दशैंको समाजशास्त्र

- राजेन्द्र पहाडी

पोहोर परारजस्तै यो वर्षको दशै हाम्रो घर आ“गनमा आइपुगेको छ । दशै, तिहार, छठ, म्हः पूजा, लोसार, इद, क्रिसमस जस्ता सांस्कृतिक पर्वहरुको आफ्नै सामाजिक उपादेयता रहेको हुन्छ । सामाजिक–सांस्कृतिक मेलमिलाप, पारस्परिक सद्भाव, भाइचारा, सहअस्तित्व, बन्धुत्व र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न सघाउनु यस्ता पर्वहरुको महत्ता हो । परिवारका सदस्यहरुको पुनर्मिलन, अनुभवहरुको साटासाट, दुःख सुखबारे परामर्श तथा भावी योजना बनाउन सामुहिक जमघटको वातावरण उपलब्ध गराउन सांस्कृतिक पर्व परम्पराले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यस्ता चाडपर्वले समाजमा व्याप्त कलह, झैझगडा, तनाव र प्रतिष्पर्धालाई भुलेर मानिसहरु एक अर्काको सामिप्यमा पुग्दछन् र मनमुटावलाई दुर गर्दछन् । यस कोणबाट हेर्दा चाड्पर्वहरु सामाजिक एकतालाई थप मजबुध र अद्यावधिक गराउने तत्वहरु हुन् । दशैंले पनि यिनै सामाजिक भूमिका निर्वाह गर्नुपर्दछ । दशैं नवीन सृजनाका लागि एउटा महत्वपूर्ण अवसर बन्नु पर्दछ र यसले ठूला–साना, हुने–नहुने, धनी–गरिब सबैलाई जीवनदायिनी ऊर्जा प्रदान गर्न सक्नु पर्दछ ।
पाका पुराना तथा अनुभवीहरुको अनुभवबाट सानाले सिक्नका लागि चाड्पर्वमा हुने बृहत जमघट उपयोगी हुन सक्दछ । यसका अलावा समाजमा व्याप्त असमानता, अन्याय, अन्धविश्वास, अज्ञानता, अभाव र पछौटेपनको समूल अन्त्यका लागि दशैं जस्ता चाड्ले सन्देश दिन सक्नु पर्दछ । यसका विपरित समाजको मौजुदा विषमतापूर्ण शक्ति सम्बन्धलाई प्रगाढ बनाउने, मलजल गर्ने, धनी र गरिबबीचको फराकलाई अझ विस्तारित गर्ने काममा हाम्रा सांस्कृतिक मूल्य मान्यता र अभ्यासहरु सहयोगी बन्नु हु“दैन । यसवर्षको दशैंमा युद्धकालमा विस्थापित भएकाहरुले स्थापित हुन पाउनु पर्दछ । घरदेखि टाढा रहेकाहरु आ–आफ्नो घर फर्केर आफन्तहरुस“ग रमाईलो गरी दशैं तिहार मनाउन पाउने वातावरण तयार हुन सक्यो भने मात्र दशैंको सार्थकता हुनेछ । ‘असत्यमाथि सत्यको विजय’ को प्रतिकका रुपमा मानिदै आएको चाड् दशैले पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि मधेश–तराईसम्मका नेपालीलाई विजयको अनुभुती दिन सक्नु पर्दछ । तडकभडक रहित, सुलभ, सस्तो र सबैका लागि हार्दिक अनुभूती हने दशैंले राष्ट्रिय एकतालाई सुदृढ गर्न पनि केही न केही योगदान दिन सक्दछ ।
अनावश्यक बडप्पनको प्रदर्शन गर्ने, को भन्दा को ठूलो भन्ने अघोषित प्रतिष्पर्धाको अवस्था बनाउने र क्षमता भन्दा बाहिर गएर खर्च गर्ने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गरिनु पर्दछ । ‘घा“टीहेरी हाड निल्नु पर्ने’ पुरानो उक्तीलाई मनन गरी गच्छे अनुसार दशैंजस्ता चाड्पर्वलाई सामान्य हिसाबले मनाउने गर्नुपर्दछ । सकेसम्म सामुहिक आयोजना तथा सहभागितामा यस्ता पर्वलाई मनाउ“दा खर्च, समय र श्रमको बचत हुन सक्दछ । नया“ नेपालको बृहत्तर खाकाभित्र हामीले परम्परादेखि मानिआएका धार्मिक–सांस्कृतिक अभ्यासहरुलाई पुनःपरिभाषित गर्न र तिनको प्रक्रियालाई सरलीकृत गर्नु जरुरी छ । बली चडाउने या परम्परा धान्ने नाममा गरिने अनावश्यक खर्चलाई उल्लेख्य रुपबाट घटाउनु पर्दछ ।
दशैंका लागि उपलब्ध गराइएको लामो सरकारी विदालाई केवल मनोरञ्जनका लागि मात्र हो भन्ने अर्थ लगाई जुवातास, हा“सखेल तथा अन्य अनुत्पादक काममा प्रयोग गर्नु गलत हुन्छ । यसको सट्टा उक्त समयलाई आ–आफ्नो गाउ“ठाउँको विकासका लागि के गर्न सकिन्छ, कुन कामका लागि कसको के सहयोग जुट्न सक्छ, स्थानीय र बाह्य श्रोतलाई के कसरी परिचालन गर्न सकिन्छ भनेर छलफल चलाउने र प्रभावकारी योजना बनाउने काममा लगाउनु उपयुक्त हुन्छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनका प्रक्रिया र उपयुक्त प्रतिनिधि र दलको छनोटमा ध्यान दिनुपर्ने कुराहरुमा गहन छलफल चलाउन सकिन्छ । गाउ“घर बाहिर रहेर विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुको उपस्थिति दशैंको समयमा हुने हुनाले तिनीहरुको पहिचान गरी गाउ“को विकासमा लगाउन सकिने सम्भावनाका बारेमा खोजी गरिनु पर्दछ । यसका साथसाथै यस्ता चाड्पर्वमा बालबालिकाहरुमा देखापर्ने छाडापनप्रति अभिभावकहरु चनाखो र होशियार भैरहनु पर्दछ । पटका, पिङ, विभिन्न नामका जुवाडे खेल आदिको लतमा बालबालिकाहरुलाई लाग्न दिनु हु“दैन । बरु उनीहरुलाई सम्बन्धित पर्वको सामाजिक सांस्कृतिक महत्वका बारेमा जानकारी दिने तथा खाली समयलाई अध्ययन कार्यमा लगाउनका लागि उत्प्रेरित गर्नुपर्दछ ।
समाजमा जरा गाडेर बसेको ‘म’ र ‘मेरो’ भन्ने सोचाईको अन्त्य गरी ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाको विकास गर्न सांस्कृतिक पर्वहरुलाई सकारात्मक ढंगले प्रयोग गरिनु पर्दछ । दशैंको सन्दर्भमा पनि सम्पन्नहरुको दशैं भिन्दै र विपन्नहरुको दशैं भिन्दै हुने सोचाई र बुझाईलाई मेटाउनु पर्दछ । वास्तवमा चाड्पर्वहरु राष्ट्रिय पहिचानका धरोहर एवं अमूल्य सम्पदाहरु पनि हुन् । यसर्थ यिनको प्रयोगमा सबैको समान सहभागिता प्रवद्र्धन गरिनुका साथै राज्यले प्रदान गर्ने सेवा सुविधाको बराबरी वितरण गरिनु आवश्यक छ । राज्यस्तरबाट कुनै खास पर्व विशेषलाई काखी च्याप्ने र अमुक पर्व विशेषलाई वेवास्ता गर्न मिल्दैन । दशैं तिहार मनाउनेहरुले इद, लोसार, क्रिस्मस मनाउनेहरुको भावनालाई पनि उत्तिकै कदर गर्न जरुरी हुन्छ भने अन्य चाड्वाड् मान्नेहरुले पनि आफ्नो भन्दा भिन्दै चाड् मनाउनेहरुको मान मनितो राख्ने खालको व्यवहार गर्नुपर्दछ । सामाजिक एकता, सद्भाव र भाइचारामा खलल पु¥याउने, खास धर्म विशेषका सांस्कृतिक गरिमा र मर्यादामा हिलो छ्याप्ने तथा हेयको दृष्टिले हेर्ने काम समावेशी तथा लोकतान्त्रिक राज्य व्यवस्थाका लागि मान्य हुन सक्दैनन् । वास्तविक प्रजातान्त्रिक आचरण अनुकुलको संस्कृतिलाई स्थापित गर्नु आजको अपरिहार्यता बनिरहेको छ । यसका लागि पृथक पृथक जातजाती, भाषाभाषी, धर्म सम्प्रदायका मानिसहरुको सहयोगी भूमिकाको अपेक्षा गरिएको हुन्छ । साच्चिकै भन्ने हो भने बहुलबादी समाजको सुन्दर पक्ष भनेको नै विविधता हो । विविधताभित्रको एकताले नेपाली समाजलाई बिशिष्टिकृत गरिरहेको छ भन्ने तथ्यलाई कसैले पनि बिर्सनु हु“दैन । भिन्न भिन्न भाषा, संस्कृति, धर्म, संस्कार, पेशा व्यवसाय, जातजाती, क्षेत्र आदिको एकमुष्ठ नाम नै नेपाली संस्कृति बनिरहेको सन्दर्भमा हामीले अवलम्बन गर्ने सांस्कृतिक तौरतरिका निश्चित रुपमा उच्च राष्ट्रिय गरिमाबाट निर्देशित हुनुपर्दछ ।
दशैं तिहारजस्ता अलिक लामो समय लगाएर मनाइने चाड्पर्वमा समाजमा अनेक खालका विकृति र विसंगतिहरुले ठाउ“ लिने सम्भावना हुन्छ । चोरी, डकैती, लुटपाट तथा हिंसाजन्य वारदातहरु पनि हुन सक्दछन् । यस्तो अवस्था आउन नदिनका लागि टोल तथा समुदायस्तरमा आन्तरिक सुरक्षा दस्ता बनाएर पहरा दिन सकिन्छ । सार्वजनिक रुपमा जुवा तास खेलाउने, जा“ड रक्सीको बिक्री वितरण गर्ने, अनावश्यक हो–हल्ला गरी सार्वजनिक जीवनमा वाधा पार्ने तत्वहरुलाई पहिचान गरी सुरक्षा निकायस“गको समन्वयमा कानूनी कारबाही अगाडी बढाउनु पर्दछ । सार्वजनिक मठ मन्दिरहरुमा गरिने पूजाआरधनालाई व्यवस्थित गर्न स्थानीय युवा क्लब, आमा समूह तथा अन्य समुदायमा आधारित संघ संस्थाहरुले महत्वपूर्ण भूमिका खेल्न सक्दछन् । खुल्लमखुल्ला बली दिइने प्रक्रियादेखि बालबालिकालाई टाढै राख्नुपर्दछ । चाड्पर्वका समयमा बढ्न सक्ने वातावरणीय प्रदुषणप्रति चनाखो भई व्यवहार गरिनु पर्दछ । ठूलो श्वरमा रेडियो, क्यासेट बजाउने, बाजागाजा अनावश्यक ठूलो श्वरमा घन्काउने, पानी प“धेरा तथा ताल तलैयामा फोहोर गर्ने, राती अबेरसम्म होहल्ला गर्ने आदि कार्यलाई नियन्त्रण गरिनु पर्दछ ।
सानाले मान्यजनहरुलाई आदर सम्मान गर्ने र ठूलाले सानालाई माया ममता दर्शाउने विशिष्ठ नेपाली संस्कृतिलाई यस्ता चाड्पर्वमा पनि यथोचित निरन्तरता दिन भुल्नु हु“दैन । मान्यजनबाट टिका थापेपछि पैसा दिएर उहा“हरुप्रति सम्मान देखाउने परम्परालाई तोड्नु पर्दछ । यस्तो परम्पराले निरन्तरता पाउ“दा अस्वस्थ प्रतिष्पर्धा बढिरहेको छ, जसले गर्दा सांस्कृतिक महत्वका पर्वहरु पैसाको अहम् देखाउने कोरा अभ्यास मात्र बन्दै गइरहेकाछन् । यस्तो प्रक्रियाले हुनेहरुका लागि त कुनै असर नपार्ला तर नहुनेहरुका लागि यो भन्दा घा“डो केही पनि हु“दैन । तसर्थ सम्पन्नता प्रर्दशन गर्ने रुपमा दशैं तिहारलाई प्रयोग गरिनु हु“दैन । मान्यजनहरुले टिका प्रदान गरिसकेपछि दिइने आर्शिवाद÷आशिषको शैलीमा पनि समयानुकुल परिमार्जन र परिवर्तन गरिनु पर्दछ । छोरा वा छोरीलाई आशिष दि“दा सामाजिक–लैङ्गिक सम्वेदनशीलतालाई ध्यान दिनु पर्दछ । लैङ्गिक विभेदलाई बढावा दिने खालका, जातीय विद्वेष बढाउने तथा साम्प्रदायिक सद्भाव खल्बलाउने खालका शब्दावली प्रयोग गर्नु हु“दैन । ‘सन्तानले डा“डाका“डा ढाकुन्’, ‘ठूलो घरमा परेस्’, ‘बसीबसी खान पाएस्’, ‘अर्को वर्ष आउ“दा नाती वा नातिनी लिएर आएस्’ जस्ता भनाईहरु कुनै पनि शर्तमा प्रयोग गरिनु हु“दैन । बरु नया“ चेतना दिने, जीवनलाई थप सार्थक बनाउनका लागि ऊर्जा थप्ने, हिम्मत बढाउने, कर्म गर्न प्रोत्साहित गर्ने तथा सहयोगी, असल, मिलनसार र न्यायको पक्षपाती बन्न प्रेरित गर्ने खालका आशिष दिनुपर्दछ ।
चाड्पर्वहरुलाई पनि समयानुकुल नया“ सीराबाट परिभाषित गर्ने र सोही अनुसार अनुशरण गर्ने पद्दतिको थालनी गर्नुपर्दछ । अन्यथा पुरानै शैलीलाई अन्धभक्त भएर निरन्तरता दिने हो भने कसले बनाइदिन्छ नया“ नेपाल ? नया“ नेपालका अभियन्ता भनेका पौने तीन करोड नेपालीहरु नै हुन् । हरेक नेपालीले आ–आफ्नो स्थानबाट नवीनताको पक्षमा काम गर्न सक्यौं भने मात्रै हाम्रा परिवर्तनका चाहनाहरु सफलीभूत हुन सक्दछन् । अन्यथा ‘आकाशको फल, आ“खातरी मर्’ को नियती भोग्नुको विकल्प हुने छैन । यसपटकको दशैं र तिहारमा आम हिन्दू धर्मालम्बी नेपालीहरुले आफ्ना नकारात्मक दृष्टिकोणहरु फेर्न र मुलुकका लागि केही न केही योगदान दिन सकिन्छ भन्ने उत्साह सञ्चित सकेभने नया“ नेपालका लागि ठूलै ऊर्जा मिल्ने थियो की ?

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 2 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु