सफल प्रयास

- आन्ना ढुङ्गेल

उपस्थित आदरणीय दिदी–बहिनी, हामी नारी घरको चार किल्लाभित्र मात्र सीमित भएर बस्ने होइन । विश्वका कैयौं विकसित मुलुकहरूमा तपाई–हामीजस्तै नारीहरूले पुरुषले पनि गर्न नसकेका काम गरिसकेका छन् । नारी आफैंमा कमजोर कदापि हुन सक्दिनन् । समस्त नारीवर्गलाई हाम्रै पुरुष प्रधान देशले कमजोर पारिरहेको छ । जस्तो कि नारीहरूले आ–आफ्नो घरभित्रैबाट आन्दोलन सुरु गरेर कतिपय क्षेत्रमा पुरुष समान अधिकार सम्पन्न भइसकेका छन् । हामीहरू पनि आफ्नो हक र अधिकार सुनिश्चित गर्नका लागि लगातर रुपमा लड्नु पर्ने बेला आएको छ । आदरणीय दिदी बहिनी हो, अधिकार भन्ने कुरा मागेर पाइ“दैन, अधिकारलाई खोसेर लिन सक्नु पर्दछ ।
म यस मञ्चमा पुरुष वर्गको मात्र विरोध गर्न चाहन्न । कतिपय ठाउ“मा महिलाबाटै महिलाको हिंसा भएको पनि देख्न सकिन्छ । कृपया हामी यस्तो पात्र बन्न तिर भने अग्रसर नहोऔं । महिलाले महिलाकै अधिकार खोस्ने, आ–आफ्ना घरभित्र सासू र बुहारीबीचको लडाइ“, देउरानी र जेठानी बीचको लडाइ“, नन्द–भाउजु बीचको लुछाचुडी यी र यस्ता कार्यलाई निरन्तरता दि“दै आफू पछाडि पर्ने काम आजैबाट छाडेर नारी हकहित र समान अवसरका लागि लगातार सुधारका कृयाकलापहरूको थालनी गरौं । कार्यक्रम हलभित्र निकै ठूलो तालिको गडगडाहट सुनियो । जति तालिहरू बज्दै जान्थे कोपिलाको स्वर झन् झन् चर्किदै थियो । तीजको विशेष अवसर पारेर गरिएको कार्यक्रममा– मञ्चमा बसेर भाषण गर्ने क्रममा हामी नारीहरू विवाहपूर्व असल पति र विवाह पछि आफ्ना पतिको सुस्वास्थ्य एवं दीर्घायुका कामनाका साथ निराहार भगवान शिवजीको व्रत बस्छौं । तर, एक्काइसौं शताब्दीका हामी नारीवर्ग खै त अझै सचेत भएका ? हरितालिका तीजमा प्रत्येक नारीले पानी पनि नपिइकन बस्ने कठोर व्रतले सबैका पतिको मति सुध्रिएको होला त ? कि आयु नै थपिएको छ ? हो, हामीले चाहे जति नै अन्याय र अत्यचार सहनु किन नपरोस् तै पनि आफ्ना पतिको लागि कठोर ब्रत गर्ने गर्दछौं तर हामीलाई जति माया गर्नु भन्ने पति भनाउनेहरूले आफ्ना श्रीमतीको लागि कहिल्यै ब्रत बसेको थाहा पाउनु भएको छ ? खै त हामीहरूका लागि हाम्रा पतिहरू कहिल्यै पनि ब्रत बस्दैनन् नि ? हामीहरू भने किन बस्ने ? जुन पतिको व्यवहारले हामी नारीको मन छिया छिया बनाइरहन्छ उसका लागि ब्रत बस्नुको अर्थ के ? के वर्षदिन एकदिनमा निराहार व्रत बसेर सबै लोग्ने मानिसहरू हामीले भनेजस्तै हु“दाहुन् त ? आदरणीय महिला दिदीबहिनिहरू, मैले तपाईहरूलाई ब्रत किन बस्नु पर्ने ? तीजको व्रत बस्नै पर्दैन भनेर हाम्रो धर्म संस्कृतिको उल्लंघन गर्न खोजेको भने होइन, मैले त समाजमा नारी वर्गको उठानको लागि थोरै भए पनि जागरुक हुनु पर्ने कुरा मात्र तपाईहरू सामु व्यक्त गरेकी हु“ । अर्को कुरा, अधिकार र समानताको नारा उराल्ने मात्र पनि होइन, त्यसलाई कसरी व्यवहारिक बनाउने भन्नेतर्फ पनि समस्त नारीवर्गले ध्यान पु¥याउन जरुरी छ ।
चाडपर्वका नाममा हामीले समाजमा विकृति भित्रन दिनु हु“दैन । महिनौं दिन अगाडिदेखि विभिन्न पार्टी प्यालेसमा तडकभडकका साथ आयोजना गरिने तीज कार्यक्रमले पनि सकारात्मक प्रभाव पार्ला भन्ने मलाई लाग्दैन । न कि आवश्यकता भन्दा बढी गरगहनाको प्रदर्शनीले नै यसको महत्वलाई बढावा दिन्छ । अरुको देखासिकी गर्ने बानी कतिपयमा नभएको पनि होइन । आधुनिकता भन्दैमा चाहिने भन्दा बढी ढर्रा देखाएर चाडपर्वको अवमूल्यन गर्ने कामलाई कृपया मौलाउन नदिऔं । तालिको आवाज झन झन् बढ्दै गयो । तालीले दिएको हौसलाले कोपिलालाई म के भन्दैछु भन्ने कुराको अत्तो पत्तो नै हुन छाडिसकेको थियो । तालिवालाहरू स्वरमा स्वर मिलाए जस्तै गरी तालि बजाउनैमा व्यस्त देखिन्थे । कार्यक्रम हलको चारै कुनाबाट जोर जोरका साथ
तालीको आवाज सुन्न सकिन्थ्यो । हामी नारीहरू पनि पुरुषभन्दा कम छैनौं । यस समाजले हामीलाई पुरुष सरह समान व्यवहार गर्न सिक्नु पर्दछ । हामीले जसरी आफ्नो पतिलाई आदर र सम्मान गर्छौ त्यसैगरी हामीलाई पनि हाम्रा प्रत्येका सकारात्मक कार्यका लागि उनीहरूले सम्मान गर्नुपर्दछ । प्रत्येक घरमा एउटा बाबुले छोरीप्रति गरिने व्यवहार, दाजुभाइले दिदीबहिनीप्रति गरिने व्यवहार र श्रीमानले श्रीमतीप्रति गरिने व्यवहार हामीले सम्मान पाउनै पर्छ । अनि मात्र हामी पुरुष सरह समान भएछौं भन्ने कुराको प्रमाण हुन्छ ।
श्रीमान्ले अपमानित गर्दै अश्लील शब्दको प्रयोग गर्दछ भने हामीले उसलाई सधै“ भरी हजुर, हजुर भनिरहनु पर्छ भन्ने त छैन नि ? उनीहरूले हामी नारीवर्गलाई पशुवत व्यवहार गर्दै सधैंभरि कुटपिट गर्दछन् भने हामीले यस्तो अत्याचारलाई सहेर बसिरहनु पर्छ भन्ने त छैन
नि ? हामी पनि आ–आफ्नो क्षेत्रबाट आफूले सकेको प्रतिकार किन नगर्ने ? सभामा उपस्थित आदरणीय दिदीबहिनीहरू हो तपाईंहरू पनि यस्ता क्रियाकलापबाट कतै पीडित त हुनु भएको छैन ? तपाईहरू पनि पुरुषबाट गरिने यस्ता दुव्र्यवहारको सिकार त हुनु भएको छैन ? यदि हुनुहुन्छ भने कृपया कुनै संकोच नमानी हाम्रो संस्थामा खबर गर्नुहोला । हामी तपाईंहरूको सधै साथमा रहनेछौं । नारी हकहित र समानताका यस्तै चर्का चर्का भाषणका बाबजुद कोपिलालाई महिला नेतृ बनाएको छ ।
देशैभरि तीजको रमाइलो भइरहेको छ । पहिला–पहिलाका वर्षहरूमा वर्षको एकदिन मनाइने तीज पर्व विगत केही वर्षयतादेखि महिनादिन अगाडिदेखि मनाउने चलन सुरु भएको छ । विभिन्न संघसंस्थाहरूले पनि तीज पर्व मनाउन थालेका छन् । आजको यस तीज विशेष कार्यक्रमको भव्य सामरोहका बीच महिलाहरूका हकहित र समानताको लडाईं लड्दै आएको महिला नेतृ कोपिलाई अधिकारिक सम्मान गरियो । साथसाथै सभामा उपस्थित सबै महिलालाई तीजको दर खुवाउने कार्यक्रम पनि सम्पन्न भयो । आफूलाई गरिएको सम्मानले कोपिलाको का“धमा अझ बढी जिम्मेवारी थपिएको बोध भयो । उनले आफ्नो संस्थाले आजसम्म उठाउ“दै आएका नाराहरूलाई जसरी पनि सफल बनाउ“छु भन्ने बचनबद्धता उपस्थित सबैका सामू व्यक्त गरिन् । कार्यक्रमको समाप्तिपछि त्यहा“ उपस्थित महिलाहरूले सोही कार्यक्रम हलमा भोलिपल्टका लागि नाचगान गरी रमाइलो गर्ने निधो गरे र सबै आ–आफ्ना घरतिर लागे । कोपिला पनि आफ्नो घरतिर लागिन् । सा“झ परिसकेको थियो । हतार–हतार उनले बेलुका लागि खाना तयार पारिन् र आफ्नो श्रीमान कामबाट आउने प्रतीक्षामा बसिन् । रातको दश बजिसक्दा पनि उनको श्रीमान त्यसदिन घर आएनन् । न त उनले आफू घर नआउने जानकारी नै दिएका थिए । रात छिप्पिदै थियो । कोपिलाले आफ्नो श्रीमान्को मोबाइलमा घण्टी बजाइन् । उनको फोनको घण्टी बज्नासाथ उनका श्रीमानले मोबाइल अफ गरे । उनका लागि श्रीमानको यस्तो व्यवहार कुनै नौलो थिएन । पटक पटक उनले यस्ता कठिनाइहरू पार गरिसकेकी थिइन् । कोपिला पनि दिनभरीको भाषणले निकै थकित देखिन्थिन् । भोलिपल्टको कार्यक्रममा रमाइलो गर्नुपर्छ भनी साथीहरूबीच भएको सहमतिलाई मध्यनजर राख्दै उनी छिटो छिटो काम सकेर सुत्न गइन् । भोलिपल्ट विहानैदेखि सुरु हुने भनेको नाचगान कार्यक्रममा कोपिला पनि त्यही अनुसार तोकिएको स्थानमा गइन् । आ–आफ्ना घरको चुल्हो चौको सकेर विस्तारै विस्तारै महिलाहरू जम्मा हुने क्रम जारी थियो । दिउ“सोको १ बजिसकेको थियो । गीत गाउनेहरू गाउने, नाच्नेहरू नाच्ने, वरीपरी बसेर ताली पड्काउनेहरू आफ्नै सुरुमा ताली पड्काउ“दै निकै रमाइलो र उल्लासपूर्वक नाचगान गरिरहेका थिए । त्यसै बीचमा पछाडिबाट कसैले ठूलो स्वरमा कोपिला भनी बोलाएको आवाज सुनियो ।
एकैछिनमा त्यस भिडभाडबाट एक्कासी कोपिला गायब भइन् । कार्यक्रम हलको अलि परको पर्खालको एक कुनामा दुईजना मानिस देखिए । हल निकै ठूलो भएकाले ती कुनाको मानिसको अनुहार भने सहजै नियाल्न सकि“दैन थियो । त्यहा“ उपस्थित महिलाहरूले ती दुईजना अरु कोही नभएर कोपिला र उनका श्रीमान हुन् भन्ने अनुमान भने सहजै लगाए । कोपिलाका श्रीमान दिउ“सै रक्सीले मातेर आफ्नौ शरीरलाई पनि धान्न नसक्ने गरी लरखरि“दै आएका थिए भने कोपिला उनलाई साहारा दि“दै घरतिर लैजादै थिइन् । घरमा पुगेर श्रीमानलाई बेडमा सुताइदिइन् । आजभने उनलाई खपिनसक्नु भयो । रातभरि घर नआएको र दिउ“सो सबैजनाले देख्ने गरी उनको यस्तो हालत देखेर उनलाई साह्रै रिस उठ्यो र भनिन्–आफ्नो शरीर नैधान्न नसक्ने गरी के खाएको ? खानै पर्छ भने पनि कम से कम आफू सम्हालिन सक्ने गरी त खानू नि ? के हो यस्तो चाला ? सधै“ सधै“को यस्तो चाला हो भने म पनि ....................... । कोपिलाले आफ्नो कुरा टुङ्ग्याउन नपाउ“दै उनका श्रीमान्को चर्केको स्वर सुनियो– के गर्छेस् त जैरीले ? मलाई खुब धम्की दिन्छेस् ? खाए“ त खाए“ मेरै कमाई खाए“, तेरो बाउको त खाएको छैन नि ? भन्दै उनीमाथि मुक्का बर्जान थाले । एकछिन अगाडिसम्म आफ्नो शरीरलाई अड्याउनै नसकेर श्रीमतीको साहारामा घरमा आइपुगेका श्रीमान अहिले उनैलाई पिट्न थाले । श्रीमानले रक्सी पिएर आएको बेला दोहोरो कुरा गर्नु भनेको आफ्नै ज्यानले दुःख पाउनु हो भन्ने पनि उनलाई राम्रैस“ग थाहा थियो । त्यसैले उनी चाहेर पनि केही नबोली मौन भइन् । दिनहु“ रक्सी पिएर लरखरि“दै घर आउनु र श्रीमतीस“ग हरेक कुरामा निहु“ खोजेर झगडा गर्नु अनि कुटपिट गर्नु कोपिलाको श्रीमानको दैनिकी जस्तै थियो । पहिले पनि श्रीमानको यस्तो व्यवहार सहन नसकेर शरण माग्न कोपिला धेरैपटक आफन्तको गएकी थिइन् ।
आफन्तबाट पनि सहानुभूतिको व्यवहार पाउन सकिनन् । अब यसरी सधैभरि कति भागी भागी हिंड्नु भन्ने सोचेर श्रीमानले रक्सी पिएका बेला आजकल उनी घरको वरपर लुकी छिपी बस्ने गर्दछिन् । आफ्नै श्रीमानबाट पाएको यस्तो अमानवीय व्यवारबाट छुटकारा पाउन उनका मित्रजनहरूले सम्बन्ध विच्छेद गरेर आनन्दपूर्वक जीवनयापन गर्ने सल्लाह पनि दिएका थिए । कहिले काही“ त उनलाई साथीभाइले दिएको सल्लाह निकै उत्तम उपाय हो भन्ने लाग्दथ्यो । यस्तो रातदिनको यातना सहनुभन्दा त सम्बन्ध विच्छेद नै गर्नु पर्छ जस्तो पनि नसोचेकी होइनन् । आजको रात पनि कोपिला निदाउन सकिनन् । आफ्नो लोग्नेले आफूप्रति गरेको व्यवहार सम्झ“दा सम्झ“दै बिहान पो भइसकेछ । आज पनि उनी हतार हतार आफ्नो नित्यकर्म सकेर आफूजस्तै पीडित महिलाहरूको हक, हित र अधिकारका लागि खोलिएको संस्थामा पुग्छिन् । उनले आफूले भोगेको यातना त छ“दैछ तै पनि आफूजस्ता कैयौं यातना भोग्नेहरूलाई भने उनले सहयोग गरेर यस्ता यातनाबाट छुटकारा दिलाएकी छिन् । उनलाई अस्ति आफू सम्मानति भएको अनि त्यस सम्मान कार्यक्रमम आफूले दिएको बचन, भोलिपल्टको नाचगानको रमाइलो कार्यक्रम अनि आफ्ना श्रीमानको सहनै नसक्ने व्यवहारको एकैपटक सम्झना आयो । नारी हकहित र समान व्यवहारका लागि मञ्चमा जतिसुकै भाषण छा“टे पनि व्यवहारमा उनी नेपाली समाजकी नारी थिइन् ।
उनको मन मस्तिष्कमा नेपाली संस्कृति जीवित थियो । उनले आफूलाई श्रीमानले गरेको दुव्र्यवहारको अन्त्य पनि एक दिन अवश्य गर्नेछु भनेर अहिलेको अवस्थालाई कुनै परवाह नगरी आफूले वचन दिएको काम पूरा गर्नुपर्ने सोची नारी हकहितका लागि लडिरहिन् । त्यसैको परिणाम आज समाजमा सम्मान पाएकी छिन् । आज समस्त हिन्दू महिला दिदीबहिनीहरूले आफ्नो पतिको सु–स्वास्थ्य र दीर्घायुको लागि भगवन् शिवजीको पूजा आराधना गरी निराहार ब्रत बस्ने दिन । कोपिला बिछ्यौनाबाट जुरुक्क उठिन् र भित्तामा झुण्ड्याइएको घडीतिर आ“खा लगाइन् । यतिखेर बिहानको ५ बज्न लागेको रहेछ । झ्यालको पर्दा यसो उघारिन् र बाहिरतिर हेरिनन् । बाहिर मानिसहरूको गाइ“गुइ“ आवाज सुनिन थालिसकेको थियो । उनी नुहाउनका लागि बाथरुमभित्र छिरिन् । नुहाइसकेर उनी पूजाको सामग्री मिलाउन लागिन् । त्यतिबेलासम्म बाहिर उज्यालो भइसकेको थियो । उनी हतार हतार हातमा पूजा सामग्री बोकेर नजिकैको शिव मन्दिरतिर लागिन् । कोपिला त्यहा पुग्दा अरु महिलाहरू पुजा साम्रारी लिएर पहिलानै पुगिसकेका रहेछन् । सबै मिलेर रमाइलो गरी स“गै पुजा गरे । पण्डित बाजेले कोपिलालाई टिका लगाउदै–लौ नानीको ब्रत सफल होस्, तिम्रो श्रीमानको आयु वृद्धि होस्, स्वस्थ रहुन्, पण्डित जी यस्तै यस्तै भन्दै गए । कोपिलाको मनभरि भने अर्कै पीडा थियो । उनी केही नबोली त्यहा“बाट जुरुक्क उठेर घरतिर लागिन् । घरमा श्रीमान मूढो लडेझैं लडिराखेको थियो । उसलाई हिजोको रक्सीको मातले अझै पनि छाडेको थिएन । कोपिलाले शान्तभावमा सोचिन् । म र मेरो संस्थामार्फत् धेरै दिदीबहिनीले राहतको सास फेरेका छन् म आफू भने यस्तो अवस्थामा बा“चिरहेकी छु । यस समस्याबाट मुक्त हुन केही न केही त उपाय गर्नैप¥यो । केही बेरपछि उनका श्रीमानको निद्रा खुल्यो । उनी श्रीमानका नजिकै गइन् र भन्न थालिन्– तपाईले हिजो साथीहरूको बीचमा म प्रति जुन व्यवहार देखाउनु भयो यसले म निकै दुःखी र लज्जित पनि छु । तपाईको यस्तै यस्तै क्रियाकलापले मैले गर्दै आएको कामप्रति पनि समाजले प्रश्नचिन्ह खडा नगर्ला भन्न सक्ने अवस्था छैन । यदि आजकै दिनदेखि तपाईले आफूबाट भए गरेका गल्तीलाई स्वीकार्दै का दिनमा आफूबाट यस्ता क्रियाकलाप नहुने बचन दिनुहुन्छ भने त ठीकै छ होइन भने म तपाईंस“ग जीवन बिताउन सक्ने छैन । म तपाईस“ग सम्बन्ध विच्छेद गरेर स्वभिमानले स्वतन्त्र भएर बा“च्न चाहन्छु ।
कोपिलाको कुरा सुनिसकेपछि उनका श्रीमानको मनमा पश्चातापको घण्टी बज्यो । उनले सोचे ओ हो मैले यतिका दिनसम्म त सा“च्चिकै गलत व्यवहार पो गर्दै आएको रहेछु । यो भन्दा बढी म हाम्रो सम्बन्धलाई बिर्गन दिने छैन । उनले भने त्यसो होइन कोपिला, मलाई माफ गर देखि म यस्तो व्यवहार गर्ने छैन । कृपया सम्बन्ध विच्छेदको कुरा नगर । श्रीमानका मुखबाट यति सुन्नासाथ कोपिलाको अनुहारमा खुशी छायो । उनलाई लाग्यो आज भने बल्ल आफ्नो समस्याबाट पार लाग्ने लक्षण देखियो र उनले भनिन– तपाईंलाई मैले मात्र विश्वास गरेर पनि त भएन नि हिजो म जसरी सामूहिक रुपमा अपमानित भएको थिए“ त्यसैगरी तपाईले पनि सामूहिक रुपमा माफी माग्नु पर्छ र का दिनमा यस्ता गल्ती नगर्ने बचन दिनुपर्छ । कोपिलाका कुरामा उनी सहमत भए । कोपिला पनि आफ्ना श्रीमानलाई लिएर साथीहरूले रमाइलो गरिरहेको तीज कार्यक्रम स्थलमा पुगिन् । कोपिला आफ्ना श्रीमानका साथ ह“सिलो अनुहार लगाएर कार्यक्रम स्थलमा आएको देख्दा साथीहरू सबै अचम्मित भए । कोपिलाका श्रीमानले सबैका सामू आफूले कोपिलाप्रति गरेको अपमानजनक व्यवहारका लागि माफी मागे । आजैका दिनदेखि आफू सही बाटोमा लाग्ने र यस्ता गल्ती जीवनमा कहिल्यै पनि नदोहो¥याउने बचन सार्वजनिक रुपमा दिए ।

नया“बानेश्वर

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु