जूनमा चुहेको त्रास बहर बद्ध गजलसङ्ग्रह नियाल्दा

- सदानन्द अभागी

परिचय
कवियत्री कृष्णादेवी शर्मा श्रेष्ठको जीवनी, पुरस्कार÷सम्मान, आवद्धताजस्ता महत्वपूर्ण पक्षमा मैले उहाँको कृतिहरूको समीक्षामा धेरै पटक लेखि सकेको हुँदा ती सत्यतथ्यमा जानु भन्दा सिधै कृति प्रकाशनहरू र हालको ‘जूनमा चुहेको त्रास’ बहर बद्ध गजलसङ्ग्रहमा प्रवेश गर्न अनुमति चाहान्छु । हालसम्म उहाँका फुटकर लेख रचना बाहेक कृतिको रूपमा हामीले पढ्न पाएका कृतिहरूमा सुनाखरी र लालीगुँरासको देश (कवितासङ्ग्रह, २०५७) नारायणहिटी पर्व (तीजगीत सँगालो, २०५८), अत्याचारी घर ( तीजगीत सँगालो, २०५९), घरभेटी भाउजू (कथासङ्ग्रह, २०५९), प्रजातन्त्रमा प्रश्नचिह्न (तीजगीत सँगालो, २०६०), स्मृतिको एक झिल्को (खण्डकाव्य, २०६२), निर्झरिणी ( गजलसङ्ग्रह, २०६३), सृष्टि सौगात (छन्दोबद्ध कविता सङ्ग्रह, २०६५), क्रान्तिकारी विश्वेश्वर (महाकाव्य, २०६९) र जूनमा चुहेको त्रास(बहरबद्ध गजलसङ्ग्रह, २०७१) हुन् । यी कृतिहरूले यथास्थानमा महत्वपूर्ण भूमिका निभाएका छन् र नेपाली साहित्यको क्षेत्रमा उज्ज्वल प्रकाश छरेका छन् । दर्जनौ पुरस्कार÷सम्मान तथा दर्जनौ साहित्यिक संस्थामा आवद्ध रहेकी कृष्णाजीले हाम्रो अधि ‘जूनचुहेको त्रास’ लिएर विविधतामा रमाउँदै, समसामयिकतालाई समाउँदै जुन उद्ेघोस् गर्न चाहानु भएको छ, म त्यसैमा तल्लिन भएर अध्ययन गर्न गइरहेको छु ।
विषय प्रवेश
८०ओटा गजलहरूको सङ्ग्रहमा विभिन्न साहित्यकारहरूले आफ्ना भावानाहरू पोख्नु भएको पाइन्छ । यस गजलसङ्ग्रहमको प्रकाशकीय विश्व नारी नेपाली साहित्य सम्मेलन समारोह समिति लुम्बिनी अञ्चलकी सचिव भगवती अर्याल (पाण्डे)ले लेख्नु हुन्छ – ‘आफ्नो जन्मै भाषा साहित्यको श्रीबृद्धि गर्नु हो भन्ने धारण राख्दै कलमकापीसँग पलपल कुस्ती खेली रहनुहुने जाज्वल्यमान नक्षत्र कृष्णादेवी शर्माश्रेष्ठज्यू हुनुहुन्छ’ । यस गजलसङ्ग्रको भूमिका लेखन गर्ने काम साहित्यकार श्यामप्रसाद न्यौपानेले गर्नु भएको छ । उहाँले जून चुहेको त्रासलाई उच्च मूल्याङ्कन गर्दै लेख्नुहुन्छ –‘ विषय बस्तुको विविधता छ, भावको तुलमुलाहट छ अनि गजलका वाह्यतत्त्वको सचेत संयोजन पनि छ ।’ शुभकामना दिंदै नरेन्द्रराज प्रसाईले कृष्णादेवीको गजलकारितामा प्रकाश पार्नु भएको छ र उहाँले भन्नुहुन्छ – कृष्णादेवीका रचनाले नारी जातिको प्रतिनिधित्वमात्र गर्दैनन्, यिनका रचनाले समस्त नेपाली मनकै प्रतिनिधित्व समेत गरेको प्रतिबिम्ब यस सङ्ग्रहमा पनि देख्न सकिन्छ । प्रा. डा. नारायणप्रसाद खनालले गजलको मूल्याङ्कन गर्दै, लेख्नुहुन्छ– ‘यी असीवटा गजल आफ्ना संरचनामा रदिफ काफिया आदिका चौहद्दीमा रमाएका छन् भने यिनका सेरहरूले पनि अपेक्षित भावधार बहाएकै छन् ।’ गोविन्दराज विनोदीले कृष्णादेवीको गजलको मूल्याङ्कन यसरी गर्नु भएको छ – ‘ उहाँका गजलमा नारीमनका अन्तव्र्यथाहरू पनि छन् र राष्ट्र–राष्ट्रजनका पीडाहरू पनि छन् । मोहन दुवालको धारणा गजलप्रति यस्तो छ –‘जूनमा पनि त्रास चुहिन्छको सन्त्रास मनमा राखेर राष्ट्र दुखेको परिवेशलाई गजलमा उतार्ने जमर्को जूनमा चुहेको त्रासमा गर्नु भएको छ ’ । डा.घनश्याम न्यौपाने ‘परिश्रमी’ले कृष्णादेवीको गजलकारीतालाई यसरी नियाल्नु हुन्छ –‘निर्झरिणी नामक गडजलसङ्ग्रहको प्रकाशनसँगै, यिनले आफ्नो गजलकार व्यक्तित्वको समेत परिचय दिइसकेकी छन् ।’ ज्ञानुवाकर पौडेलले – जूनमा चुहेको त्रास गजलसङ्ग्रह पढेपछि कृष्णादेवी शर्माले समाजको मर्म राम्रैसित बुझ्न सकेकी’ ठान्नु हुन्छ । सदानन्द अभागीले उनका सबै रचनालाई अध्ययन गरेर लेख्नु हुन्छ–उहाँका साहित्यिक कृतिहरूमा मानवीय मूल्य–मान्यता, समानता, सरलता, सहजता, राष्ट्र, राष्ट्रियताको प्रवाह जे–जति प्रवल छ, त्यति नै समाज परिवर्तनको धारणा पनि सवल रूपमा प्रखर भएको पाउँछौं ’। भूपेन्द्र गण्डर्षिले ‘प्रस्तुत जुनमा चुहेको त्रास यस्तै सामाजिक अस्मिता सुसेल्ने गजलकृति बन्न सम्पूर्ण रूपमा सफलतम् भएको पाएको छु, भन्नु हुन्छ । यसरी नै उद्योगबहादुर श्रेष्ठले ‘जूनचुहेको त्रास बहरबद्ध गजलसङ्ग्रह बर्तमान नेपालको शब्द–चित्र हो ’ भन्ने ठान्नु हुन्छ । माथिका सबै अभिव्यक्तिलाई अध्ययन र मनन गर्दा कृष्णादेवी शर्मा श्रेष्ठले आफ्नो साहित्य क्षेत्रमा आफ्नो अमूल्य भूमिका निभाउन सफल देखिनु भएको छ र नेपाली साहित्यको श्रीबृद्धीमा कोशे ढुङ्गा थप्नु भएको छ ।


शीर्षकको सार्थकता
जून चुहेको त्राश शिर्षकको साधारण अर्थलाई यसरी हेर्न सकिन्छ जस्तै जुनको अर्थ हुन्छ चन्द्रमा, चन्द्रकिरण, चन्द्रमाको तेज, शशी आदि, चुहुनुको अर्थ हुन्छ कुनै तरल पदार्थ वा धुलो बस्तु प्वालबाट झर्नु, बाहिर निस्कनु, रसाउनु आदि र त्राशको अर्थ हुन्छ डर, भय, आतंक, उपद्रवको आशंका अत्यास आदि, । बास्तवमा जूनको काम त उदाउने र अस्ताउने हुन्छ । उदाउँदा संसार प्रकाशमय हुन्छ भने अस्ताउँदा संसारमा अन्धकार छाउँछ । प्रकाशीलो जीवनको परिकल्पना गरिनु अवश्य पनि विकासमा लम्किनु हो भने अन्धकारलाई स्वागत गरिन्छ भने मानव समुन्नति पतनतिर धकेलिएको हुनु हो । यहाँ जूनलाई हामीले कोमलता, शितलता, नम्रता शान्ति आदिको प्रतिकका रूपमा लिएका हुन्छौ ं। यही शान्ति चुहिन गयो भने अशान्तिले ÷आतङ्कले स्थान लिन्छ अनि मानवजीवनमा भय÷डर÷त्रास उत्पन्न हुन्छ । समुन्नत देश कहाँ हुन्छ , कहाँका जनताले आफ्नो जिन्दगी स्वतन्त्ररूपमा विताउन सक्छन् भन्दा जहाँ शान्तिले आफ्नो जरो राम्रोसँग गाड्न सक्दछ त्यही पाइन्छ कानुनी शासन, शान्तमय जीवन बिताउने थलो । आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, शैक्षिक, सांस्कृतिक, नैतिक धरातल पनि बलियो त्यही ठाउँमा हुन्छ जुन ठाउमा डर ÷ त्रासँ , आतङ्क हुँदैन । नेपालका जनतालाई मात्र नभएर आज विश्वका जनतालाई हे¥यो भने जताततै जून चुहेको त्रास छ । कतै राज्य आतङ्क छ भने कतै शक्ति सम्पन्न देशले शक्ति कम भएका देशमा आफ्नो अधिपत्व जमाउन लागी परेको देखिन्छ । आजको विश्व समसामयिकलाई केलाउँदै गजलकारले शीर्षकको चयन गरेको देखिन्छ ।
गजलसङ्ग्रह र राष्ट्रियता
आजको नेपालमा शान्ति सुव्यवस्था छैन, सबै पक्ष ग्रसित छ, मानव जीवन पीडित छ, गरिबी, भोकमरी, अराजकता, वेरोजगारी, वेथितिविसङ्गतिमा तीव्रता, आर्थिकरूपमा कमजोड, राजनीतिक अस्थिरता, सांस्कृतिक तथा सामाजिक विचलन, हत्याहिंसा, राष्ट्र राष्ट्रियताप्रतिको शिथिलता, आदि जे जस्तो अवस्था दर्शित छ सोही अनुरूप गजलका शेरहरूमा प्रस्फुटन भएको देखिन्छ । हेरौ गजलकारका धारणा उनकै शेरबाट–
मेरो प्यारो छ अति धरती स्वर्ग नै पारिदिन्थे
सारा तारा सकल नभका मत्र्यमा झारिदिन्थे
गजलकारले देशलाई स्वर्ग बनाउने, अकाशका तारा मत्र्यमा झार्ने, राष्ट्रमा शान लगाउने, देश र भेषलाई नौलो बनाउने, राष्ट्रबासीको साथमा राष्ट्र हाँस्नु पर्ने, आज देश बलेको छ, नउठ्ने गरी देश ढलेको छ राष्ट्र निर्माणको लागि जाग्नको आह्वान, देशको निशानी हराउन नहुने, माटो तथा देश भासिन नहुने, देश सम्हाल्नको लागि नेपालीलाई आग्रह, देश साझा हो भन्ने अभिव्यक्ति, देश आज जलेको आगोसरि बलेको, त्यसो हुँदा माटो दुखेको, देशमा अतिक्रमण भएको आदिका उदाहरण दिदै राष्ट्रियताले भरिएका छन् गजलका शेरहरू ।
प्रेमप्रणय र गजलसङ्ग्रह
यता मोहिनीको बुनेकी छु जाली
उता दूर छौ रे सुनेकी छु जाली
गजलकारले गजलमा प्रेमप्रण्यका भावनाहरूलाई पनि व्यापकरूपमा पस्कनु भएको छ । कतै मोहनीको जाल बुन्दाबुन्दै पनि प्रेमी टाढा हुँदै गएको पाइन्छ, प्रेमीको साथ पाउन कहिले डेरा नजिक सारिएको छ । जवानी आउँछ जवानी आएकोमा नराम्रो कसरी भन्न सकिन्छ र ?, कतै माया लुकीलुकी गरिद,ै कतै ढोकामा बसेर लुकेर नसालु भोकले डसिदै हेर्दा, नदीको छाल झैं बनेर तथा कहिले पूmलझै फुलेर तथा फलेर पनि उनकै दर्शनको लागि, आतुर देखिन्छिन् प्रेमिका । प्रेममा कतै पीडा छ, कतै हाँसो छ, कतै रोदन छ, कतै घात छ, कतै त्रास, कतै मात, कतै जोशको हरण, कतै जोशको भरण, कतै आँसुको खात, कतै अन्तै प्रिया खोजिदिने आग्रह कतै कालो मान्छे गोरीको माली बनेको आदि पे्रमका भावनाले भरिएको छ गजलसङ्ग्रह । प्रेमप्रणयमा शुद्ध प्रेमको प्रवाह बगेको छ । यहाँ उच्छृङ्गलता पाईदैन । मानवीय संवेदनाशीलता पनि पाइन्छ ।



गजलसङ्ग्रहले बोकेको सामाजिक दायित्व
साहित्य समाजको दर्पण हो । साहित्य परिवर्तनकारी हुन्छ । जून चुहेको त्रासमा पनि गजलकारले समाजमा परिवर्तन ल्याउनको लागि नारी पुरुष दुबैलाई धेरै आह्वान गरेको पाइन्छ । परिवर्तनलाई आत्मसात गरेको पाइन्छ । हेरो गजलकारका धारणा गजलका शेरबाटै –
कुवामा जमेको छ पानी नराम्रो
जुवामा रमेको छ बानी नराम्रो
मानवजातिले समाजमा देखिएका विकृतिलाई त्याग्न सक्नुपर्छ र सुमार्गको अवलम्बन गर्न सक्नुपर्छ । तर समाजमा सकरात्मक मार्ग अवलम्वन हुन सकेको छैन । समाजमा शोषण छ, त्यतिमात्र नभएर शोषकी जाल छ , दिन प्रतिदिन भोकानाङ्गाको संख्या बढ्दो छ ,गुण्डाहरूले लुटेका छन् । मानवीय संवेदना सिसाा झै फुट्दो छ , अंध्यारो मार्गमा समाजले कुपथको यात्रा गर्दै अघिबढ्न परेको छ । यहाँ वाजले परेवालाई भुटेसरि शोषकले गरिबलाई शोषेका छन् । कतै बाटो भुल्ने कतै .माटोलाई रुवाउनु, नेत्र हुँदा हुँदै अन्धो हुनु, साटो प्mेर्नु, आपसी काटामारीले रक्तको होली खैल्नुजस्ता विविध खाले सामाजिक विकृतिलाई त्यज्ज्य गर्दै उज्यालो सुसमाजको निर्माणमा लाग्नुपर्ने धारणा गजलकारले राख्नु भएको छ । अवश्य सवल समाज नै सवल ÷सक्षम राज्यको सूचक हो ।
नारीवादी चिन्तन
नारीको उत्थानको लागि मरिमेटी आफ्नो साहित्यिक कलम चलाउने नारीहस्ताक्षर कृष्णादेवीको यस सङ्ग्रहमा नारीको उत्थानको लागि आह्वान कहाँ कमि हुन्थयो र ? हेरौं एक दुई गजलका शेरहरू –
भोर भयो नारी उठ निद त्यागी
जटौं एक ढिक्का बनी सर्ब जागी
गजल ३९ पृष्ठ ३९
आउन नारी सब एक ठाउँ
सन्देस आन्दोलनको फिजाउँ
गजल ५९ पृष्ठ ५९
नारीलाई भोर भइसक्यो उठौं जुटौ, सबैले सबैमा समनताको व्यवहार गरौं, नारी तमासेको रूपमा प्रदर्शित नबनौं, आफ्नो हकहीत मागेर मिल्दैन, सघाएर सजाएर पूर्णतामा पुगौ, नमात,ी नबनी घाती, मेलमिलाप गर्दै, एकतामा जम्दै अघि बढौंंको आह्वान सहित नारीले दुःखलाई, पिउन परेको, आत्मलाई दुखाउन परेको छाती तिरष्कारदेखि फाटेको , नदिको किनारासरि नारीको खिइदो अबस्था आदि आदि मर्ममा रहेर पनि नारी राष्ट्रको भारी हुन नहुने र आफ्नो हक हितको लागि नारीले आज आन्दोलनको बाटो खोज्नु परेको छ भन्ने सन्देश गजलले दिएको छ । गजलकारको चाहना सवल र सक्षम नारीको परिकल्पना हो ।
आजको नेतृत्व वर्ग र गजलसङ्ग्रह
देश सञ्चालन गर्ने शक्ति भनेको नेतृत्व वर्ग हो । सक्षम नेतृत्वले देशको विकास हुन्छ, राष्ट्रको गौरव बढ्छ जनताले राहत पाउँछन् । जुनदेशको नेतृत्व तथा राजनेतामा देशप्रति चिन्ता छैन, भ्र्रष्ट आचारण छ, नैतिकता भेटिदैन, राष्ट्रियता छैन, नातावाद र कृपावाद छ भने त्यस देशको विकासको परिकल्पना पनि गर्न सकिदैन । गजलकारले सेता नेतामा मन धमिलो देख्नुहुन्छ ,कर्ममा ख्याल नगर्ने पाउनु हुन्छ, उस्तै परेमा धरतीलाई दाउमा राख्ने, नचाँहिने चिजमा चर्काचर्की वहस् गर्ने, जनतालाई विभाजित पार्ने, जनताले चुनेर पठाएको यथार्थतालाई भुलेर पदको लागि मर्ने, सुकर्तव्यको वोध नभएको आदि धेरै कमीकमजोरी नेतामा पाउनु हुन्छ र लेख्नु हुन्छ –
जहाँ पेट भर्ने रमाएर बाँच्ने
उही राष्ट्रलाई सताएर नाच्ने
गजल ५६, पृष्ठ ५६
जनादेशको अर्थ बिर्सेर होला
पदै निम्ति मर्नेहरूले सताए
गजल ६४, पृष्ठ ६४

हत्याहिंसा र गजलसङ्ग्रह
समसामयिकतामा लेखकले आफ्नो भूमिका निभाएकै हुन्छन् । कृष्णाजीले पनि देशमा भएको आन्दोलनबाट पीडित जनताले आज पनि कुनै न कुनै प्रकारको हत्या हिंसाबाट मुक्ति पाउन सकेका छैनन् भन्ने धारणा गजलमा राख्नु भएको छ । शान्तिप्रिय नेपालीको चाहना शान्तिमा बाँच्ने हो तर राज्यले जनताको चाहना पूरागर्न सकेको छैन । कहिले अपहरण भएका घटना देखिन्छन् त कहिले बाटो बन्द गरिन्छन् त कहिले चोरी डकैती, कहिले चर्का नारा आदि आदिले जनतालाई सताइएको छ भय आतङ्क बढ्दो रूपमा छ–
हत्या हिंसा परिसरभरी छैन आतङ्क घट्दो
चढ्दो–बढ्दो भय सकस यो उर्लदो छालमा छ ।
गजलकारले स्रष्टा र राजनेताप्रति श्रद्धाञ्जली
नेपालमा गजल भित्र्याउने स्रष्टा मोतीराम भट्टको १४७ जन्मजयन्तीको अवसरमा मोतीलाई रत्न हौ, तिमीले माधवीको सवारी चलायौ, भानुजस्तै भएर उदायौ भन्दै शब्दथुङ्गाबाट श्रद्धाञ्जली चढाइएको छ । नेपाली राजनीतिका सन्त नेता तथा भू.पू. प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनमा, उहाँलाई सन्तधारी, शान्त, सर्बत्यागि, स्वेच्छाचारी, दूरदर्शी, कर्मनिष्ठ, प्रजातन्त्रका शास्त्रवेत्ता, तिमी स्वर्गमा गयौ तर यहाँ विलौना छ भनि शोक मनाइएको छ । यसरी नै भू.पू प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको निधनमा गिरीजाबाबुप्रति, शान्तिका दूत, यो राष्ट्र नै शोकाकुल भएको, लोकतन्त्री रथका सारथी, भाषा, भेषलाई नियास्रा पारेर गएको मा वितृष्णा छ मनमा विभत्सी छु , प्रशस्ति के गाउँ भन्दै विलौना गरिएको छ, ।
गजलमा विविधता
यस गजलसङ्ग्रह विविधताले भरिएको छ । सर्बप्रथम पीडाले भरिएका गजलहरूले सबैलाई पीडा वोध गराउँछ भने वेथिति विसङ्गतिका गजलले देश र जनताले भोग्नपरेका यथार्थतालाई प्रष्ट्याउने काम गरेको छ । धन साधन हो साध्य होइन, ईश्वरीय स्मरण, रातमा दैत्यमात, रक्तहात, लासको खातआदि त्रसादीबाट मुक्ति पाउन चाहिने प्रभात, छोराछोरीमा विभेद रहति समनताको व्यवहारको चाहना, समाजमा परिवर्तनको चाहना, जीवन र जगतको यथार्थ वोध, कर्मको वोध, घात, प्रतिघात, सम्झनु पर्ने राम मानिसलाई मोहनी लाउने दाम, सबैलाई चाहिने माम, सबैले ख्यालगर्नु पर्ने यामको महत्व, र मानिसले कमाउन पर्ने नाम जस्ता विविध विषयबस्ुतलाई समेटिएको र विविध पक्षमा गजलकारले आफ्ना धारणा पोखेको पाइन्छ ।
गजलमा प्रयोग भाषाशैली –
भाषा शिष्ट, सरल, लयात्मक, गायत्मक छ । गजलका तत्वहरूमा पनि ध्यान दिएको पाइन्छ ।
अन्त्यमा कृष्णादेवीका गजलहरू स्तरीय छन् । गजलमा विविधता छ, राष्ट्र, राष्ट्रियता, प्रेमप्रणय, सामाजिक विकृतिविसङ्गति, आत्मपीडा, देशपीडा, सामन्ती संस्कार, लोकतन्त्रप्रतिको चिन्ता, नारीस्वतन्त्रताका कुराहरू, जातीय समानता, छोराछोरीमा विभेद हुननहुने आदिलाई समेट्दै बहरमा लेखिएका गजलकोे प्रस्तुतिलाई अनुकरणीयरूपमा लिन सकिन्छ । यस्ता बहरमा लेखिएका गहन गजलका गजलकारलाई बधाइको साथै थप कृतिको चाँडै पढ्न पाउने आशाराख्दै विदा चाहान्छु ।

कावासोती नगरपालीका वार्ड नं ७, शान्तिचोक, नवलपरासी

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 भाद्र, 2071

लेखकका अन्य रचनाहरु