पर्दा भित्र र बाहिर

- एन. पी. रिजाल

किन वास्तक्तिा भन्दा भिन्न हुन्छ मेरो संसर.....? बद्र्री बाजेले लामो सास फेरे । “कयौ क्षणहरु त अर्थहिन र मुल्लहिन बनेर विते भने अब के वास्तक्तिा होला र.....?

८० वर्षको वूढौली शरीरलाई उनले सम्झे । अनैकौ रहरहरु अनि प्राप्ति । होईन, यो नै वास्तक्तिा हो । यस भन्दा बग्लै अर्को वास्तक्तिा नै छैन,जून मेरो जीवनको वास्तक्तिा हो ।” सानो नाती रोएपछि बद्र्री बाजे झस्के ।

नातीको स्वरले उनको मौनता भङ्ग भयो । साथैमा बसेकी स्वास्नीलाई हेरे । बद्री बाजेले ६ बर्षकी बलिकालाई जीवन साथी बनाएका थिए । जुन वास्तकिता हो । आज नाती छन् । भोलि पनाति हुन सक्छन् ? अनि संसार के ?

त्यो त पहिले पनि थियो । बद्र्री बाजेका सयौँ पुस्ताले उनि भन्दा पहिले नै बिताई सकेका थिए । आज उनि बिताउदै छन् । भोली त्यो संसार......?

बद्री बाजे खाटबाट उठे र प्रस्नको उत्तरमा केन्द्रित भए । होचो कदका, नाक चूच्चो परेका, सेता दाह्ी र कपाल फूलेका बिस्तारै हिड्ने बद्री बाजेलाई बिस्तारै हिड्ने बाजे पनि भन्छन । उनि खाटबाट उठेर खेत तर्फ लागे । दस वर्ष अघि छोराले पहाडको जमिन बेचेर तराईमा ल्याएको हो । एक विगाहा जग्गा उनको छ । भर्खरै खेतबाट धान उठाएको थियो । मात्र त्यो बाँझो खेत, सुकेका धानका ठुटाहरु मात्र ।

बुढाले एक पल्ट खेत घुमे र पुन त्यही ठाँउमा आएर बसे । अहिले नाती सुतेको थियो मात्र स्वास्नी.... बुढाले स्वास्नीलाई हेरे । उही रुप, हुनत अहिले ऊ मोठी छे । स्वास्नीले पनि हेरी । उही बद्री, उही वास्तविक्ता छ । स्वास्नीले भनि ”नाती नातिना घर भरि हुँदा पनि यो बुढीलाई सुख छैन ?“ बद्र्री बाजेले एकपल्ट स्वास्नीलाई हेरे तर प्रतिक्रिया भने मौन आयो । तर, उनले प्रस्नको जवाफ भेटे ।

बद्री बाजेले अतितहरु सम्झे । ७० औ वशन्त भित्रको त्यो साँगुएिको संसार उनको । त्यो वास्तक्तिा, कविहरु त्यसभित्र महाकाब्य रच्छन, दार्शनिकहरु त्यभित्र दर्शनका खोलाहरु देख्छन तर जीवन ? दृष्यविम्वको क्षितिजभित्र एउटा फुल फुलि रहेछ एउटा ठूलो उधनभित्र । माली मौन छ जिन्दगी देखि र मालिनीको कपालको जूरीमा मालीले त्यो फूल सजाउंछ । मालिनी मौनताले मुस्कुराउंछे, माली पनि मुस्कुराउछ । त्यो वास्तविक्ता, त्यो यर्थाथ तर त्यसभित्र कूनै भाव छैन ।

बद्र्री बाजे झस्के । सुन्यता भित्रको त्यो यर्थाथ तर वास्तविक्ता भन्दा धेरै टाढा छ । दूई छोराको धनी बद्री । जेठा छोराले पड्ने इच्छा राखे पनि बूढाले पढाएनन् भने कान्छो छोरोलाई स्कूल पढाए पनि पढेन । तर जेठोेले संस्कृत पडेर ऊ पूरेत्याई गर्दैछ भने कान्छो....जुन यर्थाथ हो ।

उनी पुन खाटबाट उठे । घरबाट बाटो तर्फ लागे । चौकनेर दूई वटा चौतारा छन् । चौतारा माथि दुई तीन जना युवाहरु बसेर हाँस्दै थिए । तर पुन स्वास्नीको आवाज आयो ।

६० बर्ष नागेकी बद्र्रीकी स्वास्नी आप्नी बूहारीलाई भन्दै थिई । छोरा छोरी भए पछि बाबु आमाको पीर मर्का बूझनु पर्दैन । भन्जीका जस्ता छोरा हुनुपर्छ । माता तिर्थ औसीमा जोर जोर साडी र चोलो दिएछन् ।”

तर बद्र्री बाजे झस्केनन् । सिस्नो र मकैको खोले खाएर आदि दाम्पत्य त उनले विताए भने अब किन यर्थाथता भित्र उनी डुब्ने र उही स्वास्नी, जस्ले मकैको खोले बनाएर उसैको प्रतिक्षामा बस्थी, उही स्वास्नी जस्ले बद्र्रीको च्यातिएको दौरालाई दश, पन्द्र पल्ट सम्म पनि केहि नभनी सिउथी ।

अनि बद्र्रीकी भान्जी, बहिनी र ज्वाई खसेपछि टुहुरी बनेपछि एउटा केटो खोजेर पन्छाएको उनले । चारमाना चामल बोकेर परदेश लागेका दम्पति, आज कडोरपति बनेका छन् तर बद्र्री ?

चौतारामा बसेका केटाहरुले बद्र्रीलाई हेरे । बाजे मौन नै भए । केटाहरु गफमा तल्लिन भए


“संसार किन पैसा भित्र सीमित छ । त्यस भन्दा पृथ्थक रहेको संसार अर्को किन बन्दैन । ”
“त्यो त म भन्न सक्दिन । तर यो सम्म चांही भन्न सक्छ् , वास्तविक्ता भन्दा टाडा पनि संसार छ जुन यर्थाथ हो ।”
“भविस्य र आशावादीताहरु.........

बाजे झस्के । उनले वास्तविक संसार पत्ता लगाए । तर, आज बद्र्री की भान्जी कडोरपति छे तर बद्र्री अनि उसका छोराहरु.....एक विगाभित्र सीमित छन् । जुन वास्तक्तिा हो । बजे घर तर्फ लागे । मौनता भगं भै रहेको थियो ।

बद्र्रीबा की स्वास्नी मौन छे । सौदिली परेकी बद्र्रीबा की स्वास्नी सूनका चूराले सजिएकी छे । बद्र्री बा का छोराहरु कारमा अपिसबाट घर आउँछन् । बद्र्री बा की स्वास्नीको हातमा कपडा र महडगा मिठाईको झौला हुन्छ । तर बद्र्री बा की स्वास्नी मूस्कूराउछे तर एक शब्द पनि बोल्दिन । तर बद्री बा की स्वास्नी भन्छे
“एक पल्ट छोराहरुले बुढेसकालमा तीर्थ यात्रा गराए पुग्थ्यो ।”
”म पनि यही सोच्दै छु । आखिर कति घरभित्र मात्र सागुरिएर जिन्दगी जीउने । सम्पति आर्जन मै पूरै जिन्दगी त वितो भने आध्यात्मिक चिन्तनमा लागेर बांकी जिन्दगी किन नविताउने ।”

बद्र्री बाजे घर आई पूगे । खाटमा एउटा बूढो मान्छे आएर बसी राखेको थियो । बद्र्री बाजेले भने
“आज कतबाट ?” उसले भन्यो
“यस्तै रहेछ संसार, यात्रा छदै छ ।”
बाजेले भने
“मान्छे यो आप्नो भन्छ, यो छैन भन्छ तर खै के आप्नो छ र ? आखिर एक गाँस न हो चाहिने ? ।”
बद्र्री बाजेकी स्वास्नी झस्की । कोक्रोमा सुतेको नातिलाई हेरी । बामे पनि सर्न नजान्ने नातीमा उसले केही देखिन । तर, त्यसत्रि यर्थाथ छ र जुन जीवन सीमित छ आफै देखि, न भाव, न आश, न निरास । उसले अतित पनि सम्झिन र भविस्य पनि जुन यर्थाथ । त्यो मान्छले भन्यो
“म यसो सम्झन्छु, संसारमा सबै आफैमा सीमित छन् । आफ्नै बाटो, आफ्नै लक्ष्य र आफ्नै धारणा । सम्झन्छु जीवनमा कयौ अवस्ताहरु न भावमयका छन न सुखमय...

त्यसैबेला बर्दी बाजेकी नातिनी स्कूलबाट आई । बद्र्री बाजेकी स्वास्नीले नातिनीको झोला हेरि । झोलामा पेन्सिल र कपी थिएन् । उसले ६ वर्षकी नातिनीलाई कराई
“खै पिल्सिङ र कापी तँलाई हराउन किनि दिएको । कस्ले तँलाई दिनै किनि दिन सक्५ ?”
नतिनिले भनी –हरायो ।” ऊ रिसाई । तर बद्र्री बाजे मौन रहे । मान्छै बाटो लाग्यो । बद्र्रीले भने
“चिया सम्म पनि दिइनस त ?” उसले भनी
“दूध भए पनि चिया रग र चिनी छैन । सकिएको दश दिन भएको थियो । कसरी दिने ?

बद्र्री बाजे झस्के । पुन खाटबाट उठे र खेत तर्फ बढे । उनले अतीतहरु सम्झे.....

उहि वास्तक्तिा, उही यर्थाथ । मालीले हजारौ पल्ट मालिनीको कपालमा फूल सिउरी दियो । बद्र्री बाजेका छोराहरुले कयौ पल्ट उसकी स्वास्नीलाई राम्रा कपडा र मिठाई दिइ सके । बद्र्रीबा का दम्पतिहरुले कयौ पल्ट चारधामको यात्रा गरिसके ।

मकैको ढिँढो र सिस्नोको साग खाएर दश ठाँउमा च्यातिएको दौरा लगाएर आदि दाम्पत्य जीवनका क्षक्षहरु मुल्य हिन बनेर बितिसके पनि ती पाइलाले भाव युक्त ूस्पर्सको प्रतीकहरु कहिलै टेकेनन् । मौनता भगं नै थियो । बद्र्री बाजेले वास्तक्तिालाई सम्झे । ७० वर्षको एउटा लामो यात्रा अनि जीवनको उत्तरार्धको क्षण अनि ६ वर्षकी सानी जीवन साथी , ६५ वर्षकी त्यही स्वास्नी, कोक्रोमा सुतेको सानो नाती, स्कुल जाने नातिनी र कडोरपति बनेकी बद्र्री बाजे की भान्जी ।

बद्र्री बाजेले लामो सास फेरे र भने
“किन वास्तविक्ता भन्दा भिन्न हुन्छ मेरो संसार.....

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 23 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु