निर्वासन

- सलाम आजाद

अशोक चक्रवर्तीसँग मेरो भेट यादवपुरमा भएको थियो । बांग्लादेश र पश्चिम बंगालका दुईजना विशिष्ट बंगाली विभूतिहरुलाई यादवपुर विश्वविद्यालयको तर्फबाट डीलिटको उपाधि दिने घोषणा गरिएको थियो । यसै सन्दर्भमा विश्वविद्यालयको ओपन एयर थियटरमा उपाधि प्रदान गर्नका लागि समारोहको आयोजना गरिएको थियो । यसै समारोहमा विश्वविद्यालयका छात्र छात्राहरुलाई डिग्री पदक दिने कार्यक्रम पनि राखिएको थियो, जसले गर्दा दीक्षान्त समारोह केही लम्बिएको थियो । तर, थोरै समयको अन्तरालमा चुरोट पिउनु पर्ने एउटा नराम्रो बानी छ मेरो । यसका लागि मेरो श्रीमतीले सँधै कचकच गरिरहन्छे । मलाई पनि नराम्रो लाग्छ, श्रीमतीलाई मन नपर्ने एउटा मात्रै यो नराम्रो काम गरिरहँदा ।
दीक्षान्त समारोह मेरो लागि झन्झन् लम्बिदै गएको थियो । हुँदाहुदा मलाई चुरोटको लतले बेसरी अठ्याउन थाल्यो । बाहिर आएर हेरेको त, तीनजना मान्छेहरु सँगै उभिएर निकोटिन तान्दै धुवाँ उडाइरहेका रहेछन् । चुरोट पिउनका लागि मलाई त्यही ठाउँ उपयुक्त हुन्छजस्तो लाग्यो । खल्तीबाट चुरोट झिकेर एक स्वाँट तानेको मात्र के थिएँ कि ती तिन मध्ये एकजनाले मेरो हातमा रहेको चुरोटको बट्टालाई एकटक हेरिरहेको पाएँ । त्यो मान्छेले मलाई यसरी हेरिरहेको देखेर म केही हच्किएको थिएँ । म हच्किएको कुरा उसको आँखाबाट लुक्न सकेन । ओंठमा हल्का मुस्कान लिएर उसले मलाई सोध्यो, “तपाइँ बांग्लादेशबाट हो ?”
–हजुर !
–बांग्लादेशको कुन ठाउँबाट ?
–ढाका !
–ढाका ? ढाकाको कुन ठाउँबाट ?
–बांग्लाबजार !
–श्रीदास लाइन ?!
–म श्रीदास लाइनमा नै बस्छु ।
–तपाइँलाई ‘सृजनी प्रेस’ थाहा छ ?
मैले कुनै जवाफ दिइन । बरु सोधें, “किन र ? के कुरा छ ?”
“ती बितेका कुरा सुनाउँदा के फाइदा छ र भाई साहब !”
“तपाइँको घर पनि ढाकामा नै हो ?”
“कुनै समयमा थियो । अहिले शरणार्थी छु । साठी सालको साम्प्रदायिक दंगाको बेलामा मेरो बाबा आमा यहाँ आउनुभएको हो । रित्तो हात । अहिलेसम्म यस ठाउँमा टाउको लुकाउने कुनै ठाउँ बनाउन सक्नुभएको छैन । शाहीदनगर कालोनीमा बस्छु । यादवपुर स्टेशनबाट दस मिनेटको बाटो छ ।”
“तपाइँ पनि दीक्षान्त समारोहमा भाग लिन आउनुभएको हो ?”
