शिला

- सदानन्द अभागी

राम, प्रेम र शिलाको जन्म प्रकृतिक सौन्दर्यताले भरिएको जैविक विविधता छरिएको कोटथरमा भएको थियो । राम र प्रेम पैतृक सम्पत्तिले सम्पन्नशाली थिए । शिलाको बाल्यजीवन भने दयनीय थियो । उनी कष्टै कष्टको पोखरीमा डुबेकी थिइन् । उनी पढ्न पनि सकिनन् । घाँस– दाउरामा नै उनको जीवन बित्तै गयो । शिलाकी आमाको विवाह एउटा सम्पन्नशाली मुखिया बाका छोरासँग भएको थियो । धनीको छोरा भएर नै होला उसमा अहम्ता र कामुकताले भरिएको थियो । गाउँघरका राम्री–राम्री युवतीहरूमा उसका नजर परेकै हुन्थे । छोराको यसप्रकारको क्रियाकलाप र स्वभावबाट मुखियाबा परिचित थिए । चोर डाँका किन नहोस् मानिसले आफ्नो सन्ततिलाई कुलतबाट जोगाउनु पर्दछ र राम्रो, असल, ज्ञानी र ठूलो मानिस बनाउनु पर्छ भन्ने धारणा राखेको हुन्छ । मुखियाबाले पनि छोरा असल बनोस् भन्ने ठान्दथे । उखानै छ– ‘जस्तो बाबु त्यस्तै छोरा ।’ यहाँ मुखियाबाको गुण छोराको नशानशामा रक्त संचार भएको थियो । पुस्ताले आर्जन गरेको अहंता र कामुकता उसमा पनि छताछुल्ल थियो । यो उत्ताउलो क्रियाकलाप बाट छोरालाई सुमार्गमा ल्याउन मुखिया बाले नजिकैको अर्को गाऊँकी एक सुन्दर कन्यासँग छोराको बिबाह गरिदिएका थिए ।
शिलाकी आमा पुतली, सुकुमारी्, गोरो अनुहार, पुष्टगाला, पिपलपाते ओठ, ठूला ठूला आँखा, नम्रबोली, सबैकी आँखाकी नानी थिइन् । शिलाका बुबाको नाम रणध्वज सिह थियो । रणध्वज सिंह एउटा यौन पिपासु थियो । पुतलीसँगको सहभागिताले तृप्त हुँदैनथ्यो । उसको परस्त्री सम्पर्कको सबै कथा पुतलीलाई थाहा लाग्यो । पुतलीले यो कर्मको साथै रणध्वजको शोषणको विरोध गरी, नारी अस्मिताको लागि संघर्ष गरी, फल त ऊ घरबाट निकालिइ । ऊ बर्भवती भै सकेकि थिई । पुतलीको अब माइतमा बसोवास भयो । पेटमा बोकेको रणध्वज सिंहको बीउले आकार लिंदै गयो । अव पुतलीमा पेटको गर्भलाई के गर्ने भन्ने चिन्ताले स्थान लियो । उसले यो गर्भ फाल्न पनि सक्दिनथी र गर्भ कसकोमा लगेर सुम्पने भन्ने चिन्ताबाट मुक्त पनि थिइन । उनलाई थाहा थियो कि रणध्वज सिंहले पुतलीलाई द’ःख दिने सक्ने यो एउटा मात्र ठाउँ थियो । दिन आयो शिला यस संसारमा अवतरण गरिन् । पुतलीका बुबाले शिला र पुतलीलाई रणभ्वजको घरमा पु¥यायो । रणध्वजले स्वीकार्ने पक्षमा थिएन । कचहरी बस्यो । कसको के लाग्ने रणध्वजले यो गर्भ मेरो हैन भन्न थाल्यो । आजको जस्तो गर्भ कसको हो भनि जानकारी लिने सुविधा त्यतिवेला थिएन भलादमीहरूले केरकार गरे पुललीलाई उसका श्रीमानले घरमा मात्र नभएर वनमा, ओडार ओडारमा लगेर आफ्नो भोक मेटाएको कुराहरू पञ्च भलाद्मीसँग प्रकट गरी, समाजले यो गर्भ रणध्वजकै भएको र पुतलीलाई दिइएको यो सारा कष्टको कारक तÏव रणध्वज सिंह नै भएको ठहर ग¥यो । तर भलाद्मीहरूको निर्णय लागु भएन, पुतलीले यो नवजात बालिकालाई रणध्वज सिंहको घरमै छाडेर, त्यो घर र यो संसार सदाको लागि त्यागी । बालिका तीन दिनकी आमा रहित, यो संसारमा सङ्घर्ष सहितको जीवन बिताउन वाध्य थिई । रणध्वज सिंहकी एउटी भाउजु थिइन् । उनको न बच्चा नै थियो न बच्चा जन्मने सम्भावना नै थियो । यो बच्चीको सारा जिम्मा रणध्वज सिंहकी भाउजुले लिइन् र आफ्नी धर्मपुत्रीको रूपमा गहण गरिन् । बच्चीको नाम राखिन् शिला । शिला बढदै थिइन् अलि अलि पढ्दै थिइन्, अचानक धर्मआमाको पनि मृत्यु भयो । शिलाका दिनहरू झनै सङ्घर्षमय हुँदै गए । अवत घरमा काम गर्ने उमेरकी पनि भइन् शिला । रणध्वज सिंहले घरमा काम लगाउन थाल्यो । नुनिला आँसुँ चाट्दै जीवनका खुड्किलाहरू चढ्दै थिइन् शिला ।
मानिस बढ्ने क्रममा जति दुःख सहे पनि शरीरले आकार लिन्छ लिन्छ । शिलाको तन पनि पुष्ट भयो जवानीले आकार लियो । रूपमा पनि उनी रूपवती थिइन् । खानदानमा पनि धनीमानीकै छोरी थिइन् । उनलाई विवाह गर्नको लागि गाउँका युवाहरू ललायित भए तर रणध्वज सिंहले भने बालिकाको विवाहमा एक सुका पनि खर्च गर्ने पक्षमा थिएन अनि शिलाको अनुहार हेर्न पनि चाँहादैनथ्यो । त्यसो हुँदा उसले अर्कै गाउँको एकजना गरिब केटासँग शिलाको विवाह गराइ दियो । रणध्वजले खानदानी सम्झेर आउनु भएको होला नानी र पानी बाहेक केही पाइदैन सम्पत्तिको खोजी हो भने कुरा अगाडी नबढाउँ भन्दा दुलाह पक्षले हामीलाई कन्या वाहेक केही चाहिदैन तर एक दिनको इज्जत भने राखिदिनु पर्छ भने । रणध्वज– ‘इज्जत त हामी सबैको छँदै छनी । हिङ्ग भने पछि सुँघी राख्नु पर्छ र ? मैले प्रष्ट भनेको छु–‘केराका पात राखेर गोडा धुने हो तामाको गाग्री पनि दिने कुरा छैन । जन्ती पनि चाहिदैनन् । त्यस्तै ४÷५ जना आए हुन्छ ।’ कर्णध्वज जति बढ्ता बोले पनि केटा पक्षका मान्छेहरूले मौनता छर्दै विवाह गर्ने निचोडमा पुगे । विवाह साधारण रूपमा सम्पन्न भयो ।
शिला दूलही बनेर घरमा पुिगन् । अव त नयाँ जिन्दगीको थालनी भयो । दुलाहको न्यानो अङ्गालोमा केही राहतको अनुभूती गर्न थालिन् । दिन बित्तै गए, शिलाका एक शकुन्तला नामकी छोरी र बसन्त र शिशिर नामका दुई पुत्ररत्न जन्मे, शिलामा अवत पतिको न्यानो माया, छोराछोरीको बालापन र तोते बोलीले जीवनमा मिल्ने सुखको अनुभूति भर्खरमात्र सुरू हुन थालेको थियो अचानक रुखबाट खसेर शिलाका पतिको निधन भयो । शिलाको जीवनमा पुन औंशीको रातले स्थान लियो । उनमा धैर्यता थियो लगनशिलता थियो अनि थियो कर्तव्यको बोध । उनमा सङ्घर्षको डोरी निकै बलियो थियो । त्यो डोरीमा झनै पयो थप्ने उनमा वाध्यता थपियो । अघि बढ्दै थिइन्, छोरीले राम्रो पढ्दै गइन् तर उनमा के विरक्तले स्थान लियो, आत्महत्या गरिन् । शिलामा अझै आपत र विपतका दिन थपिए । दुई छोराको पढाइ–लेखाइको खर्च घरको आयआर्जनको कमी, सामाजिक अपहेलना र माइतको सहयोगको अभाव आदि आदिले गर्दा उनमा उत्साह र उमङ्गमा कमी आउनु स्वभाविक थियो तर पनि उनी हतोत्साही कहिलै भइनन् । छोराले पढ्दै गए, बढ्दै गए, कक्षामा आफ्नो स्थान प्रथम बनाउँदै गए । दुबै छोराले प्रवेशिका परीक्षमा बोर्डको परिक्षा प्रथम र दुतीय स्थान लिन सफल भए र पढाइमा निशुक्ल उच्च शिक्षा हाँसिल गर्ने सुअवसर पाए । उच्च शिक्षमा पनि दुबै भाइले राम्रो नतिजा ल्याइ सरकारबाट छात्रवृत्तिमा पढ्नको विदेशमा पठाइए । दुबै भाइले विदेशबाट विशिष्ट श्रेणीमा डाक्टर भएर विद्या र धन आर्जन गरेर स्वदेश फर्के । उनको पढ्ने विश्वविद्यालयले यी दुबै भाइलाई त्यही विश्वविद्यालयमा काम गर्ने अनुरोध गरेको थियो तर यी दुइभाइले अस्वीकार गरेर आफ्नो पसिनाको लगानी आफ्नै देशमा गर्ने निर्णय लिए । अव त शिलामा राहतको अनुभूति भयो । शिलाका जीवनका कालात्रीहरूमा अवत प्रकाशका किरणहरू देखिन थाले ।
धेरै समय पछि राम र प्रेम औषधी उपचारको लागि काठमाण्डौ जानु पर्ने भयो । रामलाई मुटुरोग विशेषज्ञसँग र प्रेमलाई नाक कान घाँटी रोग विशेषज्ञसँग देखाउनु थियो । यी दुबै विषयमा दक्ष डाक्टरको खोजी गर्दा, वसन्त र शिशिरको नाम अगाडि आयो । संयोग भनौं राम र प्रेम ती दुई भाइसँग उपचार गराउन वीर अस्पतालमा प्रवेश गरे । रामले बसन्तलाई र प्रेमले शिशिरलाई देख्दा कता कता दुबैलाई सपनाजस्तो लाग्यो । वसन्त र शिशिरलाई पनि चिन्न त्यति असजिलो लागेन किनकी यी दुबै धनाढ्यको घरबाट शिलाले ऋण लिएर घरको व्यवहार मिलाउनु परेको थियो । स्वास्थपरीक्षण गराइयो । दुबै जनालाई दुबै भाइ डाक्टरले सिघ्रै स्वास्थलाभ हुने कुरामा विस्वस्त पारे र केही क्षण पछि शिलाको घरमा गएर शिलासँग भेटेर मात्रै गाउँ फर्कने प्रस्ताव राखे । राम र प्रेम डाक्टरको कोठाबाट बहिरिए र एउटा चिया–पसलमा बसेर शिलाको अतितको अवस्थालाई सम्झिए र हालको अवस्था कस्तो होला भन्ने कल्पनामा डुब्न थाले । रामले भने–‘उनीसँग मैले सैकडा तीन रुपियाँ प्रति महिनाका दरले व्याज लिएँ ।’ प्रेमले भने – ‘पाँचमोहोर सयकडाका दर भन्दा बढी कसैसितबाट पनि प्रतिमहिनाकादरले व्याज लिइन । आज ती नै शिलाको घरमा जाँदै छौ । ’ राम र प्रेमले कुरा सक्न पाएका थिएनन् , वसन्त र शिशिरले कार लिएर आए र कारमा बस्न अनुरोध गरे । ठूला,े नामी डाक्टर, आफ्नो विषयमा दखल भएर पनि दुबै भाइमा शिष्टता, नम्रता, सौहार्द्रता, शालीनता, अनुशासन थियो । दुबैका कार वीर अस्पतालबाट पुतली सडकतिर मोडिए र एउटा विशाल महलमा प्रवेश गरे । राम र प्रेमलाई देख्ने बित्तिकै शिलाले अभिवादन गरिन् । बैठक कोठामा तीनै जना बसे । एक छिनको मौनता पछि शिलाले गाउँको हालखवर सोधिन् । गाउँमा आफ्नो उपस्थिति नभएको धेरै बर्ष भइसकेको हुँदा, अवत कसैले पनि चिन्दैन होला ? भन्न थालिन् । राम र प्रेमले एकै स्वरमा भन्दछन्–‘ पुरानाले त न चिन्ने को होला र ! सबैले चिन्दछन्, तपाइँको दुख र मेहनतको प्रशंसा गर्दछन् र उदाहरणको रूपमा तपाइँमा भएको सहनशीलता, दृढता, मेहनत र प्रगतिशील उच्च भावनाको कदर सबैले गर्दछन् ।’
शिलाले भन्दछिन् –‘छोराहरूको लगनशिलता, कठोर परिश्रम र शुद्ध पसिनाको फल हो यो ।’
‘भनिन्छ, गर्ने भन्दा गराउने ठूलो, यो सबै उपलब्धीको मूलस्रोत त तपाइँ हो’–प्रेमले भन्दछन् र रामले टाउको हल्लाएर समर्थन गर्दछन् । यतिवेलासम्म त भान्सेले खाना पस्किसकेको हुन्छ । चारैजना खानाखान थाल्दछन् । बसन्तले खाँदा खाँदै,‘ आमाको जीवन भरको कठोर परिश्रमको लगानी योगदानको नतिजा भनेको हामी र हाम्रो यो पुँजी हो । त्यसैले अव हामी आमाको साथमा चाँडै गाउँ आउँदै छौं, र हाम्रो त्यो जिर्णघर भएको घरघडेरीमा बाआमाको नाममा एउटा अस्पताल बनाइदिने भएका छौं, साथै हाम्रो सारा जग्गालाई फलपूmलको वगैंचा बनाएर अस्पतालको नाममा नामसारी गरिदिने भएका छौं, त्यही जग्गाको आम्दानीले अस्पताल चल्छ’, भने । शिशिरले सही थापे । शिला मुस्कुराइन् । राम र प्रेम भने एक अर्का तिर मुखामुख गर्न थाले ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 2 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु