अन्जान गन्तव्य

- चेतनाथ आचार्य

‘कृपया फोटो खिचिदिनुहुन्छ कि ?’ उसको पहिलो वाक्य थियो त्यो पातलो शरीर, पेन्ट र सर्ट, गालामा झुस्स दारी, छड्के पारेर भिरेको झोला, हातमा खस्रे भ्यागुतोजत्रो क्यामेरा; कन्याम चियाबारी । परिचयविनै उसले मलाई फोटो खिच्न अनुरोध गरेको थियो । परिचित परिवेशमा नौलो अनुहार थियो ऊ मेरा लागि ।
एसएलसी परीक्षा दिएपछिको फुर्सदमा म दाजुभाउजूस“गै चियाबारीमा काम गर्न थालेकी थिएँ । दाजुभाउजू मासिक तलब लिएर काम गर्नुहुन्थ्यो । म नियमित मजदुर नभएकाले दैनिक ज्यालादारीमा चिया टिप्ने काममा लागेकी थिएँ । बिहानको नौ बजेतिर हामी चियाबारी छिरेर चियाका पत्ती टिप्न लाग्दा उसले मतिर क्यामरा तेस्र्याउ“दै फोटो खिचिदिन अनुरोध गरेको थियो ।
चियापत्ती हाल्ने टोकरी एकातिर राखेर मैले उसको फोटो खिचिदिएकी थिए“ । फोटो खिचिदिएपछि उसले मलाई सहयोगका लागि ‘धन्यवाद’ भनेको थियो । मैले उसको फोटो खिच्दा मेरा सहेलीहरूले पनि उसलाई निर्दोष नजर लगाएका थिए । सबै साथीहरूको अुनहारमा ‘को होला ?’ भन्ने जिज्ञासाका धर्सा फैलिएका थिए । मभित्र पनि ऊ ‘को होला ?’ भन्ने प्रश्न गहिरिएर गैरहेको थियो ।
यसै त कन्यामको चियाबारी त्यसमाथि वैसाख महिना । अनजानमै वसन्तको रौनकताले मानिसलाई भित्रभित्रै सननन पारेको अव्यक्त परिवेस । पोथ्रापोथ्रा चियाबारी, हुरहुरे भन्ज्याङको सिर्सिरे बतास, पारिपट्टिको खर्साङे दृश्य, चियाबारीमा पिठ्यूँमा टोकरी बोकेर चिया टिप्न बुट्टामाथि छुनमुनाउँदा हातहरू, अनि अभिभावक र समाजको आ“खा छलेर चियाको बुट्टामुनि एकअर्कालाई बिर्साउनमा तल्लीन एकाध जोडी । सबैको मन भित्रभित्रै एक्ले इत्रिइरहेजस्तो लाग्यो । सधैँभरी चियाबारीमा चियासँगै खेल्नेलाई त नौलो र रमाइलो लाग्ने बेला थियो त्यो । साँच्चै बाहिरबाट आएका आगन्तुकलाई कस्तो लाग्दो होला यो ठाउँ ? मनभित्र एक्कासी यस्तो प्रश्न आएर मलाई ऐठन गर्न थाल्यो । ‘ऊ सारै प्रफुल्लित भएको होला’ म सोच्दै थिएँ ।

‘यहा“बाट अन्तुडा“डा देखिन्छ ?’ उसको प्रश्नले मेरो सोचमग्नताको तानो टुटाइदियो । मैले उसको छेवैमा गएर सीधा पूर्वपट्टिको भित्तो देखाउँदै भनेकी थिए“ ‘ऊ त्योमाथिको चुली नै त हो नि अन्तुडा“डा’ । ‘ए ! मेरो अन्दाज ठीकै रैछ’ ऊ अन्तुडा“डालाई हेर्दै निकैबेर टोलाएको थियो । उसले अन्तुडा“डाको फोटो खिच्ने प्रयास गरेजस्तो ग¥यो । फेरि उसका मनले के भन्यो कुन्नि ऊ त्यत्तिकै हच्क्यो । त्यस बेलासम्म म थाहा नपाउँदो पाराले उसैलाई नियालिरहेकी थिए“ । सहेलीहरू चिया टिप्न थालिसकेका थिए । म टोकरी टिपेर फेरि चिया टिप्न थाले“ । चिया टिप्दै हामीले ऊस“ग संवाद जारी राखेका थियौँ ः घर कहाँ ? बसाइ कता ? काम के ? आदिइत्यादि ।
घर धनकुटा हिले, सानैदेखि काठमाडौ“ सहरमा बसेको । मामाघर झापाको सुनमाई रे, अनि मामाघर आएको मौकामा कन्याम घुम्न आएको रहेछ ऊ । पहिलो पल्ट चढेको रहेछ ऊ इलाम । कन्यामको चियाबारीको मनमोहक दृश्यबाट लठ्ठ परेझैँ झल्किथ्यो उसको भाव अनुहारबाट । एक जिज्ञासु बालकझैँ ऊ हामीलाई अनेक कुरा सोधिरहेको थियो इलामका बारेमा । उसले मेरो र साथीहरू सबैको फोटो पनि खिच्यो र पछि पठाइदिन्छु भनेर हाम्रो ठेगाना माग्यो । चन्द्राले त मैले मनमा सोचेको कुरा नै भनिदिई ‘उस् यसो भन्ने धेरै आए । फोटो खिचुन्जेल पठाइदिन्छु भन्ने र डु“डेगैरो काटेपछि बिर्सनेहरूलाई हामी किन ठेगाना दिन्छौ“ ?’ अनि त्यसमाथि मैले पनि थपिदिए“ ‘तपाईंहरू जस्तो काठमाडौ“ सहरमा बस्नेहरूलाई हामीजस्तालाई फोटो पठाउने किन फुर्सद हुन्थ्यो ? पछि फोटो हेरेर पनि ‘कहा“का चुडेल्नीहरू रहेछन्’ भनेर फाल्नुहुन्छ होला हैन ? पहिलेपहिले फोटो खिचाएर नपठाउनेहरूप्रतिको आक्रोश पनि हामीले उसलाई यसरी पोखिदियौँ ।
हाम्रो कुरा सुनेपछि ऊ मरीमरी हा“स्न थालेको थियो र भनेको थियो ‘होला तपाईँहरूलाई धेरैले झुक्याए होलान् तर म त्यसो गर्दिन किनभने मेरा लागि यो ठाउ“ सधँैका लागि अविस्मरणीय हुनेछ । सगरमाथा आरोहीका लागि सगरमाथाको चुचुरोजस्तै हो मेरा लागि यो ठाउ“ ।’ मैले उसको बोली भैँमा खस्न नपाउ“दै भनेकी थिए“ ः ‘ किन र ? तपाईंलाई कन्याम आउन पनि सगरमाथा आरोहण गरेजस्तै कठिन भो कि कसो ?’ उसले भनेको थियो ‘हैन, मैले कठिनाइका हिसाबले कहाँ हो र, सफलता र खुसीका हिसाबले पो भनेको त ।’
‘यस्ता कुरा त हामी बुझ्दैनौ है दाजु’ उमाले थपिदिएकी थिई । ऊ हामीस“ग बोल्न नसकेर प्रत्येक चोटी हार्ने गर्दथ्यो र शब्दैपिच्छे माफी माग्ने गर्दथ्यो । अन्तमा साथीहरूले मेरो ठेगाना दिएर एउटै ठेगानामा सबैलाई फोटो पठाउन भने । त्यसबेलासम्म हामी आपसका परिचितजस्तै भइसकेका थियौँ ।
कन्यामकै कृष्णाश्रम माध्यमिक विद्यालयमा पढेकी म । टिफिनब्रेकमा पनि चियाबारीतिरै रहँदा नौला–नौला मानिस भेटिरहनु र तिनसँग गफगाफ गर्नमा धक मान्ने कुरा मबाट पूरै हटिसकेको थियो । त्यो दिन उसले हामीसँग दिनभर गफ गरेरै बिताउने निधो गरेको थियो क्यारे । हामी चिया टिप्दै जान्थ्यौ“ ऊ हामीले चिया टिपेको हेर्दै गफ गरिरहन्थ्यो ।
