रङ थरी थरीका

- इन्द्र्कुमार श्रेष्ठ सरित्

देख्न त मैले उसलाई धेरै चोटि देखिसकेकै हु“ । तर भीडमा देखिने प्रत्येक अनुहार परिचित हुन्नन् आत्मीय हुन्नन् अनि चासोको विषय पनि हुन्नन् । ऊ अर्थात् दीलबहादुरलाई मैले यस अघि नामले चिनेको थिइन“ भीडमा देख्नुबाहेक । मैले भाग लिएका अधिकांश सांंस्कृतिक कार्यक्रमहरुमा जहिल्यै उसलाई दर्शक दीर्घाको अग्रपंक्तिमा मैले देख्दै आएको थिए“ । तर एउटा कलाकारले एउटा दर्शकलाई हेर्ने हेराईबाहेक ऊप्रति मेरो अरु कुनै चासो थिएन, उत्सुक्ता थिएन । किनभने औपचारिक रुपमा हामी एकअर्काका लागि अपरिचित थियौं ।
ऊ अर्थात् दीलबहादुर— मतुवाली अनुहारमा एक मुठा जु“गा भएको अर्धबैंसे मान्छेलाई मैले नियालिरहें । कदकाठीको दृष्टिले औसतमा गणना हुने यो साधारण मान्छे कसरी योविधि असाधारण हुनसक्छ ? मैले सहजै पत्याउ“नै सकिन“ । तर नपात्याउनका लागि पनि मस“ग कुनै कारण थिएन , बहाना थिएन । माने पनि नमाने पनि यो साधारण मान्छेभित्रको असाधारण मान्छेको अस्तित्वलाई स्वीकार गर्नुको अर्को बिकल्प थिएन । तर मेरो मनले मानिरहेको थिएन— के यो हुनसक्छ ? कसरी यो हुनसक्छ ?
दीलबहादुरतर्पm पिठ्यू गरेर बसेको आशीष मतिर फर्केर कैलो जु“गा चलाएर मुसुमुसु मुस्कुराईरहेको थियो । उसको मुहारमा व्याप्त खुशी, ओंठमा नाचिरहेको पारिलो मुस्कान र अ“ाखाले बोलिरहेको यथार्थको भाषालाई पढ्दा दीलबहादुर मेरो अगाडि झनै ठूलो रहस्यको पहाड बनेर अग्लिंदै गइरहेको थियो । दीलबहादुरकी श्रीमति निवेदिता पार्टीकै जिल्ला सदस्य रहिछिन् । दीलबहादर अधिकांश समय बैदेशिक रोजगारीइको सिलसिलामा बिदेशमै रहे तापनि स्वदेश आएको बेलामा चाहिं श्रीमतीकै आग्रहमा ऊ पनि जनबादी सांस्कृतिक कार्यक्रमहरु ह्ेर्न आउ“दो रहेछ । तर त्यत्ति सानो यथार्थले जीवनमा यत्ति ठूलो निर्णय लिन सकिन्छ र ?
‘सकिंदोरहेछ, दर्शनजी, सकिंदोरहेछ । त्यसको प्रत्यक्ष प्रमाण म यहीं छु ।’—खुशीले धपक्क बलेर कानकानसम्म सोहोरिएर मुस्कुराउ“दै आशीषले भन्यो ।
‘मम्मीलाई त मैले धेरै अगाडिदेखि नै चिनेको हु“ । मम्मी र मेरो पार्टी हैसियत पनि एउटै हो । व“ा’ भूगोलमा खट्ने भए पनि जनबादी गीत संगीत भनेपछि हुरुक्कै हुने । तेसैले भ्याएसम्म यस्ता कार्यक्रम व“ा’ ले कैलै छुटाउनु भएन । यै’ क्रममा हाम्रो चिनाजानी भयो । मैले मेरा जम्मै कुरा वा“’ समक्ष राखें । व“ा’ ले ती कुरा बाबास“ग गरेर मलाई जवाफ दिन्छु भन्नुभयो, दर्शनजी । ’— मेरो अन्यौल, उत्सुक्ता र अविश्वासको बादल हटाउनलाई आशीषले घटनाको पृष्ठभूमि मलाई भनिरहेको थियो ।
आशीषलाई मैले २०६१।६२ को १९ दिने जनआन्दोलनस“गस“गैभन्दा पनि अलि पछि चिनेको हु“ । घरबार छाडेर जनयुद्धमा होमिएको दुव्लोपातलो ठिटोको बास्तबिक परिचय मैले निकै पछिमात्र थाहा पाएको हु“ । सुमधुर स्वरको धनी आशीषले गाउन थालेपछि उसको स्वरमाधुर्यमा नलठ्ठिने स्रोता सायदै हुन्छन् होला । सादा जीवन उच्च विचार बोक्ने यो ठिटोलाई म नजिकैबाट नियाल्छु, ऊ मलाई धेरै चिने चिनेजस्तो लाग्छ । तर मेरो मनमा उसलाई कहीं कतै नचिनेको भाव पनि ब“ाकी रहिरहन्छ नै । यात्रामा, चिया गफमा, फुर्सदमा जह“ातही“ र जहिले तहिले ऊ आपूmले जनयुद्ध किन लडियो र नय“ा नेपाल बनाएर देश र जनताको मुहार फेर्न के के गर्नुपर्छ भन्ने कुरामै केन्द्रित हुन्थ्यो, कुरा गर्न मन पराउ“थ्यो । शोषण, असमानता र गरिबीको अन्त्य गरेर राजनैतिक परिवर्तनस“गस“गै सामाजिक परिवर्तन अनि सांस्कृतिक रुपान्तरणका लागि संस्कृतिकर्मीहरुले खेल्नुपर्ने भूमिका र व्यवहारमा लागू गर्नुपर्ने आचारसंहिताका बारेमा ऊ हरेक बैठकहरुमा कुरा उठाइरह्को हुन्थ्यो । आशीष, म र स्वपनिलका बीचमा प्रायःजसो यिनै विषयहरुमा बहस र छलफल भैरहेको हुन्थ्यो । जाडो महिनामा शर्मिष्ठाले अधुवा हालेर बनाएको कालो चिया सुरुप्पपार्दै आशीष आप्mनो अडानबाट झन टसमस हु“दैन थियो ।
झट्ट हेर्दा आकर्षणको खासै केन्द्र नभएको आशीषमा क्रान्ति र परिवर्तनप्रतिको माक्र्सवादी सिद्धान्त चट्टानभैंm बलियो रुपमा बिद्यमानरहेको उसको व्यवहार र जीवनशैलीले पनि बताउ“थ्यो । देश र देशबासीस“ग ग“ासिएका बाहेक उसको अर्को कुनै चाहना थिएन, सपना थिएनन् । क्रान्ति, परिवर्तन र साम्यवादको शिखरसम्मको समर्थनमा तर्क र बहसगर्न ऊ कहिल्यै पछाडि हट्दैन थियो ।
पार्टीले नै व्यवस्था गरिदिएको राजधानीको एउटा अ“ध्यारो गल्लीस्थित अ“ध्यारो अनि चिसो छि“डीमा ऊ आप्mनी आमा र बहिनीस“ग बस्थ्यो । पहिलोपटक म उसको डेरामा पुग्दा उसले पनि पहिलो पटक आप्mना साथीहरु गुमाउ“नु पर्दाको क्षण सम्झेर ऊ निकै भावुक भएको थियो । ऊ पनि मेरो डेरामा आइरहन्थ्यो । तर शर्मिष्ठाले बनाएर दिएको चिया, खाजा वा खाना खाएपछि उसले जहिल्यै जूठा भ“ाडा माझेरमात्रै जान्थ्यो ।
आठ कक्षामा पढ्दापढ्दै जनयुद्धमा होमिएपछि उसको पढाई छुटेको थियो । त्यसैले अबका खुल्ला दिनहरुमा ऊ पढ्न चाहन्थ्यो । बाबु नभए तापनि नागरिकताको प्रमाणपत्र बनाएर ऊ नेपालको नागरिक हुन चाहन्थ्यो । तर एकातिर पार्टीको जिम्मेवारीले सधैं व्यस्त हुनुपर्ने र अर्कोतिर आमाको समेत नागरिकता नभएकोले आशीषको दुबै चाहना पूरा भइरहेका थिएनन् । जीवनमा भोग्नु परिरहेको गरीबी र अभावस“ग उसको कुनै गुनासो थिएन । तर शिक्षालाई निरन्तरता दिन नपाउनु र नागरिकता बनाउन नसक्दाको पीडाले उसलाई घोचिरहेको थियो, दिनरात लखेटिरहेको थियो । अन्तरंग साथीको हैसियतले उसले आप्mनो छटपटी मस“ग धेरैपटक व्यक्त गरिसकेको थियो ।
तर समय रातारात बदलिएछ, साइनो बदलिएछ, आर्थिक हैसियत पनि बदलिएछ । बिगतलाई फर्केर हेर्ने दृष्टिकोण हिजोको जस्तो संलो नभएर सिसामा कपाल देखिएजस्तोगरी केही केही बदलिएछ । मैले नियालेर हेरिरहें यो आशीषलाई । अहो ¤ उसको शारिरीक रुपमै परिवर्तन भैसकेछ । हिजोको लुरे अनि ख्याउटे आशीष आजको ह्ष्टपुष्ट आशीषको रुपमा उभिएर उही कानकानसम्म सोहोरिएर मुसुमुसु मुस्कुराउ“दै मेरो अगाडि उभिएको थियो ।
‘मित्र ¤ तपाईं त पूरै बदलिनु भएछ । ’— मैले आश्चर्य र खुशी एकैपटक व्यक्त गरें ।—‘ तपाईंको त स्वास्थय पनि धेरै राम्रो भएछ । ’
‘हो मित्र ¤ समय सधैं एकैनासको रहन्नरहेछ । ’— तातो कफी सुक्र्याउ“दै आशीषले भन्यो ।

आशीषस“ग बिदा भएर घर फर्किंदा पनि मलाई विश्वास लागिरहेको थिएन दीलबहादुरले छोरो बनाएर आशीषको नागरिकता निकालिदिएछ, आप्mनै घरमा बास दिएछ, मोटर साइकल पनि किनिदिई सकेछ । गरिखाने बाटो पहिल्याउ“न ठूलै रकम खर्च गरेर च्याऊ खेती समेत सुरु गरिदिएछ । यो भेटको करीब तीनचार महिनापछि आशीषस“ग भेट हु“दा ऊ पल्सर बाइक चढेर, अ“ाखामा कालो चश्मा लगाएर र हातमा पचास पचपन्न हजार पर्ने मोबाइल बोकेर आएको थियो ।
‘दर्शनजी, म त अब नेपाल बस्दिन होला । ’
‘किन ? के भयो र तेस्तो देशै छाड्नुपर्ने ?’
‘खै, न त पार्टीले हाम्रो कदर गर्न सकेको छ न त आर्थिक रुपले हाम्रो भविष्य नै सुरक्षित छ । जुन पार्टीका लागि ज्यानको बाजी लाएर लडियो आज तेही पार्टीमा गैर व्यक्तिहरुको हालीमुहाली छ । यस्तो अवस्थामा नेपालमा बसेर के गर्नु , दर्शनजी ।’—आशीष गमगीन मुद्रामा बसिरह्यो । तर मैले केही बोलिन । आशीषको कुराको प्रतिक्रियामा बोल्नका लागि मस“ग थुपै्र कुरा थिए । तर कताकता आशीषको कुरा मलाई चित्त बुझेन । माक्र्सवादी सिद्धान्तलाई व्यक्तिश्वार्थभन्दा माथि राखेर सामाजिक श्वार्थ र राष्ट्रिय श्वार्थमा आकण्ठ डुबेर त्यही अनुरुपको कार्यगर्ने र सधैं गर्न चाहने आशीषमा आएको यो वैचारिक विचलनले मलाई चिमोटीरह्यो, दुःखी बनाईरह्यो, मन घाइते भएको अनुभूतिले सताईरह्यो ।

त्यसपछिका दिनहरुमा ऊस“गका भेटघाटहरु पातलिन थाले । देखे पनि उसले नदेखेजस्तो गर्न थाल्यो । उसको चरित्रलाई लिएर पनि समाजमा नकारात्मक टिप्पणीहरु सुनिन थाले । यी चर्चामा के कति सत्यता थियो यो ऊ बाहेक अरुलाई थाहा हुने कुरै भएन । कसैले यस विषयमा उसलाई प्रत्यक्ष रुपमा सोधे वा सोधेनन्, त्यो त थाहा भएन तर उसले पनि यस बारेमा कहिल्यै कसैलाई प्रष्टिकरण दिएन । मलाई यस्तै लाग्थ्यो । तर विचार, सिद्धान्त, पार्टी र जीवनको उद्धेश्य चटक्कै भुलेर उसको सोंचाई नै गलत दिशातिर मोडिएपछि ऊ पैसा र विलासिताको पछि भाग्न थालेको सत्य अब कसैबाट लुकेको थिएन । आजभोलि उसलाई देख्दा मलाई सोध्न मन लाग्छ, ए आशीष ¤ देश र जनताको मुक्तिका लागि तिमीले नै दशबर्षे महान जनयुद्ध लडेका थियौ त ? तर मलाई थाहा छ, मैले यो प्रश्न सोधिहाले तापनि आशीषले यसको जवाफ दिने छैन बरु ऊ र मबीच रहेको ब“ाकी मित्रतामा पनि उसले पूर्णबिराम लाउ“नेछ ।
पार्टी, मोर्चा र जनबर्गीय संगठनहरुको बैठक, भेला व जुलुसहरुमा म उसलाई खोज्थें तर ऊस“ग भेट हु“दैन थियो । फोन गर्दा उसको मोबाइल अफ भएर सम्पर्क हुन सक्दैन थियो । आशीषस“ग लामो समय भेट नहु“दा ऊप्रति उठिरहेका प्रश्नहरुको जवाफ नपाएर मेरो मनमा एक प्रकारको उकुसमुकुस र छटपटी बढिरहेको थियो । मित्रताको दृष्टिले आशीष, म र स्वपनिल त जनयुद्धका दिनदेखि नै एक छौं । तर खै ऊमा आएकोले परिवर्तनले हाम्रो मित्रतालाई पनि ओझेलमा पारेर हो कि उसले आप्mनो मनको कुरा मलाई वा स्वपनिललाई पनि भन्न जरुरी ठानेन ।
एक दिन बिहानको चिया पिउ“दै दैनिक पत्रिका पढिरह“दा अचानक एउटा समाचारमा अ“ाखा प¥यो । समाचारको सार यस्तो थियो — .......... पार्टीका कार्यकर्ता आशीषले आपूmलाई छोरो बनाएर आश्रय दिने आमा निवेदितालाई नै घरमा कोही नभएको बेलामा पैसाको प्रलोभनले हत्या गरेर फरार रहेकोमा सुराकीको सुराकको आधारमा प्रहरीद्वारा आशीष पक्राउ.....................????
प्िित्रकामा छापिएको खबर मैले पढिनसक्दै स्वपनिलको नम्बर डिस्प्लेहु“दै मेरो सेल फोन लगातार बज्न थाल्यो । फोन नउठाई धरै पाइएन । फोन उठाउनासाथ उताबाट आश्चर्य र दुःखले भरिएको स्वपनिलको स्वर सुनियो ।
‘दर्शनजी, के स“ाच्चै आशीषले यस्तो दुष्कर्म ग¥यो होला त ?’
‘खै, के भन्न सकिन्छ र ? उसैले सत्य नबोलुञ्ज सत्य कसरी बाहिर आउला र ? कतै उसलाई कसैले फसाउनु त फसाएन ?’
‘हुन पनि सक्छ । अनि , दर्शनजी, अर्को कुरा पनि थाहा पाउनुभयो ?’
‘के कुरा स्वपनिलजी ?’
‘आप्mनी श्रीमतीको हत्या भएको र अपराधीको रुपमा आशीष पक्राउ परेको समाचार सुन्नेबित्तिकै दीलबहादुरले त बिदेशमै आत्महत्या गरेछ नि, था’ पाउनु भो ?’
मैले कुनै प्रतिक्रिया व्यक्त गर्न नपाउ“दै टु“टटु“टगर्दै स्वपनिलको फोन डिस्कनेक्ट भैसकेको थियो । मेरो हातबाट चियाको कप भूइ“मा खसेर चकनाचुर भइसकेछ । सागरजत्रो छाती भएको एउटा साधारण मान्छे तर असाधारण मन भएको दीलबहादुर र उसको परिवारको यो नियतिले मलाई स्तव्ध बनाईरह्यो, मन कटकट खाईरह्यो, असह्य पीडाले दुखिरह्यो । मोबाइल हातमा बोकेर म शून्यमा टोलाईरहें । उफ ¤ आशीष, यदि तिमीले नै यो गरेका होैभने किन ग¥यौ ? के का लागि ग¥यौ ? यस्तो गरेर आखिर के पायौ त तिमीले ? आर्थिक अभावलाई तिमीले जितिसकेका थियौ । यो बेला त तिमी झन दृढ भएर आप्mनो उद्धेश्य प्राप्तिका लागि अघि बढ्नुपर्नेमा, उफ ¤ हामी साथीहरुलाई कस्तो मर्माहत पा¥यौ, आशीष तिमीले ।
‘के सोचिरानु भॉ हौ ?’— शर्मिष्ठाको स्वरले झस्किन्छु म ।
‘दूधको चिया खाने भन्नु भा’ होइन ? म दूध ले’र आउ“छु है । ’
‘भो, शर्मिष्ठा । चिया कालो नै बनाऊ बरु दूध ल्याउने पैसाले साग किनेर ल्याउन । एक छाक तरकारी तेसैले टर्छ । ’—
आशीषको खबर शर्मिष्ठाले आपैm पढेर थाहा पाउन् भनेर पत्रिका शर्मिष्ठाको छेउमा राखिदिए“ । किनभने आशीषलाई आप्mनै भाईसरह ठान्ने शर्मिष्ठालाई आशीषको खबरले मर्माहत पार्नेछ भन्ने मलाई थाहा थियो । उकुसमुकुस भयो मलाई । के भनू“ के भनू“ भयो त्यसैले शर्मिष्ठास“ग थप केही कुरा नगरी म त्यह“ाबाट जुरुक्क उठें र जुलुसमा जानका लागि म पार्टीको ठूलो रातो झण्डा लिन घरभित्र पसें ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 28 श्रावण, 2071

लेखकका अन्य रचनाहरु