स्वतन्त्रको पराधीन सपना

- रामशरण पुडासैनी

स्वतन्त्रको पराधीन सपना देखेर जिल्लिएको छु यसपटक ।

चुनावको रन्को सकियो भर्खर । चुनावमा सयौं, हजारौं मानिस उठे, बसे र लडे पनि । हजारौं मानिसहरुको सपना साकार भएन, सयौंका साकार भयो । सपनाहरु छरपस्ट भए बजारभरि, चोकभरि, गल्लीभरि, भित्ताभरि र फेसबुकभरि । कसैकसैलाई नमज्जास“ग लाग्यो चुनाव, कसैलाई मज्जास“ग लाग्यो चुनाव । अझै कति होसमा आउन सकेका छैनन्, कति ह्यङओभरमै छन्, कति तन्द्रामा र कति निद्रामै छन् । चुनाव लागेकाहरु । मदिरा लागेकोभन्दा बढी÷ब्यथा लागेकोभन्दा धेरै छटपटाइरकेका छन् । छटपटाउनु तिनीहरुको स्वतन्त्रता हो, जसरी चुनाव लाग्नु वा चुनावले लाग्नु पनि तिनीहरुकै स्वतन्त्रता थियो । स्वतन्त्रताको बहुअभ्यास भयो चुनावमा ।
स्वतन्त्रको अर्थ हुन्छ ः विना डर, त्रास, धम्की, लोभलालच अर्थात् साम, दाम, दण्ड र भेद अर्थात् स्वविवेक । स्वतन्त्रको अर्थ मान्निछः स्वाधीन, अरु कसैको खटनपटनमा नरहेको । शब्दकोश भन्छ– अनुशासन, नियमकानुनमा रहेर आफ्नो जिम्मेवारी र कर्तव्य बिना कसैको दबाब स्वविवेक प्रयोग गर्ने ।
सामान्यतया गमेर हेर्दा स्वतन्त्रको परिभाषा अनेक छन्, जसरी हाम्रो मुलुकमा स्वतन्त्रहरु अनेक छन् । एउटै कामका लागि एउटै क्षेत्रबाट, एउटै मुद्दा उठान गर्नका लागि दर्जनौं स्वतन्त्रहरु उभिने स्वतन्त्रता छ । स्वतन्त्र हुनु एक्लै हुनु बिल्कुन होइन । अरुभन्दा फरक हुनु होइन । कहींकतै आबद्ध नहुनु पनि होइन । वश स्वतन्त्र हुनु नै स्वतन्त्र हुनु हो । स्वतन्त्र हुन कतै निवेदन दिनु पर्दैन । नागरिकता, पासपोर्ट वा लालपूर्जा देखाउनु पर्दैन । कुनै निकायबाट वर्गीकृत हुनु पर्दैन । स्वतन्त्र हुनु नै स्वतन्त्र हुनु हो । स्वतन्त्र हुनु र स्वतन्त्र नदेखिनु बेग्लै कुरा हो । दर्जनौं स्वतन्त्रहरुको भीड बढेर गैरस्वतन्त्रभन्दा बढी हुनु÷देखिनु संयोगमात्र हो । स्वतन्त्रको स्वतन्त्र गाथा हुन÷नहुनसक्छ । हरेकको स्वत्व नहुनसक्छ, स्वनिर्णय नहुन सक्छ तर ऊ स्वतन्त्र हुनसक्छ किनकि स्वतन्त्रको कुनै योग्यता छैन । जे जे हुनसक्छ÷नहुन सक्छ, स्वतन्त्र स्वतन्त्र नै रहिरहन सक्छ । यही स्वतन्त्रताको सबैभन्दा ठूलो वैशिष्ट्य हो ।
हरेक मानिस स्वतन्त्र छन् हामे मुलुकमा, किनभने हामी स्वतन्त्र मुलुकको स्वतन्त्र नागरिक हौं, जसको देशलै कहिल्यै कहींकतै गुलाम बन्नु परेन । त्यो बेग्लै कुरा हो कि स्वेच्छाले कसैले विदेशीको वा स्वदेशीजस्ता लाग्ने विदेशीको गुलामी गरिहन्छन् बेलाबेलामा स्वतन्त्रताको महान पक्षपाती बनेर । त्यो फरक कुरा हो कि लाखौं संख्यामा स्वतन्त्र देशका स्वतन्त्र नागरिक विदेशमा गुलाम बनेर आफ्नो स्वतन्त्र परिवारका स्वतन्त्र सदस्यहरुको पालनपोषण मात्र गराइरहेका छैनन्, स्वतन्त्र देशको स्वतन्त्रता जोगाइदिन रेमिट्यान्स पनि भित्र्याइदिएका छन् । र, हामी स्वतन्त्र नागरिक, स्वतन्त्र नेता, स्वतन्त्र उम्मेदवार र स्वतन्त्र मतदाता हुन पाएका छौं । हाम्रो पराधीन स्वतन्त्रता हामीस“गै हुन्छ ।
चुनावमै फर्किऊ“ न । देशैभर भर्खर संविधानसभा भाग दुई आरम्भ भएको छ । भाग एकमा देखिएका शृङ्खलाहरुजस्तै २ जना स्वतन्त्र उम्मेदवारले सभासद पड्काउन सफल भएका छन् । स्वतन्त्रलाई जिताउन कुनै मतदाता स्वतन्त्र भइरहनु परेन÷ पर्दैन । स्वतन्त्र उम्मेदवार बन्न स्वतन्त्रको सदस्यता लिन पनि कसैलाई परेन । निर्वाचन आयोगको जिल्लाजिल्लामा स्थापना गरेको कार्यालयमा उम्मेदवारी मनोनयनका दिन फारम भर्दा राजनीतिक दलको स्थानमा स्वतन्त्र लेखिदिए पुग्यो । कहींकसैले ‘स्वतन्त्र नै हो भने तेरो स्वतन्त्रताको परिचयपत्र पेश गर’ भन्ने हिम्मत गर्दैन, त्यो समाथ्र्य राख्दैन । यसर्थ सर्वस्वीकार्य दल हो स्वतन्त्र । बरु दलहरुको प्रतिनिधिको एकअर्काले चियोचर्चा गर्ने गर्दछन् । हाम्रो मुलुकमा स्वतन्त्रको पछि लागेर के साध्य ।
चुनाव आयो, गयो । तर चुनावले ल्याएको चुनाव सकिएको छैन । चुनावले ल्याएको रौनक घटेको ५ेन । चुनावले सिर्जना गरको चुनावविहीनता र अन्वेषण गरेको कटुसत्यहरु सकिएका छैनन् । हारजित चुनावमा भैहाल्छ, योपालि चुनावमा हार्नकै लागि उठेका हारप्रेमी उम्मेदवार ज्यास्ता थिए । अकाृको जितमा आफूलाई बलिदन गर्न तयारी भक्तिभावले ओतप्रोत उम्मेदवार कत्तिकत्ति । देवकोटाले भनेकै थिए, सुख सुख भन्छन् सबै , सुख कहा“छ, आफू मिटाई अरुलाई दिनु जहा“ छ ।’ हो देवकोटालाई चरिताथ गरिदिए उम्मेदवारले ।
म बसेको भूगोलमा स्वतन्त्रहरु बढो सानस“ग उभिएको देखें । स्वतन्त्र उम्मेदवारी मनोनयन गरेका कुनै दलविशेषमा थिए÷थिएनन् । चासो र मतलव गर्नै कुरा थिएन÷ भएन । चुनावी सरगर्मी बढेपछि उनीहरु एकपछि अर्को रुपमा प्रकट हुन थालेको देखिपछि म चकित हुने पारो बढ्दै गयो । एक निर्वाचन क्षेत्रमा पार्टीको गाविस अध्यक्ष नै स्वतन्त्र उम्मेदवार बनेर आए । पार्टीले कारबाही त गरेन नै, चुनावीसभा नै उसको अध्यक्षतामा भएको खबर मेरा हातमा परेपछि म अझै चकित भए“ । पार्र्टीले कारबाही गर्ला भन्ने ठानेको व्यक्तिकै अध्यक्षतामा उम्मेदवारले भाषण पड्काए । अर्का एक स्वतन्त्र उम्मेदवार चुनावको केही दिनअघि अर्को पार्टीमा प्रवेश गरे । अर्का स्वतन्त्र उम्मेदवार अर्कै उम्मेदवारको झण्डा बोकेर ‘जिन्दवाद गान’मा मस्त देखिए । हु“दाह“ुदा एउटा दलको उम्मेदवारको प्रचार सामग्री बोकेको गाडी जलाउ“दा अर्का स्वतन्त्र उम्मेदवारको नाममा दर्ता भएको गाडी फेला प¥यो । स्वतन्त्र पत्रकार पनि स्वतन्त्र उम्मेदवारकै पक्षधर जो देखिए ।
शाब्दिक अर्थले बेग्लै बोल्छ, पारिभषिक अर्थ अर्कै छ तर व्यावहारिक अर्थ हु“दोरैछ । प्रयोगमा आएको स्वतन्त्रको न परिभाषास“ग मेल खान्छ, न शब्दार्थस“ग । यसपटक चुनावमा उम्मेदवारको अनुहार हेरेर मलाई लाग्यो, परिभाषै गलत रहेछ । आफ्ने स्वविवेक प्रयोग गर्नेको सट्टा प्रयोग गर्न नसक्ने, डर धाकधम्की र लोभलालचमा फसेको, स्वत्व नभएको । बरु पराधीन वा पराश्रित उम्मेदवार शब्द उचित हुन्थ्यो कि ‘स्वतन्त्र उम्मेदवारको सट्टा । आफैंलाई मत दिन नपाउने, स्वतन्त्र नागरिकले भोट नहाल्ने उम्मेदवार कसरी स्वतन्त्र उम्मेदवार भइरहन सक्छ ?
मध्ये चुनाव लागिरहेको बेला फेसबुकमा भेटिए एक स्वतन्त्र उम्मेदवार । ‘माहोल हेर्दा हाम्रो जित सुनिश्चित देखिएको छ’ उनको ताजाताजा स्ट्याटसले छोयो मलाई । बबन सिंह भाग– २ हो कि भन्ने ठानेर मेरो सञ्चारकर्मी मस्तिष्क चनाखो भो । अनलाइनमा सोधेः
–चुनाव जितिने भो ?
–हो, निश्चित नै जितिन्छ ।
–कस्ले तपार्इंले कि ? ... पार्टीले ?
उनी बोलेनन्, थपें
–तपार्इंले त २ वटा गाडी लिनुभएछ त ?
–हो, लिएको छु । अस्ति भर्खर लिएको ।
अनि आफूले प्रयोग नगरी ...लाई किन दिएको त ?
–कस्ले भन्यो तपाईंलाई ?
–म आफैंले देखें प्रचारमा
उनी फेरि बोलेनन् । अनलाइन संवाद अन्त भो । चुनावी परिणमपछि अन्तरघात भएको आशंका गर्दै पार्टीका नेतालाई सङ्केत गर्दै ‘अरुलाई धोका दिनेलाई अर्को चुनावमा ठिक पार्ने’ चेतावनी लेखेछन्, पढें ।
स्वतन्त्र उम्मेदवारको चुनावी परिदृश्य देखर मनोरञ्जन प्राप्त भयो चुनावभर । उम्मेदवारी दर्ता गर्न जा“दा अदालतमा सुनुवाई गर्न गएको कुख्यात अपराधीजस्तो मफलरले मुख छोपेर गए । प्रस्तावक र समर्थकको नागरिकता टेवुल मुन्तिरबाट दिए । चुनावचिन्ह लिन जा“दा चिट परेर पनि चोर्न नसकेको विद्यार्थीझैं रातोकालो बने । साइकल चढ्न डराउनेहरु आफ्ने नाममा २ वटा गाडी भाडामा लिएर प्रयोग गर्न दिए उम्मेदवारका उम्मेदवारले । आफ्नो नाममा लिएको गाडीमै बस्न पाएनन् । झण्डा लिएर सडकमा मुठ्ठी बटार्न बाध्य भए । बरु मूल उम्मेदवारकै पत्नी, छोरी र भाइभतिजा चढेर हिंडे स्वतन्त्र उम्मेदवारको स्वतन्त्र सवारीमा । दुःखका साथ ठाउ“ठाउ“मा प्रतिनिधि बसे, बसाइए । अरु त अरु मतगणनास्थलमा आफ्ने नामको फोटो र परिचयपत्र पनि देखाउन नसक्दा धागो बाहिर घा“टीमा झुण्ड्याएर परिचयपत्र खल्तीभित्रै लुकाइराखे । अन्तरमनबाट हो वा बाध्यता ः मूल उम्मेदवारको चुनावचिन्ह, झण्डा र डण्डा वरिपरि गर्विलो छाति बनाएर घुमिरहे ।
...... ......... .......... .....
चुनावमा चुनाव हु“दोरहेनछ मनको । मन भनेको पानीजस्तै बग्ने चिज रहेछ । हिंउ“जस्तै पग्लिएर बग्ने सलल । चुनावमा चुन्नुजति गाह्रो केही हु“दोरहेनछ । एकान्तमा गोप्य मतदान गरेर फर्केका निर्दोष बृद्ध अनुहार के सारो रातो भएको चुनावबाट फर्किंदा । जोसिएर गएको तन्नेरी किन लल्याकलुलुक भएका होलान् । सगरमाथा सबैभन्दो अग्लो, त्यसपछि मै हु“ भन्नेहरु स्वस्तिक छाप लगाएर फर्कंदा किन आत्तिरहेका छन् । फर्क“दा ज्याद्रो मतदाता किन लुगलुग का“प्दै फर्कन्छन् मतदानपछि । रक्तदानपछि कमजोर बनेका रक्तदाताजस्तै कमजोर किन बन्छ भोट हालेपछि मतदाता । आ“खामा आ“खा जुधाएर कुरा गर्न सक्तैनन् किन ? किन हप्तौ अनुहार देखाउन सक्तैन भोट हालेर फर्केपछि सक्कली मतदाता नक्कली उम्मेदवारहरुस“ग । भोट स“गस“गै इमान मतपेटिकामा हालेपछि मानिस यति कमजोर बन्दै जान्छ किन ? बरु इमान बोकेको मतपेटिका ढिलो ढिलो आइपुग्दा मतगणनास्थल किन गलित बन्दैन विजेता । के मतदान गर्नु जीवनदान गर्नुसरह हो ? रक्तदान गर्नुसरह हो ? वीर्यदान गर्नुजत्तिकै हो ? चुनावमा चुनाव देखिए पनि÷नदेखिए पनि चुनावपछि पो असली चुनाव हु“दोरहेछ अन्तरमनस“गको अन्तरसंवादमा ।
...... ...... ... ....
परिणाम आउ“दा दोहोरो अंक कटाए कसैले, कसैले कटाएनन् । काठमाडौंकै ३ जना उम्मेदवारले त शून्य मत पाएछन् । आफैंले आफैंलाई मत दिनसम्म नपाएको स्वतन्त्र उम्मेदवार हेरेपछि लाग्छ, यो देशको स्वतन्त्र मतदाताको हविगतचाहिं कस्तो होला । कहिंकतै म उम्मेदवार हँे भन्ने गर्वानुभूतिसम्म गर्न सकेनन् पराधीन स्वतन्त्र उम्मेदवारहरुले । स्वतन्त्र मतदाताको यति ठुलो शक्ति छ । उसले किन स्वतन्त्रबाहेक अरुलाई भोट हाल्न मन गर्छ । किन स्वतन्त्रले स्वतन्त्रलाई भोट हाल्नै मन गर्दैैनन् । के स्वतन्त्रको स्वेच्छिक स्वतन्त्रता हुन्न ?
चुनावमा देखिंदोरहेछ असली स्वतन्त्रता, को कति स्वतन्त्रतापूर्वक काम गरिरहेको छ देखिंदोरहेछ । मानिसको मनभित्र गुजुल्टिएर बसिरहेको स्वतन्त्रता प्रस्फुटित हु“दोरहेछ चुनावमाा । राजनीतिक दलका बर्सौ लामो समय स्वतन्त्रतापूर्वक काम गरिरहेकाहरु चुनावमा टिकट नपाउनसाथ स्वतन्त्र हु“दारहेछन् । आफ्नो जिन्दगी नै आदर्श पढाइरहेका व्यक्ति चुनाव ¥यालीमा स्वतन्त्रतापूर्वक सहभागी हु“दारहेछन् । जिविस नगरपालिका र गाविसमा लामो समय स्वतन्त्रतापूर्वक काम गरिरहेका कर्मचारी चुनावी विजयी ¥यालीमा स्वतन्त्र अस्तित्व बोकेर भाग लिंदा रहेछन् । पत्रकारले पनि आआफ्नो नेताको समाचारमा उस्तै स्वतन्त्रतापूर्वक कलम चलाउ“दा रहेछन् । साहित्यकार÷कविका कविता पनि बढो स्वाभिमानी स्वतन्त्रतापूर्वक अभिव्यक्त हु“दारहेछन् । सबै देखिंदोरहेछ चुनावमा । चुनावमा त असाध्यै पारदर्शी भा“डो रहेछ स्वतन्त्रता मापन गर्न सकिने । मन थाम्दै गरेका÷मन थाम्नै नसक्ने अवस्थामा स्वतन्त्रहरु स्वतन्त्रतापूर्वक आआफ्नो दल, समूह, क्षेत्र वा वर्गसापेक्ष प्रस्तुत हु“दारहेछन् । बाग्मतीले सबैलाई बगाउ“दोरहेछ– सुन पनि, विस्टा पनि ।
हो, यसपटक जिल्लिएको छु स्वतन्त्रको पराधीन सपना देखेर ।

हेटौंडा–९ मकवानपुर

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 15 मङ्गसीर, 2070

लेखकका अन्य रचनाहरु