बेइजिङ जाने रेल

- प्रतीक ढकाल

रेल हो कि एयरबस हो यो -

'टी २८' रहेछ हाम्रो रेलको संकेत नम्बर । स्टेसन धेरै टाढा भएकाले अ“ध्यारैमा उठाउन आइपुुगेका छन्, सीटीएमएका साथी । रेल छुट्ने त बिहानको ८ बजे हो, तर त्यो ८ बजे भनेको त नेपालीको पौने ६ बजे हो नि बिहानको । बिहानको चकमन्नता चिर्दै माइक्रोबसले पुर्‍यायो हामीलाई ल्हासाको रेलवे स्टेसनसम्म । अनि हतार-हतार सामान बोकेर हामी र्टर्मिनलभित्र छिर्‍यौंं ।

ढोका खुल्यो अनि सबै लाग्यौं-तोकिएको ढोका नम्बरबाट छिरेर प्लेटर्फमतर्फ। जब हामीले आफू चढ्नलागेको रेल देख्यौं,अनि अस्वाभाविक रूपले हामी सबैको प्रतिक्रिया बाहिर आयो- होइन, यो रेल हो कि एयरबस - हाम्रो टिकट एउटै डिब्बाको थिएन । पन्ध्र दिनअघि बुकिङ गर्दा त यो चाला छ भने के पाउन सकिएला र यो रेलको टिकट त्यत्तिकै दौडेर आएका भरमा † हामी दसजना तीनवटा डिब्बामा छरिएका छौं । बाह्र सय युआनवाला स्लिपिङ वर्थ तीनवटा मात्र फेला परेको रहेछ । त्यसमा आङछिरिङ शर्ेपा, दिवसविक्रम शाह र म बस्ने सुत्ने भयौं । बा“की अरू सबै आठ सय युआनवाला स्लिपिङ वर्थ तर छरिएर दुइटा डिब्बामा ।

बाह्र सय युआनवाला स्लिपिङ वर्थ भएको डिब्बाको एउटा कोठामा चारवटा मात्र सिट हु“दारहेछन्- फराकिला र स्तरीय । तर आठ सय युआनवाला सिटचाहि“ एउटै कोठामा ६ वटा राखिने भएकाले अलि साना र सा“घुरा थिए । अनि सिटको मूल्य पनि सबैभन्दा तल -भुइ“) कोलाई सबैभन्दा बढी, बीचकोलाई अलि कम र सबैभन्दा माथिको -छतस“ग जोडिएको) लाई सबैभन्दा कम पर्दोरहेछ । तर औसतमा १२ र ८ सय युआनभन्दा तल यो मोल छैन ।

रेल हि“ड्यो अघि नै । भर्खरै 'ह्याङबाचेन' बजार नाघ्यो । यो क्षेत्रमा जहा“ खने पनि तातोपानी आउ“छ रे । अचम्मको सर्न्दर्भ सुनाउनुभयो- शर्ेपाले । रेल रोकिने अर्को स्टेसनको नाम नाक्छु हो रे । रेल बाहिरको तापक्रम ११ ड्रि्री सेल्सियस रहेछ । यसको गतिचाहि“ अहिले ९१ किलोमिटर प्रतिघन्टा छ रे । यो सबै रेलले भनेको । सूचना आइरहन्छन्, डिस्प्ले बोर्डमा ।

दामसुङ आइपुग्दा तापक्रम ९ ड्रि्री सेल्सियसमा झरेछ । हिमालकै फेदीमा आइपुगेको छ रेल । झयालबाटै हिमाल छोइएला-छोइएला जस्ता देखि“दैछन् । यो कुहिरोमात्र नलागिदिएको भए कति मज्जा हुन्थ्यो । खुला चरन क्षेत्र रहेछ । चउर छ, अलि पर गएर त्यत्तिकै हिमाल ठडिन्छ । यहा“ त हिमाल उठ्नलाई पनि केहीबेरै नलाग्दो रहेछ । सम्म ठाउ“ पचास मिटर नपुग्दै हिमाल भइहाल्ने । युवतीका स्तनजस्ता हिमाल बीच-बीचबाटै उठ्ने टुसुक-टुसुक । त्यहीं हिमाल छ, अनि त्यही“ फेदीमा चर्दैछन् चौंरीका बथान । यति धेरै चौंरी चरिरहेछन् कि न भनिसाध्य छ, न गनिसाध्य । त्यति धेरै चौंरी- एकैथलोमा त मैले देखेकै रहेनछु ।

म डिब्बा नं ५ मा छु अहिले । झयालबाट देखिएको पर्ूवतिरको भाग सबै सेतै छ- पर छेउसम्मै । पूरै हिउ“ परेको छ । हिमाल छन्- लहरै । तर बडो भद्र देखिन्छन् हिमाल । यी कसैको पनि टुप्पो तिखो छैन । डडेलधुराका पहाडजस्ता रहेछन् हिमाल- तिखो नहुने- भद्र थाप्ले चुचुरोमात्र । र यी सबै हिमालको टुप्पामा झुप्पा-झुप्पा भएर कुहिरो फलेको छ । रेलभित्र मधुरो ध्वनिका चिनिया“ संगीत गुञ्जिरहेछ । नाक्छु आउन लागेको छ रे । नाक्छुको उचाइ पनि देखि“दैछ, सूचनामा ४५२१ मिटर । नाक्छु सहर ठूलै रहेछ । यहा“ प्रत्येक वर्षो अगष्टमा पूरै तिब्बतीका बीचमा बृहत् घोडादौड प्रतियोगिता हुन्छ रे । त्यसबेला विविध सांस्कृतिक झा“की र भेषभूषासहित हजारौं मानिस एकैसाथ नाच्छन् रे । र यो चिनिया“ नुन उत्पादनका लागि अग्रणी ठाउ“ हो रे । रोकिएको रेल फेरि हि“ड्यो । बाहिरको तापक्रम ११ ड्रि्री सेल्सियसमा उठेछ । रेलले भन्यो- 'अब म घर्ुर्मुमा मात्रै रोकिन्छु ।'

देबे्रतिर विशाल ताल आयो । यसको चौडाइ त एक किलोमिटरजति मात्रै होला, तर लम्माइ त घटीमा पनि १२-१५ किमि होला । सायद ताल यति लामो बन्नुका पछाडि यही रेलवे निर्माण गर्दा त्यस ठाउ“को माटो काटिएको एउटा कारण हुनसक्छ । बाटो दाहिनेतिर र ताल नभएको ठाउ“मा बाया“तिर समेत घा“स रोपिएको छ । घा“सको वीउ/बिरुवालाई हावाले नउडाओस् भनेर पूरै ढुंगाले थिचेर राखिएको हु“दोरहेछ । थिच्नका लागि राखिएका ढुंगाले बनाएका छन्, विशाल-विशाल बुट्टा यो क्षेत्रभरि ।

वास्तवमै ढुंगाले बनेका यी कृत्रिम बुट्टा दर्शनीय छन् । यिनीहरूले थिचेको घा“स जब उम्रेला, ढाक्ला यो सिंगै फा“टलाई त्यो दिन कति सुन्दर देखि“दो हो- सिंगै तिब्बत । बाया“ हाततिर परपरसम्म खुल्ला चउर छ । दाहिनेतिर झयालैबाट छोइएला जस्ता हिमाल । अहा, यस्तो ठाउ“मा, एकैछिनका लागि यो रेलबाट ओर्लेर बाहिर जान पाए- कति मज्जा हु“दो हो । यहा“ त हि“ड्दा-हि“ड्दै हिमचुलीमा पुगिन्छ । मानौं कि ती सबै पदयात्रा चुली हुन् ।

भुइ“मै हिउ“ परेको छ, थेग्ला-थेग्ला भएर । यस्तो देखिन्छ- मानौं कि प्रकृतिले जताततै चा“दीका टुक्रा वषर्ा गरिदिएको छ । सुकाउन टा“गेको डोरीबाट धोइएका सेता-सेता लुगा भुइ“मा खसेजस्तो देखिन्छन्- यी थेग्लाहरू । लौ, यो चउरमा यी राता पहाड कहा“बाट आए ह“ - कहा“बाट पलाए ह“ यी राता पहाड मेरो दाहिनेतिर - रेलले पार गर्नुपर्ने सबैभन्दा उचाइको विन्दु ५१८० मिटरको ताङ्लापास कति बेला सुलुत्तै 'पास' भइसकेछ । त्यो ठाउ“ त पासमात्र होइन, 'पास्ट' भइसकेछ । थुक्क, कस्तूरी हेरौंला भन्याथे“- छुटिहालेछ । हुन त दुःखमनाउ पनि किन पो गर्नुपर्‍यो र † हर्ेर्ने कुरा त उनै त हुन् । त्यत्ति हो, त्यो ठाउ“चाहि“ चिनिएन भन्ने । छुटेको कुरो र उम्केको माछोमा केको चिन्ता - खै त सार्की तामाङ निदाएर पनि त भएकै छ नि † नरहरि भण्डारी घुरेर पनि त काम चलेकै छ क्यारे ।

सिंगै रेल सुरुङभित्र छिर्‍यो र हराइरह्यो अ“ध्यारोमा धेरै बेरसम्म । कोठा उज्यालो बनाउन दिवसविक्रम शाहले बत्तीसमेत बाल्नुभयो । यो सुरुङ सकिनेबित्तिकै रेल ओरालो लाग्यो । नाङ्गो मैदानमा मृग वर्गका एकथरी जन्तुका स-साना समूह दगुरिरहेका छन् । कति राम्ररी कुदेका यी जन्तु । मलाई लाग्छ- यिनै हुन् कस्तूरी । तर धेरै टाढा भएकाले छुट्याउन गार्‍हो भइरहेको छ । बथान आ-आफ्नै छन् तिनका र एउटा हुल एकैतिर दगर्ुछ । सायद यही रेलको आवाजले बिथोलिएका हुनसक्छन् । यी मृग देखेर असाध्यै रमाइलो लाग्यो मलाई । नत्र त जाङ्मु नाघेदेखि मैले २/४ वटा चराबाहेक आजसम्म कुनै जनावर देख्न पाएकै थिइन । रातको ९ः३० बजे घर्ुर्मु आयो, हि“डेको १४ घन्टापछि । रेल अहिले बल्ल दोस्रो स्टेसनमा रोकिएको छ, हि“डेदेखि । तर हाम्रो मन भने हिजैदेखि बेइजिङ नै पुगिसकेको छ ।

कान्तिपुरबाट

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 14 बैशाख, 2065

लेखकका अन्य रचनाहरु