गीत

- राजकुमार श्रेष्ठ "दीप"

जिन्दगी नै जाली रहेछ यती धेरै गाठो पर्यो
फुकाउने र कस्ने गर्दा अझै धेरै फाटो पर्यो।

कस्को हातमा लगाम डोरी कहाँबाट तानि रहन्छ
पूर्व चाल्न खोज्दा पाइला पश्चिमतिर सरिरहन्छ
जता चालुँ पाइलाहरु ठेसै लाग्ने बाटो पर्यो
देउरालीमै छलिएछु अझै धेरै फाटो पर्यो।

सुख भेट्ने कहाँ होला भोग्न पाउँदा कस्तो होला
थाप्नै नपाई फाट्ने हो कि जिन्दगीको मेरो झोला
आशाहरू जगाई राखे, निरासा पो साटो पर्यो
भत्किएछन् सपना र बिपनामा फाटो पर्यो।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 28 बैशाख, 2071

लेखकका अन्य रचनाहरु