18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दुःखको सिमाना

कथा ओमप्रसाद शर्मा घायल June 29, 2025, 12:03 am

ओमप्रसाद शर्मा घायल सुचित्रा र ऋषभ स्कुल पढ्दादेखिकै मिल्ने साथी हुन् । साथीको सम्बन्धबाट पनि माथि उठाउँदै समयले यतिखेर उनीहरुलाई प्रेमीप्रेमिकाको तहमा ल्याइपुर्‍याएको छ । एकअर्कावीचको सम्पर्क र सम्बन्धले निकै सघन भइसकेको उनीहरुको माया दुवैको जीवनको लागि अनिवार्यजस्तै छ । उच्च वर्गिय परिवारमा जन्मिएकी सुचित्रा र मध्यमवर्गिय परिवारमा जन्मिएको ऋषभ एकअर्कालाई प्रेम त गर्छन्, तर त्यही प्रेमको परिणाम उनीहरुलाई थाह छैन


मृत्युदण्डको भय

नियात्रा डा. टीकाराम पोखरेल June 25, 2025, 2:35 pm

डा. टीकाराम पोखरेल सपनाको संसारको यात्रा नै हो विदेश भ्रमण, आमनेपालीका लागि । हरेक विदेश भ्रमण उत्साह हने गर्छन् सबै नेपालीका लागि । सामान्यतयाः मेरो लागि पनि उत्साहप्रद नै हुने गर्दछ । तर यसपटकको विदेश भ्रमणको सुरुवात भने मेरा लागि उत्साह भएन, कारण इच्छा विपरीतको भ्रमण थियो, अनि एक्लै पनि । जोश र जाँगर नचल्दानचल्दै पनि म हप्ताको अन्तिम दिन शनिबार बेलुकी ६.०० बजे इन्डोनेसियाको गन्तव्य तय गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैङ्ककतर्फ प्रस्थान गरेँ


दीवान-ए-गजल “प्रेमाञ्जली”

कृति/समीक्षा राजु “हिमांशु” June 22, 2025, 1:54 am

राजु “हिमांशु” गजललाई अरबी मूलबाट फारसी,उर्दू,हिन्दी हुँदै नेपाली भाषामा भित्रिएको आगन्तुक विधा मानिछ ;जसले आज नेपालीयता बोकेर नेपाली साहित्यिक फाँटमा आफ्नो छुट्टै दरिलो अस्तित्व स्थापित गरेको छ र यो एउटा नेपाली साहित्यको लोकप्रिय विधा भएर अघि बढ़िरहेको छ।

गजलमा “बहर”-को मुख्य भूमिका रहेको हुन्छ


अखिल नेपाल राष्ट्रिय खैरे दलको योजना

हास्यव्यङ्ग्य होम सुवेदी June 21, 2025, 12:58 pm

होम सुवेदी के छ बा हालचाल ? केही लेख्तै हुनुहुन्छ जस्तो छ नि ? मैले सोधें जुँगे खैरे बूढालाई । कैलेकाहीं म उनका साथ जिस्कन्छु । उनी बढो रउसे मान्छे छन् । उनलाई पैसाको कमी छैन, उनी पुराना जमिन्दार हुन् । उनको जमिनदारी अझै पनि कायमै छ । उनको जमिनमा काम गर्नेहरू अहिले पनि उनले जे भन्यो त्यही गर्न सक्छन्


साहित्यकार सीके श्रेष्ठसँग कुराकानी

वार्ता शरद प्रधान June 21, 2025, 12:49 pm

शरद प्रधान दार्जिलिङ निवासी नाटककार, गीतकार र भाषा संग्रामी सीके श्रेष्ठसँग शरद प्रधानले गर्नु भएको साहित्यिक कुराकानी ।

शरद प्रधानः दाजुलाई म एउटा पहिलो सोध्न खोजेको प्रश्न चाहिँ के हो भन्दा, १९९० मा सिक्किममा ठूलो एउटा भाषाको कार्यक्रम भएको थियो। भाषा सम्मेलन कि भाषा गोष्ठी भएको थियो। र त्यसको सुत्रधार मध्येमा दाजु पनि एउटा हुनुहुन्थ्यो


घर

लघुकथा ईगम खालिङ June 21, 2025, 12:24 pm

ईगम खालिङ घरमा पाइँदैन भन्ने सोचमा खोज्दै-खोज्दै हिँडेको एकजना व्यक्तिले शिखर पुगेर मात्र थाहा पाउँछ कि उसले खोजेको वस्तु घरमा नै छोडिराखेको थिएछ। त्यतिबेला उसको एक मनले अनुताप दिन्छ भने अर्को मनले एकप्रकारको सन्तुष्टि। हुन पनि खोज्नअघि नै पाएको भए उसले त्यस्तो खोजको यात्रा गर्ने थिएन। त्यति धेरै परिश्रम र अनुभवहरू गर्ने थिएन

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित