यात्रा जिन्दगीको

- रुपेश अनमोल

भौगोलिक दुरी खासै दूर नभए पनि त्यहाँको मान्छेहरुसगँ घुलमिल थिएन भने
एकार्कामा चिनजान नहुँदो रहेछ।कुनै हाटमेलाहरुमा देखिएलान् ति
अनुहारहरु..तर बोलचाल छैन भने, चिनजान थेन भने यो ठाउँको फलाना हो/हुन्
भनेर कसरी थाहा हुनु?यहि घुलमिल,आवतजावत थिएन र त भौगोलिक दुरी नजिक भएर
नि ति ठाउँका अनुहारहरुसगँ परिचित थिइनँ म।बारबार देखिएका चेहेराहरुसगँ म
अपरिचित नैँ थिएँ र उनीहरु पनि।हामीहरु बिच एकापसमा हेराहेर हुन्थ्यो तर
बोलचाल थिएन।र सोधखोज पनि गरिएन त्यो समय।

मौसम बद्लीदों थियो।जाडो पनि थिएन र खासै गर्मी पनि थिएन।तर चिसो हावाको
सिरसिरे वतासले बद्लीदों मौसमको संकेत दिदैँ थियो।प्रकृति हराभरा
थियो,मनोरम थियो।खेतका गराहरुमा धानका वालाहरु फुल्न थालेका थिए।सधैँ
वादलले धमिल्याउने नीलो गगन खुल्न थालेको थियो।यदाकदा चराहरुको वथान उडी
रहेका देखिन्थे आकाशमा।हो,यिनै प्रकृति,समय र आकाशले पनि स्वागत गरी
रहेको थियो-दशैँलाई।

गाउँ घरका मान्छेहरु पनि दशैँको आगमनले केहि व्यस्त थिए।कोहि लुगाफाटा
किनमेल गर्न,कोहि खान्तेपिन्ते खरीद गर्न व्यस्त देखिन्थे।कोहि भने घर
श्रृंगार्नमैँ तल्लीन थिए।म पनि सदरमुकामबाट भर्खर गाउँ फर्केको थिएँ।

नवमीको दिन बिहानै हामी निसान(थर्पु) बजार तिर लाग्यौँ।अहो!बाटाभरि
मान्छेहरु..।धेरै जसो आफ्नै गाउँ ठाउँका चिने जानेका साथीहरु थिए त केहि
अपरिचित अनुहारहरु बाटामा भेटिए।हामी एउटै गाउँका चेलि-माइतीहरु एक जमात
अघि बढ्दै थियौँ।निसान पुग्न ननस्टप पैदल यात्रामा लगभग तिन घण्टा
लाग्थ्यो।हाम्रो अघि पछी पनि त्यही गन्तव्यको यात्रीहरु थिए।हाम्रो पछी
मंगोल-आर्य वर्णका केहि हुल थिए।अघि केही कपाल खुल्लै छोडेका र केहि
सिम्पल झैँ लाग्ने ६/७जना केटीहरुको ग्रुप थिए।बेला-बेला पछाडी मुण्टो
फर्काएर हामी तिर नजर फ्याक्थे।ति देखिएका अनुहार तर अपरिचित(चिनजान
नभाका)हरु थिए।

दुई वर्ष पहिले गाउँकैं स्कुलबाट कक्षा आठ पास गरेर म ढेड घण्टा हिडेरै
पढ्न मा•वि•जान्थेँ। जुन समय प्रत्येक दिन स्कुलमा देखिएका अनुहारहरु
हुन् यि। जो सगँ देखा-देख छ बोलचाल छैन,पहिले जस्तै अहिले पनि।चिने
जस्तरी नजर फ्याकाँ-फ्याकँ छ तर वार्तालाप छैन।चिनजान छैन।

