अनपेक्षित

- इन्द्रकुमार श्रेष्र्ठ सरित्

हामी एक अर्कालाई बिद्यालयदेखि नै चिन्दथ्यौं । ऊ मभन्दा दुईवटा कक्षा अगाडि थियो । तर हेर्दा ऊ म भन्दा पनि सानो कदकाठीको फुच्चे तर मायालाग्दो अनुहारको देखिन्थ्यो । हाम्रो बीचमा खासै मित्रता थिएन केवल एउटै विद्यालयमा पढ्ने भएको नाताले मात्र हामी एक अर्कालाई चिन्दथ्यौं । तर, विशेष कुराकानी ह“दैन थियो ।

कक्षा छ मा पढ्दापढ्दै कारणवस मैले त्यो विद्यालय छाडेर म धरानमा पढ्न थालें । एस.एल.सी . सकेपछि मैले जागीर खाए“ं र अध्ययनकै लागि भनेर राजधानी सरुवा भए“ं । विद्यार्थी कालदेखि नै म मा रहेको साहित्यिक अभिरुचिलाई मैले राजधानीको माटोमा भ्mयाङ्गिने मौका दिएं“ । औपचारिक अध्ययन र साहित्य लेखनलाई मैले स“ंगसं“गे लगें । स्नातक तहका साथीहरु मेरो लेखाई र ती लेखाईहरुको निरन्तर प्रकाशन देखेर दङ्ग पर्दथे । उनीहरुको दङ्ग पराईले अरु लेख्ने र अभैm रामे्रा लेख्न म सधैं हौसिन्थें ।

त्यहीबेला एउटा राष्टिय दैनिकको प्रकाशन हल्लाखल्ला गर्दै सुरु भयो । मैले पनि त्यसमा समसामयिक लेखहरू पठाउन थालें । पठाइएका सामग्रीहरु धमाधम छापिन थालेपछि म उक्त दैनिकको अघोषित स्तम्भकार नै भएको थिए“ । उक्त दैनिकले प्रकाशित लेख रचनाको पारिश्रमिक पनि दिन्छ अरे भन्ने थाहा पाएपछि त्यसको कार्यालयमा पुग्दा त उही पुरानो परिचित अनुहारसं“ग जम्काभेट भयो ।
सनमजी । तपाई यत्ति राम्रो लेख्नु हुन्छ भन्ने मलाई थाहै थिएन । ै उसले मलाई बस्ने इशारा गर्दै भन्यो ।
मलाई पनि तपाई नै यो पत्रिकाको सम्पादक हो भन्ने कुरा पत्रिकामा तपाईको नाम देख्दा पनि दश मनमा एक मन पनि थिएन, प्रोल्लासजी । ै विद्याथी कालका हार्मी तं ै स्तरका परिचित व्यक्तिहरु आर्ज तपाईं ै मा उक्लेर कुरा गरिरहेका थियौं ।
***
सगर नामक दैनिकबाट प्राप्त भएको पारिश्रमिक मैले लगेर श्रीमतीको हातमा राखिदिएं । अचानक एक मुठो पैसा प्राप्त गर्दा श्रीमती सं“ाच्चै खुशी देखिएकी थिई । त्यसपछिका दिनहरूमा मैले हप्तामा एक पटक नियमित रुपमा एउटा लेर्ख सगर लाई पठाएं“ । पारिश्रमिक लिन भने म महिना, दुई महिनामा जान्थें । प्रोल्लाससं“ग कहिले भेट हुन्थ्यो, कहिले हुं“दैन पनि थियो । मलाई थाहा थियो ऊ र उसको पुरै परिवार राजनीतिमा होमिएको थियो । अहिले पनि ऊ देशभक्त कम्युनिष्ट पार्टीको सक्रिय सदस्य रहेछ । त्यसैले पत्रिकाको सम्पादक भएर पनि हत्तपत्त उसलाई सिटमा भेटिदेैन थियो । पार्टीकै पत्रिका भएकोले दोहोरो जिम्मेवारीमा उसलाई सजिलो भएको हुनु पर्छ । मैले यस्तै लख काटें । कोही बेला आवश्यक परे लेखिने लेखको विषयमा म ऊ सं“ग फोनमेै सरसल्लाह पनि गर्थें । हार्दिक मित्रता नभए तापनि पुरानो परिचयको नाताले अब हामी व्यवसायिक धरातलमै भए पनि एकले अर्कालाई थोरै सम्मान गर्न थालेका थियौं कि मलाई यस्र्तै लाग्न थालेका थियो ।

विद्यालय ज“ांदा गाडीभाडा हामीले दश पैसा तिथ्र्यौं तर उसले कहिल्यै गाडीभाडा तिरेको मलाई हेक्का छैन । उसले कण्डकटरस“ंग कलिे दाईको त कहिले मामाको साइनो वा परिचयको माध्यम बनाएर यात्रा गरेको मैले अहिले पनि बिर्सेको छैन । तर अहिले ऊ पत्रिकाको गाडी चढ्नेमा पदोन्नति भै सकेको रहेछ । स“ांच्चै । प्रोल्लासले प्रगति गरेछ । किनभने त्यसबेला सम्म मेरो भने मोटरबाइक चढ्न सक्ने पनि आर्थिक अवस्था थिएन ।

यसै बीचमा साथीहरुको र प्रकाशकहरुको सहयोगले मेरा तीनवटा कविता संग्रह छापिए । साहित्यको बजारमा तिनले रामै्र चर्चा पाए । चर्चा, परिचर्चा बाक्लिरहेकै बेलामा मैले लगातार दुईवटा प्रतिष्ठित साहित्यिक पुरस्कार पनि प्राप्त गरें ।र्
सनमजी । बधाई छ । यो बर्ष पुरस्कारका लागि तपाईंकै बर्ष होला जस्तो छ । ै पुरस्कार वितरण समारोहमा बधाई ंिदै उसले भनेको थियो । मैले नियालेर उसलाई हेरें । यो मान्छे स“ाच्चै सर्वहारा शैलीको छ । नीलो पैण्ट र सेतो शर्ट यसले विद्यालय समयदेखि छाडेको छैन । खुट्टामा उही चाइनिज जुत्ताको बास छ, बोली उस्तै मीठोमसिनो छ । त्यसैले त यो सानो उमेरमै

पाटीले पत्याएर यो मान्छे पार्टीको मुखपत्रको सम्पादक भएको छ । यही मान्छे भोलि सांसद, वा मन्त्री बन्न के बेर ? सं“ाच्चै भन्ने हो भने छयालीस सालपछि कर्मचारी युनियन खुल्ने लहर चलेको बेलामा मैले पनि कम्युनिष्ट पार्टी समर्पित एउटा युनियनको सदस्यता लिए“ं । छोटो समयमा नै म उक्त युनियनको केन्द्रीय उपाध्यक्षसमेत भएं“ । वैचारिक दृष्टिले म द्वन्द्वात्मक भौतिकवाद र प्रगतिवादस“ंग परिचित हुदै थिए भने लेखनमा म असन्तुष्ट हुने ठाउं“ थिएन । स्नातकोत्तर स्तरको पढाई पनि सकिएकोले म योभन्दा स्तरीय जागीरको खोजीमा थिए“ । धेरै परीक्षाहरुमा बस्दा पनि सफलता प्राप्त नभएपछि मैले मन खोलेर प्रोल्लाससं“ग कुरा राखें ।र्
तपाई जागीर खादै राजनैतिक पार्टीको पनि नजिक रहने हो भने कुनै सरकारी संस्थामा प्रवेश गर्नुस् । तपाईंस“ंग शैक्षिक योग्यता पनि छ, काम गर्ने क्षमता पनि छ । भर्खरै राष्ट्रिय बैंकमा अधिकृत मागेको छ । तपाई आप्mनो ढङ्गले तैयारी गर्नुस्, सकेको सहयोग म गरु“ला नि । ै

प्रोल्लासको आश्वासन पाएपछि मेरो खुट्टा भूईंमा थिएनन् । एउटा गतिलो संस्थामा अधिकृतको जागीर पाउनु म जस्तो व्यक्तिका लागि सुन्दर सपना नै हो । त्यसैले सुन्दर सपनाको फल प्राप्तिका लागि म कोचिङ्ग कक्षामा भर्ना भए । सोही संस्थाको परीक्षालाई लक्षित गरेर कक्षा सञ्चालन गरिएको रहेछ । कार्यालय समयपछिको उक्त कोचिङ्ग कक्षा सकेर अ“धेरी रातमा सिंहदरबारको पछाडि अनाम नगरको माउभैंसी भासिने बाटोमा बच्दैबच्दै अगाडि बढिरहेको बेलामा एउटा गाडी बिपरित दिशाबाट हुईकिदै आयो र बाटोको हिलोले मलाई निःशुल्क नुहाई दियो ।
***
ए दाई, अं“ाखा छैन ? हेर्नुस् त के गति भयो मेरो ? ै मैले रोष प्रकट गरें ।र्
कुन चै गधा हो यो बीच बाटोमा कराउने ? ठोक्दे धने यो पाजीलाई । ै यात्री सिटबाट आएको आवाजतिर गाडीको उज्यालोमा ठम्याएर हेर्दा उही परिचित अनुहार एउटी षोडषीको अ“गालोमा रहेछ ।र्
अहो .........तपाई........? ै उसलाई यो रुपमा देख“ुला भन्ने मैले कल्पनै गरेको थिइन ।र्
हु इज दिश बास्टर्ड ? धने, ठोक्दे सालेलाई । ै षोडषाीलाई च्यापेरै ऊ अर्धमुदित नयन लिएर चिच्यायो । .र्. भीखमंगालाई बाटोमा हिंड्नसमेत आउ“दैन ? ै त्यहीबेला हुईंकिएको गाडीबाट जोगिन खोज्दा साइकल र म स“ंगसं“ग कान्लामुनि गुल्टिन पुगेछौं ।
तर म होसमा भएर पनि अर्धबेहासीमा थिएं“ र आपैmलाई चिमोटेर सोधेंः— अहिले भर्खरै मैले जे देखें, जे सुनें र जे भोगें, के यो बास्तविकता हो ?

तरहरा (सुन्सरी)

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 चैत्र, 2070

लेखकका अन्य रचनाहरु