समाजशास्त्रीय सन्दर्भमा नारीः बन्धन र मुक्ति

- राजेन्द्र पहाडी

१. परिचयात्मक प्रारम्भः
सिद्धहस्त लेखक तथा प्रगतिवादी स्रष्टा मोदनाथ प्रश्रितद्वारा तयार पारिएको पुस्तक “नारी ः बन्धन र मुक्ति” ले आजको नया“ एजेण्डाको एक पक्ष महिला वर्गको अवस्था बुभ्mन मद्दत पुग्नेछ । नेपाली समाजमा महिलाको शोषण कसरी र कुन कुन क्षेत्रमा हुन्छ भन्ने बहस उठाई उहा“ले आजका राजनीतिक दल, बुद्धिजीवि नागरिक समाज र अन्य सबैलाई महिलाको उत्थान गर्ने प्रक्रिया बताउनु भएको छ । जनसंख्याको ५१ प्रतिशत संख्या ओगट्ने महिलाको शोषण यो हदसम्म हुनु र यतिका बर्षसम्म पनि यसको गुणात्मक रुपान्तरण हुन नसक्नुमा राज्य प्रणालीको स्वरुप र सामाजिक विभेद जिम्मेवार छन् । राज्य व्यवस्था अत्यन्त सा“गुरो र पुरुषप्रधान भएकाले र महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुनाले विभेदकारी अवस्था चलिरहेकै हो । एकातिर नारी नभई नहुने, अर्कातिर उनीहरुको शोषण पनि कायम राख्ने सोच हजारौं बर्ष पुरानो हो । श्रीमतीलाई “दासी” का रुपमा हेरिने र यौन उपयोगकालागि मात्र व्यवहार गरिनाले नारीको भूमिका सध“ै उस्ताको उस्तै रह“दै गएको हो ।

प्रश्रितद्वारा लिखित प्रस्तुत पुस्तकले नारी माथिको हिंसात्मक शोषणलाई बढी ध्यान दिएकाले यसै परिवेशमा उहा“को बिषयवस्तु घुमेको छ । यस पुस्तकमा खालि नेपाली महिलाको अवस्था मात्र झल्किदैन । दक्ष्ँिण एशियाका सम्पूर्ण महिलाको अवस्थाको सामान्य चित्रण गरेको जस्तो लाग्छ । उहा“को पुस्तकले मधेसका महिला, मुसलमान र अन्य जनजाती र क्षेत्रलाई विस्तृत रुपमा प्रस्तुत नगरी महिला एक वर्गका रुपमा बर्णन गरिएको छ । तर उहा“ले ग्रामीण भेगका महिलाको अवस्थाको चित्रण भने यथेष्ठै गर्नु भएको छ ।

आज पनि महिला र पुरुषका बीचको विभेद र असमानताको अवस्था उल्लेख्य मात्रामा घट्न सकेको छैन । यस्तो विभेदको अन्त्यका लागि र न्यूनीकरणका निमित्त शिक्षाको ठूलो भूमिका हुन्छ । त्यस्तै राजनीतिक चेतना र समावेशीकरणको । नियम÷कानून पारित गरेर मात्र पनि चलिरहेका भेद्भावको अन्त्य हु“दैन किनभने व्यवहार र नीति निर्माण गर्नेको अठोट्ले मात्र यस्तो विसंगति हट्दै जान्छ । महिला हिंसा नेपालमा मात्रै हुने होइन । धेरै विकसित भनिने देशमा पनि डरलाग्दा हिंसात्मक घटना घटेका हुन्छन् । यस्ता हिंसा अनेक प्रकारका हुने भएकाले कति एकै नासे हुन्छन्, कति भने आफ्नो समाज र देश झल्काउने मात्र हुन्छन् । जस्तो “महिला हिंसा र देह व्यापार” विश्वभरी प्रचलनमा आएका छन् । आज विश्वव्यापीकरणले गर्दा अन्य देशको प्रभाव पर्छ नै । तर देह व्यापार गरिनु पर्ने कारण भिन्न पनि हुन्छन् । जस्तो नेपालका गाउ“बाट आई शहरमा या अन्य ठाउ“मा देह व्यापार गर्ने आधार भौतिक र मनोवैज्ञानिक दुवै हुन सक्छन् । गाउ“मा साधन स्रोतको कमी र काम गर्ने वातावरण नहु“दा शहर पस्ने र यस्तै धन्दामा लाग्ने गरेको पाइन्छ । त्यस्तै आर्थिक प्रलोभन हो जसले निर्दोष महिला देह व्यापार गर्ने काममा लाग्छन् ।

२१ औं शताब्दीको वर्तमान प्रहरमा विश्वका कैयौ“ं मूलुकहरुले महिलालाई पनि पुरुषसरह विकासको मूलधारमा समाहित गरेर अगाडि बढाइरहेका छन् । तर हामीकहा“ अहिले पनि ज्यादै तल्लोस्तरमा बा“च्न विवश महिला दिदीबहिनीका दुःख, पीडा, वेदना र मर्मलाई उजागर गर्न निकै कसरत गर्नुपर्ने अवस्था रहेको छ । वास्तवमा महिला भएकै कारण थिचोमिचोमा पर्नु र समाजबाट सिमान्तीकृत हुनु दुःखद कुरा हो । पौरष्य अभिमान र दम्भ उचाईमा रहेको समाज व्यवस्थामा स्वाभाविक रुपले महिलाहरुको स्थान दोस्रो दर्जाको बनाइएको हुन्छ र उनीहरुलाई किनारा लगाइएको हुन्छ । महिला मुक्तिको आन्दोलन यो वा अर्को ढंगले वर्गीय मुक्तिस“ग पनि जोडिएको आन्दोलन हो । तसर्थ महिलामाथि हुने दमन, उत्पीडन र दुव्र्यवहारलाई समय, स्थान र परिस्थिति अनुसार सापेक्षतामा हेर्नु सान्दर्भिक हुन्छ । महिलाको उछितो काढ्न तथा उनीहरुलाई विभिन्न वहानामा पीडा दिन हाम्रो समाज सतर्कतापूर्वक लाग्ने गरेको हामी कसैबाट छिपेको छैन । सदियौंदेखि महिलामाथि हिंसा, दुराचार र अविश्वासको बञ्चरो चलाउ“दै आइएको छ । परम्परालाई साक्षी राखेर महिलालाई केवल भोग्यवस्तुको रुपमा बुझिएको छ भने उनीहरुलाई पूर्ण होइन आधा अङ्गको रुपमा हेरिएको छ । महिलाप्रतिको हेपाहा र थिचाहा प्रवृत्तिलाई मोदनाथ प्रश्रितको पुस्तक “नारी ः बन्धन र मुक्ति” ले प्रष्टरुपमा उजागर गरेको छ ।

वस्तुतः पुरुषप्रधान संस्कृति र समाजको उपजको रुपमा महिलालाई बिस्तारै बोल्नुपर्ने, नरम हुनुपर्ने, जे जस्तो परे पनि सहनु पर्ने, जतिसुकै पीर, जतिसुकै दुःख दिए पनि पचाउनै पर्ने, पतिलाई परमेश्वर मान्ने परम्पराले महिलाहरु दबाइएका छन्, हेपिएका छन् र निचोरिएका छन् । महिलाहरु महिला भएकै कारण अशिक्षित भएकाछन्, पछाडि पारिएका छन्, अवसरबाट परै राखिएका छन् र परिवारदेखि राज्यको निर्णयाधिकारबाट वञ्चित रहेका छन् । यसबाहेक हत्या, हिंसा, अङ्गभङ्ग, लुटपाट, रखैल राख्ने, चरित्र हत्या, वेश्यावृत्ति, चेलिवेटी बेचविखन, शारीरिक यातना, मानसिक यातना, कुटपीट, गाउ“ निकाला, झुठो आरोप, गाली बेइजती, यौन दुव्र्यवहार जस्ता समस्या आम नेपाली महिलाहरुको लागि धेरैथोरै साझा सवालको रुपमा रहेका छन् । यि प्रवृतिहरुलाई धर्म र संस्कृतिको आडमा कसरी मलजल गरिएको छ भन्ने तथ्य देखाउन मोदनाथ प्रश्रितले आफ्नो पुस्तकमा कुनै कसर बा“की राखेका छैनन् ।

