शैयामा छाडेको जीवन

- सुजन बैरागी

सीस्टर प्लीज मलाई पानी दिनुस् न । आ. ऽ ऽ ऽ ए सीस्टर सी.....स्...ट..
आयूष आयूष के भो ?
डक्टर.. डक्टर बेड नं. १०४ को प्यासेन्ट फेरी बेहोष ।
अक्सीजन तयार गर । सीस्टर रिपोर्ट देखाउनुस त ओ माई गड इट्स भेरी क्रिटिकल । सीस्टर डक्टर महेशलाई आज रात पनि हस्पिटलमा नै बस्नेसुचना सुनाईदिनु म पनि आज हस्पिटलमै हुनेछु । सीस्टर यो पेसेन्टको कोही आफन्त छैन की क्या हो ?
खै डक्टर साब छैनन् भनौ भने कहिले काही दिनको आठ नौ जना पनि आउँछन् कहिले काही कोही पनि हुँदैनन् फरी उसको नजिकको भन्ने त आज सम्म एक जना पनि देखेकी छैन । जसले हस्पिटलमा भर्ना गराएको थियो उ उसको श्रीमती हो रे तर खै जुन दिन भर्ना गराएर गएकी थिइ त्यसदिन देखी उ यहाँ देखिएकी छैन ।
अरे यो त बडो अचम्मको कुरा पो सुनाउनु भो त यो कसरी हुन सक्छ ! के ति नारी उसको श्रीमती ने थिइन त ?
हो डक्टर यो कुरा मलाई आयूषले नै भनेको हो होषमा हुँदा राम्रोसँग कुरा गर्छ ऊ, उसको कुरा सुन्दा मुटु भक्कानिएर आउँछ म यो पनि बिर्सन्छु कि म एउटा नर्स हुँ । उसको कुरा सुनेपछि मेरो सबै पीडाहरु बिर्सन्छु म । कति बुद्धिमानी छ ऊ लाग्छ कोही प्रोफेसरको साथमा छु ।
सुप्रभात आयूष
सुप्रभात डक्टर
कस्तो छ अहिले ?
ठिक छु डक्टर, थाहा छैन अझै कति पटक मर्नु पर्ने हो मैले, मरेको मरेकै छु र पनि बाँचि रहेको छु, कोही मर्न चाहेर पनि मर्न सक्दैनन् कोही बाँच्न चाहेर पनि मरिरहेका छन् । कसलाई के भन्ने ? कतै मरेर पनि मर्न सक्दैन जीवन कतै जिउँदै पनि मर्छ जीवन हो यस्तै छ जीवन जसलाई सबैले स्वीकार्नु पर्छ, भोग्नु पर्छ र म पनि त्यही भोग्दै छु ।
ल भै गो आयूष तिमीसँग मैले कुरा गर्न नसक्ने रहेछु । अँ साची तिम्रो आफन्त कोही आएको देखिन्न नि के हो ? तिम्रो कोही छैनन् ?
खै डक्टर कसलाई आफ्नो भन्ने हो बुझ्नै सकेको छैन जन्म दिने आमा बुबालाई आफ्नो भनौ भने आमा बुबा को हो भन्ने नै थाहा छैन, बच्चा बेला देखि हुर्काएर शिक्षा दिनेलाई आफ्नो भनौ भने उसैले मलाई चोरी, डकैती र अपराधीक कार्यमा लगायो, जबजब सही गलतको ज्ञान हुन थाल्यो तब त्यो घर छाडेर गल्ली गल्ली भौतारीदै हिँड्दा जसले जागिर दिएर जुन गुण लगायो उसलाई आफ्नो भनौ भने उसले कामको लागि मात्र प्रयोग ग¥यो । यस्तै यस्तै कलेजको पढाइ पूरा गर्दै गए कलेजमा धेरसँग संगत भयो त्यसमा पनि कसै कसैले धेरै नै सामिप्यता दिए तिनलाई आफ्नो भनौ भने मोड अनुसार सबै बद्लिदै गए, जुनि भर साथ दिन्छु हरेक दुःख सुखको साथी म तिम्रो, तिम्रो भागको दुःख पनि बाँडेर लिन्छु भन्ने मेरी आफ्नै श्रीमती सम्मले मेरो यो अवस्थामा एकपटक हस्पिटलमा भर्ना गरेदेखि अर्काे पटक आउन उचित ठानिनन् किनकी उनलाई म भन्दा उनको व्यापार ठूलो थियो उनलाई पैसा म भन्दा बढि आवश्यकता थियो, अब तपाईं नै भन्नुस डक्टर कसलाई आफ्नो भन्ने मैले ? मेरो लागि त तपाईं नै आफ्नो जसले मलाई बचाएर नयाँ जीवन दियो, मिना सिस्टर नै आफ्नो जसले मेरो सेवामा दिन रात ने नभनेर आफ्नो ड्यूटी सकिएर पनि मेरो सेवामा निरन्तर लागि रहनु भयो ।
गुड मर्निङ् आयूष, यि तिम्रो लागि । मैले आज तिम्रो चाँडै स्वास्थ्य सुधारको कामना गर्दै मन्दिरमा १०८ लड्डु चढाएर आएको र यो सुन्दर फुल पनि तिम्रो लागि ।
मिना जी तपाईंले मेरा लागि दिन रात नभनि यतिका गर्नु भएको छ कि म तपाईंको ऋणी भइसकेको छु मिना जी तर मलाई यो कुरामा भने चित्त दुखाइ छ मेरो लागि तपाईंले मन्दिरमा गएर १०८ लड्डुमा १०८० खर्च गर्नुको सट्टामा त्यो पैसाले ती बाटोमा खान नपाएकाको लागि केही किनिदिनु भएको भए तिनको एक छाकको लागि चिन्ता हुने थिएन र ति सबैको आशिर्वाद र कामना पनि लाग्ने थियो र बगैँचाबाट जुन सुन्दर फुल मेरो सु–स्वास्थ्यको कामना गर्दै टिपेर ल्याउनु भयो त्यो फुल टिपेर मेरो स्वास्थ्यमा सुधार हुने हैन बरु झन पाप लाग्ने छ मीना जी मेरो कुरालाई अन्यथा नलिनु होला म तपाईंको धेरै आदर गर्छु जसले मेरो आफ्नो भन्नेहरू सबैले छाडेको बेला मेरो साथ दिनु भयो तर मिना जी फुल बगैचामा जति सुन्दर हुन्छ त्यति टिपेर ल्याएपछि कुनै पनि मुल्यमा राम्रो हुने छैन । फुलको असली ठाँउ भनेकै उसको बगैचा हो जहाँ उसले आफ्नो सुन्दरता प्रदर्शन गरी धेरैलाई खुशी प्रदान गरेका हुन्छ । बगैचाको शोभा बढाएको हुन्छ उसको पनि यो जीवन हो ।जसलाई उसलाई जीउन पाउनु पथ्र्याे तर उसको यो अधिकार तपाई खोस्नु भएको छ मेरो नाममा ।
सिस्टर मिना स्तब्ध भइन । सिस्टर मिना................ तपाईंको फोन छ,सिस्टर श्रेयाको आवाजले झस्कदै सिस्टर मिना फोन कसको हो? श्रेया – खै मिना, नाम सोधेको आफन्त भन्नु भयो केटाको आवाज छ । श्रेया आयूषलाई जूस खुवाउँदै गर्नुस है म फोन एटेन्ड गरेर आउँछु ।
ल आयूष जी आज श्रेयाको हातको जुस पिउने है ? कि मिना जी लाई नै कुर्ने हो ?
हैन सिस्टर श्रेया जुस त जुस नै हो नि हैन र जसको हातको खाएपनि ? तर फरक यति हो कि कसैको प्यारले मिठास थपिन्छ कसैकोमा..............
यसको मतलब मेरो हातबाट जुस पिउँदा मिठास मिल्दैन हैन ?
कुरा त्यही नै चाँही हैन तर त्यस्तै त्यस्तै चाँही हो, श्रेया जि माइन्ड नगर्नु है ।
खै अलिमाथि उठ आज मिठास नभएपनि मेरै हातबाट जुस त खानै पर्छ किनकी आज सिस्टर मिना जुस खुवाउन आइपुग्ने छैन उत उतैबाट डेटिङ्ग गइसकि उ उता हेरत त्यो सिसा बाहिर हो त्यो मिनासँग हिड्ने उसको प्रेमि हो । ल ल अब आराम गर केही कुराको आवश्यकता परे म यही हुन्छु मिना चाँही अब बेलुका मात्र आउने होला । तिमी बिरामी भएदेखि उसले कहिले हस्पिटल छाडेर जान पाइन आज बल्ल तिमीलाई अलि राम्रो भएको छ त्यसैले उ निस्केकी हो नत्र आज पनि......
कति धेरै दुःख दिए है मैले, बिचरी मिना सिस्टर मेरो कारण आफ्नो प्रेमिसँग पनि मिल्न पाइनन् है !
हो त नी ।
श्रेयासिस्टर एकछिन मसँग कुरा गरेर बस्न मिल्छ प्लिज..
हुन्छ नि किन नहुनु फेरी तिमी मिठा मिठा र काम लाग्दा कुरा पनि त गर्छाै, ल भन के कुरा गर्ने ?
के कुरा गर्नु र यही त हो नी जीवनको मोडहरूको बारेमा, जीवन पनि कस्तोसँग चल्छ है तपाईं कहाँको मान्छे, सिस्टर मिना कहाँको मान्छे तर हामी यसरी भेटिनु रहेछ । के गर्नु आफ्नो भन्नेहरू सबैले छोडेर गए तर तपाईंहरू मेरो यति धेरै हेरचाह गर्नुहुन्छ । मिना सिस्टर त झन उल्टै मेरो हस्पिटलको चार्ज पनि तिरिरहनु भएको छ । सोच्दा पनि अचम्म लाग्छ म किन बाँचिहेको हुँला जस्तो पनि लाग्छ । तर के गर्नु मान्छेको भाग त पूरा गर्नु नै प¥यो नि हैन ? सीस्टर श्रेया के भो तँलाई त .......! ! !
हेैन हैन केही हैन मेरो आँखामा भुलो पस्यो त्यसैले ।
सीस्टर श्रेया उठेर केही नबोली सरासर आफ्नो क्याबिन तिर लागिन । फोको घण्टी बजि राखेको रहेछ, सीस्टरले फोन पनि उठाइनन् । खै के गर्न लागेकी हो कुना पट्टि फर्केर धेरैबेर सम्म बसिरहिन ।
उनको मोबाइल बज्यो श्रेयाले फोन उठाइन सीस्टर मीनाको कल थियो– सीस्टर श्रेया कस्तो छ आयूषलाई ? नत्र म बेलुका मात्र आउँछु ।
मीनाले भनिन आयूष राम्रै छ ।
श्रेया सीस्टरको रुञ्चे स्वर सुनेर सीस्टर मीना हतारिदै हस्पिटल आइपुगिन सीधै आयूषको बेडमा पुगिन
तिमी ठीक छौ ?
उ खै के गर्दै थियो उसका आँखा पनि रसाएका थिए ।
के भो ? सीस्टर अतालिँदै बोलिन ।
धुलो, आयूषले आफ्नो मधुर आवाजमा बोल्यो ।
हेर आयूष तिमीसँग यतिका दिन सँगत गरेर यति त पक्कै पनि बुझ्ने भएको छु कि तिम्रो आँखामा धुलो परेको बेलाको आँसु र मनमा पीडा भएर बगेको आँसुको परक छुट्याउन सक्छु । मलाई नजिकको ठान्छौ भने प्लिज भन के भयो ?
आयूषले बिस्तारै टाउको उठाएर सीस्टर मीनालाइृ हे¥यो ।
उसको मन झनै पिरलिएर आयो, उसका आँखा झन बर्सिन थाले । आयूषको आँखाबाट बर्सेको आँसुको पीडा थाम्न नसकि सीस्टर मीना पनि आँखा पलिपिलाउन थालिन र आयूषको शीरलाई आफ्नो काखमा राख्दै सान्त्वनाका शब्दहरू छर्न थालिन र आयूषलाई शान्त पार्ने प्रयासमा लागिरहिन तर आफै बर्सिरहिन निरन्तर साउने झरि जस्तै........................
आज हस्पिटलमा भर्ना भएको २१ औं दिन बित्यो खै के हो आज सीस्टर श्रेया पनि हस्पिटल मे बस्ने भइन । उनी पनि आयूष प्रति धेरै दयालु बन्न थालिन । हुन त पहिला पनि माया नगर्ने हैन उनी तर उनले कहिले पनि राती हस्पिटलमा बस्ने गरेकी थिइनन् तर आज अचानक आयूषकै लागि भनेर बस्दैछिन उनी । साँझ झमक्कै भै सकेको थियो, सीस्टर मीला र श्रेया आयूषको नजिकै थिए अचानक ढोका खुल्यो एउटी सुन्दर नारी गुलाबी सारीमा भित्र छिरिन, उनले हातमा एउटा फाइल पनि बोकेकी थिइन । हेर्दा पनि शुसील लाग्ने ती नारीको जिउडाल, रूप सबै लोभ लाग्दा थिए, दुबै सीस्टर अचम्म मानेर हेरिरहेका थिए ।
आयूषको कोठामा यि को हुन ? त्यतिकैमा उनको मधुर स्वर फु¥यो।
कृयपा म एकछिन आयूषसँग कुरा गरौ ? तपाईंहरू बाहिर गइदिन सक्नुहुन्छ ? म आयूषको श्रीमती ।
मीना र श्रेया दुबै जना झस्के , सीस्टर मीनालाई प्रश्नहरूको भारी नै बिसाइदिउँ जस्तो लागेको थियो तर त्यसो नगरेर उनले यति बोलिन आयूष अहिले निदाएको छ, उसलाई आराम गर्न दिनुस ।
उनले फेरी अनुरोध गरिन – हैन प्लिज जरुरी छ ।
बेलुकीको दश बजिसकेको थियो दुबै जना सीस्टरहरू बाहिर सीसाबाट हेरिरहेका थिए । ति नारीले एउटा पेपरमा साही गर्न लगाइन आयूषलाई उसले पनि केही नभनी सही गरिदियो । खै के थियो ? र अर्काे एउटा पेपर त्यही छाडिन र बिस्तारै आयूषलाई आफ्नो छातिमा लगाइन र निधारमा मधुर चुम्बन गरिन । आयूष निर्जिव जन्तु झै रहिरह्यो । यो देखेर सीस्टरहरू दुबै जना खुशी भए । उनीहरूको खुशी आफू–आफूमा बाँड्दै थिए ती आयूषको श्रीमती भन्ने नारी निस्केर आयूषको राम्रो ख्याल गर्नु है भनेर फटाफट गइन । हतारिँदै दुबै जना भित्र छिरे उनले टाडेको कागजमा कुने घरको लालपुर्जा थियो जुन आयूषको नाममा थियो र आयूषले सही गरेको पेपर त सम्बन्ध बिच्छेदको कागज पो रहेछ । यो थाहा पाएपछि दुबै जनाको खुशी दुःखमा बदल्लियो । दुबै अचम्ममा परे पनि । यति धेरै माया देखाएर यति ठूलो चोट पो दिएर गइ कति क्रुर नारी रै छे ?! दुबैजनाको मनमा शंका उपशंकाहरूले मन हलचल गरायो । कतै कुनै समस्यामा परेको छ हैन ? हैन भने किन यस्तो माया गरेको ? देखाउन मात्र खोजेको हो ? देखाउन पनि कसलाई परेको थियो र ? सोच्दा सोच्दै कुनै निश्कर्षमा पुग्न नपाउँदै बिहानीको