बादल, कमिला र ...

- इन्द्रकुमार श्रेष्र्ठ सरित्

बादलका बुट्टाहरुमा
भयानक गर्जनगर्दै
मेघले जनाउ“छ उपस्थिति
म छु खोला किनारमा लम्पसार
अ“ाखा छन् बादलका बुट्टाहरुमा
कान छन् मेघको गजर्नमा
निद्रा छैन
थकान छैन
आनन्ददायी हावाले
मन चोर्छ पलपल हरपल
बादलका बुट्टाहरुस“ग मन अघाएपछि
एकजोर अ“ाखाले नियाल्छन् कमिलाको साहस
डुबे पनि बग्दो पानीमा
पानीबाट बाहिरिने त्यसको उत्कट चाहना
लड्छ....पटकैपिच्छे त्यो लड्छ, फेरि उठ्छ
त्यो लड्छ र फेरि फेरि उठ्छ
मेरो मनले भन्छ
भो π अब यसलाई अरु लड्न दिन्न म
त्यसैले साहसी कमिलालाई बाहिर ल्याउ“न
एउटा ठूलो पात त्यसतर्पm बढाउ“छु म

तरहरा(सुनसरी)

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 22 आश्वीन, 2071

लेखकका अन्य रचनाहरु