हैसियत गजलसङ्ग्रह नियाल्दा

- सदानन्द अभागी

हैसियत भन्दा सामाजिक, आर्थिक, शक्ति, क्षमता, सामाथ्र्य, योग्यता, इज्जत, धनसम्पत्ति, मानमर्यदा आदिको सकरात्मक वा नकरात्मक स्थितिलाई अथ्र्याउँछ तर यहाँँ मैले एक सामर्थवान गजलकार, पुष्प अधिकारी अञ्जलि द्वारा सम्पादित दुई ओटा हैसियत संयुक्त गजलसङ्ग्रह २०७१ भाग १ र २ लाई हातमा लिएर अध्ययनमा लागि रहेछु र यी गजलसङ्ग्रहको हैसियत केलाउनु भन्दा पहिला पुष्प अधिकारी अञ्जलिले नेपाली साहित्यको क्षेत्रमा खासगरेर गजलकार जन्माउने र गजलका कृतिहरूलाई संयुक्तरूपमा प्रकाशन गरेर पाठकसम्म पु¥याउने अथक प्रयासका धावक भएर आपूmलाई समर्पित गरेका छन्, तिनको यो गहन कामको म हृदय देखि नै प्रशंसा गर्दछु र उनको यस प्रकारको काममा कलम कहिल्यै नथाकोस् भन्दै उनले एकल र संयुक्तरूपमा प्रकाशमा ल्याएका कृतिहरूको विवरण यहाँ प्रस्तुत गर्दछु –
पुष्पका एकल अमर कृतिहरू
मनभित्रको मन (गजलसङ्ग्रह,२०६१), स्वप्नील नयन (गजलसङ्ग्रह, २०६२), एक अञ्जुलि घाम (मुक्तकसङ्ग्रह, २०६३), जून फुलेको बस्ती (मुक्तकसङ्ग्रह ,२०६६), मनको तृष्णा (हाइकुसङ्ग्रह, २०६९) र म कवितामा देश खोजिरहेछु (कवितासङ्ग्रह २०६९)पर्दछन् भने यिनले गजल कृतिहरू र गजलकार जन्माउने क्रममा सम्पादन गरेका अमर संयुक्त कृतिहरूमा गजल बिम्ब (संयुक्त राष्ट्रिय गजलसङ्ग्रह २०६२), गजलदीप (संयुक्त राष्ट्रिय गजलसङ्ग्रह २०६३), गजलयात्रा (भाग– १, २०६४), गजल यात्राा (भाग–२, २०६५), समयका स्वरहरू (संयुक्त राष्ट्रिय कवितासङ्ग्रह २०६६) गजलगङ्गा (संयुक्त राष्ट्रिय गजलसङ्ग्रह २०६६), समकालिन नेपालीगजल (२०६८), ई प्रतिनिधि नेपाली गजल (२०७०) र हैसियत (संयुक्त गजलसङ्ग्रह –२०७१) हुन् । पुष्प अधिकारी अञ्जलिको सम्पादनमा हाम्रो मझेरी र पुष्पाञ्जलीजस्ता उच्च हैसियत भएका राष्ट्रियस्तरका प्रत्रिकाहरू पनि हामीले पढ्न पाइरहेका छौं । पुष्प अधिकारी अञ्जलि वहुआयमिक व्यक्तित्वका धनी तथा गजलकार, मुक्तककार, हाइकुकार, कवि, लेखकको रूपमा लगातार लागिपर्ने नेपाली गजललाई उच्चाइमा पु¥याउन लागि पर्ने एउटा स्रष्टा हुन् उनको योगदानको बारेमा जति लेखे पनि कमि नै हुन्छ ।
हैसियत के हो ? र किन
सम्पादक पुष्प अधिकारी अञ्जलिले आफ्नो सम्पादकीयमा हैसियत के हो र प्रकाशन किन गर्नु प¥यो भन्ने सम्बन्धमा लेख्नुहुन्छ– ‘वर्तमान समयको ऐतिहासिक चरणमा उभिएको यस गजल विधाले जुन सर्वव्यापकता र लोक प्रियता प्राप्त गरिरहेको छ, त्यसको अस्तित्व बचाउन र भोलिका पुस्ताहरूलाई समेत नेपाली गजलको इतिहास लेख्न र यसका बारेमा बहस गर्न सजिलो होस् भनेर नै हामीले यो हैसियत प्रकाशन गरेका हौं । नेपाली गजलको इतिहासमा एउटा थप दस्तावेज हो हैसियत । हैसियत कसैसँगको वा कुनै पनि गजलसङ्ग्रहका प्रतिस्पर्धा होइन । गजल लेख्ने तपार्इँ ÷ हामी सम्पूर्ण गजलकारहरूको अस्तित्व र सम्मान समान हुनुपर्दछ । यही मूल्य र मान्यताको एउटा स्वरूप हो हैसियत ।
हैसियतप्रति विभिन्न गजलकारहरूको धारणा
शुभकामना प्रदान गर्ने गजलकारहरूमा बूँद रानाले गजलका शेरबाटै दिनु भएको छ हेरौं उहाँको एक शेर
छताछुल्ल पोखिरहे हैसियत आफ्नो आफ्नो
पोखे हुन्छ वेधडक कैफियत आफ्नो आफ्नो
शुभकामनामै प्राध्यापक डा. कृष्णहरी बराल लेख्नुहुन्छ –‘अहिले गजलसङ्ग्रह प्रकाशन पनि युद्धस्तरमा भैरहेका छन् । शेखर अस्तित्वले ‘भरिया दाइको निधारमा टल्केको पसिनाबाट गजलको मूल फुटेको देख्नु हुन्छ । गोविन्दराज विनोदीले यस गजलसङ्ग्रहमा मुलुकको समकालिनतालाई विषय बस्तु बनाएर गजल लेखेको पाउनु हुन्छ । केशवराज आमोदीले गजलको इतिहासमा ‘हैसियतले’ ठूलो हङ्गामा लाउने ठान्नु हुन्छ । धनराज गिरीले विश्वभरि नै नेपाली गजल लोकप्रिय भएको मान्नु हुन्छ र प्रवासका अक्षरहरूको उदाह।रण दिनुहुन्छ । धनेन्द्र ओझाले पुष्प अधिकारी अञ्जलीलाई अत्यान्त सक्रिय र जिम्मेवार स्रष्टा ठान्नुहुन्छ । रमेश प्रभातले यो गजलसङ्ग्रहलाई नेपाली गजलका लागि अनुपमप्राप्ति बन्ने विश्वास मान्नु हुन्छ । मलाईल लाग्छ बास्तवमा यस गजलसङ्ग्रहमा नवगजलकारको बाहुल्यताले छाएको छ । नवयुवायुवती गजलकारहरू लेखनमा लागिरहे भने अवश्य पनि भोलीको गजल लेखनमा एउट ा सुन्दर माहौल खडा हुनेछ र गजल लेखनमा तीब्रता आउने छ ।
कृतिको संरचना
दुई ओटा ‘्हैसियत’ संयुक्त गजलसङ्ग्रह २०७१भाग १मा ३६ओटा गजलकारका ८६३ गजलहरू समावेश गरिएका छन् । यी गजलहरूमा २ ओटा गजलहरू ३शेरमा निर्मित छन् भने अरु गजलहरू ५शेरबाट निर्मित छन् । हैसियत प्रथम आवरणपृष्ठ सहित ४७१ पृष्ठको सङ्ग्रह छ । हैसियत द्वितीय ३७ ओटा गजलकारका ८७८ ओटा गजलहरूले भरिएको छ यसमा पनि ३ शेरका गजलहरू ३ ओटा समावेश छन् अरु सबै गजलहरू ५शेरले निर्मित छन् । कृति ४७८ पृष्ठको छ । दुबै कृतिको प्रकाशन हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुर चितवनले प्रकाशन गरेको छ भने सम्पादन पुष्प अधिकारी अञ्जलिले गरेका छन् । प्रति संयुक्त गजलसङ्गको्र मूल्य रु ६७५÷–का दरले राखिएको छ ।
सहभागी गजलकारहरूको विवरण
हैसियत संयुक्त गजलसङ्ग्रह २०७१ भाग १ मा ३६ओटा गजलकारहरूका गजलहरू समावेश गरिएका छन् र ती गजलकारहरू यस प्रकार छन् – प्रमोद खनाल ‘अञ्जान यात्री’, अजयकुमार शाह ‘पारस’, इन्धन डि.बी. भण्डारी, उर्मिला कोइराला ‘‘आँसु’’, ईश्वर कुमार पौडेल ‘सवुत’’, ‘कमल प्रसाद खनाल ‘‘जलन’’, कृष्ण शाही ‘‘किरण कालीकोटे’’ केशवकुमार चापागाई, गणेश स्मृति रोकाया, ज्ञान तरामु ‘‘प्रतिबिम्ब’’, चन्द्रा बुढा, जे सागर (जयराम पराजुली), टीकाराम सिंह, दीप मिलन, देव आवारा, निश्चल प्रेमी ‘‘कान्छा’’, प्रकाशमणि खनाल, पवन घर्र्ती मगर, पुष्प अधिकारी ‘ अञ्जलि’, बाबु देवकोटा, बी.एस् पृथक, विवश ज्ञावली ‘‘असफल’’, विमला शर्मा, ढुङ्गाना, भूपेन्द्र वि.सी, रहस्य विक्रम चिमरिया, रोहित मगर, रविन्द्र शाही (आर.एस् विद्रोही) रमेश भट्ट ‘‘साधु’’, लक्ष्मण मिलन विष्ट, सुनिता खड्का ‘‘स्पन्दन खड्का’’, रविन घिमिरे ‘‘सहयोगी रविन’’, सरस्वती लामिछाने, सङ्कल्प चन्द ठकुरी, सवित्रा लुइटेल घिमिर, सुनिल स्पन्दन र सौगात गजमेर ‘मात्र’ ।
हैसियत संयुक्त गजलसङ्ग्रह २०७१भाग २ मा ३७ ओटा गजलकारहरूका गजलहरू समावेश गरिएका छन् र ती गजलकारहरू यस प्रकार छन् – भण्डारी दाइ ‘अचम्म’, अविनाश डी.एस, अनिता भण्डारी पौडेल, तिलक भट्टराई ‘अञ्जान तिलक’, कला तिवारी ‘अञ्जली कला’, इन्द्रसुर वेलटारे, कल्पना पौडेल ‘जिज्ञासु’, कमल अर्याल ‘धादिङ्गे’, कुमार श्रेष्ठ ‘यात्री’, कोमलप्रसाद भट्ट, गोविन्द भावुक, ज्ञानप्रसाद अधिकारी ‘अनन्त’, छवि चालिसे, जनक कडायत(केसी), तुलाराम कँडेल ‘निछल’, दान राई ‘झरी’, दुर्गा वनवासी शिवाकोटी, धनगिरी प्रदेश (आफन्त), निर्मला अर्याल, प्रमोद रिजाल ‘वसन्त’, प्रेमप्रसाद चापागाई, बज्रकुमार थुलुङ राई, विनोद पौडेल ‘यात्री’, विमला अधिकारी देवकोटा, मानन्धर अभागी, मीनु रिजाल ‘समर्पण’, युवराज सुवेदी, राधा गौतम (भट्टराई), राधिका कुइकेल (खनाल), रामचन्द्र बस्याल‘विखर्ची राम’, राजकुमारी खड्का, रूपेश अनमोल, लक्ष्मण तिवारी, लोकराज अधिकारी, सागर सिल्वाल, सुमित्रा अधिकारी, (धिताल) ‘सिरू’ र सुशीला पौडेल ।
गजलका अवधारणाहरू
यस हैसियत गजलसङ्ग्रहका सम्पादक पुष्प अधिकारी अञ्जलिले आफ्नो हैसियत साहित्यिक क्षेत्रमा के कति छ भनेर स्वनिर्मित(रचित) कृतिहरू तथा सम्पादन गरिएका कृतिहरू मार्फतबाटै प्रदर्शन गरि सक्नु भएको छ । यसरी नै उनले सम्पादन गरेको यस गजलसङ्ग्रहभित्रको हैसियत कस्तो छ त ? भन्दा यसमा युवा युवतीले गजलमार्फत आफ्नो प्रतिभाको वेतोड् हैसियत प्रर्दशन गरेका छन् । यस गजलसङ्ग्रहको महत्वपूर्ण पक्ष भनौ या उपलब्धी भनौ, देशभरिका युवाहरुलाई समेटेर राष्ट्र या अन्तराष्ट्रीय क्षेत्रमा नेपाली साहित्यलाई गजलमय बनाउनु नै हो । अधवैंसेहरूको पनि कमि छैन, अध्यवैंसेहरूको अनुभव र अनुभूति यहाँ प्रस्तुत भएको छ । कोमलप्रसाद भट्ट गजलकार तथा ३४ बर्षसम्म शिक्षण अनुभव बटुलेका एक प्रौढ अनुभवी तथा धाराप्रवाह साहित्यिक लेखक जसका रचना मझेरी डटकम तथा फेसबुकमा हामी अध्ययन गरिरहेका हुन्छौलाई पनि यसमा समेटिएको छ ।ं हैसियतका गजलहरूमा कलात्मक, भावनात्मक, गुणात्मक, विवेकतात्मक, मानवीय भावना, राष्ट्रियताका धारणाहरू, नारीवादी चिन्तन, प्रेमप्रणयका सूत्रधार, अधिकारको खोजी, सुख दुःखको अनुभूती, मिलन र विछोड, वेरोजगार, नैतिकताको खोजी, विदेशको अनुभव, देशले भोगेको द्वन्द्व, द्वन्द्वले पारेको असर, संविधान निर्माण, न्यायको खोजी, विसङ्गति, विकृतिप्रतिको कटाक्ष, कतै भाग्यवादी सोच, राजनीतिक फुट, राजनीतिक गुट, सहिदका परिवारको विचल्ली, आर्थिक, सामाजिक र राजनीतिक विविध पक्षमा हैसियतले धारणा राखेको पाइन्छ । संक्षेपमा भन्नु पर्दा हैसियतमा, समसामयिकतालाई केलाउँदै विविध पक्षलाई समाउँदै, व्यङ्ग कस्तै सुन्दर तथा नयाँ नेपाल सिर्जनाका धारणा पोख्दै पूण्यगङ्गाझै बग्दैछन् गजलका शेरहरू । यहाँ हामीले बहरयुक्त र बहरमुक्त दुबै किसिमका गजलहरू समावेश भएको पाउँछौं ।
हेरौं गजलका केही शेरहरू
कहाँ होला मेरै निम्ति मर्छु भन्ने मान्छे
तिमीलाई धेरै माया गर्छु भन्ने मान्छे
पहिलो भाग पृष्ठ४०, उर्मिला कोईराला ‘‘आँसु’’
युद्धको तयारी गर्दैछन् सायद पूmलहरू पनि
मान्छेले सौन्दर्य बुझेन भने के होला
पहिलो भाग पृष्ठ २२७, पुष्प अधिकारी अञ्जलि
प्रवासमै बसे पनि मेची काली नबिर्सौ है
स्वर्ग जस्तो मातृभूमि र नेपाली नबिर्सौ है
दोस्रो भाग पृष्ठ १२०, कोमलप्रसाद भट्ट
जनयुद्धमा धेरै युवाहरू युद्धको बाढीले लग्यो
बचे खुचेका पनि सब खाडीले लग्यो
दोस्रो भाग पृष्ठ ३५१, राधिका कुइकेल (खनाल)
दुबै कृतिमा हामीले मार्मिक भावनाले भरिएका गजलका शेरहरू पढ्न पाउँछौं ।
परिवेश
इलाम, अर्घाखाँची, आछाम, ओखलढुङ्गा, उदयपुर, काठमाण्डौ, काभ्रे, कालिकोट, कैलाली, गुल्मी, गोरखा, चितवन, जाजरकोट, झापा, भोजपुर, डोटी, तेह्रथुम, दैलेख, धनुषा, धादिङ्ग, नवलपरासी, नुवाकोट, बर्दिया, भक्तपुर, रामेछाप, रूपन्देही, वाँके, सिन्धुपलाङ्चोक, सुनसरी र स्याङ्जाको साथै भारत, अमेरिका, आवुधावी, इजरायल, क्यनाडा, कतार, दक्षिण कोरिया यु.ए.इ., दुवई, यु के, हङ्कङ्,को परिवेशमा लेखिएका , प्राकृतिक सौन्दर्यताले भरिएका,र यथार्थताको कसौटीमा बाँधिएका छन् गजलहरू ।
गजलमा सुधारका पक्ष हुँदैनभएको भने हैन, संरचनागत त्रुटीहरू पाइन्छन् । यस सन्दर्भमा धनराज गिरी लेख्छन् –‘छिटफुट, हर्रो, बर्रो, टर्रो कहाँ हुँदैनन् र ? यथार्थमा यिनीहरू औषधि हुन् ।’ लेखनमा प्रयत्नरत रहदा परिमार्जन तथा सुधार हुँदै जाने पक्ष हुन्
भाषाशैली–गजलहरू सरल भाषामा लेखिएका छन् र लयात्मक र गयात्मक पनि छन् ।
अन्तमा हैसियतले आफ्नो हैसियत प्रदर्शन गर्न सफल देखिन्छ । गजलकारहरूमा प्राय युवायुवतीको बाहुल्यता छ । यी युवायुवती नै आजका देशका कर्णाधार हुन् । यिनैबाट गजलको उत्थान, सबल र सक्षम बन्न सक्छ । त्यसो हुँदा निरन्तरताको खाँचो भने अवश्य पर्दछ । सबै गजलकारहरूलाई गजल लेखनमा तपाइँको कलम नरोकियोस् र तपाइँका गजल कृतिले नेपाली साहित्यमा नयाँ आयाम थपियोस् भन्दै विदा चाहान्छु ।
धन्यवाद

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 28 श्रावण, 2071

लेखकका अन्य रचनाहरु