संकेत गर्दै चराहरूको कल्याङ्गमल्याङ्ग सुरु भै सकेको थियो । मीना सीस्टरको एकाग्रता पनि भङ्ग भयो । आयूष बेडमा अचेत थियो निदाउँदा पनि कस्तो माया लाग्ने अनुहार यति ठूलो घटना घटेर पनि केही नभए जस्तो कनि शालिन छ उसको अनुहार !! मीना चिया लेउ.. सीस्टर श्रेयाको आवाजले मीना झसङ्ग हुँदै चियाको कप तिर आँखा घुमाइन आज उनलाई चिया धमिलो लाग्यो बिस्तारै कप समाइन र टेबलमा राखिन चिया तेत्तिकै सेलायो उनले वास्ता गरिनन् र पिइनन् पनि आज उनलाई नरमाइलो लागेको थियो उनी भित्र कैयौं पैश्नहरूले उनलाई पीडा बनाएको थियो । आज सेप्टेम्बर १२ अबको आठ दीन सेप्टेम्बर २० मीनाले त भुलीसकेकी रहिछिन फोन आएर पो थाहा पाइन । अब उनले फर्कनु पर्छ उनको देश । अब त उनको भिसामा डेट पनि थपिन्न मीनामा अर्काे चिन्ता थपियो । आयूषलाई त भन्नै प¥यो । आयूष ५ वर्ष बितिसकेछ के गर्ने तिमीलाई यो अबस्तामा छाडेर जाने मन त छैन तर मैले जानु पर्छ मैले त यो पनि भुलेको पो रहेछु कि म यो देशको नागरिक हैन भनेर.............. तिमी चिन्ता नगर तिमीलाई श्रेयाले राम्रो ख्याल गर्ने छिन । म तिम्रो सम्पूर्ण खर्चहरू उतैबाट पठाइ दिउँला खै के के भनिन मीनाले तर आयूष अगिनै देखि उनको शब्द सुन्न छाडिसकेको थियो उ एकोहोरो भै सकेको थियो । अनायासै उसको आँखा बर्सन थाले तर पनि उ अञ्जान नै थियो बस उत बर्सिरह्यो निरन्तर .... ५ दिन यसैगरी बित्यो मीना आयूषलाई समझाउने प्रयास गरिरहिन र आफै रोइरहिन । उता श्रेया कुना काप्चा छिरेर रोइरहिन । आयूषको स्वास्थ्यमा झनै बिकार आउन थाल्यो । उ ५ दिनमा धेरै कमजोर भइसकेको थियो । छैटौं दिन पनि बित्यो सातौं दिन पनि बित्यो तर रात कसरी बिताए यि तीनले भन्ने कसैले पनि अड्कल काट्न सकेनन् । त्यो अन्तिम रात जून रात उनीहरूको जीवनको अन्तिम रात थयो जहाँ उनीहरू सँगै हुनेछन । भोलि त मीनाको १ बजेको उडान छ ११ बजे त छिरीसक्नु पर्छ । यो रात कसैले कसैलाई केही भन्न सकेन, कसैले कसैलाई सम्झउन सकेनन् । तीनै जना रोइरहे बिहान भयो । आयूषको अवस्था झनै नाजुक बन्यो आयूष मीना सीस्टर. मीना सीस्टर... भन्दा भन्दै अचेत भयो डक्टरलाई बोलाइयो उपचार त गर्छाै नै हामी तर औषधी तिमी हौ । डक्टरले पनि यस्तो भने, जने मन त उनलाई पनि कहाँ छ र ? तर बस्न दिँदैन यहाँको कानुनले, मैले जानु पर्छ । आयूष अचेत नै थियो, दश बजिसकेको थियो अब मीना बिस्तारै आफू बसेको ठाँउबाट उठिन र आयूषको अचेत शरीरमा मायाको अन्तिम चुम्बन गरिन र त्यतिकै छाडेर गइन उनले फर्केर पनि हेरिनन् सरासर गइन.. हस्पिटबाट टाढा... आयूषबाट टाढा.............. र यो देश देखि टाढा.................

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु