समयको कठघरामा संरक्षण कविता आन्दोलन

- राजेन्द्र पहाडी

सामान्यतयाः जुनसुकै बहानाको आन्दोलन सौम्य, धीर, शालिन र सभ्य नहुने गरेको अनुभवले संरक्षण कविता आन्दोलनका बारेमा केही लेख्न बस्दा मलाई भित्र भित्रै चिमोट्यो । नामबाटै आन्दोलन भनेको हक, हित रक्षाका खा“तिर सहज बाटो अमान्य भएपछि वा सजिलो मार्गबाट उठाइएका आवाजहरुको सुनुवाई नभएपछि बिरोधस्वरुप गरिने कर्म हो भन्ने बुझिन्छ । सरसर्ती हेर्दा आन्दोलन नकारात्मक परिधानभित्र सजिएको शब्दावली जस्तो लाग्दछ । अर्थकै खोजी गर्ने हो भने पनि आन्दोलन भनेको जनमानसलाई उत्तेजित गर्न वा कुनै आवेगपूर्ण र अशान्त परिस्थिति सिर्जनाका निम्ति गरिने कार्य हो, जसमा एक प्रकारको हलचल, उथलपुथल र होहल्लापूर्ण वातावरणले स्थान जमाएको हुन्छ । आन्दोलनको परिभाषा खोज्दै गरेको मेरो मानसमा संरक्षण कविता आन्दोलन नामको साहित्यिक अभियानले थप कौतुहलता जन्माइदियो र म झनै घोत्लिन पुगें, कसरी गरिने होला संरक्षण आन्दोलन कविता मार्फत ? यसो गमे“, संरक्षण भनेको कुनै पनि चिज वा बस्तुको राम्ररी गरिने हिफाजत, बचाउ, जर्गेना वा रक्षा हो । आफूलाई मन परेको कुराको माग पुरा गर्न, रेखदेख गर्न, हेरविचार गर्न तथा सुरक्षा गर्न आन्दोलनको सहारा लिनु पर्ने हाम्रो धरातलीय यथार्थबाट मेरो सोचाई टाढा भाग्नै पाएन । निश्कर्ष निकालें, यसै भएर साहित्यका जिम्मेवार खेतालाहरु समाजको के के जाती सम्पत्ती संकटमा परेको अनुभूती संगालेर संरक्षणको कोकोहोलो मच्चाएका होलान्– गाउ“वस्ती, भीरपाखा र लेक बेंसीमा कविताको अर्म पर्म लगाएर ।
अभियानको अभीष्ठ जे सुकै होस् संरक्षण कविता आन्दोलन नाममात्रै सुन्दा पनि भिन्दै खालको कुत्कुती, औडाहा, चासो र थाहा पाउने उत्कट इच्छाले जो कसैलाई छोएको हुनुपर्दछ, म पनि यसै मेसोमा बडारिए“, अछुतो रहन सकिन । आन्दोलनको मूलधारमा कही“ कतै मिसिन–हेलिन मौका नजुरेको भए पनि मलाई काउकुती लगाइरह्यो यो अभियानको नामले । आन्दोलनको गन्तब्यकै कुरा गर्दा जानेमाने साहित्यकर्मी तथा समकालीन साहित्य फा“टका बिकाउ व्यक्तित्व सरुभक्तको अगुवाई निम्छरो नहोला भन्ने अनुमान गर्न सकिने प्रसस्त ठाउ“ छ । त्यसो त नेपाली माटोमाथि हुर्केको गोर्खाली साहित्यमा विभिन्न खालका वाद, उपवाद, आन्दोलन, अभियान, समूह, गुट, उपगुट वा यस्तै उपक्रमको फेहरिस्त लामो नभएको भने होइन । ति सबै थालनी यो वा अर्को ढंगले नेपाली साहित्यको समग्र उन्नयन तथा श्रीबृद्धिका चिन्ताले आलोकित थिए भनी अनुमान गर्नु गलत नहुन सक्छ । म ठान्दछु संरक्षण कविता आन्दोलन पनि यहि पृष्ठभूमीबाट उठान भएको हुनुपर्दछ ।
कलमको सहायताले अक्षरको खेती गर्ने किसानहरु मध्येका केहीले साहित्यलाई वर्गीयतामा ढालेर हेर्नु गलत हुन्छ भन्ने गरेको मैले प्रसस्त सुन्ने गरेको छु । अर्काथरीको विचारमा साहित्यले वर्ग पक्षधरता लिइहाल्छ, किनकी साहित्य समाजको दर्पणको रुपमा स्थापित सामाजिक सम्पत्ती हो, जसले समाजको जस्ताको तस्तै चित्रण गर्दा समाजमा जे छ त्यसको चित्रण गर्नै पर्दछ । उनीहरु तर्क गर्छन, समाज वर्गीय रहेसम्म त्यसको जगमाथि लेखिने साहित्य पनि वर्गीय नै हुन्छ । वहस जे जसरी चलेको भएपनि वस्ततुः लेखनीले अफ्ठेरोमा परेका, अक्करमा जकडिएका, पछाडी पारिएका तथा मूलधारबाट छेउ लगाइएकाहरुका पक्षमा जोडदार आवाज बोलिदिनु पर्दछ भन्ने कुरामा कसैको विमति नहोला । आखिर हामी रहे बसेको समाजको कुरुप र सुन्दर बस्तु तथ्यलाई जस्ताको तस्तै प्रस्तुृत गर्नु साहित्यको प्राथमिक दायित्व भित्रै पर्ने विषय हो । कथा, निवन्ध, प्रवन्ध, गीत, कविता, गजल, मुक्तक आदि इत्यादि जे लेखे पनि तिनले गरिखाने, भएखाने, पु¥याएर खाने र चेपुवामा परेका वर्गका पक्षमा छरप्रस्ट कुरा उठाइदिए कति जाती हुन्थ्यो होला । लहरो तान्दा पहरो नै थर्के जस्तो कुराको चुरो समाउ“दै जा“दा म भित्र भित्रै स्खलित हु“दै गएजस्तो भान भैरहेछ । म घोत्लिए“ साहित्य लेखनको उपादेयता पहिल्याउने ध्येयले । किनारीकरण गरिएका तथा सिमान्तीकृत समुदायका पक्षमा साहित्यलाई उभ्याउन शहरका बडेमान अट्टालिकामा बसेर मात्र कति सम्भव थियो ? म उतिसारो भेउ पाउ“दिन । दिनदुःखी, टुहुरा, द्वन्द्व पीडित, बेसहारा तथा प्रकृतिको काखमा जन्मेर प्रकृतिस“गै खेल्दै हुर्केकाहरुको बारेमा तथाकथित केन्द्रमा बस्नेहरुले कति कल्पना गरेर लेख्दा हुन् ? म ठम्याउन सक्तिन । अध्ययन, अनुमान र कोरा अड्कलबाजीका भरमा मात्र कति इमान्दार साहित्य सिर्जना गर्न सकिएला र सोह्रै कल्पनामा आधारित साहित्यले जीवन र जगतको यथार्थ बोध गर्न कसरी सघाउला ? मलाई किटान गर्न हम्मे हम्मे परिरहेछ । शहरका आलिसान महलहरुमा राजसी छा“टबा“ट सहित जमेर बस्ने सम्भ्रान्तहरुले नेतृत्व गरेको साहित्यले आजपर्यन्त केवल माया, पीरती, मिलन, बिछोड र यौवन पीडाका विषयवस्तुमा आफूलाई गोल चक्कर लगाईरह्यो । यो कोटीको साहित्यले पाठकहरुलाई केवल निस्तो भ्रम बेच्यो, अल्छिपना बेच्यो, भाग्यवादी बनायो, चाकडी चाप्लुसी गरेर पेट पाल्न सिकायो, वर्गीय जागरणको चेतनालाई भुत्ते बनायो र प्राकृतिक मनोरम सत्ताबाट व्यक्तिलाई निकै टाढा हुत्ताइदियो उपभोगवादी दुनियामा । मलाई लाग्छ, संरक्षण कविता आन्दोलन का अभियन्ताहरुले यसै भएर हाम्रो धरातलीय मौलिकता माथि संकट देखे र संरक्षणमा जुटे ।
वास्तवमा सा“चो साहित्यको मूहान शहर बजारमा होइन, गाउ“घरका इत्ला, कान्ला, खोल्सा खोल्सी र पाखा पखेरामा रहेको हुन्छ । साहित्यका जिउ“दा जाग्दा पात्र शहरदेखि टाढा गाउ“घरका प“धेरामा, खरबारीमा, मेलामा, सोरठी, घा“टु, रोधी, प्रार्थना र भजन किर्तनका जमघटमा भेटिन सक्छन् । हेर्ने आ“खा सकारात्मक भइदिने हो भने गाउ“भरी कविता फूलेको भेटिन्छ, फा“टभरी गीत झुलेको देखिन्छ र पाका पुराना गाउ“लेका मुखारवृन्दमा सदियौं पुराना आख्यान झुन्डिएको पाइन्छ । गाउ“का झर्रा शब्दहरु आफै कविता, मुक्तक, गजल, हाइकु वा चोका जस्ता लाग्दछन् । गाउ“का पाखा पखेरामा कोइली, ढुकुर र गौथलीहरु नित्य प्रेम, सदभाव र सम्पन्नताका गीत गाइरहेका हुन्छन् । गाउ“का खोल्सा खाल्सी र छा“गा छहरामा बग्ने पानीले मानिसलाई निर्भिकतासाथ अगाडी बढ्न प्रेरणा दिइरहेको हुन्छ । अलिकति साहित्यिक विधि विधान सहित श्रृगारिकता एवम् सिंगारपटारको जरुरी पर्ला, अन्यथा सिंगो गाउ“ साहित्यमय छ बुझ्नेहरुका लागि । गाउ“मा साहित्य छम्छमी नाचेको छ देख्नेहरुका लागि । मलाई लाग्छ यसैभएर सरुभक्तहरु शहरदेखि डराएर साहित्यको चीर हरण हुन नदिनका लागि गाउ“ छिरे होलान् आन्दोलनको बहाना बनाएर । हुनत शहरका महल, कुना गल्छेडा, गौंडा, ढल र चौबाटोहरुमा साहित्य छैन भन्ने अर्थ लगाउनु गलत हुन्छ । शहर बजारमा पनि शान्ति, अमनचयन, सुरक्षा, सन्तुष्टी, आनन्द, पीडा, अभाव, अन्याय, अत्याचार, शोषण, विभेद, रोग, भोक, शोक जस्ता विषय बग्रेल्ती पाउन सकिन्छ । त्यहा“का अन्तर कुन्तर, गल्ली र गगनचुम्बी चार दिबारभित्र भिन्दै खालको क्रन्दन, रोदन र चित्कारले साहित्यको बाटो हेरेर बसेको हुन सक्दछ । सडक पेटीलाई सिरान राखेर सुत्ने बालबालिका, गुजाराका लागि देह व्यापारमा लागेकाहरु र हप्तौंदेखि बल्न नपाएका श्रमिक वर्गका चिसो चुलोहरुमा भिन्दै मर्म बोकेको साहित्य भेट्न सकिन्छ । तथापी, मुर्दा शान्ति, अब्यक्त पीडा, असह्य अभाव र मानव अस्मितामाथिको बक्रदृष्टिलाई शहरले दोलाईं ओडाएर गुपचुप राखेको हुन्छ । शहर बढी कृतिम, बनावटी र पाखण्डी देखिन रुचाउ“छ । फुस्रो रबाफका लागि शहरले मौनताको संस्कृति हुर्काइरहेको छ । यसको विपरित गाउ“ निर्मल निश्चल ना“ंगिने चाह राख्दछ । शहरलाई चिच्चाई चिच्चाई बोलाउनु पर्छ, गाउ“ आफै हार्दिक आदर भावले बोल्छ । शहर देखे पनि नदेखेजस्तो गरी तर्कन खोज्छ, तर गाउ“ नाता लगाई लगाई नजिक हुन आतुर देखिन्छ । शहर एकलकाटे र खुराफाती संस्कृतिको योजनाकार बन्दै गएको छ, तर गाउ“ बन्धुत्व, आत्मियता र भाइचाराको सम्बन्ध विकासमा जुटेको छ । म निश्कर्ष निकाल्छु, यसै भएर साहित्यका मर्मज्ञहरु कंक्रिटको जंगल त्यागेर गाउ“मा बनवास जाने आ“ट गरे होलान् ।
साहित्य कस्तो लेखिनु पर्छ ?, साहित्य कसका लागि लेखिनु पर्छ ?, साहित्यको लक्ष्य के हुनुपर्छ ? यी विषयमा धेरै बहश पैरवी गर्न सकिने ठाउ“ सुरक्षित छ । अपितु वर्तमानमा लेख्ने, लेखिने, बन्ने र बनाइने साहित्यले समाज, राष्ट्र र जनताको सोलोडोलो प्रतिनिधित्व गरेको हुनुपर्दछ भन्ने तर्कमा सहमति राख्न सकिन्छ, राख्नु पर्दछ । वस्तुतः लेखनी जन–जागरणको एउटा सशक्त माध्यम हो, जसले सुतेकाहरुलाई जगाउन मद्दत गर्न सकोस् । सुतेकालाई उठाउने, उठिसकेकालाई हि“ठाउने र हि“ड्न सक्षम भएकाहरुलाई आफ्नो गन्तब्य प्राप्तीका लागि दौडाउने सम्बल साहित्यले दिनै पर्दछ भन्ने ठान्दछु म । गौतम बुद्धले भने जस्तो ‘अप्पो दीपो भवः’ अर्थात ‘आफै दिपक भएर उठ र अरुलाई आलोकित गर’, यो सत्यलाई साहित्यकर्मीहरुले पनि निष्ठापूर्वक पालन गर्नै पर्दछ । तर आफै उठ्ने कुरामा कन्जुस्याई“ गर्नेहरुले अरुलाई ब्यू“झाउन के योगदान दिन सक्लान् ? छलफलको विषय बन्नै पर्दछ । आफै नजागेकाले र आफैले नबुझेकाले अरुलाई जगाउने र बुझाउने जिम्मेवारी कसरी तामेली गर्लान् ? किटेर भन्न सकिदैन । भनिन्छ, कालो बादलमा पनि चा“दीको घेरा हुन्छ, निराशालाई दुर गर्न यतिखेर यो भनाईलाई मनन गर्नुको अर्को कुनै उपयुक्त विकल्प छैन । बदलि“दो परिवेश अनुसार फेरिन र सच्चिन चाहनेलाई प्रयाप्त ठाउ“ दिइनु पर्दछ । महशुष गर्नु र परिमार्जित हुन पाउने अवसर लोकतन्त्रको सुन्दरता पनि हो ।
कसै कसैले साहित्य मनचिन्ते सोख या समय बिताउनका लागि लेख्ने गरेको तर्कस“ग म हृदयतः सहमत हुन सक्तिन । समाज, राष्ट्र र आम मानिसहरुको सरोकारको विषय बन्न नसक्ने गन्थन मन्थन लेखेर त्यसलाई साहित्य भनियो भने त्यो साहित्यको अपमान र बद्ख्याई“ बाहेक केही हुनै सक्दैन । कसैप्रतिको दायित्व र जवाफदेहीता बहन नगर्ने लेखनले साहित्यको आधारभूत मान्यतालाई आत्मसाथ गरेकै हु“दैन । समाजको विसमतापूर्ण संरचनालाई उजिल्याउन नसक्ने, सामाजिक–सांस्कृतिक कुरुपतालाई प्रस्तुत गर्न कन्जुस्याई“ गर्ने, यथार्थ विश्लेषण गर्न नसक्ने र बस्तुनिष्ठ सुझाब प्रस्तुत गर्न नसक्ने लेखन कामयावी हुन सक्दैन । बद्मास, फटाहा, पिराहा, चुसाहा, थिचाहा, मिचाहा र शोषकहरुका पक्षमा भक्तिगान लेखेर तथा माया पीरतीका टुक्राटाक्री जोडेर मात्र साहित्यको जिम्मेवारी पुरा भएको भन्ठान्नु बेइमानी कुरा हो र घृणित पक्ष हो । बैज्ञानिक चेतना बिनाको साहित्य लेखन निरर्थक र अर्थहिन बक्वास मात्र हुन पुग्दछ । सामाजिक संरचनाको पि“धमा रहेको बहुसंख्यक वर्गलाई सुसुचित गर्ने, चेतनाकरण गर्ने, संगठित गर्ने तथा सशक्तिकरण गर्ने प्रक्रियामा आजको लेखकीय दायित्व इमान्दारीपूर्वक प्रस्तुत हुनै पर्दछ । निश्चित छ कि यसका लागि तृणमूल तहका जनता, तिनको दैनन्दिनी र वरिपरीको वातावरणस“ग सामिप्यता राख्न सकिएन भने एउटा लेखक, कलाकार तथा सृजनाकर्मीको गुरुत्तर दायित्व पुरा हुनै सक्दैन । त्यसै भएर एक्काइसौं शदीको हा“कलाई पुरा गर्न चेतनशील कलमजीवीहरु कहिलेकाही“ शहर छाडेर गाउ“ पस्ने जमर्को गरेका होलान् ।
सैद्धान्तिक रुपमा साहित्यका विद्यार्थी र सर्जकहरु नविनताका पक्षधर हुन्छन् भन्ने कुरामा शंका गर्न सकिंदैन, तर कुन तहको नूतनताका पक्षमा ति उभिन्छन् र त्यस स्थानमा कति समयसम्म ठहर्न सक्दछन् भन्ने प्रश्न प्रधान प्रश्नको रुपमा आगाडी आउ“छ । जीवन र जगतलाई जस्ताको तस्तै केलाउन र छिमल्न सहयोग पु¥याउने तथा आम नागरिकहरुका लागि जीवनदायिनी ऊर्जा सम्प्रेषण गर्ने नाममा जे पायो त्यही लेखेर कापीका पाना भर्दैमा उच्चकोटीको साहित्य सिर्जना गरियो भनी मख्ख पर्नु आलोच्य कुरा हो । साहित्यका नाममा कोरा इतिहास लेखिने कुरा यो फा“टमा बढ्दै गइरहेको गैरजिम्मेवारीपनको पराकाष्ठा हो । यसका अलवा साहित्यलाई बपौती भन्ठानेर खुल्लमखुल्ला यसको दुरुपयोग गर्नु लेखकीय अपराध हो । यसैगरी साहित्यको मोज गर्न गाउ“ छिरेर गाउ“कै मर्यादा र इज्जतमाथि धाव बोल्ने काम भयो भने त्यो पनि जाति विषय भएन । प्रकृतिको आ“गनमा उभिएर गाउ“ले भाषाशैली, रहनसहन, भेषभुषा, प्रथा परम्परा, चाडबाड, मूल्य मान्यता, संस्कृति आदिको गरिमा छेदन गर्न र तिनमाथि हिलो छ्याप्न साहित्य लेख्ने हो भने त्यसको पनि कुनै महत्ता हु“दैन । गाउ“ले दाजुभाइ तथा दिदीबहिनीहरुस“ग मितेरी लगाएर तिनका जिन्दगीका उहापोहमा समाहित हुन सके तथा तिनका अन्तर मनका भावनालाई बुझ्न सके मात्र साहित्यिक अभियानले सार्थकता पाउन सक्दछ– जन–उपयोगी र समाज–उपयोगी साहित्यको रुपमा । तसर्थ सर्जकहरुले सकारात्मक ढंगले समाज रुपान्तरणका माध्यम बन्न प्रयत्न गर्नै पर्ने हुन्छ ।
ख्याल गर्नै पर्ने पक्ष यो पनि हो कि चैतन्यमा खोटो दाग लागेकाहरुबाट उत्कृष्ठ प्रस्तुतिको अपेक्षा निरर्थक हुन जान्छ । जीवन, साधना, श्रम र पसिनाको आदर गर्न नजान्ने व्यक्ति वास्तविक स्रष्टा हुनै सक्दैन । परिणामतः सृजना कृत्तिम, ढोंगी र पश्चगामी हुन पुग्दछ । प्रकृतिको दोहनमा रुची भएका अतिवादीहरु कुनै पनि शर्तमा प्रकृतिप्रेमी हुन सक्दैनन् । प्रकृतिबाट सिक्न नचाहने तर मनपरी गरेर प्रकृतिलाई नै पाठ सिकाउने इरादा राख्नेहरु संरक्षण आन्दोलनका हिमायती हुनु हु“दैन, यसबारे आन्दोलनकर्मीहरु सचेत बन्नु पर्दछ । ग्रामीण समुदायका पाटी, पौवा, देवस्थल, गुम्बा, चर्च, मस्जिद, मठ, मन्दिर, देवालयलाई साछी राखेर साहित्य कोर्ने र त्यही“का जनसमुदायलाई रचना सुनाएर रचनाको बैधता ग्रहण गर्ने आन्दोलनको विशेषतामा सांस्कृतिक चोरहरुको घुसपैठ प्रतिबन्धित हुनु पर्दछ । पैदलयात्राको शोख भएका तर पानी खाने तुम्लेट समेत अर्काले बोकिदिनु पर्ने खानदानी, बिलासी र घुम्ने कुर्सीमा गजधुम्म बसेर गाउ“ले साइला दाइ तथा ठूलीदिदीका बारेमा कविता कोर्ने स्वघोषित साहित्यकारहरु पनि यो आन्दोलनमा नअटाए कति जाती हुन्थ्यो होला । गाउ“का देवालयहरुमा बर्षौ बर्षसम्म जनमानसका आस्थाका प्रतिमान स्वरुप रहेका मूर्ती तथा गजुर चोरी गरेर आफ्नो बैठक कोठामा सजाउने गिरोहका सदस्यहरु पनि यो जुझारु आन्दोलनका सहयात्री हुनु हु“दैन । आधारभूत तहका जनताको मानमर्दन गर्ने, हियाउने र तिनको अपमान गर्नमा रुची भएका कथित लेखनदासहरुलाई यो आन्दोलनको भेलले किनारा लगाइदिनु पर्दछ । सकिन्छ भने साहित्यलाई मागीखाने भा“डो बनाएर तथा पुरस्कार, सम्मान वा अभिनन्दनको पसल खोलेर तथा लेखकीय मर्यादालाई दाउमा राखेर खुल्ला साहित्यिक ब्यापारमा उत्रेकाहरुलाई पनि यसको आन्दोलनकारी सूचीमा नाम नचडाएको राम्रो । चाकडी, चाप्लुसी र चम्चागिरीका आधारमा नाम कमाउन पल्केका ‘भज गोविन्दम्’ हरुलाई यो आन्दोलनले अवश्यमेव निरुत्साहित गर्नु पर्दछ । खेताला हालेर साहित्य सिर्जना गरी आफ्नो नाममा बजारमा ल्याउने ठेकेदार प्रवृत्तिको विरुद्धमा पनि यो आन्दोलन सतिसाल भएर उभिनु पर्दछ । सामाजिक संरचनाका अन्य निकायमा जस्तै साहित्य क्षेत्रमा सुद्धिकरण आजको अपरिहार्यता बन्दै गएको छ । असली साहित्यसेवीहरुको निरुपण गरेर तिनको जर्गेना गर्ने र साहित्यको खोल ओढेका ढोंगी, खुराफाती एवं कमसलहरुलाई हटाउने हिम्मत यो आन्दोलनले गर्नै पर्दछ ।
संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि निरन्तर तथा अविछिन्न लागिरहन बिशिष्ठ खालको कटिबद्धता र सर्मपण जरुरी हुन्छ । यसका सारथीहरु थकाइ नमानीकन दीर्घकालसम्मका लागि आन्दोलनलाई समयानुकुल व्यवस्थित र परिमार्जित गर्दै अगाडी बढ्लान भन्ने आशा गर्नु अन्यथा होओइन भन्ने लागेको छ । संरक्षण कविता आन्दोलन नेपाली साहित्याकासको ध्रुव ताराको रुपमा चम्किरहनका लागि यसको परिवारका सदस्यहरुले पनि आफूहरुलाई बेला बेलामा धार लगाउनु, चम्काउनु वा रिचार्च गरिरहनु पर्ने हुन्छ । आफू भित्रभित्रै खिईंदै जाने, गल्दै जाने, सकि“दै जाने तर अरुलाई भने अर्ति उपदेश दिने कुरा सुहाउ“दो हु“दैन । समकालीन दुनियालाई बुझ्न र सही अर्थमा ग्रहण हर्न हिच्किचाउनेहरुले राष्ट्र र जनजीविकाका पक्षमा सहयोगी हुने साहित्य सृजना गर्न सक्दैनन्, यसमा कुनै द्विविधा छैन । बरु त्यस्ताहरुले स्वान्तःसुखायका लागि साहित्यका नाममा पाना भर्न सक्दछन्, जसको कुनै सामाजिक उपयोगिता र मूल्य नहुन सक्दछ । तसर्थ संरक्षण कविता आन्दोलन बदलिंदो परिस्थिति अनुरुप नया“ नेपाल विनिर्माणका लागि विचार र दृष्टिकोण निर्माणको आन्दोलनका रुपमा अगाडी बढ्नु पर्दछ । एउटा त्यस्तो बैज्ञानिक विचार जुन विचारले समग्र युगको प्रतिनिधित्व गर्न सकोस् र सकोस् समकालीन समाजलाई दिशानिर्देश गर्न । आन्दोलनका हरेक पहलकदमीलाई समाज स्वीकार्य तथा ग्राह्य बनाउने ठोस दिशामा आन्दोलनकर्मीहरु निर्भिग्न लाग्नै पर्दछ । वैचारिक अलमल, दिशाहिनता, थकावट वा अन्य यस्तै बहानाबाजीले आन्दोलनको तेज मलिनो हुन र अन्ततोगत्वा झ्याप्प निभ्न बेर लाग्दैन । कमजोर धरातलका कारण इतिहासमा यस्ता थुप्रै प्रयत्नहरु लक्ष्यमा नै नपुगी विश्रान्ती लिएको हामीले देखे भोगेको विषय हो । तसर्थ प्रकृतिको काखमा बसेर उसैका बारेमा लेख्ने, उसैलाई सुनाउने र उसैबाट अनुमोदन गराउने यो बढो गजबको काइदाको फाइदा लिन यसका पान्थहरु हातमा हात मिलाएर निरन्तर उकालो लागिरहुन् भन्ने सुभेच्छा राख्नु अन्यथा नहोला भन्ने लाग्छ ।
बाटो लागेपछि, यात्रामा अघी बढेपछि पुग्ने चोटीका बारेमा जानकार थिइन“ भनेर छुट पाउने संस्कृतिलाई अब तोड्न जरुरी छ । साहित्यको कलम समाएकाहरुले त्यसको गन्तब्यको प्रष्ट तस्वीर हरदम आफ्नो मानसमा राखेको हुनुपर्दछ भन्ने लाग्दछ । बीच बाटोबाटै दिग्भ्रमित भएर अलमल हुने या उद्देश्यबाट पलायन हुने खतरालाई दूर गर्न यात्राको भरपर्दो तयारी मनासिव देखिन्छ । मूलतः इतिहासको कठघराबाट भाग्ने यत्न कसैले पनि गर्नु हु“दैन, बरु सच्चाईका आधारमा समयले लिएको कठिनसाध्य परीक्षा उतिर्ण गर्न तयारीका साथ जुट्नु उचित कुरा हो । प्रस्तुत आन्दोलनले पनि आफूलाई निशर्त समयको कसीबाट जा“चिन खुट्टा कमाउनु हु“दैन । बलवान् समयको परीक्षामा खरो उत्रिन सक्ने हो भने आन्दोलनको अन्तिम सफलतालाई कसैले पनि रोक्न छेक्न सक्दैन । नेपाली साहित्य क्षेत्रमा उदाउन लागेको केन्द्रमूखी प्रवृत्ति, व्यक्तिवाद, चाकडी प्रथा, मनपरीतन्त्र र गैरजिम्मेवारीपनलाई सवक सिकाउन गाउ“लेको कित्तामा उभिनु प्रशंसनीय विषय मान्नै पर्दछ । गाउ“ले जीवनलाई नजिकबाट चिनेर त्यसको सुन्दर, शान्त र विशालताका पक्षमा साहित्य सृृजना गर्ने आ“ट देखाउनु सुखद पक्ष हो । वास्तवमा देश भन्नु गाउ“कै समष्टी हो । गाउ“ बुझ्यो भने देश बुझ्न सकिन्छ । गाउ“ बल्यो भने देश चम्किन्छ । देशको आदर्श धरोहर गाउ“को जगमा उठान भएको हुन्छ । देश काया हो, गाउ“ त्यसको आत्मा । देश बुझ्न गाउ“तिर फर्केर हेरेनौं भने हाम्रो बुझाई एकलकाटे र एकपक्षीय हुने कुरा निश्चित छ । पुछारमा, गाउ“, गाउ“ले सम्पदा, गाउ“ले सेरोफेरो र गाउ“को पु“जीलाई मियो मानेर साहित्य सिर्जना गर्ने सुन्दर विचारले जन्मेको संरक्षण कविता आन्दोलन, यसका हली, बाउसे, खेताला र घरपट्टीहरु सबै सबैलाई अनन्य साधुवाद ।

शिवालय बहुमुखी क्याम्पस
कुश्मा, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2071

लेखकका अन्य रचनाहरु