लगभग सबै तह र क्षेत्रमा पुरुषहरुको हालीमुहाली भएको समाज, पुरुष केन्दि«त मूल्य मान्यता र नियम कानुन भएको राष्ट्र एवं पुरुष आवाजको मात्र यथोचित सुनुवाई हुने राज्य संरचनामा महिलाका बारेमा र त्यसमा पनि उनीहरुमाथि हुने हिंसाका बारेमा खोतल्नु असम्भव नभए पनि सहज कार्य होइन । महिलाका बारेमा दैनिकजसो गोष्ठी, कार्यशाला, सेमिनार हुन्छन् र उनीहरुको मुक्तिका बारेमा लामा लामा सुझाबहरु सुझाइन्छन् । तर बिडम्वना आजसम्म यस क्षेत्रमा ठोस उपलब्धी हासिल हुन सकेको छैन । हुनत हजारौं“ वर्षदेखि समाजमा विद्यमान महिलामाथिको उत्पीडन एकाएक हटेर जाला भन्ने अपेक्षा गरिएको होइन, तथापि यसका लागि सम्बन्धित सबैले सकारात्मक प्रयास जारी राख्नु पर्दछ । हाम्रो मुलुकको सन्दर्भमा पनि लामो समयसम्म चलेको महिला–पुरुष समविकासको आन्दोलनले धेरै सकारात्मक थालनीहरु गरेको छ । यी थालनीहरु प्रयाप्त छैनन् तसर्थ तिनका बारेमा समीक्षा गरी थप कार्यक्रमका बारेमा सुझाउनु आवश्यक देखिएको छ । यस दिशामा मोदनाथ प्रश्रितको यो पुस्तक कालजयी हुने कुरामा शंका गर्न सकिंदैन ।

२. आजको अवस्था
चर्चित लेखक तथा अनुसन्धाता मोदनाथ प्रश्रितले आफ्नो कृति “नारी ः बन्धन र मुक्ति” मा समग्र महिला जातीको इतिहासलाई सोलोडोलो रुपमा प्रस्तुत गर्न सकेकाछन् । उनको पुस्तकको अध्ययनबाट पाठकले महिलालाई वास्तविक रुपमा चिन्ने र उनीहरुको अवस्थाका बारेमा गहिरो विश्लेषण गर्ने सामथ्र्य विकास गर्न सक्दछ । यस आलेखमा “नारी ः बन्धन र मुक्ति” मा समेटिएका अन्तरवस्तुहरुलाई पर्गेल्ने चेष्टा गरिएको छ ।

वास्तवमा नेपालमा मात्र होइन दक्षिण एशिया, अमेरिका, यूरोप तथा अन्य देशमा भएको सर्भेक्षणले पनि घरभित्र महिला र बच्चाविरुद्ध अनेक बहानामा दमन र हिंसा हुन्छ भन्ने देखाएको छ । धेरै देशमा ३० देखि ५० प्रतिशत श्रीमतीहरु आफ्नै ‘‘पतिपरमेश्वर’’ भनिएको श्रीमानबाट र परिवारका अन्य पुरुष एवं महिलाबाट कमसेकम एक पटक पिटिएका हुन्छन् वा लगातार पिटिएका हुन्छन् । महिलाहरुका बारेमा अध्ययन गर्ने महिला शोधको अन्तर्राष्ट्रिय केन्द्र (आइसीआरडब्लु) ले भारतमा गरेको अध्ययन अनुसार घरेलु हिंसा अनपेक्षित धेरै भएको देखाएको छ । उक्त अध्ययनमा समावेश गरिएका ५० प्रतिशत विभिन्न उमेर, शिक्षा र क्षेत्रका महिलाले बताएअनुसार उनीहरुमा विवाह पश्चात शारीरिक तथा मनोवैज्ञानिक हिंसाको अनुभव रहेको छ । यस्तै करिब ५८ प्रतिशत महिलाले बताएकि उनीहरुका लागि हिंसा विवाह पश्चातको सामान्य कुरा हो । यो अध्ययनले अर्को चिन्ताजनक कुरा के देखाएको छ भने घरेलु हिंसा लुकिछिपी अथवा व्यक्तिगत नभै माइती, घर, छिमेकी र आफन्तहरुलाई जानकारी भएको हुन्छ, तर यसका बारेमा यिनीहरु केही पनि बोल्दैनन् । यस्ता कुटपिट, छेकथुनजस्ता अत्याचारदेखि खान–लाउन नदिने, अनेकौं झुठो आरोप लगाएर मानसिक रुपमा सताउने, घरभित्रै ज्यानसम्म लिनेजस्ता जघन्य अपराधहरु समाजमा व्याप्त रहेता पनि अर्काको घरको मामिलामा बोल्नुहु“दैन वा परिवारमा यस्तो त भइहाल्छ नि भनेर त्यस्ता घटनाहरुलाई बेवास्ता गर्ने गरिएको पाइन्छ । यसरी पीडित महिलाले हारगुहार नपाउनुका पछाडि हाम्रो समाजमा व्याप्त श्रीमतीमाथि श्रीमानको पूर्ण हक लाग्दछ, तसर्थ उसले आफ्नी श्रीमतीलाई के गर्ने, कसो गर्ने भन्ने कुरा उसको नीजि मामला हो भन्ने धारणाले काम गरेको बुझिन्छ ।

हिंसाले विश्वमा नै भयावह रुप लिइरहेको छ । धेरै खोज अनुसन्धानहरुका अनुसार विश्वमा दैनिक प्रत्येक ५ सेकेण्डमा १ जना महिलाले आफ्नो श्रीमानको पिटाई खाइरहेकी हुन्छिन् । ल्याटिन अमेरिकामा ६१५ महिलाहरु श्रीमानद्वारा पिटिने गर्दछन् । दक्षिण अफ्रिकामा प्रत्येक ९० सेकेण्डमा एउटी महिला बलात्कृत हुन्छिन् भने ब्राजिलमा प्रत्येक ४ मिनेटमा एउटी महिला पुरुषद्वारा कुटिदै हुन्छिन् । क्याम्बोडियामा १०५ भन्दा बढी श्रीमानहरुले आफ्नो श्रीमतीलाई शारीरिक यातना दिने गरेको पाइन्छ । बंगलादेशमा ४७ प्रतिशत महिलाहरुले आफन्तको हातबाट शारीरिक हिंसा भोग्दछन् । त्यहा“ ६०५ महिलाहरु घरेलु हिंसाबाट पीडित छन् । भारतमा प्रयाप्त दाइजो नल्याएको निहु“मा वर्षेनी पा“चहजार महिला मारिन्छन् । अफगानिस्तानमा बलात्कार, अपहरण, बलपूर्वक विवाह गरिनेजस्ता घटनाहरु व्यापक रुपमा हुने गरेको छ । एक अध्ययनले अमेरिकामा प्रत्येक दिन १६०० जना महिलाहरु बलात्कार हुने देखाएको छ । उनीहरु बढिजसो घरको परिवारबाट नै बलात्कृत हुने गर्दछन् । दक्षिण एशियामा ५० प्रतिशत महिला आफ्नो जीवनमा कुनै न कुनै समयमा घरेलु हिंसाको सिकार हुन्छन् । महिलामाथि हुने हिंसाको आकार ज्यादै ठूलो छ । विश्वभर मै यसले प्रत्येक तीनमा एक महिलालाई पीडा पु¥याउने वा ज्यानै लिने गरेको छ । यसरी महिलाहरुमाथि हुने गरेको शोषण र हिंसाले सम्पूर्ण विश्वलाई नै अन्यौलमा पारेको छ ।

विश्वव्यापी रुपमा हेर्ने हो भने यौन सम्बन्धस“ग जोडिएका सन्दर्भमा केन्द्रित रहेर महिला हिंसाका घटना बढी हुने गरेका छन् । अफ्रिकामा महिलाको योनी सा“घुरो पारिन्छ भने भारत, वंगलादेश जस्ता देशमा दाइजोका कारण सयौं महिलाहरुको भ्रुणहत्या र वयस्क विवाहित महिलाको हत्या हुने गरेका छन् । वैवाहिक बलात्कार तथा परिवारमा केटी वा केटाको यौनशोषण व्यापक भइरहेको हुन्छ । परिवारमा आफन्तबीच यौनसम्बन्ध वा पारिवारिक व्यभिचारको कुरा समय समयमा आउने गरेको छ । बाबु, सौतेनी बाबु, दाजुभाइ, सौतेनी दाजुभाइबाट नातापर्ने महिलास“ग भएको बलात्कार बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भएको पाइन्छ । मानसिक र भावनात्मक रुपमा हुने अपमानको त कुनै सीमा नै छैन । यी सम्पूर्ण हिंसा अधिकतम रुपमा पुरुषबाट महिलामा हुन्छ । पुरुषले महिलाको हकको अतिक्रमण गर्दछ, किनकि यसबाट उसलाई फाइदा हुन्छ र अर्कोतिर यसबाट पुरुषलाई केही पनि उल्टो असर परेको हु“दैन । पित्तृसत्तात्मक समाज र पित्तृसत्तात्मक दृष्टिबाट पुरुषका हिंस्रक व्यवहार जायज मानिन्छ, किनकि अधिकार, नियन्त्रण, शक्ति र नेतृत्व जस्ता कुरा पुरुषत्वका गुण हुन् भन्ने मानिन्छ । पुरुषले भरणपोषण गरोस् र सुरक्षा गरोस् भनेर आशा गरिन्छ । पुरुष, महिला र बच्चाको मात्र सुरक्षाको जिम्मेवार हैन वल्की परिवार, समुदाय र देशको सम्मान र कल्याणको लागि पनि उत्तरदायी छन् । भरणपोषण र सुरक्षादाताको रुपमा पुरुषले आफ्नो परिवार र समुदायको सदस्यलाई अनुशासित राख्न आफ्नो जिम्मेवारी सम्झन्छ । अनुशासन कायम राख्न उसले चाहेमा हिंसात्मक व्यवहार गर्न परे पनि त्यसलाई जायज मानिन्छ । मानवीय गरिमा र प्रतिष्ठालाई कम आ“क्ने एवं अपमानित गर्ने हिंसालाई उक्साउन हाम्रो समाजको यो महत्वपूर्ण वहाना बनिरहेको छ ।

हरेक समाजमा लैङ्गिक विभेदलाई आधार बनाएर खडा गरिएका निषेधात्मक संरचना र संस्थागत मान्यताहरु अत्यन्त व्यापक र गहिरा छन् । महिलाको विरुद्धमा धेरैथोरै शिक्षा, कामको बोझ, आयका सम्भावना, उत्पादन सामग्री माथिको स्वामित्व, सार्वजनिक नीति निर्णय र यसमाथिको पहु“च, स्वाधीनता, सांस्कृतिक मान्यता लगायत जन्म र मृत्युजस्ता गहिरा व्यक्तिगत र सामाजिक आयामहरुमाथि प्रहार गरिएको छ । माहिलालाई आश्रित बनाउ“दै लैजाने तालिम बाल्यकालदेखि नै परिवारका सदस्यहरुबाट शुरु हुन्छ । बाल्यकालको सामाजिक विकासको क्रममा छोराहरुलाई बढी स्वाधीन र व्यवसायिक जीवनको महत्वबारे सिकाउन बुझाउन जोड दिने गरिन्छ भने छोरीहरुलाई वैवाहिक, पारिवारिक, आश्रित, वयस्क जीवनको महत्वतर्फ उन्मुख तुल्याइन्छ । परिवारका सदस्य बाहेकका अन्य व्यक्ति, समूहस“गको अन्तरक्रिया, विद्यालयको पाठ्यक्रम, लिङ्ग–पृथक मित्रसमूह आदिबाट पनि यस्तै सामाजिकीकरणमा बल पुगेको छ । औसतमा महिलाहरु पुरुषभन्दा बढी काम पनि गर्दछन् र पारिवारिक आयमा झण्डै आधा कमाई महिलाहरुको श्रममार्फत प्राप्त हुन्छ । तर पनि परिवारदेखि सार्वजनिक जीवनमा महिलाहरुको स्वाधीनता, राजनीतिक, आर्थिक र सां“स्कृतिक हैसियत न्यून मात्र होइन खस्केको अवस्थामा छ । आज विश्वमा धेरै समस्याको जड कारण दबाब र अधिनायकवादी पुरुषत्वको रहेको छ । धेरैजसो मामलामा पुरुष नै महिलाविरुद्ध हिंसाको प्रयोग गर्दछन् । सम्बन्ध विच्छेद गर्ने कुरामा पनि पुरुष नै अगाडि देखिन्छ । अधिकांश हिंस्रक झगडा वा युद्ध पुरुषबाट शुरु गरिएको हुन्छ र अगुवाई पनि गरिएको हुन्छ । धेरैजसो स्रोतसाधन र निर्णय प्रक्रियामा पनि पुरुषको नियन्त्रण छ र तिनलाई कसरी कुन रुपमा लाने वा उपयोग गर्ने भन्ने तय पनि उनीहरु नै गर्दछन् । पुरुष नै यस संसारलाई आफ्नो इच्छाको हिसाबले चलाइरहेका छन्, त्यसैले हामी सबै जान्दछौं कि यो संसार न त न्यायिक छ, न त शान्तिपूर्ण । करोडौं कमजोर, निरीह र दुर्बल व्यक्तिहरु मुश्किलले बा“चिरहेका छन् । उनीहरुले सम्मानजनक जीवन जीउन नपाएको अवस्था छ ।

विश्वका धेरैजशो मुलुकमा व्याप्त पारिवारिक हिंसा र यातनाको माहौलबाट नेपाल पनि अछुतो रहन सकेको छैन । हाल देशमा विद्यमान प्रमुख समस्या मध्ये पारिवारिक हिंसाको समस्या एउटा प्रमुख मुद्दाको रुपमा देखापरिरहेको छ । हिन्दू धर्मको प्रधानता र पितृसत्तात्मक पारिवारीक संरचनाका कारणले स्त्रीहरुमाथि गरिने फरक व्यवहार महिला हिंसाको कारकको रुपमा स्थापित भएको छ । महिलाको भूमिकालाई नजरअन्दाज गर्ने र उनीहरुलाई दिइने जिम्मेवारी तथा दायित्वलाई पुरुषबाट अलग–थलग रुपमा हेर्ने विषमतापूर्ण सामाजिक–आर्थिक दृष्टिकोणका कारणले पनि समस्यालाई अझ बढी चर्काउन मलजल गरेको भेटिन्छ । कतिपय बालबालिकाहरु बालअधिकारबाट वञ्चित र बालश्रम, बालविवाह तथा अनमेल विवाहका सिकार भइरहेका छन् । कति महिला दिदीबहिनीहरु आर्थिक आधारविहीन भई पुरुषहरुबाट र स्वयं नारी (सासु, नन्द, जेठानी र सौता) बाटै अनेकौं शोषण, अत्याचार, दुर्वचन, लान्छाना, छेकथुन, अन्याय र उत्पीडनका सिकार भइरहेका छन् । छोरीलाई अर्काको नासोको रुपमा हेरिन्छ र विवाह भएपछि सो नासो जसको हो उसैलाई फिर्ता दिई बोझ हल्का भएको मानिन्छ । समाजमा ‘गोरु र स्वास्नीलाई कुटेर दाउनुपर्छ’ भन्ने मान्यताले प्रश्रय पाइरहेको अवस्था छ । कति चेलीहरु दाइजो प्रथाको सिकार भई उचित उमेरमा विवाह नभएका र विवाह भएर पनि अपहेलित र अपमानित भई वचन, बुहार्तन र कुटाइपिटाइ खां“दै कतिले त बहुविवाहको पीडासमेत भोगिरहेका छन् । कति किशोरीहरु टाठाबाठा, छट्टु र बद्मास पुरुषको छलमा परेर अर्की नारीमाथि सौता बन्न पुगेका छन् भने कतिले विवाहको वहानामा वा जागीरको प्रलोभनमा परेर विदेशी भूमिमा नारकीय जीवन बिताउनु परिरहेको छ ।

नेपालको ग्रामीण भेगमा त महिलाको अवस्था अत्यन्त नाजुक रहेको छ । आज पनि हाम्रो मुलुकमा हजारौं दिदीबहिनीहरु प्रसूतीको अवस्थामा अस्पताल नपु¥याइएर वा जान नसकेर अकालमा मर्दछन्, सुत्केरी हु“दा पेटभरी खान पाउ“दैनन्, कतिपय समाजमा सुत्केरीलाई नुन खान दिइं“दैन, सुत्केरी र महिनावारी जस्ता अप्ठ्यारा परिस्थितिमा घरबाट समेत निकालेर राम्रो मिठो खान पनि नदिई गुफामा वा गोठमा पठाइन्छ । अधिकांश ग्रामीण क्षेत्रमा धेरै बालिकाहरु तेह्र चौध वर्षमै विवाह भएर बच्चा पाउ“छन् । साठी वर्षको बूढास“ग अठार–बीस वर्षकी बालिकाको अनमेल विवाह हुन्छ, विवाहमा दाइजो र तीलक दिन नसक्ने बाबु आमाले गर्भमै छोरीहरु तुहाउ“छन् । दाइजो धेरै ल्याउन नसकेको कारण धेरै बुहारीहरु कसैले थाहै नपाई मारिन्छन् । यातना, कुटाई पिटाईको कथा त आफ्नो ठाउ“मा छं“दैछ । कतिपय महिलाहरुले माइतीले पेवाको रुपमा दिएको बाख्रा वा कुखुराको भाले बेच्नका लागि पनि पुरुषकै मुख ताक्नु पर्ने अवस्था छ । तिनले मन लाग्दा आफूले पालेको भाले काटेर खान पाउ“दिनन् । उनका माइतीका मान्छे घरमा आउ“दा मीठो–मसिनो खुवाउ“न सक्दिनन् । सधैं ढिकी–जा“तोमा दलिनु पर्ने बुहारीले खाउ“ खाउ“ भएको बेला एक चम्चा घीउ र एक डाडू दही खान सासु ससुराको अनुमती लिनुपर्ने अवस्था रहेको छ । उनीहरुले आफ्नो बारेमा स्पष्ट रुपमा केही कुरा व्यक्त गर्न सक्दैनन् । समाजमा रहेको अन्धविश्वास र अज्ञानताले उनीहरुलाई झन् झन् अशक्त बनाउ“दै लगेको छ । महिलाहरुको पछौटेपनको फाइदा पुरुष वर्गले उठाएका उदाहरणहरु पनि प्रशस्त भेटिन्छन् । महिलाहरुलाई आफ्नो हक र अधिकारको बारेमा जान्ने, बुझ्ने र थाहापाउने अवसर नै दिइएको छैन । उनीहरु अरु कसैबाट निर्देशित भएर चलिराखेका छन् । उनीहरुलाई घरेलु कामकाज गर्ने र बच्चा उत्पादन गर्ने कामको जिम्मा सुम्पिएको छ ।

एउटी महिलालाई कमजोर र हैसियतविहीन देखाउन अर्की महिला नै कम्मर कसेर लाग्नु हाम्रो समाजको अर्को दुःखद पक्ष्ँ बनेको छ । कुनै सभा, समारोह, जमघटमा पुरुषहरु राजनीतिक, सामाजिक, व्यापारिक र देश–विदेशका विषयमा कुराकानी गरिरहेका हुन्छन् । उनीहरुले त्यहा“ सासु, बुहारी, दिदी, बहिनी कसैको निन्दा गरेको सुनिदैन । तर जहा“ नारीको जमघट हुन्छ, त्यहा“ कसकी छोरी पोइल गई, कसकी बुहारीले के लगाई, कसले के कति गहना लगायो, कसले के ल्यायो भन्ने बारेमा छलफल हुन थाल्दछ । एउटै समाजमा बुहारी र छोरीलाई छुट्टै कानुन र मान्यता बनाउनेमा नारी नै अगाडि देखिन्छन् । नन्द हु“दा भाउजुस“ग, भाउजु हु“दा नन्दस“ग, बुहारी हु“दा सासुस“ग, सासु हु“दा बुहारीस“ग शत्रुता राख्ने महिला नै हुन्छन् । श्रीमतीको सानो कमजोरीमा पनि दोस्रो श्रीमती भित्राउने पुरुष हुन् भन्ने जान्दा जान्दै सौता हुन जाने नारी नै हुन् । हिन्दू धर्म परम्परामा जुन नारीको कुनै वंश छैन, जतिपल्ट विवाह ग¥यो त्यत्तिनै पल्ट थर परिवर्तन हुन्छ उसैलाई वंश धान्ने छोरा नभइ हु“दैन । आफ्नो सौभाग्य र दुर्भाग्य पुरुषको जीवन र मृत्युलाई मान्ने साथै श्रीमान्लाई देउता मानेर जति अत्याचार पनि सहने, फोहोर खुट्टा पखालेको पानी अमृत मानेर खाने, पतिको जुठोलाई प्रसाद मान्ने सोचाइलाई महत्व दिने पनि नारी नै हुन् । यसरी नारीभित्रैबाट महिला कमजोर बनिरहेका छन् भने बा“की समाजले पनि उनीहरुलाई हतोत्साही पारिरहेको छ ।

जस्तो सुकै परिस्थितिमा पनि एउटी महिलालाई निरुत्साहित गर्ने र असफल बनाउने समाजको अन्तिम हतियार नै उनको अस्मिता र चरित्रमा धावा बोल्नु हो । पुरुषले चाह्यो भने जुनसुकै अवस्थामा वा जतिखेर पनि महिलालाई पतीत, चरित्रहीन र नखरमाउलीको उपाधी पहि¥याइदिन सक्दछ । यसरी निर्दोष, स्वच्छ र पवित्र महिला पनि समाज र आफन्तको आ“खामा दोषी बनेर जीवनभर तड्पिं“दै बा“च्नुपर्ने वाध्यता समकालीन समाजको एउटा गम्भीर सवाल हो । तैपनि हाम्रो समाजमा यस्ता घटना घट्दो क्रममा होइन कि दिन दुईगुना रात चारगुनाको दरले बृद्धि भइरहेका छन् । २ वर्षकी अबोध बालिका देखि ६० वर्षकी आमा, हजुरआमासम्म पनि मर्द भनिएका पुरुषहरुबाट बलात्कार र व्यभिचारको सिकार भइरहेको अवस्था छ । यस्ता कुकर्मबाट खप्नुपर्ने शारीरिक कष्ट भन्दा बढी उनीहरुले जीवनभर भोग्नु पर्ने मानसिक चोट र प्रताडना गहिरो एवं महङ्गो भइरहेको छ ।


मुलुकभित्र लामो समयसम्म चलेको हिंसात्मक द्वन्द्वका कारणले कैयौं महिलाहरु उमेर नपुग्दै बालविधवा भएर गलत र अवैज्ञानिक सामाजिक, सांस्कृतिक परम्पराको बन्धनभित्र अमानवीय यातना, परपीडन र बेदना सहेर बा“च्न बाध्य छन् । कति नारीले नसाले मातिएका पतिदेवबाट दैनिक कुटाई खानु, गहना वस्त्र खोसिनु, धेरै दिनसम्म खान नपाउनु, घरबाटै निकालिनु र कतिले त ज्यानैसमेत गुमाउनु परेको छ । नेपालमा आत्महत्या गर्ने विवाहित महिलाको पृष्ठभूमिलाई केलाउ“दा अधिकांश पुरुषको यातनाबाट दिक्क भई त्यसो गर्न बाध्य भएको पाइएको छ । कति विवाहित महिलाहरु अनिच्छुक यौन सम्पर्क, अनिच्छुक गर्भधारण तथा परिवार नियोजनका साधनको छनौट र प्रयोग गर्ने सवालमा आफ्नै श्रीमानबाट पीडित र अपहेलित बनेका छन् । यतिमात्र होइन आफ्ना अभिभावक तथा बाबुआमाका कुकर्मले वा घरमा मच्चिइरहने दैनिक गृहकलह र अशान्तिले गर्दा कैयौं“ छोराछोरीहरु उपयुक्त शिक्षा दीक्षा र सामाजिकीकरणको अभावमा घरजग्गाविहीन सुकुम्बासी तथा समाजको बोझका रुपमा दुःख पाइरहेका छन् भने धेरै थोरै सम्पत्ति हुनेहरुका बीचमा अंश, उत्तराधिकार र अन्य अधिकारकै बारेमा पनि छोरीले मात्र होइन कतिपय छोराहरुले समेत बाबुबाट समयमा अंश र अधिकार नपाउनाले आशातीत उन्नती गर्न पाएका छैनन् । घरभित्रको हिंसा र प्रताडना सहन नसकेर थुप्रै बालबालिकाहरु खातेको नाममा सडकको बास बस्न विवश भएका छन् । सडक बालबालिकाको संख्या बढेर जाने अनेक कारणहरु मध्ये पारिवारिक विग्रहको अवस्था पनि प्रमुख रुपमा रहेको हुन्छ । लोग्नेको तथा परिवारका सदस्यको अत्याचारले गर्दा कतिपय महिलाहरु घर परिवार छोडी वेश्यावृत्ति गर्न जान समेत बाध्य भैरहेको अवस्था छ । कैयौ“ं घर परिवारमा सौतेनी व्यवहारको कारणले बालबालिकाहरु पीडित हुन पुग्दछन् । आमाको निधन पश्चात बाबुले अर्की आमा ल्याउने तर अर्की आमाले पहिला पट्टिका छोराछोरीलाई मानवोचित व्यवहार गर्न नसक्ने अवस्थाले गर्दा तिनीहरु मध्ये कतिपय घर परिवारबाट विस्थापित हुन पुग्दछन् ।

एकातर्फ कतिपय टाठावाठा, पढेलेखा छोराहरुले भएभरको जायजेथा र श्रीसम्पत्ति आफ्नो हात पारी वृद्ध आमाबाबुलाई वृद्धाश्रमको शरण लिन बाध्य पारेको या पाटी पौवामा बस्न पारेको अवस्था छ । अर्कातर्फ कतिपय बाबु–छोरा, बाबु–छोरी, काका–भतिजा, दाजु–भाइ र पती–पत्नीका बीचमा पनि अंश र अधिकारकै बारेमा गृहकलह मात्र नभई वर्षाैं वर्षसम्म मुद्दा मामिलामा फसेर व्यर्थ धन, समयको खर्च, सामाजिक बेइज्जती र मानसिक, शारीरिक दुःख भोगिरहेका छन् । हरेक घर परिवार एक न एक रुपबाट कलह र मनमुटावको अवस्थाबाट गुज्रनु पर्दाको परिणाम स्वरुप भविष्यका कर्णधार भनिएका बालबालिकाको मनोभावनामा नराम्रो असर परिरहेको छ भने घर परिवारको अधिकांश समय असमझदारी, कटुता र अन्यौलपूर्ण अवस्थाबाट अगाडि बढ्दा दिन प्रतिदिन गरिबी, अभाव, रोग र भोकले च्याप्दै र निर्चोदै लगेको छ । परिवारबाट शुरु भएको सामान्य असमझदारी र वैमनश्यले अन्ततोगत्वा राष्ट्रलाई नै उम्कनै नसक्ने गरी दीर्घकालीन समस्यामा गा“जिरहेको अवस्था बनिरहेको छ ।

घरेलु हिंसाका कारण महिलाहरु आर्थिक, सामाजिक, राजनीतिक तथा अन्य महत्वका क्षेत्रमा स्वस्थ प्रतिष्पर्धा गर्दै समानुपातिक ढंगबाट अगाडि बढ्न नसकेको हु“दा घर, समाज र राष्ट्रले ठूलो क्षति व्यहोर्नुपरेको यथार्थ एकापट्टि छ भने अर्कातिर सोचाइ, भनाइ र गराइमा तालमेल मिलाउन नसक्दा भएका नियम कानुन र प्रतिवद्धताहरु पनि महिलाहरुका पक्षमा कार्यान्वयन भैरहेका छैनन् । हाम्रो समाजमा पुरुषलाई सूर्यको जस्तै मान्यता दिइन्छ र महिलालाई उपग्रह जस्तै । सूर्यको आफ्नो चम्किलो ज्योति छ, प्रकाश छ भने उपग्रहले ज्योेति सूर्यबाट प्राप्त गर्दछ । ठीक त्यस्तै प्रकारले सासु, बुहारी, नन्द, आमाजु सबैले पुरुषबाट उज्यालो पद प्रतिष्ठा पाउन प्रयास गर्दछन् । उनीहरु घुमीफिरी पुरुषकै शरणमा पर्न जानुपर्ने बाध्यकारी अवस्था सिर्जना गरिएको छ । परिणामतः एक महिलाले अर्की महिलाको उछितो काढेर पुरुषको नजिक हुन चाहन्छिन् । जसका कारणले महिलाले नै महिलामाथि हिंसा र अपमानित गर्ने चलनले प्राथमिकता पाइरहेको छ । महिलाको कमजोरीमाथि रजाइ“ गर्न पुरुषले निर्माण गरेको यो अवस्थाले सबै महिलाहरुलाई आफ्नो पासोमा पारिरहेको छ । वास्तवमा एउटी महिलामा पनि केही न केही कमजोरी हुन्छ नै । आखिर महिला पनि मानव नै हो । उनमा पनि हाम्रो समाजले स्थापना गरेको संस्कारले ढपक्क ढाकेको छ । उनी पनि पितृसत्तात्मक विचारधाराको सिकार बनेकी छन् । जसरी बलिरहेको बत्तिको नजिक जा“दा पुतलीको दीनहीन अवस्था हुन्छ, त्यसरी नै पुरुषको नजिकमा महिलाको हीन र दुर्बल अवस्था हुन पुग्दछ । अधिकांश समाजमा महिलाहरु केवल भोग्यवस्तुका रुपमा पुरुषहरुबाट उपयोग हुन्छन् र अन्त्यमा फ्या“किन्छन् पीडित बनेर, चरित्रहीन आइमाई बनेर ।

पैत्रिक सम्पत्तिमा महिलाको समान अधिकार हुने व्यवस्था भयो भने हाम्रो समाजको मौजुदा संरचना बिग्रन्छ, गरिब आमाबाबुका छोराछोरीको विवाह नै हु“दैन, सम्पत्ति पाए पनि महिलाहरुले त्यसको सुरक्षा गर्न सक्दैनन्, महिलालाई सम्पत्तिमा समान अधिकारको माग गर्नु भनेको आफ्नो धरातललाई बिर्सनु हो भन्ने जस्ता अनेक तर्कहरु अगाडि सारेर महिलालाई सधैं पुरुषको छत्रछा“यामा राख्ने प्रयत्न गरिएको छ । महिलाको अस्तित्वलाई अत्यन्त कम आ“क्ने प्रवृत्ति हावी भैरहेको छ । अवस्था अत्यन्त भयावह ढंगले अगाडि बढिरहेको छ । अहिले नै दमन र हिंसाको सबै रुपहरुलाई नियन्त्रण गर्न अगाडि नसर्ने हो भने भोलिको क्रुर, निर्दयी र कठोर भविष्य भोगेर पछुताउनु बाहेक केही पनि बा“की रहने छैन । समस्यालाई देखेर पनि नदेखे जस्तो गरेर बस्ने हो भने हाम्रो मुलुक छिट्टै एउटा बिग्रेको लथालिङ्ग घरमा रुपान्तरित हुने छ । तसर्थ सम्बन्धित सबैले मन, वचन र कर्मले सार्थक थालनी गरेर समाजमा का“डोको रुपमा रहेको हिंसा र खासगरी महिलामाथि हुने गरेको घरेलु हिंसालाई अन्त्य गर्न आ–आफ्नो ठाउ“बाट आजैदेखि थालनी गर्नुपर्ने भएको छ ।

दाइजो थोरै ल्याएको निहु“मा, बोक्सी वा डाइनीको आरोपमा, छोरी जन्माएकोमा, विधवा भएकोमा तथा सामाजिक मूल्य र मान्यतालाई वास्ता नगरेको कथित वहानामा मलमूत्र ख्वाउने, डाम्ने, पिट्ने, संवेदनशील अङ्गमा आगोले पोल्ने, सामाजिक रुपमा वेइज्जत गर्ने, घरबाट निकाल्ने, मट्टितेल खनाएर जिउ“दै आगो लगाउने र अन्ततः ज्यान समेत लिने दुस्साहस गरिएका क्रुर र दानवी प्रकृतिका घटनाहरु हामीले सुन्दै, देख्दै आएका छौं“ । जब कुनै घरमा एउटी चेली छोरीको जैविक–शारीरिक विशेषता लिएर जन्मन्छे, त्यही दिनदेखि ऊ माथि अनेक तरहले पक्षपात, विभेद र अपहेलना आरम्भ हुनथाल्छ । स्याहार सुसारमा पक्षपात, लालन–पालनमा पक्षपात, शिक्षा–दीक्षामा पक्षपात, जीवनसाथी रोज्ने कुरामा पक्षपात, विवाहपश्चात् बुहारी हु“दाको बुहार्तन आदि एउटी नारीमाथि हुने उत्पीडनका केही उल्लेखनीय पाटाहरु हुन् । यस बीचमा पनि महिलाहरु थाहै नपाइकन आफ्नो समाज, कार्यालय, शिक्षालय वा सार्वजनिक स्थलहरुमा छेडछाड, बलात्कार, यौन दुराचार, शारीरिक हमला र अन्य अवाञ्छित लाञ्छाना र आरोपहरुको गह्रुङ्गो पहाडले थिचिंदै र अपमानित हु“दै आएका छन् ।

स्थिति ज्यादै विकराल एवं हृदयविदारक छ, तथापि प्रायःजसो घरेलु हिंसाका घटना प्रकाशमा नै आउ“दैनन्, यसका पछाडि समाजले हेय दृष्टिले हेर्ने, कुरा काट्ने, बहिष्कार गर्ने, परिवारले नस्वीकार्ने पुरातन प्रवृति, कानुनी संरक्षणको अभाव आदि तत्वले काम गरेको हुन्छ भने यदाकदा आइहाले पनि पुरुष प्रधानता भएको समाजले पीडित महिलालाई नै खिसिटिउरी र हेला अर्घेल्याई“ गर्नमा सजगताका साथ प्रयोग गर्ने गर्दछ । महिलाकै गल्ती कमजोरीका कारणले यस्तो अवस्था सिर्जना भएको हो भनेर उनै पीडित महिला माथि दोष थोपर्ने नाटक पुरुषप्रधान मानसिकताले प्रहसन गर्न थाल्दछ । परिणामतः पीडित अधिकांश महिलाहरु कानुनी उपचारको बाटोबाट वञ्चित रहन्छन् । महिलाको कामको कुनै मूल्य र उपादेयता नदेख्ने सामाजिक धारणाले जे जस्तो परेपनि शिरोधार्य गरी सहेरै बस्नु पर्ने बाध्यताबाट महिलाहरु मुक्त हुन नसकिरहेको अवस्था छ । कतिपय बुझेका र पढेलेखेका श्रीमानहरु पनि आफ्नी श्रीमतीको बारेमा बताउ“दा केही काम नभएको ‘गृहिणी’ भनी परिचय दिने गर्दछन् । सामाजिक भूमिकामा महिलालाई अगाडि बढाउन कन्जुस्याईं“ गरिन्छ । अझै पनि धेरैको बोलीमा ढिलै होस् छोरै होस् भन्ने मानसिकता भेटिन्छ । छोरी जन्माउने महिलालाई छोरा जन्माउनका लागि दवाब दिने वा अर्की बुहारी भित्राउने धम्की दिइन्छ । छोरा वा छोरी जन्माउनका लागि महिलाको नभई पुरुष शुक्रकिटको भूमिका हुन्छ भन्ने वैज्ञानिक आधारलाई जानेबुझेकाले पनि बुच्पचाएर बोल्ने गर्दछन् भने नबुझेका र थाहा नपाएकाहरुको त कुरै अर्को ।

ठाउ“ र परिवेश अनुसार महिलामाथि गरिने विभेदका तरिका र शैलीहरु भिन्दाभिन्दै भेटिन्छन् । तराईमा र खासगरी मधेसी मूलका नेपाली समाजमा पनि नवविवाहित दुलहीले आफ्नो माइतीबाट मनग्गे दाइजो नल्याएको अवस्थामा कतिपय महिलाले आफ्नै लोग्नेको समेत संलग्नतामा त्यस परिवारबाट विभिन्न किसिमका शारीरिक एवं मानसिक यातना सहनुपर्छ । मट्टितेल वा पेट्रोल खनाएर बुहारीलाई जिउ“दै जलाउने सासू नहुने हो भने पनि अस≈य मानसिक दुःख र पीडा सहन नसकी नवविवाहिताहरुले आत्महत्या समेत गरेका थुप्रै घटनाहरु छन् । त्यसबाहेक पहाडी क्षेत्रमा रहने महिलाहरुको पीडा पनि कम दर्दनाक छैन । पहाडीया महिलाहरु दिनभरि घा“स दाउरा गर्छन्, खेतबारीमा काम गर्छन् । बच्चाको हेरविचार र घरेलु काममा बिहान सबेरैदेखि राती अबेरसम्म काम गर्दछन् । तर कतिपय लोग्नेहरु कि त चिया पसलमा वा चौपारीमा गफ चुट्दै तास खेल्दै हुन्छन् । या जुवा हारेको झोकमा घरमा गएर श्रीमतीको तिलहरी, मुन्द्री वा खाइनखाई जोगाइ राखेको रुपया“ पैसा पनि पिट्दै खोस्न थाल्दछन् । अझ कतिले त भट्टीमा रक्सीले मातेर घरमा गएर दिनभरी कामले थाकेकी श्रीमती र अबोध लालाबालालाई भकुर्न थाल्दछन् । यस्तो स्वभावका लोग्ने र पुरुषहरु हाम्रो समाजमा बग्रेल्ती भेटिन्छन् । मादकपदार्थ सेवन गरेर श्रीमती पिट्ने ‘हरिलठ्ठक’ श्रीमानहरुको ठूलो संख्या आजपनि हाम्रो समाजमा शिर उ“भो गरेरै हि“डिरहेका छन् ।

आर्थिक, सामाजिक, राजनैतिक लगायत विकास निर्माणका क्षेत्रमा ग्रामीण या शहरी दुवैतर्फका महिलाहरुको उल्लेख्य उपस्थिति रहेको पाइ“दैन । महिलाहरुलाई हरेक क्षेत्रबाट बञ्चित र पछाडि गराइएको अवस्था छ । नीति बनाउने र कार्यान्वयन गर्ने तहमा पुरुषहरुको बाहुल्यता रहेका कारणले सकेसम्म महिलाको पक्षमा कानुन नबन्ने र बनिहाले पनि झारा टार्ने र कार्यान्वयनमा आलटाल गर्ने शैलीले जसरी व्याख्या विश्लेषण गरेपनि हुने ढंगले कानुनी प्रावधानहरुको व्यवस्था हुने गरेको देखिन्छ । समावेशीकरणका नारा जति नै उछाले पनि महिलाका लागि तौलेर दिइएको स्थान उनीहरुको सर्वोपरी उन्नयनका लागि अपुरो र अधुरो रहेको तितो यर्थाथ आजको आम वास्तविकता हो भन्न हिच्किचाउनु पर्दैन ।“कुरा ग¥यो कुरैको दुःख” भने झै“ महिला मुक्तिको ठूला ठूला गफ गर्ने नेतागण, सामाजिक कार्यकर्ता तथा उच्चपदस्थ पदाधिकारीहरुबाटै सबैभन्दा बढी महिलाहरु पीडित र आहत हुनुपरेको यथार्थ वर्तमानको तितो सत्य बनिरहेको छ ।
३. टुङ्गो
चिठीको प्रसङ्ग, जङ्गली अवस्थामा नारीको स्थिति, कवीला समाजमा नारीहरुको खस्दो अवस्था, दास जुगमा नारीहरुको हालत, सामन्ती समाजमा नारी, पू“जीवादी समाजमा नारीको स्थान, समाजवादी व्यवस्थामा नारी र नेपाली नारी र मुक्तिको बाटो गरी जम्मा ८ वटा मूल विषयवस्तुमा आधारित भएर तयार गरिएको “नारी ः बन्धन र मुक्ति” पुस्तक साच्चिकै ऐतिहासिक दस्तावेजका रुपमा नेपाली साहित्य जगतमा स्थापित भएको कृति हो । यस पुस्तकले नारी जातीले भोग्नुपरेका उहापोहलाई सच्चाईका आधारमा इमान्दारीपूर्वक प्रस्तुत गरेको छ । नारीलाई कमजोर आ“क्ने र भोग्य वस्तुका रुपमा व्यवहार गर्ने सामन्ती सोचलाई अन्त्य नगरेसम्म सभ्य र समुन्नत समाज व्यवस्था स्थापना हुन नसक्ने भएकाले महिलाहरुलाई मूलधारमा समावेश गर्नुको विकल्प नरहेकोतर्फ ध्यानाकर्षण गर्दै त्यसका लागि चालिनुपर्ने कदमहरु समेत प्रस्तुत गरिनु कृतिको ओजिलो पक्ष हो ।

त्यसो त आजसम्म महिला विकासको नामबाट विभिन्न कार्यक्रमहरु नगरिएको पक्कै होइन । तर अपेक्षित नतिजा हासिल हुन नसकिरहेको अवस्था छ । महिलाहरुको वास्तविक आवश्यकता के हो ? उनीहरुको कसरी सशक्तीकरण गर्न सकिन्छ ? महिला र पुरुषबीचको विद्यमान खाडल कसरी पुर्न सकिन्छ ? जस्ता सवालहरु समेटेर महिला विकासका लागि प्रष्ट नीति र कार्यक्रमहरु तय गरी कार्यान्वयन गर्नुपर्ने खा“चो टड्कारो बनेको छ । आर्थिक क्षेत्रमा पनि महिलालाई स्वतन्त्र पहु“च र नियन्त्रणको व्यवस्था गरिनु पर्दछ । महिलाले नै आर्जन गरेको धनसम्पत्तिका आधारमा उनीहरुमाथि नै थिचोमिचो गर्ने प्रचलनको अन्त गर्न यसो गर्नु जरुरी भएको हो । मतदान, उम्मेदवार र अन्य तमाम नागरिक अधिकारको बावजुत आर्थिक स्वतन्त्रताको अभावमा स्त्रीको स्वतन्त्रता केवल अमूर्त र सैद्धान्तिक मात्र रहन जान्छ । पुरुषमाथि आफ्नो आर्थिक निर्भरताको स्थितिमा स्त्री आफ्ना कुनै पनि भूमिकामा स्वावलम्बी हुन पाउ“दिनन् र आत्मगौरव गर्ने अवस्था रह“दैन । आर्थिक स्वतन्त्रताको अभावमा आत्मरती या प्रेम र धर्म अथवा मातृत्वद्वारा प्रामाणिक जीवन प्राप्त गर्न पाउने स्त्रीको चेष्टाहरु व्यर्थ हुन जान्छन् । अर्थले नै व्यक्तिलाई त्यो अधिकार दिन्छ, जसद्वारा उसले आफ्ना परियोजनाहरु पूरा गर्न सक्दछ । तर यसो भन्दैमा स्वयं महिलाहरुले पनि हकअधिकार र स्वतन्त्रता प्राप्त गर्ने नाममा कुनै खास ठाउ“मा सानोतिनो उपलब्धीलाई सारा समस्या समाधान भएको सम्झनुको सट्टा आम महिलाको समग्र रुपमा स्थिति सुधार्नको लागि विद्यमान समस्याका मूलकारणहरु पहिचान गरी तिनीहरुका दिर्घकालीन निराकरणका उपायहरु खोज्नु पर्दछ ।

महिलाविरुद्धमा अनेक रुप र ढंगका हिंसा थोपरिनुमा मुख्य रुपमा पुरुषप्रधान समाज, महिलालाई निम्न दर्जाको नागरिक र उपयोग गर्ने वस्तुका रुपमा लिने परम्परागत सामाजिक सोच, महिलालाई जसरी पनि पुरुषको नियन्त्रणमा राख्नु पर्दछ भन्ने तथाकथित धार्मिक तथा परम्परागत मान्यता, आर्थिक रुपमा महिलाको पहु“च नहुनु र हजारौं“ वर्षदेखिको संस्कार महिलाहरुमा पनि व्याप्त रहनु महिलाविरुद्धका हिंसाका प्रमुख कारणहरु हुन् । यस सन्दर्भमा महिलाहरुमा शिक्षाको पहु“च पु¥याउने, उनीहरुलाई आत्मनिर्भर गराउने र व्यापकरुपमा जनचेतना जगाउने कार्यहरुलाई अभियानकै रुपमा संचालन गरिनु जरुरी देखिएको छ । यसका अलावा २१ औं“ शताब्दीको विकासको केन्द्रबिन्दुमा महिलाहरुलाई राखिनु पर्दछ । महिलालाई केन्द्रमा नराखिकन तर्जुमा गरिने कार्यक्रमहरु सफल हुन सक्दैनन् । त्यसैले सरकारी र गैरसरकारी क्षेत्रबाट जति पनि विकासका कार्यक्रमहरु आउ“छन् ती सबै महिला केन्द्रित हुनुपर्दछ । यसका साथसाथै अहिलेको विकास प्रक्रिया अधिकारमुखी हुन पनि जरुरी छ । यदि कुनै समूहलाई ऊ त्यो समूहमा भएको कारण, कुनै महिला महिला भएकै कारण अन्यायमा पारिन्छ भने त्यसको तर्कसङ्गत बिरोध गर्न सक्नु पर्दछ । खासगरी महिला मुक्तिस“ग गा“सिएको आन्दोलनलाई अस्तित्व पहिचानको आन्दोलनका रुपमा पनि विकास गर्न आवश्यक ठानिएको छ । लोग्ने भएकै आधारमा या कुनै जात जातिमा जन्म भएको आधारमा नै उसको अस्तित्व निर्धारण हुन्छ भन्ने अवैज्ञानिक मान्यतालाई जतिसक्दो छिटो तोड्नु पर्दछ ।

सरकारी र समुदायस्तरबाट भेदभावपूर्ण कानुन र संस्कारको अन्त्य, पैतृक सम्पत्तिमा छोरीको पनि समान अधिकार, विभिन्न प्रकारका हिंसात्मक घटनाका लागि ठोस तथा प्रभावकारी कानुनको व्यवस्था, महिलाप्रतिको नकारात्मक भावना हटाउन चेतना जगाउने, सम्बन्धित व्यक्तिहरुका लागि सामाजिक र आर्थिक कार्यक्रम व्यवस्था गर्ने, समुदायका सदस्यहरुको सामाजिकीकरणमा सुधार ल्याउन शैक्षिक पाठ्यक्रम बनाउ“दा सम्बन्धित क्षेत्रका वा पेसागत व्यक्तिहरुको सुझाव लिने तथा सामाजिक सरोकारका क्षेत्रहरुमा महिला तथा बालबालिकाको मर्यादा संरक्षण गर्न उपयुक्त व्यक्तिहरुको चयन र प्रतिनिधित्व भएमा पनि महिलास“ग सम्बन्धित हिंसा र विभेद कम गर्न सहयोग पुग्न सक्दछ । समतामा आधारित विकास योजनाको तैयारी तथा त्यसको सहभागितामूलक कार्यान्वयनले मात्र हरेक क्षेत्रमा महिला–पुरुष सम–सहभागितालाई प्रबद्र्धन गर्न सकिन्छ । यसका अलवा समाजबाट बाध्यतावश बेचिन पुगेका, वेश्यावृत्ति अं“गाल्न पुगेका, विधवा आदि थुप्रै महिलाहरु समाजबाट अपहेलित अवस्थामा रहेकाले तिनको पुनस्र्थापना तथा स–सम्मान जीवनको लागि पहल गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा रहेका महिलाहरुलाई समाजमा पुनस्र्थापना गर्नका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रमहरु संचालन गर्ने वातावरण बनाउनु पर्दछ ।

महिला विरुद्धको हिंसालाई अन्त्य गर्न समाजमा विद्यमान हिंसालाई ‘सामान्य घटना’ र ‘स्वाभाविक’ मान्ने सामाजिक सोच र मान्यतालाई चुनौती दिं“दै यसको समूल उन्मूलनका लागि परिवार, समुदाय र समाजको सबै तहलाई परिचालित गर्ने कार्यक्रम अगाडि बढाउनु पर्दछ । बलजफ्ती पछाडि पारिएका महिलाहरुलाई हरेक हिसाबले अगाडि बढाउन र पुरुषस“ग प्रतिस्पर्धायोग्य बनाउन अनुकुल वातावरण तैयार गर्न जरुरी छ । यसका साथै लैङ्गिक समतामूलक कानुन र नियमहरु निर्माण गरी कार्यान्वयनका लागि राज्यलाई जोडदार आम दवाब सिर्जना गर्ने तथा महिला विरुद्धका हिंसालाई रोक्नको निम्ति स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट भइरहेका विभिन्न प्रयासहरुलाई समन्वय गरी अगाडि बढ्ने प्रक्रियामा योगदान पु¥याउन महिला तथा पुरुषहरु दुबै मिलेर अगाडि बढेमा महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्न सकिन्छ ।

यस बाहेक हाल प्रचलनमा रहेको घरेलु हिंसाको परिभाषालाई पनि समयानुकुल र सापेक्ष रुपमा परिवर्तन गर्नु जरुरी छ । किनभने यसले व्यापकरुपमा भइरहेको पारिवारिक स्रोत र साधन उपभोग गर्न, परिचालन गर्नबाट वञ्चित गर्ने, आर्थिक रुपले महिलालाई केही अधिकार नदिने, काम गर्न रोक लगाउने, अनुमती नदिने, खेलकुद, सां“स्कृतिक र मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुन रोक लगाउने जस्ता अवस्थालाई घरेलु हिंसाको परिभाषाले समेट्न सकेको देखिं“दैन भने शारीरिक तथा मानसिक हिंसालाई पनि अझ फराकिलो दायरामा समेट्न आवश्यक छ । यसका साथै महिला विरुद्धका हिंसामा सम्लग्न, तिनका मतियार तथा सहयोगीहरुलाई कानुनी आधारमा कडा भन्दा कडा दण्डसजाय दिने व्यवस्था गरिनु पर्दछ । मुलुकमा महिलाको अवस्थामा सुधार ल्याउनका लागि कार्यक्रमहरुमा सुनिश्चितता ल्याउन र प्रभावकारी बनाउनका लागि कानुनी व्यवस्थाहरु समेत गरिएका छन् । तर कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । महिलाको सम्मानजनक अवस्थाको सुनिश्चितताको लागि विद्यमान कानुनी प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनु पर्दछ । त्यसै गरी समयसन्दर्भ र आवश्यकताअनुसार नया“ कानुन तथा नियमहरु पनि बनाउनु पर्दछ ।

नेपालमा महिलाको उत्थान तथा विकासको लागि थुप्रै गैरसरकारी संस्थाहरु कार्यंरत छन् । विभिन्न मन्त्रालय तथा विभागमा महिला विकास शाखाहरु स्थापना गरी कार्यान्वयन पनि गर्ने व्यवस्था मिलाइ“दै गरिएको छ । तर तिनीहरुबीचमा समन्वयको कमीले सेवाको अभाव तथा दोहोरोपना दुबै हुने गरेको छ । यसमा कमी गराउनका लागि समन्वयात्मक प्रयास गर्नु जरुरी छ । योजनामा नै महिलाको सशक्तीकरण तथा उत्थानका कार्यक्रमहरु समेट्न सकेमा समन्वयात्मक प्रयासमा थप टेवा पुग्दछ । यसका साथै नेपाली महिलाले भोग्नु परेका बहुआयामिक समस्यालाई निराकरण गर्नका लागि विशेष खालको शैक्षणिक कार्यक्रम पनि तय गरिनुपर्दछ । विभिन्न समुदाय तथा जातजातिमा भएका गलत मान्यता तथा कुसंस्कारले थुप्रै महिलाहरु बाध्यतावश पीडित बन्न पुगेका छन् । यस्ता गलत मान्यता तथा परम्पराहरुको निराकरणका लागि तल्लोतहदेखि नै शैक्षिक कार्यक्रममा माहिलाका सवालहरु समावेश गराउनु आवश्यक छ ।

सामान्य भन्दा सामान्य कुरामा पनि पुरुष वा महिला सदस्यहरुबाट महिला पिटिनु, प्रताडित हुनु र अपहेलित हुनु सामान्य जस्तै भएको अवस्थामा यसबाट मुक्तिका लागि हामीले सामाजिक जागरणमा जोड दिनु नितान्त जरुरी छ किनकि यस किसिमको हिंसाले पीडितलाई मात्र नभई घरका तथा समाजका अन्य सदस्यहरुलाई नकारात्मक असर पारिरहेको हुन्छ । घरेलु हिंसाबाट सबैभन्दा धेरै बालबालिकामा नकारात्मक असर पर्ने हुन्छ । बालबालिका भनेका भविष्यका वयस्क हुन् त्यसैले उनीहरुको मस्तिष्कमा बाल्यकालमा परेको असर चीरकालपर्यन्त रही रहने हुन्छ जसको परिणाम अत्यन्त घातक र प्रतिउत्पादक हुनसक्दछ । तसर्थ समयमै होसियार भई आदर्श र शान्त घरपरिवार बनाउनतर्फ लाग्नै पर्दछ । समस्यालाई लुकाउने, पीडकलाई जोगाउने वा घटनालाई ढाकछोप गर्ने प्रवृत्तिले समस्यालाई झनै प्रतिकुलतातिर धकेल्ने सम्भावना हुन्छ । यसैकारणले प्रतिकुलतालाई अनुकुलतामा रुपान्तरण गरेर सार्थक निष्कर्षमा पु¥याउनका लागि सबैले समय छ“दै सोच्नु पर्ने र सबैखाले हिंसाको अन्त्यका लागि एकाकार हुनुपर्ने खा“चो भएको छ ।

वर्तमान समयसम्म आइपुग्दा सतीप्रथाबाट स–शरीर जल्ने महिलाहरु छैनन्, तर महिला भएकै नाताले पारिवारिक र व्यापक सामाजिक हिंसाबाट गुज्रिएर पल–पल ज्यू“दै जलेर बा“चिरहेका थुप्रै महिलाहरु छन् । तसर्थ यस्तो अवस्थामा संवेदनशील हुनुपर्ने निकायहरु संवेदनशील नभइदिने हो भने र जिम्मा लिनुपर्ने निकायले जिम्मेवारी वहन नगर्ने हो भने महिलाविरुद्ध हुने हिंसाबाट मुक्ति पाउन सकिने अवस्था हु“दैन । तसर्थ राज्यको नीति निर्माणतहमा बस्ने नीतिनिर्माताहरु महिलाहरुको सवालमा संवेदनशील हुनु पर्दछ । पितृसत्तात्मक सामाजिक संरचनालाई परिवर्तन गर्दै महिला र पुरुष यस देशका सम्मानित नागरिक हुन् भन्ने सन्देश दिं“दै समान अवसर र व्यवहारका अभ्यासको थालनी गर्नु पर्दछ । महिलालाई पनि देश विकासका मूलप्रवाहमा समावेश गरी हिंसा र भेदभावरहित जीवन जिउने अधिकार उपलब्ध गराइनु पर्दछ । दलित, महिला, जनजाति, आदिबासी कसैलाई पनि राज्यविहीनताको अवस्थामा पु¥याउनु हु“दैन । जब महिलाहरु हिंसाको सिकार बन्दछन्, तब सामाजिक रुपमा विस्थापित भई बेचबिखन हुने, विदेशिने या अन्य घातक अवस्थाको सिर्जना हुन पुग्दछ । यी समस्या समाधानका लागि राज्यका सबै निकायले समस्याको ठोस र तथ्यपरक विश्लेषण सहित सार्वजनिक क्षेत्रको समेत सहभागितामा व्यापक कार्यक्रमको थालनी गर्नुपर्ने भएको छ ।

घरेलु हिंसाले पारिवारीक बिग्रहका साथसाथै बालबालिकाको विकासमा समेत नकारात्मक असर पार्ने हुनाले यसलाई जतिसक्दो छिटो निराकरण गर्नु आवश्यक छ । यसको लागि सरकारी, गैरसरकारी तथा व्यक्तिगत तवरबाट पनि थुप्रै कार्यहरु गर्नु पर्दछ । घरेलु हिंसाको अवस्थामा कमी ल्याउनका लागि व्यापक रुपमा जनचेतना बृद्धि गर्न जरुरी छ । यसका साथै अवैज्ञानिक र असमान सामाजिक मूल्य र मान्यतामा सामयिक सुधार ल्याउन आवश्यक छ । यसका अलावा मुलुकमा पारिवारिक कानुनको निर्माण तथा प्रभावकारी कार्यान्वयनका लागि विभिन्न कदम चाल्नु अव बिलम्ब गर्नु हु“दैन । लागूपदार्थ तथा नसालुपदार्थको सेवनले पारिवारिक हिंसा बढाउन सहयोग पु¥याउने भएकोले त्यस्ता वस्तुको बेचविखन तथा उपयोगलाई निरुत्साहित बनाउने कार्यलाई महत्वका साथ अघि बढाउनु पर्दछ । व्यापक गरिबी नेपाली समाजको वस्तुगत यथार्थ हो, यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हिंसात्मक गतिविधिलाई प्रोत्साहित गर्ने हुनाले गरिबी निवारणमा बढी जोड दिनु पर्दछ ।

केही पाउन केही गुमाउनु पर्दछ । आफ्ना हकहितका लागि महिलाले पहिला दृढ अठोटका साथ आफैमा आत्मविश्वास जगाउन जरुरी छ । महिला महिलामा एकता हुन अपरिहार्य छ, पुरुषरुपी संस्कारमा बस्दाबस्दा जुन पुरुषरुपी छाप महिलामा परेको छ त्यो निर्मूल हुनुपर्दछ र बदलिएको परिवेशमा नया“ सम्बन्धको ढा“चा निर्माण गरेर अगाडि बढ्नु पर्दछ । वास्तवमा, जहा“ महिला र पुरुषबीच समान अवसर र अधिकार हुन्छ त्यहा“ महिलाले सशक्त हुने मौका पाउ“छन् । महिला सशक्त या सवल हुनु भनेको परिवार सशक्त हुनु हो र सशक्त र जिम्मेवार परिवारबाट नै समाज सशक्त र बलियो हुन्छ । यसर्थ महिलाको निम्नस्तरको अवस्था सुधार गर्न पुरुषहरुको सहयोग, समर्थन र सद्भाव एकदम अपरिहार्य छ । महिलाहरुको आत्मविश्वास बढाउनका लागि महिला शिक्षामा पहु“च बढाउने, लैङ्गिक विभेद र हिंसा हटाई महिला सशक्तीकरण गर्ने, लैङ्गिक समता र समानता अभिवृद्धि गर्ने तथा महिलामैत्री कानुन बनाउनका लागि पुरुषले सहयोग पु¥याउन सक्तछ । वास्तवमा महिला हक अधिकारको स्थापनाका लागि उनीहरुप्रति दया वा कल्याणकारी दृष्टिकोणले व्यवहार नगरी अधिकारको दृष्टिकोणले व्यवहार गरिनु जरुरी छ ।

महिला र पुरुषमा एक अर्काको आवश्यकता र अनिवार्यता समान भएजस्तै हक र अधिकार पनि समान नै हुनपर्नेमा यसो नभई धेरैजसो पुरुषले महिलालाई र महिलाले महिलालाई नै अनेकौं“ शोषण, दमन र उत्पीडन गर्दै आएका छन् । सामन्ती सोच, व्यवहार र चिन्तन यसको सबैभन्दा ठूलो जिम्मेवार तत्व हो । वास्तवमा समाजको वर्गीय संरचनाले गर्दा पनि महिलाहरुमाथि अतिशय ज्यादती र उत्पीडन हुने गरेको कुरा कसैबाट छिपेको छैन । तसर्थ विषमतापूर्ण सामाजिक संरचनालाई बदल्न सक्ने हो भने महिलाविरुद्ध विभेद र हिंसाका धेरै उपागमहरु आफै हटेर जाने अवस्था सिर्जना हुन सक्दछ । तसर्थ युगौं“देखि चलिआएको महिला–पुरुषबीचको भेदभावपूर्ण असमान परम्परा र व्यवहारलाई अब पनि नसच्चाउने र नहटाउने हो भने महिला जातिमाथि हदैसम्मको अन्याय हुने हु“दा महिला हिंसा र शोषणको अन्त्य गरी समान अधिकारको व्यवस्था गर्न ढिला गर्नु हु“ंदैन । यसरी “नारी ः बन्धन र मुक्ति” ले दिन खोजेको सन्देशलाई भित्री हृदयदेखि नै आत्मसाथ गरी व्यवहारिक कार्यान्वयनमा खरो उत्रिन सकेमात्र मुर्धन्य स्रष्टा मोदनाथ प्रश्रितप्रतिको सच्च कृतज्ञता प्रमाणित हुन सक्ने देखिन्छ । अस्तु ः

सन्दर्भ सामग्रीः
१) “नारी ः बन्धन र मुक्ति” मोदनाथ प्रश्रित संकलित रचनाहरु, खण्ड ५, पैरवी बुक्स एण्ड स्टेशनरी सेन्टर, काठमाण्डौं
२) अर्याल, भोजेन्द्र, लैङ्गिक अध्ययन, समाजशास्त्र प्रकाशन, काठमाडौं
३) ओझा, घनानाथ, नेपालमा महिला, २०५६, पैरवी बुक्स एण्ड स्टेशनरी सेन्टर, काठमाण्डौं
४) पहाडी, राजेन्द्र, महिलाविरुद्ध हिंसा–एक सामाजिक विवेचना, २०६६, नेपाल समसामयिक अध्ययन केन्द्र (ल्ऋऋक्), सानेपा, ललितपुर
५) भसिन, कमला, नारीवाद के हो ?, स्त्री शक्ति, काठमाण्डौं
६) शमशेर, पुष्कर, नेपाली उखान–टुक्काको कोश,साझा प्रकाशन

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 26 जेठ, 2071

लेखकका अन्य रचनाहरु