भुर्तेल मलाई ‘राक्षस’ लाग्छ

- नारायण तिवारी

‘‘सरको फोन नम्बर पाऊँ न !’’
‘‘किन चाहियो फोन नम्बर ? अफिसको काम अफिसमा...?’’
उसले ङिच्च दाँत देखायो । मेरो स्पष्ट र झर्किएको जबाफले पनि ऊ रिसाएन । फेरि बोल्यो— ‘‘सरले हाम्रो लागि यत्रो काम गर्नुहुन्छ, हामीले पनि त सरका लागि केही गर्नुप¥यो नि...!’’
मलाई घुमायो । म आपूmलाई सदा इमानदार र कर्तव्यनिष्ठ कर्मचारी ठान्थेँ । यसले के ठान्यो हँ मलाई ?
नजिकै हाम्रो कुरा सुनिरहेको, मभन्दा एक तहमाथिको रमेश भुर्तेल थियो— यतै हेर्दै, कान ठाडो पार्दै, मानौँ मलाई घुर्दै । सायद यसैले सिकायो होला— ‘भन् न, के थाहा, पैसाले महादेवका त तीन नेत्र बल्छन् भने यसका त...!’
ऊ मेरो हाकिम थियो । बेलाबेला भत्रे गथ्र्यो— ‘‘हे, श्यामबाबू ! तपाईं
त हद हरिश्चन्द्र हुनुहुन्छ । यो जमानामा धैरै हरिश्चन्द्र भएर पनि काम
लाग्दैन ।’’
म बोल्दिनथेँ । मनैमन घृणा गर्थें— रमेश भुर्तेललाई । घिन लाग्थ्यो उसको कुराकानीबाट । स्वार्थको गन्ध आउँथ्यो र आपूmले काम गरेको संस्थाप्रति बेइमानी गरेको दुर्गन्ध पैmलिन्थ्यो उसको कुराकानीबाट ।
‘‘आ, छाड्दिनुस् सर ! म जे छु, जस्तो छु ठीकै छु ।’’ रमेश भुर्तेलको साह्रै कचकचपछि बोल्नैपरे यति बोल्थेँ । के गर्नु ? आफ्नो टाउकोमा छ, नत्र त ‘गधा’ भत्र हुन्थ्यो, पाजी भत्र हुन्थ्यो, साले, चोर, फटाहा, भ्रष्ट भत्र हुन्थ्यो । आफ्नो टाउकोमा भएकाले ‘सर’ भत्रैप¥यो । जागिर खाएपछि अनुशासन तोड्न पनि सक्तिनथेँ । मलाई थाहा थियो ऊ भ्रष्ट छ तर ‘भ्रष्ट’ भनेर कुनै कानुनले प्रमाणित नगरुन्जेल, भनौँ न भ्रष्ट भनेर ऊविरुद्ध कुनै कारबाही नचलुन्जेल, जागिर नखोसिउन्जेल मैले उसलाई टाउकोमै बोकिरहनुपर्ने भयो । ‘सर’ नै भनिरहनुपर्ने भयो । ऊप्रति सम्मान, आदर जेजे प्रकट गर्नुपर्छ, गरिरहनैपथ्र्यो । उसले अत्यन्त पारदर्शी ढङ्गले घुस्याहा हँुदै भ्रष्ट आसामीको पाउ मोलिरहेको देखिरहे पनि नदेखेझैँ गरिरहनुपथ्र्यो मैले, जबसम्म ऊ ‘भ्रष्ट’ मा आरोपितपछि बर्खास्त हुन पुग्दैनथ्यो । त्यसरी बर्खास्त हुनु, हाम्रो यो अहिलेको परिवेशमा त मानौँ, उही ‘दिल्ली दूर है...!’
‘‘सरले आफ्नो टेलिफोन नम्बर बताउनुभएन ?’’
‘‘छैनछैन, मेरो टेलिफोन नम्बर...! टेलिफोन भए पो टेलिफोन नम्बर बताउनु...!’’
