"म र काठमाण्डौ" कथासङ्ग्रहमा एक दृष्टि

- सदानन्द अभागी

परिचय

मनोज ढुंगानाको जन्म २०३९ वैशाख २६ गते, श्रद्धानगर, वासुदेव मार्ग, हेटौडा–४, पिता स्व. कृष्णा प्रसाद ढुंगाना र माता राधादेवी ढुंगानाका पुत्ररत्नको रूपमा भएको थियो । उनको कलम कविता, कथा, लेख तथा उपन्यास लेखनमा चल्छ । उनको पहिलो कृति नारी संघर्ष (२०५०) हामीले अध्ययन गरिसकेका छौं । मनोज ढुंगाना व्यक्ति एक भए पनि उहाँका कृयाकलाप भने अनेक छन् । हुनत उनको र मेरो चिनाजान पल्लव साहित्य प्रतिष्ठानको भव्य साहित्यिक कार्यक्रमको अवसरमा नारायणगढमा भएको हो र यो कृति पनि मैले उहाँ बाटै वि.सं.२०७१ भदौ १० गते, सोहीकार्यक्रममा प्राप्त गरेको हुँ तापनि उहाँ जिल्ला विकास समिति मकवानपुरबाट, २०६४ सालमा आदर्श दम्पति सम्मान र युनिलिभर नेपाल लिमीटेडबाट, २०६८ सालमा ज्ञछ थभबचक नययम कभचखष्अभ बधबचम बाट विभुषित भैसक्नु भएको छ । उहाँको आवद्धता, हेटौडा जेसीज, कम्प्युटर एसोसियसन् नेपाल मकवानपुर, हेटौडा बजार लायन्स क्लव (संस्थापक अध्यक्ष), एम्नेष्टी इन्टर नेशनल (ग्रुप ६७) र वी.पी.आलोक अध्ययन मञ्चमा देखिन्छ । मातृभूमि साहित्य समाज मकवानपुर, हेटौडा (कोषादक्ष), नेपाल अर्वुद रोग निवारण संस्था मकवानपुर (सह–सचिव ), नेपाल स्रष्टा समाज, काठमाण्डौ, नेपाल रेडक्रस सोाियटी हेटौडा (४ नं वडा), सामुदायिक सेवा समिति, हेटौडा र सहिद स्मारक विकास समिति हेटौडामा आजीवन सदस्यको रूपमा आवद्ध भएर सेवा दिंदै आउनु भएको छ ।
कथाको संरचना
कथासङ्ग्रह आवरण पृष्ठ सहित ३३ +७४=१०७ पृष्ठको छ । यो कृतिको प्रकाशन हेटौडा बजार लायन्स क्लबले गरेको र मूल्य व्यक्तिगत रु १५०÷– र संस्थागत रु ३००÷–राखिएको छ । यस सङ्ग्रहमा नजुरेको पोइ, आलेको पर्खाइ, नगरकोटमा एक साँझ, बाको इज्जत, म र काठमाण्डौ, चमेली, निरीह यात्रा, रहर र समयको माग गरी ९ओटा कथाहरू समावेश गरिएकाछन् ।
कथासङ्ग्रह र कथाकारप्रति साहित्यकारहरूले पोखेका अभिव्यक्तिहरू
यस कथासङ्ग्रहमा साहित्यकार तथा विभिन्न व्यक्तिहरूको भूमिका तथा शुभकामना सन्देशले शोभायमान गरेको छ । परशु प्रधानले यस कथासङ्ग्रहबारे लेख्नु हुन्छ–‘कथाहरूले, आजको नेपाली समाज, व्यवसाय र जीवन शैलीलाई टिपेका छन् । ....कथाकारभित्र कथा सचेतना वा लेखन शैली छ ।’ पवन आलोकले यस कथासङ्ग्रहमा ‘नेपाली समाजका भोगाइहरू, मानव जीवनका उकाली ओराली, प्रणय, सङ्घर्ष, विसङ्गतिहरू प्रतिबिम्बित’ भएको पाउनु हुन्छ । धनराज गिरी लेख्नु हुन्छ – “मनोज हाम्रो जलस्रोत हुन् , प्रशस्त विजुली निकाल्न सकिन्छ मानवता र “सत्यम् शिवम् सुन्दरम्” उनको कलमको गन्तव्य हो” । कृष्ण धरावासीले ‘आजका युवा पुस्ता दिनदिनै झनझन बाक्ला समस्या र प्राप्तिहरूका बीच, भासिदै गएको’ पाउनु हुन्छ । हयग्रीव आचार्यले “असल शिष्य गुरुको ऐना हो” शीर्षकमा लेख्नु हुन्छ –‘उमेर तथा परिस्थितिजन्य अवस्थाका कारण, जीवनमा घट्ने यथार्थ परक विविध समस्यालाई, कथानक बनाई शैलीशिप्प, बिम्ब, एवम् प्रतिकहरूको सुन्दर प्रयोगले सुसज्जित “म र काठमाण्डौ” एक उत्कृष्ट कृति हो । पुष्प अधिकारी ‘अञ्जलि’ले, ‘आधुनिक नेपाली कथाकारिताको क्षेत्रमा सुकिलो भविष्य बोकेर उभिएका छन् हेटौडाका क्रियाशील कथाकार मनोज ढुंगान’, भन्नु हुन्छ ।
राधेस्याम लेकालीले आफ्नो धारणामा उनले र मनोजले भोगेका समस्यलाई समय सापेक्ष परिवर्तन भएको र ‘ मनोजले आजको समय, नेपाली युवा समस्या, सन्दर्भ, जविनशैली, व्यवहार, घटना, अवस्था, अन्तरद्वन्द्व, पीडा र यथार्थ आदिलाई प्रस्तुत कृतिभित्रका कथाहरूमा राम्ररी प्रस्तुत गरेका छन् । निमेष निखिलले, ‘यससङ्ग्रहका कथाहरूमा आजका आम युवा, बर्गका जीवन भोगाई तथा उनीहरूको मनो विज्ञानलाई चित्रण गरिएको छ,’ भन्नुभएको छ । राजबाबु पहाडीले, ‘ढुंगाना जसरी समाजसेवी मनोज ढुंगाना बनेर फुक्तफुत्त, सामाजिक संस्था र सामाजिक कार्यहरूमा झुल्कन्छन्, उसैगरी, उनका कथामा घटनावलीहरू फुत्तफुत्त निस्किरहेका भेटिन्छन्, भन्नु हुन्छ । यस कृतिले नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष– २०१२का सिनेटर तेज शंकर भट्ट र शाखा अध्यक्ष २०१२का जेसी कृष्ण कटुवालले पनि यस कथासङ्ग्रहलाई शुभकामना व्यक्त गर्नु भएको छ । यो कृतिको प्रकाशकीय हेटौडा लायन्स क्लबका प्रथम उपाध्यक्ष लायन देवदत्त सापकोटाले लेख्नु भएको छ । मेरा कुराहरूमा मनोजजीले लेख्नुहुन्छ–‘विश्वका सर्ब श्रेष्ठ नारी जाति, जसले यो सृष्टि चलाएका छन् । इतिहासका विभिन्न कालखण्डलाई केलाएर हेर्दापनि नारीको महिमा आजसम्म पूर्ण रूपमा व्याख्या गर्न सकिएको छैन, आज म नारी चरित्रको माध्यमबाट युवा मनहरूको जिन्दगीको अभिन्न पाटो, सङ्घर्ष, साहस, सफलता, प्रेम, र यौन जीवनको पेरिफेरीका सत्य घटनाहरू’ कथाबस्तु बन्ने धारणा राख्नु भएको छ ।यी नौवटा कथाको अध्ययन गर्दामनोजजीले भने जस्तै काम गरेको पनि पाइन्छ ।
कथाका सारबस्तु
पहिलो कथा ‘नजुरेको पोइ’ यस कथामा अमृता मामा घर बसेर अध्ययन गर्दा राजकुमारको क्रियाकलापबाट प्रभावित भएर अमृताले विवाहको प्रस्ताव राख्छे तर घरकाले उसलाई कुनै संन्देश नदिए रै उसको विवाह अष्ट्रेलियामा पि. आर पाएको युवकसँग गरिदिन्छन् । राजकुमार नजुरेको पोइ बन्न जान्छ । यस कथाले अध्ययनमा ध्यानदिन सके, आफ्नो अध्ययन चरित्र उच्चाइमा पु¥याउन सकिने, अन्तर जातीय विभेद आजसम्मै कायम र बाबु आमाले छोरा छोरीको भावना नबुझी कनै स्वनिर्णय गर्ने प्रवृती आजसम्म नै कायम र बाबुआमालाई छोराछोरी विदेश पठाउने मोह जस्ता सारगर्भित शिक्षा प्रदान गर्न सफल छ कथा । शीर्षक पनि सार्थक नै छ ।
दोस्रो कथा हो ‘आलेको पर्खाइ’ यो कथा पनि रोचक छ । यस कथामा लिन्डाको आलेसँग प्यार हुन्छ । लिन्डालाई ज्याकले पनि प्रेम गर्दछ । लिन्डालाई ज्याकले विवाह गर्न चाहान्छ तर लिन्डाले उसको प्रेमी अर्कै छ भनेर उसलाई नजिक पर्न दिन्न । आलेले पनि लिन्डालाई नेपाली संस्कृति र संस्कारको तालिम दिन्छ र विवाहगर्नै भनेर नेपाल आउँछ तर नेपालमा आएर आमाको मृत्यु भएपछि आमाको बरखी बार्दछ । बरखी समाप्त गरेर लिन्डालाई विवाह गर्ने भनेर खवर दिनको लागि जाँदा बाटोमा नेपालमै ट्रकले कुल्चेर मृत्यु हुन्छ । यो कथाको अन्त्य दुखान्त हुन्छ । यसमा आपूm जहाँ गए पनि एकातिर आफ्नो संस्कार संस्कृति छाड्न हुँदैन भन्ने शिक्षा प्रदान गरेको छ भने र अर्कोतिर चाहेका चिज प्राप्त हुन सजिलो छैन भन्ने शिक्षा पनि प्रदान गर्न सफल देखिन्छ कथा ।
यस कथासङ्ग्रहको तेस्रो कथा हो ‘नगरकोटमा एकसाँझ’ । यो कथामा रजनीको यौवनताको दैनिकी एउटा डान्सबारमा नर्तकीको रूपमा बितिरहेको हुन्छ । त्यहाँ एकदिन उसको दाजूको साथी अनुपम आएर सँगै बसेर पिउने काम गर्छ । भोली पल्ट नगरकोटमा गएर रात बिताउने क्रममा अनुपम रक्सि खाएर ढल्छ रजनीले उसलाई कोठामा लगेर सुताइदिन्छे । भोलीपल्ट अनुपमले उसलाई नगरबधूबाट कपडा कोठीकी इजजतदार गृहलक्ष्मी बनाइ दिन्छ । यस कथाले मानिसको आवरण संसार र अन्तरमन भित्रको संसारमा फरक छ । आजकल नेपालमा बढ्दै गएको छ विदेशी सिको, यस सिकोले निम्त्याएको बार–संस्कृति, ड्रिम गर्ल, वैदेशिक नाच, आदिको साथै अर्थ आर्जनको लागि होटेल मालिकहरूले प्रयोग गर्ने किशोरीप्रतिको यथार्थ विकृतिपूर्ण घटनाहरूलाई समेटेर आफ्नो सहीमार्गको पहिचान गर्न सक्ने किशोरीहरूले गलत मार्गबाट माथि उठेर जीवन सफल पार्न सक्छन् भ्न्ने शैक्षिक ज्ञान दिन सफल छ कथा । कथाकी पात्र रजनीले अन्त्यमा भनेकी छन् –अवसर पायो भने जो कोहीले पनि सभ्य जीवन यापन गर्न सक्छ भन्ने कुरा मैले आफ्नो जीवनबाट सिकेंं ।’
इज्जत कथा यस सङ्ग्रहको पाँचौं कथा हो । कथाको सारमा सर्लाहीकी एक छात्रा अनुले एस्एलसीमा राम्रो नम्बर ल्याएर पास गरेपछि बाबुले ऋणधन गरेर काठमाण्डौमा पढ्न पठाउँछ । घरमा भाइले पनि राम्रोसँग पढ्दछ र एसएलसीको परिक्षामा राम्रै नम्बर ल्याएर पास गरेपछि बाबुले छोरालाई काठमाण्ढौमा नै पठाउँछ । अनुले कलाकेन्द्रमा कामगर्दै विदेश जानको लागि डिभी भर्न पनि थाल्छे । एकदिन अनु लगायत सोनीका बाबाआमा दाजु सुगम पनि पिकनिक जान्छन् । अनु र उसकी साथीको राम्रो कामको प्रदर्शनीले अनुलाई सुगमले विवाह गर्न चाहान्छ त्यस समय अनुका बाबा मुखिया बासँग ऋण काढेर छोरीको विदेश जाने रहरलाई पूरा गर्न काठमाण्डौ आएका र छोरीको इच्छ्या अनुकुल विदेशजान चाहने कुरा विवाह बाटै पुरा हुने भएपछि अनुको सुभम्सँग अदालती विवाह हुन्छ र अमेरिका जाने इच्छ्या पूर्ति हुन्छ । यस कथाले आजका युवायुवती विदेश जाने र शिक्षा र पैसा आर्जन गर्ने अभिलाषालाई प्रष्टयाउन खोजेको छ । सक्षम परिवारका छोरा छोरीलाई विदेश जान आर्थिकबाट बञ्चित हुँदैनन् तर गरिबका छोराछोरीले त्यस्तो अवसरप्राप्त गर्न सहजता हुँदैन । यिनको विकास भनेको पसिना नै हो । यस कथाले पसिनाको मात्र मुल्याङ्कन गरेको छैन आजका युवा युवतीमा आवश्यक पर्ने अनुशासन, लगनशीलता, कार्य दक्षता, स्वावलम्बी धारणा, समयको सदुपयोग, यौवनकतामा धैर्यता, सामाजले चाहेको यथार्थता पनि यस कथाले समेटेको छ ।
‘म र काठमाण्डौ’ यो कथासङ्ग्रहको पाँचौं कथा हो । यही कथाबाट यस कृतिको नामाकरण भएको छ । यस कथाले घटनाक्रममा धेरै सेक्स व्यपारका कुराहरूलाई समेटेको छ । फुपू मार्फत सीता बाधी भएको र धन्धा त्यागेर ‘आफ्नो अधिकार, इज्जत र आत्मसम्मानको लडाइ लड्दै गरेकी सिपाही हो सीता ’ भन्ने जानकारी रोहीतले पाउँछ । यस कथामा बाधीहरूको बसाइ ५९ जिल्लामा रहेको र जनसंख्या पनि ८३४१ रहेको जानकारी पनि यहाँ पाइन्छ ।
बादीहरूले सिंहदरबार घेरेका र सरकारले भत्ता रोजगारी, जमिन, बालबालिकालाई उच्च शिक्षा, नागरिकता परिचयपत्र दिने भनेर सम्झौता गरे पनि कार्यन्वयन हुन नसकेको, यौनपेशा त्यग्न काठमाण्डौ पसेकी सीता झनभासमा परेर जुलीको सम्पर्कमा पुगे पछि जुलीले साथमा राखेको कुरा, सरकारले रेडलाइ क्षेत्रभनेर तोकेर कडा निगरानीमा व्यवस्थाका कुरा, यौनकर्मीहरू छ्याप्छ्याप्ती भएका कुरा, रोजगार भए यौन पेशा घटने कुरा, सरकारको भागबण्डा राजनीतिका कुरा, देश गरिब भएका कुरा, फुपूको विवाह उमेरमा अनमेल भएको फुपूको चानहालाई पूरा गरिदिएको, तर पनि यो आलिसान महलकी रानी कसरी भइयो अदिको जीवन कथा जान्ने जिज्ञासामा, साहरूख खान(मुस्लिम बाबु, हिन्दु ब्राह्मण आमबाट जन्मेको र नाम पनि शिवराम राखिएको) सँग प्रेम भएको तर धोका दिएको, यसबाट गलतबाटो छानेर चुरोट वियर खान सुरु भयो ।गोकर्ण फरेष्ट रिसोर्ट ,िभत्रको होटेलको बर्णन, नाच, नाचबाट प्रप्त रकम, आदिबाट प्रभावित भएर होटेलको निमन्त्रणामा धाउन थालेको, आफ्नै दाजु ग्रहक बन्न पुगेको ले दाजु बहिनी नै स्तब्ध भए पछि ३०÷३५ बर्षले जेठो विदुरसँग मन्दिरमा विवाह भएको, शारीरिक र सन्तान सुखबाट बञ्चित, धनसम्पत्तिको रेलो खेलो भएकासँग विवाह त भयो घरकको इज्जत पनि बाँचो तर जुलीको लागि भने अतृप्त प्यास रहीरह्यो । त्यसो हुँदा, पहिला आफ्नै लगानीमा शारीकि तृप्ति पछि आम्दानीको स्रोत, लुकी छिपी शारीरिक सन्तुष्टि लिनेले छनौटको आधारमा स्कुले किशोरीदेखि नाम चलेका मोडेल हिरोइनहरू ग्राहकलाई पूर्ण संन्तुष्टि उपलब्ध गराउँने काम भएो विवरण कथाले पोखेको छ ।
यसमा कानुनी मान्यता बेश्यालयको स्थपनाका कुरा पनि छन् । ‘रहरले वेश्या हुन चाहानेले स्वेच्छ र कानुनी बजार पाउनु पर्छ ा बाध्यतामा नारकीय जीवन भोग्नु नपरोस् , सरकारले पनि आजको आवश्यक्ता मानेर कानुनको दायरामा ल्याओस् ।’ यसैको लागि सीतालाई अगुवा बनाएर अभियान ल्याउने भन्दै कथा समाप्त भएको छ ।
चमेली
मुजप्फपुरको विहारी नेपालमा कुनै कम्पनीमा कामगर्न आउँछ र उसले मिठाई पसल पनि चलाउँछ प्रसस्त पैसा कमाउँछ । उसले नेपालमा कारोबार बढाएर आफ्नो नाउँमा सम्पत्ति जोड्न पाउँदैन खाजा खान चेमलीको पसलमा जान्छ र चमेलीलाई विवाहको सर्त राख्छ । चमेलीले बाबुआमालाई दाजुभाइले छाडेको हुँदा पालन पोषण गर्नुपर्ने र बहिनीलाई विवाह गरेर दिनुपर्ने उत्तरदायित्व भएकोले विवाह गर्न नसक्ने भन्दा बाबुआमा र बहिनीले विवाह गर्ने सुझाव पाए पछि चमेली ‘चमेली स्वीटस् एण्ड स्न्याक्स’ पसलकी मालिक्नि हुन्छे । चमेली खाजा पसल पनि उजेली भान्छा घरमा परिणत हुन्छ । यस कथाले छोरीले पनि बाबुआमा र घरको उत्तर दायित्व बहन गर्न सक्छन् भन्ने जानकारी दिन्छ संघर्ष रत भएमा विकासको बाटो खुल्छ । युवा युवतीले दोस्रो विवाह गर्न परेमा पनि पहिलो विवाह भएको कुरा लुकाउनु हुँदैन भन्ने ्शिक्षा प्रदान गरेको छ ।
निरिह यात्रा
यस यात्रामा विनोदले घरमा बाबुले आमालाई पिटेको देख्दा डर र त्रासले भरिएको मन बोकेर घरबाट बाहिर निस्कन डराउने र काठमाण्डौबाट चितवन एक्लै आँदा उसमा स्वतन्त्ररूपमा हिड्न सक्ने धारणा पलाएर ऊ चितनबाट विभिन्न दुख झेल्दै बम्बै पुग्दछ र उसले आफ्नो स्वतन्त्र जीवन गाडी धुनेदेखि होटेलमा कामगरेर अघि बढाउँछ । पछि एकजना इन्जिीनियर पढेकी केटीसँग सम्पर्कमा आएर दिपीका भन्ने केटीसँग उसको जीवन साथीको सम्बन्ध बढायो । घरकाले पनि ऊ जिउँदो छ भन्ने कुरा फेसबुकबाट पत्ता लाग्छ । यस कथाले बाबुआमाको राम्र नराम्रा कृयाकलापको प्रतक्ष्य प्रभाव छोराछोरीमा पर्दछ भन्ने यथार्थता, आजको संचार प्रविधि(नेट ताथ मोवाइल)ले युवायुवतीमा पारेको आकर्षण समस्या समाधान पनि गर्न सकिने धारणा, साधरण जीवनदर्शनले धेरै पढेलेखेका पनि साधारण पढेलेखेकासँग जीवनसाथी बन्नसक्ने धारणा, जीवन अनमोल छ र यो अनमोल जीवनलाई कसैलाई समर्पण गर्दा सोच पु¥याएरमात्र गर्नु पर्ने धारणा, सिनेमाबाट पनि मानिसले धेरै राम्रा कुराहरू शिक्छ भन्ने कुराहरू, पैसा कमाएर मात्र हुँदैन बचाउनु पर्छ साथै पैसाले मानिसलाई कुलतमा लान्छ भन्ने कुरा, आदिलाई कथाले शिक्षा दिन खोजेको छ । कथा मार्मिक छ ।
रहर कथाले मानवजीवनमा धेरै आवश्यक्ता पर्दछन् । यसमा मोवाइल भरखर भरखर प्रचलनमा आउँदा सबैलाई रहरको विषय भएको र प्राप्त भएपछि प्रयोगको कठिनाइ । बूढी आमा र नातिनी बीच संवाद जसमा पुरानो समयमा (७बर्षमा विवाह)र हालको समयको विवाहमा (२५बर्ष पुग्दा पनि विवाह नहुने) उमेरमा परिबर्तन, अप्रिलपूmलमा धोकादिने प्रवृति, छोरीले गरेको गल्तिको भनाइ आमाले सुन्नु पर्ने, प्रेम विवाह, केटीहरूले छात्रा बासमा वार्डेन्का आँखा छलेर केटा लुकाउने काम, नेपाली समाजमा पहिलो श्रीमतीबाट छोरी ÷ छोरी जन्मेमा दोस्रो विवाह गर्ने चलन, केटी भन्दा कान्छो केटासँग विवाह गर्न नहुने धारणा, लोग्नेले सौता हाल्यो भने आत्महत्यासम्मको मनमा उठ्ने भावना, घरका बहिनीहरूले सबैले स्वच्छाले प्रेमविवाह गर्दा घरकाले छोरीको विवाहको वास्ता नगरेकोमा बूढीकन्या भइन्छ कि भन्ने डर र विवाहको लागि ‘ कुमार होस् या विवाहित , चाहे विदुर नै किन नहोस् पहिलो वेतमै छोरा जन्माउन सक्ने मेरा लागि योग्य वर चाहिएको छ ’ भन्ने शब्द राखेर विज्ञापन गर्ने धारणालाई कथाले समेटेको छ । माथि उल्लेखित सबै घटना क्रमलाई कथाले समेटेको छ । समाजको मिश्रीत घटनाक्रम यस कथामा पढ्न पाइन्छ ।
समयको माग यस कथामा ११ बर्ष कि कन्याको ३५÷४० बर्षका वरसँग विवाह हुन्छ । घरमा गएर दुलाहाका भाइ र साना साना केटाकेटीहरू खोल्ने साथी हुने आफ्नो श्रीमानलाई बाको रूपमा हेर्ने गर्दा गर्दै छोरा छोरी भए तर श्रीमान र श्रीमती बीच झगडा भै रहने र राजेशसँग भावनात्मक सम्बन्ध बढदै जाँदा अनैकित सम्बन्ध(जैविक आवश्यक्ताको पूर्ति)को कामलाई जेठा छोराले देख्नु, पतिले छोराबाट जानकारी पाउनु र राजेशले पनि आरतीको र मेरो गाढा सम्बन्ध छ भनि प्रचार प्रसार गर्दा समाजले आरतीलाई राजेशको जिम्मा लगाइ दिन्छ । दुबै त्यो गाउँ छाडेर अन्यत्र गएर जीवनलाई आनन्दमय, असिम ममताको यो कुटीले दुबैलाई स्वर्गीय आनन्दले भरिपूर्ण भएको भन्दै कथा समाप्त हुन्छ । समाजमा उमेर मिलेका जोडीमा पनि अनैतिक यौन सम्पर्कका यस्ता घटना घट्न सक्छन् तर चारओटा सन्ताकी आमाले यस्तो कर्म गर्दा समाजमा सकरात्मक सन्देश जादैन किन कि यौन तृप्ति नै सबै तृप्ति हैन । सबै भन्दा ठूलो त मातृत्व हो ।
कृतिकारले यस कथासङ्ग्हलाई अध्ययन गर्दा अधिकांस कथाहरूमा यौन नै प्रवलता दर्शिएको छ । यति सम्मकी छात्राबासका छात्राहरूले दिदीलाई खोज्न गएको युवकलाई छात्राबासमा लुकाएर तेरा भाइले त गोपिनी बनायो जस्ताशब्द समेत प्रयोगमा आएका छन् । कथाकारले यौनबाट माथि उठाउने प्रयास त गरेकै हुन् र कथाबाट यौवनमा मस्त युवायुवतीका समस्याहरूलाई पहिचानको प्रयास पनि गरेकै हुन् । यौनआनन्दबाट माथि उठेर जीवन सफल पार्न सकिन्छ भन्ने शिक्षा दिन कथाकार प्रयत्नशील छन् भन्न सकिन्छ । यो सबैले बुभ्mन पर्ने कुरा के हो भने मानव जीवनमा जैविक आवश्यक्तालाई पूर्ति गर्ने काममात्र महत्वपूर्ण हैन । भागवतको अध्ययन ग¥यो भने हामीले के थाहा पाउँछौ कि । हाम्र इन्द्रिय निकै बलवान छन् । ‘स्त्री आगो समान र पुरुष घिउको घडासमान हुन्छन्’ भनिएको छ । नैतिक मर्यादालाई स्त्री–पुरुष दुबैले पालन गर्न सक्नु पर्छ ।
कथा विधाको प्रबृतिगत अध्ययनको दृष्टिबाट हेर्दा पनि यस कथासङ्ग्रहमा हामीले विशिष्ट प्रबृत्ति (स्वच्छन्दतावादी अभिव्यक्ति, यथार्थिक दृष्टि र रसिक भावना) र साधारण प्रबृत्ति (विवरणात्मकता, पारिवारिक पृष्ठभूमि, नारी सम्मानको भावना, साधारण ) पनि पाउँछौं । कथासङ्ग्रहभित्रका कथामा हामीले दुबै किसिमका प्रबृत्तिलाई पाउन सक्छौं ।
कथामा पात्रहरूको भूमिका गहन हुन्छ । कथाकारले पात्रहरुको चयन गर्दा, कस्तो किसिमको पात्रको चयन गर्ने, चयन गरेका पात्रहरूको कथामा भूमिका के हुन्छ र ती कसरी प्रस्तुत हुन्छन् आदिलाई ध्यान दिनु आवश्यक हुन्छ । यी कथाहरूमा कथाकारले पात्रको चयन गर्दा, प्रभावशाली पात्रको साथै, कथाको घटनाक्रम र कथाको परिवेश अनुसारका पात्रको चयन परिवेश अनुसारको प्रस्तुति सुहाउँदा पात्रलाई स्थान दिन खोजिएको छ ।
स्वदेश र विदेशका विभिन्न स्थानलाई परिवेश गराएर यी कथाहरू लेखिएका छन् । त्यो परिवेशमा पाइने प्रकृतिक सौन्दर्यतालाई पनि कथामा कथाकारले समवेश गर्न छाडेका छैनन् ।
अतः कथाकारले कथामा देशको र सहभागी पात्रहरूको आर्थिक अवस्था, सामाजिक परिवेश तथा राजनैतिक यथार्थतको बीचबीचमा पात्र मार्फत कोट्याएका छन् । समाजमा युवाको भूमिका गहन हुन्छ । देशका युवायुवतीलाई सरकारले रोजगारमुखी बनाउन सकेको छैन । अघोषित यौनक्रिडालाई कानुनी मान्यता दिएर यौनक्रिडा कानुनसम्मत हुनुपर्छ या यस्ता अवैध कार्य पूर्णरूपले वन्द हुनु पर्दछ भन्ने अभिव्यक्ति पनि दर्शिएको छ । समयको मागलाई पहिचान गर्न सक्नु पर्दछ भन्दै कथाकारले नेपाली समाज, व्यवसाय र जीवनशैलीलाई अवलोकन गर्दै कथा लेखेका छन् । यी कथाले पाठकको मन छुन्छन्, र पढौं पढौं लाग्छ किनकी कथा सरल सहज, मिठो भाषाशैलीमा लेखिएका छन् । आजको युवाशक्तिको चाहना, भावना, समस्या र समस्यामा धैर्यताको खाँचो छ भन्ने कुरामा कथाकारलाई ज्ञान छ र सुमार्र्ग अवलम्वनको लागि कथाकारले सन्देश दिएका छन् । मनोजजीले आधुनिक कथाकारितामा युवाका समस्यालाई टिपेर एउटा नयाँ आयम थपेका छन् र आपूmलाई अग्रगामी रूपमा उभ्याएका छन् । यस्ता कथाकारको भावी साहित्यिकजीवन सकृयताको साथै सुस्वास्थको कामना गर्दै, विदा चाहान्छु ।
धन्यवाद

कावासोती नगरपालिका वडानं –७ शान्तिचोक, नवलपरासी

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 22 आश्वीन, 2071

लेखकका अन्य रचनाहरु