आज तिमीलाई सम्झिदा

- महेश रेग्मी

मेरो एउटा मात्र आकाङ्क्षा
भर्भराइरहेको मन
फूल भएर प्रतीक्षा गरिरहेको म
प्रतीक्षाका यतिका वर्षहरू बिते
तर पनि म ढुङ्गा हुन सकिनँ
तर यान्त्रिक भएको छु
 
तर तिमीले नबिर्स कि,
मेरो याम सकिएको छैन
मेरो याम सकिएको तिमीले सम्भि्कयौं भने  
मान,
तिमी पनि सकिनेछौं ।
 
मेरो बासना तिमीलाई थाहा भएकै हुनुपर्छ
तिम्रो ऋतुपरिवर्तन भएको मलाई थाहा छ  
जब वैशाख महिना सुरु हुन्छ
म खुशीले पागल हुन्छ
किनकि
त्यो दिन तिमीलाई खुब सम्भि्कन्छु

धोबीचराको चिरबिर
तिमीलाई मन पर्छ होइन ?
त्यो धुपीसल्लाको बोटमा
धोबीचराको विरह पनि तिमीले सुनेकी छौं
हो, त्यही धोबीचरा भएको छु
 
घरको चारैतिरको झ्यालढोका बन्द गरेर
अँध्यारो कोठामा बस्छु
जन्मदिन मनाउदिँन
रक्सीले मात्तिन्छु
, जीवन खोज्छु ।
 
तिम्रो तस्बिर पनि धमिलिएछ
मेरो तस्बिर पनि धमिलिएछ
अँध्यारो कोठामा
फुत्त एउटा जुनकिरी पस्छ

सोच्छुत्यो तिमी हौं
त्यो जुनकिरी र अँध्यारोको वरिपरि म
, भयानक रिक्तता
तिम्रो धमिलिएको त्यही तस्बिर खुब हेर्छु
राति नराम्रो सपना देख्छु
, स्खलित हुन्छ
तिमीलाई खुब सम्भि्कन्छु
हिजोको याम सम्झेर रोए पनि ।
 
के हाम्रो दौड खत्तम भयो ?
के हामी थाकेका हौं त एकअर्कासँग ?
के तिमीले मलाई मासुको थुप्रो सम्भि्कयौं ?
वा
एक किसिमको आतङ्कित गन्ध ?
जो सुँघ्न सकिँदैन
कि म निर्जन दृश्य हुँदो छु ?
के हुँ म?
को हुँ म?
कि एउटा दुर्घटना हुँ ?
कि एउटा सपना हुँ ?
तिम्रो वक्तव्यको प्रतीक्षा गर्छु  
, एकप्रकारले गम खान्छु
म जन्मनुपरे
जन्मनेछु
पुनः तिमी गएको बाटोतिर
अब भेट हुने आशामा
म धोबीचरो बतास भएको छु
म बतास जताबाट आएको हुँ
त्यतैतिर हुत्तिँदो छु
तर किनकिन
काम / क्रोध / लोभ / मोह र बासना त्यागेर
के म मान्छे भइरहन सकुँला ?
तिम्रो भइरहन सकुँला ?
आज तिमीलाई सम्झिदा              

तानसेन–पाल्पा, हाल :  काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 14 बैशाख, 2065

लेखकका अन्य रचनाहरु