एक दिन लासमाथि

- नारायण तिवारी

‘‘ओ भैया, जाने हैन...?’’ घरअगाडि दुई–चार जनाको एक हूल नै अघि लम्कँदै छ । बाटैबाटो बोल्दै, मलाई सम्बोधन गर्दै, तर नरोकिएर ।
‘भैया’ शब्दले तर्सिए पनि, मद्वारा ‘भैया’ नरुचाइए पनि छिमेकी दाइ मलाई सधैँ ‘भैया’ सम्बोधन गर्नुहुन्छ । उहाँको मृदुता, सरलता, आत्मीयताले सदाबहार डोरिँदै रहन्छु र अहिले ‘हूल’ नरोकिए पनि ‘हजुर !’ भन्दै बाहिर निस्कन्छु । छिमेकी दाइ पर जाँदै पनि हुनुहुन्छ र बोल्दै पनि हुनुहुन्छ— ‘‘जाऊँजाऊँ मलामी जाऊँ !’’
‘‘लौ को खस्यो ? कहिले ?’’ म एक पटक पछाडिबाट कराउँछु ।
‘‘रामबाबुको बा खस्नुभयो ! राति नै खस्नुभयो, जाऊँजाऊँ....।’’
‘कस्तो हौ केही थाहै पाइएन ! मर्नुभन्दा अगाडि मुख हेर्नै पाइएन ।’ मर्ने मान्छे को हो ? थाहा पाएपछि तत्काल मनमा तरङ्ग दौडियो । आपैmँले आपैmँसित मिलिक्क बात मारेँ । मरेपछि त चाहिने रहेछ समाज, इष्टमित्र । मर्नुअघि त जेसुकै सास्ती मर्ने मान्छेले, मर्ने मान्छेका सकल परिवारले पाए पनि त्यस बेला त छरछिमेक, समाजको सहयोग त उही...? होला यदाकदा, कहीँकहीँ तर यो सहराँ....? मर्नुअघि त उही....!
मनमा धेरै कुरा नखेलाऊँ, फाजिल समय छैन । ‘भैया’ भत्रे दाइहरू अघि बढिसके । मलामी हिँड्न लागिसकेको हुनुपर्छ । कि कुद्नुपर्ला भरे मलामी भेट्टाउन । छिटो गर् दिनेश ! मरेपछि गर्ने समाजसेवाको यो मौका नछाड्— सोच्दै कोठामा छिरेँ । पल्लो बाटोमा घर हुने देवीजीलाई फोन गर्न मन लाग्यो ।
फोन डायल गरेँ र भनेँ— ‘‘टाइम छ होइन टाइम पास गर्न ?’’
‘‘भत्रु न किन ?’’ उताबाट प्रतिप्रश्न आयो ।
‘‘मलामी जान ! जाने होइन मलामी ?’’
‘‘जाने नि किन नजाने ! तर थाहा त पाऊँ कसको चाहिँ टाइम सिद्धिएछ ?’’
देवीजी प्रायशः यस्तै ‘ट्वाक्कटुक्क’ मा वार्ता गर्न रुचाउनुहुन्थ्यो । त्यसैले उहाँसित बात मार्दा म पनि उहाँकै भाका हाल्ने प्रयत्न गर्थें ।
मैले, मेरो घरदेखि पूर्वपट्टिको लाइनमा घर हुने रामबाबुका बा खस्नुभएको जानकारी दिएपछि त उहाँ अलि भड्किनुभयो— ‘‘त्यो रामे मलाई पटक्कै मन पर्दैन । तपाईं जानुस्, म जान्नँ !’’
‘‘कोही कसैलाई मन परोस्–नपरोस्, के मतलब ! तपाईं टाइम पास गर्ने होइन ? खुरुक्क आउनुस् ! म पर्खिन्छु, पाँच मिनेटभित्र आइपुग्नुस् ।’’ यति बोलिसकेर मैले फोन राखिदिएँ । म देवीजीको ‘नाइँ’ सुन्न चाहन्नथेँ । उहाँ साथमा हुँदा मेरो ‘एक्लोपन’ हट्थ्यो । त्यसो त थुप्रै मलामीका साथमा ‘एक्लोपना’ को कुरा व्यर्थ हो तर पनि उहाँजत्तिको मन मिल्ने निकटतम मेरो निमित्त यस टोलभरि अरू कोही हुनै सक्दैनथ्यो । फेरि ‘मलामी’ का लागि कसैको निम्तो नै चाहिँदैन । जसका लागि जसले पनि जसलाई पनि बोलाइदिए हुने ।
‘पाकिसकेको छ भात, खाएर जानुस्’ भत्र श्रीमतीले सकिनहाले पनि विभित्र हाउभाउ र कुराकानीले ‘खाएर गइदिए हुन्थ्यो’ भत्रे भाव पोखिरहेको मैले बुझिरहेको थिएँ । अति धार्मिक मेरी श्रीमती मलामी जाने कुरा सुन्नासाथ खानै हँुदैन भत्रे सोचाइकी भए पनि ‘प्रेसरको दबाइ खानुभयो ? केही खाएर मात्र खानुपर्ने’ इत्यादि बोलेर मेरो पेट दिनभरि भोकै नहोस् भत्रे कामना प्रकट गरिरहेकी थिइन् ।
‘‘भोभो मैले बुझेँ ! तिम्रो धर्मकर्म राख तिमीसितै । तिमीले किन पस्किदिनुप¥यो । लौ मैले त आपैmँ पस्किएर खाएँ । को जान्छ भोकै पेट मलामी....?’’
अरू बेला नीतिनियम मिच्दा वा मिच्न खोज्दा तुरुन्त प्रतिक्रिया जनाउने श्रीमती यसपालि चुप !
उताबाट हडबडाउँदै देवीजी आउनुभयो— ‘‘मैले त दालभात गोदेर आएँ !’’
‘‘अनि मलाई के ठान्नुभयो ? मैले बाँकी राखेँ...?’’ दुवै जनाले कुराको अर्थ बुझ्यौँ र हतारहतार रामबाबुका घरतिर लाग्यौँ ।
––– ––– –––
हामी रामबाबुको घर–आँगनको जति नजिकनजिक हुँदै थियौँ त्यति हल्लाखल्ला, रुवाबासी सुनिँदै गयो । हामी पुग्नासाथ लास उठ्यो । मानौँ, हामीलाई नै बूढाले पर्खिरहेका थिए । हामीले एकअर्कालाई हे¥यौँ र आँखैआँखाले हाँस्यौँ । यस्तो रुवाबासीमा अनुहारमा ‘हाँसो’ उमार्नु अवश्य पनि उचित हुँदैनथ्यो । घरका परिवारजनको रुवाबासी झन् बढ्यो ।
‘‘मेरो बा, मलाई सेवा गर्ने मौकै नदिएर जानुभयो ।’’ उच्च क्रन्दनयुक्त रुवाइमा पीडा थियो, वेदना थियो र थियो गुनासो पनि । यति बेला मलाई ‘सकारात्मक सोच’ मन प¥यो । त्यसो त यी जो रुँदै थिइन्, तिनको तुजुक र रबाफको कुरा गर्ने हो भने त झन्...! खैर छाडदिऊँ, यति बेला मलाई कुनै पनि नकारात्मक सोचले असर गर्दैनथ्यो ।
‘‘तपाईं रोएको ?’’ बिस्तारो कानैनेर मुख ल्याएर बोल्नुभयो देवीजी !
‘‘यस्तो बेलामा भइहाल्छ !’’ मैले यति भनेँ र चुप लागेँ । लास अघि बढिसकेको थियो । माफ गर्नुहोला ! लास एक्लै अघि बढ्दैन, लासलाई बोकेर मलामी अघि बढिसकेका थिए । हामी पनि साथसाथै अघि बढ्दै थियौँ ।
‘‘बूढाको उमेर कति थियो ?’’ देवीजी मलाई सोध्दै हुनुहुन्थ्यो ।
‘‘त्यस्तै नब्बे–एकानब्बे वर्षको हुनुहुन्थ्यो होला । मैले यस्तै गाइँगुइँ सुनेको थिएँ ।’’
‘‘कति बाँचेको यो बूढो ? असली घिउ खाएको थियो होला !’’ देवीजी प्रतिक्रिया जनाउँदै हुनुहुन्थ्यो ।
लास अघि बढिरहेको थियो । होइन, होइन; लासलाई रामबाबु र उनका भाइहरूले पालैपालो काँध फेर्दै बोक्दै अघि बढाइरहेका थिए ।
लास बोक्ने प्रायः छोराहरू नै थिए । एक–दुई जना अरूहरू पनि लासलाई काँध दिँदै थिए । सायद ती लासका आफन्तहरू थिए, नातेदारहरू थिए । नातेदारबाहेक अरूले लासलाई काँध दिने ‘चान्स’ एकदमै थिएन ।
म प्रायः जहाँ पनि मलामी जान्थेँ, लासलाई केहीछिन भए पनि काँध दिइहाल्थेँ । सुरुमा त यी रामबाबुका मरेका बालाई पनि काँध दिन किन चुकौँ भनेर देवीजीलाई पनि घिस्याउँदै जस्तो लिँदै गएर लासनेर पुगेको थिएँ तर लासलाई चारैतिरबाट आफन्तहरूले यस्तरी घेरेका थिए कि अघोषित रूपमा त्यहाँ अरूलाई ‘प्रवेश निषेध’ थियो । अर्थात् तिनका बाबुलाई अरूले काँध हाल्न ‘नो चान्स !’
‘नो चान्स’ सित साक्षात्कारपछि देवीजीले मेरो हातबाट आफ्नो हात छुटाउनुभयो । म पनि खिस्रिक्क परेँ ।
देवीजीका आँखैले मलाई घोचपेच गरे— ‘खालो सार्नुभयो...!’
मानौँ, देवीजी भन्दै हुनुहुन्छ— ‘मैले भनेको थिएँ नि तपाईंलाई, यो रामे मलाई पटक्कै मन पर्दैन । आपैmँ गजक्क पर्छ र ठूलो मान्छे भन्ठान्छ, आपैmँलाई । देख्नुभयो ? ठूला मान्छेहरूले लास पनि अरूलाई छुन दिँदैनन्...!’
हामी बिस्तारै हिँड्न थाल्यौँ, पछिपछि । अब बल गरेर अघि जानु र लासलाई काँध हाल्न खोज्नुको कुनै अर्थ थिएन ।
‘‘यस्तो बेलामा भइहाल्छ भत्रुहुन्थ्यो नि तपाईं, त्यो नब्बे–सय वर्षको बूढो मर्दा पनि ‘रुने’ ? भइहाल्छ !’’ देवीजीले कुरा कोट्ट्याउन थाल्नुभयो ।
मैले भनेँ— ‘‘त्यो बूढो मर्दा रुनेभन्दा पनि रुनेलाई देखेर रोइने कुरा हो सायद !’’
‘‘अँ, साँच्ची ! ती आइमाई को थिइन् हँ, रुने ?’’ लास हिँडाउन लाग्दा, होइन–होइन लास घरबाट उठाउन लाग्दा कल्पीकल्पी भाका हालेर रुने आइमाईबारेमा सोध्दै हुनुहुन्थ्यो देवीजी !
‘‘बूढाकी जेठी छोरी हुन् ।’’
‘‘कति जना छोराछोरी ?’’
‘‘चार भाइ छोरा र यही एक मात्र छोरी !’’
‘‘मलाई सेवाको मौकै नदिएर जानुभयो भनेको मतलब तिनले साँच्चै बाबुको सेवा गर्न नपाएर भित्री हृदयदेखि रोएकी हुन् त ?’’ देवीजीको प्रश्नले म झस्किएँ । ‘‘रुनुभित्र अलिकति नाटक पनि त हुन सक्छ !’’ उहाँ भन्दै हुनुहुन्थ्यो ।
‘‘नाटक नहुन पनि सक्छ ! यताबाट किन नसोच्ने देवीजी ! सकारात्मक सोच बिर्सिनुभयो ?’’ मैले देवीजीलाई याद दिलाउन खोजेँ । केही दिनअघि हामी अर्थात् देवीजी र म टाइम पास गर्न ब्रह्मकुमारी राजयोगको सभाकक्षमा प्रवचन सुन्न पुगेका थियौँ । प्रवचनपछि पनि व्यापक प्रचारित ‘सकारात्मक सोच’ भत्रे शब्दले हामीमा डेरा जमाएको थियो । हामी दुवै धर्मप्रति त्यतिसारो आसक्त नहुँदानहुँदै पनि अब यो स्वर्णजयन्ती मनाइसकेको अवस्थाको उमेरमा आएर यो ‘सकारात्मक सोच’ ले हाम्रो शारीरिक स्वास्थ्यलाई चाहिँ पक्कै पनि सकारात्मक प्रभाव पार्नेछ भत्रे टुङ्गोमा पुगेका थियौँ ।
अचानक हाम्रो पछाडि एउटा गाडी टिँटटिँट गर्दै आयो । यसै बेला केशलिया खोला पनि आयो । गाडी साइड लाग्यो । फेरि अचानक नारा लाग्यो— ‘रामनाम ?’
सबैले कराए— ‘सत्य है !’
फेरि— ‘रामनाम ?’
फेरि— ‘सत्य है !’
देवीजीले कानमा फेरि साउती मार्नुभयो— ‘‘सत्य है कि ‘सत्य हो’ हो ?’’
मैले देवीजीलाई फेरि इसारा गरेँ— यस्तो बेलामा त झन् ‘सकारात्मक सोच’ ।
अचानक गाडीबाट केही महिलाहरू बाहिर निस्किए । तीमध्ये एक जना उही बाबुको मृत्युमा कल्पीकल्पी रुने छोरी थिइन् । उनको मुखबाट पनि निस्किरहेको थियो— ‘रामनाम सत्य है ।’
अझ उनी झम्टिएर अघि पुगिसकेकी थिइन्— लास भएनेर । लासलाई झन्डैझन्डै केशलिया नदीको किनारमा तल राख्न लाग्दा यिनले झम्टिएर दुई हातले लासको टाउकोनेरको हरियो बाँस समाइन्, घेरालाई पन्छाउँदै, ठेल्दै ।
‘‘ए रात्तै, स्वास्नीमान्छे पनि मलामी...?’’ यसपल्ट भने मेरो मुखबाट फुस्किहाल्यो ।
देवीजीलाई के चाहियो, बोलिहाल्नुभयो— ‘‘सकारात्मक सोच बिर्सिया...?’’
‘‘हो, योचाहिँ साँच्चै हो, सकारात्मक कामकुरा, याने कि ‘सोच’ किन बिर्सिन्थेँ म ?’’
हामी दुवै कुनै एउटा बिन्दुमा गएर अवश्य मिल्थ्यौँ । हाम्रो सोच, विचार, भावना करिबकरिब उस्तै थिए । धेरै मिल्थे । त्यसैले हामी धेरै मिल्थ्यौँ ।
‘‘तर छोरीको यस क्रान्तिकारिताभित्र पनि केही छ कि ?’’
मैले पनि थपेँ— ‘‘क्रान्तिभित्र भ्रान्ति छ कि ?’’
हामी केशलिया नदीको किनारमा पुग्नुअघि नै चिता तयार रहेछ ।
धेरै ठाउँमा मलामी गएको थिएँ । दाउरा ओसारेको थिएँ । मुढा बोकेको थिएँ । भोकै–प्यासै घर फिरेको थिएँ । तर अहँ, यहाँ रामबाबुकहाँ सबै तम्तयार ! लास बोक्ने काम मात्र छोराहरू र अन्य आफन्तहरूले गरे । बाँकी जेजति काम सबै नोकरचाकरहरूले गरे ।
‘‘ओहो ! अघि नै यो चिता कसले तयार ग¥यो ?’’
‘‘नोकरचाकरले !’’
‘‘ओहो ! यो बाँसको कात्रो कति राम्ररी तयार पारेको, कसले तयार पा¥यो यो ?’’
‘‘नोकरचाकरले !’’
हाम्रा जिज्ञासाहरू समाधान भइरहेका थिए । चिता डढ्न थाल्यो । हामीले चितामा दागबत्ती छोरीले पनि दिएको देख्यौँ ।
‘‘यो त झन् राम्रो सकारात्मक कामकुरा भयो ।’’ देवीजीले भत्रुभयो; मैले सही थापेँ ।
हामीलाई हरेक अग्रगामी कामकारबाही राम्रा लाग्थे तर शान्तिपूर्ण सर्तमा ! फेरि मुर्दा–शान्तिको सर्तमा भने किमार्थ होइन । चिता हुरहुरी बल्यो । मनग्गे पैसा र श्रम खर्चिएको चिता थियो त्यो । न भिजेको दाउराको गुनासो, न टायर हाल्नुपर्ने झन्झट । मजाले, आनन्दित रामबाबुका बा दनदनी बलिरहे ।
धेरैवटा गाडीले धेरै पटक ओहोरदोहोर गरे । फेन्टा आयो, कोक आयो; काँक्रा, स्याऊ आयो । देवीजी र मैले ‘यस्तो चर्को घाममा चिसो पानी खाने व्यवस्था मिलाइएको भए क्या वेश हुन्थ्यो’ भत्रे बात यसो के मारेका थियौँ, थप कुराहरू पनि पो धमाधम आउन थालिहाले ।
मलामी गएको मान्छे घर फर्किएर नुहाइधुवाइ गरी गङ्गाजल नछर्किएसम्म मुखमा केही पार्नु हुँदैन भत्रे सनातन सोच पनि गल्र्यामगुर्लुम ढल्यो ।
देवीजी र मैले स्याउका दाना टोक्दै बात मा¥यौँ— हो ! राम्रो भयो । यस्तो हुनुपर्छ ।
तर दीनदुःखीको मलामी भएको भए...? कसरी पु¥याउँथे ? जोहो गर्दथे ? धान्दथे....?
त्यो त छँदै छ, अर्कोतिर कुरा काट्थे होलान्, दीनदुःखीको मलामी भएको भए...?
कोही भत्रे थिए होलान्— मलामीमा पनि भोज ?
कोही भत्रे थिए होलान्— यो अनर्थ भयो !
कोही भत्रे थिए होलान्— घोर अनर्थ भयो !
कोही महिला उपस्थिति, त्यो पनि दागबत्ती दिने कर्मसम्मको सक्रिय उपस्थितिप्रति लक्षित घनघोर टिप्पणी गर्ने थिए होलान्— घोर कलियुग ! के देख्नुप¥यो यो ? घोर कलियुग !!
हामीबीच कानेखुसी चलिरह्यो । यत्रतत्र मलामीहरू झुन्डझुन्डमा विभाजित गफगाफमै व्यस्त भइरहे । लास जलिरह्यो । मलामीले केही गर्नैनपर्ने ! नोकरचाकरहरू लासलाई जलाउन तल्लीन भइरहे...! छेउमा चार भाइ पनि पण्डित–पुरेतको सामीप्यमा गफगाफमा रम्दै रहे । ती चार भाइकै नजिक महिला झुन्ड पनि कुराकानीमा व्यस्त थिए । यति बेला कोही रोइरहेका थिएनन्, बरु बेलाबेला कुनैकुनै झुन्डबाट खितितिति हाँसेको आवाज आउँथ्यो । महिलामध्येबाट पनि एउटी महिलाको चर्को र कर्कश आवाज आयो ।
‘‘को हुन् यी ?’’ देवीजीले सोध्नुभयो ।
‘‘चिन्नुभएन ? अघि रुने, बाका निम्ति केही गर्ने मौकै पाइन भन्दै कङ्कलागान गर्ने यिनै महिला त थिइन् !’’
देवीजी सम्भवतः झस्किनुभयो । मप्रति शङ्कालु नजरले हेर्नुभयो— ‘‘कहीँ तपाईं कित्ता परिवर्तन त गर्दै हुनुहुन्न ?’’
‘‘यो त भइरहन्छ नि, देवीजी ! जिन्दगीभरि कहिले कुन कित्ता, कहिले कुन कित्ता !’’ म मुसुक्क हाँसेँ ।
देवीजी पनि हाँस्नुभयो— ‘‘त्यो त ठीक भत्रुभयो बा !’’
अचानक नजिकैको अलि बूढाखाडा (हामी बीसौँ वर्ष जागिर खाइसकेर सेवा निवृत्त भइसकेको भए तापनि आपूmलाई बूढाखाडा ठान्दैनथ्यौँ) झुन्डबाट ‘खितितिति’,...‘हा हा हा’...को आवाज आउन थाल्यो र हाम्रा कान त्यतापट्टि उन्मुख, ठाडा भए !
‘‘अनि यी बूढा ? कुरै छाड्दिऊँ ! जवानीमा के, बूढो हुन्जेल पनि तरुनी फकाउन खप्पिस... यिनले धेरैलाई बिगारेका थिए...!’’ एक जना बूढाले नै मर्ने बूढाबाको खोइरो खन्दै थिए । हामीले मुख मिठ्यायौँ । आँखैआँखामा एकआपसमा कुरा ग¥यौँ र अलि स¥यौँ त्यही झुन्डको नजिक !
खासमा मर्ने बूढाबाका बारेमा हामी केही जान्दैनथ्यौँ । त्यति हो, नब्बे–एकानब्बे वर्षका बूढाबालाई करिब एक वर्षदेखि टोलमा ठमठम हिँडेको देख्न थालेका थियौँ ।
झुन्डछेउमा बसेपछि मर्ने बूढाबाका बारेमा खुसुक्क सोध्दै गयौँ र चाल पाउँदै गयौँ ।
— बूढालाई पहाडबाट माओवादीले लखेटेका रे !
— सापैm लोभी रे बूढा, ‘तँलाई ई सुँघाइदिन्छु चन्दा’ भन्दै ठमठम मधेस पो झरिदिए रे !
‘‘बुझ्नुभयो, यी बूढा पहाडका त नामी धनी नि ! फेरि कसैका घरमा चुलो बल्यो–बलेन सबै विचार गर्थे !’’ मर्ने बूढाका बारेमा गफ छाँट्ने अर्का मर्ने उमेरका बूढाले फेरि भने ।
‘‘यसपल्ट त सकारात्मक सोच आयो नि ।’’ मैले खुसुक्क देवीजीको कानमा फुसफुसाएँ ।
‘‘धन पनि थियो, मन पनि थियो । को दुःखी छ ? कसले खान पाएन ? त्यस्तालाई सरसापटी उदारतापूर्वक चलाइदिन्थे तर अलि सुकिला, ठाँटिएर बूढाका छेउ पैसा माग्न कोही पुग्यो भने ठेटुवा देखाइदिन्थे बूढा...!’’
‘‘लौ यो सकारात्मक सोच आयो कि नकारात्मक ? भत्रुस् !’’ मैले देवीजीसित साउती गरेँ ।
‘‘बुझेँबुझेँ !’’ देवीजी मानौँ उफ्रिनुभयो ।
‘‘के बुझेँ ?’’
‘‘बूढो धेरै छट्टु रहेछ । सीधासाधा, अनपढ, निमुखा मान्छेलाई मात्र पैसा दिँदो रहेछ, भनौँ न लगानी लगाउँदो रहेछ । सुकिला मान्छेलाई नदिने भनेको मतलब पढेलेखेकाले विरोध गर्लान्, चर्को ब्याजको कुरा झिक्लान् । भरसक सामन्ती, शोषक भन्लान्...! हो मानेँ बूढो धूर्त, चलाख रहेछ ।’’
देवीजीले बोल्न थाल्नुअघि नै मर्ने बूढाका बारे बयान गर्ने बूढा र वरिपरि भेला भएका झुन्डका स्रोता ज¥याकजुरुक उठिसकेका थिए । त्यसैले देवीजी फुसफुसाउनु भएन । खुलेरै बोल्नुभयो ।
‘‘ठीक भत्रुभयो । बूढाबारे मेरो सोच पनि यस्तै बन्दै थियो ।’’ वास्तवमा देवीजीले मेरै अन्तर्मनमा उब्जिँदै गरेको भाव प्रकट गरिदिएझैँ लाग्यो मलाई ।
हिँड्ने बेला भइसकेछ । पानीले चिता पखाल्ने काम पनि तुरिइसकेछ । कोही नदीछेउमा गई ३६ पटक खल्को दिँदै थिए । त्यसपछि कोही डिलमा बालेको अगुल्टोको आगोमा टेकेर अघि बढ्दै थिए । पानी छ्याप्ने, काँडामा, आगोमा टेक्ने कुराको हामी दुवैलाई वास्ता भएन ।
नजिकैको कलको चिसो पानीले हातमुख भने मजाले धोयौँ र प्रचण्ड गर्मीमा केही राहत महसुस ग¥यौँ । दुई बजेको भदौरे घाम माओवादी नेता प्रचण्डझैँ प्रचण्डसित हाम्रो थाप्लामा खनिए । लाइनले रोकिएका चार थान गाडी घ्यारघ्यारघुरघुर गर्न थाले । क्रियापुत्री छोराखाल गाडीमा चढे । ‘क्रान्तिकारी पनि र रुन्चे पनि’ मर्ने बूढाकी जेठी छोरी र अन्य आइमाई गाडीमा चढे । हेर्दाहेर्दै चारै गाडी भरियो । हामीले एकआपसमा मुखामुख ग¥यौँ । प्रचण्ड घामले यी गाडीमा चढेर घुइँकिनेलाई केही गर्ने छैनन् तर अब सडक नाप्ने हामी फुटपाथेलाई पोल्नेछन्— डढाउनेछन्....।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 मङ्गसीर, 2070

लेखकका अन्य रचनाहरु