
“खोइ, त्यो त म जान्दिनँ ! होला नि कुनै राजकुमारको तलासÓ, हामीलाई पत्याउँदिन के गर्नुÓ?” त्यस बेलासम्ममा माला आइपुगेकी थिई— “कसो मालाÓ?” भनि त हाल्यो बद्रीले ।
“पूरा कुरा नसुनी के भन्नु— को राजकुमार ? कसले कसलाई पत्याउने ? मलाई के थाहाÓ !”
उसले कुरा पनि बुझी र अन्ठाई पनिÓ । बोलीमा भने रस घोलेकै थिई र ओठ हाँसेकै थिए । म सुकुटीतर्पm हेर्दै थिएँ ।
“माड्साब ! यो सुकुटीÓ के ढाँट्नु ठूलो खसीको सुकुटी— हरिनको भन्ठानेर चलाइदिए भइहाल्छÓ !” बद्री हाँस्यो ।
“ल तानौँ माड्साब तोङ्बाÓ !” यति बोलेर बद्रीले बाँसको पिपामा मुख जो¥यो र तान्न थाल्यो तोङ्बा । म उसको अनुसरण गर्न थालेँ । तोङ्बा नामको कोदोको बियर–पानी थपीथपी खान थालेँ । ठूलो खसी (?) को सुकुटी पनि खाएँ पहिलो पटक ।
बेलाबेलामा मालालाई चियाएर हेर्थें । उसले कुर्तासुरुवाल लगाएकी थिई तर सलले दुई कस्सिएका ठूला हिमालचुलीझैँ वक्षस्थल छोपेकी थिइन । प्रेमको आकर्षण मुहार हो भने सेक्सको आकर्षण केन्द्र वक्षस्थल हो— मलाई काउकुती लागिरहेको थियो ।
बेलाबेला माला निहुरिँदा उसका वक्षस्थलबाट वक्षले राम्ररी नै मलाई दर्शन दिइरहे । उसका आँखा ठूला थिए, ओठ रसिला । कम्मर पातलो थियो । नितम्ब आकर्षक थियो । समग्रमा ऊ रूपकी खानी नै थिई । मलाई लाग्यो— म पहाडको यो रूपबाट आजसम्म कसरी वञ्चित भइरहेँ । मनमनै बद्रीलाई धन्यवाद दिएँ ।
बद्री आफ्नै सुरले तोङ्बा तान्दै थियो । मालासित तोङ्बा लाग्दै गएपछि म खुल्दै गएँ । उसको रूपको प्रशंसा गर्दै गएँ । ऊ लजाएको अभिनय गर्दै गई । मुस्कुराइराखी ! उसले मसित कुनै पर्दा राखिन ।
“सर ! केही हुँदैन, अलिकति थपौँ न, खालि पानी थप्ने त हो ।” माला थप्दै गई, म तान्दै गएँ ।
बद्री बीचमै झस्केझैँ “मेरो काम छ म लागेँ माड्साब” भन्दै त्यहाँबाट कुलेलम ठोकिसकेको थियो । अब त्यहाँ म थिएँ र माला थिई । केवल म र माला !
मलाई उत्तेजनाले च्याप्दै लगेको थियो । माला घरीघरी लाडिएर मनजिक टाँसिएर बस्थी । मैले अनेक बहानाले उसको हात छुन थालेँ । अनि हात पक्डिएँ । उसले हात छुटाइन— खालि मुस्कुराई । झन् नशालु मुस्कान ! मेरो हात उसको हातमाथि सर्दै गयो । झन् माथि, अझ माथि अनुहारमा । त्यसपछि तल केही तल वक्षस्थलमाÓ । उसले प्रतिक्रियामा स्वागतको मुस्कान फाली । म मानौँ बेहोस भएँ— उसलाई जताततै छुन, पक्डिन र सुमसुम्याउन थालेँ । उसले पनि आपूmलाई पूरै सुम्पिदिई, मेरो ओठमा ओठ ल्याएर आपैmँ जोडिदिई । अब मेरो हात उसलाई वस्त्रविहीन गर्न तल्लीन थियो । अनि उसको हात मलाई वस्त्रहीन पार्न उद्यत थियो । हामी छिनभरमै नाङ्गियौँ र चरम आनन्दमा डुब्यौँ । मलाई लाग्यो ऊ पनि साहै्र खरिएकी थिई र म पनि साह्रै खरिएको थिएँ ।
चरम तृप्तिपछि उसले भनी— “म जुन राजकुमारको प्रतीक्षामा थिएँ आज भेटेँ । मेरो राजा ! मेरो राजकुमारÓ !”
मेरो नशा उत्रियो । मालाका शब्दहरू बाणझैँ बिझे । केही अघि मात्र सबथोक बिर्सिएको मैले यस बेला आफ्नी स्वास्नीको मायालु अनुहार झलझली सम्झन थालेँ । मालाको ‘राजकुमार’ ले रीताको युधिष्ठिरलाई डगाउने त होइन ? रीताबाट खोस्ने त होइन ? म त्यहाँबाट छिटोभन्दा छिटो उम्किन चाहेँ ।
“कति पैसा भो माला ?” मालाले अनौठो किसिमले मलाई घुरी ।
“तुङ्बा र सुकुटीको दिनुस्Ó !”
“अनिÓ त्योÓ !” मैले के भन्न लागेको थिएँ, नर्वस भएँ र बिर्सिएँ । वाक्य पूरा भएन । मैले सकीनसकी बोलेँ ।
“त्यसको पैसा पर्दैन ! मेरो नभेटिएको राजकुमारको नाममा त्यो दानÓ !” उसले अर्कोतिर मुख फर्काई ।
मैले टेबुलमा पैसा राखिदिएँ र छिटोभन्दा छिटो त्यहाँबाट बाहिरिएँ । मानौँ त्यस कैदबाट फुत्किन चाहेको हुँ, भाग्न चाहेको हुँ ।
आफ्नो कोठामा पुगेर ड्यामडुम ढोका लगाएँ र फेरि रीतालाई, केटाकेटीलाई सम्झन थालेँ— “रीता ! मैले फेरि तिमीमाथि अन्याय गरेँ, मलाई माफ देऊ !”
अचानक फेरि बोलेँ— “माला ! म तिम्रो राजकुमार हुन सकिनँ । तिमीमाथि पाप गरेँ— मलाई माफ गरिदेऊÓ !”

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु