घृणाको रुप

- विजय सागर

एक समय यो देश बन्दै बन्दको देश थियो । बन्दले हरेक क्षेत्र ठप्प थियो । त्यही बन्दको सदुपयोगको निम्ति कार्यालयका सबै स्टाफहरु मिलेर तामेली फा“टका कागजात व्यवस्थित गर्ने निधो गरियो । परिचर देखि प्रमुख सम्म कस्सियौं । वषौं वर्ष पुराना पोका पन्तुराहरु धुलो टक टक्याउ“दै घाममा सुकाउ“दै, नया“ खोलहरु फेरियो । यौटै फायलमा अटाई नअटाई राखिएका पत्रहरु गा.वि.स. अनुसार मिलाएर राखियो । बन्दका दिनहरुमा हाम्रो नित्य कर्मनै बनेको थियो अव्यस्थित पोका एवं फायलहरु सुव्यवस्थित गर्ने । यही बन्द व्रmममा एक दिन १ बजे फोन आएको कारणले म अफिस कोठामा थिए“ । फोनमा लामो कुरा भयो । फोन राखेर उठ्दै थिएं एक जना वकिल मित्र टुपुक्क आईपुगे । भला कुसारी पछि उनले भने – बन्दको राम्रो सदुपयोग गरी रहेका छौ तिमीहरु ∕ खुशी लाग्यो ।
धन्यवाद ∕ – मैले हा“स्दै भने – कागजात धेरै भएर राख्ने ठाउ“ पनि छैन । त्यस माथि अव्यवस्थित । अड्डा अदालतहरुबाट माग भएका बखत खोज्न निकै समय लाग्ने हु“दा यो बन्दको समयलाई कार्यालयका सबै साथीहरु मिलेर उपयोग गरेका हौं ।
राम्रो कार्य हो । यस्तो सोंच सबैमा भए राम्रो हु“दो हो – उनले भने – अ“, मित्र ∕ म अन्तै जानु पर्ने, यातायात बन्द ! म पनि बन्द ! काम पनि बन्द ! नजिक तिमी प¥यौ त्यसैले तिमी कहा“ आएं !
ठीकै त छ आयौ राम्रो ग¥यौं – मैले भने – बन्द नभएको बेला जस्तो बेफुर्सदी कहा“ छु र म ! चिया पिऔं है – मैले प्रस्ताव पनि राखें ।
वकिल साहेबले हा“स्दै भने – वास्तवमा चियाको निम्तिनै तिमी कहा“ पसेको थिएं ।
हामी दुबै बाल सखा हास्यौं । चिया ल्याउन भने । त्यही व्रmममा वकिल साहेबले यौटा फायल मेरो हातमा राखि दिदैं भने – ल मित्र यो फायल तिमीले पढ । तिमी त लेख्ने मान्छे । यहा“ अनौठो मानवीय पीडाको कथा छ । मैले अदालतमा पेश गर्नुपर्ने छ ।
मैले फायल हातमा लिंदै भने – मित्र ! आज यो फायल म राख्छु । घरमा लगेर सा“झ पढ्छु । भोलि फर्काउंला हुन्न ?
मित्रले हुन्छ भन्ने भावले टाउको हल्लाए । चिया पान पछि मित्र घरतिर लागे ।
सा“मm घरमा फायल पल्टाएर हेरें । यौटा बाबुको हृदय दग्ध भएको कथा थियो त्यहा“ । यौटा मान्छे नराम्ररी क्षत विक्षत भएको कथा थियो त्यहा“ । यौटा बाबुको हृदयमा आफ्नै सन्तानहरु प्रति त्यति विध्न घृणा जाग्दो रहेछ ! अनौठो अविश्वसनीय तर उत्पीडनको सत्य कथा थियो त्यहा“ !
यौटा बाबुले मर्नु अघि यौटा इच्छा पत्र गरेका रहेछन् । इच्छा पत्रमा बाबु चाहिंले लेखेका रहेछन् – मेरी श्रीमतीको पहिलेनै मृत्यु भै सकेको र मेरा तीन छोराहरु भएता पनि मेरो मृत्यु पश्चात मेरो नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा बैंक व्यालेन्स र शेयरहरु मेरो कान्छो छोराको नाममा हुनेछ । मेरो मृत्यु पछि जेठा र माइला छोराहरुलाई मेरो लास छुन र मेरो मुख हेर्न पनि नदिनु । रीतितिथि अनुसार सबै काजकिरिया, कर्महरु कान्छो छोरोले गर्नेछ । मेरो सबै सम्पत्तिको हकदार कान्छा छोराले मेरा दुई छोरीहरु जो विवाहित छन् – मैले हरेक वर्षका पर्व त्यौहारहरुमा छोरी – ज्वाई लगायत उनीहरुका परिवारमा सौगातहरु जसरी दिंदै आईरहेको थिएं त्यसरीनै सौगातहरु उपहार दिई रहनु पर्नेछ । मेरा सबै पा“चै जना सम्धी–सम्धिनीहरुलाई कान्छा छोराले आफ्नै बाबु आमा जस्तै सम्मान दिने छन् ।
फायल पढेर म एक छिन ट्वाल्ल परें । दुई छोराहरुले आफ्नो बाबु प्रति कस्तो व्यवहार गरे होलान् र त्यो बाबुले त्यस्तो इच्छा पत्र गर्न बाध्य भए ? त्यो इच्छापत्र, इच्छापत्र मात्र नभएर यौटा बाबुको आफ्नै छोराहरु प्रति हुनु पर्ने दया, माया एवं करुणा माथिको चरम विद्रोह तथा मानवीय घृणा र क्षोभको पराकाष्ट थियो ।
अहिले हाम्रो देश कस्तो अवस्था छ ? देशका जनताहरु जिम्मेवार नेताहरु र दलहरु प्रति त्यतिनै घृणाको आ“खाले हेरि रहेछन्, जसरी त्यो भारतीय बाबुले आफ्ना दुई छोराहरुलाई हेरे । के यस सत्य तर्फ हाम्रा नेताहरु सजग छन् ?
देश गरिबीले रोइरहेको छ । देश अभावले रोइरहेको छ । देश अशक्तताले रोइरहेको छ । हरेक स्थितिमा देश रोइरहेको यो समय जिम्मेवार नेताहरुको घिनलाग्दो सत्ता लिप्साको उदाङ्गो चरित्रले देशको गरिमा क्षत विक्षत भएको छ । जनताहरुको नाममा जनताहरु प्रति गरिएको तानाशाही व्यवहार जनताहरुमा अपच भएको र सामन्ती शासन खत्तम पारेर गणतन्त्र आए पनि यथार्थमा गणतन्त्र आएको भान जनताहरुमा भएको छैन । सबै कुरा समानान्तर । वरिष्ट गरिष्ठ भनाउ“दा नेताहरु तथा दलहरुको कारण देश आजको “त्रिशंकु” स्थितिमा पुगेको छ । यस्ता दुर्योधन – शकुनी प्रवृत्तीका नेताहरु प्रति जनताहरु अव्यक्त घृणा गर्दछन् । यो ध्रुव सत्य हो ।
जातीय, भाषा, साहित्य, कला र संस्कृतिको उत्थान गर्ने अधिकार सबैलाई छ तर संघीयताको नाममा जातीय र भाषिक नारा दिन लगाएर नेपाली भाइ–भाइ फुटाएर देश विखण्डन गर्ने अधिकार कसैलाई छैन । छिमेकी देशका प्रान्तहरुको तुलनामा हाम्रो देश अभैm सानो छ । यो सानो देशलाई हावादारी आठसय जिल्लामा हैन प्रान्तमा लैजानै परे पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल गरी ३ (तीन) प्रान्तमा विभाजन गर्नु सामाजिक एवं भौगोलिक न्याय हुनेछ । यो तथ्य सबै नेता तथा दलहरुलाई चेतना हुनु पर्दछ । तसर्थ सम्पूर्ण नेताहरु, दलहरु, जनताहरु मिलेर यो देश ! यो हाम्रो नेपाल ! र हामी सबै नेपालीहरुको शिर ठाडो पारौं ! विकास र उन्नतिमा जुटौं । झुठको खेती नगरौं ! स्वार्थ र मपांई त्यागौं ! तर हाल संविधान सभा निर्वाचन दोश्रो बहिस्कारको नाममा फेरि बन्द संस्कृति पलाउन थालेको छ । तोडफोड र बलजफती देखिन थालेको छ । निर्वाचन बहिस्कार गर्ने अधिकार जो कोही नेपाली जनतामा निहित छ । तर निर्वाचन खातिर उत्साही जनता विरुद्ध तोडफोड, बलजफती र आगजनी अवरोध गर्ने अधिकार कसैलाई छैन । नभएको अधिकार प्रयोग – अन्याय र अत्याचार ठहरिन्छ । त्यसैले बन्दको संस्कृति त्यागौ ! घृणा र क्षोभ त्यागौ ! हामी सबै नेपाली एक हौं ! अस्तु ।
भैरहवा

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 21 जेठ, 2071

लेखकका अन्य रचनाहरु