धेरैवटा साहित्यिक कार्यक्रममा ठूला साहित्यकारहरूले भनेको हामी सुन्छौँ, “साहित्यले समाजलाई जोड्ने काम गर्छ”। समाजलाई जोड्नुको अर्थ सायद व्यक्ति व्यक्तिमाझ भाइचारा बढ़ाउनु पनि होला। मेरो निम्ति त्यस्तै भइरहेको छ। म एउटा ठाउँको, एउटा राज्यको वा समाजको एकजना व्यक्तिलाई अर्को ठाउँ वा समाजका व्यक्तिहरूसित परिचय साट्ने, मित्रचा बढ़ाउने अवसरहरू दिइरहेको हुन्छ
राती कतिबेला हो, त्यो थाहा भएन। तर, त्यो एउटा मुसो पानीको बाल्टीमा खसेर मरेछ। छप्ल्यांग आवाज आएको पनि सुनिएन। सायद पानी 'साइलेन्ट किलर' बनिदिएछ। पानीले भरएिको बाल्टी ढाक्नुपर्ने थियो। प्रचार पनि यही गरन्िछ अर्थात् स्वास्थ्यका लागि पानी ढाकेर राख्नुपर्छ। सजिलो कुरो हो, पानी ढाक्नुपर्छ भन्नु
सधैँझैँ लवदेवको बा बिहान मन्दिरबाट फर्कनुभयो । बिहानै मन्दिर जाने गर्नुभा’छ उहाँ । एक्लै, कहिलेकाहीँ मात्रै लवदेवकी आमालाई सँगै लग्ने गर्नुभा’को छ । तर लवदेवकी आमालाई धेरैजसो बिसन्चो भइरहन्छ । त्यसैले आमा जान सक्नुहुन्न र बाले पनि जोड गर्नुहुन्न । भन्नुहुन्छ— ‘बूढाको पुण्य बूढीलाई पनि भाग लाग्छ
म कास्कीको पोखरेली भए पनि पोखरा हुँदै तय गरिने धेरै पदयात्रा र पुगिने पर्यटकीय स्थल पुगेको छैन । पृथ्वी राजमार्गमा सयौंपटक ओहोरदोहोर गर्ने गरेको भए पनि डुम्रे झरेर मनाङतिर गएको छैन । कासकीकै घलेगाउँ पुगेको छैन । बन्दीपुर पनि नपुगेको कुरो थाहा पाएर धेरै साथीहरूले गिल्ल्याएपछि २०७८ कात्तिक १७ मा दमौलीमा रहनुहुने मेरी ठूलियाँका छोरा सुजन वाग्लेसँग काठमाडौंबाट पोखरा फर्कंदा डुम्रे झरेर बन्दीपुर पुगेको थिएँ
आज बिहान मन्दिरतिर हुँदै बाहिरतिर घुम्न जाने पारिवारिक योजनानुसार उषारमणलाई स्थगन गरेर घरमैं बसें । हुन त हिजो बेलुकी हिथउड पार्कतिर जाँदा तीनजना नेपालीहरु बास्केटबल खेलिरहेको देखें । पराई देशमा नेपाली अनुहार, त्यो पनि समवयका देख्दा आफ्नै सहपाठी देखे झैं लाग्ने रहेछ । ती मध्ये दुईजना आंशिक परिचित र एकजना कम कमै अपरिचित थिए
नेपाली गीत लेखनको क्षेत्रमा भारतबाट नारी गीतकारहरूको उपस्थिति पातलो छ।तीमध्ये पनि प्रायले सङ्गीत र गायनकै निम्ति गीत लेखेका छन्।गीत साहित्यको निम्ति कृति प्रकाशनतर्फ उस्तो उत्साह चलेको पाइँदैन।हुन पनि सङ्गीताश्रित विधा भएर होला गीत भन्नेबित्तिकै जोकोहीले लयबद्ध एउटा श्रव्यसाध्य सम्झिने गर्दछन्