जिन्दगीको कविता

- विजय सागर

* तानसेन श्रीनगर डाँडामा
ऐँसेलु, काफल, चुत्रो र मियाल
साथीभाइ मिलेर खुब खाइन्थ्यो
डाँडामा दौडिन्थ्यो – खेलिन्थ्यो
श्रीनगरकै काखमा रहेको
सुन्दर तानसेन बजारमा हाम्रो घर थियो ।
* समयले धार बदलिए छ क्यारे !
भविष्य खोज्न दाजुहरु विदेश थिए
म पनि आफ्नो भोलिको निम्ति
तानसेन घरबाट
कर्मकी आमाको टिलपिलाएका आँखा
आफन्त एवं साथी भाइहरु र
सधैं खेल्दै दौडेको
श्रीनगर डाँडासाथै बजारका सडकहरु हेर्दै
मन एकतमास भए पनि
छातीमा भक्कानो उठे पनि
ओंठ भरि हाँसो पोतेर
सबै सबैलाई बिदाइको हात हल्लाउँदै
उच्च शिक्षाको लालशामा
बिस्तार बिस्तार म ओझेल परें ।
* घर, साथीभाइ र तानसेनबाट
ओझेल पर्दै म
काठमाण्डौ उत्रें !
उच्च शिक्षाको निम्ति
यता दौडें – उता दौडें
कहीं कतै भरथेग पाइन
अनि त काठमाण्डौमा म रम्नै सकिन
टिक्नै सकिन ।
* जीवन यापनको व्रmममा
बुबा – मुमालाई श्रद्धान्जली दिंदै
पसिना बगाउँदै रिङ्दै
निरन्तर पाइला चाल्दै
जागिरे भएर म भैरहवा उत्रें ।
विश्वमनुले फव्रmाएको पूmल मध्ये
लुम्बिनीमा फव्रmेको बुद्ध नामको पवित्र पूmलसंगैको भैरहवा !
पाल्पाका आराध्यदेव भैरवको सनद भैरव हवा (भैरहवा)
मलाई आप्mनै लाग्यो
यही आफ्नै पनमा
मैले पत्तै नपाई मेरो हृदयमा
पीरतिको पूmल फुलेछ
त्यही पूmलको मगमगाउँदो सुगन्ध बोकेर
म कास्की पोखरा पुगें ।
* फेवा, रूपा र वेगनासलाई आपूmसंगै राखेर
माछापुच्छ्रेको काखमा आनन्दका साथ
घाम र पानीसंग सुन्तला उफार्दै रमाईरहेको
पोखराको प्राकृत मायाले
श्रीनगर डाँडा र तानसेन बजार – बजार दौडे जस्तो लाग्यो
पोखरा मलाई मेरो घर तानसेन जस्तै लाग्यो ।
* अनि फेरि पर्वतको कुस्मा पुगें
काली र मोदीको दोहरी सुन्दै
गुप्तेश्वर गुफामाथि गजक्क बसेको कुस्मा
मलाई मेरा साथीहरुको घर जस्तै लाग्यो ।
* समयले घचघच्यायो
साथीहरुको घर जस्तै प्रिय कुस्मालाई बाई ! बाई ! गर्दै
भैरहवाबाट पीरतिको पूmल साथ लिएर
कपिलवस्तु पत्थरकोटको सामल – तामलले धानेको
रावणले नृत्य गरेको नर्तनान्चल ‘नरपानी’ पुगें
अर्घाखाँचीका राज र नीति केही नभएका
पुङमाङे राजनीतिज्ञहरुको बहुलठ्ठीले
ठाडाबाट हुत्तिएको अर्घाखाँचीको सदरमुकाम
नरपानी अड्कियो ।
जहाँ चिसो र हवाको प्रताडनाले
धेरै बासिन्दा टिबीका सिकार हुन्छन् ।
* समयले मलाई हे¥यो
रेसुङ्गाको काखमा बस्दै
अर्जुनडाँडालाई मायाले हेर्दै
बाहुन, क्षेत्री, नेवार, गुरुङ, मगर
आदि सबै जातिलाई आपूmमा तेलकासा खेलाउँदै
रिडी – तम्घासको फराकिलो बाटोको कल्पना गर्दै
किरण पुस्तकालयमा पुस्तक पल्टाउँदै
मुसु मुसु हाँसिरहेको गुल्मी तम्घास पुगें ।
* तम्घासमा समय वितेको पत्तै भएन
समयले मलाई मायाले तान्यो
म आफ्नै घर पाल्पा तानसेन आइपुगें, श्रीनगर डाँडा आई पुगें
मगराती शब्दले बनेको तानसेन (तान = ठूलो, सिङ = वस्ती)
सेनवंशीहरुको रजस्थल हो !
मणि मुकुन्दसेनले विजय यात्रामा
कान्तिपुरबाट भैरब खोसेर पाल्पामा स्थापना गरे
अमरसिंह थापाले – अमरनारायण मन्दिर बनाए !
उजिरसिंहले – कहिल्यै हार नखाएका
गोराहरुलाई हारको स्वाद चखाएर
भगवतीको ठूलो मन्दिर निर्माण गरे
श्रीनगरको काखमा बसेर
बुटवल फर्केर घाम तापीरहेको तानसेनमा
बसे जस्तो लाग्दा नलाग्दै
म त बागलुङ पुगे छु ।
* बागलुङ मेरो मावली प्रदेश !
पाल्पाकै उपहार “काली भगवती” ले
चहल पहल बागलुङ
धौलागिरीको काखमा बसेको रहेछ
“हनुमान” र “लाखे” नाचमा संस्कृति जोगाउँदै
आफ्ना पूर्खा सम्झदै – यहाँका नेवारहरु
बाहुन, क्षेत्री, गुरुङ, मगर आदि जातिहरुसंग
नङ र मासु भएर हाँस्दा रहेछन् ।
* समयले चक्कर काटि सकेछ
“सुब्बामा तारा जिल्लामा बारा” कलैया पुगें
बा¥ह बर्षे मेलाले रगताम्य गढीमाई हेर्दै
लुछाचुँडीले लथालिङ्ग
न्यान्यदेवको ज्वाजल्यमान सिम्रौनगढको दुर्दशामा
मन कुडाउँदै
कलैया बजारको सस्तो हाट भर्दै
ताडीको मधुर रसमा आपूmलाई डुबाउँदै रमाउँदै
म त भैरहवा भएर दाङ्ग पो पुगेछु ।
* आफ्नो भण्डार नै नभएका
तर आफ्नै पसिनाले मालिकहरुको भण्डार भर्ने
कमैयाहरुको अजवको तुलसीपुर पुगेछु ।
मालिकका आँखाले
थरुनी र कमलरीमा भेदै नदेख्ने
थारुहरुले थारुहरुलाईनै
बुढानको बाटो देखाउने
अनौठो जिल्ला दाङ देखें
थारु राजा दंगिशरणको भत्केको दरबार देखें !