‘‘च्चच्चच्च...! सर, अधिकृत भएर पनि एउटा टेलिफोन छैन घरमा ? मानिसका घरमा दुइटा, तिनोटा टेलिफोनले नपुगेर हातहातमा मोबाइल छन् । उः हेर्नुस् त भुर्तेल सरलाई...!’’
त्यसै बेला भुर्तेल सरको मोबाइलको घण्टी बज्यो टर्र, टर्र— नमीठो भ्यागुताको टर्रो बोलीझैँ लाग्यो मलाई त्यो घण्टी...!
‘‘कति मीठो लाग्छ यो मोबाइलको रिङ टोन पनि, होइन सर ?’’ ऊ भुर्तेल सरपट्टि उन्मुख भयो ।
भुर्तेल सर हँसिलो मुद्रामा भगवान् आसामीपट्टि आँखा चम्काउँदै फोनमा बोल्न थाल्यो— ‘‘केदार साहू... हुन्छ, हुन्छ... त्यति जाबो कुरा किन नमिल्ने... ल– ल भइहाल्छ... चिन्ता नलिनुस् न, तपाईंको काम हन्ड्रेड पर्सेन्ट हुन्छ..., आ, छाड्नुस्, तपाईं त हाम्रो लागि भगवान् हो... बाई... भरे भेटौँला नि...!’’
मुखभरि थुक जम्मा हुन्छ । घिन लागेर उत्परित थुक निल्न सक्दिनँ म र उठेर बाथरुम जान्छु । बाथरुममा ख्याकखुक, थुकथाकपछि हातमुख धुँदै अलि फ्रेस भएर आफ्नो कुर्सीमा बस्छु ।
‘तपाईं त हाम्रा लागि भगवान् हो’ शब्दले मलाई बेसरी झम्टिरहेको हुन्छ । आसामीको तलुवा चाट्दै, आफ्नो स्वार्थ साध्दै, आपूm काम गरेको संस्थालाई चाहिँ धराशयी पार्दै हिँड्ने यो भुर्तेल मलाई ‘राक्षस’ लाग्छ । तैपनि बोल्न सक्दिनँ । थिति बिग्रिएको छ, आफ्ना कुरा कतै राख्न सकिँदैन । युनियनहरू छन्, युनियनका ठूलठूला कुराहरू छ्रन् । सिद्धान्ततः युनियनहरू भ्रष्टाचारविरोधी छन्, तर व्यवहारमा...? युनियनलाई नभनौँ रे तर युनियनमा डाडु–पनिउँ पक्रेर बस्ने शिवकुमार एक नम्बरको भ्रष्ट छ । सबैलाई थाहा छ, ऊ व्यवस्थापनसित दलाली गर्छ र दलाली खान्छ । रामेश्वरजी भद्र हुनुहुन्छ, इमानदार पनि तर सोझो भएकाले उहाँलाई सबैले उडाउँछन् । कसको आस गरूँ ? व्यवस्थापक ? कार्यालय प्रमुख ? उनीहरूलाई पनि आफ्नो कुर्सी जोगाउन पाए पुग्यो । घर बन्दै छ, घरमा आसामीसित सिमेन्ट र छड सित्तैँमा झिकाउन पाए पुग्यो ।
‘‘आ, तपाईं त सारै भएन, हेर्नुस् त भगवान्जीले पनि मुखै फोडेर हियाउनुभयो । एउटा यस्तै मोबाइल लिनुस् । पछि घरमा फोन राख्दै गर्नुहोला...!’’
मलाई भुर्तेलको कुराले फेरि रिँगटा चलायो । घृणाको आवेगलाई फेरि उत्परित गरायो । एकपल्ट थुकेर पुगेन ।
‘‘सर ! मलाई डिस्टर्ब नगर्नुस् !’’ यतिचाहिँ बोलेँ मैले— ‘‘काम धेरै बाँकी छ, आज सक्नु छ !’’
मेरो हाकिमलाई मैले ‘डिस्टर्ब नगर्नुस् मलाई’ भत्रुपर्ने अवस्था आयो । तैपनि उसलाई बिझाएन । ऊ त ‘हेँ हँे हँे’ गर्दै भगवान् साहूसित बात मार्न तल्लीन भयो ।
‘‘यस्तै हो हाम्रो श्यामजी ! उहाँको कामलाई चाहिँ मात्रैपर्छ, बुझ्नुभो भगवान्जी ! बिचरा सारै भलादमी हुनुहुन्छ हाम्रो श्यामबाबू...।’’
भुर्तेल मेरो हाकिम भएर पनि अलिकति डरायो । ऊ मसित डराएको थिएन, मेरो इमानदारीसित डराएको थियो । त्यसैले मलाई ‘बाबू’ र ‘जी’ जोड्दै बोल्ने ‘टोन’ मा थोरै भए पनि ‘हेँ हेँ हेँ’ ग¥यो । नभए अरू कर्मचारीलाई यो भुर्तेल मान्छे गन्दैनथ्यो । अधिकृतजस्तालाई पनि ‘तिमी’ नै सम्बोधन गथ्र्यो । मलाई भने उसले ‘तिमी’ भत्रे आँट कहिल्यै गरेन । मेरो गम्भीर स्वभाव, आफ्नो कामप्रतिको लगाब, इमानदारी, नचाहिँदो नबोल्ने बानी आदिले पनि हुन सक्छ उसले मलाई हेप्न नसकेको । तर राम्रै मुखले पनि उसले मलाई आफ्नो स्वार्थ पूरा गर्नेतर्पm प्रेरित गर्ने अनेकानेक प्रयास गर्न भने छाडेको थिएन ।
‘केटाकेटी कतिवटा छन् ? बोर्डिङ स्कुलमा पढाउनुभएको छ कि छैन ? केटाकेटीको शिक्षादीक्षा हेर्नुपर्छ है ! मौकामा राम्रो घर पनि बनाउन सक्नुपर्छ नि ! बाआमाको उमेर कति भयो ? उहाँहरूले कति दुःखकष्ट झेलेर पढाउनुभएको होला । अब उहाँहरूका लागि पनि त केही गर्नुप¥यो । आफ्ना लागि होइन रे, तर उहाँहरूको सुखसुविधा पनि त विचार गरिदिनुप¥यो । कि कसो ?’ यस्तैउस्तै अनेकानेक कुराहरूबाट मलाई आफ्नो स्वार्थ साध्न प्रेरित गथ्र्यो । यसो सोच्दा कहिलेकाहीँ भुर्तेल राम्रै पो हो कि मान्छे त भत्रे भान पनि पथ्र्यो ममा । किनभने उसले भत्रे गरेका कुरा सबै ठीकै हुन्थे । केटाकेटीलाई राम्रो शिक्षादीक्षा दिने कुरादेखि बाआमालाई सुखसुविधा दिनुपर्नेसम्म सबै गर्नुपर्ने कर्तव्यभित्रका कुरा हुन्थे । त्यसैले उसको पिठिउँपछाडि उसलाई ‘तँ’, ‘त्यो’, ‘ऊ’ भत्रे सम्बोधन गर्दागर्दै पनि कहिलेकाहीँ ‘तपाईं’ बोल्न वा सोच्न पुगिहाल्थेँ ।
मैले आफ्नाबारे भुर्तेललाई सबै कुरा खुलस्त राखेको थिइनँ; राख्ने आवश्यकता ठानेको पनि थिइनँ । आफ्नो सोचविचार र हृदय मिल्नेसित मात्रै म खुल्थेँ । श्रीमतीले अरू सन्तानको लालसा राख्दाराख्दै पनि मैले एउटै छोरीमा चित्त बुझाएको थिएँ । श्रीमतीलाई पनि चित्त बुझाउन कर गरेको थिएँ । बाआमा पहाडमै हुनुहुन्छ, फोन पनि नपुग्ने ठाउँमा । बेलाबेला चिठी लेखेर मनका कुरा पोख्थेँ । कर्तव्यपालन र असमर्थताका कुरा पोख्थेँ । बा पनि अक्षर चित्रे र कनीकुथी लेख्न सक्ने भएकाले बाले लेखेको चिठी बेलाबखत प्राप्त गर्थें । ‘तँ हाम्रो चिन्ता नगर् ! पहाडको हावापानी, जन्मे–हुर्केको ठाउँ, राम्रो छ हामीलाई, पीर नलिएस् । एउटी नातिनी छे, राम्रोसित पढाएस् । तेरी आमाले पनि सोधेकी छे तँलाई, बुहारीलाई, नातिनीलाई...!’
चिठी पढेर तुरुक्क आँसु झार्थें । यी आँसु पनि असमर्थ भई झर्थे आँखाबाट । ‘पहाडको हावापानी, जन्मे–हुर्केको ठाउँ, राम्रो छ हामीलाई’ बाले भने पनि त्यो दुर्गम पहाड, हिंसाग्रस्त पहाड, कति कठिन होला ? कल्पना गर्न सक्छु म, भोग्न सक्दिनँ ।
‘आउनुस् न यतै’ भन्दा पनि ‘अलिकति भएको जेथा पनि चाटचुट छोडेर कसरी आऊँ ? बिक्री गर्न सक्ने अवस्था छैन’ भत्रुहुन्छ बा...! सहरमा जागिर छ, घर छैन; भाडाको जिन्दगानी छ । आउनुस् न बाआमा यतै भने पनि ‘पुर्खाको थलो कसरी चटक्क छाडूँ’ भनेर मात्रुहुत्र बा । तर मलाई लाग्छ, यस सहरमा मेरो आफ्नो घरघडेरी नभएकाले नमात्रुभएको हो बाले । जेजस्तो भए पनि आफ्नो घरमा बसिराख्नुभएका उहाँहरूले अरूको घरआँगनमा कसरी खुम्चिएर बस्न सकिएला ? भनेर पनि नमात्रुभएको हुन सक्छ— यस्तो पनि लाग्छ मलाई ।
भगवान् साहू एकैछिन अगाडि हराएको थियो, टुप्लुक्क फेरि देखा प¥यो । ऊ मेरै टेबुलअगाडि बस्न आयो ।
‘‘तपाईंलाई मैले भनिसकेँ— यो फाइल मबाट पास हुन सक्दैन ।’’
‘‘लौ तपाईंलाई कसले भन्यो— म मेरो फाइल पास गराउन फेरि तपाईंकहाँ हाजिर भएको ? फाइल त पछि पास हुँदै गर्ला । पहिले तपाईं यो फाराम भरिदिनुस् न !’’ उसले मेरो टेबुलमा नेपाल टेलिकमको प्रिपेड मोबाइलको आवेदन फाराम तेस्र्यायो र मुखमा कुटिल हाँसो उमा¥यो ।
‘‘यो अफिसले तपाईंलाई के दिन्छ ? खर्चको वास्ता नगर्नुस्, तपाईं खालि यो फाराम भरिदिनुस् । बाँकी काम हाम्रो । पर्सि तपाईंको जेबमा मोबाइल...!’’