“हो भन्नै प¥यो । टेलिभिजनमा काम गर्छु । क्यामेरा विभागमा । यो कार्यक्रम कभरेज गर्न आएको हुँ ।”
अशोक चक्रवर्तीले आप्mनो भिजिटिङ कार्ड दिनुभयो । मैले कार्ड लिँदै गर्दा उहाँले मलाई म कुन होटेलमा बसेको छु भनी सोध्नुभयो । मैले पनि उहाँलाई होटेलको ठेगाना दिएर फुर्सद भएमा आउनका लागि भनें ।
कलकत्ताको व्यस्ततामा मैले अशोकलाई लगभग पूरै बिर्सिएको थिएँ । दुई दिनपछि उहाँको फोन आयो । अशोक चक्रवर्तीले मलाई भेट्न चाहेको बताउनुभयो । अर्को दिन बिहान नौ बजेको समयमा मैले उहाँलाई होटलमा आउनका लागि आमन्त्रित गरें ।
अशोक चक्रवर्तीले मलाई भेट्नुभयो र कुनै भूमिका नबाँधेर मलाई आप्mनो घर लैजान चाहनुभयो । उहाँको बिरामी बुबाले छोराको मुखबाट कलकत्तामा कुनै बांग्लादेशीसँग भेट भएको कुरा सुनेपछि मलाई भेटने इच्छा गर्नुभएको रहेछ । उहाँले मसँग कुरा गर्न चाहनुहुन्छ । अशोकबाट उहाँको बुबाको यस्तो इच्छाबारे थाहा पाएर म चकित परें ।
कलेजको कामको चापले गर्दा समय निकाल्न सम्भव भएन । अर्को दिन मात्रै उहाँको बुवालाई भेट्न सकिने भएकाले उहाँलाई विदा गर्नुप¥यो । जानेबेलामा उहाँले फेरी एक पटक विशेष रुपले मलाई आप्mनो घरमा आउनका लागि अनुरोध गर्नुभयो ।
चौरंगीको एउटा होटेलमा म बसेको छु । यहाँबाट यादवपुर जानका लागि तिस मिनेटभन्दा बढी समय लाग्दैन । यही सोचविचार गरी म होटेलबाट निस्कें तर टेक्सी जाममा फस्नुका कारणले यादवपुर स्टेशन पुग्न एक घन्टा समय लाग्यो । स्टेशन बाहिर नै अशोकलाई देखें । कुनै पनि ठाउँमा सही समयमा पुग्न नसके मलाई साहै्र तनाव हुन्छ । कस्तो कस्तो उखरमाउलो अनुभूति हुन्छ । जबसम्म म ढिला हुनुको कारणबारे जानकारी दिन्न, मेरो मनलाई शान्ति हुन्न । अशोक चक्रवर्तीलाई पनि ढिला हुनुको कारण प्रस्ट्याउँदै थिएँ कि उहाँले मलाई बिचैमा रोकेर भन्नुभयो, “यतिखेर त जाम होला नै, पिक आवर हो । सबै मान्छे अफिसका लागि हतारिदै जाँदै छन् ।” अशोकले यति भनेपछि मेरो मनलाई राहतको अनुभूति भयो ।
यादवपुर स्टेशनबाट हामीहरु एउटा रिक्सामा सवार भयौं । यस भेगमा चल्ने रिक्सा ढाकामा चल्ने रिक्सा जस्तै छन् । कलकत्ताको हाते–रिक्सा जस्तो होइन । कलकत्तामा मान्छेले पैडल मार्दै चलाउने खालको रिक्सा पाइन्छ भनेको धेरै सुनेको थिएँ । यस्तो रिक्सामा बस्ने कहिलै मौका मिलेको छैन । आज यो रिक्सामा सवारी गर्दा साहैै्र राम्रो लागिरहेको छ । म ढाकामा नै छु जस्तो अनुभूति भइरहेको छ । रिक्सा शहीद नगर कोलोनीमा आएर रोकिएपछि एउटा पहेंलो रंगको लामो घर देखाएर अशोकले बताउनुभयो कि यो घर हाम्रो हो । यस घरमा धेरै परिवारको बसोवास रहेको छ । यस घरमा मात्रै होइन, पूरै शहीद नगर कोलोनीमा बसोबास गर्नेहरुको पुख्र्यौली घर पूर्वी बंगाल अर्थात् अहिलेको बांग्लादेश हो । जसको जन्म यहाँ भएको छ, उनीहरुको मनमा पनि बांग्लादेशप्रति एउटा लगाव छ । पूर्वजहरुको घर, जमीन जायजेथा आदिप्रति आकर्षण छ । आप्mनो मूलप्रति एउटा विच्छट्टै चाहना छ ।
अशोक चक्रवर्ती श्रीमती र केटाकेटीहरुसँगै एउटा कोठामा बसेका रहेछन् । यस घरको पश्चिम तिर एउटा बार्दली रहेछ । बार्दलीको एउटा भागमा बाँसको घेरा लगाएर प्लाइवुड हालेर एउटा कोठाजस्तो निकालिएको छ । यहाँ एउटा सानो खाट राखेर अशोकको बुबालाई सुत्ने व्यवस्था मिलाइएको छ । अशोकसँग म सिधैं उहाँको बुवाको कोठामा पसें । उहाँ पल्टिनुभएको थियो । मलाई देखेर उहाँ उठेर बस्न चाहनुभयो । मैले उठ्नुपर्दैन भनें तर म असफल रहें, उहाँ उठेर बस्नुभयो । अशोकले उहाँलाई उठेर बस्न सघाउनुभयो । विवाहभन्दा पहिला यस कोठीमा अशोक बस्ने गर्नुहुन्थ्यो । त्यतिबेला अशोककी आमा जीवित हुनुहुन्थ्यो । आमा बितेको डेढ वर्षपछि अशोकले बिहे गर्नुभएको हो । बुवालाई दमको रोग छ । दिनभरी लगभग सुतेरै समय बिताउनुहुन्छ । स्वास्थ्यमा थोरै सहज अनुभव गर्नुभयो भने उठेर वरपर हिँड्ने पनि गर्नुहुन्छ । अशोककी छोरीसँग मन भुलाउनुहुन्छ ।
अशोकका बुबा परेश चक्रवर्ती । उहाँले कहिलै जागिरी खानुभएन । ढाकामा छँदा व्यापार गनुहुन्थ्यो । उहाँको एउटा प्रेस थियो । बांग्ला बजारबाट श्रीशदास लाइनमा पस्नबित्तिकै दाहिनेतिर परेश चक्रवर्तीको ‘सृजनी छापाखाना’ थियो । घरको अघिल्लो भागमा प्रेस थियो, पछाडि बस्ने घर । प्रेस भएको कोठासँगै सटेको एउटा ताडको रुख थियो । परेश बाबु जहाँनेर बस्नुहुन्थ्यो, त्यहाँबाट सजिलैसँग छोइन्थ्यो त्यो रुख ।
यी सबैकुरा बताइरहँदा उहाँले मेरो नाम सोध्नुभयो । मैले मेरो नाम बताइसकेपछि उहाँले मेरो बुबाको नाम सोध्नुभयो । त्यहीबेला उहाँको निधारमा एउटा मच्छर बसेको देखेर म मच्छर भगाउन तिर लागें । वास्तवमा बुवाको नाम भन्नुनपरोस भनेर नै मैले मच्छर भगाउने बहाना गरेको हुँ । परेश चक्रवर्तीले यो कुरा बुझ्नुभयो वा भएन, मलाई थाहा छैन । तर त्यो बेला म भित्र ग्लानी र पश्चातापको भावनाले काम गरिरहेको थियो । यसबाट निस्कनका लागि मैले सोधें, “तपाइँ ढाकाबाट कहिले आउनुभयो ?”
परेश बाबूले बताउनुभयो, “पैंसठ्ठीको युद्ध पछि । अब त्यो युद्धको विषयमा म के भनूँ ?” त्यसपछि उहाँ केही पनि बोल्नुभएन । आँखा झुकाएर, टाउको निहुराएर बसिरहनुभयो । यसबिचमा मलाई पनि केही बोल्ने हिम्मत आएन । भित्रबाटै मलाई एककिसिमको अपराधबोधले जकडेको थियो । त्यहाँबाट म चाँडै भाग्न चाहन्थें, तर यो सम्भव भएन ।
उहाँले टाउको उठाउनुभयो र मेरो आँखामा आँखा गाडेर गहिरो भावावेगमा भन्नुभयो, “बाबु माइन, मेरो घर नजिकै रहेको ताडको रुख छ छैन, मलाई थाहा पाउन साह्रै मन लागेको छ । मेरी श्रीमतीले दिनहुँ त्यस ताडको रुखमा सिन्दूरको टिका लगाउने गर्थिन् । धर्मकर्ममा मेरो कुनै चासो थिएन । त्यसैले उसले सिन्दूर लगाएको देखेर म उसको साह्रै खिसी गर्थे, उसको मजाक उडाउने गर्थें । ऊ साह्रै रिसाउँथी । तिमीलाई यति दुख दिएर मैले यही कारणले बोलाएको हुँ ।” यति भनेर उहाँले आप्mनो सिरानीमुनिबाट एउटा सिन्दूरको बट्टा झिक्नुभयो मलाई देखाउँदै भन्नुभयो, “के यो सिन्दूरको बट्टा लगेर मेरो तर्पmबाट त्यस ताडको रुखमा तीन पटक टिका लगाइदिन सक्छौ बाबू ?” एउटा वृद्ध मान्छेको यस्तो अनुनय सुनेर मेरो मनमा साह्र्रै पीडा भइरहेको थियो । मैले उहाँको हातबाट सिन्दूरको बट्टा लिएँ र जतनसाथ आप्mनो झोलामा राखें । तर मैले केही भन्न सकिन । मैले त्यसरी जतनसाथ त्यो बट्टा आप्mनो झोलामा राखेको देख्दा उहाँलाई पक्कै सन्तोष लागेको हुनुपर्छ । आप्mनो मनको अन्तिम इच्छा पूरा भइरहेको देखेर परेशबाबू साह्रै खुशी हुनुभयो होला । त्यो सिन्दूरको बट्टालाई त्यसरी जतनसाथ राख्नु मेरो एउटा नाटक मात्र थियो ।
यो सिन्दूरको बट्टालाई सायद मैले जतनका साथ राख्न सकुँला । बट्टा खोलेर सिन्दूर झिक्न सायद मेरो लागि सम्भव छैन । सिन्दूर झिकेर आखिर मैले टिका लगाउने कहाँ ? त्यो ताडको रुख त मेरो बुबाले धेरै पहिला काटिसकेका छन् । साठीको दशकमा चक्रवर्तीहरुले घर छोडेर गएको केही दिनपछि बुबाले ताडको त्यो रुख काटेर पूरै घरको कायाकल्प नै फेरिसक्नुभएको छ । बुबाले मलाई बताए अनुसार उहाँले त्यो घर एउटा हिन्दूसँग किन्नुभएको थियो । बुबाको त्यो कुरामा मलाई विश्वास गर्न कुनै गाह्रो भएको थिएन । तर, परेश चक्रवर्तीले मलाई बताउनुभयो कि उहाँले आप्mनो घर बेच्नुभएको होइन । यस्तो कुनै सोच पनि थिएन उहाँको । आप्mनो जन्मभूमि छोडेर जाने विषयमा उहाँले कहिल्यै सोच्नु भएकै थिएन । जुन दिन श्रीशदासमा भएको आप्mनो घर छोडेर जान वहाँ बाध्य हुनुभयो, त्यसको एक दिन पहिला ढाका शहरका हिन्दूहरुमाथि केही मान्छेले सांघातिक हमला गरेका थिए । नवाबपुरमा हमला भइसकेको केही घन्टापछि उहाँ आप्mनो छिमेकी मोहसिन खानकोमा सल्लाह लिन जानुभयो, कि यस्तो स्थितिमा उहाँले के गर्नु उचित हुन्छ । मोहसिन खानको मुस्लिम नेताहरुसँग राम्रो सम्पर्क थियो । मोहसिनले उहाँलाई सल्लाह दिनुभएछ, तत्कालको परिस्थति सामान्य हुन्जेलसम्मका लागि आप्mनो जायजेथा, घर, प्रेस आदि उहाँको जिम्मेवारीमा छोडेर आप्mनो परिवारलाई लिएर कतै सुरक्षित ठाउँमा जान राम्रो होला ।’ परेशबाबु आप्mनो शक्तिशाली छिमेकीको सल्लाह अनुसार आप्mनो प्रेस र घर मोहसिन खानको जिम्मामा दिएर घर प्रेसमा ताल्चा झुण्डाएर केही दिनका लागि आप्mनो मामाघर विक्रमपुर जानुभयो । जानुभन्दा पहिला मोहसिन खानकोमा उहाँले आप्mनो घरप्रेसको चाबी छोड्नुभएको थियो ।
ढाकाको अवस्था केही सुध्रिएपछि उहाँ बांग्लाबजारको श्रीशदास लाइनमा रहेको आप्mनो घर फर्किनुभयो । आप्mनो घर नजिकै पुगेको बेला उहाँलाई अचम्भ लाग्यो । प्रेसको ढोका खुलेको थियो । भित्र कम्पोजिङ्ग र छपाईको काम चलिरहेको थियो । घरको ढोका पनि उघारै थियो । भित्र मोहसिन साहब कुवा नजिकै बसेर मुख धोइरहेका थिए । मोहसिन साहबलाई केही पनि नभनेर उहाँ सिधै आप्mनो प्रेसमा जानुभयो । एक जना कम्पोजिटर अलाउद्दीनले सोध्यो, “बाबैलाई भारतमा मन लागेन कि के हो ?” उसको प्रश्नको कुनै उत्तर नदिएर उहाँ दौडिदै भित्र मोहसिन सामु जानुभयो । परेश चक्रवर्तीलाई देखेर मोहसिन खानले अन्तिम कुल्ला गर्दै भने, “तिमी ?”
त्यो दिन पहिलो पटक उहाँले परेश बाबुलाई ‘तपाइँ’ नभनेर ‘तिमी’ भनी सम्बोधन गर्नुभएको थियो । परेश चक्रवर्ती साह्रै सहज ढङमा बोल्नुभयो, “चाबी लिन तपाइँको घर जाँदै थिएँ ।” मोहसिन खान साह्रै आगो हुनुभयो परेश चक्रवर्तीको कुरा सुनेर ।
“चाबी ? कस्तो , के को चाबी ?”
“आप्mनो घर र प्रेसको चाबी ।”
“आप्mनो जायजेथा सम्पत्ति मलाई बेचेर तिमी यहाँबाट बसाइ सरेका होइनौ ?”
“तपाइँ यो के भनिरहनुभएको छ ?”
“सबै कागजातमा तिमी आपैmले हस्ताक्षर गरेर मलाई बेचेर गएको कुरा भूmठो हो ?”
परेश चक्रवर्तीले अब कुरा अगाडि बढाउनुभएन बरु मोहसिन खानको खुट्टा छुन पुग्नुभयो ।
“यी अधर्मी पापीहरामीहरुले छोइदिएर मेरो अजू –(धर्म) बर्बाद भयो ।”, यो भनेर उहाँले परेशबाबूलाई लात्तिले हिर्काउनुभयो अनि अलि अगाडि बढेर भन्नुभयो, “आप्mनो जीवनसुरक्षा चाहन्छौ भने छोरा छोरीलाई लिएर यहाँबाट गइहाल । तिमीहरुका लागि भारत छँदै छ, त्यहीँ गएर बस ।”
परेश चक्रवर्तीले मोहसिन खानलाई अरु केही कुरा भनेनन् । त्यसपछि श्रीमती र बच्चाका साथमा अन्जान लक्ष्यमा निस्कनुभयो । धेरै ठाउँको हन्डर ठक्कर खाएपछि उहाँ यस शहीद नगर कोलोनीमा आएर बस्नुभएछ ।
परेश चक्रवर्तीलाई आप्mनो बुबाको नाम नबताएर के मैले कुनै अपराध गरें ? या फेरी आप्mनो बचाऊका लागि मैले आप्mनो बाऊको नाम बताइन ? तर जुन अप्ठेरो प्रश्नले मलाई पछ्याई रहेको छ, त्यो हो, के म अब बुबाको त्यस घरमा बस्न हुन्छ कि हुँदैन ? विश्वविद्यालयमा पढ्नेबेलामा विद्यार्थी राजनीति गर्थे, जसको कारणले बुबाले मलाई घरबाट निकालिदिने धम्की दिनुभएको थियो । त्यो बेला साह्रै नराम्रो लाग्यो । मनमा साह्रै पीडा भयो । आज अनुभूति भइरहेको छ कि यदि त्यसदिन मैले घर त्यागेको भए आज आपैmप्रति यति निन्दित त हुनुपर्ने थिएन । एउटा मान्छेको रुपमा जीवित रहन पाउने अधिकारबाट वञ्चित त हुनुपर्ने थिएन ।
बुबाको चिहाननेर उभिएर चिच्याएर भन्न मन छ, सक्नुहुन्छ भने तपाइँ मलाई आप्mनो छोराको अधिकारबाट वञ्चित गरेर मैले जीवित रहन पाउने अधिकार फर्काइदिनुहोस् ।

अनुः महेन्द्र महक

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 9 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु