"तपाईं" उपन्यासको प्रयोगपरक विश्लेषण

- आरुणि आचार्य

१. कृष्ण धराबासीः सामान्य परिचय
नेपाली साहित्याकाशमा उपन्यास विधाबाट विशेष चर्चामा रहेका उपन्यासकार कृष्णप्रसाद भट्टराई उर्फ ‘कृष्ण धराबासी’ (२०१७/०४/०२) अमरपुर ९, पाँचथर मेचीमा जन्मिएका हुन् । पिता टीकाराम भट्टराई र माता अम्बिकादेवी भट्टराईका ज्येष्ठ सुपुत्रका रुपमा आँखा खोलेका भट्टराई साहित्यका क्षेत्रमा कृष्ण धराबासीका नामले परिचित छन् । धराबासी सात वर्षको उमेका पुग्दा उनका बाबु झापाको शनिश्चरेमा बसाइसराइ । सामान्य आर्थिक अवस्था भएको परिवारमा जन्मिएका धराबासीले आफ्नै पिताबाट साउँ अक्षर चिन्ने अवसर पाएका थिए । उनले २०२६सालमा औपचारिक शिक्षा आरम्भ गरेर २०३४ सालमा द्वितीय श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेका थिए । प्रारम्भिक चरणमा शिक्षण पेशामा आबद्ध धरावासी २०४३ सालदेखि कृषि विकास बैंकमा जागिरे छन् । ‘धानमा घुन कसरी लाग्या’े नामक कविताबाट साहित्यमा प्रवेश गरेका धराबासी औपचारिक रुपमा २०३२ सालको सूर्योदय साप्ताहिकमा कविता प्रकाशन गरी साहित्यिक यात्राको औपचारिक थालनि गरेका हुन् । उनको ३०३५ सालको श निश्चरे मा.वि.को वार्षिक मुखपत्र ‘उषा तेस्रो अर्चना’ मा प्रकाशित कथा पहिलो कथा हो ।
कविता विधाबाट साहित्यिक यात्रा आरम्भ गरेका धराबासी विभिन्न विधामा कलम चलाइरहेका छन् । उनी हाल आएर निबन्धकार, कवि, उपन्यासकार, कथाकार, समालोचक,स्तम्भकार, पत्रकार, सम्पादक आदि व्यक्तित्वका रुपमा परिचित छन् ।
साहित्यकार धराबासीलाई उपन्यासकार व्यक्तित्वका रुपमा चिनाउँदा उनका पाँचवटा उपन्यास प्रकासित भइसकेका छन् । शरणर्थी(२०५६), आधाबाटो(२०५९), राधा(२०६२), तपाईँ(३०६३), टुँडाल(२०६५) उनका औपन्यासिक कृति हुन् । शरणार्थी लीला लेखन र उत्तरआधुनिक चिन्तनको उत्कृष्ट प्रयोग मानिन्छ भने आधाबाटो आत्मकथात्मक उपन्यास मानिन्छ । मदन पुरस्कार प्राप्त चर्चित उपन्यास राधा पौराणिक र याथार्थिक सन्दर्भलाई मिलाएर लेखिएको कृति हो । तपाईँ उपन्यास भने उत्तरआधुनिकतावादी—विनिर्माणवादी चिन्तनको उत्कृष्ट नमुना कृति हो । टुँडाल उपन्यास साँस्कृतिक र ऐतिहासिक तथ्योद्घाटन गर्ने शोधखोजमूलक आलेख भएको कृति हो । यस कृतिले अनुसन्धानात्मक विधिलाई अँगालेर साँस्कृतिक मूल्यका आधारमा समाजको अध्ययन गर्ने प्रयास गरिएको छ । साँस्कृतिक मनेविज्ञानको लेखन सन्दर्भलाई जोड्दै नेपाली कला र सँस्कृतिमा झल्किँदै आएको यौनबिम्बलाई प्रस्तुत गर्ने उपन्यास हो टुँडाल ।
यसरी धराबासीले पाँचवटा उपन्यास लेखेर परिमाणात्मक रुपमा योगदान दिएका छन् भने गुणात्मक रुपमा शरणार्थी, राधा र टुँडाल जस्ता कृतिहरू लेखेर योगदान दिएका छन् । उनका अन्य कृतिहरूको विवरण निम्नानुसार देखाउन सकिन्छ ः
१. बालक हराएको सूचना (निबन्ध संग्रह २०४८)
२. विश्वेश्वरप्रसाद कोइरालका उपन्यासमा समालोचना (२०४८)
३. उन्मुक्तिका आवाजहरू (कविता संग्रह २०५०)
४. लीलालेखन समालोचना (२०५३)
५. नारीभित्र त्यस्तो के छ हजुर (निबन्ध संग्रह २०५३)
६. उत्तमजंग सिजापतिको आलु (निबन्ध संग्रह २०५५)
७. झोला (कथा संग्रह २०६०)
८. पाठकको अदालतमा मुद्दा (२०६ )
९. कान्छी राधा (काव्य २०६२)
१०.तेस्रो आयाम (वैरागी काइँलाका समालोचना २०६३)
११.मेरो साहित्यिक यात्रा (मदन पुरस्कार संस्करण २०६४)
यसरी उपन्यास कथा, निबन्ध, समालोचना, जीवनी कविता आदि विधामा कलम चलाएका कृष्ण धरावासीले ‘राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३),उत्तम शान्ति पुरस्कार (२०५४) र मदन पुरस्कार (२०६२) र अन्य मान सम्मान पनि पाएका छन् । नेपाली साहित्यमा योगदान पु¥याएबापत उनलाई नेपालबाहिरबाट पनि सम्मान गरिएको छ । साहित्य, समाजसेवा, देश सेवादेखि लिएर विभिन्न संघ संस्थाहरूमासमेत पदभार ग्रहण गर्न पुगेका धराबासी बहुआयामिक व्यक्तित्व हुन् ।
२.प्रायोगिक सन्दर्भबाट ‘तपाईँ’ उपन्यासको विश्लेषण
२.१ संरचनागत प्रयोगात्मकता तपाईं उपन्यासमा
अहिले उपन्यासलाई आधुनिकालको महाकाव्य मान्ने चलन चलिरहेको छ । यस विषयमा व्यापक बहस र आलोचना प्रत्यालोचना चलिरहेकै छ । आफ्नै किसिमको संरचना र शिल्पपद्धति भएको आधुनिक उपन्यासका विभिन्न तŒवहरू रहेका छन् । यिनै विविध तŒवको विलयनबाट उपन्यासको सग्लोरुप बन्दछ । उपन्यासका तŒवहरूलाई अलग गर्दा तिनले आफ्नो स्वत्व स्थापना गर्न सक्दैनन् । कथानक, चरित्र, वातावरण, भाषा ,सारवस्तु बिम्बप्रतीक, गति र लय आदि सबै तŒवहरूलाई एकीकृत गरी तिनको सम्मीलनबाट पूर्णरुप दिने काम शिल्पपद्धतिको हो । लेखकले यी तŒवहरूलाई आफ्नो चिन्तनको साँचोमा ढालेर नवीन शिल्प, विशिष्ट प्रभाव र उत्कृष्ट सौन्दर्य दिने काम गर्दछ । सिधा प्रयोगात्मक नवीनताका आधारम यहाँ तपाईँ उपन्यासको विश्लेषण गर्ने प्रयास गरिएको छ । सिधा वर्णनको परम्पराबाट विकसित भएर आजको अवस्थासम्म आइपुग्दा उपन्यासले विभिन्न शिल्पपद्धति अङ्गिकार गरेको छ । वर्तमान शिल्पपद्धतिका आधारमा उपन्यास के कति नवीन छ भन्ने कुराको व्याख्या विश्लेषण गर्नु शोधको लक्षित उद्देश्य भएको हुनाले सोही आधारमा उपन्यासको मूल्याङ्कन गर्नु सान्दर्भिक नै हुन्छ ।
कृष्ण धरावासीको नवीन शिल्पपद्धतिमा लेखिएको तपाईँ उपन्यास अन्य उपन्यासमा भन्दा संरचनामा पनि भिन्नता कायम राख्न सक्षम छ । यस उपन्यासमा एक जनाले वाचन गर्ने र श्रोताले सुन्ने अनि बीचबीचमा जिज्ञासा राख्दै सच्याउने पौराणिक शैली सन्दर्भलाई संयोजन गरिएको छ । संरचनात्मक परिपुष्टताका हिसाबले तपाईँ उपन्यास नितान्त अराजक र मनपरि तबरले संगठन गरिएको छ । न त अङ्कको क्रमिक विन्यास छ न त त्यही विश्रृङ्खलतालाई नै श्रृङखलित बनाइएको छ । यस दृष्टिले संरचनाको पुरानो परिपाटीलाई पनि तपाईँ उपन्यसले राम्रैसँग भत्काएको छ । वास्तवमा श्रृङ्खला भनेको रुढ मान्यता मात्र हो, त्यो गणितीय हिसाब अब पुरानो भो भन्दै ती पुराना आदर्शका श्रृङखलालाई विनिर्माण गर्दै नयाँ संरचनावादी शैलीको विनिर्माण गरेका छन् कृष्ण धरावासीले । यहाँ तपाईँ उपन्यासको विनिर्माणवादी संरचनालाई यसरी देखाउन सकिन्छ ।

आरम्भ खण्ड
शीर्षकहीन गन्तव्य पृ.क,ख
प्रकाशकीय पृ.ग
नायकको खोजी पृ.घ,ङ,च,छ,ज
प्रथम परिच्छेद(पृ.१—४६)
क)
एक
ख)
दुई
ग) तीन
घ) १,२
ङ) ३
च) ४,चार,१,२,३,४,५
छ)—६,७,८
ज)—९
भm)—
दोस्रो परिच्छेद(पृ.४७—६२)
क) १
ख)
ग)१,२,३
तेस्रो परिच्छेद(पृ.६३—८३)
१)
क)
२)
३)
४)
ख)
चौंथो परिच्छेद(पृ.८४—११९)
क)
ख)
ग)२,३,४
घ)४,(खाली ठाउँ वा स्पेस)पृ.(११५)
ङ)
पाँचौ परिच्छेद(पृ.१२०—१३४)
१)
२)—२)
क)
छैटौं परिच्छेद(पृ.१३५—१७४)
पृ.१६६—०००चिन्हबाट विश्राम
पृ.१७३—ङ चिन्हबाट विश्राम
पृ.१७४–क)
पृ१७४मा ङ चिन्हबाट विश्राम
उपर्युक्त विश्लेषणले पनि के देखाउँछ भने ती परिच्छेद र तिनको वितरणमा समानता छैन नै अझ क्रम संख्याको अन्तर्मिश्रणले पनि उपन्यासलाई अझ जटिल बनाएको छ । आरम्भ खण्डमा नै शोधविधिको उपयोग गरिएको छ भने नायकको खोजी शीर्षकको भूमिकामा उपन्यासकारद्वारा १,२,३ गरी तीन भागमा विभाजन गरिएको छ । जम्मा छ परिच्छेदमा विभाजन गरिएको यस उपन्यासमा १७४ पृष्ठ रहेका छन् । यस उपन्यासको पहिलो परिच्छेद ४६, दोस्रो परिच्छेद १५, तेस्रो परिच्छेद २०,चांैथो परिच्छेद ३५, पाँचौं रिच्छेद १५ र छैटांै परिच्छेद ४० पृष्ठका रहेका छन् । यस असन्तुलित पृष्ठ वितरणले पनि उपन्यासको लेखन उत्तरआधुनितावादी चिन्तनसँग गाँसिएको देखिन्छ ।
प्रथम परिच्छेदमा क—झ सम्मका नौं उप खण्ड, ४ उपउपखण्ड एवं १३ अन्य स–साना खण्ड रहेका छन्, जो अति संक्षिप्त रहेका छन् ।
दोस्रो परिच्छेद क—ग सम्मका तीन उपखण्ड अन्य ४ उप–उपखण्ड मिलेर बनेको छ ।
तेस्रो परिच्छेदमा अङ्कबाट सूचित ४ र वर्णबाट सूचित दुई गरी जम्मा छ खण्ड रहेका छन् ।
चौथो परिच्छेदमा क–ङ सम्मका पाँच खण्ड र अन्य पाँच उपखण्ड एवं एक ठाउँमा खालीठाउँ गरी खण्ड विभाजन गरिएको छ ।
पाँचौं परिच्छेदमा संख्या प्रदर्शित दुई र दोहोरिएको संख्या २ र वर्णबाट निर्देशित एक गरी जम्मा चार खण्ड रहेका छन् ।
छैटौं परिच्छेदमा विभिन्न चिन्ह संकेतित तीन खण्ड र वर्ण सङ्केतित खण्ड गरी जम्मा चार खण्ड रहेका छन् ।
यसरी क्रमबद्ध रुपमा अङ्कलेखन गर्ने पद्धति र त्यसभित्र क्रमिक वर्ण लेखन गर्ने पद्धतिलाई भत्काएर धरावासीले अङ्कभित्र वर्ण र वर्ण भित्र अङ्क अन्तर्भूत गरी उपन्यासको संरचना बुझ्न नै माथा पच्चिसी गर्नु पर्ने बनाएका छन् । प्रथम परिच्छेदलाई यसको ज्वलन्त उदाहारणका रुपमा लिन सकिन्छ । यस उदाहारणले उत्तरआधुनिक संरचनाहीन संरचना भन्ने मन्यतालाई आज्ञाकारी छात्रले जस्तै पालना गरको छ, भनी निष्कर्ष निकालिन्छ ।

२.२.कथाबुनाइमा नयाँ प्रयोग
आख्यानात्मक संरचनामा हुने घटना घटनावली वा त्यसको श्रृङ्खलालाई कथानक भनिन्छ । कथानक भनेको उपन्यासमा घट्ने घटनाहरूको योजनाबद्ध ढाँचा हो । कथा र कथानकमा के भिन्नता हुन्छ भने कथामा समयको क्रमिक गति मात्र हुन्छ । तर कथानकमा क्रमिक गतिका साथै तर्क बुद्धि कल्पनाका साथै पाठकमा भावी घटनाका बारेमा संशय र उत्सुकता जगाउने काम गरिएको हुन्छ । यिनै सन्र्दभलाई जोड्दै जाँदा तपाईँ उपन्यासको कथन संरचना कस्तो छ त ? भन्ने प्रश्न जन्मिन्छ । यस प्रश्नको उत्तर खोज्ने प्रयास यसरी गरिन्छ ः
पहिलो पच्छिेदमा तापाईँ पात्रले बिहान स्कुल गएदेखि दिनभर बाटामा देखेका दृश्यहरूको पृष्ठभूमिसहित घर फर्किएको सम्मको आख्यान बुनिएको छ । एउटा गाउँ विकसित भएर सहर हुनलागेको अर्धविकाशोन्मुख समाजको स्थितिबाट उपन्यासको आरम्भ भएको छ । ग्रामीण विकासको क्रमसँगै सहरमा चहलपहल कम भएको र व्यापार व्यवशाय पनि कम हुदै गएको अवस्थाको पनि चित्रण गरिको छ । बजार पातलिएपछिको गाउँको पनि चर्चा छ । जहाँ विभिन्न आस्था र विश्वाश मान्ने, धर्मकर्म गर्ने मानिसहरूको चर्चा छ । त्यस्तै गाँउ र त्याहाँका अन्धविश्वासको चर्चा छ । पूजापाठ, साइबाबा, ठाकुर, सन्तोषी माता आदि धर्म मान्नेहरू र त्यस कार्यमा तन मन धन दिनेहरूको पनि चर्चा छ । खास गरी उपन्यासको प्रमुख पात्र तपाईँको चरित्रका बारेमा प्रथम परिच्छेदमा चर्चा छ । उपन्यसमा जुन तपाईँ भनेर सम्बोधन गरिएको व्यक्ति छ, त्यो तपाईँ उसैभित्रको अर्थात लेखक भित्रको ( वा प्रत्येक मानिस भित्रको अस्तित्व, वेदान्तका भाषामा आत्मा) भित्री तत्वले बाहिरी तत्वलाई सम्बोधन गरेको हो । बाहिरी व्वक्तित्व भित्री व्यक्तित्वको छायाँ मात्र हो । त्यही भित्री व्यक्तित्वले बाहिरी व्यक्तित्वलाई तपाईँ भनी सम्बोधन गर्दै कथा भनिएको छ । यसरी मानिसको भित्री आत्माले देहलाई कथा भन्ने पद्धति नेपाली उपन्यासमा नयाँ प्रयोग हो ।
यस परिच्छेदमा नै ३८ वर्षसम्म अध्यापन गरेका व्याकरण सरको दयनीय कथा छ । राणाकालीन समयमा राणविरोधी गतिविधिमा संलग्न रहेका ग्रामर सरले औंलोको महामारीको दुर्दान्त अवस्था देख्ने अवसर पनि प्राप्त गरेका थिए । त्यस्तै अर्का ग्रामर सर २२ वर्षसम्म अध्यापन गराएर पनि आफ्नो कुनै उन्नति गर्न नसकेका प्रिन्सिपल पिडित शिक्षकको छोटो कथा बुनिएको छ । वर्खान्ते सर आसामबाट नेपाल छिरेका सर हुन् । अलि धेरै गफ लगाउने उनको बानी छ । त्यसैले आसामबाट नेपाल छिरेकाहरू प्रति व्याङ्ग्यात्मक पाराका कथा यी शिक्षकमार्फत प्रस्तुत गरिएको छ । सबै आसामीहरू बर्खान्ते सर जस्ता नभएर इमान्दार र मिहिनेती पनि हुन्छन् भन्ने तर्फ उपन्यासकारको ध्यान पुग्न सकेको छैन । बर्खान्ते सरको द्वैध चरित्रको कथा यस परिच्छेदमा छ । छिनछिनमै रङ्गबदल्ने छेपारो प्रवृत्तिका प्रधानाध्यापका शोषणका कथा, राममान जँड्याहाको सडकको कथा, रतियाकी मौसीले तरकारी बजारमा जीवन यापन गरिरहेका र त्यहीँ छोराछोरी पाएर हुर्काएको कथा, रतियाको यौवनको कथा, झिल्केको परिश्रमको कथा,निपातको कफी गफको कथा, प्रतिलोमको समसामयिक युवाप्रतिनिधिको कथा, एउटी भट्टी पसल्नी आइमाइको देह र पेय व्यापारको कथा, लम्फरे बहुलाको अर्काको देशका लगि मर्दै आएका नेपालीहरूको प्रतिनिधि कथा, नीरेको ज्यलादारीको कथा, सिन्दुरे बुढाको कर्तव्यको कथा, थाङ्ने बौलाही कलीकी आमाको प्रजननअङ्ग बोकेको फलस्वरुप यौन सन्तुष्टी दिँदै आएको कथा र लालबाबा र उनका चेलाहरूको दुव्र्यसनको लत र भगवान्का नाममा निम्त्याइएको विकृति र फक्कडपनको क्षीण कथा प्रथम परिच्छेदका टुक्रा कथाहरू हुन् । यसरी यस परिच्छेदमा प्रत्येक पात्रका आफ्नै कथाहरू रहेका छन् तर परम्परागत उपन्यासमा जस्तो शिलशिलेबार कथा नभएर मालाकारमा बुनिएको कथा यस परिच्छेदमा छ । जीवनचर्याका क्रममा ती पात्रहरूका यावत् वृत्तान्त भने आउन बाँकी छन् । पहिलो परिच्छेदमा बजार र गाउँका सबै भन्दा तल्लो तहका सर्वहारा फुटपाथे र मजदुरी गरी जीवन गुजारा गर्ने मानिसको जीवनलाई स्कुले हेडमास्टर अथवा तपाईँले राम्ररी नियालेको छ
उपन्यासको दोस्रो रिच्छेदमा समाजका आफन्तहरूलाई सरसापट स्वरुप केही रकम दिन नसकेको र अफ्नी फुपूका छोरालाई एउटा जागिर लगाइदिने आश्वासनमत्र दिन सकेको स्थितिको दयनीय अवस्था चित्रण गरिएको छ । घरको छानो चुहिएको छ । श्रीमतीलाई एकजोर चप्पल पनि किनिदिन नसकेको तपाईँ पात्रको दर्दनाक कथा यस परिच्छेदमा बुनिएको छ । ठूले कार्की सुरुमा धनीमानी भएपनि बीचमा कार्की ठूले र वर्तमानमा खसीकट्टा कार्की र अत्याधुनिकमा भगीको बाबु भएको छ । उसका चार चरणका कथा यस परिच्छेदमा प्रस्तुत गरिएको छ । दोस्रो परिच्छेदमा तपाईँ मुख्य पात्र र अरु सहायक पात्रहरूले देखे भोगेका दैनिक दिनचर्याको वर्णन गरिएको छ । त्यही हेडमास्टरका घरका विविध समस्याहरूलाई दोस्रो परिच्छेदमा समेटिएको छ । कार्की ठूले भगीकी आमा र भगीको मुख्य कथा यसमा छ ।
तेस्रो परिच्छेदमा टुक्राटाक्री कथाहरूलाई समेटिएको छ । यस परिच्छेदमा तपाईँ पात्रको यात्रा र छलफल समेटिएको छ ।तपाईँ पात्र काम विशेषले घरबाहिर गएकोबाट यस अनुच्छेको आरम्भ भएको छ । तपाईँ पात्र गाडीमा चढेदेखि लिएर गाडीका चालक र सहचालकका क्रियाकलापको वर्णन र सहरी फेसनका कुरा यस परिच्छेदमा गरिएको छ । भुईफुट्टा नेताको गफ र उनीहरूका आफ्ना गाडीको रवाफको कथा, माया खानदानिया परिवारकी छोरी भए पनि श्रीमान् छोडेपछि सीमानामा समान ओसार पसारको काम गर्ने र समाजले यौनकर्मीका रुपमा धारणा बनाएको अनि त्यसै परिस्थतिको शिकार भएर यौन व्यापारमा संलग्न भएको कथा, अस्मिताको अस्तित्वको कथा, उसको दाजु नुरेको पाशविक चरित्रको कथा यस परिच्छेदका कथानकका छिटाछाटी हुन् । घनेन्द्र बाबु र उसको अवसरवादी—यौनदुराचारी प्रवृत्तिको कथा पनि यस परिच्छेदका कथाका टुक्रा हुन् । अस्मिताका बाबु दोलखाबाट झापामा बसाईँ सरेका धनीमानी व्यक्ति थिए । ५÷७ विघाहा जग्गा थियो । घनेन्द्र बाबुको रहेको उक्त जग्गा आठ वर्षसम्म पास नगरिदिएर त्यसै राखेको थियो । व्यज रुपैयाँ दिने नाममा जग्गा नामसरी नगरी त्यसै लरवराइ दिएको थियो । रक्सी र तासले अस्मिताको बाबु कुलतमा फस्दै गएपछि अस्मिताकी दिदी माया र उको दाजु नुरेको अवस्था धरापमा परेको र नुरे कुलतमा पनि फस्दै गएको कथा यस परिच्छेदमा रहेको छ । अस्मिताले तपाईँ पात्रसामु आफ्नो यो कथा पूर्वाद्र्ध मात्र भएको बताएकी हुनाले उसको कथा उपन्यासमा पुनः दोहोरिन सक्ने सम्भावाना कयम नै रहेको छ । अस्मिताले तपाईँ पात्रसामु आफ्नो पूर्वाद्र्धका बारेमा शङ्का नगर्न आग्रह गरेकी छ ।अमिस्ताको कथालाई नै आधिकारिक कथानक मानिएको यस उपन्यासमा अस्मिताका दैनिकीहरूलाई पत्रमार्फत पाठकमाझ पस्किने काम लेखकले गरेका छन् । अस्मिताले आफ्ना जीवनमा भोग्नु परेका तीतामीठा यथार्थलाई उसले तपाई पात्र समक्ष पत्रमार्फत पेस गरेकी छ ।
चौथो परिच्छेददेखि छैटौं परिच्छेदसम्म उपन्यासले नयाँ मार्ग प्रशस्त गरेको छ । श्रोतालाई उपन्यास सुनाउन आरम्भ गरेपछि कथा दश वर्ष पछाडि फड्किएको छ । दश वर्षमा धेरै कुुरामा परिवर्तन आए पनि समाजका तल्लो तहका व्यक्तिमा कुनै नयाँ परिवर्तन आएको छैन । ती पात्रहरूको उस्तै कथालाई घिसारिरहनु पर्ने आवश्यकता नरहेकोले दश वर्षपछि कथा फड्काइएको उपन्यासकारको धारणा रहेको छ । ठेलावाला(हनुमाने)को हालत उस्तै छ । खोकिरहन्छ । उसको थोत्रो ठेला उल्टै हराएको छ । झिल्के बुढो हुनुु र रोगाउनुबाहेक उसको कुनै प्रगति भएको छैन । हाँडिमुखे औषधी गर्ने पैसा नपाएर मर्दछ । रतिया पाँचौं वेतमा बच्चा जन्माउन नसकी मर्दछे । माया पनि समाजबाट गायब भएकी छ । सिन्दुरे बुढा बेवारिसे अवस्थामै मरे । लम्फरे अस्पतालमा बिरामी परेर भर्ना भएको छ । यसरी बाहिरी समाजभन्दा दोस्रो समाजका असङ्ख्य पात्रहरूमा कुनै खास परिवर्तन आएको छैन । डल्लु जस्ता काठ मिस्त्रीहरू जसले जीवनभर अर्काको घर बनाए तर आफू सधैं बासबिहीन भएर बसेको कथा र अस्मितालाई समाजका मानिसले दिदी मायालाई जस्तै यौनकर्मीका रुपमा व्यवहार गर्न थालेपछि सुरक्षित बन्न घर छाडेर काठमाडौं गएपछि दाजुको साँघुुरो कोठामा जीवन यापन गर्ने प्रयास गरेकी छे, तर आफ्नै दाजु नुरेद्वारा रेष्टुराँ(यौनगृह)मा काम गर्न बाध्य पारिएको कथा यस परिच्छेदमा छ ।
पाँचौं परिच्छेदमा थाहै नपाई अस्मिता तपाईँ पात्रकी भावनत्मक परिवार वनेकी छ । तपाईँ पात्र प्रा.वि. को प्र.अ. भएर सरुवा भएपछि विभिन्न झमेलामा फसेकोबाट कथा आरम्भ भएको छ । देशमा चर्किएको विद्रोह र युद्ध आतङ्क अनि त्यसबाट सिर्जित भयावह अवस्थाको चित्रण यस परिच्छेदमा रहेको छ । यसै सन्दर्भमा अस्मिताले पठाएको वेश्यालयमा कर्यरत रहँदा आफू बानी परेको कुरा पत्रमार्फत् तपाईँ पात्रलाई सम्बोधन गरी लेखेकी छे । उसको यौवनको रस लिन मातेका नेता, व्यापारी र उच्च ओहोदाका कर्मचारीहरू पनि आउने गरेको र नारकीय जीवनबाट उम्केर नेताहरूलाई ठीक पार्न विद्रोही समूहमा आबद्ध भएको सन्दर्भ यस परिच्छेदमा उल्लेख गरिएको छ ।
छैटौं परिच्छेदमा तपाईँ पात्रले घरमा टी.भी. हेर्दै गर्दा विद्रोह, लडाईँ, हत्या, आतङ्क, आगलागी आदि जस्ता अनेक घटना घटिरहेका देखिन्छन् । तपाईँ पात्र टिचर भएको हुनाले आफ्नै समस्या देखिएका छन् । रिसाउनु पर्ने, रमाउनु पर्ने, कराउनु पर्ने, नियानिसाफ गर्नु पर्ने अनि पढाउनु पर्ने कामले १०÷४ बजेसम्म मेशिन जस्तै भएर काम गर्नु पर्ने स्थितिको उल्लेख यस परिच्छेदको आरम्भमा गरिएको छ । विप्लव र सम्झना टेलिभिजनमा मारिएको देखेपछि तपाईँ पात्रमा पूर्व घटित घटना स्मृतिपटलमा आउँछ । तपाईँ पात्रद्वारा अनि पूर्वस्मृति शैलीमा आफ्नी श्रीमतीलाई अपहरित भएपछि त्यहाँ माओवादीहरूबाट साह्रै दुव्र्यवहार र साह्रै सम्मान नपाएको अनि ‘सम्झना’ नै अस्मिता भएको घटना सन्दर्भ प्रस्तुत गरिएको छ । विप्लव उसले पढाएको चेलो रहेछ । तपाईँ अपहरणमा पर्दा माओवादी कमान्डर विप्लव र सम्झना भेट भएका थिए । तपाईँ अपहरित भएपछि ३० किलो ग्राम बोकेर जङ्गलजङ्गल चाहार्दै अपहरणकारीसित हिँड्छ । सम्पूर्ण दुःख, पीर उसका लगि सपना जस्ता लाग्छन् । भोक, तीर्खा, थकान आदिले साह्रै सताउँछन् । त्यत्रो विद्रोहीको जनलहरमा तपाईँ पात्रले एक्लो भएको महसुस गर्दछ । बाटामा हिँड्दा भएको शारीरिक पीडाका कारण नाथे शरीरका लागि नबाँच्ने बाचा गर्दै आफ्नो सजायँ तत्काल सुनाउन आग्रह गर्दछ । अन्त्यमा भुलवस तपाईँ पात्र अपहरणमा परेको थाहा पाएपछि जनअदालतबाट मुक्त गरिन्छ । यसरी बेकसुर अपहरणमा परेर दुःख सहनु परेका तपाईँ पात्रको दुःख र पीडाको कथा यस परिच्छेदमा प्रस्तुत गरिएको छ । तपाईँ पात्र अपहरणमा परेर घरफर्की आएको अनि श्रीमतीलाई त्यही कुरा सुनाएपछि उपन्यासको कथा पनि सिद्धिन्छ ।
उपन्यासको अन्तिम परिच्छेदमा माओवादी विद्रोह र त्यसबाट जमिएको जीवन चेतनाका साथै परिवेश जन्य परिस्थितिका कारण त्यस पाटीमा प्रवेश गर्न बाध्य पात्रको प्रखर प्रस्तुति छ । चैतका स्याउला र जिम्मेबार पात्रका माध्यमबाट अस्मिताको शून्यबोधमा सहयोग पुगेको छ । अस्मिता परिस्थितिजन्य अवस्थाको दास भएर आफ्नो कलकलाउदो शरीरलाई क्रयविक्रयको साधनका रुपमा उपयोग गर्न पुगेकी छे । त्यस चरम शोषणको प्रतिशोधका रुपमा माओवादी पाटीमा संलग्न भई सामन्ती शोषणतन्त्रको घोर विरोध गर्दै आपm्नो नामसमेत परिवर्तन गरी सम्झना भएकी छ र आफू जस्ता नारीको स्वतन्त्रताका लागि आत्माहुति दिएकी छ । यही नै यस उपन्यासको मुख्य कथानक हो ।
ग्रामर सर, बुढा सर, डल्लु, ठूले कर्की, मया, हनुमाने, हाँडिमुखे, झिल्के, सिन्दुरे बुढा, रतियाकी मौसी, माया आदिको कथाले उपन्यसलाई टुक्राटुक्रामा विभक्त गर्न सफल भएको छ । वास्तवमा कृतिमा पात्रको जति उपस्थिति र भूमिका हुन्छ त्यतिबेलासम्म त्यसको नायकत्व त्यही पत्रले पाएको हुन्छ भन्ने धारणसहित यी विविध पात्रहरूको उल्लेख उपन्यासमा भएको छ । ठेलावला, झिल्के, हाँडिमुख,े रतिया, माया, सिन्दुरे बुढा, लम्फरे आदि पात्रहरू जसको जीवनमा कुनै परिवर्तन आएको छैन ।
यस उपन्याको कथामा युवाहरूको चिन्तनमनन एवं नयाँ नेपालको निर्माणका लागि चाहिने आवश्यकीय कुराको अभाव रहेको छ । मानिसलाई समाजमा जुलुस, सभा, सम्मेलन र संघ संस्थाहरू खेल्ने विविध स्वतन्त्रता दिए पनि भोकाले खान, नाङ्गाले लगाउन, अन्धाले देख्न र असहायले बल पाउन एवं निरीहले न्याय पाउने व्यवस्था हुन सकेको छैन । यस्ता राज्यले आँखा पु¥याउन नसकेका पात्रका माध्यमबाट उपन्यसकारले कथावस्तुमा विश्रृङ्खला भित्र श्रृङ्खला भरेका छन् । यी पत्रहरूका आफ्ना छोटा र दुर्दान्त कथा नै पूर्ण कथानक हुन् भन्ने लेखकको धारणा रहेको छ ।
उपर्युक्त कथानकमा र त्यसका पात्रहरूमा निराशा छ र छ अविश्वास । सामाजिक प्रगतिप्रति नै अविश्वास छ । सबै यथार्थ जड र मृत भइसकेका छन् । यथार्थ मरिसकेको छ । उपभोक्तावादी संस्कृति हावी भएको छ । त्यसै संस्कृतिले समयलाई हाँकिरहेको छ । उपन्यासका कतिपय पात्रहरू ‘प्रयोग गर र फ्याँक’ भन्ने संस्कृतिका शिकार भएका छन् । कथानक हीन कथा जबर्जस्ति लादिएको छ । पाठकका इच्छा चाहाना र सन्तुष्टिमा बज्रप्रहार गरिएको छ । परम्परागत उपन्यासमा जस्तो मूल कथानक बुनिएको छैन ।मालाकारको कथानक यसमा रहेको छ । देखेका कुरालाई यथावत टिप्न खोज्दा उपन्यास अनेक घटनाको संगालो बन्न पुगेकोे छ । समजको बृहत्तर चित्रण गर्न खोज्दा लेखक धेरै पात्रहरूको कथानकलाई प्रस्तुत गर्न पुगेका छन् । यस उपन्यासमा कथालाई कथा नभनेर कथिका पनि भनिएको छ (पृ.४४) । तपाईँ उपन्यास अकथा, अकविता जस्तै अउपन्यास बन्न पुगेको छ । जीवन चटक्क मिलेको सिलसिलेबार मात्र नभएर अव्यवस्थित र फुटपाथे पनि हुन्छ । िसिलसिला मिलाउने नाममा कतिपय महŒवपूर्ण वस्तुहरू छुटेका हुन सक्छन् । त्यसैले िसिलसिला मिलाउँदा महŒवपूर्ण वस्तु छुट्ने र सिलसिला नमिलाई लेख्दा कृति नै अस्वाभाविक र अड्भङ्गे हुन पुग्ने समस्या आउँछ । त्यसैले सिलसिला नमिले पनि पागल, मगन्ते,फुटपाथे आदि समाजका तेस्रो दर्जाका व्यक्तिको समाजलाई प्रस्तुत गर्न खोज्दा कथानक नमिलेको जस्तो देखिन्छ । तर वास्तविक रुपमा तिनीहरूका जीवनको छोटो कथा प्रस्तुत गर्ने उद्देश्य उपन्यासकारको रहेको हुनाले उपन्यासको कथामा औचित्य रहेका पुष्टि हुन्छ । नेपाली समाजमा बीस वर्ष बितिसक्दा पनि यी तेस्रो दर्जाका मानिसमा कुनै परिवर्तन अएको छैन । त्यसैले गतिहीन कथा जबर्जस्ती घिच्याइ रहनु पर्ने कुनै आवश्यकता छैन ।
निष्कर्षमा तपाईँ उपन्यसको कथानक विश्रृङ्खल, भ्रमपूर्ण, छिरलिएको,अस्तव्यस्त र पाठकको मनमा सन्तुिष्ट नदिएर झड्का दिने खालको छ । अध्याय र अनुच्छेदपिच्छे कथानक फेरिएको छ । पाठकले लेखकले आफ्नो(पाठक) कथा भनेको हो कि, लेखक आफैंको कथा भनेको हो, थाहा पाउन सक्दैन बरु भ्रममा पर्दछ । अनि लीलालेखनको भासमा भासिन पुग्दछ । त्यस भासबाट पाठक बाहिर आउन बुद्धिको क्रेनको सहायता लिनुपर्ने बाध्यता देखिन्छ । तपाईँ उपन्यासको एउटा प्रमुख उद्देश्य भ्रम सिर्जना गर्ने भएको हुनाले त्यस अर्थमा उपन्यास सार्थक छ । यति भनिरहँदा रहँदै तपाईँ उपन्यासमा कथानक नै नभएको चाहिँ अवश्य होइन । तपाईँ पात्र जो स्कुलको हेडमास्टर छ त्यसमार्फत् सम्पूर्ण जीवनको गतिका क्रममा भेटिन पुगेका पात्रहरूलाई तपाईँ पात्रका आँखाबाट हेर्ने सफल प्रयास गरिएको छ । जसबाट कथानकको झिनो त्यान्द्रो डोरिएको छ । त्यसमा लेखकलाई धन्यवाद दिनै पर्छ ।
२.३ चरित्र निर्माणमा प्रयोग
चरित्रले कथानकलाई डो¥याएर निश्चित गन्तव्यसम्म पु¥याउँछ र पाठकलाई सन्तुष्टि दिने काम गर्दछ ।पुरानो परम्परामा नायक र नायिकाको भूमिकालाई प्रमुख मान्ने चलन थियो । त्यस्ता चरित्र सच्चरित्र हुनुपर्छ भन्ने पनि केही मात्रामा मान्यता रहिआएको हो, तर यस पुरानो मान्यतामा परिवर्तन आएको छ । आजको लेखक पाठकलाई पनि पात्रका रुपमा सहभगी गराउन चाहन्छ । नायकको विशेषतामा परिवर्तन गर्दै नवीन विशेषता भएको नायकको खोजी गर्न चाहान्छ । पुरानो नायकीय परम्परा अबको जमानाकानिम्ति अस्वीकार्य हुन थालेकोे छ । अब त प्रत्येक पात्रले आफ्नो जीवनको नायक आफैलाई ठान्दै त्यसै किसिमको प्रतिनिधित्वतिर चासो बढ्न थालेको छ । प्रत्येक व्यक्ति आफ्नो जीवन कथासम्मको नायक नै हुन्छ । एउटा नायकलाई जबर्जस्ति टालेर भरथेग गरेर अगाडि बढाउने र अरु पात्रलाई साना वा सहायक पात्र बनाउने परम्परा अब पुरानो ढर्राको भएको छ । एउटै कथानकभित्र बहुनायकको स्थिति र अनायकको स्थितिलाई उपन्यसमा खोज्न विश्लेषण गर्न थालिएको छ ।
पाठमा पात्रहरू नाचिरहन्छन् । अनेक किसिमका घटना र प्रसङ्गमा उनीहरूले आफूलाई सामेल गराउँछन् । ती पात्रहरू नचाहँदा नचाहँदै कथाभित्र झन्भन् भासिंदै जान्छन् । विषय वस्तुलाई सम्पन्न गराउने क्रममा पात्रहरूले आफ्नो यथार्थलाई भल्दै पूर्णतया पाठको अधीनमा आफूलाई समर्पण गर्दछन् । तिनीहरूका आफ्ना बेग्लै पाटाहरू, कयौं उज्याला पक्षर निजी विश्वासहरू पाठको अधीनमा परेर सबैकुरा भुल्दै पाठमा खेलिरन्छन् । पाठबाट बाहिर आउँदा तिनीहरू आफूबाटै रिŒिाइसकेका हुन्छन् । आफ्नै लागि रुनुपर्ने पनि विषयकै लागि रोइसकेका हुन्छन् । आफ्नै लागि हाँस्नु पर्ने पनि विषय कै लागि हाँसिसकेका हुन्छन् । (धराबासीः२०६३)
यसरी उत्तरआधुनिक जमानामा पात्रको कृतिगत उपस्थिति जटिल देखिएको छ । परम्परागत रुपमा जस्तै लेखकले गराएको काम पात्रले नमान्न पनि थालेका छन् । पाठको बीचबाट नै पाठकका वा लेखकका सामु पात्रहरूले आफूलाई न्याय गर्न हात जोरेर प्रार्थना गरिरहन्छन् । उत्तरआधुनिक जमाना जटिल भएजस्तै उत्तरआधुनिक साहित्यका पात्रहरू पनि विश्लेषणीय दृष्टिले जटिल हुन्छन् । झर्लक्क हेर्दा चौरमा भैंसी चरेको जसरी नायक नदेखिन सक्छ ।
विषयलाई सम्पन्न गर्नका लागि, अगाडि बढाउनका लागि र पूर्णतादिन उपस्थित हरेक पात्र आफ्नो पाठभरिको नयकत्वले उभिएको हुन्छ । पाठमा उसको उपस्थितिको अवधि, भूमिकाको पक्षधरता र प्रस्तुतिले जति स्थान दिएको भए पनि यदि उसको अनुपस्थिति कृतिमा अभाव बन्थ्यो भने उसको भूमिका भरिको शक्तिले ऊ स्वयं पनि त्यस क्षण नयक बनिरहेको हुन्छ । नायक बन्न कथा भरि नै त्यसपात्रले दुःख पाइरहनु पर्दैन । एउटै नायकले वर्षौ वर्षसम्म कथालाई घिसार्नु पर्ने र ठेल्दै लानुपर्ने दुःख पनि अबको साहित्यमा सम्भव छैन ।(धराबासीः२०६३)
उत्तरआधुनिक साहित्य वा उपन्यासको नायक शून्यवादी, असक्षम, हतभागी तथा मन्द बुद्धि भएको र चतु¥याईँको पनि अभाव भएको हुने हुनाले अनायकत्वको भूमिका सफल रुपमा निर्वाह गर्न पुगेको हुन्छ । अतः अनायक परम्परागत नायकको विरोधीका रुपमा उपस्थित भएको हुन्छ । हिजोआज प्रचलनमा आउने गरेका उपन्यासमा अकथाको प्रयोग गरिने हुनाले अनेक कथाहरूमा अनेक अकथाहरूको प्रचलन बढेर गएको छ । त्यस्तो किसिमको कथानकलाई बोक्नका लागि पात्रहरू पनि त्यस्तै किसिमका प्रयोग गरिन्छ । खासमा उत्तरआधुनिक उपन्यासले क्रमबद्ध कथानक र एउटै नायकमा विश्वास राख्दैन । त्यसैले आजका उपन्यासमा अनेक नायक र अनायकको उपस्थिति देखिन आउँछ । त्यही उत्तरआधुनिक चिन्तनका आधारमा तपाईँ उपन्यासको विश्लेषण गर्ने सन्दर्भ पनि प्रासङ्गिक नै ठहर्छ ।

२.३.१. तपाईँ
प्रत्यक्ष र अप्रत्यक्षरुपमा आफ्नो उपस्थिति जनाएको प्रमुख पात्र भन्नसकिने तपाईँ समग्र उपन्यासकै द्रष्टा पात्र हो । शिक्षण पेशाले आफ्ना जाहान केटाकेटी पालेको यस पात्रले खास गरी मध्यम वर्गीय समाजको प्रतिनिधित्व गरको छ । घरको घोर गरिबीका कारण तापाईंको दर्दनाक स्थिति रहेको स्पस्ट हुन्छ । चुहिने छानो, श्रीमतीलाई एकजोर चप्पल पनि किनिदिन नसकेका कारण उसको आर्थिक अवस्था स्पष्ट रुपमा देखिएको छ । इष्टमित्रलाई आठपाँच सरसापट दिन पनि सकेको छैन । कसैलाई जागिर वा न्याय दिलाउन नसकेकामा पनि उसलाई खेद लागेको छ । डब्लुलाई ०४२ सालमा घर बनाउँदा आश्वासन दिएको तपाईंले उसका लागि केही पनि सहयोग गर्न सकेको छैन । तपाईंले डब्लुसँग क्रान्तिकारी कुरा गरेर पनि नागरिकता बनाउने कार्यमा समेत सहयोग गर्न सकेको छैन । त्यसैले तपाईं पात्रको उपस्थिति मूक द्रष्टाका रुपमा मात्र आएको छ । तपाईं पात्रले स्वयं नै युद्धको नजिक गएर यद्धलाई नियालेको छ । अनि युद्धका क्रममा हुने न्याय र अन्यायका कुरालाई सकेसम्म सन्तुलितरुपमा हेर्ने प्रयास गरेको छ, तर आफ्नो परिवारको भने राम्ररी हेरचाह गरेको छ ।
परम्परागत रुपमा खास गरी प्रथम र तृतीय पुरुषमा उपन्यास लेख्ने चलन रहिआएकोमा त्यस परम्परालाई प्रतिस्थापन गर्दै नयाँ प्रयोग गरी द्वितीय पुरुषमा उपन्यास लेख्ने प्रयास गरिएको छ । तपाईं भनेर सम्बोधन गरिएको पात्र म हो कि तपाईं भनेर छुट्ट्याउन गाह्रो भएको छ तपाईँ उपन्यासमा । ‘यो भाग उपन्यासको नभएर साँच्चै नै हो जस्तो लागिरहेको थियो, मानौं कि त्यो तपाईँ भनेको ‘म’ नै हुँ’ (पृ.११७) भन्ने भनाइले तपार्इँ भनेको वास्तवमा ‘म’ पात्र हो भन्ने कुराको सबुत प्रमाण पेश गर्दछ । उपन्यासकारले तपार्इं पात्रको यसरी परिचय दिएका छन् ः
यसै त यो एउटा कथा बोकिहिँड्ने नायक भने पनि भो ... यो जुन तपाईं सम्बोधित व्यक्ति छ यो तपाईं उसैको भित्री व्यक्तित्वको छाया मात्र । भित्रको उसैले बाहिरको उसैलाई कथाभरि नै तपाईं भनी सम्बोधन गरिरहन्छ । पृ.१२
यस टिप्पणीले मानिसको बाहिरी र भित्री गरी दुई किसिमका आवरण हुने गरेको पूर्वीय वेदान्तवादी दर्शनसँग मिल्दो किसिमको विश्लेषण गरेको छ । मानिसको बाहिरी आबरण र भित्री आवरण छुट्टाछुट्टै हुन्छ । वास्तविक रुपमा मानिसका बाहिरी आबरण देखिने मात्र रहेका तर वास्तविकता भित्री आबरणमा लुकेर रहने गरेको कुरा यस भनाइबाट स्पष्ट हुन्छ । मान्छेभित्रका बङ्गयाइँ, चलाख्याइँ, बौद्धिकता र सोचविचार देख्न सकिदैन । बाहिर जे देखिन्छ त्यो त खोल मात्र हो । ‘म हुँ, म छु,’ भन्ने भित्री चेतना अर्कै हुन्छ । भित्रको मले बाहिरको शरीरलाईसमेत कब्जा गरी आफ्नो स्वर्थपूर्ति गरिरहेको हुन्छ । त्यसैले बाहिर देखिने मको स्वतन्त्र अस्तित्व रहेको हुँदैन । शरीर त केवल यन्त्र जस्तै हो कठपुतलीजस्तै हुन्छ । यसरी भित्रको मले बाहिरकोे मलाई इष्र्यालु भावले हेरिरहेको र आफूभन्दा पृथक ठान्दै तपाईं भनी व्याङ्ग्यात्मक सम्बोधन गरिरहेको छ । अतः शरीरलाई एउटा कठपुतलीका रुपमा हेर्दै त्यसको स्वतन्त्र सत्ता नरहेको कुरा उल्लेख गरिएको छ । यस उपन्यासमा तपार्इं पात्र कठपुतली हुन नमानी आफूभित्रकै मसगँ विद्रोह गरेको छ । यसको प्रमाण युद्धमा अपहरित भएपछि सबैले एकेचोटी आक्रमण गर्ने भन्ने कमाण्डरको आदेश विपरित पहिल्यै ढुङ्गा गुल्ट्याउनु हो । आफ्नो शरीरको स्वतन्त्र सत्ताका लागि पनि तपाईं पत्रले जे जति प्रयास गरेको छ त्यसमा ऊ सफल पनि भएको छ ।
अस्मिताले ‘आदरणीय तपाईं नमस्कार’ भनी गरेको सम्बोधनले र ‘तपाईं आफू जङ्गलबाट मुक्त भएर फर्किएर आएपछि कुनै कुरा पनि कसैलाई भन्नु भएको थिएन’ भन्ने भनाइले कथामा तपाईं पात्र कोही छुट्टै छ भन्ने भान हुन्छ, तर ‘त्यो दिन आजजस्तै स्कूलबाट लखतरान परेर आएको थिएँ, तपाईलाई श्रीमतीका अरु कुराको जवाफ दिने मन थिएन, राधा उपन्यास लेखिसकेपछि म फुक्काजस्तो भएको थिएँ’ भन्ने उपन्यासको आरम्भिक भनाई र ‘डायरीको अन्तिम पानासँगै मैले उपन्यासको वाचन पन सकेँ’, म दोधारमा थिएँ भन्ने अन्तिम पृष्टको भनाइले ‘तपाईं’ पात्र ‘म’ नै हो भन्नेकुरा पुष्टि हुन्छ । तपाईं पात्र आफ्नी श्रीमतीसँग बीचबीचमा छलफल गरेको र श्रीमती र तपाईबीच अनेक कुराकानी भएका आधारमा पनि तपाईं पात्र नै प्रधानाध्यापकका रुपमा उपस्थित भएको देखिन्छ । त्यसै भनाइले तपाई भनेको नै स्कुले प्रधानाध्यापक हो भन्नेकुराको प्रमाण पेश गर्दछ । अतः तपाईं पात्रको चरित्र भ्रम फैलाउने खालको छ । तपार्ईं पात्रले युद्धका बेला अपहरणमा पर्दाको पीडा उसको जीवनको अर्को पाटाका रुपमा आएका छन् । युद्धमा अपहरित बन्दी भएर पनि ठाउँठाउँमा उसले आफ्नो निडरता प्रदर्शन गरेकै छ । उसबाट युद्धलाई नजिकबाट नियाल्ने र त्यसका कमी कमजोरीहरू र वैज्ञानिकता पनि केलाउने प्रयास गरिएको छ । तपाईं खतराको अवस्थामा पनि प्याचप्याची बोल्ने छुचो स्वभाको छ । छिनछिनमै आफ्नो निर्णय परिवर्तन गरिरहने तपाईं अस्पष्ट र अनिर्णित पात्र हो । अर्काको दुःखलाई पनि आफ्नै जस्तो ठान्ने तपाईं भावुक संवेदनशील पात्र पनि हो ।
तपाईँ पात्रले समाजका तल्लो वर्गका जनताको दुःख नजिकैबाट हेरेको छ । तर तिनीहरूका पीडा र मर्महरू बुझेर पनि समस्या सुल्झाउने कुनै प्रयास गरेको छैन । एक मूक द्रष्टा मात्र भएको छ । उपन्यासको अन्त्यतिर भने अस्मिताको कथामा घुलिन पुगेको छ । अस्मिताको प्रीय पात्र भएर पनि उसका दुःखका दिनमा उसलाई सहयोग गर्नसकेको छैन । नियतिको गर्तबाट उसलाई मुक्ति दिलाउन सकेको छैन । त्यसैले उसको पुरुषत्व खण्डित भएको छ । अस्मितलाई न्याय गर्न नसकेकोमा पश्चातापको भुमरीमा पिसिएको मात्र छ । अस्मिताको ऊप्रति झुकाउ छ भन्ने चाल पाएको तपाईं अनिर्णित, कर्तव्यच्यूत र आफंैमा जेलिएको पात्रका रुपमा उपस्थित भएको छ । अस्मितासँगको गुप्त सम्बन्ध के हो भन्न्ने आफू स्वयम्ले समेत चाल पाएको छैन, न त श्रीमतीलाई समेत बताउन सकेको छ । यस विश्लेषणले सांसारिक परिबन्धभित्र रहेको वर्तमान मान्छेको अपरिभाषित रुपको प्रतिनिधित्व तपाईं पात्रले गरेको छ भन्ने कुरा प्रष्ट हुन्छ ।

२.३.२.अस्मिता
अस्मिताका बाबु दोलखाबाट झापामा बसाइँ सराइ गरेका धनीमानी व्यक्ति थिए । ५÷७ बिघहा जग्गा किनेर पनि पास नभएको अवस्थामा उनको जीवन गुज्री रहेको छ । घनेन्द्र बाबुसँग किनिएको उक्त खेत आठ वर्षसम्म पनि पास नभएर त्यसै रहेको देखिन्छ । न त घनेन्द्रले जग्गा पास गरिदिएको छ न त साँवा रकम फिर्ता दिएको छ । झापामा झरेपछि अस्मिताको बाबु कुलतमा फस्दै जान थाल्यो । जाँड, रक्सी, जुवा, तास उसका साथी हुन थाले । फलस्वरुप उसको जीवन नै धरापमा परिसकेको थियो । रक्सी नखाएका बेला आफ्नी श्रीमती रत्नासँग दुखेसो पोख्ने गरेका अस्मिताका बाबु बलियो रोगको शिकार भएर मृत्यु वरण गर्न पुग्छन् ।
अस्मिता तपाईं पात्रसित भेट भएपछि आफ्नो कथा र व्यथा साहित्यमा प्रयोग गरिदिन चिठीको टुक्रा हातमा दिएको भनाइबाट उसको कथा आरम्भ भएको छ । एकान्तबासमा भेटिएकी अस्मिताको बारेमा तपाईं पात्रले समाजमा जे कुरा सुनेको थियो त्यो सत्य भएको भान हुन्छ । किनभने माया अस्मिताकी दिदीलाई समाजले यौनकर्मीका आँखाबाट हेर्ने गथ्र्यो । त्यही दिदीको आँखाबाट अस्मितालाई हेर्न खोज्दा नै अन्याय भएको थियो र अस्मिताको जीवन दुर्घटनाग्रस्त हुन पुगेको थियो ।
अस्मिताले आफ्ना दुःख र पीडाका कथा सुनाउनका लागि तपाईंका घरमा आएर कुरेर बसेकी छ । श्रीमतीले जति सोद्धा पनि उहाँलाई मात्र भन्छु भनी जिद्दी गरेकी छे । जसको फलस्वरुप श्रीमतीको रिसको पारो चढ्नु स्वभाविक नै हो । यदि तपाईं पात्रलाई केही समस्या परेको भए श्रीमतीले सहयोग गर्ने बाचा गरेपछि समस्या समाधानको गाँठो फुक्न गएको छ । खासमा अस्मिता आफ्नो दाजु नुरे काठमाडौंमा भएको हुनाले आफू पनि काठमाडौ जान लागेको कुरा सुनाउन तपाईंको घरमा आएकी थिई । अनि गाउँमा आफ्नो ज्यान असुरक्षित भएको कारण सुरक्षाको प्रत्याभूतिका लागि दाजुकोमा काठमाडौं जान लागेको बताएकी छे । त्यस परिस्थतिमा पनि तपाईं पात्रले अस्मितालाई केही सहयोग गर्न सक्दैन । काठमाडौ पुगेपछि अस्मिताले पुनः पत्र प्रेषण गरेकी छे । जसमा दाजुको साँघुरो कोठाको असजिलो, दाजुको गैर जिम्मेबार प्रवृत्ति, दाजुले नै लजमा लगेर छाडेको अनि त्यहाँको नारकीय जीवनका बारेमा पनि उल्लेख गरिएकी छे । त्यसैमा पुनम र सरु भनिने यौनकर्मीका कथाहरू पनि समावेश गरेर पठाएकी छे । यौनकार्यमा संलग्न हुँदा पाएको अनुभवमा एक नयाँ यौनकर्मीको धारणा यस्तो छ ः ‘अविवाहित बढी खर्चालु हुने, जे भन्यो त्यही मान्ने स्वभावका हुन्छन् । हामीसँग डुल्न, घुम्न, सुत्न जो पनि तयार हुन्छ तर बिहे गरेर जीवन बिताउन कोही तयार हुन्न बुट्ठयौ’, पृ.१०८। यस भनाइले पुरुषहरूको आन्तरिक चरित्रको खुलासा गरेको छ । परिआएको खण्डमा आफ्ना दिदी, बहिनी, आमा र श्रीमती पनि बिक्रि वितरण गर्न पछि नपर्ने समाजका कलुषित पुरुषहरूप्रति नै यस भनाइले प्रतीकात्मक रुपमा व्यङ्ग गरेको छ । चेलीहरू अर्काका छोरीबेटी मात्र नभएर आफ्नै नाता पनि हुन् । तिनीहरूलाई सामाजिक मर्यादाअनुसार सम्मान गर्नुपर्दछ भन्ने धरणा पनि यस भनाइबाट पुष्टि हुन्छ । नुरेले आफ्नी दिदीलाई नारकीय यात्रामा संलग्न गराएको देखाएर समाजमा आफन्तले नै आफ्ना चेलीहरूको अस्तित्व लुटिरहेको कुरा प्रष्ट पार्न खोजिएको छ । देश र समाजले अस्मितालाई अस्मिता भएर बाँच्न नदिएकामा लेखकद्वारा गुनासो गरिएको छ । संसारमा जे कुरा पनि पैसाले साट्न नमिल्ने कुरा यस सन्दर्भमा उल्लेख गरिएको छ । अस्मिताकी दिदीका कोणबाट उपन्यासकारले अस्मितालाई यसरी हेर्ने प्रयास गरेका छन् ः
यता दिदीको चरित्रहीनताको ब्याज अस्मिताले तिर्नुपर्ने समाजिक मान्यताको विकास भइसकेको थियो गाउँमा । अब उसलाई पनि दिदीकै समकक्षमा राख्न चाहनेहरूको संख्या दिनप्रतिदिन बृद्धि भइरहेको थियो । खासखुस मानिसहरूले कुरा गर्न थालेका थिए ।
—अस्मिताको रुप दिदीको भन्दा राम्रो छ ।
—यो उसकी दिदीभन्दा कम हुने छैन ।
—अस्मिताको रीस नै उसको सुन्दरता हो ।
—आइमाईले धेरै घमण्ड गरेभने चाँडै बिग्रिन्छन् ।
अर्थात् घमण्ड नगरी अस्मिताले पनि उसकी दिदीले झैं अरुले चाहेकै बेलामा चाहेकैजस्तो प्रस्तुत हुनुपथ्र्यो होेला ।
अस्मिताले पुनः काठमाडौंबाट मोटो चिठी पठाएकी छे । जसमा आफू वेश्यालयमा कार्यरत रहँदा विस्तारै बानी परेको उल्लेख गरेकी छे । त्यस चिठीमा देशका विशिष्ट व्यक्तिहरू आफ्नो शरीर उपभोग गर्न आउने गरेका र आफू फिल्ड(कार्यक्षेत्र)मा गएर पनि काम गर्नु परेको उल्लेख गरिएको छ । दिनभरि ऋषिमुनि रातभरि शिशिमुनि हुने त्यस्ता विशिष्ट खालका व्यक्तिहरू निर्वस्त्र भएर रातभरि अस्मिताको अस्मिता लुट्ने गरेको सन्दर्भ मार्मिक छ । जसमा मातेका नेताको भनाइ यस्तो छः ‘तिम्रोनिम्ति पैसाको खोलो बगाइदिन्छु, देशका बारेमा सोच्नेकाम तिम्रो होइन, यो काम हामीलाई देऊ तिम्रो काम लुगा खोल्ने हो, लुगा खोल’ । अस्मिताले पठाएको चिठीबाट देशका विशिष्ट भनाउँदा व्यक्तिहरूको वास्तविक चरित्र उद्घाटित भएको छ । आफूलाई देश बनाउने ठेकेदार सम्झने नेताहरू सुरा र सुन्दरीको मातमा जनताका आवाज सुन्ने बेलामा कानमा तेल हालेर बसेको स्थितिले उनीहरूको चरित्र नाङ्गेझार भएको छ । आफ्ना चेलीहरूलाई नारकीय कार्यबाट मुक्त बनाउनाको सट्टा अझै यौन व्यवसायलाई कानुनी मान्यता दिने अभिव्यक्तिले नेताहरूको नारी मानसिकता दुर्घटित भएको छ । नेताको यस्तो अभिव्यक्तिले अस्मिताको मनमा ज्वारभाट उत्पन्न भएको तर आक्रमण हुन सकेको छैन । उसले नेपालीहरू नेताहरू दासताको हदसम्म बाँचेको तथ्य फेला पारेको बताएकी छे । देशको यथार्थ देख्न पाउँदा उसले आफ्नो दाजुलाई धन्यवाद दिएकी छे । त्यसबाट नुरेको अभिभावकीय अस्तित्व सङ्कटमा परेको छ । अनि आफू समाजका यस्ता विसङ्गतिको चिरफार गर्न विद्रोही समूहमा सामेल भएको र त्यहाँ पनि आन्तरिक भेदभाव, अन्याय, अत्याचार र शोषण हुने गरेको उल्लेख गरेकी छे । अस्मिताले पठाएका पत्रहरू युद्धको सामान्य जनकारी गराउने उद्देश्यले मात्र पठाएकी छे । चिठीमा विद्रोह र त्यसका कमी कम्जोरीहरू छुटेका छन् । युद्धको यज्ञमा महिला सहभागिताको स्थिति, अवस्था, सम्मान र उनीहरूका अधिकार र कर्तव्यका बारेमा पनि उल्लेख गरेको भए अझ उसको चारित्रिक विशिष्टता बढी झल्कने थियो, तर उसको जीवन चेतना र शिक्षाका आधारमा उसले जे जति कुरा उल्लेख गरेकी छे त्ये प्रशंसनीय छ । देशलाई चुसेर रित्तो उखुको लाक्रो जस्तो बनाएका ठूलाठालुहरूप्रति गरिएकोे व्यङ्ग्य प्रभावकारी छ । एकजना अपहरित व्यक्ति मरेपछि तपाईं पात्रले के गर्ने भनी सम्झनालाई गरेको प्रश्नमा सम्झनाले त्यत्तिकै छोडिदिने भन्ने वाक्य बोलेकी छे । जसमा मानवीयताको सम्बन्धमा बालुवाभाव देखिएको छ । कलिला युवायुवतीहरूमा यति निष्ठुरता पलाएको कारण भोलिको भविष्य कतै मरुमस्तिष्कतुल्य, कतै संवेदनाशून्य प्लाष्टिकीय त हुने होइन भन्ने चिन्ता लेखकलाई परेको छ । अर्कातर्फ सम्झनाका पूर्व समवेदनाका अन्तरकुन्तर पनि पार्टीको पाषाण निर्देशनका कारण शून्यतामा विलाएका छन् । तपाईं पात्रले सम्भावित युद्धलाई टार्नका लागि गरिएको प्रयासका कारण सम्झनाको कमाण्डरले भौतिक कार्वाहीको निर्णय सुनाउँदा सम्झनाले एकपटक सोचविचार गरेर मात्र कार्वाही अगाडि बढाउन गरेको आग्रहले सम्झनालाई एक निदर्यीपात्रका रुपमा मात्र नभएर संवेदनशील जिम्बेवार पात्रका रुपमा विश्लेषण गर्न सकिन्छ । युद्ध यान्त्रिक नभएर वैज्ञानिक हुन्छ । त्यसबाट समाजमा अग्रगामी मूल्य र मान्यताहरू स्थापित गर्न सकिन्छ भन्नेकुरा सम्झनालाई लागेको छ । त्यस ठम्याइले युद्धका राम्रा र नराम्रा पाटाका बारेमा सम्झना परिचित भइसकेको स्पष्ट हुन्छ । तपाईं अपहरणमुक्त भएपछि सम्झना नै बाटोसम्म पु¥याउन आउँछे । त्यही क्रममा ‘म उही अस्मिता हुँ सर ’ भनिसकेपछि तपाईं पात्रलाई अगाडिदेखि संझना हो कि भन्ने लागेको शङ्का सत्य सावित भएको छ । अनि सम्झना वास्तविकरुपमा अस्मिता हो भन्ने अवगत हुन आएको छ । अन्त्यमा अस्मिताले अलबिदा भनी बिदा मागेपछि अस्मिताको आस्त्वित्यिक अन्त्य यहींनेर भएको छ, तर तपाईं पात्रले टेलिभिजनमा सम्झनाको मृत्युको खबरले मात्र उसको भौतिक मृत्यु भएको कुरा प्रमाणित गर्दछ ।
यसरी समाज र राष्ट्रका शोषक सामन्तहरूलाई तह लगाउनका लागि आफ्नो ज्यानको बाजी राखेर हिंडेका सम्झना जस्ता हजारौं नेपाली युवतीहरू युद्धको आगोमा होमिएका छन् न्याय पाउनका लागि, तर उल्टै आफ्नो ज्यान गुमाउन पुगेका छन् । युद्धले समाजमा केही क्रन्तिकारी परिवर्तन ल्याए पनि अस्मिता र तपाईं पात्र जस्ता व्यक्तिहरूले जताततैबाट अन्याय, अत्याचार र पीडाबाहेक केही पनि उपलब्धि पाउन सकेका छैनन् । अस्मिता विद्रोहमा सामेल भएपछि ‘सम्झना’ उपनामले चिनिन थालेको कुरा उपन्यासको अन्तिम परिच्छेदमा आएपछि थाहा हुन्छ । अपहरित तपाईंले नाम सोद्धा ‘त्यसो त पार्टीले मेरो नाम सम्झना राखिदिएको छ, अब म त्यही हुँ’ भन्ने भनाइले उसको पहिले कुनै अर्को नाम भएको हुनसक्ने सम्भावनालाई औंल्याएको छ । अपहरित व्यक्ति बिरामी परेर सिकिस्त भएको अवस्थामा सम्झना भावुक भएकी छे । आफूहरूसँग औषधी सकिएको हुनाले अपहरितलाई केही पनि गर्न नसक्ने निर्णय सुनाउँदा सम्झनामा आमाको जस्तो लाचारीपन देखिएको छ । विद्रोही समूहमा सामेल भएर पनि अस्मिताको व्यवहारमा उच्छृङ्खलता नआएर शालीनता नै बढी आएको छ । जसले नारीको कोमलताको प्रदर्शन गरेको छ ।
ऊ यस उपन्यासकी एक सशक्त क्रान्तिकारी पात्रका रुपमा उपन्यासमा उपस्थित भएर आफ्नो अस्तित्व रक्षाका लागि हरहमेशा लागिपरेकी छे । अस्मिता शब्दको अर्थ आफ्नो सत्ता, पन, सत्व, अस्तित्व आदि भए पनि ठीक आफ्नो नामको उल्टो काम गर्न बाध्य भएकी छे । न त उसमा आफ्नो सत्व टिक्न सकेको छ न त अस्तित्व नै । बरु ऊ आफ्नै दाजु भनाउँदाको बिल्ला भिरेका व्यक्तिबाट नै अस्तित्व विनिमयको साधन बनाउन बाध्य भएकी छे । अनि आफ्ना सम्पूर्ण इच्छा चाहानाहरू बलिदान दिदैं वेश्यालयसम्मको आस्त्वित्यिक जिउँदो शवयात्रा गर्नु परेको छ । अस्मिता आफ्नो जीवनको लक्षभन्दा नितान्त पृथक् बाटोमा हिंड्नु परेको छ । उसले रोजेको बाटोभन्दा नियतिले डो¥याएको बाटोमा हिंड्न ऊ विवस छे । त्यसैले ऊ जे बन्न चाहान्न त्यही बन्न बाध्य भएकी छे । घनेन्द्र पाउन खोजी उल्टै अस्मिता हरण गराउन पुगी । दाजु नुरेको साथ लिन खोजी फलतः रेष्टुराँको कालकोठरीमा देहव्यापारको दुष्कार्यमा लाग्न बाध्य भई । तपाईँ पात्रलाई प्रेम गरी तर भन्न सकिन । माओवादी पार्टीमा संलग्न भई तर सुखसुविधा र मानप्रतिष्ठा पाउने बेलामा युद्धको चापमा पेलिएर आत्मदहन गर्न पुगी ।
आमासँगको गाउँ बसाइमा असल गृहिणी बन्ने सपना, दाजु नुरेसँगको सहर बसाइमा वेश्यालयको नीचतर देहव्यापार र अन्तिम निष्कर्षका रुपमा विद्रोही छापामारसम्मको यात्रा गरी तीन प्रकारको जीवन पद्धति अस्मिताले अँगालेकी छे । यस यात्रामा उसको पहिलो यात्रा सपनामा मात्र सीमित भएको छ, भने दोस्रो यात्रा र तेस्रो यात्रा बाध्यता भएका छन् । दोस्रो यात्रामा यात्रारत रहँदा अस्मिताले देशको उच्च ओहोदामा रहेका पदाधिकारीहरूको वास्तविक चरित्र थाहा पाएकी छे । त्यतिखेरसम्म उसको सुन्दर सपना विवाह, सन्तान, पारिवारिक सुख र सुन्दर घरवारको परिकल्पना कल्पनामा मात्र सीमित भएको छ । अझ माओवादी पार्टीको प्रवेशपछि त उसका समस्त सपना झन्झन् क्षीण हुँदै गएका छन् । जसले गर्दा अस्मिताले आफ्नो निजी जीवन जिउन पाएकी छैन । सोही अप्राप्त निजत्वको प्रक्षालनका लागि ऊ तपाईँ पात्रसँग रोएकी छ र आफ्नो दिल हलुका बनाएकी छे ।
तपाईँ उपन्यासमा अस्मिता र तपाईबीचको सम्बन्ध स्पष्ट छैन । अस्मिताको परिवारसँग तपाईँ पात्रको मनवीय नाता र छिमेको सम्बन्ध रहेको छ । माता र पिताको देहावसानपछि अस्मिताको विश्वासिलो र भरपर्दो पात्रका रुपमा तपाईँ पात्र चिनिएको छ । अन्तर कुन्तरमा अस्मितामा तपाईँ पात्रप्रति प्रेम र तपाईँ पात्रमा अस्मिताप्रति प्रेम रहिआएको कुरा उपन्यासको कार्यव्यापारबाट नै स्पष्ट हुन्छ । अस्मितालाई तपाईँ पात्रले सुखदुःखमा साथ दिएको कुरा र बारबार तापाईँ पात्रलाई लामालामा पत्र लेखेको कारणले गर्दा उनीहरू प्रेमी पे्रमिका हुन् कि भन्ने भ्रम पनि पाठकमा पर्न गएको देखिन्छ । ‘मानस पे्रमी तपाईँलाई मैले वर्षौदेखि चाहेकी हुँ’ (पृ.११३) भन्ने वाक्यले अस्मिताको तपाईँप्रति एकतर्फी प्रेम थियो भन्नेकुरा पुष्टि हुन्छ । किनभने तपाईँ पात्र विवाहित मात्र नभएर छोराछोरी पनि भैसकेको पात्र हो । त्यसैले गर्दा अस्मिताप्रति माया र दयाका छिटाछिटी पाइए पनि सामाजिक परिवन्धका कारण अस्मितालाई साथ दिन सकेको छैन । त्यति भएर पनि अस्मिता भासिन पुगेको खाडलबाट उकासिदिने उपाय भने खोजिदिन सक्थ्यो, त्यो पनि गर्न सकेको छैन । अनिर्णित र जेलिएको अवस्था नै तपाईं पात्रको कमजोरी हो ।
उत्तरआधुनिकतावदी चिन्तनका आधारमा अस्मिता पिछडिएकी तल्लोवर्गकी महिला प्रतिनिधि पात्र हो । यसरी यस विश्लेषणबाट अस्मिता एक साहसी, हरेक समस्यासँग जुध्न सक्ने कर्मठ विद्रोही पात्र हो भनी निष्कर्ष निकाल्न सकिन्छ । उपन्यासका अन्य पात्र भन्दा यसको उपस्थिति धेरै छ तर पनि अनायिका भएर उपस्थित भएकी छे । नारीवादी समालोचनाका दृष्टिले अस्मिता एक सशक्त नारी प्रतिनिधि पात्रका रुपमा दरिएकी छे । उसले नारीभित्रको साहसको प्रतिनिधित्व गरेकी छे ।
२.३.३.व्याकरण सर
व्याकरण सर एक पुराना शिक्षक ३८ वर्षसम्म अध्यापन गरेका व्यक्ति हुन् । यिनको वास्तविक नाम भएपनि ‘व्याकरण सर’ प्रख्यात नाम हो । पहाडका मानिस तराईमा झरेको देख्ने व्यक्ति हुन् व्याकरण सर । औंलाको महामारी र राणाकलीन अन्यायका प्रत्यक्ष भोक्ता पात्रका रुपमा व्याकरण सरलाई उपस्थापित गराइएको छ । क्रान्ति नायक भएर पनि समाजले बिर्सिरहेका कारण व्याकरण सर एउटा कुनामा फालिन पुगेका छन् । उनको जीवनमा कुनै नयाँ परिवर्तन आउन सकेको छैन । त्यसैले व्याकरण सरलाई समाजले त्यागिसकेको छ । वास्तवमा व्याकरण सर समाजको सम्पूर्ण घटना देख्ने इतिहास हुन् । जीवनभर अर्काका जीवन सुधारेर पनि आफ्नो जीवन सुधार्न बिर्सिएका सम्पूर्ण शिक्षकका प्रतिनिधि पात्र हुन् व्याकरण सर । उनले जीवनभर शिक्षणपेशालाई आफ्नो कार्यक्षेत्र बनाएर पनि राम्रो लगाउन र मसिनो खान पाएका छैनन् । शिक्षणपेशाले शिक्षकहरूलाई राम्ररी खान र लगाउन नपुगेको दयनीय अवस्थाको चित्रण व्याकरण सरको चरित्रले गरेको छ ।
२.३.४. ग्रामर सर (बुढा सर)
बाईस वर्षदेखि शिक्षण पेशामा संलग्न बुढा सर ग्य्राजुएट टिचर हुन् । ईश्वरप्रति गहिरो आस्था भएका यिनको पुख्र्यौली घर सप्तरीतिर पर्दछ । समाजका धेरै मानिसलाई अध्ययन अध्यापन गराइसकेका बुढा सरको बृद्धावस्थामा पुग्दा कोही पनि सहयोगी देखिन्न । उनको मिहिनेत र परिश्रमको अवमूल्यन भएको छ । समाजका हरेक व्यक्तिलाई पढाएर उच्चताको शिखरमा पु¥याए पनि आफ्नो जीवनमा कुनै नयाँ परिवर्तन ल्याउन नसकेका यी सरले सम्पूर्ण शिक्षकका पीडाको वकालत गरेका छन् । ‘नहुनेले भोकभोकै
काम नगरे...’ (पृ.२३) को भनाइले ग्रामर सरलाई आसामबाट नेपाली मातृभूमि खोज्दै आएका व्यक्तिका रुपमा परिचय दिंदै उनीजस्ता भगुवालाई व्यङ्ग्यात्मक तबरले झटारो पनि हानिएको छ ।
यी दुवैजना सरको कथा मार्मिक छ । वास्तवमा नेपाली समाजका गाउँका विद्यँलय स्थापनाको कथा हो यो । झन्डैझन्डै सबै विद्यालयको स्थापनाको कथा यस्तैयस्तै खालको रहेको हुन्छ । शिक्षक पनि ठाउँठाउँबाट खोजेर ल्याइएको हुन्छ । शिक्षकलाई जोताएर आफ्ना छोराछोरीलाई राम्रा बनाउन चाहने अभिभावक र समाजले उनीहरूको सेबा र सुबिधाप्रति गरेको बेवास्ता उपन्यासमा यथार्थ रुपमा देखइएको छ । आफ्नो स्वार्थ पर्दा झूटा आश्वासन दिने तर स्वार्थपूर्ति भएपछि छाडिदिने चलनप्रति उपन्यासकारले राम्ररी बोलेका छन् । अतः यी दुबैजना सरको कथा प्रतीकात्मक छ । जसले सिङ्गो समाजलाई नै व्यङ्ग्य गरेको छ ।
२.३.५. प्रधानाध्यापक
प्रधानाध्यापक विद्यालयको प्रमुख प्रशासक व्यक्तित्व हुन् । उनको छेपारोको जस्तो रङ्ग बदल्ने स्वभावका कारण सम्पूर्ण शिक्षक शिक्षिकाहरू आजित भइसकेका छन् । प्रशासन क्षमतामा मात्र नभएर शिक्षकको सञ्चय कोषको रकम पनि ६ महिनासम्म आफ्नो खातामा राखेर व्याज खाने क्षमतामा पनि दक्ष मानिन्छन् । तपाईंत्रलाई प्रधानाध्यापकका आन्तरिक जेजस्ता खराब आचरण भए पनि समाजमा स्कूलमा भन्दा ठूलो भूमिका रहेको हुन्छ भन्ने लागेको छ । नीति नियम बनाउने तर आफैं त्यसको उल्लङ्घन गर्ने स्वभाका कारण प्रधानाध्यामकको व्यक्तित्व शोषक र सन्काहाका रुपमा स्थापित हुन पुगेको छ । आफू आफ्ना ठाउँमा ठीक नभए पनि समाजका हरेक समस्याहरू ठीक बनाउनु प्रधानाध्यापकको व्यक्तित्वको राम्रो पक्षहो । स्कुले प्रधानाध्यापकका यावत् बानीव्यवहारलाई स्पष्ट्याउने काम प्रधानाध्यापक पात्रले गरेको छ ।
२.३.६. राममान दाइ
राममान दाइ तपाईं पात्र बजारमा निस्किएपछि भेट भएको मातेको जँड्याहा हो । जमानाको नामी सुनार भएपनि रक्सीको कुलतमा फसेका कारण कमाएको धन सम्पति सबै सिध्याएको छ । ‘बरै कसले दियो नेप्टीलाई लाइटर ’ भन्दै गीत गाउँदै बाटाबाटामा रक्सीले मातेर हिँड्ने राममानले सडकमा फालिएको जीवन बिताउने जँड्यहाहरूको प्रतिनिधित्व गरेको छ । काम गरेर धन कमाउने तर भोलीका लागि केही पनि नसोची खर्च गर्ने अदूरदर्शी पात्र राममान हो । काम गरेर कमाएर पनि भविष्यप्रति अनभिज्ञ रहेका जँड्याहा पात्रको प्रतिनिधित्व राममानले गरेको छ । कमाऊ, खाऊ र मोज गर भन्ने मान्यतामा राममानले निरर्थक जीवन बिताइ रहेको छ । राममानको छोटो कथा भए पनि मार्मिक रहेको उसको जीवनमा कुनै नयाँ परिवर्तन आउन सकेको छैन । त्यसैले कथा लामो हुने सबाल नै भएन । बेबारिसे अबस्थामा फालिएको जीवन बिताउन बध्य पात्रहरूको प्रयोगले उपन्यासलाई नयाँ बनाएको छ । उत्तरआधुनिकतावादी चिन्तनका आधारमा केन्द्र भङ्ग गर्दै पिछपडएका र फालिएका पात्रको रुपमा आएको राममानको चरित्र विशिष्ट किसिमको छ । किनकि परम्परागत रुपमा कृतिमा आउने गरेका नायकहरूलाई राममानहरूले प्रतिस्थापित गरेका छन् ।
२.३.७. रतियाकी मौसी
रतियाकी मौसी छोरो परदेशीकी आमा हो । उसले मङ्गल नाम गरेको कलिलो युवकसित १२ सय रुपियाँ लिएबापत सहवास गरेकी थिई । त्यही सहवासको फलस्वरुप परदेशी छोरो जन्मेको थियो । १२ सयको छोरालाई तरकारी बजारमा नै हुर्काई बढाई र ठूलो बनाई । विभिन्न अपशब्दहरूको समेत प्रयोग गरेर उसले आफ्ना छोरालाई गाली गर्दा उसको असभ्यता र अशिष्टताको पराकाष्ठा देखिएको छ । हुन त यसै कुरालाई देखाउनका लागि लेखकले यस्तापात्रको उपस्थापन गरेको हो । बेवारिसे अवस्थामा गर्भधारण गर्दै छोराछोरी हुर्काउँदै आएका महिलाहरूको प्रतिनिधित्व रतियाकी मौसीले गरेकी छे । जीवन चक्रको परिबन्धमा परेर उसले झिनो उद्देश्यका लागि सहबास गरेकी छे । उसका माध्यमबाट समाजको विश्लेषण गर्दै असभ्यताको चित्रण पनि स्पष्ट रुपमा गरिएको छ । उसका गालीमा प्रयोग गरिएका शब्दावलीले असभ्यताको परिचय दिएको छ, तर उत्तरआधुनिकताले व्यक्ति स्वतन्त्रतालाइ’ महŒव दिएका कारण उसका लागि उपर्युक्त गाली गलौज पनि उचित नै छ । किनभने सभ्य र भव्य संस्कृतिमा रतियाकी मौसी जन्मिएकी भए उसले सायद त्यस्ता अश्लील शब्दावली प्रयोग गर्दैनथी होली । उसको संस्कार र पारिवारिक वातावरणले गर्दा त्यस्ता अपशब्दको प्रयोग पनि उसका लागि पाच्य भएको छ ।
२.३.८. रतिया
रतिया २०÷२२ वर्षकी उमेर पुगेकी ठिटी हो । उसकी आमाले उसलाई भुँडीभित्रै ल्याएर आएकी थिई । त्यसैले उसको बाबु को हो ? सनाखत भएको छैन । उसका आँखा, मुस्कान र आकर्षक स्वरका कारण तरकारी बजारका सबैजना अतृप्त आँखाले हेरिरहन्छन् । बाबुको सनाखत नभएका याबत् बेवारिसे बच्चाहरूको प्रतिनिधित्व रतियाले गरेकी छे । रुप सौन्दर्य र यौवन कसैको बिटुलो नहुने तर त्यसको जात र सामाजिक आर्थिक हैसित कमजोर भएको कारणस्वरुप बिहे गर्न नसक्ने खण्डित वर्तमान मानसिकताको चित्रण रतियाका माध्यमबाट राम्ररी गरिएको छ ।
२.३.९. झिल्के
झिल्केका सम्बन्धमा उपन्यासमा यस्तो टिप्पणी छ ः
यो झिल्केका बारेमा तपाईंलाई त्यति सारो केही थाहा छैन । यति हो ४÷५वर्ष अघि यो मान्छे बजारमा देखियो । त्यसबेला उसले रातो टोपी ,कालो कोटर कालै पेन्ट लगाएको थियो । खुङ्गामा जुत्ता चप्पल केही थिएन । हेर्दा बिलियो, राम्रो बान्की परेको अनुहार, निधारमा रातै टीको, जँुगा दारी खौरिएको चिटिक्क परेको थियो ।
गाउँमा घरखेत भएको झिल्के सहरमा पानी बोक्ने काम गर्छ । कसैप्रति नझुक्ने हक्की स्वभावको झिल्के आफू मागी खाने भिखारी नभएको कुरा स्पष्ट पार्दछ । श्रमको मूल्य तिर्नुपर्छ अरुको अनावश्यक दया चाहिएको छैन भन्ने मान्यता भएको झिल्के जाँड खाने जँड्याहा पनि हो । सहरियाहरूले सुरुसुरुमा ऊप्रति विभिन्न अड्कलबाजी गरे पनि वास्तविक रुपमा श्रमिक भएर ऊ बजारभरि चिनिएको छ । सहरमा बेवारिसे जीवन बिताइ रहेको झिल्के भारी बाक्ने भरियाहरूको प्रतिनिधि पात्र हो । ऊ परिश्रममा विश्वास गर्ने दयाको भीख नचाहने हक्की पात्र हो । जाँडले मातेर हिड्ने उसको परिचय भरिया हो ।
२.३.१०. निपात
दोकानमा बसेर समय फाल्ने मानिसहरूप्रति टीका टिप्पणी गर्ने निपात देशको अवस्था देखेर चिन्तित छ । भुईँफुट्टा नेताहरूका बतासे गफ, युवतीका बतासे गर्भ, युवकका विषालु—नशालु स्वभावबाट र बेरोजगारीको रासबाट देश रित्तिन लागेकामा निपात चिन्तित भएको छ । नेपाली व्याकरणको एक घटक निपातलाई पात्रका रुपमा प्रयोग गरेर पात्रात्मक नवीनता यस उपन्यासमा दिन खोजिएको छ । निपात व्याकरणको वाक्यात्मक घटकका रुपमा प्रयोग हुने व्याकरणात्मक एकाइ हो । जसलाई यस उपन्यासमा पात्रका रुपमा स्थापित गरिएको छ । परम्परागत रुपमा राम, श्याम र गीता आदि पात्रको प्रयोग गरिदैं आएकामा यस उपन्यासमा नयाँ प्रयोग गर्दै व्याकरणको एकाइलाई पनि पात्रका रुपमा उभ्याइएको छ । व्याकरणात्मक घटक किन पात्र हुन सक्दैन ? भन्ने तीब्र चेतनाका कारण यस्तो नवीन प्रयोग गर्न पुगिन्छ ।
२.३.११. प्रतिलोम
प्रतिलोमले नेताहरूलाई ‘मोमका गुण्डाहरू’ र ‘फर्माका आकारहरू’ भन्दै गाली गरिरहेको छ । यसले जुवाडेहरूको पनि खोइरो खनेको छ । नेताहरूले पनि निपातले र प्रतिलोमले अन्वेषण गरिरहेको अस्पष्ट ‘खोज’ शब्दको टीका टिप्पणी गरेका छन् । निपात र प्रतिलोमले ‘खोज’ भन्ने एउटा अभियान चलाएका छन् । ‘खोज’ले अहिलेका युवामानसिकतको ‘खोज’ गरिरहेको तपाईं पात्रको टिप्पणी रहेको छ । ‘खोज’का बारेमा सञ्जिब उप्रेतीले ‘घनचक्कर’ उपन्यासमा राम्रै चर्चा गरेका छन् । वास्तविक रुपमा तपाईं उपन्यासमा भन्न खोजिएको ‘खोज’ के हो भन्ने स्पष्ट हुन सकेको छैन । प्रतिलोमका माध्यमबाट आजका नेताहरूको गफाडी र निष्क्रियपनको भण्डाफोर गर्ने प्रयास गरिएको छ । निपात र प्रतिलोमका माध्यमबाट अहिलेको द्वन्द्वग्रस्त अवस्थामा युवामानसिकताभित्रको अनिर्धारित विद्रोहको शङ्केत गरिएको छ । यो विषय निकै गम्भीर भए पनि बीचमा नै टुङ्गिएर पूर्णता पाउन सकेको छैन ।
२.३.१२. एउटी (भट्टीपसल्नी) आइमाई
भट्टी सञ्चालन गरेर देह र पेय व्यापार गरिरहेकी यो आइमाई खासै राम्री नभए पनि परदेशमा बसेर काम गरिरहेकालाई मन बहलगाउने साधन बनेकी छे । उसको श्रीमानले इमान्दारीता, चोखो शरीर मात्र भनेर धन नकमिने कुरामा विश्वास राख्दछ त्यसैले उसलाई सम्पूर्ण काम गर्न स्वतन्त्रता दिएधको छ । मन पवित्र भए सबै ठीक हुने धारणा उसको रहेको छ । चरित्रका लागि गर्धन जिम्मा लगाउने नेपाली संस्कृतिमा यस्ता कुकाठ भारतबाट आयातित भएको धारणा तपाईं पात्रको रहेको छ । यस आइमाईका माध्यमबाट आफ्नै श्रीमान्का अगाडि देह व्यापार सञ्चालन गर्दै आएको देखाएर नेपाली संस्कृतिसँग नमिल्दो क्रिया गराइएको छ । तर पनि यस्ता घटना हुनै नसक्ने भने होइनन् । विघटित अवस्थाबाट गुज्रिरहेको आजको उत्तरआधुनिक समाज श्रीमतीलाई देहव्यापार गर्न पनि प्रोत्साहन गरिरहेकोे छ, भन्ने देखाउनु यस उपन्यासको अभिप्राय हो । अर्थात् अर्थोपार्जनका लागि कुनै पनि मूल्य चुकाउन बाँकी नराख्ने अत्याधुनिक संसारको यथार्थ चित्रण उपन्यासमा गरिएको छ । भट्टी पसल सञ्चालन गरेर आफ्नो अस्तित्व पनि क्रयबिक्रयको साधन बनाइरहेका यावत् भट्टी पसल्नीहरूको विघटित अवस्थाको चित्रण यस पात्रमार्फत् गरिएको छ, तर परपुरुषको मुख नै हेर्न बन्देज भएको हाम्रो समाजमा आफ्नै श्रीमतीलाई देहव्यापार गर्न छुट दिनु किमार्थ उपयुक्त मान्न सकिदैन । यो अराजकताको पराकाष्ठा हो । अतिविकसित पश्चिमा मुलुकहरूमा पनि अपाच्य रहेको यो औपन्यासिक सन्दर्भले उपन्यासलाई अस्वाभाविक बनाएको छ । तर उत्तरआधुनिकताको चरम बिखण्डन र अर्थलिप्सु प्रवृत्ति देखाउन भने यो सन्दर्भ उचित देखिएको छ ।

२.३.१३. लम्फरे (बहुला)
लम्फरेको वस्तविक नाम गुमानसिंह लिम्बू हो । लम्फरे अर्धसिल्ली, बहुला पात्रका रुपमा उपन्यासको कार्यव्यापारमा आएको छ । ओरापरिका नाममा एउटा कट्टुले लाज छोपेर हिंडेको लम्फरे पल्टनमा जागिर खाएको व्यक्ति हो । पाँचथरको मेहलबोटको स्थानीय बासिन्दा लम्फरले चीन र भारतको लडाईँमा छोरो चतुर्मानलाई गुमाएको छ । त्यही समयदेखि नै उसले आफ्नो मानसिक सन्तुलन पनि गुमाएको छ ।
आफ्नो र छोराको जिन्दगी अर्काको देशको निम्ति बर्बाद गर्ने तर त्यसको सट्टामा मानसिक सन्तुलन गुमाउनु शिवाय केही सुख सुविधा पाएको छैन । स्वदेशमा पनि हेपिएकोे जीवन लम्फरेले विताइ रहेको छ । पुराना खिया लागेका सन्धि र सम्झौताले अर्काको देशलाई जोगाइदिने र नुनको सोझो गर्दै एक छाक खानका लागि ज्यानको बाजी लगाएर बहादुर कहलिने फोस्रो ढोंगले सयौं कर्मठ पाखुराहरू विदेशमा निर्यात भइरहेको भयावह स्थिति लम्फरेका माध्यमबाट देखाइएको छ । राम्राराम्रा कर्मठ युवाहरूलाई छानेर आफ्नो देश पु¥याउन चाहने र दास बनाउने विस्तारवादी साम्राज्यवादी प्रवृत्तिप्रति पनि लम्फरेका माध्यमबाट शालीन व्यङ्ग्य गरिएको छ ।

२.३.१४. नीरे (पागल)
बाध्यताबस पसलेको पाउरोटी चोरेको छ । त्यही कारण पसलेले खेदेर भगाएको छ । उसले अरु कसैको कुभलो हुने काम कदापि गर्दैन । माटो ओसारेर आफ्नो जीविका चलाएको छ । यस सन्दर्भले नीरेलाई ज्यालादारी भरियाका रुपमा स्थापित गरेको छ । पागल पात्रलाई उपन्यासमा प्रयोग गरी उसका यथार्थ पनि प्रस्तुत गर्ने जमर्को उपन्यासकारले गरेका छन् । उसको जीवनमा पनि कुनै खासै परिवर्तन आएको छैन । यथास्थितिमा नै रहेको छ । न त राज्यको आँखा नै त्यहाँ पर्न सकेको छ । राज्यले नचिनेका नीरे जस्ता अनुहारहरूलाई उपन्यासमा स्थापन गरी नयाँ किसिमको प्रयोग गरिएको छ ।
२.३.१५. सिन्दुरे बुढा
सिन्दुरे बुढाका सम्बन्धमा उपन्यासकारको टिप्पणी यस्तो छ ः
उनी जमानाका वनपाले हुन् । केटाकेटी उमेरदेखि नै, तपार्ईं उनलाई जान्नुहुन्छ । त्यसबेला उनी खाकीको बर्दी पहिरिएका, हात्तीको दाँतको बिँड भएको खुकुरी कम्मरमा भिरेका, निधारमा सिँदुरको रातो टीका लगाएका, हक्कीर इमान्दार व्यक्ति थिए ।
निधारमा सिन्दूर लगाउने भएको हुनाले उसलाई सिन्दुरे भनिएको हो । जमानामा वनपालेको जागीर खाएको सिन्दूरे बुढाको वनपैदावारको विक्रिवितरणमा रोक लगाएका कारण जागिर चट भएको छ । सहरका व्यापरीहरूले सडेका, झिंगा भन्केका खाना खुवाएर बच्चाबच्ची बिमारी भएको भन्दै व्यापारीका सामान पसल बाहिर फ्याँकिदिएका कारण पसेलेहरू रिसाएका छन् । त्यसैले बुढाको छोरो मर्दा पनि समवेदनाशून्य भएर ठीक भयो भनी साटो फेरेका छन् । सिन्दूरे बुढाको पनि दिमाग ठेगानमा नभएको कुरा पसलेका सामान फालेबाट स्पष्ट हुन्छ । सरकारी जागीर खाएका सिन्दूरे बुढा भ्रष्टाचार गर्न रोक लगाएका कारण जागीरबाट हात धुन बाध्य पात्र हुन् । ठूलाबडाका रीसको कोपभाजन हुन पुगेका सिन्दूरे जागीर र दिमाग दुबै गुमाएर बेचैन अवस्थमा पुगेका सरकारी कर्मचारीका प्रतिनिधि पात्र हुन् । यिनमा पनि राज्यको तेस्रो नेत्र पर्न सकेको छैन । त्यसैले यिनीहरूले बेबारिसे जीवन बिताइ रहेका छन्।
२.३.१६. कालीकी आमा (अर्धशिल्ली)
कालीकी आमा करीब दश वर्षदेखि सहरमा देखिएकी पात्र हो । काली नामगरेको बच्चीकी आमा भएको भएर उसलाई कलीकी आमा भनिएको हो । सहरकी थाङ्ने बौलाही कालीकी आमा कसको समागमबाट बच्चा जन्माउन पुगिहोली भन्ने कुराले सबैमा कुतुहलता सिर्जना भएको छ । यो ‘आधाबाटो’ उपन्यासमा पनि पात्रका रुपमा आएकी छे । कलीकी आमा पिपलबोटमा बसेका बेला बजारका मत्तुहरू, बेगारी र अरु पुरुषहरूले आफ्नो इन्द्रिय सुख मेटाउन घ्यू,चामल र लत्ताकपडा दिने वाचा गरिरहेका भेटिन्छन् । यस सन्दर्भबाट पुरुषको अदम्य यौन बुभुक्षाको विश्लेषण गर्दै कामुक व्यभिचारीका रुपमा स्थापित गर्न खोजिएको छ । पागल, रोगी, कमजोर र जस्तै निरीह नारीलाई पनि यौनिक क्रियाको पात्र ठान्ने यौनपिपासु पुरुषहरूको नाङ्गो चित्र उतार्न यो सन्दर्भ सहायक सिद्ध भएको छ । यसमा लेखकीय इमान्दारिता झल्किएको छ । कालीकी आमा अर्को उपन्यासमा पनि आएको हुनाले तपाईं, लेखनाथ र विष्णु दाइ पत्रका बीचमा यस उपन्यासबाट उसलाई हटाउने कि नाम फेर्ने भन्ने विषयमा बहस भएको छ, तर कुनै पनि गीत हजारौंपल्ट सुन्दा पनि त्यो नराम्रो नलागे झैं तपाईं पात्रलाई कालीकी आमाको सन्दर्भ दोहोरिएर पनि उपन्यासमा राख्न उपयुक्त लागेको धारणा व्यक्त गरेको छ ।
२.३.१७. लालबाबा र उनका चेला
लालबाबा एक फक्कड जोगी हुन् । भारतमा रहँदा इन्दिरा गान्धी आदिले भविष्यवाणी गराउने गरेका लालबाबा नेपालमा शिवजीले अवतार लिएको सपना देखेपछि नेपाल छिरेका हुन् । नेपालमा आएपछि गँजडी युवकहरूको खोजीमा भौंतारिएका छन्, र तिनीहरूलाई नै आफ्ना भगवान्को अवतार ठानेका छन् । भविष्य वक्ता बाबाको रुप धारण गरेर कलकलाउँदा युवाहरूलाई दुव्र्यसनको दलदलमा फसाउन चाहने अराजक र समाज ध्वंसकारी क्रियाको राम्रैसँग चित्रण गरिएको छ । आफू गाँजा खाने र युवाहरूलाई पनि गँजडी बनाउने लालबाबाको क्रिया सभ्य समाजका लागि अग्राह्य छ । वर्तमान युवाहरूको खण्डित बानीव्यवहारको चित्र उतार्न उपन्यासको यो सन्दर्भ समर्थ भएको छ ।
२.३.१८. कार्की ठूले
कर्की ठूले प्राचीन कालको सनमान बाबु, मध्यकालको कार्की ठूले, आधुनिक कालको खसीकट्टा कार्की र अत्याधुनिक कालको भगीको बाबु हो । ऊ आरम्भमा धनीमानी व्यक्ति भए पनि पछाडि गरीबमा परिणत भएको छ । कार्की ठूलेकी श्रीमती भगीकी आमा चौंथी श्रीमती हो । ऊ अर्धसिल्लीतालकी छे । आन्दोलनका बेलामा बुटन चौधरीको हत्याको अभियोगमा समातिए पनि पछाडि छुट्न पुग्छ । रक्सीले मातेर सडकमा कराउँदै हिड्ने कार्की ठूलेका माध्यमबाट उपन्यासकारले जीवन चटक्क मिलेको र व्यवस्थित सिलसिलेवार मात्र हुन्न भन्ने देखाउन खोजिएको छ । सिलसिला मिलाउने नाममा कतिपय महŒवपूर्ण कुराहरू त्यसै छुट्ने भएको हुनाले कार्की ठूलेजस्ता पात्रहरूको उपस्थापन गरी समाजका तेस्रो दर्जाका पात्रहरूको धेरथोर भए पनि सिंहावलोकन गर्ने प्रयास गरिएको छ । पागल, मगन्ते र तेस्रो दर्जाका भनिएका व्यक्तिको समाज छुट्टै किसिमको रहेको हुनाले तिनीहरूको यथार्थ प्रस्तुत गर्न उपन्यासमा नयाँ पद्धति अँगालिएको छ । त्यस्ता व्यक्तिका पनि आफ्ना समाज र जिन्दगी रहेका छन् भन्ने देखाउनका लागि उपन्यासले परम्परागत लेखन प्रणलीलाई भत्काएको छ ।
२.३.१९. माया
माया घरानिया खानदाने बाबुकी छोरी हो । बिहे पछाडि बच्चाबच्ची जन्माएकी छ । सीमाना(बोर्डरं)मा सामान ओसारपसारको काम गर्छे । बिहेको केही समयपछाडि कुलघरान नभएको भन्दै श्रीमान्ले छाडिदिएको छ । समय बित्तै जाँदा समाजले यौनकर्मीका रुपमा धारणा बनएको छ । तपाईं पात्रसँग एकदिन गाडीमा सँगै हिड्ने अवसर आउँदा उसलाई पनि यौनकर्मी जस्तै लागेको छ । अझ छाक टार्ने पैसा नभएर तपाईंसित रु ५० मागेकी छे ।
वास्तविक रुपमा यौनकर्मी हो कि होइन भनेर छुट्टाउन गाह्रो छ । त्यो केवल समाजकै धारणा मात्र पनि हुन सक्छ । उपन्यासकारले सत्य वा असत्य जे भएपनि समाजले कुरा काट्छ भन्ने देखाउन माया पात्रलाई उपस्थापित गरेको देखिन्छ । माया यौनकर्मी नभए पनि यौनकार्यमा संलग्न हुन बाध्य पार्ने समाज, धन नभएकालाई यौनकर्मीको बिल्ला भिराइदिने समाज र त्यही हल्लाका भरमा यौनकर्मीको धारणा बनाउने समाजको खण्डित मानसिकताको चित्रण गरिएको छ । मायाका माध्यमबाट पुरुषले आफैं धारणा बनाउँछ, महिलालाई दुष्कार्य गर्न बाध्य पार्छ अनि फेरि उल्टै महिलालाई मात्र दोष थोपर्न पुग्छ भन्ने दरीद्र विचारको व्यापकरुपमा भण्डाफोर गरिएको छ । यहाँसम्म आइपुग्दा मायाको आँफू के हुँ भन्ने धारणा उपन्यासमा आउन बाँकी रहेको हुनाले लेखक पूर्वाग्रही देखिएको छ । मायाले पुरुषलाई महिलासितको एकान्तमा भावुक हुने पात्रका रुपामा व्यख्या गरेकी छे । माया आफू रहरले यौनकार्यमा संलग्न नभएको बताएबाट यौनकार्य उसको बाध्यता हुन आएको छ । ‘मलाई यस अवस्थासम्म ल्याउने समाजकै इच्छा थिया’े(पृ.७०) भन्ने मायाको भनाइले उसलालाई यौनकर्यमा लाग्न बाध्य पार्ने समाज नै थियो भन्ने स्पष्ट हुन्छ । पुरुषहरूले आफूलाई बेलाबेलामा उपभोग गरे पनि दरो हात लिएर कोही पनि अगाडि नआएका कारण आफू नारकीय यात्राको दलखदलमा फसेको महसुस गरेकी छे ।
मायालाई आफ्नो श्रीमान्को काखबाट हात धोएको बनाएर घरबाट निकाल्दा पनि माइतीको शरणमा पु¥याएर एक कमजोर नारी पात्र बनाइएको छ । बरु मायालाई श्रीमान्सँग विद्रोह गरेर अंशवण्डा माग्ने नारी र छोराछोरी पालताल गर्ने जिम्मा श्रीमान्लाई लगाउन सक्ने साहसी नारीका रुपमा स्थापित गर्न सकिन्थ्यो । तर जुझारु नबनाएर जे भन्यो त्यही लुसुक्क मान्ने लुसुके पात्र भएकी छे । तर बेला आएको खण्डमा तपाईंजस्ता स्त्रीहरूप्रति एकान्तमा भावुक हुने पुरुषहरूलाई नराम्रो झापड हानेकी छे । कृतिको मुख्य सन्देशलाई सत्य सावित गर्नका लागि पनि मायालाई यति कमजोर, निष्क्रिय र दुर्गन्धित पेशामा जान बाध्य पारिएको छ । यस्तो चित्रण समाजको जस्ताकोतस्तै चित्रण गर्ने कुरा त सत्य सावित होला तर समाजमा घृणित कार्य गराउन भन्दा अर्को कुनै व्यापारमा संलग्न भएको बनाएको भए ठीक हुने थियो । फेरि त्यति भन्दैमा समाजले नै मायाजस्तालाई घृणित व्यवसायमा संलग्न हुन बाध्य पारेको छ भन्ने कुरा पनि भुल्न सकिदैन ।
२.३.२०. नुरे
नुरे २० वर्षको लक्काजवान ठिटो हो । उसकी दिदी अस्मिता १०वर्षकी हुँदा मया १७ वर्षकी भएकी थिई । नुरे बाबुको मृत्युपछि स्कुल जान छोडेर जाँड रक्सीको कुलततिर लागेको छ । बिस्तारै नुरे आमा रत्नाको नियन्त्रणभन्दा बाहिर जान थालेको छ, जसको फलस्वरुप दुव्र्यसनको दलदलमा फस्न पुगेको छ । होटलमा आउने अनेक किसिमका ग्राहकका अस्वाभाविक क्रिया आफ्नी आमासँग गर्दा पनि नुरेलाई स्वाभाविक लाग्न थालेका छन् । त्यही अस्वभाविक क्रिया स्वभाविक तरिकाबाट गर्दा नुरेकी आमाले आफ्नो पूर्व हैसियत केही पनि थिएन जस्तो गरी भुलेकी छे । जँड्याहा र मत्तूहरूले मात्तिएको बाहानामा आमा र दिदीका असजिला ठाउँ सजिलो पाराले छुँदा पनि नुरेलाई स्वभाविक लागेको छ । यति भएपछि नुरेको सन्दर्भ उपन्यासबाट हराएको छ । तर अस्मिता काठमाडौं पुगेपछि लेखेको पत्रमा दाजु दुव्र्यसनग्रस्त भएको आफूलाई कुनै पनि सहयोग नगरेको उल्लेख गरेकी छे । नुरेले एउटै कोठामा बहिनी अस्मिता र आफ्ना गँजडी साथीहरूलाई पनि राख्दा उसको अभिभावकत्व खण्डित भएको छ । अझ बहिनीलाई सदाचारले मात्र सहरमा केही नहुने पाठ पढाएर शरीरलाई बेचविखनको साधन बनाउन अह्राएको छ । जसबाट उसले आफ्नी बहिनीको अभिभाकको भूमिका त निभाउन सकेको छैन नै उसका आस्था मान्यता र नैतिक चेतना पनि खण्डित भएका छन् ।
२.३.२१. डब्लु काठमिस्त्री
डब्लु काठमिस्त्री आफूले बनाएका घरहरू अरुले भत्काएकामा चिन्ता प्रकट गर्ने पात्र हो । श्रम र कलाको उचित मूल्याङ्कन हुन नसकेको वर्तमान समाजको बिघटित स्थितिको डब्लुले चित्रण गरेको छ । कर्मीहरूलाई ज्यला दिएपछि आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने घरमालिकहरूलाई आफ्ना भएका घरका कमीकम्जोरीहरू थाहा पाउन श्रमिकहरूको सम्मान गर्नुपर्छ भन्ने धारणा डब्लुको रहेको छ । उसले घरमालिकहरूको तल्लो तहको सोचाइप्रति नराम्ररी प्रहार गरेको छ । डब्लुका माध्यमबाट मानिस बाहिर र भित्र नितान्त फरक हुन्छ भन्ने धारणा प्रस्ट पारिएको छ । डब्लुको सामाजिक चेतना र बौद्धिकस्तर भन्दा बढी ओजका वाक्यहरू बोलाइएको छ, पृ.९३ । कम्तीमा १३ वर्षसम्म अर्काको घर बनाएर हिंड्ने डब्लुको आफ्नो कुनै घर छैन । संधैभरि छाप्रा सारेर हिंड्नुपर्ने बाध्यता छ । विदेशबाटा बसाईं सरेर आएका मानिस स्वदेशी भइसक्दा पनि उसको सुकुम्बासीको जस्तो हालत उस्तै छ । न त उसँग घर जग्गा छ न त नागरिकता नै । २०४२ सालमा तपाईं पात्रले नागरिकता बनाइदिने बाचा गरेको भए पनि सकेको छैन ।बहुदल र प्रजातन्त्र पनि केबल हुनेखानेका लागि मात्र भएको छ । टपर्र्टुँøयाले मात्र फाइदा उठाएका छन् । डब्लु जस्ता अनाथ, टुहुरा, बाबुको सनाखत नभएका, खाते र विदेशीमूलका नेपालीहरू नागरिकता नभएकै आधारमा नेपाली नहुने होइन । बरु उनीहरूले नै देशको सीमानाको रेखदेख गरी विदेशीहरूको दबाब सँहदै आएका छन् । कयौं समयदेखि आदिवासीको भूमिका निर्वाह गर्दै राट्रको रक्षा गरिरहेका छन् । डब्लुजस्ता राष्ट्रवादी श्रमिकका समस्या समाधान नभएसम्म यस देशमा कुनै पनि राजनैतिक परिवर्तनको केही तुक रहँदैन । यसले सम्पूर्ण काठमिस्त्री श्रमिकहरूको प्रतिनिधित्व गरेको छ ।
२.३.२२. सीताजी
सीताजी तपाईं उपन्यासकी वास्तविक यथार्थ श्रोता पात्र हुन् । तपाईं पात्रकी श्रीमती सीताजीलाई उपन्यासमा कतै तपाईं, कतै सीताजी,कतै तिमी भनी सम्बोधन गरिएको छ । ‘किन उठ्ने यार ! ल सुन्नुहोस तपाईंकी अस्मिताको कथा’ भन्ने भनाइ र ‘त्यसोभए तिमीलाई र केटाकेटीलाई छुट्टै बेलुकाबेलुका सुनाउँछु’ भन्ने भनाइले सीताजी तपाईंकी श्रीमती हुन् भन्ने प्रमाण पेश गर्दछ । अस्मिता घरमा आएर तापाईंलाई कुरिरहँदा उनी आगोआगो भएकी छिन् । त्यसो हुनु स्वभाविक नै हो । आफूलाई केही नभन्ने तर सरलाईमात्र भन्छु भन्ने अस्मिता जस्ता रुपसी युवतीहरूलाई देखेपछि सीताजीहरू नतर्सिने कुरै भएन । उपन्यासमा नारीहरूलाई कमजोर, निरीह र कर्तव्यच्यूत बनाएकामा खेद व्यक्त गरिएको छ । यसरी एउटा पात्रले अर्का पात्रका बारेमा एउटै कृतिमा गरिएको टीकाटिपणी नेपाली उमन्यासमा नयाँ प्रयोग हो । सीताजीले नारीको पक्षपोषण निकै गरेकीछिन् । आफ्नो परिवार र श्रीमान्को पनि राम्रो सुश्रुषा गरेकी छन् । यसरी नारीमाथि भएका अन्याय र अत्याचारका विरुद्ध आवाज उठाउने सीतजी जिउँदो जाग्दो पात्रका रुपमा उपन्यासमा उपस्थिति जनाएकी छिन् ।
२.३.२३. घनेन्द्र बाबु
घनेन्द्रबाबुका सम्बन्धमा उपन्यासकारको टिप्पणी यस्तो छ ः
घनेन्द्रबाबू गाउँकै ठूलामान्छेमध्येमा पर्थे । उनको नाम जिल्लाभरि सुवासित थियो । आफू राजनीतिमा सक्रिय भएर बाहिर नदेखिए पनि भित्रभित्र भने गाउँको सबै राजनीति उनकै घरबाट सञ्चालित हुन्थ्यो । गाउँ पञ्चायतमा उम्मेद्वार कसलाई बनाउने, कसलाई बसाउने, पञ्च ¥याली कसरी आयोजना गर्ने, जिल्लातिरको सम्पर्क कसरी बिस्तार गर्ने सबै कुराको निर्णय उनकै बैठक कोठाबाट हुन्थ्यो । अझ ‘गाउँफर्क’ का बेला त सबै पञ्चहरूको मनोनयन नै उनकैअनुसार भएको थियो ।
घनेन्द्रले अस्मिताको पुख्र्यौली जग्गा पास नगरिदिएर त्यसै राखेको छ । अस्मिताकी दिदी मायालाई भँुडी बोकाएको छ, तर आफ्नो घरको कामदार बरमदेवलाई घुस ख्वाएर पोलाहा बनाई उसैसँग बिहे गरिदिएको छ । बरमदेव मायालाई छोडेर भागेपछि फेरी घनेन्द्रले नै यौनाचार गरेर दोजिया बनाएको छ । अनि अस्मिता र उसकी आमालाई आफ्नो नाता परेको भन्दै घरबास पास नगरिदिएर आफ्नै घरको नोकर बन्न बाध्य पारेको छ । उसका छोराछोरी श्रीमती छन्, तर पनि फेरि निर्धनताको फाइदा उठाएर कुमारीहरूको उमभोग गर्न उसले छाडेको छैन । अस्मितलाई पनि आमासँगै आफ्नो घरमा आएर बस भन्ने भनाइको आन्तरिक कारण पनि त्यही हुनसक्छ ।
यसरी समाजमा शक्तिमा रहेका व्यक्तिले आफ्नो शक्तिको दुरुपयोग गर्ने र राम्राराम्रा कुमारीहरूको उपभोग गर्ने सम्पूर्ण शोषक र सामान्तको प्रतिनिधित्व घनेद्रले गरेको छ । यसै सन्दर्भले घनेन्द्रलाई असत् पात्रका रुपमा स्थापित गर्दछ । उपन्यासमा घनेन्द्रको सानो भूमिका भए पनि सक्रिय र सशक्त भएर आएको छ । परम्परागत उपन्यासमाजस्तो समाजका ठालूहरूले तल्लोतहकालाई हेप्ने गरेको देखाइएको छ । त्यसैको फलस्वरुप(अस्मिताको परिवारलाई हेपेको) अस्मिताहरूलाई विद्रोही भएको बनाइनाले उपन्यासको केही भाग पुरानै ढर्राको बन्न पुगे पनि नवीताप्रतिको आस्था मरेको छैन । उपन्यासमा घनेन्द्रका भित्री र बाहिरी तहहरूको खोतलखातल गरिएको छ । बाहिर हेर्दा घनेन्द्र देवताजस्तो देखिए पनि आन्तरिक तहमा उसको चरित्र राक्षसी प्रवृत्तिको रहेको छ । तास खेल्ने, रक्सी खाने र मातेको बाहानामा महिलाहरूमाथि हातपात गर्ने स्वभावका कारण घनेन्द्रको अस्तित्व खण्डित भएको छ । भलादमीका अगाडि भलादमी नै देखिने घनेन्द्र आफ्ना कर्तुतहरू लुकाउन निकै सक्षम देखिएको छ । त्यसैले ‘सारै मनकारी, ईश्वरै हुन् घनेन्द्रबाबु’ (पृ.७५) भनेर छरछिमेकीहरूले पनि प्रशंसा गरेका छन् । धन रवाफका कारण उसको खुलेर विरोध गर्न सकेका छैनन् । पहिला दुःख दिने र पछि साथ दिएको नाटक पनि गर्ने घनेन्द्रको दोहोरो चरित्र रहेको छ । घनेन्द्रको वास्तविक चरित्रमाथि अस्मिताले मात्र औंला ठडाएकी छे । किनकि अस्मिताकी दिदी मायालाई यौनाचारको दलदलमा फसाउने काम घनेन्द्रले नै गरेको थियो । घनेन्द्र स्थिर र वर्गगत पात्र हो । उपन्यासमा यसलाई असत् वा खलनायकका रुपमा उपस्थित गराइएको छ ।
यस उपन्यासमा पात्र र पाठकलाई सँगै सहभागि बनाएर नयाँ प्रयोग गरिएको छ । पठकका प्रत्येक प्रतिक्रियाहरू पनि सामेल गराएर तिनलाई सँगसँगै उपन्यासमा प्रस्तुत गरिएको छ । जसले गर्दा उपन्यासको इतिहासमा नयाँ क्षीतिज उघ्रिएको छ । तेस्रो चरित्र चित्रणमा नयाँ प्रयोग गर्दै सम्पूर्ण पात्रहरू निम्न आर्थिक हैसियत भएका, पागल, मगन्ते, बेवारिसे अवस्थामा फालिएको जीवन बिताइरहेका पात्रहरू उपस्थित गराइएको छ । अलमलमा परेर किंकर्तव्यविमूढ भएका जेलिएका पात्रहरू यस उपन्यासमा चारित्रिक भूमिकामा सहभागि छन् । पात्रहरू सबैलाई नायकीयता प्रदान गरिएको छ, तर पनि कार्यव्यपारका आधारमा तपाईं र अस्मिता यस उपन्यासका मुख्य चरित्र हुन् । घनेन्द्रबाहेक उपन्यासका कुनै पनि पात्र सम्पन्न र सम्भ्रान्त वर्गका छैनन् । उपन्यासका सम्पूर्ण पात्रमा अनास्था, अविश्वास र जीवनको निरर्थकता स्पष्ट रुपमा झल्किएको छ । जीवनका सुकिला पाटाहरू कुनै पनि पात्रले देखाउन सकेका छैनन् । न त कुनै पात्रले उल्लेख्य राम्रो काम गर्न सकेको छ । बरु आफ्नै मानसिक तनाब र परिवारिक समस्याबाट जेलिएर दिमागी सन्तुलन गुमाउन पुगेका छन् । त्यसैले तपाईं उपन्यासका पात्रहरू राज्यले नचिनेका अनुहार अर्थात् तेस्रो दर्जाका छन् । उनीहरूका आस्था, अवनति, अविश्वास, निराशा र द्वन्द्वग्रस्त जीवनका पाटाहरू पल्टाउन तपाईं उपन्यास प्रयत्नशील रहेको छ । यिनै पागल, मगन्ते, बहुला, सडके, भरिया, वेश्या, विद्रोही आदिको चरित्र चित्रण गर्नु नै उपन्यासको चारित्रिक प्रयोग हो ।
२.४. संवाद र कथोपकथनमा प्रयोग
कथाको कथयिता हुनबाट लेखक स्वयं वितरित भएपछि पात्रहरू स्वयं एकअर्कामा संलाप गर्न थाल्दछन् । उनीहरूका संलापबाट वस्तु, परिवेश र परिस्थिति अनावृत हुँदै जान्छन् । तपाईं उपन्यासमा पात्रका अन्तर्बाह्य जटिलताहरू, कुण्ठा र वितृष्णाका, आकर्षण र उत्साहका प्रसङ्गहरू आएका छन् । ती प्रसङ्गहरूलाई जीवन्तता दिनका लागि लेखकले अथक प्रयास गरेका छन् ।
संवाद भन्दा वित्तिकै दुई वा सो भन्दा बढी व्यक्तिकाबीचमा हुने कुराकनि भन्ने अर्थबोध हुन्छ । तर उन्यासमा नाटकमा जस्तो संवाद नभएर कथानकमा अन्तर्घुलित संवादको प्रयोग गर्ने गरेको पाइन्छ । संवादको संयोजनमा तपाईं उपन्यासले नवीन पद्धति अँगालेको छ । न त नाटकमा जस्तो स्पष्ट नाटकीयता छ, न त उपन्यासमा जस्तो अन्तर्घुलित आख्यानात्मकता । छोटा योजक चिन्हको सहायता र वर्ण निर्देशित चिन्हका माध्यमबाट संवाद प्रस्तुत गरिएको छ । पात्रका संवाद, आत्मालाप र अन्तर्मुखी प्रवृत्तिका मूल्यहरू कथोपकथनका माध्यमबाट अभिव्यक्त भएको हुने हुनाले संवाद र कथोपकथनबीच निकटता देखिन्छ । उपन्यासमा पात्रको स्वभाविकताअनुकूलको कथोपकथन हुनुपर्ने हुन्छ । तपाईं उपन्यासका कतिपय (लम्फरे, सिन्दूरे बूढा, रत्ना) आदिका संवाद तर्कसङ्गत भएपनि अस्मिता र डब्लुका मुखबाट युद्धदर्शन र वास्तुदर्शनको भारी बोझ भएका छन् । डब्लुले देवताका सन्दर्भमा गरेको टिप्णी पनि डब्लुको चेतनाभन्दा उच्च कोटिको छ । त्यसैले उपन्यासको उद्देश्यअनुरुप संवाद र कथोपकथनमा सङ्गति देखिए पनि कतैकतै अलिकति नमिलेको देखिन्छ ।
२.५. भाषाशैलीमा प्रयोग
साहित्यलाई प्रस्तुत गर्ने मध्यमका रुपमा भाषाको प्रयोग गरिन्छ । भषालाई प्रयोग गर्ने तरिका शैली हो । यसमा नै लेखकको आफ्नो स्वत्व रहेको हुन्छ । लेखकको व्यक्तिगत जीवनले नै उसको शैलीमा प्रभाव पारेको हुन्छ । कवितात्मकता, आख्यानात्मकता, नाटकीयता र निबन्धात्मकताक आदिको भेद प्रस्तुत गर्नेकाम पनि भाषाका माध्यमबाट हुन्छ । भाषामा नै अलङ्गकार, व्यञ्जनाशक्ति र वैचारिक सामथ्र्य लुकेर रहेको हुन्छ । तपाईं उपन्यासमा उपन्यासकारले चलनचल्तिकै भाषाको प्रयोग गरेपनि कतिपय ठाउँमा भने नवीनता पनि अँगालेका छन् । पाठकलाई विश्वास दिलाउनका लागि कतिपय हिन्दी, अंग्रेजी,संस्कृत र मैथिली खिचडी भाषाको प्रयोग गरिएको छ । जसको उदाहरण यसरी पेश गर्न सकिन्छः
स्त्रीयाः चरित्रम् पुरुषस्य भाग्यम्
दैवो नजानाति कुतो मनुष्य । पृ.६६
हम बहुत वर्ष से हियाँ छु । घर तो मुजफ्फरपुरमे पर्छ, लेकिन हामरो बाप, दादा सब हेयीँ बिति गयो । बहुत दिन से गोपाल मालिक कियाँ भैंस चरायो । अब तो हमारो मे ताकत ओकत कुछ नही छ । बहुत दुःख भयो हजुर, बहुत दुःख भयो ।पृ १४
हम कोही भिखारी ओखारी होइन । गरिब छु लेकिन भिखारी होइन हामरो बापदादा ने कभि किसिका कुछ नही खाया । हम भी मेहनत के कमाइ खानेवाला मे से छु । बिमाररहेँ, तबियत खराबर यो, दयासे दो चार रुपियाँ दिनोस् त ले लिन्छु, यो एक रुपियाँ से क्या होगा हजुर !पृ.१५
रे भगी तु भाग यहाँ से जल्दी । भगी तु एक काम कर । जा नहा । देख तो देहमेँ कितना गन्दा भर गैल बा ।
ओ ! जोगिन्दर, देख् भगी आगइल सादी कर बो ।
तु ही कर न रे नटुवा ! काहेको हमारा के खिसियाब ता नी । पृ.५२
अरे छोडो यार ! अब बुढ्ढा भी मर जाएगा । पृ.३८
...पुलिस वाले ! वे क्या जनते है ? उनको क्या मालुम ? इस चिलिम पर कैसी ताकत है । अरे भाइ विश्वामित्र, वशिष्ट सभी तो पीते थे ।...
