अब भरे उसिनेको आलु खाने छोरी !

- उज्ज्वल जी.सी.

“छत्रजी ! हिजोको फाइल झिक्नुस् त ! ठेकेदार बिहानै घरमा आ’थ्यो । काम मिलेपछि दुःख हेर्छु भन्या छ । के गर्नु नमिलाएर पनि ? आफ्नो छोरीको बिहे गर्नुपर्ने बेला भइसक्यो । एउटा नेकलेस नहालि भा’छैन । हिजोको टिप्पणीलाई फेरेर अर्को उठाई दिनुस् न ! तपाईंलाई पनि राम्रै फाइदा हुन्छ ।”

“हस् हजुर” भन्दै छत्रबहादुरले आज्ञाको पालन गर्छ । हाकिमको आदेशलाई शिरोपर गर्दै आए बापत उसले पनि पारिश्रमिकको हिस्सा पाउ‘ंदै आएको छ, जसबाट पॉंचजना छोरीहरुलाई बोर्डिङ्गमा पढाई इज्जतपूर्वक काठमाडौ‘ंको आधुनिक घरमा फ्ल्याट लिएर बस्न सक्षम छ ।
तलव बाहेक महिनामा १०÷१२ हजार बचत हुन्छ उसको । पदमा ना.सु. नै भए पनि छत्रबहादुरको रहनसहन ठूलाबडा हाकिमहरुका सरहै छ । ऊ दिनको एक डेढ बट्टा ५५५ चुरोट पिउ‘ंछ । बेलुकी ३÷४ पेग स्कच नपिई निदाउन सक्दैन ।
प्राइभेट कार राख्न सक्ने क्षमता भए पनि समाजका इष्र्यालु ऑंखाहरु छल्न ऊ मोटरसाइकल चढ्ने गर्छ ।

“छत्रे चोरले ना.सु. भएर पनि पॉंचजना छोरीहरुलाई बोर्डिङ्गमा राखेको छ । फेरि ५५५ चुरोट नभई हुन्न । पहिला र अहिलेमा आकास जमिनको अन्तर भैसक्यो मोरो ! अफिस पनि कस्तो रहेछ ? जति घूस खाए पनि पच्ने !” भन्ने गर्छन् उसका केही छिमेकीहरु ।
कोहीचाहि‘ं आफ्नो स्वार्थपूर्तिका लागि बेलुका सात,आठ बज्नासाथ लुरुक्क डेरामा गई गुणगानको भेटी चढाउ‘ंदै ब्ल्याकलेवलको चुस्की तान्न थाल्छन् । आफ्नो प्रशंसा सुन्न पाएपछि १÷२ बोतल स्कच फोर्नु भनेको छत्रबहादुरको लागि कुनै ठूलो कुरा होइन ।

रातको एघार,बाह्र बजेसम्म गफहरु चल्छन् ।

रक्सीको नशा चढेपछि– “छत्रबावु जस्तो मिलनसार, दयावान र भलाद्मी त यो टोलमै कोही छैनन् ।” एकले भन्छ ।
अर्कोले– “उहॉंको श्रीवृद्धि हु‘ंदै जाओस् । यही हाम्रो शुभकामना !”
त्यसमा अर्कोले थप्छ– “यस्ता कञ्चन हृदय भएका मानिसहरु त संसारमै सयकडा एक पाउन मुस्किल पर्छ ।
आफ्ना स्तुतीहरु सुनेर छत्रबहादुर मख्ख पर्दै भन्न थाल्छ– “ईश्वरको दयामाया र यहॉंहरुकै शुभकामनाको फल हो– मैले यति प्रगति गर्न सक्नु ! हुन त, साधारण किसानकै परिवारमा जन्मिएको हू‘ं म । माध्यामिक तहसम्मको पढाई गाउ‘ंकै स्कुलमा पूरा गरी जागिर खाइ पढ्ने उद्धेश्यले आएको थिए‘ं । जे होस्, आफ्ना परिवारहरुलाई खान लाउन दुःख नपर्ने अफिसमा जागिर पाइयो ।”
छत्रबहादुरको कुरा सुनेर एक उमेर पाको व्यक्तिले यथार्थको चित्रण गर्न थाल्छ– “हुन त छत्रबावुको व्यक्तिगत कुराहरु मलाई भन्ने अधिकार छैन, तापनि आजको जमानामा पॉंचवटा छोरीहरु जन्माउनु ज्यादै गल्तीको कुरो हो । मह‘ंगीको चापले मानिसलाई दुइवटा बच्चाहरु हुर्काउन त पहाड फोडे सरह भैसक्यो ।”
“हैन बिष्णुदाई ! यहॉंको कुरा त ठीकै हो । तर अरुको र ममा धेरै अन्तर पनि त छ । मैले पॉंचजना छोरीहरुलाई ठॉंटले बोर्डिङ्गमा पढाएर राखेको छु । ईश्वरले मलाई हेरे अनुसार अझै पॉंचजना छोरीहरु जन्माए पनि मलाई कुनै असर पर्दैन ।”
“धनको घमण्ड धेरै गर्नु भएन नि छ त्रबावु ! जमाना पनि हेर्नु प¥यो । तलबको भरमै बॉंच्नु परे के तपाईंले पॉंचजना छोरीहरुलाई बोर्डिङ्गमा पढाउन सक्नु हुन्थ्यो र ? कत्राकत्रा धनी व्यक्तिहरुले त दुइवटा बच्चा हुनासाथ परिवार नियोजन गरेका छन् ! ”
“त्यो त हो...... । के गर्ने हेर्नुस् न ! एउटा छोरोको लोभ गर्दागर्दै पॉंचवटा छोरीहरु जन्मिए । जन्मेपछि मार्नु भएन क्यारे !”