दंगेली समाजले लाजै नमानी पचाई रहेको
वदिनीहरुको – वागर – पातुखोला – कालीखोला र
पव्रैmयाको यौन बजार देखें ।
* अनि त समयले मलाई
फरक्क चितवन दौडायो
सप्त गण्डकी नारायणीलाई
खुर्लुप्पै विदेश पठाएर
आपूm टारमा परिणत भएको चितवन देखें
पानीढलको सम्झौता भए पनि
माडी बाँदरमुडेमा विदेशीको हस्तक्षेप देखें
अचम्म ! पच्यहत्तर जिल्ला बराबरको एउटै जिल्ला
चितवन ! भनिए पनि
माडीमा परतन्त्र देखें ।
* मनमा थक्थकी लाग्दा लाग्दै
समयले मलाई डोटी पु¥यायो
शैलेश्वरी मन्दिरले झलमल्ल सिलगढी
सबै जातजातिको गढ रहेछ
सेतीको किनारमा दीपायल रहेछ
डोटीको सेरोफेरो गर्ने व्रmम बाँकी छँदा छँदै
समयले मलाई कञ्चनपुर डो¥यायो ।
* शुक्लाफाँटले कव्रिmएको महेन्द्रनगरले मात्र हैन
महाकालीले पनि हेंलाको दृष्टिले हेरेका
दोधारा र चाँदनी देखेर मन कट्कट् खायो
शारदा व्यारेजले मिच्न सम्म मिचेको महेन्द्रनगरलाई
टनकपुर व्यारेजले पनि थिच्न सम्म थिचेको रहेछ
महाकालीको अपार जलराशि टनकपुर र शारदा व्यारेज भएर
पारि जताततै छ्यालव्यालिए पनि
कञ्चनपुरका आफ्नै खेत बाँभैm देखेर
मन कुँडियो – रोयो
तर
शुक्लाफाँटा भित्र बा¥हसिङ्गेका जत्था देख्दा
मन रमायो – हराभरा भयो ।
* महेन्द्रनगरमा रमाउँदा रमाउँदै
प्रजातन्त्रको नयाँ सूर्य उदायो
नयाँ सूर्यको किरण संगसंगै
म मकवानपुर पुगें ।
पृथ्वीनारायण शाहको जेठी रानीको माइती राज्य मकवानपुर
पृथ्वीनारायण शाह आपैmले आफ्नो अधीनस्थ पारे
थुप्रै गढीहरुको मकवानपुरमा
सिव्रिmले बाँधिएका चञ्चल कृष्णको मूर्ति
मकवानपुर गढीमा देखें
विहान सबै सबै जसो भेट हुने सुकिलो भूटनदेवी मन्दिर भए पनि
राप्तीको दुर्दशा देखें
छ जना भ्रष्ट राष्ट्रसेवकलाई कालोमोसो दली
घाँस खुवाइएको अनौठो रोचक घटना सुनें !
नयाँ प्रजातन्त्र न हो ! – हल्ली खल्लीमा
समयले मलाई
कपिलवस्तु तौलिहवा पु¥याई सकेछ ।
* तौलेश्वर महादेवको नामबाट
बनेको सहर तौलिहवा
बाणगंगाको छेउमै रहेछ
पवित्र तिलौराकोट र कुदानलाई च्यापेर
विकासको उज्यालो कुरि रहेको तौलिहवा देखेर
मन एक तमास भई रहेको बेला
समयले मलाई फेरि कर्के आँखाले हे¥यो
म त मोरङ्ग विराटनगर पो पुगेछु ।
* पैतालिस सालको भूकम्पले
धेरै नेपालीका घर टहरा ढले पनि
चर् चर् चिरा परे पनि
नव नेपालीहरुका घर अजबले ठिङ्ग उभिएका रहेछन्
पारि जोगवनीमा गजबको बजार रहेछ
हाकिम साहेबहरुको महिना भरको कमाई
हाकिमनी साहेबहरुले जोगवनी बजारमा एकै दिनमा उडाई दिंदा रहेछन्
भन्न त काठमाण्डौ बडेमाको शौचालय भनिन्छ
तर विराटनगर पनि मलाई काठमाण्डौ भन्दा सानो
खुल्ला शौचालय लागेन ।
यस्तै अचम्म अवस्थामा
समयले मलाई
“जाने सुनसरी नजाने फलाम सरी”
अर्थात सुनसरी इनरुवा पु¥यायो ।
* सप्त कोसीका सबै सबै बालुवा
आपूmमा थुपारेर सुनसरीले
सप्त कोसीका सम्पूर्ण जल राशि पारि पु¥याउँदो रहेछ
त्यसैले त इटहरी र विराटनगर पानी ! पानी ! भनि चिच्याउँदा रहेछन्
जति चिच्याए पनि सप्त कोसी सलल्ल मुगलान बग्दो रहेछ
मलाई वाक्क लाग्यो – दिक्क लाग्यो
त्यसैले समयले मलाई नवलपरासी पु¥यायो ।
* पाल्हीमाझखण्ड अर्थात नवलपरासी
परासी बजार अलि पर प्राचीन पाल्हीमाईको पवित्र मन्दिर छ
परासी बजारसंगै
कोलिय वंशीराजाहरुको राजधानी रामग्राममा बौद्ध स्तुपा छ
भनिन्छ – महान बुद्धको अस्तु भएको रामग्राम स्तुपा
नागहरुको अवरोधका कारण
अशोक महानले स्तुपा खोलेर अस्तु लैजान सकेनन् ।
नवलपरासीको त्रिवेणीमा ठूलै ड्याम बनाइए पनि
वर्षामा बाहेक यो जिल्ला कहिल्यै
नारायणीको पानीले भिजेन
विजुली उत्पादन घर त छ नि !
उसले पानी छाडे विजुली बल्छ
नछाडे बल्दैन
आफ्नै सप्त गण्डकी विदेश वगाएर
मख्ख परेको जिल्ला नवलपरासी पाएँ ।
* समयले फेरि मलाई धक्का दियो
म दार्चुला खलाङ्गा पुगें
सरकारको आँखामा कत्ति पनि नपरेको
बाटो घाटो केही नभएको
पारि वैभवशाली धार्चुलाको पूर्णशरणागत भएको
असहाय दार्चुला देखेर म त स्तब्ध भएं ।
अनि छक्क पनि परें
हाकिमहरु कमै बसेका
निम्न तहका कर्मचारीहरुबाट जसो तसो चलाइएको
यस दार्चुलामा
महाकालीको पानी सरोवरी
घर घरमा च्याक्टी (रक्सी) बन्दो रहेछ ।
महाकालीको दार्चुला देखें
दार्चुलाको महाकाली देखें
विरक्त लागेर महाकालीमा पौडी खेलें
अचम्म ! महाकालीको छालले मलाई
नवलपरासी फर्कायो ।
* नवलपरासीबाट रुपन्देही हुँदै
म धनुषा – जनकपुर पुगें ।
अग्नि परीक्षामा उत्तीर्ण भएर पनि
प्रियको आँखामा पवित्र ठहरिन नसकेकी माता सीताको माइती !
शङ्कालु मर्यादापुरुषोत्तम रामको ससुराली !
राजा जनकको राजधानी जनकपुर !
फोहर फोहर पानीले भरिएका पोखरीहरुको सहर रहेछ
विशाल नौलाखा मन्दिरको शोभाले उज्यालिएको जनकपुर
सुस्त जनकपुर – जयनगर रेलवेको उपहास स्वरुप
जुगें मुठे लठैतहरुको बोलबाला चल्दो रहेछ ।
अनि त समयले फेरि मलाई
सुईकुच्चा ठोकाई हाल्यो ।
* म बाँके नेपालगञ्ज पुगें
लक्ष्मणपुर बाँधले बाँकेको ठूलो हिस्सा डुबाएको देखें
राप्ती पारि आफ्नै सरहद भित्र
ने रु नचलेको देखें
कमैया – कमलरीहरुको दुर्दशा देखें
देख्न सुन्न धेरै बाँकी थियो
थाहा नै नदिई समयले प्रहार गरेछ
म त बर्दिया गुलरिया पुगे छु ।
* बर्दियाले पनि हेलाँ गरेको राजापुर रहेछ
कर्णालीको भंगालो कोठियाघाट भएर तर्नु पर्ने
वर्षामा हेलिन नसकिने
ठूला बडाहरुको साम्राज्य भएको बर्दिया
विचरा कमैया र कमलरीहरुको पसिनाको धाराले मगमगाएको रहेछ ।
समयले फेरि मलाई रुपन्देही फर्कायो
* मेरी कर्मकी आमा अस्वस्थ हुँदा
रात विरात कहिले बाँके कहिले बर्दियाबाट दौडिनु पथ्र्यो
समयले मलाई त्यो दौडने प्रव्रिmया पनि रोक्यो !
म ढाई वर्षको हुँदा जन्म दिने आमा वितेकी थिइन् रे !
म एघार वर्षको हुँदा बुबा विते ।
बुबा वितेको दिन म असैह्य रोएको देखेर
मेरी कर्मकी आमाले मलाई अंगालोमा च्यापेर
रुँदै थुम थुम्याउदै भनिन् –
छोरा ! आज देखि तेरो बाबु पनि मै हुँ !
आमा पनि मै हुँ !
मेरी कर्मकी आमा ! जसले मलाई
उनपचास वर्ष सम्म लगातार
ज्ञान र दीक्षा दिई रहिन्
सेवा र मानवताको पवित्र पाठ पढाई रहिन्
सदा मेरो भलो र उन्नती चाही रहिन्
सदा सुभाशिष दिई रहिन्
यस्ती ममतामयी आमालाई
समयले म बाट चुँडेर लग्यो – खोसेर लग्यो
समयले हामीलाई अलग्यायो
सबै सबै भएर पनि म एक्लो भएं
मन विकल विकल थियो
यस्तो समयमा समय मेरो अघि पछि घुमेन
केही अन्तराल पछि
समयले मलाई कानमा खुसुक्क भन्यो –
तँ काठमाण्डौ पुग्दैछस् ।
* साँच्चै म काठमाण्डौ कलङ्की पुगें
काठमाण्डौ कलङ्की मलाई
फलामसरी भयो
म दिक्क भएं ! वाक्क भएं !
परिणाम स्वरुप म अस्वस्थ भएं ।
पटक पटक
अस्पताल भर्ना भएं ।
म क्लान्त थकित भएर समयलाई पुकारें
समयले मेरो पुकार सुनेछ
स्नेहपूर्वक मलाई कपिलवस्तु फर्काई दियो ।
* अनवरत यात्राले समयको नेटो काटी सकेछ
कपिलवस्तु पुगेर
जागिरको दौडानका
देशका सबै क्षेत्रलाई नमस्कार गर्दै
जागिरे यात्राको पूर्ण विरामको आदेश लिएर
म रुपन्देही फर्किएं
लामो समय सम्म मलाई आपूmसंगै हिँडाएको
समयलाई धन्यवाद दिएं ।
* यस बेला सम्मको
सैँतीस वर्षे लामो जागिरे जीवनको यात्राले
म थाकी सकेको रहेछु
गली सकेको रहेछु
मनले आराम गर्न अनुमति माग्यो
आँखा झप्काएको मात्र थिएं
भुसुक्क निदाएछु ।
निंदबाट विउँझिदा
मन एकदम शान्त थियो
त्यो शान्त मन भित्र
मेरो सुन्दर तानसेनको तस्विर थियो
मलाई तानसेन जाउँ जाउँ लाग्यो
तानसेन जाने मन लिएर
जब म उठ्न खोजें
अचम्म !
मेरा खुट्टाहरू चल्दै चलेनन्
हातहरू टेकेर उठ्न खोजें
हातहरू पनि चल्दै चलेनन्
विश्वास नलागेर
यसो आपूmले आपैmलाई नियालेर हेरें
म त दह भएर जमी पो सकेछु
निदाएको समयमा कसरी कसरी
म पानीको दह भएछु
दुईचार कमलका पूmलहरू बाहेक
थुप्रै जलकुम्भीहरू मौलाई सकेछन् मभित्र
अचम्म !
म त भैरहवामा
देशको नियति जस्तै
निकास नभएको पानीको दहमा पो परिणत भएछु ।

हात्तीवन, ललितपुर

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 16 जेठ, 2071

लेखकका अन्य रचनाहरु