हाँ अब ले लो । बहुत बढिया बना है आजका माल । पृ. ४३
अङ्ग्रेजी शब्दहरू
सेन्टअप, क्याम्पस, ब्याक पेपर, एस्.एल्.सी.,ट्याक्सी, क्यासिनो (पृ.८) गेट, पियन, पपुलर, सर,(पृ.१६) पम्प्लेट, ग्राजुएट, ग्रामर, हाइस्कूल, वि.ए., रुटिन, हेडमास्टर, क्लास,टिचर,आउटसाइडर,(पृ.१८)ग्यापिङ्ग (पृ२१),हाइट,(पृ.२२) प्याराग्राफ,क्यासबेल, नोटिस(पृ.२५) टिफिन (पृ.२६) फिनिसिङ् (पृ.२९) वाह, पोलिटिक्स,करप्सन, स्कूल डे«स, चुरिया, टायर(पृ.३२)मोमका गुडिायाहरू, फर्माको आकारहरू(पृ.३३) क्यारेमबोर्ड, प्यासेन्जर(पृ.३४) रिजर्ब, सेनट, चेक, फ्रक, लिपिस्टिक, इम्प्रेशन, फेल,(पृ.५२) च्यालेन्ज, डिस्टर्ब(पृ.५६) थिम(पृ.५०) इन्टरप्राइजेज(पृ.५८) बाथरुम, ल्यापटप, कमेड (पृ.५९) मिटिङ, फ्रन्टसिट, (पृ.६३) स्टार्ट, वाल ,डोनेशन, कम्पाउण्ड(पृ.१३४) सेल्टर (पृ.१५१)
तत्सम शब्द
अल्पभाव्यता, पतिव्रता, तटस्थता ,पारङ्गपात ,पतिवियोग, कर्कश, मोहभङ्ग, असमर्थ, नेतृत्व, शिताङ्ग, क्लान्त, मुखारविन्द, निस्प्रहता, लक्ष्यभेदन, अप्रत्यासित, कर्तव्य, ऋण, अन्तशुल्क, स्तन, मृतसञ्जीवनी, वृद्ध, दिव्य, संस्मरण आदि ।
द्वित्व शब्दहरू
भन्दा भन्दा, मा¥यो मा¥यो, मानी मानी, मान्यो मान्यो, टाढैटाढा, हतारहतार, आगोआगो , भित्रभित्रै, सिकुटे सिकुटे, पहिला पहिला, मनमनमा, आलोपालो, सस्तोमस्तो, झनझन, एकाएक, किसिमकिसिम, गलल्ल,
अनुकरणात्मक शब्दहरू
लुसुक्क, प्याक्क, ठक्कै, गलल्ल, मुसुकमुसुक, ङिच्च, लुटुपुटु, मुसुमुसु, झ्वाट्टै, झ्याप्प, झल्यास्स,
उखान
के खोज्छस् काना आँखो । कानमा तेल हालेर वस्नु । देवता त साह्रै लाचार र कमजोर पो हँुदो रहेछ । टल्कने सबै वस्तु चाँदी नहुँदो रहेछ ।
उपन्यासमा परम्परागत भाषले आफ्ने भाव व्यक्त गर्न नसकेको कारण स्वरुप नयाँ भाषाको पनि आविष्कार गरिएको छ । जसलाई भाषिक लीलाका रुपमा व्याख्या गर्न सकिन्छ । जसको नमुना यस्तो छः
साँच्ची हावा पनि हाल है दाजु । पृ.६
भुइफुङ्गे(भुइफुट्टा) नेताहरू, पृ.७
...यसरी छिङ्गै(छिट्टै) दयावान् हुनेहरू जहिले पनि संकटमा पर्छन् । पृ.१५
...शिवालय परिसरको पुरानो धर्मशालाको पेटीमा ढुङ्गाका चमका गाडेर अलिकति...
उही यसो बाबाचाहीँसँग डराइ हेर्छ । मसँग त भो सँगसँगै बाछ(बझ्छ) भन्या त ।पृ.२२
कस्ता ‘झुम्राका पुतली’ नयाँ (प्रतीकात्मक पदावली) जस्ता छन् आजका विद्यार्थीहरू ? पृ.२२
दालभात डुकु, दालभात डुकु
आँ आँ प्रभू—आँ आँ प्रभू । पृ.२२
विद्यालय छुङ्गी(छुट्टी) भएपछि विद्यार्थीको भेलसँगै बजार पस्दै हुनुहुन्छ । पृ.२६
...बाँसका खुङ्गी(खुट्टी)हरू गाडेर, चित्रा, प्लाष्टिक र बोराका चट्टीहरूबाट घामपानी छेल्ने छहारी बनाइएका छन् ।... प्राय अरुसँग बाट्टदा(बाझ्दा) प्रयोग प्रयोग गर्न ऊसँग जे जति गाली थिए ती सबै आफ्ना छोरालाई भन्दै थिई...। पृ.२७
...फेरि चियाको फिनिसिङ् दिन बाजेको दोकानभित्र जम्मा भएका छन् । पृ.२९
वाङ्ग(झ्वाट्ट) तपाईंलाई हाँडिमुखेको सम्झना आयो । ...खुङ्गामा(खुट्टा) जुत्ता चप्पल केही थिएन...। ...‘तुमको हम पैसा नही देगा, के गरेगा, पो भन्दोरै’छ... । ‘हन ए सर हो ! तिमेरु किन चुप लाग्छौ ?...। पृ.३१
...देश भित्रभित्रै जलेको पेट्रोमेक्सको जली भइसकेको छ... । लाखे—लाखे ! नयाँ प्रसङ्ग सुरु हुन लागेको हो ? पृ.३२
तपाईं ऊ झ् झ् झ् अगाडिको इन्जिनमाथि गएर बस्नोस् । पृ.३४
‘गुजुजु’ उमाल्योर(उमाल्यो र) पेट पूजा ग¥यो... । ...बिस्तारै शिवालयमा युवाहरू फाङ्गफुङ्ग (फाट्टफुट्ट) देखिन थाले ...पृ.४२ ।
...अब त खाली ‘होत्ते पानी’का माछाहरू मात्र सडकमा छताछुल्ल छन्–बाहादुरका वंशहरू...। पृ.५१
...डम्बरनारायण किचकन्नीको प्रकोपमा प¥यो । अब्बुइ झ् झ् झ्....। कसरी ?पृ.५३
...शङ्का सुन्निएर आयो ...।
...त्यो खाम र उसको हात दुवैलाई तपाईंले एउटा ठूलो अजिङ्गरको मुखजस्तो देख्नु भयो जसमा आफ्नो चरित्र, इमान र इज्जत खुरुखुरु पस्न मन गरिरहेको थियो... । पृ.७९
...भाषै फेरियो । शब्दहरू नै कति लोप भए ।पृ.८५
कथा अघि बढ्छ कि म उठौं ? सीताजीलाई उठाउने मन थिएन मलाई । मैले भनें–
‘किन उठ्ने यार ! अब सुन्नुहोस् तपाईंकी अस्मिताको कथा ।’ पृ.९७
...तिमी पहिला त्यसलाई पढ् अनि बुछ्यौ(बुझ्छ्यौ) सबै कुरा ।पृ.९९
...के हरायो के जस्तो भइर यो(भइ रह्यो) । ...त्यो आउँछे भन्ने लागिर यो(लागि रह्यो) । ... यो परिस्थितिप्रति रो’ला(रोला) । पृ. १०२
...भोकले अस य(असह्य) भएपछि डेराकै छेउकै एउटा पसलबाट बाँकी सामान ल्याएर पकाउन थालेँ ।पृ.१०४
...ती रण्डाहरू सडकमा खुब आदर्स(आदर्श) छाँट्दै हिँड्छन्, तर ती कयौं आइमाईले सुताएका लाचार दास पुरुषहरू हुन् ।... आफ्नै श्रीमतीका नजरबाट समेत गिरेका तिनीहरू सडकमा जिउँदो लास झैं बगिरहन्छन् । पृ.११२
यो एक हप्तामा आफूलाई ‘केही पनि हुइनँ’(होइन), (पूर्वेली भाषिकाको नमुना) को धरातलमा भेटेँ । पृ.१६८
‘कुइक्क’ भोग लाग्यो पेटमा । ...तिनको अनुहार समुद्रजस्तो शान्त थियो । पृ.१६९
उनको कुरा सुनेर म खङ्गङ(खङ्ग्रङ्ग) भएँ । रिंगटा लागेजस्तो कस्तो कस्तो भयो । एउटा ठूलो ढुङ्गा मुटुमागि आएर बजारियो । पृ.१७१
यस्तो सारो परेको कुरा पनि हजूरले आजसम्म लुकाएर राखेको(राख्नुभएको) थियो ? पृ.१७३ । यसरी परम्परागत भाषाले उपन्यासको वास्तविकता बाल्न नसेको अनुभव गर्दै उपन्यासकार कृष्ण धराबासीले नयाँ शब्द र नयाँ व्याकरणको प्रयोग गरेका छन् । पाठकलाई विश्वास दिलाउन र मौलिकता प्रदान गर्न हिन्दी, अङ्ग्रजी, मैथिली र संस्कृत खिचडि भाषाको प्रयोग गरिएको छ । भाषाले लेखकका सम्पूर्ण भाव व्यक्त गर्न नसकेको ठान्दै उपन्यासमा खाली ठाउँ पनि छोडिएको छ । भाषा फेरिएको शब्द लोप भएको भन्दै नयाँ भाषा र शब्दको निर्माण गरिएको छ । जसले गर्दा भाषालाई लीलामय बनाएको छ । त्यसैले उपन्यासको भाषा जटिल बन्न पुगेको छ ।
२.६.दृष्टिबिन्दुमा प्रयोग
उपन्यासकारले कुन धरातलका आधारमा टेकेर साहित्य सिर्जना गर्छ त्यही नै दृष्टिबिन्दु हुन्छ । दृष्टिबिन्दु प्रथम र तृतीय पुरुषमा हुन्छ भन्नेकुरा यथातथ्य नै छ । दृष्टिबिन्दु आख्यान संरचना पद्धतिको मूल आधार हो । वर्तमान समयमा द्वितीय पुरुष दृष्टिबिन्दुमा पनि उपन्यास लेख्न थालिएको छ । द्वितीय पुरुष दृष्टिबिन्दुमा लेख्ने प्रयास गरिएको पहिलो उपन्यास हो तपाईं । जसको दृष्टिबिन्दुको पुष्टिका लागि यहाँ प्रमाण पेश गरिन्छ ः
....यो जुन तपाईं सम्बोधित व्यक्ति छ यो तपाईं उसैको भित्री व्यक्तित्वको छाया मात्र । भित्रको उसैले बाहिरको उसैलाई कथाभरि नै तपाईं भनी सम्बोधन गरिरहन्छ... ।
...म हुँ म छु भन्ने भित्री चेतना अर्कै छ... । ...अर्थात् ंभित्रको उसले बाहिरको शरीरलाई आफूभन्दा पृथक् ठान्दै ‘तपाईं’ व्यङ्ग्यात्मक सम्बोधन गर्दै शरीरको कर्मलाई हेर्दै भनिरहेको छ भित्रकोले । पृ.१२
अस्मिताले ‘आदरणीय तपाईं नमस्कार !’ भनी गरेको सम्बोधनले र ‘तपाईं आफू जङ्गलबाट मुक्त भएर फर्किएर आएपछि कुनै कुरा पनि कसैलाई भन्नु भएको थिएन’ भन्ने भनाइले कथामा तपाईं पात्र कोही छुट्टै छ भन्ने भान हुन्छ । तर उपन्यासबाट त्यो कुरा प्रमाणित हुँदैन । किनभने ‘त्यो दिन आजजस्तै स्कूलबाट लखतरान परेर आएको थिएँ, तपाईलाई श्रीमतीका अरु कुराको जवाफ दिने मन थिएन, राधा उपन्यास लेखिसकेपछि म फुक्काजस्तो भएको थिएँ’ भन्ने उपन्यासको आरम्भिक भनाई र ‘डायरीको अन्तिम पानासँगै मैले उपन्यासको वाचन पनि सकेँ, म दोधारमा थिएँ’ भन्ने अन्तिम पृष्टको भनाइले ‘तपाईं’ पात्र ‘म’ नै हो भन्नेकुरा पुष्टि गर्दछ । कृष्ण धराबासीको नायकको खोजी भूमिकामा पनि आफू नै उपन्यासको नायक भएको अप्रत्यक्ष रुपबाट यसरी स्वीकार गरेका छन्ः
अस्ति अस्ति देखिने नायकहरू अब अदृश्य भएका छन् । तिनीहरू त्यहाँ छैनन्, त्यसकारण तिनीहरू त्यहाँ हारे, पराजित भए भन्ने ठानिए पनि यथार्थमा तिनीहरू कतै अदृश्यमा बसी फेरि पनि अरु कसैलाई नायकको भ्रंम उत्पन्न गराउँदै तर प्रकारान्तरले आफूलाई नयक स्वीकार्न बाध्य गराइरहेका छन् ।... (भूमिका–छ)
यस भूमिकाको कथनले तपाईं उपन्यासको नायक अरु कोही नभएर लेखक स्वयं नै हो भन्ने पुष्टि गर्दछ । कृष्ण धराबासी नै अप्रत्यक्ष रुपबाट ‘म’को रुपमा उपन्यासमा उपस्थित भएको छ । किनभने ऊनी पहिले प्रधानाध्यापक थिए । पछि मात्र कृषिविकास बैंकको जागिरे भएका हुन् । सीताजी उनकी साँच्चिकै श्रीमती हुन् भने दुर्गाविनय र प्रतिमा उनका छोराछोरी हुन् । त्यसैले धराबासीको आन्तरिक ‘म’ले बाहिरी ‘म’लाई सम्बोधन गरेको छ । अतः यस उपन्यासको दृष्टिबिन्दु प्रथम पुरुष नै हो ।
यसरी हेर्दा उपन्यासमा नवीन प्रयोग भनेर जति नै झ्याली पिटे पनि लीलालेखनको भ्रममा परेर तपाईं जस्तो देखे पनि उपन्यासमा प्रथम पुरुषीय दृष्टिबिन्दुको प्रयोग राम्रै तरिकाले गरिएको छ । तर त्यति भन्दैमा मिश्रित दृष्टिबिन्दुको पद्धतिलाई पनि छुटाइहाल्न मिल्दैन । जसरी उपन्यासमा तपाईं पात्र कठपुतली भएको छ त्यसरी नै उपन्यासकारले पनि पाठकलाई दृष्टिबिन्दुको भ्रममा पारेर कठपुतली बनाउन खोजेको छ । यति भएर पनि उपन्यासकारले उपन्यासमा नवीनता प्रदान गर्नका लागि हरेक मूल्य चुकाएको छ ।त्यसैले तपाईँ उपन्यासमा दृष्टिबिन्दु प्रथम र द्वितीय पुरुष मिश्रित रहेको छ । दृष्टिबिन्दुगत वैचिœय नै उपन्यासको नवीन प्रयोग र प्रप्ति हो ।
२.७.शीर्षक चयनमा प्रयोग
उपन्यासको शीर्षक पात्रको नाम, विचार वाक्य वा उद्देश्यसँग सम्बन्धित हुन्छ । शीर्षकबाट नै उपन्यास कस्तो छ होला भनेर अन्दाज लगाउन सकिन्छ । शीर्षकले सम्पूर्ण कृतिको भार बोकेको हुनुपर्छ । तपाईं उपन्यासको शीर्षक द्वितीय पुरुष सर्वनाम बुझाउने उच्च आदरयुक्त शब्द रहेको छ । म प्रथम पुरुष र उहाँ तृतीय पुरुष नभएर द्वितीय पुरुष तपाईँ भन्ने एकवचनबोधक शब्द हो । यस कृतिको शीर्षक हेर्नेबित्तिकै अहो तपाईं भन्ने कस्तो नयाँ शीर्षक भन्ने कुतुहलता पाठकको मनमा उत्पन्न गर्दछ । कृति बिस्तारै पढ्दै जाँदा उपन्यासको पात्र पो रहेछ भन्ने कुरा पाठकले बोध गर्दछ ।
अझ अगाडि बढ्न सक्यो भने तपाईँ भनेको त म पो रहेछ भनी उपन्यासको वास्तविक पात्रको पहिचान गर्न पुग्दछ । तर भूमिकाको कथन र कृतिको कुरालाई राम्ररी ठम्याउने प्रयास ग¥यो भने तपाईँ भनेको त लेखक स्वयं कृष्ण धराबासी पो रहेछ भनी आश्चर्यको भूमरीमा पर्छ । यस भनाइको पुष्टि यही वाक्यले गर्दछः यथार्थमा तिनीहरू कतै अदृश्यमा बसी फेरि पनि अरु कसैलाई नायकको भ्रंम उत्पन्न गराउँदै तर प्रकारान्तरले आफूलाई नायक स्वीकार्न बाध्य गराइरहेका छन् ।...
(भूमिका) यस्ता सत्यलाई असत्य र असत्यलाई सत्य बनाउन सक्ने क्षमता लीलालेखनमा रहेको हुन्छ । त्यसैले तपाईँ उपन्यासको शीर्षकमा पनि लीलावादी चिन्तनको प्रभाव रहेको छ ।
वस्तविक रुपमा तपाईँ उपन्यासमा तपाईं पत्रको सहभागिता उपन्यासभरि नै रहेको र उपन्यासको बीचबीचमा तपाईं भनी सम्बोधन गरिएको हुनाले शीर्षक सार्थक छ । तपाईंबाहेक विकल्पका रुपमा अरु पनि शीर्षक हुन सक्थे तर बढी प्रभावकारी र प्रयोगात्मक प्रवृŒिाको छान्दा नवीनता नै अँगाल्ने प्रयास गरिएको छ । त्यसैले तपाईँ उपन्यासको शीर्षक प्रयोगात्मक र नवीन त रहेको छ नै लीलावादी लेखनका दृष्टिले सार्थक पनि रहेको छ । यसको थप पुिष्टका लागि तपाईं पात्रको चरित्र चित्रण हेर्न सकिन्छ ।

२.८. वैचारिक प्रयोग
उपन्यासको सिर्जन यात्राका क्रममा कुनै न कुनै उद्देश्य रहेको हुन्छ । त्यही उद्देश्यको परिपूर्तिका लागि विचारको श्रृङ्खला प्रवाहित भएको हुन्छ । यस्तो विचार उपन्यासमा प्रवाहित भइसकेपछि त्यही नै उपन्यासको. प्राप्ति बन्दछ । त्यस प्राप्तिका निमित्त गरिएको विचारलाई कतै दृष्टिविन्दु, कतै अन्तर्वस्तु र कतै कथ्य भन्ने गरिन्छ । वास्तवमा जे भने पनि जीवनका व्यापक अनुभूति नै उपन्यासमा विचार भएर अभिव्यक्त हुन्छन् । तपाईं उपन्यासमा नायक भूमिकाका आधारमा जो सुकै पनि हुन सक्छ भन्ने पहिलो विचार हो । जसको पुष्टि यस बाक्यले गर्दछ । ...‘नायक बन्न कथाभरी नै त्यसले दुःख पाइरहनु पर्दैन । एउटै नायकले वर्षांै वर्षसम्म कथालाई घिसार्नु पर्ने र ठेल्दै लानुपर्ने दुःख पनि अबको साहित्यमा सम्भव छैन ।’ (भूमिकाः ङ) यस कथनले उपन्यासमा बहुनायकत्वको उपस्थितिलाई स्वीकार गरेको छ । पुराना परिपाटीका नायकहरूले अबको उपन्यासमा नायकीय भूमिका निर्वाह गर्न नसक्ने वैचारिक प्रयोग यस उपन्यासमा गरिएको छ । जीवन नै वास्तविक रुपमा परिवर्तन भएको छ । प्रत्येक व्यक्ति,समुदाय, विचार, र सोच आफै स्वतन्त्रताको माग गरिरहेको अवस्थामा लेखक, त्यसको कृति र कृतिमा उल्लेख भएका पात्रहरूले पनि परम्पराबाट विद्रोह गरी आफ्नै कृतिका पात्रहरूसँग न्याय मागिरहेका छन् । एउटा कुनै पार्टी, धर्म, समूह, जाति, वर्ग, पेशा, व्यवशाय, भाषा, परिवार आदिले समाजलाई एक्लै नेतृत्व गर्न नसक्ने भएको हुनाले विश्वमा नै बिहुलवादी सिद्धान्त अँगालिएको छ । त्यही सोचको मारमा परेर उपन्यासकार कृष्ण धराबासीले उपन्यास नै बहुलतोन्मुख बनाएका छन् । राजनीतिमा समानुपातिक प्रतिनिधित्व खोजे झैं कृतिका पात्रहरूले पनि आफ्नो अस्तित्व समानुपातिक ढङ्गबाट खोजिरहेका छन् । पाठले नायकलाई भूमिगत राखेर पनि पाठक समु पु¥याउन सक्छ । र अन्तमा दृष्यबाट हरएका सबै पात्रहरू स्वनायकत्वको घाषणा गर्दै सबैलाई कठपुतलीजस्तै बनाइरहेका छन् । झन् झन् आफ्नो परिचय गुमाइरहेका छन् भन्ने तपाईँ उपन्यासको दृटिकोण रहेको छ ।
लेखकले उपन्यासको पुरानो परिपाटीले मात्र आजको जटिलता व्यक्त गर्न नसक्ने भएको हुनाले नयाँ प्रयोगमा विभिन्न विधाहरूको मिश्रण गरी उपन्यास नै बहुलविधाको खिचडी बनाएका छन् गाउँका मानिसहरू आफैभित्रको अन्योल र अविश्वासमा बाँचिरहेका छन् । परम्परागत आस्था र मान्यताका प्रभावबाट ग्रमीण समाज अवनतितिर लागिरहेको छ । समाजका नायकहरूले ती मान्यताको चिरफार गरी सुसज्जित समाज बानाउनु पर्छ । उनीहरूको पीडामा हातमा हात मिलाउन सक्नु पर्छ । वास्तविकरुपमा हामीले बुझेको र देखेको संसारभन्दा भित्री संसार अर्कै हुँदो रहेछ । जसको कारणस्वरुप मानिस भ्रममा पर्दो रहेछ । अनि कठपुतलीजस्तै यान्त्रिक बन्दो रहेछ । भोलि पल्ट यथार्थ थाहा पउँदा त यस्तो पो रहेछ वास्तविकता त भनी आफै दङ्ग पर्दछ । त्यसैले हामी सबै कठपुतली हौं कसैबाट सञ्चालित हाम्रो स्वतन्त्र स्वत्व छैन किनकि हामी कसैबाट सञ्चालित भइरहेका छौं । भन्ने लीलावादी दर्शनको प्रतिपादन र प्रयोग तपाईँ उपन्यासको वास्तविक वैचारिक धरातल रहेको छ ।
‘दृष्य हेर, खुब आनन्द लेऊ र हिँड । दुनियाँको दुःख स्याहार्ने काम तिम्रो होइन ।’ भन्ने भनाइले तपाईं पात्रका माध्यमबाट तपाईँ उपन्यासले सम्पूर्ण दृष्य हर्ने काम मात्र गरेको छ । कुनै पनि पात्रको समस्या समाधानतर्फ ध्यान दिइएको छैन । त्यसैले तपाईँ उपन्यासको मूल उद्देश्य पात्रहरूको समस्या समाधान गर्ने नभएर तिनका समस्याहरू सर्सति हेर्नेमात्र हो भन्ने पुष्टि हुन्छ ।
पाठका हरेक पात्रहरू नायकीय भूमिकामा नै आएका हुन्छन् । तिनीहरूको उपस्थित कृतिमा जति भए पनि उपन्यासको आफ्नो सन्दर्भमा नायकीय भूमिकामा नै आएका हुन्छन् । त्यस्तो नयकीयता प्राप्तगरेका समाजका तेस्रो दर्जाका पात्रहरू पनि उपन्यासका नायक हुनसक्छन् भन्ने उपन्यासको मान्यता रहेको छ । तिनै पात्रहरूप्रति सहानुभूति प्रदर्शन गरी अव्यवस्थित र नमिलेको समाजको चित्रण गर्नु तपाईँ उपन्यासको उद्देश्य रहेको छ ।
नारी समस्या प्रतिपादन गरी तिनीहरूप्रति श्रद्धाभाव रख्दै नारीसत्तालाई प्रमुखरुपमा स्थान दिनु तपाईँ उपन्यासको विचारको मूल आधार हो । पुरुष र तिनको सत्ताको विरोध गर्दै पुरुषलाई लाचार यौन पिपासु, रण्डा र अवसरवादीका रुपमा चित्रण गरेर नारीवादी चिन्तन स्थापित गर्नु उपन्यासको वैचारिक मूल सूत्र हो । यस भनाइको पुष्टि उपन्यासमा यसरी गरिएको छः पुरुषहरू आफ्नी पतिव्रता पत्नीबाट चित्त नबुझाइ बाहिर कति खेलेर हिंड्छन् । हामीलाई थाहा भएकै छ । ... उसको र मेरो बीचको फरक भनेको पुरुषहरूको संख्या मात्र हो । आखिर पत्नि हुनेले पनि आफ्नो लोग्ने हुनेको सम्पत्ति अघि आफ्नो सम्पूर्ण शरीरमात्र त बुझाएकी हो ।..पृ.१०९
उत्तरआधुनिक जमानामा एउटै श्रीमान्का अनेक श्रीमती र एक श्रीमतीका अनेक श्रीमान्हरू हुन सक्छन् । श्रीमान् र श्रीमतीले ‘घरवाली–बाहरवाली’ र ‘घरवाले– बाहरवाले’ बनाउन पाउने सुविधा वर्तमान समयले दिएको छ । त्यसैले श्रीमान् र श्रीमतीहरू आफ्ना श्रीमान् र श्रीमतीबाट चित्त नबुझाई बाहिरफेर स्वतन्त्र रुपमा यौनाचार र प्रेमालाप गरी हिँड्छन् । वर्तमानमा नारीले पनि सधैं पुरुषकी एकल पत्नी हुन मानेकी छैन । त्यसैले आजकल भोज समारोह (पाटी) आदिमा श्रीमान् श्रीमती साट्ने चलन पनि चलिरहेको छ । यहाँ नारीहरूद्वारा पुरुषहरूका सत्ताको विरोध गरिएको छ । भने महिलाहरूको स्वतन्त्रताको पक्षमा वकालत गरिएको छ । तर त्यस्तो विचारले समाजमा अनेक विकृति आउने र भयावह प्राणघातक रोगको महामारी फैलिनेतर्फ ध्यान दिइएको छैन । अनि स्वतन्त्रताका नाममा देहव्यापार र यौन बजारलाई प्रश्रय दिइएको छ । जसले गर्दा व्यक्तिहरूमा सामाजिक मर्यादा र नैतिकता नरहने र समाज नै अव्यवस्थातिर धकेलिने समस्याप्रति लेखक सजग हुन सकेको छैन । पुरुषलाई केबल महिलाको पाकेको फलमात्र खाने क्रेताकारुपमा चित्रण गर्नुले पुरुषहरूप्रति घोर नकारात्मकता फैलिन गएको छ । सबै पुरुष व्यभिचार र दुराचारी मात्र नभएर सभ्य र सुसंस्कृत पनि हुने भएकाले नारी स्वतन्त्रताका नाममा पुरुषलाई घोर लाञ्छना लगाउने काम गरिएको छ । बाबु, काका, मामा आदि पहिले पुरुष भएर पछाडि मात्र नाता हुने विश्लेषणले सम्पूर्ण सभ्य नाता व्यवस्था नै दुराचारी पुरुषको गन्धे झारमा मिसिन पुगेका छन् । यसले शिष्ट पुरुष समुदायको मन कटक्क खाएर आउँछ नै । हुन त पुरुषहरू पनि मौकामा चौका हान्ने अनि अवसर पाएको खण्डमा चेलीबेटी नै बेचिदिने काममा संलग्न नभएका होइनन् तर पनि सबै पुरुष समुदायलाई एउटै काँटामा दाँज्नु किमार्थ ठीक होइन । पुरुषहरू पनि कम कहाँ छन् र राम्रा राम्रा जिउडाल भएका सुकन्याको खोजीमा हिंड्दै तिनीहरूको थुक चट्छन् अनि भए नभएका आश्वासन दिएर आफ्नो स्वार्थ पूरा गर्छन् । धरै महिलाहरूसँग समागम गर्छन् । पछि उल्टै महिलालाईमात्र व्यभिचारिणी बनाएर फर्किन्छन् । त्यसो भए त्यसको हिस्सा के चिजले चुकाउँछन् त ? सजिलो छ पैसाले । त्यसो भए पैसा भयो भने संसारमा सबैथोक किन्न पाइन्छ त ? कदापि पाइन्न बाबु आमा र अपूर्व आनन्द किनेर किन्न पाइन्न । पुरुषहरूमा पैसाले सबैथोक किन्न पाइन्छ भन्ने सङ्कुचित सोच रहेको पाइन्छ । त्यो खण्डित सोचको राम्रैसंग उत्खनन यस उपन्यासमा गरिएको छ । उपन्यासकारकै भाषामा यसरी देखाउन सकिन्छः उनीहरूलाई हमीहरूलाई भँन्दा बढ्ता भार छ त्यो हो पैसा तिर्नुपर्ने ।पृ.१११ ।
...आफ्नो पुरुष मुक्तताको दुरुपयोग गर्दै होटल हाटलमा जुनसुकै अइमाइको थुक चाट्ने ती घिनलाग्दा पशुहरूलाई उसले गरेको सम्बोधन ठीक लाग्यो । ... आफ्नो रण्डोपनलाई पहिला गलत साबित गर्नु प¥यो नि ।...पृ.११३ ।
यस भनाइबाट पुरुषहरूको शताब्दीयौंदेखि चलिआएको बर्चस्व धराशायी भएको छ । वास्तविक रुपमा पुरुषहरूले पनि अव रियलाइज(पुनर्मूल्याङ्कन) गर्ने बेला आएको छ । पुरुषहरू पनि रण्डामा अङ्कित हुने जमाना आएको छ । अतः वर्तमान पुरुषको अस्तित्व रक्षाका लागि महिलाको उचित सम्मान र सत्कार गर्न जन्नेै पर्छ । नभए पुरुषलाई पनि समयले रण्डाको बिल्ला भिराइसकेको छ । अफ्नो बिल्ला असत्य साबित गर्नका लागि अस्मिताहरूको मुक्तिको विकल्प खोजिनु पर्छ । जबसम् अस्मिताहरूको मुक्ति सम्भव छैन तबसम्म हजारौं वर्षदेखि अग्निपरीक्षा दिइरहेका अस्मिताहरूले युगौंयुगसम्म एकएकवटा बिल्ला भिरिरहनु पर्नेछ । उपन्यासमा यसरी भनिएको छ ः
... हजारौं वर्ष पहिलेका युगमा पनि ऊ विभिन्न परिस्थितिमा अस्मिता थिई । उसले कहिले अग्नि परीक्षा दिएकी छे, ...विषकन्या चएर सधैं उसले आफ्नो सपनाको खरानी उडाएकी छे । पृ.११४।
यस कथनले महिलामाथिको उत्पीडन समाजमा युगौंयुगदेखि रहिआएको कुरा प्रस्ट पारेको छ । महिलामाथि हुँदै आएका उत्पीडनहरू अब समाप्त हुनु पर्छ । नारी अब क्रयविक्रको साधन वनाएर होइन सिँउदोको सिन्दूर, हातको चुरा, ओठको मुस्कान, र उर्वर गर्वले मात्र धर्ती शोभायमान हुन्छे । महिला मुक्तिका लागि पुरुषको दरो हातको अवश्यकता पर्दछ । कमजोर र मिथ्याभ्रमको जञ्जाललाई चिर्न सक्ने पुरुषको आवश्यकता अवको समयको माग रहेको छ । अवको समय महिला मुक्ति र स्वतन्त्रताको समय हो । अस्मिताले युगौंदेखि सित, द्रौपदी, खप्सरा, विषकन्या र सती भएर आफ्ना अस्मिताहरू गुमाइरहेकी छे । तर आफ्ना स्वतन्त्रता र न्यायका पाटाहरू आफ्ना सपनाका पानाहरू खरानी उडाएकी छे । त्यसले नारीले अब विद्रोहको राँको सल्काउने बेला आएको छ । जसले नारीलाई स्वतन्त्रता दिएर मुक्तिको मार्ग प्रशस्त गर्न सकोस् । नारीको स्वतन्त्रताबिना समाजमा सुव्यवस्था सम्भव छैन, भन्ने यस उपन्यासको आशय रहेको छ ।
त्यसैले अस्मिताको मुक्तिका लागि अव विद्रोहबाहेक अर्को बिकल्प केही हुन सक्दैन । अस्मिता विद्रोहको अनिश्चित गन्तव्यामा यात्ररत रहँदा यस्ता किसिमका वैचारिक वाक्यहरू बोलेकी छे ः
...आफ्नै शरीरलाई अर्काको ओछ्यान बनाएर कमाएको भौतिक समृद्धिको कुनै अर्थ थिएन । पृ.१३० । ... युद्धमा मर्ने सिपाही एउटा व्यक्ति होइन एउटा वस्तु मर्दछ–युद्धको सानो पुर्जा खुस्किन्छ मान्छे ...। जीवनको अर्थ समग्रमा छ । ...जीते राज्यको भोग गर्छौ, मरे स्वर्गलाभ हुन्छ । अन्यायका विरुद्ध उठ अर्जुन, उठाऊ तिम्रो गाण्डिव भनेर अर्जुनलाई कृष्णले भरेको चेतना उनीहरूमा आज जागृत भइरहे जस्तो लाग्यो । पृ.१६९ ।...मेरो एक्लो मुक्ति असम्भव छ । म मुक्तिको युद्धमा निस्किएकी एक बन्धी हुँ– स्वयं बन्धी । पृ १७० ।
वर्तमान अस्मिताहरूलाई यावत् विकृतिहरू र विसङ्गतिहरू विरुद्ध मुक्ति चाहिएको छ । त्यसैले ऊ विद्रोही भएकी छे, तर विद्रोहको फन्दामा पर्दा झन् उसले आफूलाई बन्धनमा परेको अनुभव गरेकी छे । वास्तवमा शरीरलाई विनिमयको साधन बनाएर कमाएको भौतिक उन्नतिको केही हुँदैन । जसमा निर्जीव लास जस्तै यान्त्रिकता रहेको हुन्छ । माया, प्रेम र सहिष्णुता कम र आर्थोपार्जनको धेय बढी रहेको हुन्छ । अस्मिता युद्धबन्दी हुँदा स्वतन्त्रताका पाटा हराउँछन् । युद्धले मानिसको अस्तित्वलाई धरापमा पारेको छ । जसले मानिसमा निराशा,कुण्ठा र वैमनस्यता मात्र उत्पन्न गर्राको छ । व्यक्ति मर्दा युद्धको सानो पुर्जा खुस्किएको मानिंदो रहेछ । त्यसैले जीवनको व्यष्टिमा अर्थ नभएर समष्टिमा मात्र रहेछ, भन्ने कुरा अस्मिताले राम्ररी बुझेकी छे । धरती, प्रकृतिको नियम र युद्ध सम्बन्धि विचार अस्मिताका मुखबाट जुन रुपमा बालाइएको छ, त्यो अस्मिताको सामाजिक चेतना अनुसारको छैन । अर्को कुरा युद्धहरू लड्नेवित्तिकै शोषणको अन्त्य हुन्छ भन्ने सोच पनि किमार्थ ठीक छैन । कतिपय युद्धहरू शोषणको अन्यका लागि भनेर सञ्चालित भए पनि शोषणको अन्त्य नभएर उल्टै अन्याय र क्रूरताले सब सकारात्मक कुरा बिर्साइदिएको हुन्छ । युद्धले समाजमा केही नयाँ चेतना थपे पनि पूर्ण रुपमा शोषणको अन्त्य हुन सकेको हुन्न । किनभने एउटाको शोषणको अन्त्य गर्दा स्वभावतः अर्को शोषित भइरहेको हुन्छ ।
तपाईं पात्रको शरीर सम्बन्धी वैचारिक कथन यस्तो रहेको छः ...यस शरीरले सम्पूार्ण चेतनाको प्रतिनिधित्व कहाँ गर्छ र ... पृ.१४४ । ...शरीर मरे पनि मेरो चेतना मर्दैन । म भन्ने मेरो तत्व अमर छ, त्यही महाअमरतामा म मिलँुला ।...पृ.१४५ ।
वास्तवमा पूर्वीय वेदान्तका भाषामा आत्मा र शरीर अलगअलग तŒव हुन् । जसको मान्यतामा आत्माबिना शरीरको कुनै पनि सत्ता रहँदैन । तर यस उपन्यासमा शरीर र आत्मालाई अलग तŒवका रुपमा व्याख्या गरिएको छ । साथै आत्माका अनेक तहहरू हुनेतर्फ सङ्केत गरिएको छ । तर त्यसो हुन सक्दैन किनभने आत्मा अजरामरका रुपमा एउटै रहेको हुन्छ । आत्माको प्रतिनिधित्व शरीरले नगर्ने हुनाले शरीर नासिदैमा आत्मा नासिन्न । ‘अहम् ब्र≈मास्मि’,‘स्वहम्’, ‘एकोब्र≈म द्वितीयो नास्ति’ परिभाषाले आत्मालाई एकमात्र सत्ताका रुपमा व्याख्या गरेको छ । जसले मानिसको शरीर नास भए पनि आत्मा कहिल्यै नासिन्न भन्ने मान्यता राख्दछ । शरीर आफ्नो पाञ्चभौतिकीमा मिलिसकेपछि आत्मा ब्र≈ममा लीन हुन पुग्दछ । त्यसैले यस दर्शनले आत्मा एउटै अमर हुने र शरीरको सत्ता आत्मासँगको सहकार्यमा मात्र रहने विचार राख्दछ । अतः यस उपन्यासको दर्शन र वेदान्तको दर्शन एकअर्कामा मिलेका छैनन् । आत्मालाई गीताको दोस्रो अध्यायमा यसरी परिभाषित गरिएको छः

न जायते म्रियते वा कदाचि–
न्नायां भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो–
न हन्यते हन्यमाने शरीरे ।।
गीताको यस दार्शनिक धरातलमा टेकेर नयाँ विचार प्रतिपादन गर्न खोजिए पनि यस उपन्यको वैचारिकता अलमलमा परेको छ । आत्माका अनेक तह हुने र त्यसमध्ये कुनै एक बाहिर निस्किएर शरीरलाई सञ्चालन गर्ने भन्ने जुन भूमिका कथन छ, त्यो विचारमा नयाँ प्रयोग भए पनि वेदान्तवादी दर्शनसगँ नमिल्दो छ । गीतावादी दर्शनलाई लीलावादी कठपुतलीयतामा ढाल्न खोज्दा यस्तो अवस्था हुन पुगेको हो । त्यसैले ‘आत्मा’ वा ‘म’ कुनको उपस्थिति शरीरमा मूलरुपमा रहन्छ, भन्ने कुरामा नै भ्रम पैदा भएको छ ।
यही नै तपाईँ उपन्यासको वैचारिक प्रयोग रहेको छ । त्यसैले पैसासँग अस्तित्व विनिमयको साधन हुननसक्ने उपन्यासकारको विचार रहेको छ । त्यही चिन्तनका माध्यमबाट निराशावादी अस्तव्यस्त जीवनपद्धतिको उत्खनन गर्दै समस्या समाधानका लागि मौन नै वस्नु उपन्यासको कमजोर पक्षहो । मानिसमानिसका अगाडि एक्लो भैरहेको शून्यवादी चिन्तन पनि उपन्यासमा प्रस्तुत गरिएको छ । युद्ध र प्राकृतिक अधिकारका वैचारिक वाक्यहरू पनि उपन्यासमा आएका छन् ।
३.निष्कर्ष
उपन्यासलाई नवीन बनाउने मोहका कारण नयाँनयाँ प्रयोग गर्ने गरिन्छ । पहिलेदेखि चलिआएका कलात्मक वा साहित्यिक परम्परालाई प्रयोगात्मक रुपमा परीक्षण गरेर त्यसमा रहेका अनावश्यक तथा निरर्थक कुराहरूको विरोध गर्दै वा त्यस्ता कुरालाई हटाउँदै नयाँ किसिमको रचना निर्माण गर्नुपर्छ भन्ने मान्यता प्रयोगशीलता हो । प्रयोग खासमा कुनै वाद नभएर एक शिल्प हो भन्ने धारणा पनि रहेको पाइन्छ । प्रयोगले साहित्यसिर्जनामा प्रयोगशीलतालाई अत्यधिक महŒव दिने हुनाले यसलाई प्रयोगवाद भन्नु उचित रहेको विद्वान्हरूको धारणा छ । वास्तवमा प्रयोगवादी साहित्यकार(उपन्यासकार) आफ्ना कृतिमा अनुभूत मनस्थिति र तथ्यहरूको विश्लेषण गर्दछ । नयाँ शब्दको योजना गर्दछ । ती नवीन सन्दर्भ र प्रसङ्गलाई भिजाएर नवीन सम्भावनाको क्षितिज उघार्छ, तर पनि आद्योपान्त प्रयोगको पुच्छर समाउनु प्रयोगवादको धर्म हो । प्रचलित परिमिततामा बाँधिन नचाही त्यस परिमितताले व्यक्त गर्न नसकेर आर्को बाटो खोज्न गतिशील हुनु प्रयोगवादी लक्षण हो । वास्तवमा सामाजिक जीवनप्रणालीप्रति शङ्का र असन्तोष व्यक्त गरे पनि प्रयोगवादसित निजी मान्यता र प्रयत्नलाई विकसित र परिमार्जित गर्ने कुनै खास योजना छैन । प्रयोग केबल प्रयोगकै लागि उपयोग गरिंदा उपन्यास सिर्जनाको कलात्मक वैचिœय पनि लुप्त भएर गएको पाइन्छ । अतः प्रयोगवादले जीवन र जगत्का अनुभूतिलाई त्यति महŒव नदिएर अभिव्यक्ति वैचिœयलाई नै आफ्नो सर्वस्व ठान्दछ ।
प्रयोगात्मकता र उत्तरआधुनिकताबीच केही तादात्म्य पाउन सकिन्छ । उत्तरआधुनिकता सम्पूर्ण केन्द्रहरूको बिरोधी आभियान हो भने प्रयोगात्मकता नयाँ परम्पराको सुरुवात गर्नुपर्छ भन्ने आग्रहको परिणाम हो । प्रयोगशीलतामा आस्था, विश्वास र व्यवस्थितता रहेको हुन्छ भने उत्तरआधुनिकतामा अनास्था, अविश्वास र अव्यवस्थितता रहेको हुन्छ । उत्तरआधुनिकताले तथ्यको सार्वकालिकतामा भन्दा तात्कालिकतामा विश्वास राख्दछ । उत्तरआधुनिकता एक छाता सङ्गठन हो । यसको छत्रछायाँभित्र विभिन्न वाद, मान्यता, प्रणली र सिद्धान्तहरू समेटिएका हुन्छन् । उत्तरआधुनिकतालाई माक्र्सवाद र आधुनिकताको बिरोधी धाराका रुपमा पनि व्यख्या विश्लेषण गरिएको छ । उत्तरआधुनिकताले अत्मचेतन, आत्मविरोधाभास र आत्मसङ्कोचनको स्थितिमा आफूलाई राख्दछ । यस मान्यतालाई हइलाइट भन्दा हाइलाइट, निषेध भन्दा निषेध र यसको बुझाइ विडम्बनापूर्णभन्दा विडम्बनापूर्ण रूपमा बुझ्दा उचित हुन्छ । उत्तरआधुनिकताले मानवश्रम, मानवीय मूल्य र गरिमाको पूर्णतः निषेध गर्दछ । यसले संसारमा जताततै विसङ्गति नै विसङ्गति छ, भन्ने धारणा त राख्छ नै, तर कुनै नयाँ सङ्गतिको स्थापना गर्दैन । यसले कुनै पक्ष, प्रक्रिया, पद्धति र परम्परा मान्दैन । त्यसैले यसले एकत्ववादको विरोध गर्दै बहुŒववादको स्थापना गर्दछ । उत्तरआधुनिकताको एक हाँगो विनिर्माणवाद हो । विनिर्माणले पुरानो परम्परालाई पूर्ण रुपमा ध्वस्त पार्न चाहन्छ । त्यसैले उत्तरअधुनिकता पुरानो परम्परालाई ध्वस्त पार्ने, कुनै मान्यता, वाद र प्रणाली नमान्ने अराजक क्वाँटी सिद्धान्त हो । खास गरेर उत्तरआधुनिकताका कारक तŒवमा पँुजीवादी सङ्कटमोचन प्रक्रिया, दोस्रो विश्वयुद्ध, हिटलरको अन्त्य र आमसञ्चारका क्षेत्रमा भएको व्यापक विकास आदि पर्दछन् । उत्तरअधुनिकताले व्यक्तिस्वतन्त्रता, तल्लो तहका संस्कृतिको वकालत, निम्न वर्गका पक्षको समर्थन आदिलाई दिएको असाधारण स्वतन्त्रता यसको शक्ति हो । विखण्डन, विसर्जन र जताततै विनिर्माण नै विनिर्माण गर्न खोज्नु र कुनै नियम वा व्यवस्थितता बसाल्न नसक्नु यस वादको सीमा हो । यही प्रयोगात्मकता र उत्तरआधुनिकताका आधारमा तपाईं उपन्यासको व्याख्या विश्लेषण गर्नु यस शोध कार्यको लक्ष्य हो ।
२०१७ सालमा पाँचथर, अमरपुर,९ मा जन्मिएका कृष्णप्रसाद भट्टराइले नेपाली उपन्यास साहित्यमा नयाँनयाँ प्रयोग गरेर पाठकहरूलाई स्वाद चखाइरहेका छन् । उनले लेखेका आधादर्जन जति उपन्यासमा तपाईं प्रयोगवादी उत्तरआधुनिक चिन्तनमा आधारित उपन्यास हो । यस उपन्यासमा संरचनागत प्रयोगात्मकता, कथानकगत नवीनता, चरित्र छनोटमा प्रयोगात्मकता, शीर्षक चयन र विचारमा प्रयोगात्मकता, कथोपकथन र भाषिक बिन्यासमा प्रयोगात्मकताका पाटाहरूलाई राम्ररी संयोजन गरिएको छ ।
पहिलोः संरचनागत प्रयोगात्मकताका दृष्टिले तपाईं उपन्यासको संरचना अत्यन्त अराजक र विखण्डनकारी छ । संरचनात्मक परिपुष्टता तपाईं उपन्यासमा अत्यन्त न्यून रूपमा संयोजन गरिएको छ । खण्ड विभाजनको क्रमिक वा श्रृङ्खलाबद्धतालाई अंगाल्न सकिएको छैन । यस उपन्यासमा न त अड्ढको क्रमिक विन्यास छ, न त त्यही विश्रृङ्खलतालाई नै श्रृङ्खलित बनाइएको छ । यस वास्तवमा श्रृङ्खला भनेको रुढ मान्यता हो । त्यो गणितीय हिसाब अब पुरानो भएको छ, भन्दै धराबासीले ती पुराना अदर्शका श्रृङ्खलाको विनिर्माण गर्दै नयाँ संरचनावादी शैलीको निर्माण गरेका छन् । परिच्छेद र तिनको वितरणमा समानता छैन । संख्याभित्र वर्ण र वर्णभित्र संख्याको अन्तर्मिश्रणले उपन्यासलाई अझ जटिल बनाएको छ । अतः तपाईं उपन्यासमा उत्तरआधुनिक संसचनाहीन संरचना भन्ने मान्यता अज्ञाकारी छात्रले गुरुको आज्ञा मानै झै पूर्णरुपमा पालना गरिएको छ । यस दृष्टिले तपाईं उपन्यासले पुरानो परिपाटीलाई राम्रैसँग भत्काएको छ, तर संरचना पनि नमिलेको र कथानको व्यवस्थित क्रमबद्धता पनि नभएको हुनाले उपन्यासको गुणवत्तामा भने आघात पुगेको छ ।
दोस्रो प्रयोग कथानक संयोजनमा गरिएको छ । यस उपन्यासको कथानक सिलसिलाबद्ध नभएर टुक्राटुक्रामा विभक्त रहेको छ । तपाईं उपन्यासमा कुनै क्रमबद्ध कथा छैन । उपन्यासका हरेक क्रियाप्रतिक्रिया तपाईं पात्रका नजरबाट हेरिएको छ । यस उपन्यासका प्रत्येक पात्रका छोटा टुक्रा कथानकले उपन्यास कतै कथाहरूको संगालो त हैन भन्ने भ्रम उत्पन्न गराएका छन् । उपन्यासमा कथानकलाई ‘कथिका’ भनिएको छ । क्रमबद्ध कथानक नभएका कारण उपन्यास अउपन्यासको सीमासम्म पुगेको छ, तर तपाईं पात्रका आँखाबाट सम्पूर्ण पात्रका क्रियाकलाप हेरिएको हुँदा उपन्यास झीनो कथानकको त्यान्द्रोमा अडिएको छ । उपन्यासका प्रत्येक पात्र आफ्नाआफ्ना कथालाई पूर्ण बनाउन लागि परेका छन् । उनीहरूले आफ्नो कथा नै वास्तविक उपन्यासको कथानक रहेको दबी गरेका छन् । त्यसैले कथानकको सन्तुलन उपन्यासमा रहेको छैन । उत्तरआधुनिकतावादी चिन्तनका आधारमा विश्लेषण गर्दा प्रत्येक पात्रले अब नायकीयता पाउने र उसको छोटो कथानक पनि पूर्ण मान्न सकिने हुँदा उपन्यासको कथानक संगत नै देखिएला, यस्ता छोटाछोटा कथानक संगालेर पनि उपन्यास लेख्न सकिन्छ नि भन्ने धारणा आउला, तर के उपन्याको यस प्रयोगले गुणात्मकता पनि कायम राखेको छ त ? भन्ने प्रश्नमा हैन न्यून गुणात्मकता मात्र उपन्यासमा रहेको छ भन्ने निष्कर्ष निस्किन्छ । अतः यस उपन्यासको कथानक विश्रृङ्खल, भ्रमपूर्ण, छिरलिएको, अस्तव्यस्त र पाठकका मनमा सन्तुष्टि नदिएर झड्का दिने कित्ताको छ ।
तेस्रो चरित्र चित्रणमा नयाँ प्रयोग गर्दै सम्पूर्ण पात्रहरू निम्न आर्थिक हैसियत भएका, पागल, बेवारिसे अवस्थामा फालिएको जीवन बिताइरहेका पात्रहरू उपस्थित गराइएको छ । अलमलमा परेर किंकर्तव्यविमूढ भएका जेलिएका पात्रहरू यस उपन्यासमा चारित्रिक भूमिकामा सहभागि भएका छन् । पात्रहरू सबैलाई नायकीयता प्रदान गरिएको छ, तर पनि तपाईं र अस्मिता कार्यव्यपारका आधारमा यस उपन्यासका मुख्य चरित्र हुन् । घनेन्द्रबाहेक उपन्यासका कुनै पनि पात्र सम्पन्न र सम्भ्रान्त वर्गका छैनन् । उपन्यासका सम्पूर्ण पात्रमा अनास्था, अविश्वास र जीवनको निरर्थकता स्पष्ट रुपमा झल्किएको छ । जीवनका सुकिला पाटाहरू कुनै पनि पात्रले देखाउन सकेका छैनन् । न त कुनै पात्रले उल्लेख्य राम्रो काम गर्न सकेको छ । बरु आफ्नै मानसिक तनाब र परिवारिक समस्याबाट जेलिएर दिमागी सन्तुलन गुमाउन पुगेका छन् । अस्मितालाई परिस्थितिको चेपुवामा परेकी पात्र रुपमा चरित्र चित्रण गरिएको छ । उसलाई परिस्थितिको चेपुवामा परेको बनाए पनि वेश्या नबनाएर अर्कै कुनै नयाँ काम गरेको बनाएको भए राम्रो हुने थियो । उसले आफ्नी आमा र दिदीका समस्या सुरुमा बुझ्न सकेकी छैन । उसलाई दिदी र आमाका समस्या बोध गर्न सक्ने पात्रका रुपमा स्थापित गर्न सकिएको छ्रैन । उसलाई विद्रोही र जुझारु बनइएको छ, तर पनि उसको मुक्ति भने भएको छैन । उसको मुक्ति हुन नसक्नु यथास्थितिमै रहनु हो । तपाईंं पात्र उपन्यासको नायक वा सम्पूर्ण पात्रका क्रियाकलाप हेर्ने पात्र हो । उसले सम्पूर्ण पात्रका समस्यालाई नजिकबाट हेरेको भए पनि तिनका समस्याको समाधानका लागि कुनै प्रयास गरेको छैन । ऊ आफैंंमा जेलिएको अस्पष्ट र विष्क्रिय र निराशावादी पात्र हो । त्यसैले तपाईं उपन्यासका पात्रहरू राज्यले नचिनेका अनुहार अर्थात् तेस्रो दर्जाका छन् । उनीहरूका आस्था, अवनति, अविश्वास निराशा र द्वन्द्वग्रस्त जीवनका पाटाहरू पल्टाउन तपाईं उपन्यास प्रयत्नशील रहेको छ । यस उपन्यासमा पागल, मगन्ते, बहुला, सडके, भरिया, वेश्या, विद्रोही आदिको चरित्र चित्रण गरिएको छ । यी पात्रहरूका माध्यमबाट समाजको तल्लो तहमा अदृश्यावस्थामा रहेका जनजीवनको चरित्र उद्घाटन गर्ने काम भएको । यो नै उपन्यासको राम्रो पक्षहो ।
परम्परागत भाषाले उपन्यासको वास्तविकता बोल्न नसेको अनुभव गर्दै उपन्यासकार कृष्ण धराबासीले नयाँ शब्द र नयाँ व्याकरणको प्रयोग गरेका छन् । पाठकलाई विश्वास दिलाउन र मौलिकता प्रदान गर्न हिन्दी, अङ्ग्रजी, मैथिली र संस्कृत खिचडी भाषाको प्रयोग गरिएका छन् । भाषाले लेखकका सम्पूर्ण भाव व्यक्त गर्न नसकेको ठान्दै उपन्यासमा खाली ठाउँ पनि छोडेका छन् । भाषा फेरिएको शब्द लोप भएको भन्दै नयाँ भाषा र शब्दको निर्माण गरेका छन् । जसले गर्दा भाषालाई लीलामय बनाएको छ । त्यसैले उपन्यासको भाषा जटिल बन्न पुगेको छ । भाषालाई भाँचकुच पारी नायाँ प्रयोग गरिएको हुँदा उपन्यासको भषामा सन्तुलनको अभाव देखिएको छ । कतिपय ठाउँमा भाषिक मिठास पाइए पनि कतिपय ठाउँमा प्रयोगको चपेटामा परेर भाषा गाँजिएको छ । कतिपय पात्रका संवाद स्वभाविक भए पनि कतिपयका अस्वाभाविक रहेका छन् । त्यसैले तपाईं उपन्यासको भाषामा धनात्मक र ऋणात्मक दुबै पक्षरहेका छन् ।
उपन्यासको नयाँ रोचक प्रयोगात्मक पक्षदृष्टिबिन्दुमा प्रयोग गरिएको छ । परम्परागत रुपमा प्रथम र तृतीय पुरुष दृष्टिबिन्दुमा उपन्यास लेखिंदै आए पनि तपाईं उपन्यासमा दोस्रो पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । तपाईं भन्ने दोस्रो पुरुषबाची सम्बोधन गरिएको भए पनि अन्त्यमा त्यसलाई रुपान्तरण गरी प्रथम पुरुष ‘म’ मा परिणत गरिएको छ । अन्त्यमा ‘म’ प्रथम पुरुषीय पात्र नै वक्ता पात्र भएको र उपन्यासभरि नै ‘तपाईं’ भनी सम्बोधन गरिएको हुनाले प्रथम र तृतीय पुरुषको मिश्रण उपन्यासमा गरिएको छ । अन्य पत्रहरूलाई नामबोधक सम्बोनद्वारा उपन्यासमा उपस्थित गराइएको हुँदा उपन्यासमा तृतीय पुरुष दृष्टिबिन्दुको पनि प्रयोग भएको छ । यस दृष्टिले उपन्यासमा कुनै पनि पुरुषको एकल प्रयोग रहेको छैन, भन्ने पुष्टि हुन्छ । प्रथम, द्वितीय र तृतीय पुरुषको मिश्रित प्रयोग उपन्यासमा गरिएको छ । जसले उपन्यासलाई विविधता पूर्ण बनाएको छ । यी विविध दृष्टिबिन्दुको प्रयोगले उपन्यासको गुणमा खासै असर पारेका छैनन् । यही दृष्टिबिन्दुगत वैचिœय नै उपन्यासको नयाँ प्रयोग र प्रप्ति हो ।
तपाईं उपन्यासको शीर्षक हेर्नेबित्तिकै अहो कस्तो नयाँ शीर्षक तपाईं ? भन्ने उत्सुकता पाठकीय मनमा उत्पन्न हुन्छ । कृति पढ्दै जाँदा तपाईं त वास्तविक रुपमा म पो रहेछ, भन्ने ज्ञान पाठकलाई भएपछि ज्या एउटा भनेको अर्को पो रहेछ, भन्दै आफू भ्रममा परेको थाहा पठकले पाउँछ । त्यो भ्रमको निवारणका लागि उपन्यासको भूमिका र उपन्यास दुबै पढ्नुपर्छ । लीलाको जादु पाठकले उपन्यास पढिसक्दा मात्र थाहा पाउँछ । यस उपन्यासको शीर्षक पत्रका नामबाट राखिएको छ । तपाईं पात्र जो सम्पूर्ण उपन्यासको द्रष्टा हो, उसैका नामबाट शीर्षकीकरण गरिएको छ । यस्तो नौलो चमत्कारी प्रयोगले उपन्यासको शीर्षकमा नवीनता थपेको छ । यो प्रयोग पनि प्रभावकारी नै रहेको छ ।
तपाई उपन्यासले विचारमा पनि नयाँ सूत्रपात गरेको छ । बहुनायकत्वको स्थितिलाई स्वीकार गर्दै पुराना गणितीय सिद्धान्तको विरोध गरी नयाँ मान्यता स्थापित गरेको छ । वर्तमानमा प्रत्येक व्यक्ति समुदाय र विचारले स्वतन्त्रता मागिरहेका छन् । कसैको पनि एकल नेतृत्व अब सम्भव छैन । राजनीतिमा जस्तै उपन्यासका पात्रहरूले समानुपातिक प्रतिनिधित्व खोजिरहेका छन् । पात्रलाई कृतिभित्रै न्याय चाहिएको छ । पाठक र लेखकसँग पात्रहरूले आफूलाई अन्याय नगर्न अनुरोध गरिरहेका छन् । एउटै विधाले मात्र अबको युगीन जटिलता अभिव्यक्त गर्न सक्दैन भन्ने मान्यता राख्दै विधा मिश्रण गरिएको छ । त्यसैले विधामिश्रण गर्दै जनुपर्छ । अन्योल, अविश्वास र निम्न स्तरको जीवन बाँचिरहेको समुदायलाई अब पालो दिनुपर्छ । हामीले देखेको संसार वास्तविक नभएर भ्रममात्र हो । त्यसका अनन्त भित्री पाटाहरू रहेका हुन्छन् । त्यासमा बुझाइ सीमित हुन सक्छ । वास्तविक भित्री यथार्थ थाहा पाउन कठिन छ । संसारमा अनेक किसिमका घटनाहरू घट्दै जान्छन् । तिनलाई स्याहार्न सकिंदैन । बरु त्यस दृश्यलाई हेरेर आनन्द लेऊ, त्यसमा नै तिम्रो कल्याण छ । भन्ने विचारको प्रतिपादन उपन्यासमा गरिएको छ । शरीर र आत्मा भिन्न तŒव हुन् । शरीरले आत्माको प्रतिनिधित्व गर्दैन । आत्माको चेतना अजरअमर हुन्छ । मानवीय अस्तित्वको विनिमय पैसासँग हुन सक्दैन, भन्दै तपाईं उपन्यासमा उत्तरआधुनिकतावादी, नारीवादी, विनिर्माणवादी युद्धदर्शनको वैचारिक सन्देश प्रस्तुत गरिएको छ ।
यस उपन्यासमा एकातिर उत्तरआधुनिकतावादी नास्तिक विचारको प्रतिपादन गरिएको छ, भने अर्कातिर ‘जिते राज्य भोग गर्छौ अर्जुन मरे स्वर्ग प्राप्ति हुन्छ’ भन्ने आस्तिक गीता दर्शनको पनि उपन्यासमा प्रवेश गराइएको छ । वेदान्तको देह र आत्मासँग सम्बन्धित दर्शनको प्रभावलाई आत्मसात् गरेर लीलालेखनको जादु पनि तपाईं उपन्यासमा देखाइएको छ । यस दृष्टिले तपाईं उपन्यासको विचारमा पनि विविधता रहेको प्रमाण प्रस्तुत गर्दछ । विभिन्न विचार उपन्यासमा प्रयोग भएका तर कुनै पनि विचारमा स्पष्टता नरहेका कारण उपन्यासको विचार पक्षनै अलमलमा परेको छ । त्यसैले वैचारिक प्रतिपादनका कोणबाट उपन्यासको गुण सुरक्षित हुन सकेको छैन, तर समाजका तल्लो तहका व्यक्तिहरूको स्थान अब पहिला आउनु पर्छ । नारीलाई प्रथम स्थान दिनुपर्छ, परुषको हैकमवादी कठोरताको अब अन्त्य हुनुपर्छ, नारीलाई स्वतन्त्र निर्णय गर्नसक्ने पूर्ण व्यक्तिको रुपामा सम्मान गर्नुपर्छ, नारीको स्वतन्त्रता र मुक्तिबिना समाजमा सुव्यवस्था हुन सम्भव छैन, नारीले युगौंयुगदेखि अपमान सहँदै आउनु परेको छ, ती अपमान र उत्पीडन अब अन्त्य हुनुपर्छ, नारीराज्यको स्थापनाहित पुरुषसमतुल्य अधिकार प्रत्यायोजन गर्नुपर्छ, नारीलाई मानव उत्पादन गर्ने यन्त्र बनाउने परिपाटी हट्नुपर्छ, भन्ने विचार पनि तपाईं उपन्यासमा जोडदार रूपमा उठेको छ । अतः यस उपन्यासमा नारीलाई प्राथमिकतामा राखेर जुन उच्च स्थान दिनुपर्छ, भन्ने मान्यता राखिएको छ, त्यो प्रशंसनीय छ ।
महिलासँग पनि अदम्य साहस र प्रतिभा लुकेर रहेको हुन्छ । ऊ विद्रोहको आगोमा दन्किन सक्छे । अन्यायका बिरुद्धको लडाईंमा सल्किन सक्छे, भन्ने क्रान्तिकारी स्वर तपाईं उपन्यासमा अस्मिताका माध्यमबाट प्रस्तुत गरिएको छ, तर युद्धले मानिसलाई निराशामा पु¥याउँछ, युद्धका आफ्नै दर्शन र सकारात्मक एवं नकारात्मक पाटा रहेका हुन्छन्, युद्धले मानिसका अस्था, विश्वास र जीवन चेताना ध्वस्त पार्दछ, अन्याको विपक्षमा लड्दालड्दै अरुलाई अन्याय गर्दछ, भन्ने विचारप्रति उपन्यासककार सचेत हुन सकेका छैनन् । युद्धमा लागेका विद्रोही र उनीहरूका व्यवहारप्रति लेखकले जुन न्याय र इमान्दारिता देखाएका छन,् त्यो प्रशंसा योग्य छ । उपर्युक्त विचार र शैलीशिल्पका आधारमा तपाईंं उपन्यासको प्रयोगशीलतालाई हेर्न सकिन्छ ।
प्रयोगशीलताले मानवीय रुचिमा नवीनता थप्नेकाम गर्दछ भन्ने कुरा अघिल्ला अध्यायहरूमा नै चर्चा गरिसकिएको छ । त्यसो भए प्रयोगशीलताले उपन्यासमा के कति गुणात्मकता थपेको छ वा घटाएको छ त ? भन्ने जिज्ञासा स्वभाविक रुपमा सचेत पाठकका मनमा उत्पन्न हुन्छ । प्रयोगात्मक साहित्यमा कतै कुनै एक तŒव वा उपकरणमा मात्र प्रयोग गरिएको हुन्छ, भने कतै पूर्ण कृतिभरि नै प्रयोगात्मकता अँगालिएको हुन्छ । यस्तो किसिमको प्रयोगात्मकता उपन्यासले स्वभाविक रुपमा नधान्न सक्छ । के–के नै नयाँ प्रयोग गरेर इतिहास निर्माण गर्छु, भन्ने महŒवाकाङ्क्षी सोचका कारण उपन्यास दुर्घटित हुन सक्छ । यस सन्दर्भलाई विश्लेषित उपन्यास तपाईंसँग पनि जोड्न सकिन्छ । उपन्यासकार धराबासीले उत्तरआधुनिकतावादी सोचलाई आत्मसात गर्दै उपन्यासका तŒवहरूका यावत् पाटाहरूमा नयाँ प्रयोग गरेका छन् । कथानकको सिलसिलालाई टुक्र्यएर बिच्छेदन गरेका छन् । विषयवस्तुको क्षीण र घनत्वका कारण भाषा, चरित्र, कथोपकथन, शीर्षक र विचारमा ठोसक्रमबद्धता देखिन सकेको छैन । जसले धराबासीको उत्कृष्ट उपन्यास राधाबाट मिलेको हाइहाइमा बियाँ लागेको छ । समयको अयतनमा तपाईं पात्रले स्कुलमा देखे भोगेका घटनाको वर्णन उपन्यासमा छ । वस्तुको क्रमिक गतिलाई मूल्य दिंदा हुनसक्ने हिसाबकिताबका दृष्टिले सहरिया अति निम्न वर्गीय र मध्यम वर्गीय जीवनको सेरोफेरोमा मात्र उपन्यास सीमित रहेको छ । मानिसका सदाचार, नाताव्यवस्था र पुरुष समाजप्रति केबल महिलाको धारणा मात्र अटस्मटस् हुने गरी खाँजिएको छ । पुरुषलाई सफाइ दिने अवसर प्रदान गरिएको छैन । प्रजातन्त्र र लोकतन्त्र प्रप्तिपछि पनि वास्तविक मानवीय मूल्य पहिचान हुन नसकेका प्रति रोष प्रकट गर्दै समाजमा केही पनि नयाँ परिवर्तन नभएको निराशावादी चिन्तन प्रस्तुत गरिएको छ । तपाईं पात्रको व्यक्तिगत जीवनले भोगेका घटनाहरूमात्र उपन्यासमा आएका छन् । त्यसैले उपन्यासकार धाराबासी पुराना परम्परामा धोद्रो लाएको मान्यता राख्दै प्रयोगात्मक उपन्यासको सिर्जनामा अग्रसर भएका छन् । जसले गर्दा प्रस्तुत उपन्यासमा प्रदर्शित प्रयोगशीलताले सोही अनुपातमा उपन्यासको गुणात्मकतालाई भने सहयोग गर्न नसकेको देखिन्छ ।
सन्दर्भ सूची:-
तिमल्सिना, कमला (२०६५), कृष्ण धरावासीको तपाईँ उपन्यासको कृतिपरक अध्ययन, अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि.वि. ।
त्रिवेदी, रामगोविन्द (सन् १९९१), ऋग्वेद संहिता, अष्टमोष्टक, आठौं भाग, वाराणसीः चौखम्बा विद्या भवन ।
धराबासी, कृष्ण र अन्य (२०६३), लीला विमर्श, कठमाडौंः वनिता प्रकाशन ।
नेपाली बृहत् शब्दकोश, (२०६०), काठमाडौंः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
प्रधान,कृष्णचन्द्रसिंह, (२०६१), नेपाली उपन्यास र उपन्यासकार, दो.सं, ललितपुरः साझा प्रकाशन ।
पोखरेल, भानुभक्त (२०५९), सिद्धान्त र साहित्य, ललितपुरः साझा प्रकाशन ।
पोखरेल, विष्णुलाल २०५४) कृष्ण धरावासीको जीवनी व्यक्तित्व र कृतित्वको अध्ययन, अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि.वि. ।
बराल, ऋषिराज (२०६३), उत्तरआधुनिकतावाद र समकालीन यथार्थ, काठमाडौंः प्रगतिशील साहित्य अध्ययन केन्द्र ।
बराल, कृष्णहरि र नेत्र एटम (२०५८), उपन्यास सिद्धान्त र नेपाली उपन्यास, दो.सं., ललितपुरः साझा प्रकाशन ।
भट्टराई, गोविन्द (२०६४), उत्तरआधुनिक विमर्श, कठमाडौः मोर्डन बुक्स ।
रेग्मी, सनत र अन्य (२०५९), समकालीन साहित्य, ४–५–६ ।
शर्मा, मोहनराज र अन्य (२०६१), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौंः विद्यार्थी पुस्तक भण्डार भोटाहिटी ।
श्रीमद्भगवद्गीता (२०६६), गोरखपुर भारतः गीताप्रेश, ।
सुवेदी, राजेन्द्र (२०६४), नेपाली उपन्यासः परम्परा र प्रवृŒिा, ललितपुरः साझा प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 28 बैशाख, 2071

लेखकका अन्य रचनाहरु