हामी निसान नजिक्-नजिकै पुगेका थियौँ।एउटा चौतारोमा पुगे पछि उनीहरु थकाई
मार्न बसे।हामी उनीहरुलाई बाटो काटेर अघि बड्नु थियो।हामी अघि बड्यौँ।
जति बेला उनीहरु मध्येकैँ एउटा परिचित अनुहारले अकस्मात म माथि एक नजर
फ़्याकिन्। म मा भूकम्प पैदा भयो। तर मैले बिना हिच्कीचावट र निडरताका
साथ त्यो नजर माथि नजर जुधाउँने दुश्साहस गरे।ठोक्कीए नजरहरु,झुकाईन्
नजर तिन्ले।मन्द-मन्द मुस्कुराईन् र केहि संकेत गरीन् तिन्ले।मैले
मौनतामैँ थोरै मुण्टो हल्लाएर बुझे झैँ ईसारा गरी दिएँ।

निसान मेला निकै ठुलो लागि सकेको थियो।निसान धुमधामले नचाउँदै
थिए।अघि-अघि बाजागाजा,ढोल,बन्दूक पड्काउँदै पछि-पछि पुराना
हातहतियार,तरबार र त्रिशूलसगँ ति निसानलाई नचाउँदै थिए। दुइटा निसान, ति
दुइटैलाई पर र वर गर्दै यसरी नैँ नचाउँदै थिए।एक साईडमा मन्दिर थियो।
बेला-बेला निसान नचाउँदै त्यहाँ लान्थे।पुजा-आजा गर्थे/गराउँथे पुजा गर्न
आउँनेहरुलाई।दिनको दुई बजेसम्म निसान नचाए र त्यहि मेला बिचमा मार
काटे।त्यसपछि आ-आफ्नो गन्तव्य तिर लागे क्यार...थाहा भएन, खै कता तिर लगे
निसान?

जिन्दगीको रंग बद्लीएको थियो,मन बद्लीएको थियो।त्यही घट्नाले.....जस्ले
जिन्दगीमा भूकम्प पैदा गराएको थियो।जुन दृश्य परिदृश्यले मनमा खैलाबैला
मच्चाएको थियो।हो,मलाई मेलाले कुनै प्रभाव पारेन।घुमियो,फिरीयो मेला
भरियो तर मन त्यही चेहेरामा थियो।जसले एकै नजरमा कायल बनाएको थियो।अस्थिर
मनलाई स्थिर बनाएको थियो।बजार क्षेत्र साघुँरो भएर होला मेलामा पाईला
सार्न मुश्किल थियो।यति भीड मेलामा यता-उता एकैछिन घुमफिर गरियो तर मन
अन्यत्र थियो।यी नयन पनि खै कसको खोजमा तल्लीन झैँ थिए।

घर फर्किनु थियो,हामी फर्क्यौँँँ सबेरै।त्यही बाँटो हुदैँ आफ्नै गाउँ ठाउँमा।

राती पिगं खेल्न जाउँ भन्दै कोठामा आए साथी(दिपक,सुदीप,सुरेश)हरु।थकाई
भएता पनि साथीहरुको प्रस्तावलाई नकार्न सकिन।तर पिगं आफ्नै टोलमा नभएकोले
अर्कै गाउँमा जानु पर्थ्यो।जान त जाने कता जाने?निर्णय गर्नु
थियो।निचोडमा पुग्नु थियो।चतुरेको पिगंमा पोहोर साल सुभागँ र भारपाका
केही जड्याहा केटाहरु झगडा गरेका थिए।हानाहान गरेका थिए।काटाकाट गरेका
थिए।एउटाको हातै काटेकाथेँ,त्यही पिगंको विवादले..।त्यही सन्त्रासले पनि
हामी टुवा पिगं खेल्न जाने भयौँ।र लाग्यौँ एक जमात फेरि रातमा जाग्न।

लगभग एक घण्टाको हिडाई पछि पिगं खेल्ने ठाउँ(टुवा)पुगियो।वरीपरी निकै
मान्छे जम्मा भई सकेका थिए।धेरै जसो पिगं मैँ झुम्मिएका थिए।हामी एक
साईडमा बसेर मान्छेहरु नियाली रह्यौँ।धेरै स्कुल पढ्दाताकाका साथीहरुसगँ
भेट भो।देखे चिनेका साथीहरुसगँ हाई हेल्लो बोलियोँ,हासीयोँ।टाढा-टाढाका
मान्छेहरु पिगं खेल्न आउँने क्रम जारी थियो।लिम्बु वर्चस्व क्षेत्र
भएकोले त्यहाँ लिम्बुहरुकैँ उपस्थिति ज़्यादा थियो।पिगं खाली नैँ
थिएन।खेल्ने खेलिरह्ेका थिए।कोहि दोहोरे खेल्थे।कोहि लिंगो फर्किएला झैँ
गरी मच्चाउँथे।धान नाच्नेहरु पनि कमि थिएनन्।धान नाच्ने नाची रहेका थिए..
स्वरमा सूर मिलाई पालाम घन्काएर।रमिता हेरेर बस्नेहरु बसी रहेकाथे हामी
जस्तै वल्लो छेउ पल्लो छेउ,जताततै त्यहाँ।सिरसिर हावाले कता-कता चिसो
स्पर्षको महसुश गराउँथ्यो।आकाशमा पिलपिल ताराहरु थिए।पुर्व फालेलुगँ
डाडाँ माथिबाट जूनले चियो गर्दै थियो।केही केटाहरुले टर्च झिलीक् झिलीक्
मुहारमा लाई रहन्थे।पटक-पटक यसो गरेकोले सुरेशले पनि आफ्नो टर्च लायो उता
तिर।टर्चको उज्यालोले छर्लगैं देखिए मान्छे।तर,ती को थिए? ठम्याउँन
सकेनौँ।सुरेशले टर्च पिगं तिर घुमायो।टर्चको उज्यालो प्रकाश ठोक्कियो ति
मान्छेहरुको अनुहारमैँ।स्पष्ट छोरी मान्छेको अनुहारहरु देखिए।टर्चको
उज्यालो प्रकाश आँखा मैँ पर्यो क्यार..त्यसैले तिनीहरु खै के-के भन्दै
गुन्गुनाए।गुन्गुनाएको अस्पष्ट आवाज कानमा गुन्जीयो।फेरि त्यतै एक नजर
लाइयो।टर्चको उज्यालो फक्स लागेकैँ चेहेरामा पर्यो मेरो नजर।जुन मेरो
मनमैँ गडि/बसी सकेको चेहेरा थियो।आँखा मैँ झुण्डी सकेको मुहार
थियो।सुरेशले अन्तै तिर टर्च घुमाई हाल्यो।मेरो नजरमा परेको त्यो चम्किलो
अर्थात सुन्दर चेहेरा पनि निमेष मैँ निष्पट अन्धकारले लियो।मधुरो आकृतिमा
परिणत भए।

अब भने चुप्प लागेर बसि रहन मनले मानेन।उनीहरु अर्थात उनीसगँ नजिकीनु
थियो।र त गयौँ उनीहरुको समीपै।कसरी बोलाउँने?कुनै सम्बन्ध थिएन।तर
नजिकीनु थियो नैँ,त्यसैले धान नाच्ने बहाना बनाइयो।उनीहरुले पनि धान
नाचौँ भन्ने हाम्रो प्रस्तावलाई नकारेनन्।यसरी बल्ल दुई वर्ष पछि हाम्रो
बोलचाल भयो।चिनजान भयो।हामी एकापसमा परिचित भयौँ।

त्यस रात धान नचाई सँगै हाम्रो औपचारिक चिनजान मात्र भयो।उनको नाम पुजा
थियो।बोली असाध्यै मिठो, उतिक्कै राम्री पनि।जे-जे मनका कुरा उनलाई भन्नु
पर्ने थियो त्यो भन्ने अवसर नैँ मिलेन।सिमसिम पानी पर्न थालेकोले केही
छिनमैँ छुट्नु पर्यो।

त्यस पछिका दिनहरुमा समयले साथ नैँ दिएन।मन नजिक हुन चाहान्थ्यो तर
नियतीले झन दूर बनायो हामीलाई।हामी पुनः भेट्ने समय नैँ मिलेन।भेटेर कुरा
गर्ने त्यो अवसर नैँ जुरेन।तिहार लगत्तै म आफ्नो पढाईलाई निरन्तरता दिन
सदरमुकाम फर्के।तर क्याम्पसमा हरदम हरक्षण यही रुपले पिरोल्यो।उनकैँ
यादले सताई रह्यो।जसो तसो समय कटाउँने प्रयत्न गर्दै थिए म।

