शोकसभा

- उज्ज्वल जी.सी.

अफिसका सबै कर्मचारीहरुले शिवरालाई इमानदार र बफादारका रुपमा हेर्ने गर्थे । उसले जागिर खाएको झण्डै दश वर्षको अवधिमा अफिसलाई हानि नोक्सानी पु¥याउने कुनै पनि बदनियत राखेको थिएन । आपूmभन्दा माथिल्ला अधिकृतले कुनै गल्ती कार्य गर्न खोजे ऊ सिधै प्रतिकार गथ्र्यो ।
सायद यही नै उसको अरुभन्दा भिन्न विशेषता थियो । उसले कहिल्यै आफ्नो इमानदारिता हाकिमको ऑंखामा बिझ्ने कॉंडाजस्तो बनेको छ भन्ने थाहा पाउन सकेको थिएन । यसैको परिणामस्वरुप एकदिन अफिसका प्रमुखले उनलाई आफ्नो कोठामा डाकेर मजाले हप्काए –

–“हैन, शिवरामजी क्या हो तपाईंको चाला ? आपूmभन्दा माथिका अधिकृतले गर्न खोजेको कुरामा पनि तपाईं अवरोध खडा गरिदिनु हुन्छ रे । जागिर खाएपछि हाकिमले भनेका कुराहरु एक शब्द नबोलेर गर्नुपर्छ भन्ने थाहा छैन तपाईंलाई ? जागिर बढी भयो कि क्या हो ?”

प्रमुखको कुरा सुनेर शिवराम तीनछक्क प¥यो । हाकिमले वास्तवमा भन्न खोजेको कुरा के हो ? भन्ने समेत उसले बुझेन । त्यसैले आफ्नो कमजोरीलाई यथास्थानमा राख्दै उसले भन्यो – “हैन हजुर, मैले अलि कुरा बुझिन । ”

–“के बुझ्नुहुन्थ्यो तपाईंले ? नबुझ्नु पर्ने कुरा बुझ्नुहुन्छ , बुझ्नु पर्ने कुरा बुझ्नुहुन्न । तपाईंको विशेषता नै यही हो । ”

–“हैन हजुर, तेसरी रिसाइबक्सनु भएन । मेरो तर्फबाट के गल्ती भएको हो ? प्रष्ट भनिबक्से हुन्थ्यो । ”

–“भो...भो... कुरा चपाएर नबोल्नोस् । जे होस् आपूmभन्दा माथिका अधिकृतहरुलाई मान गर्न सिक्नोस् । उहॉंहरुले गर्न खोजेको कुरामा एक शब्दै बोल्ने प्रयास नगर्नुहोला ।”

–“मैले के बोलेको छु र हजुर ? कहिलेकाही‘ं नियमले नमिल्ने कुराहरुलाई मात्र मिल्दैन भनेर सजग गराएको हू‘ं हाकिम साहेबहरुलाई । त्यो पनि आफ्नो लागि हैन । हजुर र यो अफिसकै लागि हो ।”

हाकिमसंग शिवरामको यस्ता वादविवादहरु समय–समयमा हुने क्रम जारी नै थियो । अफिसमा उसले देखाएको वफादारीताप्रति तल्ला कर्मचारीहरुका समर्थन रहे पनि माथिल्ला अधिकृतहरुको नजरमा शिवराम ‘एक घमण्डी,हाकिमसंग मुखामुख लाग्ने अनुशासनहीन कर्मचारी’ बनेको थियो ।
उसले हाकिमहरुको मन जित्न थुप्रै प्रयासहरु गरे पनि सफल हुन सकेन ।

अन्ततः आफ्ना चार,पॉंचजना परिवारहरुका पालन पोषण गर्ने जिम्मेवारी एवम् हाकिमको तिरष्कारबाट सधै‘ंका लागि अलग्गिने सोचाइलाई उसले आत्महत्या गरेर सफल तुल्यायो ।

उसको मृत्युमा सबै कर्मचारीहरु किंकर्तव्यविमुढ बने । उसका अति मिल्ने साथीहरुले भन्न थाले –
“बिचरा, शिवराम यति छोटो उमेरमै यो संसारबाट बिदा भयो । हाकिमले राम्रो व्यवहार नदेखाउ‘ंदैमा किन मर्नुपथ्र्यो ? अब हेर बालबच्चाहरुको विजोग .....!”

–“हाकिमसाहेबले पनि कहिल्यै राम्रो ऑंखाले देख्न चाहेनन् । आखिर शिवरामले भनेका कुराहरु बेठीक थिएनन् क्यारे ! समय आएपछि थाहा पाउनुहुन्छ हाकिमसाहेबले ।”

–“जे होस्, शिवरामजस्तो इमान्दार कर्मचारी यो अफिसमा अर्को जन्मदैन अब । ”
भोलिपल्ट अफिसमा शोकसभाको आयोजना भयो ।

सबै कर्मचारीहरुका मलिन अनुहारलाई हेर्दै शिवरामप्रति श्रद्धाञ्जलिका शब्दहरु पोखिन थाले ।

हाकिमले–“उपस्थित कर्मचारीहरु ! तपाईंहरुको साथी मेरो एक कर्मठ कर्मचारी स्व.श्री शिवरामजीको असामयिक निधनमा शोक मनाउनका लागि आज हामी यहॉं भेला भएका हौ‘ं । जुन कर्मचारी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अफिसको भलाइका लागि काम गथ्र्यो, त्यो कर्मचारी आज हाम्रो ऑंखाबाट सधै‘ंका लागि टाढा हुनु तपाईं हामी सबैको दुर्भाग्य हो ।
अहिले उहॉं हुनुहुन्न तर उहॉंले हामीलाई सिकाएर जानुभएको धेरै कुराहरु छन् । तीमध्ये इमान्दारी र कर्तव्यपरायणतालाई हामी सबैले आत्मसात् गर्नसके उहॉंको आत्मालाई अवश्य शान्ति मिल्नेछ भन्ने मलाई लाग्दछ । अन्तमा उहॉंको परिवारहरुलाई पीडा वहन गर्नसक्ने शक्ति भगवान श्री पशुपतिनाथले प्रदान गरुन् भन्ने कामना गर्दै म आफ्नो दुई शब्द यही‘ं टुंग्याउ‘ंछु ।” भन्दै दुई मिनेटको मौन धारणपछि अफिस बन्द गर्ने निर्णय गर्दै शोकसभा विसर्जन भयो ।

हाकिमसाहेबले व्यक्त गरेका शब्दहरुप्रति कर्मचारीहरुको एक आपसमा तर्क–वितर्क हुन थाल्यो ।

–“हैन, हाकिमसापले यस्तो बोल्नुहोला जस्तो लागेको थिएन । मुख छुच्चो भए पनि मन सफा रहेछ उहॉंको ।”

–“मरेपछि सबैले सबैको गुणगान नै गाउ‘ंछन् । श्यामप्रसादजी ! संसारको चलन यही हो । यसमा आश्चर्य मान्नुपर्ने कारण केही छैन ।”

–“कुरा त ठीकै हो । सतीले सरापेको यो मुलुकमा राम्रा मानिसहरुको मरेपछि मात्र कदर हुन्छ , गुणगान गाइन्छ – यस्तै शोकसभाहरुमा ।”
सुब्बा रामेश्वरलालको अन्तिम भनाइप्रति सहमति जनाउ‘ंदै कर्मचारीहरु आ–आफ्ना घरतिर फर्के– शिवरामको सम्झना बोक्दै ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 26 भाद्र, 2071

लेखकका अन्य रचनाहरु