घामभन्दा उज्यालो

- इन्द्र्कुमार श्रेष्ठ सरित्

सौर्य गएपछि घर एकपटक फेरि सुनसान भयो । अनिष्टको आशङ्काले एकापसमा हेराहेर गर्नु बाहेक हामीमध्ये कसैले केही बोलेनन् । हुन त अब बोलेर केही हुनेवाला थिएन । त्यसैले बोल्नुको कुनै अर्थ पनि थिएन ।
‘‘आमा π मलाई स“ाच्चै डर लागिरहेछ । ’’ —लतिकाले अ“ासु झार्दै भनिन्— ‘‘ सौर्यबाबुलाई हामीले रोृक्न सकेनौं । लौन, फेरि कुनै अनर्थ हुने पो हो कि ?’’
मेरो छातीमा चलिरहेको अ“ाधीबेरीलाई मैले छातीमै लुकाए“ । किनभने पच्चीस बर्षको लक्का जवान छोरो गुमाएकी आमाको छातीमा चलिरहेको बवण्डरलाई मैले नै सार्वजनकि गरें भने परिवारका अन्य सदस्य कहालिन थाल्ने छन् भन्ने मैले बुझेकी थिए“। माओवादीको सुराकीको भूmठो आरोप लगाएर सेनाले मेरो जेठो छोरो धैर्यको कायरतापूर्वक हत्या गरेपछि सेनाको अत्याचारले सौर्य छटपटिएको थियो । यो अन्यायको बिरुद्धमा आवाज उठाउनु पर्छ भन्ने भावना उसको मन मस्तिष्कमा तीब्र रुपले चलखेल गरिरेको थियो । पीडा, छटपटी र आक्रोश मेरो मनमा पनि नभएको होइन तर म त एउटा तन्नेरी छोरो गुमाइसकेकी शोकाकुल र पीडित आमा न हु“ । मलाई अर्को छोरोको पनि उत्तिकै स्नेह छ, चिन्ता छ । त्यसैले मनभित्र कहालिएर रोए पनि छोराछोरीको अघिल्तिर म धीर गम्भीर समुद्र बन्नु मेरो बाध्यता भएको छ ।

मलाई थाहा छ, मेरो छोरो धैर्यको केही गल्ती थिएन । ऊ शिक्षित थियो र शिक्षकको रुपमा गाउ“कै विद्यालयमा ज्ञानको चेतना ब“ाडिरहेको थियो । कुनै राजनैतिक दलस“ग उसको कुनै संलग्नता थिएन । तर रुढिबुढी विचारप्रति उसलाई पटक्कै विश्वास पनि थिएन । शिक्षाभन्दा मूल्यवान वस्तु संसारमा अर्को केही छैन भनेर उसले विद्यालयको समयबाहेक पनि गाउ“लेहरुलाई भेला पारेर समाज सुधारका विभिन्न गतिविधि गरेको देखी सहेनन् शाहीसत्ता र उसका तावेदारहरुले ।

‘‘ रोएरमात्र केही हु“दैन, आमा π अन्याय सहनु पनि अन्याय गर्नु नै हो । त्यसैले म अन्याय सहन्न बरु अन्यायको बिरुद्धमा आवाज उठाउ“छु । ’’—
‘‘ बाबु सौर्य π क्रुर हातहरुले तेरो दाजुलाई हामीबाट खोसेर लग्यो । तैंले पनि यस्तो कुरा गर्छस्भने हामी ज्यू“दै मर्छौ, बाबु । सहु बाबु सहु , सहनुको अर्को विकल्प छैन हामीस“ग । ’’— मैले जत्ति नै सम्झाए पनि सौर्य सम्झिनेृ स्थितिमा नै थिएन । उसले आप्mना पीडा, आक्रोश र छटपटीलाई बोलेर व्यक्त गर्न सक्थ्यो । तर म त त्यसो गर्न पनि असमर्थ थिए“ । किनभने ज्यू“दो बाघ नै पक्रेला जस्तो मेरो तन्नेरी छोरोको मेरै अ“ाखाअगाडि निर्मम हत्या भयो र अब उन्नाइस बर्षकै कलिलो उमेरमा बिधवा भएकी बुहारी थिई । बुहारीका अ“ाखा जत्तिखेर अ“ासुले भरिएका हुन्छन् । अर्काकी छोरीलाई त मेरो छोरोस“गको वियोगको योविधि पीडा हुन्छभने जन्म दिने आमा मलाई कत्ति पीडा भइरहेको होला भनेर भुक्त भोगीले बाहेक अरुले अनुमान लगाउन नसक्लान् नै ।

सौर्यको घर आउने र जाने ठेगान नै थिएन । आए पनि उसलाई खाने, नुहाउने र घरको मान्छेस“ग बोल्ने फुर्सदै हु“दैन थियो । कि त ऊ बुइ“गलमा बसेर मोटामोटा राता किताब पढिरहन्थ्यो कि त अ“ध्यारोमा छलिंदै आएको एक हुल मानिसस“ग साउती गरेर बात मारिरहेका हुन्थ्यो । सौर्यको यो व्यवहारले परिवारमा फेरि अर्को सङ्कट निम्त्याउछ भन्ने मलाई आभास भइसकेको थियो भने अर्कोतिर आज यह“ा दोहोरो भीडन्त भयो, आज यत्ति हताहत भयो भनेर रेडियोले फलाकेको सुन्दा मन त्यसैत्यसै ढक्क फुलेर आउ“थ्यो । तन्नेरी छोरोको अकालमा ज्यान गएको पीडामा धक फुकाएर रुन पनि नसकिरहेको पीडादायी अनि असहज परिस्थितिमा मैले कुखुरीकी माउले चल्ला छोपेभैंm आप्mनो बुद्धिले भ्याए अनुसार सम्झाएर सौर्यलाई आमाको वात्सल्यले छोप्नु नै एकमात्र उपाय थियो ।

‘‘ त“ यो के गर्दैछस्, सौर्य π बिना गल्तीकै हामीले यत्ति ठूलो सजाय भोग्यौं, भोगिरहेकी छौं । त“ कुहिनाले पहाड फोर्ने सपना देख्छन् ? ’—
रातो किताव लिएर घरबाहिर दौडिन हतार गरिरहेको सौर्यलाई च्याप्प समात्दै मैले भनें । र्— म बुभ्mछु, तैंले पढ्ने यी किताब अनि तेरा साथीहरु सत्ताधारीका लागि पाच्य वस्तु होइनन् । त्यसैले छोरा π आप्mना बैनी, भाइ र बिधुवी भाउजूका लागि भए पनि छाड्दे यी सब । अभरमा यी कुनै पनि बस्तु हाम्रा लागि भर बन्न सक्दैनन् । ै
‘‘ होइन आमा π जसलाई तपाईंले अविश्वास गरिरहनु भएको छ आउने दिनमा यिनीहरु न्ौ हाम्रा लागि भर बन्ने छन् । यिनैले दिलाउने छन् हामीलाई न्याय र यिनले नै रचना गर्ने छन् समानतामुखी समाजको, नय“ा नेपालको । ’’
‘‘ त“लाई यी राता किताव र तेरा राता मान्छेमाथि त्यत्तिविधि विश्वास भए ब“ाभैm रहेको हाम्रो त्यो पाखोबारी खन्दे भन्न त, म त्यह“ा मकै छर्छु । हेरु“ न त तेरा अभरमा भर बन्नेहरुको त“ाईं । ’’— मलाई पनि झोंक चलेर आयो । किनभने आमाको नाताले अब योभन्दा बढी म सम्झाउन सक्दैन थिए“ ।
मेरो कुरा सुनेपछि अकमक्क परेको सौर्य केही नबोली बाहिरियो ।

छोरी, बुहारी र सानो छोरो छटपटिएर रातरातभरि निदाउदै थिए । सेनाद्धारा दिन दिनैको घर तलासीले छोरीबुहारी तर्सिएका थिए । उनीहरु तर्सिनु स्वाभाविक पनि थियो । कहिले के सोध्ने बहानामा त कहिले के सोध्ने बहानामा , कहिले पानी पिउने बहानामा उनीहरु हाम्रो घर वरिपरि देखिनु राम्रो सङ्केत होइन भन्ने हामीले बुझिसकेका थियोैं“ । त्यसमाथि तिनको अ“ाखाले जवान छोरीबुहारीलाई नियाल्ने शैली कति असहज र अपाच्य हुन्थ्यो खै, कसरी बखान गरु“ म ? तर यी सबै घटनाक्रम सौर्यले बुझेको थिएन वा हामीले उसलाई राम्रोस“ग बुझाउन सकिरहेका थिएनौ ?
‘‘ आमा π आमा π बाहिर आउनु त.......... । ’’
‘‘ किन ? के भयो ? ’’ बुहारीले आत्तिएर बोलाएको सुनेर हामी सबै बाहिर निस्कियौं । म छक्क परें, हिजोसम्म ब“ाभैm रहेको प“ाच रोपनी जत्तिको पाखोबारी रातारात खनेर मकैसमेत छरिसकेको रहेछ । लौन, कसले ग¥यो यस्तो काम ? मलाई भनन रिङटा लागेर आयो ।
‘‘ चिन्ता नलिनुस् आमा । यो काम अभरमा भर हुने मानिसहरुले नै गरेका हुन् । यो त सानो नमूनामात्रै हो । यस्ता थुपै्र कामका लागि उनीहरु सघाउन सधैं तम्तैयार हुन्छन् । ’’
सौर्य मेरो अगाडि घामभन्दा उज्यालो बनेर मुस्कुराइरहेको थियो । उसको उज्यालिएको मुहारबाट मैले अ“ाखा हटाउन सकिन“ ।
‘‘ मलाई आशीर्वाद दिनुस्, आमा π ’’— सौयैले मेरो अगाडि निहरिंदै भन्यो । —‘‘ युगौंदेखि समाजमा व्याप्त रहेको शोषणको अन्त्य गरेर मानिस सबै बराबर हुन् भन्ने भावनाको विकासगर्दै नेपाली जननाको मुक्तिका लागि म महान जनयुद्धमा मिसिन हिंडे, आमा π मलाई आशीर्वाद दिनुस् । ’’
‘‘ सौर्य π बाबु π ’’— हिक्का घ“ाटीमा ग“ाठो भएर अडकियो । म उसलाई रोक्न चाहन्थें । तर मेरो बोली फुटेन । गाला अ“ासुको कुलो बनिरह्यो ।
‘‘ आमा π हिजोसम्म म तपाईंको मात्र छोरो थिए“ । तर अब म नेपाल आमाकै छोरो बन्न महान जनयुद्धमा संलग्न हुन गइरहेछु । मलाई ह“ासी ह“ासी बिदा दिनुस्, आमा π अब ब“ाचे पनि देश र जनताका लागि र मरे पनि देश र जनताकै लागि हो , आमा π ’’
चाहेर पनि मैले मेरो मुटुभन्दा प्यारो छोरो सौर्यलाई रोक्न सकिन“ । ऊ बिहानीको घामभन्दा पनि उज्यालो मुहार लिएर आपूmलाई पर्खिरहेका एक हूल साथीहरुतिर लम्किरहेको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2071

लेखकका अन्य रचनाहरु