भाग्यको खोजी

- विश्वम्भर चन्चल

ऊ हिजोदेखि त्यो बाटो नापिरहेको थियो– उहाँदखि त्यहाँसम्म र त्यहाँदेखि उहाँसम्म । उसका आँखा एकटकले बाटोमा गाडिइरहेका थिए र कतै कुनै एउटा खैरो वा सेतो वस्तु जे देखे पनि उसको मन ढक्क फुलिहाल्थ्यो त्यही हो कि भनेर र जब त्यसको नजीक पुग्थ्यो वा त्यसलाई हातले टिप्थ्यो, त्यो चीज हुन्न थियो जसका लागि ऊ यति तल्लिन भएर खोजी गरिरहेको थियो ।
मैले मेरै घरको भ्mयालबाट यी सबै क्रियाकलापलाई देखिरहेको थिएँ र मनमा यो पनि सोचेको थिएँ कि उसको कुनै मूल्यवान सामान हराएको हुनु पर्छ र त ऊ त्यसको खोजीमा यति व्यस्त छ । एक मन त लाग्यो– गएर उसको सामान खोज्नमा म पनि मदत गरिदिऊँ । फेरि अर्को मनले भन्यो– थाहा छैन ऊ मानिस कस्तो खालको छ र के भनी टोपल्ने हो फेरि ? तर पनि उसको जुन स्थितिमा मैले अड्कल काटिरहेको थिएँ, त्यस स्थितिमा उसले जे भने पनि गएर मदत गरिदिने नै विचार गरेँ र ऊ जहाँ रुमल्लिइरहेको थियो त्यहीँ पुगे ।
म पुग्दा पनि ऊ सामान खोज्नमा नै ध्यानमग्न थियो । सोधेँ, “तपाईँको के हरायो ?” तर उसले मेरो प्रश्न सुनेन वा सुनेर पनि जवाफ दिएन, थाहा भएन । फेरि दुई–चार पाइला ऊसँगै हिँडेपछि भनेँ, “भन्नोस् न, तपाईको के हरायो ? । म पनि खोज्नमा मदत गरिदिन्छु ।”
“भाग्य,” उसले मतर्पm नहेरिकन नै जबाफ दियो । मैले कुरो बुभ्mन सकिनँ र भनेँ, “के भन्नुभएको तपाइँले ? मैले बुभ्mन सकिनँ ।”
“हो ! म मेरो भाग्य खोज्दैछु यो बाटोमा,” उसले यसपटक मेरो अनुहारतिर हेरेर खिन्न हाँसो हाँस्यो ।
“भाग्य.... ? यो बाटोमा.... ? के भन्छ यो मानिस ? पक्कै दिमाग खुस्कियो होला यसको,” मैले मनमनै यही सोचे पनि त्यस भावलाई दबाउँदै भनेँ, “कसरी तपाईँ यो बाटोमा आप्mनो भाग्य खोज्दै हुनुहुन्छ ? कहाँ हुन्छ बाटोमा भाग्य ? भाग्य त आप्mनो मिहेनत र परिश्रममा पो त हुन्छ ।”
बाटोको छेउछाउतिर आँखा दौडाइरहेर नै उसले सुनायो, “त्यो त मलाई पनि थाहा छ । तर अहिलेको अवस्थामा मेरो भाग्यको निर्माण यही बाटोले गर्छ । शायद तपाई यो कुरा बुभ्mन सक्नुहुन्नहोला ।”
“हो, सकिनँ,” मैले स्वीकृति जनाएँ । उसले अलि जोशिएर भन्यो, “अन्यत्र भन्नुहुन्छ भने मैले मेरो भागयलाई कहाँ खोजिनँ ? मेरो योग्यतामा खोजिनँ कि ? मेरो परिश्रमप्रतिको आस्थामा खोजिनँ कि ? मेरो इमान र कतव्र्यबोधमा खोजिनँ कि ? कहाँ खोजिनँ ? यही भाग्यको खोजीमा त मैले मेरा विगतका तीन दशक बिताएँ ।”
उसले यति भनिसकेपछि म उसको भावनात्मक सामिप्यमा आएजस्तो लाग्यो र अरू कुरा सोध्न त्यति गाह््रो भएन । प्रष्ट जबाफको अपेक्षा राख्दै सोधेँ, “अब मलाई पस्ट भन्नोस् त, यो बाटो र तपाईको भाग्यसँग के सम्बन्ध छ ?”
“निकै ठूलो सम्बन्ध छ” उसले सुनायो, “यही नै त बाटो हो जहाँ ती नेता बिहान–बिहान टहल्न हिँड्छन् । यही एकलासको बाटो भएर त मलाई मेरो भाग्य खोज्न सहज भयो ताकि अरूको भन्दा अगाडि मैले मेरो भाग्य यहाँ पाउँ !”
“कुन नेता ?” मेरो सोधाइमा उसले नाम भनिदियो, मैले सहि थापेँ, “हो ! त्यो त मैले पनि देखेको छु । धेरै समय भयो नेता यही एकलासको बाटोमा बिहान–बिहान स्वच्छ हावा लिन टहलिरहन्छन् ।”
तर भेद अभैm खुल्न सकेन । मैले यसपटक अलि जोड दिएर भनेँ, “भन्नोस् न त यो बाटो, नेता र तपाईको भग्सँग के सम्बन्ध छ ? नेतालाई भेट्ने हो भने बिहान–बिहान आएर यही बाटो कुर्नुपर्छ र पछिपछि लाग्नु पर्छ । होइन भने केको यो खोजाइ ?”
यस बखत चाहिँ उसले अलि झर्केर भन्यो, “भैगो, कृपया अहिले तपाईँ जानोस् र मलाई मेरो भग्यको खोजी गर्न दिनोस् । यदि मैले मेरो भाग्य फेला पारेँ भने म तपाईलाई भन्न आपँैm आउनेछु । बरु मलाई तपाईँको नाम र ठेगाना भनेर जानोस् र मप्रति तपाईको यस सद्भावनाप्रति धन्यवाद पनि लिनोस् ।”
मैले मनमनै उसरलाई अर्धपागलको संज्ञा दिएँ तापनि उसको भेद जान्नका लागि मनको कौतुहललाई भने दबाउन सकिनँ । अनि उसले मलाई यी सबै रहस्य भन्न आउला भनी विश्वास नगर्दा नगर्दै पनि आप्mनो नाम भनिदिएँ र घर पनि त्यही बाटोको छेउमा भएकोले ठाउँ देखाइदिएँ । उसले एकपटक फेरि मलाई धन्यवाद दियो र त्यही बाटोको छेउछाउमा रुमल्लिई वरपर, जताततै आप्mना आँखाहरू बिछ्याउन थाल्यो । म आप्mनो बाटो लागेँ ।
घर पुगेपछि पनि मैले उसबारे नसोचिरहन सकिनँ । मैले सोचिरहेँ– बाटो, नेता, भाग्य...., कसरी सामञ्जस्य गरूँ म यी तीन कुराहरू ? ‘ओ हो !’ निधारमा हात नराखी बस्न सकिनँ । त्यसै बखत रेडियोबाट अघिल्लै दिनदेखि दिइराखेको एउटा विज्ञापन फेरि पनि मेरो कानमा पर्न गयो । विज्ञापन यस्तो थियो– हराएको सूचना ! खैरो ‘बडी’ मा सेतो टाउको भएको र एकातिर ‘लिड’ र अर्कोतिर नीब भई दुवैतिरबाट लेख्न हुने विशेषता भएको मूल्यवान पार्कर कलम एक....देखि.... सम्मको बाटोमा हराएको छ । पाउनुहुने महानुभावले कृपया निम्नठेगानामा बुझाइदिनुभएमा धन्यवादसहित उचित पुरस्कार दिने थिएँ । फोन नं...., ठेगाना...., जुन फोन नंम्बर र ठेगाना तिनै नेताको नेताको थियो र उनको कलम हराएको ठाउँको सिमाना पनि त्यही बाटो थियो जहाँ त्यो मानिस आप्mनो भाग्य खोजिरहेको थियो ।
यस विज्ञापनले उसप्रतिको मेरो कौतुहल झन बढ्न थाल्यो यस कारणले कि उसले त्यो बाटोमा आप्mनो भाग्य पाउन खोज्नुको मतलब त्यही कलम पाउनु त थिएन ? र, त्यो कलम पाएपछि पनि उसले आप्mनो भाग्य कसरी, कुन रूपमा प्राप्त गर्न सक्थ्यो ? मेरो लागि झन् रहस्यको विषय बन्यो । अनि त यही रहस्योद्घाटनका लागि पनि मैले उसलाई भ्mयालबाट हेर्दै रहेँ कतै देखिन्छ कि भनेर । तर त्यसपछि न ऊ देखियो न त मलाई उसको भाग्यबारे भन्न नै आयो । यसबाट यो कुरा प्रष्ट थियो कि उसले भाग्य पाउन सकेन र मलाई भन्न पनि आएन ।
धेरै दिन बिते । मैले उसको सम्झना प्रायः हराइसकेको थिएँ । तर अकस्मात् एक दिन कतै बाटोमा मैले उसलाई भेटेँ । भेट्नासाथ उसले मलाई नमस्कार गर्यो र भन्यो, “माफ गर्नुृहोला, म तपाईकहाँ आउन सकिनँ ।”
“त्यो त मैले यही ठानेको थिएँ कि तपाईले भाग्य पाउन सक्नुभएन र त मकहाँ आउनु भएन,” मैले भनेँ, “तर तपाईँले बेठाउँमा आप्mनो भाग्य खोज्नुभयो, दुःख लाग्यो ।”
“होइन, तपाईँले गल्ती कुरा गर्नुभयो,” उसले मेरो कुरा काट्यो, “दुःख त मलाई यस कुरामा लाग्यो कि मैले ठीक ठाउँमा नै आप्mनो भाग्य खोज्न थालेँ ।”
“अर्थात्.... म अलि प्रस्टिइन कि.... ?” भन्ने मेरो वाक्यमा उसले यसरी प्रस्ट्यायो, “मैले सोचेथेँ भाग्यको निर्माण आप्mनै व्यक्तिगत् गुण र क्षमताले गर्दछ र विगतका दिनहरू पनि मेरो यही सोचाइले लम्बिदै गए मात्र, उपलब्धी भने केही हुन सकेन । तर अहिले आएर परिस्थिति र सत्यलाई मैले बुभ्mन थालेको छु । भाग्य निर्माणमा मानिसको आप्mनो व्यक्तिगत् गुण र क्षमताबाहेक अरू कुराले पनि भूमिका खेल्दछन् र यिनै कुरासँग सम्झौता गर्न म आज बाध्य भएको छु । तीमध्ये चिनजानको माध्यम पनि एउटा हो जसका लािग मैले उपयुक्त मौका पाइरहेको थिइएनँ र म त्यो मौका खोज्दैथिएँ आप्mनो इमानदारी कामबाट नै ।
“अपशोच छ ! तपाईँले त्यो मौका पाउनु भएन ।”
“होइन, त्यसमा पनि अपशोच छैन,” उसले मेरा सहनुभूतिका शब्दलाई फेरि यसरी काट्यो, “अपशोच त यस कुरामा छ कि मैले मौका पाएर पनि पाउन सकिनँ ।”
“कसरी ?”
उसले यसरी उत्तर दियो, “मैले कलम त्यसै बेला पाएँ जब तपाईँ मबाट छुट्टिनुभयो । त्यो तिनै नेताको त्यही कलम थियो जुन अरूको र अर्काको हुनै सक्दैनथ्यो ।”
“अनि त्यसपछि के भयो त ?” मैले एकदमै कौतुहलपूर्ण रूपमा सोधेँ । उसले भन्यो, “जे हुनु थियो र यस देशमा भई आएको थियो, त्यही भयो । म कल्पना र आशाका अनेक तारतम्यहरू बुन्दै तत्काल नेताको बासस्थान पुगेँ । पहिले त कोठाको बाहिरै उपस्थित् उनको पि.ए.ले मलाई भित्र जानै दिएन ‘अरु मानिस छन्’ भनेर । तर जब मैले ऊसँग अनेक बिन्ति गर्दै ‘अति जरुरी काम छ’ भनेर बताएँ, त्यसपछि मात्र भित्र जान दियो ।”
“तपाईँले कलम पाएको कुरा पि. ए. लाई भन्नु भएन त ?”
“भनिनँ,” नत्र ऊ आपैmँले नेताबाट जश लिई मलाई बाहिरैबाट फर्काइदिन सक्थ्यो । तर म यो कुरा चाहँदैनथेँ । म त राम्रो भाग्यको खोजीमा थिएँ ताकि नेतालाई मैले मेरै मुखबाट सुनाउँदा र आप्mनै हातले उनको हातमा कलम थमाइदिँदा उनी मसँग बढी खुशी होलान् !” उसले यथार्थ कुरा सुनायो ।
“अनि के भयो त ?” मेरो उत्सुकता बढ्दै गयो । उसले भन्दै गयो, “अनि म भित्र पसेँ । नेतालाई नमस्कार गरेँ र आप्mनो नाम र ठेगाना बताउँदै कलम पाएको कुरा र ठाउँ ठ्याक्कै तोकिदएँ । नेता पनि खुशी भएका जस्ता देखिए, मसँग कलम मागे, हातमा लिए र धेरै बेर कलमलाई घुमाई–घुमाई हेरिराखे.... ।
“हजूरकै होइन त हजूर यो कलम ?” मैले खुशी प्रकट गर्दै सोधेँ । नेताले ओठमा एउटा व्यङ्ग्य खालको मधुर हाँसो ल्याएर पहिले वरपरका ती आप्mना मानिसहरूलाई हेरे । अनि बिस्तारै कोटको भित्री खल्तीबाट अर्को त्यही दुरुस्तको कलम निकाल्दै भने, “तपाईँ ढीलो हुनुभयो । मैले मेरो कलम पाइसकेँ.... !”

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 28 बैशाख, 2071

लेखकका अन्य रचनाहरु