नीलम कार्की निहारिका कविताको भावभूमि

- गायत्री श्रेष्ठ

शब्द-शब्दपरिवेश परिवेशसँग डुबुल्की मार्न सिद्धहस्त नीलम कार्की निहारिका नेपाली कविता फाँटकी एक सशक्त नारी स्रष्टा हुन् । उनको कविता लेखन शैलीलाई नियाल्दा उनी एक परिपक्व सिद्धहस्त कवयित्री हुन् । निहारिका भिन्न शैली र संरचनामा आफ्ना भावनाहरु व्यक्त गर्छिन् । उनका प्रत्येक कवितामा जीवनका तीता मीठा सबै रसहरु  छताछुल्ल  भएको छ । उनले जीवनका यात्रा क्रममा पार गरिने उकाली ओरालीहरुलाई आत्मसात् गर्दै  आफ्ना भावनाहरु पोखेकी छन् । हरेक कविताले एउटा न एउटा सत्यलाई अङ्गीकार गरेको छ । कवयित्री कतै आफूलाई खोज्छिन् कतै भविष्यलाई कतै  राष्ट्रलाई अनि कतै मानवीय प्रवृत्तिलाई खोज्छिन् । सङ्घर्षमय राजनीतिबाट प्रभावित समसामयिक नेपाली जीवन र त्यसैको चपेटामा बाँच्नका लागि गर्नु परेको संघर्षलाई कवितामा ब्यक्त गर्दछिन् । मानिसले संघर्षको समयभन्दा पर पनि आफले आफूलाई सिकुडाएर राख्नु परेको अवस्था र आफू नै सर्वोपरि हूँ भन्ने भावनाले अ्राक्रान्त मानवीय प्रवृत्तिलाई कविताका माध्यमद्वारा व्यक्त गर्न कवयित्री सफल देखिन्छिन् । जिन्दगी  पाएर मात्र हुन्न पाएर भोग्नु पर्ने भोग्दाका कटु अनुभवहरु व्यक्तिएका छन् । निहारिकाका बाल्यावस्थादेखिको वातावरण नै यस्तै यस्तै भोगाइहरुले व्याप्त देखिन्छ । साहित्यिक प्रेरणाको स्रोत दाज्यूलाई मान्ने कवयित्री यदा कदा कविता सुनाउँदा टि.भी.मा बोल्दा पुस्तक प्रकाशन गर्दा अधुरो अनुभव गरेको देखिन्छ । किनकि उनको परिवारको सपना परिवारका सदस्यहरु जीवित रहँदा देखाउन सकिनन् । सबै उनीहरुको जीवनकालपछिमात्र साकार हुन पुग्यो । यस सम्बन्धमा उनका आफ्नै शब्द यसप्रकार छन् - 'जब नेपाल टेलिभिजनबाट स्वास्थ्य कार्यक्रमको लागि आमन्त्रण पाएँ बुवा रहनु भएन । स्वर्गे हुनु भएको चार महिना मात्र भएको थियो । आज पनि जब टेलिभिजनको प्रत्यक्ष प्रसारणमा बोलिरहेको हुन्छु बुवालाई सम्झन्छु।'

       लेख्छु दाइलाई सम्झन्छु । छापिन्छ सम्झन्छु । प्रतिकि्रया पढदा सम्झन्छु । पुरस्कार पाउँदा सम्मान पाउँदा सम्झन्छु ज्यादै सम्झन्छु । उहाँहरुले पढ्न नपाउँदा हेर्न नपाउँदा सबै अपूर्ण लाग्छ । सँधै अपूर्ण । गाह्रो छ जिन्दगी चाड पर्व आउँछ परिवार अपूर्ण तर गजबको कुरा बाँचिदो रहेछ कस्तो यो जिजीविषा । यस्तै जीवनका विविध आरोह अवरोहसँग जुद्धै अघि बढने निहारिकाको साहसलाई एकपल्ट प्रशंशा नगरी रहन सिकंदैन मात्र होइन सबैका लागि यो एउटा पाठ पनि हो । एउटा लथालिङ्ग भइसकेको जीवनलाई सम्हालेर सुपथमा लाग्न र लगाउन सक्नु नै एउटा सफल जीवन हो र जीवनको सार्थकता पनि हो । यसैको एउटा उदाहरणीय पात्र हुन् निहारिका । यी कुराहरु हामी उनका कविताले बोलेको पाउँछौ। उनको के छ त्यहाँभित्र कवितामा व्यक्तिएको सामाजिक विसङ्गतिप्रतिको आक्र्रोशलाई हेर्न सकिन्छ । कवयित्री आफूले चाहेजस्तो सङ्गतिपूर्ण समाज पाउँदिनन् त्यसैले भन्छिन् ………