मलाई फेरि घुमायो । भगवान् साहूका शब्दहरूले घुमायो । यो त अति भयो; उपहासको पनि हद हुन्छ । मेरो घरमा फोन छ–छैन— त्यसलाई केको मतलब ? मैले केटाकेटीलाई बोर्डिङ स्कुलमा पढाएको छु कि छुइन— त्यसलाई केको मतलब ? मैले एउटा पक्की घर बनाउन सकेको छु–छुइन— त्यसलाई केको मतलब ? मेरा बाआमालाई मैले सुख दिन सकेँ–सकिनँ— त्यसलाई केको मतलब ? एक मनले त भनूँ लाग्यो— यी सबै कुराको मतलब त मेरो अफिसलाई हुनुपथ्र्यो, तपाईंलाई होइन । तर यथार्थमा म आफ्नो अफिसप्रति सारै नतमस्तक थिएँ । सारै भक्त थिएँ म आफ्नो अफिसप्रति । कुनै याचना थिएन, कुनै आग्रह थिएन— अफिसले यसो दिए हुन्थ्यो, उसो दिए हुन्थ्यो । निस्स्वार्थ प्रेम थियो मेरो अफिसप्रति । अफिसले गर्ने अफिसको कुरा, मैले गर्ने मेरो कुरा; इमानदारीपूर्वक काम गर्नु नै मेरो दायित्व— सोच्थेँ म । त्यसैले कुनै कलुषित भावना आफ्नो अफिसप्रति उमार्न सक्तिनथेँ ।
‘यो अफिसले तपाईंलाई के दिन्छ ?’ भगवान् साहूका शब्दहरू बारम्बार आक्रमण गरेझैँ कानमा गुज्रिरहे ।
भगवान् साहूका शब्दहरूले रन्थनिँदै म उठेँ र अनायास चिच्च्याएँ— ‘‘गेट आउट !’’
सबै कर्मचारीहरूका आँखा मतिर उठे । भुर्तेल सर हडबडाउँदै भगवान् साहूसमीप आयो र उसलाई तान्दै लग्यो ।
‘‘मलाई कित्र खोज्ने ? हेप्ने तिमी ? तुरुन्त बाहिर गइहाल...!’’
त्यतिन्जेलमा मैले उसले ल्याएको नेपाल टेलिकमको फाराम धुजाधुजा पारेर च्यातिसकेको थिएँ । भगवान् साहू मेरो आँखाबाट निमेषमै ओझेल भइसकेको थियो । टाढाबाटै देखेँ— भुर्तेल उसलाई थुमथुम्याउँदै गेटबाहिर लैजाँदै थियो ।
ड्ड

उल्टै

‘‘के हो रामदाजु ! तपाईं हिजो पनि गायब, अस्ति पनि गायब ?’’
रामदाजुले पुलुक्क मेरो आँखामा हे¥यो । उसका आँखा रिसाएका जस्ता थिए । भन्यो— ‘‘किन, राजाको सवारीमा पनि जान पाइँदैन...?’’
मैले जबाफमा केही भनिनँ । मन त थियो धेरै कुरा भत्रे— ‘के राजाले जनताको काम रोकेर तपाईंलाई सवारीमा आउन कार्ड पठाएको थियो ? कि तपाईं नगए राजाको स्वागतसत्कारमै बाधा पथ्र्यो ?’ तर प्रकटमा ऊ तिलमिलाएको देखेर मुसुमुसु हाँसिदिएँ । फेरि अलिकति गिज्याएँ— ‘‘अनि राजाको सवारी त अस्ति थियो, हिजो नि...?’’ म भत्र चाहन्थेँ— ‘राजाको सवारी त अस्ति थियो । हिजोचाहिँ के भएर नआउनुभएको नि ?’
यसपल्ट ऊ प्रस्टै रिसायो । झ्वाँक देखाएरै बोल्यो— ‘‘बिरामी हुन पनि नपाइने ? बिरामी भएँ, के गर्न सक्नुहुन्छ, गर्नुस्...।’’
रामदाजुले लेख्दालेख्दै रोकिएर कलम बन्द ग¥यो तर कुर्सी छोडेर उठ्न भने उठिहालेन । कार्यालयमा थुप्रै मानिसहरू जम्मा भएका थिए । सबै सगबगाउन थाले ।
— लौ बित्यास हुने भयो !
— लौ प¥यो फसाद ! रामदाजु रिसायो !
— रामदाजुले रिसाउनु हुँदैन !
— रामदाजुलाई रिसाउन दिनु हुँदैन !
म पनि अलि हच्किएँ । अस्तिदेखि थियो यो भीड ! रामदाजुको प्रतीक्षा अस्तिदेखि थियो । बल्ल आज मजाले धार बस्ने गरी इस्त्री गरेको सेतो खद्दरको कुर्तापाइजामामा सजिएर पान चपाउँदै टुप्लुक्क रामदाजु कार्यालयमा हाजिर भएको थियो । राजाको सिर्जनशील सक्रियताले सरकारसमेत मनोनीतमा चलेको यस बेला यस वडाका लागि मनोनीत भएको नक्कली वडाअध्यक्ष थियो ऊ पनि ।
त्यसो त ऊ नक्कली वा जे भए पनि यसै टोलको थियो । उसलाई बाल–वृद्ध प्रायः सबैले ‘रामदाजु’ नै भत्रे गर्थे । तर ऊ अध्यक्ष हुनुअघि पनि चाहन्थ्यो— उसलाई सबैले ‘नेताजी’ भनून्, ‘रामदाजु’ होइन । उसलाई ‘नेताजी’ का रूपमा भने कसैले पत्याइदिएका थिएनन् र अहिले पनि ‘रामदाजु’ नै भत्रे गरे । सायद उसले ‘नेताजी’ हुनका लागि वा बत्रका लागि खद्दरको कुर्तापाइजामा लगाएर पान चपाउनुपर्छ भत्रे बुझेको थियो । त्यो बुझाइ उसले मित्रराष्ट्रको जोगबनी र फारबिसगन्जबाट सिकेको थियो ।
आखिर कसैले नपत्याइदिए पनि एक दिन ऊ नेता भएरै छाड्यो— चाहे टीके नै किन नहोस् ।
अँ त, वडाकार्यालयमा उपस्थित जनताहरू सगबगाए । सबैले मलाई घुरेर हेरे । उनीहरू भत्र चाहन्थे— ‘किन तिमी उत्ताउलो हुन्छौ ? अहिले यो मूर्खले हाम्रो काम गरिदिने छैन । गुहुलाई कोट्ट्याउनुपर्छ र ? छाडिदेऊ न !’ उनीहरूले आँखैले मसित अनुनयविनय गरे ।
अनि फर्किए रामदाजुपट्टि— ‘‘रामदाजु ! तपाईं उहाँको कुरा नसुत्रुस् ! उहाँ अलि पढेलेखेको मानिस हो ! युवा हुनुहुन्छ ! अलि जोश छ । तर हामीले त तपाईंलाई केही भनेनौँ नि !’’ टोलको सीताराम काकाले उपस्थित अरू जनता–जनार्दन (जनार्दनचाहिँ होइनन् कि ?) सित समर्थन चाहे ।
‘‘हो, भनेनौँ !’’
‘‘हो, कसैले केही भनेनौँ !’’
म चुप लागिदिएँ ! कमसेकम सीताराम काकाले मलाई पढेलेखेको मानिस र पढेलेखेको मानिसले गलत काम कुरा कोट्ट्याउँछन्, विरोध गर्छन् भनेर उल्टै किसिमले भए पनि समर्थन त गरिदिनुभयो ।
‘‘अब तपाईं नबोल्नुस् ! मलाई काम गर्न दिनुस् !’’ रामदाजुले मतिर उन्मुख हुँदै हातले छोडेको कलम पुनः समात्यो र थाल्यो लेख्न ! हुन त ऊ मेरै लागि लेख्दै थियो— नागरिकताका लागि सिफारिसपत्र ।
मैले अध्ययनको क्रममा कहिल्यै नागरिकता बनाउने आवश्यकता ठानिनँ । अहिले पनि जागिरका लागि फाराम भर्नुपर्ने भयो र नभइनहुने नागरिकता प्रमाणपत्रका लागि जुरमुराएको थिएँ म । फाराम भर्न थोरै दिन मात्र बाँकी थियो र जुरमुराएको थिएँ म । भ्याउने हो कि नभ्याउने हो ? वडाबाट नगरपालिका, नगरपालिकाबाट जिल्ला प्रशासन र त्यसपछि धनकुटा लोकसेवा आयोग ।
टोलकै रामदाजु ! अस्ति पनि, हिजो पनि उसको घर पटकपटक पुगेँ । तर रामदाजु गायब ! राजाको सवारीमा भीडको शोभा बढाउन ऊ मनोनीत वडाध्यक्ष गयो त अवश्य होला तर बिरामीचाहिँ कुनै हालतमा परेको थिएन ऊ । नभए घरमा हुने थिएन ?
उसले सिफरिसपत्र लेखिसकेर मेरो हातमा थमाइदियो र हात थाप्यो— ‘‘तीस रुपियाँ...!’’
म अकमकिएँ— ‘‘केको तीस रुपियाँ ?’’
‘‘अरे बाबा ! दस्तुर लाग्छ तीस रुपियाँ । यो रसिद होइन ?’’ उसको हातमा रातो रङको सिफारिसबापत भनी लेखिएको रु. ३०।— को रसिद थियो ।
यो नियमकै कुरा होला तर एउटा नागरिकले नागरिक हुन पाउन पनि दस्तुर तिर्ने ? यो कस्तो नियम ? मभित्र मिलिक्क कुरा खेले । मिलिक्क नै मैले गोजीमा हात हालेँ र ठ्याक्क तीस निकाल्न नसकेर आपूmसित भएको पचासको नोट उसको हातमा राखिदिएँ ।
उसले पचासको नोट खल्तीमा राख्यो र अरू जनतातिर उन्मुख भयो ।
मैले केहीबेर पर्खिएँ तर अहँ ! रामदाजु पैसा फर्काउने नामै लिँदैन बा !
अझै पर्खिऊँ, हेरौँ के गर्ने हो यसले ? साँच्चै बिर्सेको हो कि, पचाउने सुरसार हो ?
अझै केहीबेर हेरेँ । अझै केहीबेर पर्खिएँ तर अहँ ! पैसा फर्काउने नामै लिँदैन रामदाजु !
त्यसै त रामदाजुलाई हिजोअस्ति कुर्नुपरेको रिस, त्यहीमाथि उसले खान खोजेको रु. बीस ! मलाई असह्य भयो र कड्किएँ— ‘‘रामदाजु ! क्या हो पैसा फिर्ता गर्नु पर्दैन ?’’
रामदाजुले फेरि उल्टै मलाई घुरेर हे¥यो । उसले सोच्यो होला— मैले निर्लज्ज भएर फिर्ता पैसा मागेँ । त्यसैले मैले माग्दा पनि उसको हात कन्तुरमा गएन ।
फेरि जनता सगबगाए ! तिनले सोचे हुन्— लौ अब रामदाजु रिसाउँछ ! अब बित्यास हुने भो ! अब हाम्रो काम नहुने भो !
अचानक मैले देखेँ, थुप्रै हातहरू प्रकट भए— कसैका हातमा पाँच रुपियाँ, कसैका हातमा दस रुपियाँ, कसैका हातमा बीस रुपियाँ...!
उही सीताराम काकाले जबरजस्ती रु. बीसको नोट मेरो खल्तीमा राखिदिनुभयो र मानौँ ठेल्दै, धकेल्दै मलाई कार्यालयकक्षबाट बाहिर लखेट्नुभयो । त्यस कार्यमा सहयोग गर्ने उही आआफ्ना कामका लागि वडाकार्यालयमा उपस्थित भएका निरीह जनता थिए ।
म घचेटिएँ । बाहिर पुगेपछि हिँडेँ पनि तर मैले औँलो ठड्याउँदै भनेँ— ‘‘अहिले मलाई हतार छ तर म फेरि आउँछु । सीताराम काका ! तपाईंको पैसा फिर्ता गर्न र रामदाजुसित हिसाब चुक्ता गर्न म फेरि आउँछु....।’’

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2071

लेखकका अन्य रचनाहरु