शकुन्तला

- उज्ज्वल जी.सी.

गाउ‘ंको एक गरिब परिवारमा जन्मेकी भए पनि शकुन्तलाको शारिरीक बनोट र बोलीको माधुर्यमा सबै मानिसहरु आकर्षित हुने गर्थे । कमजोर आर्थिक अवस्थासंग जुद्धै आपूm र बुढी आमाको जीविकोपार्जनका लागि उनले सानो भट्टी पसल खोलेकी थिई ।
प्रायशः आधा रातहरुमा उनको पसलबाट गाउ‘ंका ठिटाहरु धर्मराउ‘ंदै निस्कने क्रम देखेर बुढापाकाहरूले एउटा अड्कल काटेका थिए–‘ शकुन्तला वेश्या बनेकी छे ’ भनेर ।
तर कसैले पनि मनको कुरा खुलस्त पोख्न सकेका थिएनन् । दिनभरिको थकाई बिर्सन सॉंझतिर चियापसलमा भेला हुने जो कोहीका कुरा गर्ने विषय नै शकुन्तलाका दैनिकी सम्बन्धि हुने गथ्र्यो । उनले गाउ‘ंका केटाहरु बिगार्दैछे भन्ने निष्कर्ष सबैले निकाल्थे ।

यस्ता क्रमहरु एक,दुई वर्ष लम्बिए..... ।

एकदिन एड्स रोगको जनचेतना जगाउने उद्धेश्यले शहरबाट आएका रंगकर्मीहरुद्वारा सडक नाटक प्रदर्शन भयो । धेरैले नाटकबाट एड्स के हो ? कसरी सर्छ ? भन्ने कुरा थाहा पाए । अन्ततः गाउ‘ंका बुढापाकाहर्रु या शकुन्तलाले गाउ‘ं छोड्नु पर्ने या भट्टी पसल बन्द गर्नु पर्ने’ भन्ने एउटा दरिलो निर्णयमा पुगे ।
केही दिनको अथक प्रयासपछि भट्टी पसल त बन्द भयो तर शकुन्तलाले आफ्नो अनैतिक पेशा त्याग्न सकिन । जीवन चलाउने सरल उपाय सम्झेकी थिई उनले आफ्नो पेशालाई । त्यसैले गाउ‘ंलेहरु पुनः अर्को निर्णय गर्न वाध्य भए – ‘शकुन्तलालाई अब रंगेहात समाउने’ भनेर ।

निर्णय गरेको हप्तादिन नबित्दै शकुन्तलाकै कोठामा झकसि‘ंह भन्ने एक बिवाहित केटोलाई आपत्तिजनक अवस्थामा पक्रन सफल भए– गाउ‘ंलेहरु । दुबैलाई सार्वजनिक चौतारोमा ल्याएर केरकार गर्ने क्रममा सयौं मानिसहरू एकत्रित हुन पुगे । झकसिंहकी पत्नी जमुनाचाहि‘ं ’ मेरो लोग्नेले यस्तो गल्ती गरेको हु‘ंदै होइन । उनीस‘ंग यौन चाहना कति प्रबल छ भन्ने कुरा तपाइ‘ंहरू मलाई हेरेर बुझ्नुस् । आजसम्म मेरो कोख उनले भर्न सकेका छैनन् । पुरुषत्व नभएको व्यक्तिलाई यस्तो लाञ्छना किन लगाएका होलान् प्रभु ! वेश्याले जालमा फसाई मेरो सोझो लोग्नेलाई....! भन्दै रु‘ंदै चिच्चाउन थाली । तर उनका शब्दहरूले उदाङ्ग बनाएको यथार्यलाई कसैले बुझ्न चाहेनन् । सारा गाउ‘ंलेहरू झकसिंहको विपक्षमा एक भए । घटनाको गहिराई पत्ता लगाउने क्रममा सर्जमिन भयो । अन्ततः सबैले शकुन्तलालाई दोश्रो पत्नीका रुपमा स्वीकार्न झकसिंहलाई वाध्य बनाए ।

००० ००० ०००

झकसि‘ंहले आफ्नो इज्जत जोगाउन शकुन्तलालाई काठमाडौं ल्याएको पनि करिब दश महिना बितिसक्यो । दुई पेट भर्नका लागि ऊ दैनिक ज्यामी काम गथ्र्यो । खेती किसानी बाहेक अरु कुराको ज्ञान थिएन उसमा । वाल्यकालमै बाबु गुमाएकोले पॉंच कक्षाभन्दा माथि पढ्न पाएको पनि थिएन ।
शकुन्तलाको सौन्दर्यता देखेर पल्लो कोठामा बहाल बस्ने मदन नामक अधवैंसे केटोले महिनाको चार,पॉंचसय दिने गथ्र्यो । यसै कारण भाउजुको साइनो गॉंसेर बेलामौका ऊ मजाले जिस्कन्थ्यो पनि । झकसिंह नहु‘ंदा दुबै एक अर्काका कोठामा आउने जाने गर्थेे । हो, मदनले दिएको पैसाले घरभाडा तिर्न पुगेपछि झकसिंहको कमाइबाट मीठो–नमिठो खाएर दैनिक गुजारा चलाउन त्यति समस्या परेको थिएन– उनीहरूलाई ।

दिनभरि काममा जोतिनु पर्ने वाध्यताका कारण शकुन्तलाको आचरणतिर त्यति ध्यान पु¥याउन सकेको थिएन – झकसिंहले । तर एकदिन अनायासै घरपति आमाले शकुन्तला मदनसंग सल्केकी छे भन्ने गोप्यता फुस्काएपछि ऊ एकछिन रन्थनियो र फेरि धैर्य हु‘ंदै मनमनै सोच्न थाल्यो – ‘ईश्वरले जे गरेका छन् ठीकै गरेका छन् । जसरी होस् मैले शकुन्तलालाई मदनकै जिम्मा लगाउन सक्नुपर्छ ’ भन्दै ।
आपूm काममा हि‘ंड्नासाथ मदनको कोठामा गएर शकुन्तलाले दिनभर बिताउ‘ंछे भन्ने तथ्य एकिन भइसकेपछि उसले एकदिन बेलुकी भन्यो – “ हेर शकु , गाउ‘ंबाट आमा बिरामी भन्ने खवर आ’छ । त्यसैले म भोलि बिहानै ४÷५ दिनका लागि गाउ‘ंतिर लाग्छु । दाल,चामल हप्ता दिनका लागि छ‘ंदै छ क्यारे ! राती कोठामा एक्लै सुत्न डर लागे पल्लो घरकी सावित्री बहिनीलाई बोलाए भैहाल्छ । त‘ंसंग दुईचार सय रुपैयॉं हु‘ंदै होला । ”

झकसि‘ंहको कुरा सुनिरह‘ंदा शकुन्तलाको मुहारमा कुनै नैराश्यतापन देखा परेन । बरु लोग्ने केही दिन गाउ‘ंमा बसिदिए मदनसंग मज्जाले सिनेमा हेर्न जानुहुन्थ्यो,होटलमा गएर मीठो–मीठो खानु हुन्थ्यो भन्ने कल्पनामा डुबि ऊ एकछिन । एक हिसाबमा उनको यो कल्पना स्वभाविक पनि थियो । टोलका धेरै आइमाइहरू आ–आफ्ना श्रीमान्स‘ंग ठॉंटिएर सिनेमा हेर्न, होटेलतिर खान गएका धेरैपल्ट देखेकी थिई । गाउ‘ंबाट काठमाडौ‘ं छिरेका तीन,चार महिना बितिसक्दा पनि एकपल्ट अस्पतालमा रक्त परीक्षणका लागि बाहेक अन्त कतै डुलाउन लगेको छैन ।
अनि, नाटकीय शब्दहरु ओकल्न थाली –
–“के गर्नु म पनि सासुआमाको सेवा गर्न तपाईंसितै जान्थें । दुई,तीनदिनदेखि खुट्टा फत्रक्क गलेर चार पाइला हि‘ंड्ने ऑंट समेत आ’छैन । जे होस्,तपाईं जानु भएपछि बा’लाई राम्ररी ठीक पारेर मात्र आउनुस् । यहॉं मेरो कुनै पीर लिनु पर्दैन ।” भन्दै ।
के खोज्छस् कानो ऑंखो भनेजस्तै शकुन्तलाको स्वीकारोक्तिले झकसि‘ंह दंगदास पर्दै सुत्यो ।
भोलिपल्ट बिहानै एकजोर लगाउने लुगा झोलामा हालेर गाउ‘ं जाने बहानामा निस्क्यो ऊ ।
शकुन्तला आफ्नो सुन्दर कल्पना साकार हुने सपना देख्न थाली ।
झकसि‘ंह अब मौका यही हो भनेर सरासर प्रहरी कार्यालयमा पुगेर भन्न थाल्यो –“साप ! म एक किसानको छोरो । गाउ‘ंबाट आएर अरुको घरमा भाडामा बसेको छु । दिनभर मजदुरी गर्छु । तर मेरी स्वास्नी भनाउ‘ंदीले अर्कैस‘ंग अनैतिक सम्बन्ध राखेकी छे । जसरी भए पनि त्यो रॉंडलाई नाठोकै जिम्मा लगाइदिनु प¥यो ।”
अकमक्क पर्दै इन्सपेक्टरले सोध्यो – “हैन तपाईं के भन्दै हुनुहुन्छ ? आफ्नी श्रीमतीको अनैतिक सम्बन्ध कहॉं,कसरी देख्नु भो ह‘ंं ? शंकाले लङ्का जलाउ‘ंछ भनेको था’ छ कि छैन ?”
–“क्या कुरा गर्नु भा’को सापले ? हजुरलाई विश्वास लाग्दैन भने मेरो साथ जाउ‘ंm न ! म देखाई दिन्छु लङ्का जलाउने हनुमानको चर्तिकला । ”
झकसि‘ंहको जवाफ सुनेर इन्सपेक्टरले भन्यो–“त्यसो भए तपाईंको डेरा कहॉं छ ? घरपतिको नाउ‘ं के हो ? कोस‘ंग सल्की तपाइ‘ंकी श्रीमती ?”
–“डेरा त मेरो बालाजुमा छ हजुर । घरपति आमाको नाउ‘ं त थाहा छैन साप ! सबैकुरा ठाउ‘ंमा पुगेपछि था’भैहाल्छ । अहिले नै जाउ‘ं हजुर मेरो डेरामा ..... । ” भन्दै ढिपी गर्न थाल्यो– झकसि‘ंह ।

००० ००० ०००

लोग्ने गाउ‘ं गएको खुसियालीमा दिन दहाडै शकुन्तला मदनको कोठाभित्र चुकुल लगाएर भलाकुसारी गर्दै थिए ।
– पोखरामा तपाइ‘ंको घर कत्रो छ ?
– जग्गा जमिन कति छ ?
– सायय बिवाह गरिसक्नु भएको छ होला !
– तपाइ‘ंलाई म कस्ती लाग्छ ?
– अब कति समय काठमाडौ‘ं बस्नु हुन्छ ?
यस्तै–यस्तै प्रश्नहरू गरेर मदनको मन चोर्दै थिइ ऊ ।
– ढुङ्गाको छानो भएको ठूलो छ घर । काठमाडौ‘ंको बंगलाभन्दा राम्रो छ ।
– सय मुरी धान फल्ने खेत छ । चार–पॉंच रोपनी बारी छ ।
– किन ढॉंट्नु तपाइ‘ंलाई ? अब पढाई सकिन लाग्यो । त्यसपछि बिहे गर्ने....।
– स्वर्गकी अप्सराजस्तै पो लाग्छ ।
– अब आठ,नौं महिनामा पढाई सकिन्छ । त्यसपछि किन बस्नु यहॉं ?
मुखले उत्तर फर्काउ‘ंदै रंङ्गिन संसारमा भुल्दै थियो मदन । र, फकाउ‘ंदै थियो –

– यस्ती राम्री आइमाइले पनि त्यस्तो ज्यामी काम गरेर हि‘ंड्ने झुत्रेलाई लोग्ने भनेर कसरी बस्न सकेको होला ?
– काठमाडौंमा कस्ताकस्ता धनाढ्य व्यक्तिले पनि तपाइ‘ंजस्ती राम्री स्वानी पाएका छैनन् ।
– बरु सक्नुहुन्छ भने त्यो झुत्रेलाई छाडिदिनोस् । तपाइ‘ंलाई मै राम्ररी खान लाउन दिएर पालू‘ंला । भन्दै ।
मदन आफ्नो मिठास बोली बर्साउ‘ंदै निर्वस्त्र बनिसकेको थियो । शकुन्तला यौवन उमाल्दै थिइ । मानौं दुबैजना स्वर्गीय आनन्द अनुभूत गर्दै थिए ।

“तपाईंले ऑंट्नु हुन्छ भने म त्यो झुत्रेलाई छाडिहाल्छु नि ! कुन ठूलो कुरा हो र त्यो ?” भन्दै शकुन्तला मदनको चाहनालाई पुर्णसमर्थन मात्र के गर्दै थिई, ढोकामा टक्...टक् आवाज आयो ।
एकछिनसम्म दुबैजना चूपचाप लागे । हतारमा भए पनि शकुन्तलाले आफ्नो ब्रा लगायत म्याक्सी लगाउन भ्याई । आवाज निरन्तर आइरहेकोले हतासमा पाइ‘ंट समेत नलगाई खाटमुनी छि¥यो मदन । अत्तालि‘ंदै शकुन्तलाले ढोका खोली ।
ठिङ्ग उभिएको झकसि‘ंह र पछाडि पुलिस इन्सपेक्टरसहित प्रहरी जवानहरू देख्नासाथ निलोकालो मुख लगाएर “ए .... तपाईं गाउ‘ं जाने भन्नु भा’ को हैन ? फेरि ..... ।” भन्दै आश्चर्य के पोख्दै थिई शकुन्तलाले “त‘ं चूप लाग् रण्डी ! मस‘ंग बोल्न लाज लाग्दैन ? यसको नाठो कोठाभित्रै हुनुपर्छ इन्सपेक्टर साप !” भन्दै झकसि‘ंह जोस्सियो ।
–“तपाईं ठूलो स्वरले नकराउनुस्” भन्दै इन्सपेक्टरले कोठामा खानतलासी लिन लगायो ।
अन्ततः शकुन्तला र खाट मुनी नग्न अवस्थामा लुकिरहेका जगतप्रसादलाई प्रहरीहरुले समातेर लगे ।
पुलिस चौकीमा पुगेपछि ‘यस्तो रण्डीलाई म कदापि स्वास्नी मान्दिन’ भन्दै झकसि‘ंह बम्कन थाल्यो । शकुन्तलालाई भित्री हृदयदेखि चाहने मदनले ‘यदि तपाईंहरु भन्नुहुन्छ भने म शकुन्तलालाई आफ्नो पत्नी बनाउन राजी छु ’ भन्ने जिज्ञासा पोख्यो ।
उसको मञ्जुरी सुनेर झकसि‘ंह हर्षविभोर हु‘ंदै भन्न थाल्यो – “त्यसो भए अड्डा अदालत जानुपर्ने कुरै भएन । इन्सपेक्टर साप ! उहॉंको भनाई अनुसार कागज पनि गराउनु प¥यो ।”
–“कागज पनि भै’हाल्छ नआत्तिनोस्” भन्दै इन्सपेक्टरले मदनको बयान पुनः लिन थाले । पॉंच महिनादेखि दुबैजना प्रेममा फसेको निष्कर्ष निक्ल्यो । बयानको क्रममा शकुन्तलाले पनि मदनसंगै जीवन बिताउने आफ्नो निर्णय सुनाई । दुबै पक्षका सहमतिमा कागजात बन्यो ।

झकसिंह अपवाद र लाजले खुम्चिएको छाती फुलाउ‘ंदै केही दिनभित्रै गाउ‘ं फक्र्यो । उसले खेलेको चाल सुनाउ‘ंदा सबैजना तीनछक्क परे । अरुभन्दा पनि शकुन्तलाको रगत परीक्षण हु‘ंदा प्राणघातक रोग एड्स नभएको जानकारीले प्रायश युवकहरुको मुहारमा खुसी पोतियो ।
बुढापाकाहरु– “अब गाउ‘ंमा कुनै ठिटाहरुलाई एड्सले समातेको छ कि भनेर डराउनु पर्ने भएन, हैन त ? ” भन्दै झकसि‘ंहसंग ठट्टा गर्न थाले ।
कुरै कुरामा एकजना बुढोले भन्यो – “अब अगाडिका कुराहरु किन कोट्याउनु ? शकुन्तलाकी आमा अब के खाएर बॉंच्ने ? भन्दै रोएर मर्न ऑंटेकी छे । जे होस्, गाउ‘ंका सबैले ती अनाथ बुढीलाई बॉंचुञ्जेल एकमाना अन्न भर्नुपर्छ । ”
अर्काले भन्यो – “ हो .... त्यो त गर्नु नै पर्छ । आपूmले गरेको धर्म खेर जॉंदैन क्यारे । ”
धर्मप्रति विश्वास भएका प्रायः व्यक्तिहरूले बुढाहरुका कुरालाई समर्थन गरे । आपूmले गरेको गल्तीप्रति सबैस‘ंग क्षमा माग्दै झकसि‘ंह आफ्नो घरतिर लाग्यो । छोराको अनुपस्थितिले शिथिल बनेकी बुढी आमा र अथाह पीडा बोकेर थाकिसकेकी पतिव्रता जमुनाले उसको आगमनलाई तातो ऑंसुका धाराहरू बर्साउ‘ंदै स्वागत गरे । अस्तु

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2071

लेखकका अन्य रचनाहरु