  'एक मन भन्छ

 पिइदिऊँ मात्नेगरी भट्टीपसलमा

 अनि लडाइदिऊँ पर्खाल

 गल्र्याम् गुर्लुम्

टुक्रा टुक्रा झिकेर पर्खालका ढुङ्गा

हुत्याइदिऊँ फूटबल झैं'

मुश्किलले नै भनौं पाएको मानव जीवन केका लागि होडबाजीमा दगुरिरहेका छन्  मानिस सहज सोंच राखी किन सबैमा समभाव समदृष्टि राखी जिउन चाहंदैनन्  त्यसैले कवयित्री आक्रोशित हुन्छिन् समाजको प्रवृत्ति देखेर बरु न रहे बाँस न बजे बाँसुरी भने झैं जम्मै भत्काइदिन चाहन्छिन् । वास्तवमा समाजमा के त्यस्तो तत्व छ र यसरी एकले अर्कोको जीवनलाई दाउमा राख्दै तँ छाड म छाड गरिरहेको । स्रष्टाको सुन्दरतम सृष्टि मानिएको मानव जातिमा आएको यो विसङ्गतिपूर्ण सोंचसँग कववित्री आक्रोशित देखिन्छिन् ।  आगन्तुक शीर्षक कवितामा कववित्रीको मूल्याङ्कनमा जुन जोगी आए पनि कानै चिरेको भनेजस्तेा छ । देशमा विविध व्यवस्थाहरु आए विविध नेताहरु आए तर देशले र सर्वसाधरण जनताले के पाए  यो व्यवस्थाले भएन देशोन्नतिका लागि अर्कै व्यवस्था चाहिन्छ यो नेतृत्वले भएन अर्कै नेतृत्व चाहिन्छ आदि इत्यादिको नारा लगाइन्छ । देशमा व्यवस्था परिवर्तन हुन्छ नेतृत्व परिर्वतन हुन्छ तर परिणाम जस्ताको तस्तै ।

सर्वसाधारणको आखुमा छारो हाल्नु बाहेक केही भएन । आगन्तुकु कवितामा यसलाई यसरी व्यक्त गरिएको छ

'हरेक वसन्तमा

तिमी कोशेली भित्र्याउँछौ

 

अर्को वसन्त पर्यन्त बाँड्दै रहन्छौ

झिकेर आफन्तमा

हो

तिम्रो कोशेलीको

विधि फरक छ रङ्ग फरक छ

स्वाद भने उस्तै छ दुरुस्तै'

 

जतिपल्ट परिवर्तन ल्याए पनि ढाँचा मात्र फरक भएर के गर्नु स्वभावै परिवर्तन हुन सक्तैन भने यो त केवल ढांेग रचिएको मात्र सावित हुन्छ । त्यसैले …………

'धेरै भयो तिमीले उस्तै कोशेली बोकेर आउने गरेको  

यो वर्ष पनि त्यस्तै त होला  

ठेकीभरि दही हो भनी ल्याउँछौ

किमार्थ दही हुँदैन  

तिम्रो कोशेलीको कुनै स्वाद हुँदैन

तिम्रो कोशेलीको कुनै वासना हुँदैनु

 यस्ता परिवर्तनबाट जनता थाकिसके । परिवर्तन आए केही होला कि भन्ने आशा गर्दछन् जनता फेरि उस्तै । कवयित्री नेपाल आमा र उनका सन्ततिलाई सत्ताद्वारा दिग्भ्रमित पारिएकोमा जनतालाई शोषण गरेकोमा तीखो व्यङ्ग्य प्रहार गर्दै आक्रोश व्यक्त गर्दछिन् ।

      समय र परिस्थितिलाई नेतृत्वले बुझ्न नसक्दा आफूले त दुःख पायो पायो जनतालाई पनि दुःख दियो । सहने पनि सिमाना हुन्छ । सह्यो भन्दैमा मनमानी गरेको कसैले सहन सक्तैन । जनता स्वतन्त्रता चाहन्छ न कि कसैको मनमानी भन्दै नरबलीको चाहना राख्ने राजसंस्था प्रति ब्यंग्य कस्न कवयित्री पछि पर्दिनन् ।   

'भक्त सोधेर आऊ

तिम्रो देवतासगँ आत्मा छ कि छैन

भक्त छामेर आऊ  

तिम्रो देवताको छातीमा मुटु छ कि छैन

    हरेक मानिस रमाउन चाहन्छ विकासमा रमाउन चाहन्छ उन्नति चाहन्छ । मानिसले पाउने उज्यालोको नैसर्िर्गक अधिकार छिनेको कसैले मन पराउँदैन । आनो अधिकार प्राप्तिको निम्ति जिउज्यान दिएर लडछ । १९ माघ २०६३ को राजसंस्थाको निणर्यसँग जनता आक्रोशित भए भित्र भित्रै षडयन्त्रका बाघचाल खेल्नेप्रति व्यङग्य कसिएका कविताहरु थुप्रै छन् । जनता एकताको बिगुल फुकेर सामाजिक शोषणको अन्त्य गरेर सामन्तिलाई अन्त्य गरेर स्वतन्त्र जीवन जिउन चाहेको सन्देशयुक्त कविताहरु कवयित्रीका कलमबाट व्यक्तिएका छन् । कवयित्री स्व। युवा कवि भूपि शेरचनद्वारा पनि त्यतिकै प्रभावित देखिन्छिन् । जस्तैहजुर भन्दा भन्दा मन्दिरको गजुरलाई पनि हजूर भन्न मन लाग्छ……भनेर चाकडी प्रथाको व्यङ्ग्यात्मक विरोध गर्थे भने निहारिका पनि देश अझै दुखेको छ मा यसरी व्यक्तिन्छिन्…………

 'आज उपेक्षित छन्  

भक्ति गर्न नसक्नेहरु  

धूप दीप नैवेद्य गर्न नसक्नेहरु  

भेटी चढाउन नसक्नेहरु

यस्तो समय पनि विद्यमान थियो र छ पनि । कसैलाई खुशी पार्न सकेमात्र काम बन्न सक्ने नत्र आशा गर्नै नपर्ने । यस्तो अवस्थासँग कवयित्री वाक्क मान्छिन् । केही गर्न सक्ने मानवीय पखेटाहरु कुँजिएर बसेका छन् । केही हुन लागेको छ भन्ने सङ्केत पाउनासाथ तँछाड मछाड गरेर बाहिर आउँदा आपुनो पखेटा फैलाउन खोज्दा अनायासै चट्टानमा ठोकिएर बजारिन पुग्दछन् रगताम्य भएर छटपटिन पुग्दछन् जनता । किनकि जनता यस्तो काममा अभ्यस्त छैनन् । त्यसैले जनता…………

'तातो बगरमा

डामिदै घरी माथि आकाशबाट

डामिदै घरी तल धर्तीबाट पछारिन्छन ।'

उनका कुँजिएका पखेटाहरु उड्नै जान्दैनन् । सम्पूर्ण वस्ती जुकाले चुसेको जस्तै भएको छ । यहाँ जताततै जुकाहरु मात्र सलबलाएका छन् । जनतालाई क्रान्तिको होइन शान्तिको भोक लागेको छ । त्यसैले …………

 'मेरी बूढी आमा भन्छिन्

चाहिदैन गाग्रीभरि रगतको पोखरी

ल्याउनु रगतको छिटा नमिसिएको

एक थोपा पानी

त्यसैले तिर्खा मेटौंला'

   

बालबृद्ध बनितालाई शान्तिको तिर्खा लागेको छ । अब नरबली चाहिएको छैन कसैलाई पनि रक्तिम पोखरीमा पौडिने चाहना छैन तसर्थ कतै कतै कवयित्री राष्ट्रिय स्वतन्त्रताका लागि अत्यन्त प्रतीकात्मक रुपमा आपुना भावहरु पोख्छिन् ।

'मेरो प्रेमी  

तिमी आउनैपर्छ

म जस्तै तिमीलाई प्रेम गर्नेहरु

पर्खिबसेका छन्शताब्दी बनेर तिम्रो बाटो

तिमीलाई अँगाल्न आतुर छन्

कोटीकोटी प्रेमका अङ्गालाहरु'

 कहिले राणाकालीन शोषण र दमनको शिकार कहिले शाहवंशीय शासनको दमनको शिकार हँुदा हँुदा निरीह नेपाली आत्माहरु सदियौं रोएर बसे । यदाकदा मुक्तिको एहसास हँुदा त्यो पनि अत्यन्त कठीन देखिन्छ । त्यसैले पनि आशावादी बन्न नछोडी शोषण र दमनबाट मुक्त हुने चाहना व्यक्तिएको देखिन्छ । वास्तवमा धैर्य्र राखेर कर्म गरे पूरा नहुने प्रश्नै उठ्दैन । तर एकता दृढता संयमता र सङ्कल्प हुन अत्यन्तै आवश्यक पर्दछ । नेपालीहरुले राणा शासनविरुद्ध १०४ वर्षसम्म धैर्य लिएका थिए । पाचायती व्यवस्था विरुद्ध ३० वर्ष धैर्य लिए धैर्य लिँदा लिँदा धैर्यताको बाँध फुट्यो ।

'हामीले सँगै बाचामा दर् हो मुठी कसेका थियौँ  

ल त्यो दिन आउनै लाग्यो

अब पट्यार नमान

तिम्रो पर्खाइका दिन सकिएका छन्

हामी संघारमा पुग्यौं

खोल ढोका खोल  

थाहा छ तिमीले स्वागतका टीका मुछ्दैछौ  

स्वागतको माला गुस्दैछौम आएँ'

अब सम्पूण नेपालीहरु एकजुट भएर अन्तिम लक्ष्यमा पुग्नै लागेको मात्र होइन पुग्यो । अब भाग बण्डा सुरु भयो । सबैले एउटा एउटा भाग लिए । आपसमा फेरि एउटा विषम परिस्थिति आयो । त्यसैले कवयित्री सबैलाई सचेत गराउँछिन् र भन्छिन्

 

'यस्तो नभइदेओस्

एक रुपमा अर्को सिकर्मी  

एकरुपमा अर्को डकर्मी नआइदेओस्

भोलि भोलि भन्दाभन्दै

त्यो बूढो घर झन बलियो नभइदेओस्

झनै ठूलो पर्खाल नलागिदेओस् वरिपरि'

यति भएर पनि नेपाल आमा सन्तुष्ट छैनन् खुशी छैनन् । आफ्ना सन्ततिका जन्ममा आपुना सन्ततिका खुशियालीमा सामेल हुन सकेकी छैनन् । किनकि आफ्ना सन्ततिमा अझै चेतना आएको छैन । आमा आफ्नो मनको कुरा यसरी व्यक्त गर्छिन्…………

      'तिमीले त

      कहिल्यै खुट्याउन सकेनौ  

      आफ्ना र आफन्तलाई

      तिमी

      सर्वांङ्ग अर्काको भइसकेछौ

      सम्पूर्ण नाता तोडेर आफन्तसँग    

                       अथवा भनँु प्रजातन्त्र आएर के भयो जब त्यसको महत्व बुभुदैन भने प्रजातन्त्र आएर के भयो जब त्यसको प्रयोग नै जान्दैन भने । नेपाल आमा आफ्ना सन्ततिलाई नपाउन्जेल कस्तोकस्तो पाए पछि सस्तो गर्नु हुन्न भन्ने कुराको ज्ञान दिलाउन चाहन्छन् ।

कवयित्री निहारिका केवल राजनैतिक चेतनामात्र लिएर कविता लेख्दिनन् उनका कवितामा आफ्ना वाल्यावस्था नारीको पीडा हाम्रो पुरुषप्रधान समाजमा नारीहरुले भोग्नु परेको पीडा आदिमा पनि त्यतिकै व्यक्तिएकी छिन् । आफ्नो स्वदेश प्रेम त्यतिकै दर् हो रुपमा प्रस्तुत गर्दछिन् । शहरिया जीवनको चहकमहकसँगको विमोह र ग्रामीण जीवनको सादापनसँगको मोहबाट नै बढी आकर्षित हुन्छिन् ।

'बा अपरिचित भोका अनुहारहरुका सामु

चौबन्दीको अस्मिता लुटाउने

डिस्को र नाइट क्लब होइन

दिनभरको थकाइ बिसाउन

मलाई

आफ्नै गाउँले दाजुभाइसँगैको रोदी चाहिन्छ 

बा मलाई पुतली नाच्ने झिलीमिलीभन्दा

बत्तीमुनिको अँध्यारो नै स्वीकार छ बा जान्न'

उनको हृदयमा नेपाली चेलीबेटीको बेचबिखनले आघात पुर्याएको छ  । नेपाली मनको  नेपाली चौबन्दी चोलोको बलात्कार गरिएको अनुभव हुन्छ । बरु गुन्द्रुक र ढिँडो नै खाएर होस् विशुद्ध मनले बत्तीमुनिको अँध्यारोमा नेपाली भएर नै बाँच्न उचित देख्छिन् । नारी अस्मिताका लागि कवयित्री अत्यन्त सचेत देखिन्छिन् । वास्तवमा समाज केही गर्न नपाए नारीको चरित्रहत्याको मिथ्या आरोप लगाउन पछि पर्दैन ।

हाम्रो धर्मशास्त्रअनुसार सन्तान हुनु अनिवार्यजस्तै छ । तर पनि छोरी गर्भमा छे भने उसको भ्र्रूणहत्या गर्न त_िम्सनेहरुको कमी पनि छैन । नारीलाई कठपुतली बनाउनेहरुको कमी पनि छैन । यहाँ भनिन्छ नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् तर ती सब व्यबहारमा िकंवदन्ती मात्र देखिन्छन् । यस्ता अवधारणाप्रति कवियित्री तीखो व्यङ्ग्ंय प्रहार गर्छिन् । समाजले जस्तो सोचोस् पुरुषले नारीप्रति जस्तो दृष्टिकोण राखोस् नारी आपुनो सन्तानप्रतिको वात्सल्यप्रेममा कमी आउन दिन्नन् र यो सत्य हो ।

कवयित्री निहारिका कुनै कुनैमा अत्यन्त भावुक मनले प्रकृतिसँगै रमाउन पुग्छिन् । प्रकृतिको मीठो कल्पनाको उडानमा वेग िलंदै भावनामा डुबुल्की मार्न पुग्छिन् । बादलसँगको लुकी छिपी खेल र बादलसँगसँगै घुमीघुमी नाचेको नाचसँग ज्यादै नै रमाएकी छन् । बादल उनको अत्यन्त मन परेको वस्तु त्यसैलाई अलि परबाट आएर अपहरण गरेर लाँदा आपुू निथ्रुक्क भिजिन्जेल रोएको भाव व्यक्त गरिएको छ । उनको वतासको खेल कवितामा यसरी प्रकृतिलाई पनि निक्कै नजिकबाट नाडी छाम्न सफल देखिन्छ । निहारिका अतीतको स्मृतिमा डुबिुल्कन पनि सिपालु छिन् । उनको  गुरुआमाको कविता मा आपुू यसरी व्यक्तिन्छिन्

 'आज

कविता वर्णामाला

थन्किएको छ

भोटे ताल्चा मारेर 

मेरो पुरानो सन्दुसमा

म एकादेशको कथा भैसकेको

कविता निकाल्न

खिया परेको चाबीले खोल्दैछु  

चाबी खुल्न कहिले सम्भव होला त्यो त सोच्नै पर्ने देखिन्छ । कवयित्री अत्यन्त भावुक मन लिएर बाँच्छिन् । मनको जोड घटाउ नगर्ने निहारिकालाई मन नछामी सुखै भएन । मन छामेर हेर्दा डडेर खरानी हुन आँटेको पाउँछिन् । मनलाई उपचार गर्न खोज्छिन्  तर मन भागीदिन्छ ।

'तर पनि साथीहरु

अझै त्यही मनको खोजीमा

भौंतारिरहेकी छु मु ……भन्छिन्'

जीवनमा साँच्चै उनको उज्यालोको अपहरण भएको छ । उनी तुवुलो भित्र रुमल्लिएकी छिन् । तर पीडामा पनि हाँसेर बाँच्ने कोशिश गरिरहेकी छिन् । कवितामा हाँस्छिन् उनी कवितामा रमाउछिन् उनी । कतै कतै उनी  भन्छिन् …… 

'बाँचेर पो मर्न सजिलो थियो

तिमी नै भन

मरेर म कसरी बाँचू'

तर निहारिका कवितामा नै बाँच्छिन् । शान्तिको औधी चासो राख्ने कवयित्री ूएक जोडी सेतो परेवाको खोजीमा िहंडछिन् कवितामा । अब कहु खोज्न जाने  शान्ति । जबसम्म मानवीय सोंचमा परिवर्तन आउँदैन तबसम्म यहु केही हुन सक्तैन ।  

समग्रमा भन्नु पर्दा कवयित्री नीलम निहारिकाका कविताहरुले तीब्र संवेदना र भावाव्यक्तिलाई अङ्गींकार गरेको छ । आपुूलाई  खोज्ने र भन्ने क्रम कवितामा नै गरेको पाइन्छ । समयसापेक्ष कविता सृजना गर्न सिद्धहस्त निहारिकाको प्रत्येक कविताले एउटा न एउटा विशेषता बोकेको पाइन्छ । कतै राजनैतिक असन्तिुष्ट कतै सामाजिक असन्तुष्टि कतै नेताहरुको सोच कतै मानवीय सोंचमा लागेको घुन आदिलाई कवितामा व्यक्त गरिएको छ । कतै यस्ता सोंचबाट देशमा खग्रास पर्नेत होइन भन्ने परोक्ष त्रास पनि उनमा नभएको होइन । किनकि शान्तिको एकजोडी परेवा देवालयमा घुरघुराउँदा पुरोहितले नै भुस न सितन बनाउँछन् भने अरुको त के कुरा । अब त शान्तिका लागि उडाउने परेवा पनि पाउन असम्भव देखिन्छ । उनको व्यक्तिगत जीवनलाई हेर्ने हो भने उनकै कविता सङ्ग्रहको अन्त्यमा विमल भौकाजीको 'नीलमप्रति' लाई पढे पुग्छ । जीवन जिउने कला साहस कर्मबोध राष्ट्रप्रतिको सोंच हाँस्ने कला सबै भौकाजी ज्यूले स्पष्टरुपमा राखिदिनु भएको छ । कलात्मक दृष्टिले हेर्ने हो भने उनका हरेक कविताले सङ्गीत पनि बोकेको छ चित्रकला पनि बोकेको छ त्यति मात्र नभएर विम्वकला पनि बोकेको छ ।

 

 

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 8 बैशाख, 2065

लेखकका अन्य रचनाहरु