कन्यामबाट देखिने ठाउ“हरू समाल्बुङ, अन्तुडा“डा, सिद्धिखोला, मिरिक, पशुपतिनगर, आइतबारे, थुम्के डाँडा, जौबारी, बरभन्ज्याङ सबै ठाउ“ हामीले उसलाई देखाउँदै चिनाउन खोज्यौँ । घरिघरी ऊ कतै बसेर केही कुरा लेख्ने गर्दथ्यो । हामीले के लेखेको भनेर सोद्धा ऊ कविता लेखेको बताउ“थ्यो । उसले ‘पूर्वको क्षितिज’ शीर्षकमा एउटा राम्रो कविता लेखेछ । त्यो कविता उसले हामीलाई सुनाएको थियो ।
बगानबाट टिपेका चिया कारखानामा लाँदासम्म ऊ हामीसँगै गएको थियो । त्यहाँ ऊ अक्मकाएको अवस्थामा मैले उसलाई औपचारिकताकै लागि भए पनि हाम्रो घर जाऊँ भनेकी थिएँ । सा“च्चै त्यसबेला उसले मस“गै घर जान स्वीकृति जनाएको भए म लाने थिए“ कि थिइ“न, मलाई थाहा थिएन । एक त ऊ नौलो मानिस त्यसमाथि बेलुकी सा“झ पर्न लागेको बेला । मामाघर जानुपर्छ पछि आउ“ला भनेर उसले उम्कने बाटो निकालेको थियो । मेरा साथीहरूले ‘रेखाको घर ऊ त्यही त हो नि ! हिड्नुहोस् न चिया खाएर जानुहोला’ भन्दा पनि ऊ मानेको थिएन र भनेको थियो ः ‘भैहाल्यो पछि मौका मिल्यो भने म आउ“ला रेखा बहिनीको घरनजिकै रहेछ ।’ अलगिने इच्छा नभएको भाव अनुहारबाट छचल्काउँदै ऊ इलामबाट आएको ट्याक्सी चढेर झापातिर सुइ“किएको थियो ।

दिनहरू एकपछि अर्को गर्दैै लखेटिँदै गएछन् । जेठको मध्यतिर बिहीबारे हाट भर्नको लागि म फिक्कल बजार गएकी थिए“ । सा“झ चारबजे घरमा आउ“दा आमाले क्षितिज भन्ने केटा भेट्न आएको कुरा बताउनुभयो । मैले झन्नै एक महिनाअगाडिको एक दिनको मित्रलाई सम्झे“ । उसको तस्बिर मेरो मानसपटमा ताजा भएर आयो । आमा उसले के भन्थ्यो ? प्रश्नको उत्तरमा आमाले उसले एउटा चिठी र केही फोटाहरू छोडेर गएको बताउनुभयो । मैले चिठी मागेर पढे“ । चिठीमा ऊ आएको, भेट नभएको, फोटो छोडेको र भोलिपल्टै धनकुटा फर्किएर अर्को हप्ता काठमाडौ“ फर्किनुपर्ने व्यहोरा लेखिएको थियो । उसले चियाबारीमा खिचेका हाम्रा तस्बिरहरू पनि छोडेको रहेछ । सा“च्चै नै राम्रा र कलात्मक थिए ती तस्बिरहरू । मैले त्यसको भोलिपल्ट सबै साथीहरूलाई तस्बिर देखाए“ । उसले मलाई सानो चिठी लेखेको साथीहरूलाई बताए“ । तर चिठी मैले बोकेकी थिइँन र साथीहरूलाई देखाइँन । साथीहरूलाई चिठी नदेखाएकोमा विशेष कुरा थियो कि भनेर मलाई जिस्क्याउने कोसिस पनि गरे तर मलाई त्यस्ता कुराले केही फरक पार्ने अवस्थामा म थिइँन । उसले चिठीमा काठमाडौ“को ठेगाना र फोन नम्बर लेखिदिएको थियो ।
असारको पहिलो हप्ता हाम्रो प्रवेशिका परीक्षाको नतिजा आयो । सबै साथीहरूले दोस्रो श्रेणीमा उत्तीर्ण गरेका रहेछन् तर मेरो नम्बर आएन । विद्यालयमा बुझ्दा मेरो जन्म मिति नमिलेको कारण नतिजा रोकिएको रहेछ । मैले परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर जानुपर्ने भयो । नतिजा आएको एक हप्तापछि दाइ र म काठमाडौ“ गयौ“ । म पहिलोपल्ट काठमाडौ“ सहर गएकी सबै कुरा अनौठो र नौलो हुनु स्वाभाविकै थियो । गाडी र मान्छेको घुइ“चोमा हिड्नु असारे झरीमा कन्यामको चियाका बुट्टा छिचोल्नुभन्दा गा¥हो रहेछ ।
हामी कीर्तिपुरमा मामाको डेरामा बसेका थियौ“ । परीक्षानियन्त्रण कार्यालयमा तीन दिनमा मेरो काम भयो । म पनि दोस्रो श्रेणीमा उत्तीर्ण भएकी रहेछु । नतिजा हेरेकै दिन सा“झ मैले क्षितिजलाई फोन गरे“ । उसले सुरुमा त मलाई चिनेन । मैले ‘इलामको कन्यामबाट आएकी रेखा’ भन्दा ऊ आश्चार्यमा परेको थियो । मैले उसलाई आपूm काठमाडौ“ आउनुपर्ने कारणको बेलिबिस्तार लगाउ“दै आपूmले एसएलसी परीक्षा दोस्रो श्रेणीमा उत्तीर्ण गरेकी बताए“ । ऊ सा¥है खुसी भयो । उसले त्यसको भोलिपल्ट भेट्ने कुरा ग¥यो तर भोलिपल्टै हामीले झापाको बुधबारेसम्मको दिवा बसको टिकट लिएका थियौ“ । यसपल्ट भेट हुन नसके पनि पछि भेट्ने कुरा गरी हामीले टेलिफोनको कुरालाई टुङ्ग्यायौ“ ।
म काठमाडौ“बाट कन्याम फर्किएर कन्यामकै कृष्णाश्रम उच्च माविमा कक्षा ११ मा पढ्न सुरु गरे“ । अनि त्यही व्यहोराको चिठी क्षितिजलाई पठाए“ । उसले पनि पढाइलाई निरन्तर राख्ने सल्लाह दि“दै मलाई प्रत्युत्तर पठायो । अब हामी चिठीपत्रमा बारम्बार भेट गर्न थाल्यौँ । स्कुलमा साथीहरूले क्षितिजको चिठी आएको बेला थाहा पाएर मलाई जिस्क्याउन थाले । कसैले ऊ मेरो ‘केटा साथी’ हो भनेर भन्थे भने कतिले ‘अब त“ कहिले क्षितिजलाई भेट्न काठमाडौ“ जान्छेस् ’ भनेर जिस्क्याउँथ्ये । म भने ऊ एउटा असल साथी हो भनेर उनीहरूलाई सम्झाउ“थे ।
क्षितिजले काठमाडौ“मा रहेको चौधरी ग्रुपमा काम गर्न थालेको थियो । क्षितिज दसै“मा मामाघर गएको बेला मलाई भेट्न कन्याम आयो । म छक्क परे“ किनभने यसपल्ट उसले आउने कुरा अगाडि चिठीमा लेखेको थिएन । उसले भन्यो ‘यो तिम्रा लागि सरप्राइज भिजिट हो ।’ मैले खाजा बनाएर उसलाई खान दिए“ । ऊ सोही दिन मामाघर फर्कने भन्दैथियो तर बुबाआमाले सा“झ पर्न लागेकाले बस्न आग्रह गरेपछि हाम्रो घरमा बस्यो । बेलुका अबेरसम्म हामी गफ गरेर बस्यौ“ । उसलाई छुट्टै कोठामा सुत्न ओछ्यान लगाएर म पनि आफ्नो कोठामा सुत्न गएकी थिएँ ।
हामी सबैजना सुतिसकेपछि आमाले मलाई बाहिर लुगा सुकाएको र आकाश गर्जेकाले पानी परेर कपडा भिज्छ होला भन्दै लुगा उठाउन अ¥हाउनुभयो । म लुगा उठाउन निस्किए“ । आ“गनका पल्लोछेऊमा राखिएको डोकामाथि कुनै कालो आकृति जस्तो देखेर मेरो मनमा चिसो पस्यो । म लुगा उठाउ“दै त्यही कालो आकृतिछेउसम्म जानुपर्ने थियो । डराइ डराइ छेउमा पुग्दा थाहा भयो त्यहा“ त क्षितिज बसेर कतै टाडा नियालिरहेको रहेछ । मलाई देखेर ऊ पनि झस्कियो । ऊ पारिपट्टि खर्साङ्ग र पूर्व दक्षिणको सम्म मैदानको सिलगुडीमा चमचमाइरहेको बिजुलीबत्तीलाई नियाली रहेको रहेछ । ऊ र म केहीबेर त्यही बसेर गफ ग¥यौ“ । त्यसबेला ऊ निकै भावुक र गम्भीर थियो । राम्ररी नदेखिने धुमिल अ“ध्यारोमा मैले उसको अनुहार नियाल्ने कोसिस गरिरहेकी थिए“ । ऊ मलाई भन्दै थियो ‘तपाईं कति भाग्यमानी हुनुहु“दो रहेछ । यस्तो स्वर्गको टुक्रा जस्तो ठाउ“मा जन्मिनुभएको छ ।’ मैले उसलाई भने“ ‘तपाईंको धनकुटा पनि कम राम्रो छैन त ?’ लामो सास फेरेर उसले भन्यो ‘हो धनकुटा राम्रो छ तर मेरो जन्मघर मलाई राम्रो लागूदैन ।’
उसको जन्म धनकुटामा भएको भए पनि ऊ सानैदेखि काकास“ग काठमाडौ“मा बसेको रहेछ । उसकी आमा सानैमा परलोक गएकी र घरमा सौतेनी आमाले राम्रो व्यवहार नगरेकाले गर्दा उसले आमाको माया नपाएकै कारणले धनकुटालाई मन पराउ“दो रहेनछ । उसको लामो गथासो सुनेपछि मैले रात धेरै बित्यो सुतौ“ भनेर उठेर हिँड्न खोज्दा उसले मेरो हात समाएर भन्यो — ‘बस्नुहोस् न केही बेर गफ गरौ“ भोलि त म फर्किहाल्छु फेरि मैले आफ्नो मनको बह कसलाई बताउनु र ?’
काठमाडौ“मा भएकी उसकी काकीले पनि उसलाई त्यति राम्रो व्यवहार गर्नुहु“दो रहेनछ । ऊ काकीबाट आजित भएर स्नात्तकोत्तरको अध्ययन नगरीकन जागिर खान थालेको रहेछ । काका सा¥है असल हुनुहु“दो रहेछ । काकीकै पिरले काकाले उसलाई सकेसम्म बिहे नगरेस् है बाबु भन्नुहु“दोरहेछ । सुनमाईकी माइजू पनि उत्तिकै छुच्ची । दसै“को बिदामा मामाघर आउनासाथ ‘मलाई के ल्यायौ त भान्जा’ भन्दै झोला खोतलखातल पार्नुभएछ । खाली हात आएको बेला माइजूले ‘अस्तिसम्म पो जागिर थिएन र खाली हात आउ“थ्यौ अब पनि खाली हात आउने’ भनेर गाली गरेपछि उसलाई मामाघरमा पनि बस्न पनि मन मरेको रहेछ ।
ऊ सहरमा बसेर पढेको भए पनि गाउ“को संस्कार, संस्कृति, मान–सम्मानलाई सा¥है ख्याल गर्दो रहेछ । उसले कुरैकुराको सिलसिलामा सहरका थुप्रै केटीहरूले प्रेम प्रस्ताव राखेको तर सौतेनी आमा, काकी र माइजूको आनीबानीले ऊ सबै केटी मान्छेलाई घृणाले हेर्ने रोगले सताउने हो कि भनेर छटपटाइसकेको रहेछ । उसका कुराले मेरो मनलाई भित्र कताकता छोयो । लामो गफ गरेपछि हामी आ–आफ्नो कोठातिर सुत्न गयौ“ । बिहान ऊ चिया खाएर मामाघरतिर जान लाग्दा आमाबुबाले खाना खाएर मात्र जान भन्नुभएपछि ऊ चियाबारीतिर घुम्न गयो । हाम्रो घर चियाबारीस“गै जोडिएको थियो । म ऊ सुतेको कोठा सफा गर्न थाले“ । कोठा सफा गर्दै जा“दा सिरानेबाट भुईंमा खसेको एउटा छालाको फोल्डर भेटे“ । मलाई दोधार भयो । पैसा राख्ने पर्स पनि होइन । हेरौ“ कि नहेरौ“ भन्ने भयो । आखिरमा मैले ‘डायरी पो हेर्नुहुन्न त यो हेरे त के होला र भनेर टिपेर हेरे“’ त्यहा“ केही भिजिटिङ्ग कार्ड र एउटी केटीको तस्बिर थियो । तस्बिरको पछाडिपट्टि लेखिएको थियो ‘म तिमीलाई कत्ति माया गर्छु ।’ त्यो तस्बिर अरू कसैको नभएर मेरै थियो । कुर्तासुरुवालमा डोको बोकेर चिया टिप्दै थिएँ — उसले पहिलो पल्ट आउ“दा खिचेको तस्बिरमा म ।
मैले त्यो फोल्डरलाई उसको डायरीमाथि राखिदिए“ । किनकिन मलाई त्यो दिन सा¥है खुसी लाग्यो । सा“च्चै नै मभित्र पनि प्रेमका आ“कुराहरू टुसाउन लागेको अनुभव भयो । हिजोसम्म ऊ मेरो सम्झनामा भएजस्तो लाग्थ्योे तर अब कताकता मुटुको धड्कनमै । हिजो राति उसले मलाई केही कुरा भन्न खोजिरहेको रहेछ तर भन्न नसकेको होला मेरो मनले यस्तो निष्कर्ष निकाल्यो । अब म ऊ कतिखेर चियाबारीबाट आउला र धक फुकाएर कुरा गर्ने भन्ने सुरमा पुगिसकेकी थिए“ । उसले मलाई केही प्रस्ताव गरोस् भन्ने मलाई लागिरहेको थियो ।
म ऊस“ग कसरी कुरा गर्ने होला भन्दाभन्दै तारगाउ“की निर्मला आई र घरमा भाउजू सिकिस्त बिरामी भएको सुनाएपछि म हतारहतार निर्मलाको घरतिर लागेँ । निर्मलाको घरबाट फर्केर आउ“दा ऊ त भात खाएर सुनमाईतिर झरिसकेछ । त्यो दिन म निर्मलाको घरमा गएकोमा ठूलो पश्चात्तापमा परेँ ।
तिहारपछि क्षितिजले काठमाडौ“बाट मलाई चिठी लेख्यो । उसले चिठीमा केटी मान्छेलाई घृणा गर्ने गरेको तर कन्यामको चियाबारी घुमेपछि आफ्नो मनमा परिवर्तन आएको लेखेको थियो । त्यसपछि मैले उसको फोल्डर र त्यसमा भएको तस्बिर भेटेको कुरा नखुलाइकन उसको मन चोर्ने विचारले चिठीमा प्रश्न गरे“ ः किन तपाईंको धारणामा परिवर्तन आयो र त्यसको कारण के हो ? मलाई त्यो पत्र लेख्ता कताकता अप्ठेरो लागिरहेको थियो ।
एक महिनापछि नै उसले चिठी पठायो र साथमा मैले सोधेको प्रश्नको उत्तर पनि दियो । उसले स्पष्ट लेखेको थियो उसको धारणामा परिवर्तन मेरै कारणले आएको भनेर । तर अझै उसले मलाई प्रेम गरेको वा गर्न चाहेको भन्ने कुरा प्रकट गरेको थिएन । के थाहा ऊ अर्कै केटीलाई मन पराउ“छ कि ? उसैले भनेको थियो — सहरका थुप्रै केटीहरूले उसलाई प्रेम प्रस्ताव राख्ने गरेका छन् । फेरि केटा मान्छे जुन ठाउ“मा गयो त्यही ठाउ“ खुबै मन पराएको भनेर तानावाना लाएर बोलेपछि हामी केटीमान्छे मख्ख परिहाल्छौ“ । केटा मान्छेहरू सिद्धिखोलाको पानी जस्तै हुन् अनि हामी केटीहरू सिद्धिखोलाको किनारमा उम्रिएका ठोट्नेहरू । सिद्धिखोलाले किनारामा जति ठोट्नेका मुना भेट्छ छोएर सुम्सुम्याउ“छ र अगाडि हुत्तिन्छ । सिद्धिखोलाले त्यस्ता ठोट्नेका मुना प्रत्येक किनार, प्रत्येक मोड र प्रत्येक भ“गालोमा भेट्छ तर ठोट्ने भने बगेको पानी फर्किने आसामा त्यही“ तड्पिरहेको हुन्छ ।
त्यसबीचमा हामीले थुप्रै पत्राचार ग¥यौ“ । अह“ मैले आफ्नो मनको कुरा कहिल्यै लेख्न सकिनँ । उसले पनि स्पष्टस“ग केही पनि लेख्न सकेनँ । उसले घुमाइफिराइ लेखेका कुराबाट प्रेमप्रस्तावको छनक भने नमिलेको होइन ।
आ... जे पर्ला पर्ला भनेर मैले सबैकुरा खुलाएर एउटा लामो पत्र लेखे“ र रजिस्टरी गरेर पठाए“ । पत्रमा मैले खोलेको थिएँ ः मैले उसको फोल्डर हेरेको त्यसमा मेरो तस्बिर र तस्बिरको पछाडि उसको हस्ताक्षर । मेरा उसको प्रतीक्षाका व्यग्रता आदिआदि । सामान्यतः मैले पत्र पठाएको २२ दिनपछि उसको पत्र आउने गर्दथ्यो । यसपल्ट मैले रजिस्टरी गरेर पठाएको हुनाले अलि चा“डै पत्र आउला भन्ने मैले सोचेकी थिए“ । तर एक महिनासम्म पनि उसको पत्र मैले पाइनँ ।
विरामी परेर म स्कुल जान सकिन । घरमा बसेको बेला मेरो हुलाकमा चिठी आएको खबर साथीहरूले सुनाए । चिठी रजिष्टरी भएको कारणले बुझ्नलाई आपै“m जानुपर्ने भन्ने पनि सुनेपछि म बिस्तारै हुलाकमा गए“ । चिठी बुझ्दा पो म छा“गाबाट खसेजस्ती भए“ । म आफै“ले पठाएको पत्र पो फिर्ता आएको रहेछ । पत्रको खाममा लेखिएको थियो मान्छेको पत्तो लाग्ने सकेन ।
भोलिपल्टै म फिक्कल गएर काठमाडौ“मा क्षितिजको काकाको घरमा फोन गरे“ । काकीले फोन उठाएर भन्नुभयो क्षितिज त अफिसको कामको सिलसिलामा जापान गएको छ । ऊ तीन महिनापछि फर्कनेछ । अहिले ऊ गएको पा“च हप्ता भयो । म घर फर्किए“ । उसले मलाई चिठी नलेखीकन जापान गएकोमा उठ्नुसम्म रिस उठ्यो फेरि चित्त पनि बुझाए“ । आखिर ऊ जापान जानु पनि मेरो भविष्य राम्रै बनाउनु न हो ।
ऊ जापान गएको तीन महिना पुगेको तीन दिनपछि उसको काकाको घरमा मैले फेरि फोन गरे“ । फेरि काकीले भन्नुभयो ‘क्षितिज त तालिम सिध्याएपछि नेपाल फर्कनुको सट्टा तालिममा उत्कृष्ट भएकाले जापानकै एउटा कम्पनीले काम दिएर अरू छ महिनाका लागि जापान बसेको छ । सायद ऊ दसै“मा आउ“छ होला ।’ मलाई थप पीडा भयो । के गर्ने के गर्ने ? यत्रो लामो समयमा पनि क्षितिजले एउटा पनि पत्र मलाई पठाएन । अब मेरा लागि दसै“सम्म पर्खनु बाहेक अर्को उपाय पनि थिएन । अब पढ्न पनि मन लाग्न छोड्यो । मेरो दिमागमा क्षितिज घुमिरहन्थ्यो । खा“दा, सुत्दा, एकान्तमा हु“दा ऊ मस“ग लुकामारी गर्न आइपुगिहाल्थ्यो ।
त्यस बीचमा मेरो बिहे हुने कुरा चल्यो तर मैले मान्दै मानिँन । विभिन्न बाहना देखाए“ । कहिले ज्योतिषी बाजेलाई यो वर्ष राम्रो छैन भन्न लगाए“ त कहिले चिना टिपन मिलेन भन्न लगाए“ । अनि कहिले म पढ्छु अहिले बिहे गर्दिँन भनेर जिद्दी गरे“ । यसै गरीगरी मैले छ महिना बिताए“ । उता बर्सात्ले चियाबारीलाई थप हरियो बनाइराखेको थियो । यता मेरो आ“खाको वर्षाले सिराने झिजाउ“दै मलाई पहे“लो बनाइरहेको थियो । प्रत्येक सपनामा म क्षिजितलाई देख्ने गर्दथ्ये । सपनामा कहिले काहीँ त हामीले बिहे गरेर मण्डपमा बसेको पनि देखिन्थ्यो । ब्युझेपछि म आफै“स“ग लजाउँथेँ ।
फूलपातीको दिन म हर्कटे दिदीको पसलमा गएकी थिए“ । मामाले मलाई काठमाडौ“बाट ल्याइदिएको जिन्सको पेन्ट र टिसर्ट लगाएकी थिए“ । जिन्सको पेन्ट र टिसर्टमा मलाई दिदीले पनि चिन्नुभएन । दिदी, भिनाजुले मेरो जिन्सको पेन्ट र टिसर्टको कुरा गरेर निकैबेर अल्मल्याउनुभयो । दिदीको पसलमा केही बेर बसेर दिउ“सो बा¥हबजे घर फर्कदा म त्यही क्षितिजले फोटो खिचिमागेको ठाउ“मा आइपुगेर रोकिए“ । मेरा आ“खामा त्यही क्षितिज नाँच्न थाल्यो । उसका वचन, उसको शरीर, उसका पत्रहरूले एकपछि अर्को गर्दै मलाई अतीततिर तानिरहेको थिए ।
कृपया फोटो खिचिदिनुहुन्छ कि ? उसको त्यही वाणी मेरा कानमा झुन्डिरहेको थियो । आहा ! कति मीठो बोली थियो त्यो । तर फेरि त्यस्तै आवाज मेरा कानमा ठोक्कियो । म त एकोहोरो टोलाइरहेकी ...कसैले बोलाएको आवाजलाई पनि डेढ वर्ष अगाडिको क्षितिजको आवाज भन्ठानेर घोत्लिरहेकी मलाई हुनसम्म लाज लागेको थियो । मैले आपूmलाई समाल्दै उसको क्यामेरा हातमा लिए“ र खिच्नलाई तयार भए“ । उसले दोहो¥याएर बोलाउन्जेल म एकोहोरिएकीले उसको अनुहार हेर्न सकिरहेकी थिइनँ । क्यामेरालाई आ“खाअगाडि राखे“ र उनीहरूतिर हेरे“ । एक जना जापानी केटी र नेपाली केटो । मेरो हातबाट एकाएक क्यामेरा भुइ“मा खस्यो । त्यतिखेर क्षिजितले पनि मलाई चिन्यो र भन्यो ‘रेखा तिमी ? हामी तिम्रो घरतिर नै जान हि“डेको । उनी मेरी श्रीमती मायोकी’ अनि उसले मायोकीलाई अंग्रेजीमा भन्यो ‘उनी मेरी बहिनी रेखा ।’
म भने केही नबोलीकन फटाफट अगाडि लागेँ । क्षितिज भन्दै थियो रेखा तिमीलाई के भयो ? कति दुब्लाएकी, हामी पनि तिम्रो घर जाने, पर्ख न ? तर म भने पछाडि नफर्किकन अगाडि भागिरहेकी थिए“ । आफै“देखि, आफ्नै छायादेखि, टाडा कतै क्षितिजतिर .... अन्जान गन्तव्यतिर............ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 28 बैशाख, 2071

लेखकका अन्य रचनाहरु