मैतु दिदी स्मृतिसभा

- विश्वम्भर चन्चल

“मैतुदिदी यो गाउँको एउटा प्राण हुनुहुन्थ्यो, एउटा जीवन हुनुहुन्थ्यो, एउटा सञ्चार हुनुहुन्थ्यो । उहाँ जहाँ–जहाँ जानुहुन्थ्यो मानिसहरूमा एउटा जोश, जाँगर, हौसला र उमङ्ग उर्लन्थ्यो । प्रजातन्त्रको वासना छरिन्थ्यो र धर्ती मगमगाउँथ्यो । सारा मानिसहरू उहाँको पछिपछि लाग्दथे.... ।”
मैतुदिदी स्मृतिसभामा आयोजित त्यस भेलामा उनको तस्बीरमा प्रमुख अतिथि, सभापति तथा अन्य गण्यमान्य व्यक्तिबाट माल्यार्पण गरिने कार्यक्रमपछि स्थानीय एक बासिन्दाले मैतु दिदीका बारेमा परिचय दिन सुरु गरिसकेका थिए । मानिसहरू आउँदै थिए, बस्दै थिए । कोहीले त्यस भेलामा आपूmमिल्दो साथीसँग बस्ने इच्छामा यताउति आँखा दौडाएका देखिन्थे भने कोही चाहिँले पाई पनि हाल्थे । जो नपाउने थिए, उनीहरू पनि बकुल्लाकोे बथानमा काग मिसिएभैmँ त्यत–कतै मिसिएर बस्नैपथ्र्यो ।
यस्तैमा एउटा मानिसले त्यस हूलमा प्रवेश गर्यो । उसले भादगाउँले कालो तर खुइलिएको कारण खैरो देखिने टोपी लगाएको थियो । पुरानै खालको कमिज र पाइन्टमाथि ऊ आपूmमा धेरै वर्ष पुरानोको कारण प्वालैप्वाल परिसकेको ओभरकोटले जाडोबाट केही निश्चिन्त त देखिन्थ्यो तर बेलाबेलामा टाँकका अभावमा दुवै हातले कोटलाई अँगालो मार्न पनि आवश्यक ठान्दथ्यो ।
“उः ! उनी पनि आए,” अलि परको एउटा मानिसले उसकै साथीलाई सुनायो ।
“को उनी,” साथीले प्रश्न गर्यो ।
“उनै वैज्ञानिक,” पहिलोको जवाफ थियो ।
वैज्ञानिकले पहिले चारैतिर हेर्यो र अनुहार मलिन बनाई एक ठाउँमा आप्mनो आसन जमायो । पुस महिनाको जाडोमा बतास पनि चलेकाले उसको शरीरका सबै ठाउँमा नै टालटुल गर्नु अनिवार्य थियो र त एक हातले ओभरकोटलाई अँगालो मार्दै र अर्को हातले जुत्ताभित्रको मोजामाथि पनि हात लगिरहेको देखिन्थ्यो । यसबाट थाहा हुन्थ्यो– उसको एउटा मोजा बढी फाटेर जुत्ताभन्दा केही माथिसम्म आएको छ त्यस ह्वाङलाई पाइन्टको मोहोताले पनि छोप्न सक्दैनथ्यो अर्थात् पाइन्ट उसको आवश्यकताभन्दा छोटो थियो । यसैले बाहिरबाट हुर्रिएर आएको चिसो बतासबाट खुट्टा जोगाउन उसले कहिले पाइन्टलाई तल तान्नुपथ्र्यो भने कहिले मोजाको ह्वाङललाई नै तल घुसानु पर्दथ्यो ।
जो मानिस मैतु दिदीका बारेमा बोल्दैथियो, सुनायो, “मैतु दिदीको ह्ृदय ज्यादै विशाल थियो, विचार उच्च थियो । जसले उहाँसँग केही कुरा भन्थ्यो वा माग्थ्योे, ‘नाइँ’ भन्न सक्नु हुन्नथ्यो । यस्तो लाग्थ्यो– मानौँ उहाँ देवीकै प्रतिमुर्ति हुनुहुन्थ्यो.... ।”
भेलाका मानिस कोही प्रवक्तामा ध्यान दिएर सुनिरहेका थिए भने कोही हूलमूलमा त्यसै आप्mनो अनुहार चिनाउने उद्देश्यले मात्रै पनि त्यहाँ उपस्थित थिए । उनीहरूलाई कसैको प्रवचन वा कसैको तारिफमाथि वास्ता थिएन । जसलाई आदि इत्यादि कुरामा कुनै वास्ता थिएन, उनीहरू यस्तो भेलाको एउटा सामान्य मर्यादासमेत नाघेर आप्mनै चर्को स्वरले अरूलाई बाधा पुर्याइरहेका हुन्थे । दुइटा युवक, जो यसअघि वैज्ञानिकको आगमनमा कुरा गर्दै थिए, मध्ये एउटाले अर्कोलाई हतारिएर देखायो, “ए ! हेरहेर, ती वैज्ञानिक त रुन लागे नि !”
अर्कोले वैज्ञानिकतिर निर्निमेष हेरिरह्यो । वैज्ञानिकका आँखाभरि आँसु थियो र त्यसबाट दुइ–चार थोपा झरेर गालामा बगेको पनि दखिन्थ्यो । वैज्ञानिक झरेका थोपा त गालाबाट पुछ्दथ्यो तर फेरि अरू थोपा झरिहाल्थे ।
“किन रोएका होलान् ती वैज्ञानिक ?” त्यही वैज्ञानिकपट्टि हेर्ने दोश्रोले सोध्यो ।
“खोइ, थाहा भएन,” पहिलोले जवाफ फर्कायो । त्यहाँ खासखुस चल्यो, “ए ! रोए....! वैज्ञानिक रोए.... !”
“को हुन् ती वैज्ञानिक ?” उही दोश्रोले प्रश्न गर्यो ।
“थिए यो देशका एउटा ठूलो वैज्ञानिक,” पहिलोले जवाफ दियो ।
“थिए भन्नुको मतलब.... ?” फेरि त्यही पहिलेको दोश्रोले उत्सुकता थप्यो ।
“यिनले कुनै समयमा ‘बम’ को आविष्कार गरेर आप्mनो प्रतिभाको परिचय दिन खोजे,” पहिलोले अरू प्रस्ट पार्दै सुनायो, “तर तत्कालीन सरकारले त्यस कार्यलाई अराष्ट्रियताको संज्ञा दिँदै राजकाज अपराध ऐनअन्तर्गत थुनामा राखी मुद्दा चलाउन खोज्यो । त्यसपछि यिनले ‘यस्तो काम कहिल्यै गर्ने छैन’ भनी कागज गरेर थुनाबाट निस्केपछि आप्mना सबै वैज्ञानिक अनुसन्धनात्मक कार्यहरूलाई ठ्याप्पै रोकिदिए ।”
“अहिले यिनी के गर्छन् त ?”
“मट्याङ्ग्रा बनाएर बस्छन् ।”
यस उत्तरसँगै वरपरका समेत सुन्ने सबैका मुखबाट हाँसो फुत्कियो । भेलामा जम्मा भएका केही परका मानिससमेत बसेका ठाउँबाट एकपछि अर्को उठ्दै त्यही हाँसो आएकोतिर हेर्न लागे । हल्लाखल्ला बढ्यो । आयोजक स्थिति सम्हाल्न मञ्चबाट ‘माइक्रोफोन’ को सहारा लिँदै करायो । दोश्रो प्रवक्ताको पालो आयो । ऊ पनि अब मैतु दिदीका बारेमा आप्mनो स्मृतिपटल खोतल्न थाल्यो–
“मलाई राम्रो सम्झना छ– जब हामी सानै केटाकेटी थियौँ, दशैँ तिहारमा पिङ खेल्न हामी यहीँ गाउँमा आउँथ्यौँ । ती रमाइला दिनमा उहाँ यहाँका यिनै डाँडाकाँडा, गाउँठाउँ र वरपिपलका चौतारीमा गाएर, नाचेर सबैलाई आनन्द दिलाउनुहुन्थ्यो । उहाँका नाच हेर्न हामी यति लालायित हुन्थ्यौँ कि हामी बिहानको भात पनि राम्ररी नखाई दगुथ्र्यौँ र बेलुका रातीसम्म बस्थ्यौँ । त्यस्तै असारको महिनामा मैतुदिदीको असारे गीत भनेपछि काठमाडौँ उपत्यकाभित्रका काँठफेरका वरपर सर्वत्र ठाउँबाट उहाँको भाखा सुन्न र उहाँसँग बाजी मार्न लोग्नेमान्छेहरू धुइरिन्थे । हामी पनि स्कूल पढी आउँदा परैबाट उहाँको आवाज चिन्दथ्यौँ र उहाँको गीतमा रमाउँदै बेलुका मात्र घर फर्किन्थ्यौँ । तर उता जीवनमा उहाँ सदा सादा जीवन जीउनुहुन्थ्यो । जहिले पनि साधारण छिटको चोलो–फरिया लगाउने र त्यसमाथि एउटा साधारण नै ओढ्नेलाई दाहिने काखिमुनिबाट काँधमा तेर्सो लपेटेर हिँड्ने मैतु दिदी कहिल्यै थाकेको देखिनुहुन्नथ्यो, अनुहार सँधैँ हँसिलो र फुर्तिलो राख्नुहुन्थ्यो.... ।”
यसैबीच फेरि एक जना मानिस त्यस भेलाको माझमा हतार–हतार गरी प्रवेश गर्यो । उसले पनि चारैतिर हेर्यो पहिले भेलाका मानिसहरूलाई र त्यसपछि अन्यमनस्क भावमा त्यही वैज्ञानिकछेउ गएर बस्यो । केही मोटो–मोटो, डल्ला–डल्लो देखिने त्यो नवागन्तुकको लवाइ वैज्ञानिकको भन्दा केही उपल्लो दर्जाको त देखिन्थ्यो नै तर अनुहार भने निस्तेज थियो । उसले वैज्ञानिकलाई अभिवादन गर्यो ऊछेउ बस्न लाग्दा र केही कुरा गर्यो पनि तर वैज्ञानिक केटाकेटी रोएजस्तै चूपचाप रोई नै रह्यो । नवागन्तुकले टुलुटुलु वैज्ञानिकलाई हेरी नै रह्यो– केही बेर उसको स्थितिलाई नियाल्दै र पछि आपूm पनि झन् मलिनो अनुहार पार्दै मैतु दिदीको बारे सुन्न थाल्यो ।
प्रवक्ता भन्दै थियो, “हुन पनि मैतु दिदीको आप्mनै संसार थियो– आपूm हाँस्नु र अरूलाई हँसाउनु मात्र उहाँको जीवनको ध्येय थियो । त्यसदेखि बाहेक न उहाँलाई केही ज्ञान थियो न त केही जान्न नै खोज्नुहुन्थ्यो । उहाँको संसार भन्नु नै यिनै दुइ चार कोश वरपरसम्मका डाँडापाखाहरू थिए, गाउँबस्तीहरू थिए । प्रजातन्त्र थियो, देशको विकास थियो । हो कहिलेकाहीँ भने उहाँ शहर पनि पुग्नुहुन्थ्यो । किन पुग्नुहुन्थ्यो उहाँ शहर थाहा छ तपाईँहरूलाई ?
यो पछिल्लो वाक्य बोल्दा प्रवक्ताले निकै जोशिएर भेलालाई सम्बोधन गरेको थियो । सबैका कान ठाडाठाडा भएका थिए मैतु दिदी किन शहर जानुहुन्थ्यो भन्ने रहस्य थाहा पाउनको लागि ? उसले भन्यो, “उहाँ नेता–नेताका घर–घरमा जानुहुन्थ्यो । उहाँहरूको आवश्यकतामा सहयोग पुर्याउनुहुन्थ्यो, देश र प्रजातन्त्रको लागि नेताहरूको वाणीमा नै जस्तो कार्य गर्न पनि पछि पर्नुु हुँदैनथ्यो । जसले जहाँ भन्यो त्यहीँ पुग्नुहुन्थ्यो । हाँसी हाँसी उहाँहरूलाई खुशी पार्नुहुन्थ्यो, आनन्द दिलाउनुहुन्थ्यो । त्यति त्यागी र साहसी नारी हुनुहुन्थ्यो उहाँ नेताहरूप्रति जीवन उत्सर्ग गर्ने जुन नेताहरू स्वयं नै प्रजातन्त्र र देशको लागि जीवन उत्सर्ग गर्दै हुनुहुन्थ्यो..... ।”
प्रवक्ता त्यसभन्दा पनि बढी मैतु दिदीको जीवनको रहस्य खोतल्दै थियो कि उसले आपूmअगाडि टेबुलमा राखेको पानी पिएपछि भने भेलाको चारैरि आँखा घुमायो । यसैबीच भेलाको बीचबाट एउटा मानिसले अर्कोलाई वैज्ञानिकछेउ बस्ने त्यही नवागन्तुकतिर देखाउँदै भन्यो, “हेर, हेर ती पनि रुन लागे नि !”
अर्कोले त्यतातिर हेर्यो , नवागन्तुक रोएको देख्यो र साथीलाई सोध्यो, “को हुन् ती ? किन रोएका ?”
“खोइ किन रोए यी पनि वैज्ञानिकसँगै लागेर, त्यो त थाहा छैन । यहाँ आउनेजति सबै नै बुध्दिजीवि रुनु नै पर्ने ठाउँ रहेछ कि यो, भन्न सक्दिनँ । तर....,” त्यस मानिसले प्रश्न गर्ने साथीलाई सुनायो, “यिनी एउटा दिग्गज लेखक हुन् । आप्mनो जमानामा यिनले राजादेखि रङ्कसम्म कसैलाई छाडेनन् आप्mनो कलमको तीखो धारले हान्न । यिनको कीर्ति चारैतिर पैmलियो । सरकार यिनको नामदेखि नै थर्कमान हुन लाग्यो र आतङ्कवादीको आरोपमा यिनलार्इ देश निकाला गर्यो ।
“पछि के गरेर फर्केर आए त ?”
“यिनले तरबारजस्तो कलमको तीखो धरलाई भुत्ते स्याँगीमा परिणित गरे र आत्मसमर्पणको बाटो पहिल्याए,” यस प्रश्नको उत्तरमा जवाफ दिनेले स्पष्टिकरण दियो ।
“अहिले यिनी के गर्छन् ?”
“बिन्तिपत्र लेख्छन् ।”
प्रश्न गर्ने साथी जोडले हाँस्यो साथीको यस प्रकारको उत्तरमा । भेलाका मनिसले फेरि जर्याक्जुरुक् उठ्दै यताउति हेरे । हल्लाखल्ला भई नै हाल्यो । प्रवक्ताले मैतु दिदीका बारेमा के के भने, कसैले राम्रो सुन्न सकेनन् । तर मानिसहरू फेरि यथा–यथास्थानमा बसिसकेर हल्लाखल्ला शान्त भइसकेपछि भने यति सुनियो, “चारैतिरबाट लट्ठी बर्सिए, गोली चल्यो । हाहाकार, भागााभाग, दौडादौड, सबतिर अन्धकारै अन्धकार.... । प्रजातन्त्रविरोधी क्रूर तानाशाही सरकारको अन्तिम बेला आउँदाआउँदै पनि मैतु दिदीले त्यो दिन देख्न पाउनु भएन । यसअघि नै उहाँले वीरगति प्राप्त गरिसक्नु भएको थियो र आज हामी उहाँलाई शहीद घोषणा गरी उहाँको सालिक स्थापना गर्ने शुभ घडिमा आइपुगेका छौँ..... ।”
सभा विसर्जन भयो । मानिसहरू आ–आप्mना घर जान उठे । तर ती वैज्ञानिक र लेखक त्यहाँबाट उठेका देखिएनन् बरु रोएको रोयै गरिराखे । साधारण मानिसका लागि त्यो दृश्य केवल एउटा हाँसो मात्र बन्योे तर भेलामा उपस्थित विभिन्न क्षेत्रका व्क्तिहरूले भने यस घटनालाई साधारण मान्न सकेनन् । तिनीहरू पनि उनीहरू छेउ पुगे र उनीहरूलाई हेर्दै आपूm पनि रुन लागे । त्यहाँ कोे, किन रोयो कसैलाई थाहा भएन.... ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 मङ्गसीर, 2070

लेखकका अन्य रचनाहरु