लिखत र शून्य खोपडी

- विद्याप्रसाद घिमिरे

संसार विचित्रको छ । विगतमा मुखको खाने र बोल्ने काम हुन्थ्यो । अब त्यो अवस्था रहेन । अहिले मुखको काम केवल खानमा मात्र सीमित छ । बोलीको कुनै महत्व नहुने भएपछि बोल्नुको के अर्थ ! इतिहासदेखि आजसम्म कहिल्यै कसैले नभोगेको दुर्दशा अहिले मुखले भोग्दैछ । भगवान् बुुद्धकै उदाहरण लिऊँ ! बुुद्धले कुनै विषयमा केही लेखेका होइनन् । तापनि उनको मुखबाट निस्केको बोलीले बौद्धदर्शनको स्वरूप लियो; संसारभर व्यापक भयो र विश्व आन्दोलित भयो । तर, अचम्म ! अहिले बोलीप्रति कसैको विश्वास छैन । हरेक कुरा लिपिबद्ध भएपछि मात्र त्यसको मूल्य हुन्छ । भनाइले सार्थकता पाउँछ ।
अवस्था कतिसम्म जटिल भइसक्यो भने सामान्य कुराकानीका क्रममा मुखबाट प्वाक्क कुनै कुरो फुत्कियो कि कुरो भुइँमा खस्न नपाउँदै अर्को पक्षले टपक्क टिप्छ र कटाक्ष गरिहाल्छ, ‘हैन यो कहाँ लेखेको छ भन्या ! दैनिक जीवनका सामान्यभन्दा सामान्य प्रसङ्गमा पनि मान्छेहरू लिखित प्रमाण खोज्न थालेका छन् । कुनै विद्यार्थीलाई उपदेश दिने शैलीमा तपाइँ भन्दै हुनुहुन्छ—‘बाबु ! विद्यार्थीले दैनिक तीन घन्टा पढ्नुपर्छ ।’ उसले तपाइँलाई तयारी जवाफ फर्काइदिन्छ ‘तीन घन्टा पढ्नुपर्छ भन्ने कहाँ लेखेको छ ?’ दैनिक जीवनका हरेक आयाममा लिखत र प्रमाणकै मात्र पछि लाग्ने मानसिकतालाई विद्वानहरूले—‘हीनग्रन्थी र रुग्ण मनादशाको प्रभाव’ मानेका छन् । दार्शनिक जर्ज गुरजिएफ ( न्भयचनभ न्गचमवष्भा ) का अनुसार, ‘जो व्यक्तिको बौद्धिकस्तर कमजोर छ, ऊ जहिले पनि समाजसामु आपूm बुद्धिमान छु भनी देखाउन चाहन्छ । यसैका लागि ऊ हरेक विषयमा प्रमाण र तर्क खोजिरहेको हुन्छ ।’
मानौँ—तपाइँलाई मनपर्ने कथाकारमध्ये लियो टोल्स्टोय एक हुन् । तपाइँ टोल्स्टोयका कथाबाट असाध्यै प्रभावित हुनुहुन्छ । प्रसङ्गमा तपाइँले टोल्स्टोयप्रतिको आफ्नो धारणा सार्वजनिक गर्नुभयो भने केही ज्ञानी, विवेकी र जानकार चुपचाप लाग्लान् । तर त्यहाँका एक÷दुई लालबुझक्कड र मन्दबुद्धीले तपाइँलाई वास्तविक संसार देखाई दिनेछन् । ती शून्य खोपडीवाहकहरूले आफ्ना फोस्रा तर्क अघि सार्दै तपाइँलाई सताउन सुरू गर्नेछन् र भन्नेछन् कि—‘तपाइँ कसरी भन्न सक्नुहुन्छ टोल्स्टोय राम्रा कथाकार हुन् भनेर ? उनको कुनचाहिँ कथा तपाइँलाई मन प¥यो, मलाई त सब बेकार लाग्छन् ।’ त्यसैमाथि अर्कोले थप्न थाल्छ—‘टोल्स्टोय पनि कहीँ कथा लेख्न सक्ने मान्छे हो र ? टोल्स्टोय कथाकार हो भनेर तपाइँ प्रमाणित गर्न सक्नुहुन्छ ? मलाई त उसका सबै कथा रद्धीको टोकरीमा फ्याँक्न लायकका लाग्छन् ।’ यस्ता सयौं प्रश्न र टिकाटिप्पणी तपाइँप्रति लक्षित हुनेछन् । यी प्रश्न सोध्नेहरूका बारेमा बुझ्दै जानुभयो भने तपाइँ तीन छक् पर्नुहुनेछ । यिनलाई न कथाका विषयमा थाहा छ, न कथाकारको सम्बन्धमा । लियो टोल्स्टोय त धेरै परको कुरो हो, सायद जीवनमा पहिलो पटक सुनेको हुनुपर्छ टोल्स्टोयको नाम । अब यहाँ एउटा अनौठो परिस्थिति सिर्जित भइदिन्छ । त्यो हो प्रश्नकर्ताहरूको बौद्धिक क्षमता । त्यहाँ उपस्थित सबैले सोच्लान् वाह ! क्या धुरन्धर विद्वानहरू ! सायद दुनियामा यिनलाई भन्दा बढी टाल्स्टायका बारेमा कसैलाई थाहा छैन । कति धुवाँदार टिप्पणी गरे ।
तर एकपटक सोचौं, के प्रश्नकर्ताहरूले टोल्स्टोयका बारेमा केही बताए ? थाहा भए पो बताउनु ! कसैलाई कुनै विषयमा थाहा छैन भने जानकारी लिने उत्तम उपाय पनि यही हो । यसमा प्रश्न सोध्नेलाई कसैले मन्दबुद्धि ठान्दैन । प्रश्नकर्ताले आपूmले सोध्ने विषयमा कुनै प्रमाण जुटाइराख्नु पर्दैन, उसले कुनै तर्क अघि सार्न जरूरी छैन । उत्तर दिनेले नै यो र यति कारणले आपूm प्रभावित भएको हो भन्ने प्रमाणित गर्नुपर्छ । यस्तो अवस्थामा उत्तर दिने व्यक्तिबाट प्राप्त हुने जवाफ नै प्रश्नकर्ताले जानकारी पाउने माध्यम बन्छ । तर, समाजले त्यही विरोधको भाषा बोल्दै प्रश्न सोध्नेलाई विद्वान ठानिरहेको हुन्छ । लिखतलाई आफ्नो सिद्धान्त ठान्नेहरू, लिखतलाई आफ्नो जीवनआदर्श मान्नेहरू र लिपिबद्ध भएका कुरामात्र चट्टाने प्रमाण हुन् भन्ने मान्यता राख्नेहरूका क्रियाकलापबाट समाज कतिसम्म प्रताडित हुनु परेको छ भन्ने एउटा घतलाग्दो उदाहरण प्रस्तुत गर्दैछु ।
मेरा एक मित्र आफ्नी पत्नीसहित मतदानका लागि मतदानकेन्द्र पुगे । पत्नीलाई लाइनमा राखेर उनी नामावली रुजु गर्ने टेबुलमा पुगे । नामावलीमा उनको नाम फेला प¥यो, तर पत्नीको नाम भेटिएन । खोजविन सुरू भयो, अर्को लिष्ट आइपुग्यो । विगतमा त्यस केन्द्रबाट मतदान गर्दै आएका; तर वैवाहिक, बसाइसराइ वा यस्तै कुनै कारणले सो केन्द्रबाट हटाइएकाहरूको नाम यो लिष्टमा थियो । मृत्यु हुनेहरूको नाम हेर्दै जाँदा त्यसैमा उनकी पत्नीको नाम भेटियो । पत्नीको मृत्यु भइसकेको भन्ने त्यहाँ उल्लेख थियो । उनी नराम्रोसँग जङ्गिए । जङ्गिनु स्वाभाविकै थियो । साथमा हिँडिरहेकी श्रीमतीलाई मरेको जनाइएको थियो । श्रीमती भने लडाइँ झगडाबाट टाढै रहने स्वभावकी थिइन्, शान्तिप्रिय । उनी तातिरहेका पतिनजिक आइन् र सम्झाउन थालिन्—‘हजुर त जहाँ पनि झगडा गर्न तम्सिने, हजुरको यो स्वभावले त म वाक्क भइसकेँ ।’ पति पनि च्याँठ्ठिए—‘हैन, ठम्ठम् हिँडिरहेको मान्छेलाई मरिसक्यो भन्दा झोँक चल्दैन त ! कस्तो कुरा गछ्र्यौ तिमी पनि ? पत्नीले दिक्क मान्दै मसिनो स्वरमा भनिन्—‘आखिर नभई लेखेको छैन होला ! सरकारी खातामा लेखेको पनि कहीँ गलत हुन्छ ? बरु मान्छे गलत हुन सक्छ, खातामा लेखिएको गलत हुँदैन । खाता भनेको त खाता नै हो, त्यसमाथि पनि सरकारी । त्यसै तातेर हुन्छ ?’ अब मित्रलाई श्रीमतीप्रति पनि रिस उठ्यो । उनी कराए—‘ए पागल, अरूको विषयमा कुरा भइराखेको हैन क्या ! तेरो कुरो हो तेरो । तँलाई मरिसक्यो भनेर लेखेको रहेछ । अब जिउँदै छ भन्ने प्रमाण चाहिन्छ रे, नत्र भोट हाल्न नदिने रे !’ यति सुनिसकेपछि अब दङ्ग पर्ने पालो थियो श्रीमतीको, उनी सोच्दै थिइन् सरकारी खाता त भूmटो नहुनु पर्ने, के म मरेकै हूँ त ? स्वभाव शान्त भएका कारण उनी मौन बसिन् । केही क्षणपछि दुवैजना फर्के । फर्कंदा बाटोमा सुस्केरा हाल्दै गन्थन पोखे । सरकारी कागजमा लेखेको त प्रमाण नै हुन्छ त । जुनसुकै विवाद मेटाउन पनि प्रमाणका लागि सरकारी खाता हेर्ने हो, अब त्यही खातामा मरेको जनिएपछि के गर्ने ? बरबादै हुने भो । मुखले भनेको कसले मान्छ र ? जिउँदै मान्छे देख्दा त कसैले टेरेन, भोट खसाल्न पनि पाइएको होइन । ल थाहा पाउनुभयो, अहिलेको दुनिया लिखतको पछडि कतिसम्म पागल छ ।
आजभोलि कसैले केही लेखिदिन्छ, पढ्ने जतिले त्यही लेखिएकोलाई नै आफ्नो धारणा बनाउन थाल्छन् । बिस्तारै त्यसमा विश्वास बढ्दै जान्छ । त्यसमा सत्यताको अंश पनि छ कि त्यत्तिकै विश्वास गरिएको हो भन्ने झन्झटमा केही पर्न चाहँदैन । दिन बित्दै जाँदा त्यही कुरा पाठ्यक्रममा समावेश हुन्छ र मान्यता पाउँदै जान्छ । त्यो लेखिएको विषयवस्तु लेखकको निजी धारणा पनि त हुनसक्छ, नितान्त व्यक्तिगत अनुभूति र अनुभव हुनसक्छ । तर यसतर्पm कसैको ध्यान जाँदैन ।
मान्छेको यो प्रवृत्ति आजको मात्र होइन । विगतमा पनि कैयन ठूल्ठूला विषयमा व्यक्तिका निजी धारणालाई मानेकै कारण मान्छे सत्यबाट चुकेको छ । यद्यपि, मानवमा कहिल्यै चेत पलाउन सकेको छैन । यसको उदाहरण के भने—आजभन्दा तेइस सय वर्षअघि ओरिष्टिकारस नामका एक युनानीले सूर्यलाई केन्द्रमा राखेर पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने वैज्ञानिक पुष्टी गरे । यसको चारसय वर्षपछि टोलिमी नामका व्यक्तिले ओरिष्टिकारसको सूत्रलाई उल्ट्याई दिए र पृथ्वीलाई केन्द्रमा राखेर सूर्यले पृथ्वीको परिक्रमा गर्छ भन्ने नयाँ सूत्र संसारलाई दिए । झन्डै दुई हजार वर्षसम्म टोलिमीको यो मान्यता कायम रह्यो । पछि केपलर र कोपरनिकसले सूर्य केन्द्र हो, त्यसैले पृथ्वीले सूर्यलाई घुम्छ भन्ने ओरिष्टिकारसको मान्यतासँग मिल्दो तथ्य प्रमाणित गरे । दुई हजार वर्षसम्म ओरिष्टिकारसको सत्य कुनामा थन्क्याइयो । दुई हजार वर्षपछि जब अलग तथ्य बाहिर आयो, ओरिष्टिकारसका पुराना किताब खोजियो । उनको पुस्तक पढ्नेहरू त्यहाँका तथ्यगत सिद्धान्त देखेर आश्चर्यमा परे । वास्तविक चुरो नै नबुझी विज्ञानजस्तो प्रमाण र तथ्यगत विषयमा आधारित अध्ययन पनि यसरी परिवर्तन गरिरहन मिल्छ ?
यसैसँग निल्दोे अर्को तथ्य—एचयाभककयच ँचबष्लप द्यचयधल नामका अमेरिकी अन्वेषकले ‘पृथ्वी छोड्नासाथ अन्तरिक्षमा अत्यन्त धेरै बिषाक्त विकिरणहरू हुन्छन्, जुन मानव शरीरका लागि अत्यन्त घातक र हानिकारक हुन्छन् ।’ भन्ने पत्ता लगाए । पृथ्वीबाहिर दुई सय माइलसम्म हावाको पत्र हुन्छ र त्यसबाहिर शून्यमात्र हुन्छ भन्ने दुई हजार वर्ष पहिलेदेखि चल्दै आएको अरस्तुको मान्यतालाई उनको यस खोजले गलत सावित गरिदियो । किनकि पृथ्वीबाहिरको दुई सय माईलसम्म हावाको पत्र हुन्छ भन्ने अरस्तुको धारणासँग द्यचयधल को भनाई मेल खाएपनि हावाको पत्रबाहिर शून्यमात्र हुन्छ भन्ने अरस्तुको मान्यताविपरीत त्यहाँ पृथ्वीवासीका लागि हानिकारक रङ्गिन घातक किरणको प्रवाह रहेको पाइयो ।
यहाँ स्पष्ट पार्न खोजिएको कुरो के भने माथिका भनाइमध्ये पहिलो प्रसङ्गमा टोलिमीको धारणा नितान्त निजी देखियो भने दोस्रो प्रसङ्गमा अरस्तुको धारणामध्ये आधा अंशमा मात्र सत्यता पाइयो । विज्ञान तथ्यमा आधारित विषय हो । तर विज्ञानजस्तो विषयमा पनि कसैको निजी धारणा लागू हुनसक्नु र त्यो धारणले हजारौं वर्षसम्म समाजलाई प्रभावमा राख्नु अनौठो हो । यसलाई विज्ञानको दुनियाँमा आश्चर्य मानिएको छ । यस्ता निजी धारणाको बन्दी बनेर हजारौं वर्षसम्म मानिस सत्यबाट वञ्चित रह्यो । दुई हजार वर्षसम्म अन्तरिक्षसम्बन्धी खोजले गति लिन नसक्दा मानिस अन्तरिक्षसम्बन्धी खोजमा दुई हजार वर्ष पछि प¥यो । तर अहिले पनि यस्ता विषयमा खासै अन्तर आएको पाइँदैन । आज पनि केही मानिसहरू कसैको निजी धारणालाई बोकेर विश्वव्यापी मान्यता दिलाउन लागि परिरहेका छन् र यसले झन्झन् उग्र रूप लिँदै गएको छ ।
एउटा बालकथाबाट केही आशय बुझौं । लाटोकोसेरोका सन्ततिले हामीलाई पनि सूर्य हेर्न मन लाग्यो, त्यसैले हामीलाई सूर्य देखाइदिनु भन्दै आमाबाबुलाई सताउँदा रहेछन् । यसको समाधान निकाल्न लाटोकोसेरोको राजाले सबै लाटोकोसेरो भेला गरेर—‘मानिसलगायत सबै जीवजन्तुले सूर्य...सूर्य भनेको सुनिन्छ, तर अरूको लहलहैमा लाग्नु उचित होइन । हामीले आजसम्म नदेखेको वस्तुको पछि लागेर आपसमा झगडा मच्चाउनु हुँदैन । त्यसैले आजदेखि हामी संसारमा सूर्र्य नामको कुनै वस्तु छैन ।’—भनी निर्णय गरेछ । यो लाटोकोसेरोको निजी धारणा हो । हामीलाई थाहा छ, लाटोकोसेरोको यो धारणाले विश्वव्यापी मान्यता पाउन सक्दैन । किनकि संसारमा सूर्य छ । यो वर्षौदेखि सबैले अनुभूत गरिरहेका छन् । तरपनि मान्छेहरू प्रत्येक पाइलामा यस्तै लाटोकोसेरो सिद्धान्तलाई सत्य मानिरहेका हुन्छन् । कोही गान्धीवाद, कोही लेलिनवाद, कोही मार्सवाद त कोही माओवाद । यी वादलाई तपाइँले कुन तराजुमा तौलनु भएको छ ? कुन मापनयन्त्रमा राखेर मापन गर्नुभएको छ ? यी वादहरूको उचाई, गहिराई र तौल कति छ ? के तपाइँको मान्यताबमोजिम नै यो धारणाले सर्वत्र मान्यता पाउन सक्छ ? जब विज्ञानजस्तो प्रमाणमा आधारित विषयमा त फेरबदल आइरहन्छ भने तपाइँको मान्यताले समाजमा दुई कौडीको भाउ पाउने छैन । सोच्नुहोस् के तपाइँले पछ्याउँदै आउनुभएको वाद सर्वमान्य र विश्वव्यापी धारणा हो ? कुनै मार्स, कुनै लेलिन वा कुनै माओ नामको व्यक्तिले आफ्नो धारणामा सूर्य छैन भनेर लेखिदियो । हाम्रो मन्दबुद्धिलाई चाहिँदो खुराक पुग्यो । अब हामी दाहिने बायाँ कतै नहेरी सूर्य छैन...सूर्य छैन....भन्दै उसैको पछि लाग्यौ । कसैले आफ्नो निजी धारणा आकर्षक ढंगले लिपिबद्ध गरिदियो । हामीलाई मन प¥यो, अनुयायी भयौं, बिस्तारै त्यही धारणालाई ‘वाद’मा रूपान्तरित गरिदियौं । वास्तवमा आपूmले जति देखिन्छ आफ्ना लागि संसार त्यत्ति हो । हामीले बुझेको र देखेकोभन्दा बाहिर पनि संसार छ । हामीभन्दा बुझ्नेहरूको संसार हाम्रोभन्दा विस्तृत छ । तर हामी बुझ्दैनौं वा बुझ्न चाहँदैनौं । किनभने, हामीभित्रको दम्भ र अहम्ले हामीलाई यसरी गाँजेको हुन्छ कि कसैले सत्य बुझाउने प्रयत्न ग¥यो भने हामी उसले भनेको मान्न तयार हुँदैनौं । उसले बुझाएको कुरोप्रति सहमति जनाएमा समाजले उसलाई ठूलो र आपूmलाई सानो ठानिदिने हो कि भन्ने अहम्ले हामी उसको भनाइमा सहमत हुँदैनौं । बरू त्यही सत्य बुझाउन आउने व्यक्तिलाई नै आफ्नो साँगुरो घेरामा ल्याउन खोज्छौं । अनादिकालदेखि नै यही प्रवृत्ति रहँदै आएको छ मानिसको ।
हामीले जीवनलाई स्वतन्त्र हुन नदिइ आपैmले आपूmलाई बन्धनमा राखेका छौं । भन्नलाई त हामी स्वतन्त्र छौं, परतन्त्र स्वीकार गर्दैनौं भन्दै कुर्लन्छौं । तर, वास्तवमा हामीले कहिल्यै स्वतन्त्रतालाई स्वीकार्न जानेनौं, स्वयम् आफै आफ्नो स्वतन्त्रताको प्रतिपक्षमा उभिइरह्यौं । जीवनका हरेक पाइलालाई लिखतका अक्षरमा बन्धक बनाइरह्यौं । प्रत्येक श्वासलाई हामीले लिखतका अक्षरमा बाधेका छौं । मानौं कसैको विवाह हुन गइरहेको छ । विवाहको निम्तो दुलाहा आफैले फोन गरेर दिन्छ, तर हामी जाँदैनौ । हामी उसको भनाइलाई महत्व दिँदैनौं । किनकि हामी लिखतका कठपुतली बनिसकेका छौं । कसैले प्रश्न ग¥यो भने भन्छौं, ‘खै ! केटोले फोन गरेर आउनु त भन्थ्यो, तर कार्ड नै पठाएन त्यसैले जान सकिन ? अहिले त यस्तो भइसकेको छ, तपाइँ सयौं जन्ती लिएर हजार जनालाई भोज ख्वाएर घरमा दुलही भित्र््याउनुहोस् । ती दुलही तपाइँकी वास्तविक दुलही हुन्नन् । उनलाई आफ्नी बनाउन तपाइँले भोलिपल्टै नाता प्रमाणित गराउन जानुपर्नेछ । तपाइँ र पत्नीबीच नाता सम्बन्ध कायम गराउने त्यस ठाउँमा तपाइँले भोजमा नबोलाएको, जन्तीमा पनि सहभागी नगराएको अझ भनूँ जिन्दगीभर नदेखेको मान्छे बसेको हुन्छ । न कुनै नाता न साइनो, उसले एउटा कागजमा लेखेर दिन्छ । अब बल्ल तपाइँहरू पतिपत्नी हुनुभयो । केही महिना र वर्ष बित्यो बच्चा जन्मियो । त्यो बच्चो तपाइँको हो, होइन खुट्याउन अर्को मान्छे बसेको हुन्छ । उसले त्यो जन्मिएको बच्चो तपाइँकै हो, त्यसको बाबु तपाइँ नै हो भनेर किटान गरिदिन्छ, अनिमात्र त्यो बच्चोलाई तपाइँले आफ्नो भन्न पाउनुहुन्छ । तपाइँले जिन्दगीभर नदेखेको कुनै नाता सम्बन्ध नभएको मानिसले प्रमाणको नाममा एउटा कागज तपाइँको हातमा नथम्याएसम्म तपाइँकी पत्नी तपाइँकी हुन्नन्, तपाइँको बच्चो तपाइँको हुँदैन । क्या गजबको बन्धन बनाएका छौं हामीले । यो बन्धन कुनै अर्काे ग्रहबाट झरेको प्राणीले बनाएको होइन, तपाइँ हामीले नै आपूmलाई बन्धनमा राखेका हौं ।
म आपैm पटकपटक यस्ता पीडाबाट पार भएको छु । केही वर्षपहिला सानी छोरीलाई विद्यालय भर्नाका लागि आवश्यक पर्ने सबै कागजात मिलाएर गएँ । त्यहाँ बस्नेले ‘यी नानी तपाइँकी आफ्नै छोरी हुन् भन्ने प्रमाणित गरेको कागज ल्याउनु’ भने । मैले ‘यी नानी मेरै छोरी हुन्, कहाँ जन्मेको, कहिले जन्मेको, कहिले न्वारान भएको, कुन मितिमा पास्नी भएको सबै बेलीबिस्तार लगाउन सक्छु । त्यसैले यिनी फलाना नाम गरेको व्यक्तिकी छोरी हुन् भनेर एउटा कागजमा लेखिदिनुहोस् म आपैmले त्यसमा सहीछाप गरिदिन्छु’ भनिदिएँ । त्यो मान्छे मसँग नराम्रोसँग जङ्गियो र कराउन थाल्यो, ‘सरकारी कागजमा प्रमाणित गरेको चाहियो क्या ! कस्ताकस्ता कुरो नबुझ्ने अभिभावक आउँछन्, पागलै बनाउने भए यिनले मलाई’ अनि म उनको नजिकै गएँ र विनम्रतापूर्वक निवेदन गरेँ—‘हेर्नुहास् मित्र ! यी नानी मेरी आफ्नै छोरी हुन्, यो यथार्थ मैले जति संसारमा कसले बुझेको छ ? त्यो जिन्दगीभर मलाई नदेखेको, नजानेको मान्छेले यी फलानाकी छोरी हुन् भनेर लेखिदिएको कागजलाई भने तपाइँहरू विश्वास गर्नुहुन्छ, तर कस्तो बिडम्बना ! म स्वयम् बच्चाको बाबुले लेखिदिएको मान्न किन नहुने ? अब एक छिनपछि तपाइँ मान्छे हो कि होइन भन्ने प्रमाणसहितको कागज चाहियो भन्नुहोला त्यसबेला म के गर्ने ?‘ अब त्यो मान्छे सोचाइमा प¥यो, उसले मतर्पm फर्किएर बिस्तारै भन्यो—‘हो नि हुन त, मैले आजसम्म यस विषयमा सोचेकै रहेनछु । तर के गर्ने हाम्रो यहाँ यस्तै नियम छ ।’ मैले त्यसैमा थपेँ—‘सबै कुरामा नियमको पछि लागेर पनि हुन्छ त ! तपाइँ मेरो भनाइप्रति विश्वस्त त हुनुहुन्छ नि !’ मैले यति भनिरहँदा ऊ चुप रह्यो । म आफ्नो लक्ष्यमा सफल हुन लागेको थिएँ, त्यसैले थपेँ—‘सबै कुरोमा नियम खोजेर हुँदैन । विश्वास छैन भने पो नियम, विश्वास भइसकेपछि नियमलाई छोडिदिनु पर्छ । नियम भनेको तपाइँ हाम्रो भलाइका लागि तपाइँ हामीले नै बनाएको हो । आखिर बच्चालाई विद्यालय भर्ना गर्न आउँदा एउटा बाबुबाट के अपराध भएको हुन्छ र चाहियो यस्तो अनावश्यक प्रमाण र कागजहरू ? यदि म अर्काकै बच्चो भर्ना गरिदिन आएको रहेछु रे ! यसमा के फरक पर्छ ? आखिर एउटा बालकको उद्धार हुने कुरो न हो । यस्ता नियमलाई अबका दिनमा तपाइँ हामीले तोड्ने हिम्मत गर्नुपर्छ ।’ अब भने ऊ पूरै मेरो भनाइमा आइसकेको थियो । ल जे पर्ला टर्ला, ल्याउनुहोस् नानी म भर्ना गरिदिन्छु । त्यसपछिका दिनमा पनि ती भद्र र मबीच पटकपटक यस्तै कुराकानी भइरहे ।
आजभोलि मानिसलाई नीतिनियममा राख्न सबै कुराहरू लिपिबद्ध हुन थालेका छन् । तर हामीले यो बुझ्नु जरूरी छ कि आपूmसँग निरन्तर उठबस र व्यवहार गर्ने निकटको व्यक्तिसँग गरिने व्यवहारमा यस्ता लिखतको कुनै मूल्य हुँदैन । नचिनेको, नबुझेको वा विश्वास हुन नसकेको मानिससँग गरिने व्यवहारमा मात्र यस्ता लेखिएका प्रमाणले महत्व पाएको हुन्छ । परिवारको कुनै सदस्यले कुनै शर्त राखेर केही मागिहाल्यो भने त्यहाँ कुनै ढाँचाबमोजिमको शर्तनामा तयार गर्नु आवश्यक छैन । तर त्यही शर्तमा आफ्नो विश्वास जित्न नसकेको परिवारबाहिरको व्यक्तिले केही माग्यो भने तपाइँ तुरुन्त लेख्ने सुरसार कस्नुहुन्छ । अझ एउटा वकिल नै राख्नुहोला ! यी पक्षहरूमा तपाइँ र त्यस व्यक्तिबीचको आपसी विश्वास र सम्बन्धले ठूलो भूमिका खेलेको हुन्छ । आपसी सम्बन्धका अगाडि लिखत गौण बन्न पुग्छ, यसको कुनै महत्व रहँदैन । जहाँ विश्वासको कमी हुन्छ, त्यहाँ लिखत र नियमको महत्व हुन्छ । तर कुनै व्यवहार यस्ता हुन्छन्, त्यहाँ लिखत गराए पनि नगराए पनि खासै फरक पर्दैन । विश्वासको सङ्कट देखिए पनि दुवै पक्षको केही बिग्रिँदैन । यस अवस्थामा लिखत गरिरहनुभन्दा विश्वासमा चल्नु बुद्धिमानी हुन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 4 आश्वीन, 2071

लेखकका अन्य रचनाहरु