दुई हप्ता पछि क्लास छुटाएरै बालाचतुरे मेला तिर लागियो। संयोगले पुजा
सित भेट भो। र बोलियो हासीयोँ सगँ-सँगै मेला भरियो।एकापसी मनका कुरा
साटा-साट गरियो।उनले मलाई बुझिन् मैले उनलाई बुझेँ।यही थियो खुसीको पल,र
त जिन्दगीमा उमगंता छाएको थियो।उत्तरमा सेताम्मै हिमालको मुस्कान
थियो।पश्चिममा तमोर आफ्नै गतिमा बगेको थियो।सिर सिरे चिसो हावाले भने
मुटु चस्स चस्स बिझाउथ्यो/कमाउँथ्यो। दिन ढल्कदोँ थियो,मान्छे निकैँ घटी
सकेका थिए।तर पुजासगँ छुट्ने मनै थिएन र त यो चन्चले मनले सोधी हाल्यो
उनलाई।

"पुजा,आज फर्किने हो र?भोली फर्किनु,हुन्न?"
उनी मौन रहिन्।र एकटकले हेरिन् मलाई।

"आम्मै!काँ हुनु?जसरी पनि फर्किनु छ आज त।"एकछिन पछि नितुले मुख खोलिन्।

"हो र?"नितु तिर फर्के र सोधेँ।"तर फर्किनै पर्ने त्यस्तो के काम छ नि नितु?"
दुई जनै निरुत्तर।एकापसमा हेराहेर गर्न थाले।मौनता छायो।एकैछिन पछि मौनता
भंग गर्दै पुजाले भनिन्।

"सुन्नु त, भोलि पर्सी म फिदीम आउँछु।"एकटकले हेरिन् मलाई।र सोधिन् "हुन्न?"

"ठिकै छन् त" मैले पुजाको प्रस्तावमा सहमति जनाएँ। र त्यहाँबाट हामी
छुट्टीयौँ चाडैँ अर्कों भेटको प्रतिज्ञा सहित।

भोली पल्टै मैले क्याम्पसबाट पुजालाई पहिलो प्रेमपत्र पठाएँ।प्रत्येक
दिनहरु यादगार बन्दै गए।यो धुवाँ,धुलो,फोहोर,मैलाहरुले कुरूप बनाएको
फिदीम बजार अर्थात मलाई यो प्रकृति कति सुन्दर लाग्न थाले।प्रेम यस्तो
शक्ति रै'छ जसले मन, विचार र आँखालाई सुन्दर बनाउँदो रहेछ।र ति सुन्दर
मन, सुन्दर नयनले सबैलाई सुन्दर देख्दो र'छ।यस्तै-यस्तै अनुभूत गरे
मैले।म मेरो प्रेमपत्रको प्रत्युत्तरको प्रतिक्षामा थिएँ।बाँटा भरि
नयनहरु टोलाएकाथेँ।समयमैँ पत्र पुगेछ।पुजाले पनि प्रत्युत्तर स्वरुप
तत्कालै रिप्लाए पठाईन्।दुई पृष्ठ लामो मनका कुरा/भावनाहरु लेखेकी
थिईन्।मैले चुमिचुमि पढेँ।दोहोर्याई तेहोर्याई पढेँ पत्र।

त्यसपछि निरन्तर पत्र आदान-प्रदान भई नैँ रह््यो।हामी एकापसमा खुसी नैँ
थियौँ।यसरी नैँ हाम्रो माया झागिँदै गयो।टुसाई सकेको मायालाई हुर्काउँनु
थियो।अझ यो प्रेमलाई प्रगाढ बनाउँदै फलाउँनु थियो।फुलाउँनु
थियो।दुनियाँमा सुगन्धित बनाउँनु थियो।यसैको लागि हामी तत्पर थियौँ।यही
प्रेमकैँ ख़ातिर हामीमा एकार्का प्रति त्याग थियो।नत्र किन हामी एकार्का
प्रति एकाग्र ?किन यति धेरै लगाव?के यो समर्पण प्रेमकैँ उपज होइना?

जीवन हो,सबैले जिउनु पर्छ।वस;जिउँने पद्धति अलग-अलग।त्यसैले त
मान्छेहरुले जीवनलाई आ-आफ्नो भोगाईनुसार व्याख्या गर्छन्।फरक-फरक
दृष्टिकोणबाट परिभाषित गर्छन्।प्राय मान्छेहरु भोगाई नैँ जीवन हो
भन्छन्।हो,जीवन जन्म देखि मृत्यु सम्मको यात्रा नैँ हो। यस समयावधि भित्र
जे-जे घटनाहरु हुन्छन् ति जीवनका खट्किलाहरु हुन्।कहिले दु:ख,कहिले
सुख,कहिले खुसी कहिले पीडा कहिले.....यी जीवनका रंगहरु हुन्।हाम्रो
जीवनको रंग पनि समयले बदलेको थियो।जहाँ प्रेम थियो।खुसी थियो।र त बेग्लै
हाम्रो संसार थियो।समय यति बलवान/मुल्यवान हुन्छ जसलाई हामी रोक्न त
के,छुन पनि सक्दैनौँ।जो निरन्तर आफ्नै गतिमा दगुरेको हुन्छ।़जसले जीवनलाई
पनि त्यसरी नैँ दगुराएको हुन्छ।पुजा र मलाई पनि समयले आफ्नै गतिमा
दगुराएको थियो।हाम्रो जिन्दगी समयानुकूल नैँ चलेको थियो।तर यो प्रेमले
खण्डित मन,मुटु,विचार र आत्मालाई भने एकाकार बनाएको थियो।

गाउँ युवा शुन्य हुदैँ थियो।दिनदिनै युवाहरु विदेश पलायन हुदैँ थिए।यो
क्रम रोकिएको थिएन।झन प्रवासिने युवाहरुको जमात बढेको थियो।आफ्नै देशमा
कुनै रोजगार व्यावसाय नहुनु नैँ पलायन हुनुको मुल जड हो।गाउँका धेरै
साथीहरु विदेश लागी सकेका थिए।साथीभाई बिना गाउँ खल्लो लाग्थ्यो।गाउँमा
कहिलेकाहि फलानाले अरबबाट यति पठायो रे....,फलानाले मलेशियाबाट उति पठायो
रे...भन्ने यस्ता खासखुस कुरा कानमा पर्दा मलाई नरमाईलो लाग्थ्यो।आफैलाई
भित्र-भित्रै डाहा/ईर्ष्या पलाएर आउथ्यो यस्ता हल्लाहरु सुन्दा।आई.कम.1st
year को exam सकेर म गाउँ फर्केको थिएँ।तुफान,सुरेष र विरेन यी तिनै जना
विदेश जाने प्रक्रिया मिलाउँदै थिए।घरको आर्थिक अवश्था कमजोर भएको हेतुले
मैले पनि सोच्न वाध्य भए।आम्दानिको स्रोत केहि थिएन।लगानिको क्षेत्र
मात्र बढ्दै थियो।आफ्नो खर्च त थियो नै भाईवहिनीहरु दिनदिनै बढी रहेका
थिए।उनीहरुको खर्चको अनुपात दिनदिनै बढ्दै थियो।र पनि यता-उता गरेर
बा-आमाले खर्च धानी रहेका थिए।म आफुँ वा-आमाको पहिलो सन्तान भएकोले यी
घरायसी व्यावहार प्रति सजग हुदैँ गएँ।म मा कर्तव्य र जिम्मेवारी वोध
हुदैँ गयो।तर आफ्नै देशमा आफ्नै गाउँ ठाउँमा केहि गरौँ भन्ने दिमागले नैँ
सोचेन उतिखेर।सायद विदेशिनेहरुको लहर देखेर मन त्यतै तिर वहकिएको हुन
सक्छ।दिमाग त्यतै तिर वरालिएको हुन सक्छ।एकछिन एकाग्र भएर सोचेँ।अहँ केहि
निर्णय लिन सकिन।एकछिन रन्थनिएँ र पल्टिएँ खाटँ माथि।पुनः भविष्य प्रति
सोचमग्न भएँ।मलाई पनि मेरो अन्तरमनले कर्तव्य र जिम्मेवारी प्रति निर्णय
लिन निर्देश गर्यो।र निर्णय लिएँ-परदेसिने।

तुफान,सुरेष,विरेन र म परदेसिने प्रक्रियामा लाग्यौँ।हामीले एकैपल्ट एउटै
लटमा कतारको लागि पासपोर्ट पेसेका थियौँ।पेसेको लगभग तिन महिना पछि भिसा
झर्यो एकै पल्ट।मैले प्रवासिने कुरा गाउँले साथीभाई बाहेक कसैलाई भनेको
थिइनँ।क्याम्पसमा मेरो नाममा छात्रवृति परेकोले त्यसैमा थपथाप गरेर 2nd
year को admition गरी राखेको थिएँ।समय मिल्दा सम्म मन भुलाउँन क्याम्पस
जान्थेँ।र क्लास लिन्थेँ पनि।तर साथीहरु माँझ यो कुरा कहिल्यै खोलिएन।यो
कुरा आफैमा सीमित राखियो।खै किन हो?म आफैँ अनुत्तरित छु।जसलाई म सारा
कुरा भन्थे उसलाई नैँ भनेको थिइनँ यो कुरा।यसरी कुरा लुकाएर कुरा गर्दा
के सोचिन् होला मलाई?जान्न/बुझ्न उत्सुकता जागेको छ अचेल।सोध्न मन लागेको
छ पुजालाई।

हामी क़तार उड्ने दिन नजिक आई सकेको थियो।समय बर्षा ऋतुले छोई सकेको
थियो।टाढा-टाढा क्षितिजमा झुप्प-झुप्प वादल उठेको हुन्थ्यो।यसरी झुप्प
झुप्प उठेको केही समय पछि वादल फाटेर नीलो गगन खुलेको हुन्थ्यो।त्यति
बेला मलाई बडो आनन्द महसुश हुन्थ्यो।धुम्म लागेको वादल फाट्दा उकुस-मुकुस
मन पनि नीलो गगन खुले जस्तै खुल्थ्यो।त्यही नीलो गगन माथि चरा जस्तै उडुँ
झैँ लाग्थ्यो।वर्षायाम, बेला-बेला पानी परि नैँ रन्थ्यो।कहिले हावासगैँ
सन्कीएर दर्किन्थ्यो।कहिले कुहिरी मण्डल बतासिएर दर्किन्थ्यो।कहिले
सिमसिम पानी मात्र पर्थ्यो।उतिबेला त्यो सिमसिमे झरीमा रुझ्न कम आनन्द
हुन्नथ्यो।

गाउँ(हामी)लाई असारे मेलोले छोई सकेको थियो।आ-आफ्नै खेतवारी प्रसस्तै नभए
पनि गाउँका प्राय धेरैले साहूँहरुको खेत अँधिया कमाएका
थिए।तुफान,सुरेश,विरेन र म पनि मैझारो मनाएर मात्र जाने निर्णयमा
पुग्यौँ।र त्यही खवर गरी दियौँ अफीस/एजेण्ट लाई

श्रावण तेस्रो हप्ता तिर वर्खे मेलो सकियो।सारा गाउँलेले मैझारो मनाए कतै
खसी काटेर,कतै सुँगुर काटेर।लगातार असारे मेलोले लखतरान बनाएको थियो।सबै
थकित थिए।जति नैँ शरीरलाई थकान भए नि छिटो आउँ भन्ने एजेण्टको निरन्तर
दवाबले हतारो थियो हामीलाई।चारै जनाको सल्लाहानुसार एक हप्ता भित्र आई
पुग्ने ख़बर गरी दियौँ अफीसलाई।।

भोलीपल्ट सवेरै उठेर नुहाई-धुवाई गरियो।केही कपडाहरु पट्याएर झोलामा
प्याक गरियो र कपडा फेरेर तयार भइयो।यतिन्जेलमा धेरै जना जम्मा भई सकेका
थिए मेरो अर्थात हाम्रो विदाईको लागि।विदाई आफैमा दुखदायि शब्द हो।यो
शब्द सुन्दै मन चसक्क हुन्छ।त्यही विदाई यथार्थ बनेर उभिएकोथ्यो हाम्रो
अघि।समय दुखद बनेर ठडिएको थियो।तर जीवन न हो।सुखद पलको आगमनलाई जसरी
स्वागत गरिन्छ त्यसरी नैँ दु:ख पनि स्विकार्य हुनु पर्छ।सबैले
साइनोनुसार सम्बोधन गर्दै रामरी जानु,सचेत हुनु,सतर्क हुनु,छिट्टै फर्कि
आउँनु,गाउँ घर नबिर्सनु.....यस्तै यस्तै सुझाव/आशिकहरु दिए।धेरैको
अनुहारको रंग बद्लीएको थियो।आकार बद्लीएको थियो।आमा,बोजु,काकीहरुको
आखाँबाट आसुँ तप्प-तप्प खस्दैँ थियो।भनेँ
"किन आँसु झार्नु हुन्छ?हाँसी खुसी विदा गर्नुस्..."हेरेँ एकटकले
सबैलाई।बोलि थेन,शब्द थेन,सबै भक्कानिएका थिए मौनतामा।थोरै आक्रोश पोख्दै
मैले नैँ मौनता भंग गरे।"के रोएरै विदा गर्ने हो?"यति भनि नसक्दै झन
सुकसुकिन थाले।उनीहरुको त्यो क्रन्दनको अगाडि मैले मेरो मन सम्हाल्नै
सकिन।आखाँबाट आँसु गड्कीन थालेछन्।पुछेँ रुमालले आँसु।त्यहाँ निष्तव्धता
छायो। म निशब्द बनेँ।र गएँ कोठा तिर।

काकी,बोजु,आमा सबैलाई ढोग गरे।शिर उठाएर सबैको मुहारलाई नियालेँ।सबैको
मुखाकुति रुपान्तरण भई सकेको थियो।सबै आसुँले विक्षीप्त भई सकेका
थिए।साथीसंगी,भाई वहिनीहरु मौन थिए।उनीहरुलाई एकटकले हेरेँ। कोही कसैको
मुहारमा सदा झैँ चमक थिएन।सबै दुखीत मुद्रामा थिए।ओठँमा शब्द थिएन।सबैसगँ
विदाईको हात मिलाए र आवाजहीन विदाईको हात हल्लाउँदै छुट्टिए।मन असाध्यै
रोएको थियो।छाती भक्कानिएको थियो।फर्की-फर्की हेरे, आफ्नो झुप्रो घरलाई
पर-पर देखि।पाखाँडाडाँ,शीतलपाती डाडाँहरुले क्रमश ओझेल पार्दै लग्यो घर
अनि गाउँलाई।निकै लामो पैदल हिडेर नेवार डाडाँ पुगे पछि फर्की हेर्यौँँ
गाउँलाई।पाखाँडाडाँले पुरै ओझेल पारेको थियो।अहँ देखिएना गाउँ।पाईला अघि
बढायौँ।केही घण्टा पछि गाउँ पारी क्षितिज बनेर रह्यो।

जति बेला जिल्लामा एउटा सुम्हा?लुगँ सामुदायिक एफ.एम.मात्र थियो।"पत्र
सन्देश" जुन एफ.एमको लोकप्रिय साप्ताहिक कार्यक्रम थियो।जुन कार्यक्रममा
कहिलेकाहि म पनि पत्र पठाउँथे।पुजा लगायत साथीसंगी सप्पैलाई त्यहि पत्र
सन्देश कार्यक्रम मार्फत प्रवासिएको कुरा सम्प्रेषण गरेँ।हो,प्रतक्ष
रुपले कसैलाई भनिन।यसै कार्यक्रम मार्फत अप्रतक्ष रुपमा यो गोप्यता
खुलाएँ।कतिले सुने होलान्।कतिपयले सुनेनन् होला।सुन्नेले उतिखेरै म
एक्कासी वेपत्ता भएको थाहा पाएँ।नसुन्नेले र त सोध्छन् अचेल फेशवुकाँ
"कता वेपत्ता?"
"कहाँ गुमनाम हँ?"
"कता हरा'को?"
...........?
.............?
भनेर।
भारपा-३,पान्थर

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 21 फागुन, 2070

लेखकका अन्य रचनाहरु