“तपाईंजस्तो पढे–लेखेको मानिसले त्यसो भन्न थाले अरुले के भन्लान् ? आजको युगमा छोरा र छोरीमा के फरक ? राम्रोसंग हुर्काउन सके दुबै समानै हुन् । यिनलाई ईश्वरको वरदान सम्झेर आपूmले सक्दो शिक्षा दिई हुर्काउनु नै बावुआमाको कर्तव्य हो । ओ हो ! समय पनि बाह्र बज्न लागिसकेछ । मैले बढी कुरा ग¥यो भनेर दुःख नमान्नु होला है !” भन्दै बिष्णुदत्त उठ्छ । अरु पनि ऊसंगै उठ्दै ‘आज त निकै अवेर भएछ बा..। ल भोलि भेटौ‘ंला छत्रजी !” भन्दै घरतिर लाग्छन् ।

बिष्णुदत्तको कुरा सुनेर छत्रबहादुर किंकर्तव्यविमुढ हुन्छ एकछिन । कतै आम्दानीको श्रोत बन्द भयो भने पॉंचजना छोरीहरुलाई पालन–पोषण, शिक्षादीक्षा एवम् बिवाहमा लाग्ने खर्चको विश्लेषण गर्दागर्दै निदाउन पुग्छ ।

भोलि हुन्छ ।

छत्रबहादुरको मस्तिष्कभित्र बिष्णुदत्तका कुराहरु सल्वलाउन छोड्दैनन् । हुन पनि उसले पैसा कमाए अनुसार आजसम्म एउटा घर ठडाउन सकेको छैन– काठमाडौ‘ंमा । खान लाउन र छोरीहरुका आवश्यकता पूर्ति गर्दैमा उसका दिनहरु बित्दैछन् । पैसा भए पनि छोराको अभावले उनको श्रीमतीलाई अझै सन्तोषको अनुभूति छैन ।
छत्रबहादुरले बेलुका १÷२ पेग नपिई सुत्न नसक्नुका कारण त्यो पनि एक हो ।

केही वर्षहरु बित्दै जान्छन् । छत्रबहादुर, आम्दानीको मूल फुटिरहने अफिसबाट सरुवा हुन्छ ।
आजकाल सुख्खा तलबको भरमा महिना बिताउनु परेकोले घरायसी खर्च र छोरीहरुका पढाई शुल्क तिर्नका लागि बै‘ंकबाट महिनावारी १०÷१२ हजार निकाल्नु पर्ने वाध्यताले उग्र रुप लि‘ंदैछ ।

००० ००० ०००

छत्रबहादुरको नोकरी हद पुग्न अब डेढ वर्ष जति बॉंकी छ ।

आर्थिक कठिनाइले गर्दा उसका छोरीहरुको पढाई एस.एल.सी. गर्नु अगावै छुटिसकेको छ । पॉंच र सात वर्षकी छोरी बाहेक तीनौटी जवानीको शिखरमा पुगिसकेका छन् ।

उनीहरुका दैनिक आवश्यकता पूर्ति गर्न छत्रबहादुरको आयश्रोतले भ्याउ‘ंदैन । त्यसैले दिनभरि आम्दानीको खोजी गर्न जानु उनीहरुको पेशा भइसकेको छ ।
छत्रबहादुरले विगतमा कमाएका इज्जतहरु क्रमशः मेटि‘ंदैछन् ।

आजकाल उसलाई याक चुरोट पिउन समेत धौ धौ परिसक्यो । छोरीहरुका चालचलनले गर्दा ऊ समाजमा ठाडो मुन्टो उठाउन नसक्ने भएको छ ।
उसको दयनीय अवस्था देखेर टोलका मानिसहरु– “छत्रेले समयमा पैसा नकमाएको हैन । तर के गर्ने ? पैसाको घमण्डमा त्यसले आफ्नो भविष्य हेर्न सकेन । बेलैमा बुद्धि पु¥याएर दुइटी छोरीहरु जन्मनासाथ सुरुक्क परिवार नियोजन गरेको भए आज उसको यस्तो गति हुने थिएन । दुइटी छोरीहरु मात्र भए भए यति दुःख पनि पर्दैनथ्यो । के गर्नु समयमै बुद्धि नपु¥याएपछि ? ” भन्न थालेका छन् ।

छत्रबहादुर बिहान लुरुलुरु अफिस जान्छ, बेलुका नैराश्यको मकुण्डो ओढि घर फर्कन्छ ।

सानी छोरीहरुले उसलाई देख्नासाथ ‘बुवा ! हामीले दिनभरि केही खाएका छैनौं’ भन्दै ऑंसु झार्छन् । छोरीहरुका ऑंसु पुच्छदै– “अब भरे उसिनेको आलु टन्न खाने छोरी !” भन्दै विगतमा बिष्णुदत्तले भनेका कुराहरु सम्झन थाल्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 11 आश्वीन, 2071

लेखकका अन्य रचनाहरु