यहाँ लगातार पानी परिरह्यो कैयौं दिन
जस्तो त्यसले धोइरहेछ हाम्रो दाग जो सफै हुँदैन
मात्र खुर्इंलिदै गइरहेको छ कमिज
जसलाई लगाएर कैयौं मौसम बितिसकेको छ
जसका स्मृतिहरु पनि मेटिइसकेका छन् भित्ताहरुबाट
न त यो गर्मीको मौसम
न त पतझड न त जाडोको कुनै दिन
कहिले काँही म आफैलाई चिनेर पनि बिर्सिन्छु
सायद कुनै रंग बच्ने छैन कुनै शताब्दीमा यति धेरै वर्षापछि
अनि यो कमिज पनि पानीकै रंगको हुनेछ ।
अनुवादः कृष्ण
प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 माघ, 2070